मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    हिंसारहित दशैँको पहल गरौँ

    दशैँ लागिसकेको छ। शुभकामना आदानप्रदान हुने क्रम जारी छ। दशैँको पहिलो दिन शुक्रबार बिहान एउटा मोटरसाइकल र्‍यालि निस्कियो। राजनीतिक र्‍यालि थिएन त्यो। केही वर्षअघिदेखि मात्रै उठ्न थालेको बलिप्रथाविरोधी र्‍यालि थियो त्यो। ‘बली प्रथाको अन्त्य गरौँ, प्राणीमात्रको रक्षा गरौँ’ भन्ने नारासहित सो प्रथाविरुद्ध जनचेतना अभिवृद्धि गर्न श्री कृष्ण प्रणामी युवा परिषद्, नेपालको आयोजनामा र्‍यालि भएको थियो। देवदेवीको मन्दिरमा निर्दोष पशुपंक्षीको बली नचढाऔँ, देउताले रगत माग्दैनन् यो कुसंस्कारको पराकाष्ठ हो, प्राणीमात्रको दया गर्नु परम धर्म होजस्ता भनाइ लेखिएका प्लेकार्ड र ब्यानरसहितको सो र्‍यालीमा विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधिको ठूलो सङ्ख्यामा सहभागिता थियो। दुःखलाग्दो कुरा के हो भने दशैँमा नै सबैभन्दा बढी पशुहिंसा हुने गर्छ। महानवमिका दिन देशभर हजारौं पशुको बलि दिएर मासु लुछ्ने काम हुन्छ। पुरानो दरबार हनुमानढोकामा त्यो रात कालरात्रि भन्दै रातभर लगाएर ५४ राँगा र ५४ बोकाको बलि दिइन्छ। एउटा राँगालाई मार हान्दा अरु राँगा टुलुटुलु हेर्दै काल पर्खेर बस्नुपर्ने। उफ्..! त्यहाँ मात्र हैन, घर-घरमा बलि दिइन्छ। बलि दिँदा पनि निकै निर्मम तरिकाले दिइन्छ। मैले देखेको छु- घाँटी काटेर रगत निकाली त्यसलाई देउतालाई चढाउने।यस्तो निर्दयी काम गर्ने आँट पनि कसरी आएको होला जस्तो लाग्छ मलाई त। तर मानिसहरु धर्म भन्छन् त्यसलाई। वास्तवमा यो परम्परा बिग्रिएको मात्रै हो। हिन्दू धर्मले कहिले पनि हिंसा गर्न भनेको छैन। वेदमा अहिंसा परमोधर्म लेखिएको छ। त्यसमाथि हामी बुध्द जन्मिएको देशका वासी हौं। हामीले त्यसरी हिंसा गरेर रमाउनु हुँदैन।
    Photo Courtesy: Orclimber

    जसरी हामी देशमा गृहयुध्दका कारण फैलिएको हत्याहिंसाबाट आजित छौं, त्यसरी नै यो पशुहिंसाबाट पनि हामी बच्नुपर्छ। यो राक्षसी कामलाई परम्पराका नाममा जोगाएर राख्नुको कुनै अ‍ौचित्य छैन। शायद त्यस्तै हिंसाका कारणले पो हो कि हामीले कहिले कोतपर्व, कहिले जनयुध्दका नाममा मान्छेको रगत बगेको हेर्नुपरेको !

    केही अघि मेरो एक जना पुरोहितसँग कुरा भएको थियो। बलि प्रथाको बारेमा उनीसँग मेरो ठूलै बहस भएको थियो। उनले स्वीकारेका थिए- बलि प्रथाको गलत व्याख्या भएको छ। देउतालाई चढाएको (बलि दिएको) कुरालाई प्रसाद भनेर खानुपर्छ भनी कुनै पनि धर्मग्रन्थमा लेखिएको छैन। त्यो गलत व्याख्या भएको हो। कुनै धर्मग्रन्थमा देउतालाई चढाउँदा त्यहीँ खरानी हुने गरी भष्म पार्नुपर्छ भनिएको छ। तर मासु खानू भनेर कतै लेखिएको छैन।

    हाम्रै समाजमा हेर्ने हो भने पनि बलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन छ। हिंसारहित दशैं बनाउनका लागि हामी सबैले त्यसो किन नगर्ने ?

    त्यसो त देशमा मानवअधिकार कै अवस्था राम्रो छैन। त्यसैले पनि होला यहाँ पशु अधिकारको कुरा नउठेका। तर, अब जरुरी देखिसकेको छु मैले त पशु अधिकारका कुरा उठाउने पेटा जस्ता संस्थाको नेपालमा पनि। भारतमा त शाखा रहेछ पेटाको तर नेपालमा भने छैन। पेटासित केही अघिसम्म मेरो इमेलमा सम्पर्क हुने गर्थ्यो। उनीहरुले बाँड्ने पशु अधिकारसम्बन्धी निःशुल्क म्यागेजिन र भिडियोहरु मगाएर हेर्थेँ। हामीले पनि त्यसरी जनचेतना बढाउन सके कति हुन्थ्यो होला। तर यहाँ त गैर सरकारी संस्था खुले पनि पैसा खाने नै ध्यान हुन्छ धेरैको।

    शाकाहारी बन्दा पनि हाम्रो समाजमा गार्‍हो हुने गर्छ। त्यसो त अहिले अलि परिवर्तन भएको छ त्यसमा। तर पनि भोजभतेरहरुमा जाँदा अधिकांश परिकार मासु कै बनाइएका हुन्छन्। ‘भेज’ हरु पनि हुन्छन् भन्ने चेतना अहिले बिस्तारै भर्खर पलाउन थालेको छ। त्यो पनि ज्यादै न्यून। नत्र सबैलाई मांसाहारी कै रुपमा व्यवहार गरिएको हुन्छ। त्यसैले पनि होला मानिसलाई मासु प्यारो लागेको। अनि बलि प्रथा हटाउँदा मासु खान पाइन्न कि भन्ने डर लाग्ने गरेको। त्यसो कहाँ हो र, हिंसा गरेर पशुको बलि दिएर मात्रै मासु खानु पर्छ भन्ने कहाँ छ र ! सकेसम्म पशुहिंसा नै नगरौं। नभए कम्तिमा पशुलाई त्यसरी यातना दिएर त नमार्नुस् !

    आजभोलि पत्रपत्रिकामा हिंसारहित दशैं मनाउने पक्षमा विभिन्न विचार व्यक्त हुन थालेका छन्। त्यो निश्चय नै स्वागतयोग्य कुरा जस्तो लाग्छ मलाई त, तपाईँलाई नि ? तपाईँ पनि यसमा पहल गर्ने हैन त ?

    No related posts.

    25 comments to हिंसारहित दशैँको पहल गरौँ

    • Luna

      नम्स्ते उमेस जि .
      तपाई मासु खानु हुन्ना ?
      हिन्दु धरम मा प्शु बलि लेखेको चैन .
      तर मान्चे ले मासु खन्च .
      बरु राम्रो र सजिलो पसु बद शाला खोल्नु पर्च .

      धर्म को नाम्मा कात्मार गर्नु चाहि हुदैन .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak yogi

      १. यो सन्सार को धार्मिक इतिहास मा सनातन हिन्दु धर्म सबै भन्दा जेठो र प्राचिन हो
      २. सबै प्राणि मा इश्वर अवस्थित भयेको देख्ने हिन्दु धर्म एउटै मात्र धर्म हो जस्ले सर्व प्रथम अहिन्शा को बौद्धिक र ब्यबाहारिक आन्दोलन गर्दै आयेको छ
      ३. बुद्ध र महाबिर दुबै हिन्दु धर्म का अभिन्न पथप्रदर्शक हरु हुन जसले हिन्दु धर्म भित्र को अहिन्शा को आन्दोलन लाइ ब्यबहार मा उतारे र आज हामि ले उनिहरु को आन्दोलन लाइ “धर्म” को नामाकरण गर्यौ, तर उनिहरु को सन्देश चाहि लियेनौ, उनिहरु लाइ मुर्ति बनायेर पुजा गर्यौ र मासु लुछ्च्ने काम जारि राख्यौ
      ४. माहाबिर का जैन धर्मावलम्बि हरु त शाकाहारि छन तर नेपाल का बुद्धमार्गि हरु चै छैनन्; शायद सबै भन्दा बढि मासु खाने जाति मा नेपालका बुद्धिस्ट हरु नै पर्छन होला
      ५. सन्सार को सबै भन्दा औपनिवेशिक धर्म हरु, इसाइ र मुसलमान धर्म हरु मा पशुहिन्शा बिरुद्ध को अभियान वा “अहिन्शामार्ग” भनेको आज का मिति सम्म कुन चरा को नाम हो भन्ने छ

      “अहिन्शा परमोधर्म
      बसुधर कुटुम्बकम”
      भन्ने मन्त्र शायद हाम्रो नया पिढि को लागि उपहास को प्रसन्ग भये पनि अत्यन्त बैग्यानिक तथ्य हो

      कसैप्रति भेदभाव नराखौ
      देश लाइ जाति प्रथा बाट मुक्त गरौ
      सबै को सन्स्क्रिति लाइ सम्मान गरौ
      र अहिन्शा को मार्ग लाइ मनन गरौ

      दीपक योगि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pritam

      **
      ****
      ******
      ********
      **********
      ************
      ***##**##*****
      ****####*********
      ********************
      ***********************
      ******
      ********
      **********
      ************
      **************
      ******###********
      *****#####**********
      ******###**************
      **************************
      *****************************
      y
      o
      m
      a
      n
      t
      a
      m
      e
      r
      o
      n
      e
      p
      a
      l
      i
      h
      o

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • independent in VA

      This is a great SOCIAL MOVEMENT. My kudos to the leaders! We all must try to bring end to the slaughterring of thousands of innocent animals at Hanuman Dokha and elsewhere. YCL and others, rise to the challenge; we are behind you!

      The idea that one must kill another one to get a victory is sickening. The socialization of this concept must be done away with.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DIPESH

      पशुपन्छि मार हान्दा निस्चित छेत्रमा कसैले नदेख्ने गरि गर्न जरुरि छ / यसबाट मानिशहरुमा हिन्सा कसरि हुन्छ भन्ने ग़्यान मा कमि औछ र मेरो बिचार मा हिन्सा पनि कम हुन जान्छ् / बिकसित देशहरुमा मासु खानको लागि हिन्सा सबैको अगाडि गरिन्न / सायद यसैले उनिहरुकहा हिन्साजन्य ब्यवहार अलि कम भएको होला /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • म पनि अहिन्साबादि मानिस हु / कातमार मलाइ पनि मन पर्दैन/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh

      हुन त यो अतिनै सान्धर्विक कुरो हो अनि स्वागत योग्य पनि| तर म आफु पनि यो कुरोलाई लागु गर्न सक्दिन जस्तो लाग्छ| सानै देखि लागेको बानि मासु बिनाको खाना मा अब त स्वादै पाउन गह्रो पर्छ|
      आज उमेश जि को यो बिश्लेषण पढेर आफुमा एक्कासि सुधर गर्न नसके पनि बिस्तारै बिस्तारै बानि गर्नु पर्ला जस्तो लाग्यो मलाई|

      धन्यबाद उमेश जि! म आफै मान्सहारि भयेकाले अरुलाइ त भन्न सक्दिन तर आफुमा सुधार गर्दै लाने भने अबस्य प्रयास गर्ने छु|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो बाच्ने आधार हो तेसैले अस लाइ हिन्सा भन्नु उचित मान्दिन भन्नु होला साग पात खाएर बाचन सकिन६ भने म याद दिलाउन चाहन ६उ कि उनि हरु पनि सजिव हुन उनि हरु पनि हास्ने रुने गर्६न तसर्थ यस लाइ गलत न भनु क्यारे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pardasi khanal

      It’s true god or goddess never like sacrified.For god we all are same.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ritu from Texas, USA

      I totally agree with your argument.Killing does not make God happy. As a Pranami, i have been always avoiding meat and any other non-vegeterian diet.I have always been opposing the cruelty and senseless behavior of killing animals and eat them which is not justifiable.

      We should all try to avoid these customs that favor violence and cruelty. Lets make this Dashain a beginning of those commitments to avoid these superstittions that blood makes God happy.

      Wish u all happy Vijaya Dashami. Wherever u are; abroad or within Nepal, make this Dashain peaceful and happy.

      Santa, Sapana, Janak and all the Pranami people from Texas

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepalibabu(japan)

      उमेशजी,
      तपाईंको केही कुरामा म सहमत छु र केही कुरामा असहमत। जहाँसम्म मासु नै नखाने भन्ने कुरा छ, त्यसमा भने म विल्कुलै असहमत छु। हिंसा गरेर मासु खानु हुँदैन भन्ने हो भने मांसाहारी जनावरहरुले के खाने हो? यो प्रक्रितिको नियम नै हो कि कतिपय जीव जन्तुहरु हींसा विना बाच्न नै सक्दैनन्। मानिस omnivorous जन्तु भएकोले माछा मासु बाहेकका चीजहरु खाएर बाँच्न त सक्छ तर, omnivorous भएकै नाताले माछा मासु नखाइ सबै मानिस बस्न पनि सक्दैन। के गर्ने? प्रक्रितिले नै मानिसलाई यस्तो बनाइदिएपछि? मलाई त मानिस भएर जबरजस्ति माछा मासु नखई बस्नु नै प्रक्रितिको नियम विपरित जस्तो लाग्छ।
      नेपालमा दशैं र तिहार जस्ता चाडहरुमा मात्रै पशु मार्ने चलन छ। तर, विकसित देशहरुमा जति सुकै पशु अधिकारको कुरा उठेपनि नेपालमा भन्दा कयौं गुना पशुपंछिहरु मारिन्छन्। म अहिले जापानमा छु। यहाँको खाना यस्तो छ कि माछा मासु बिना केही पनि परिकार बन्दै बन्दैन। जापानीहरु हींसाको कट्टर विरोधी छन्। संसार भर युद्धको विरोध गर्नेमा यिनीहरु नै सबैभन्दा अगाडि हुन्छन्। पशुपंछिको अधिकारको कुरामा पनि निकै अगाडि छन्। यति सम्म कि बाटोमा हिंडिरहेको बिरालोलाई एक लात्ति हान्यो भने पनि पुलिसमा उजुरी दिन्छन्। तर, ती नै जापानीहरु माछा र मासु बिना एक छाक पनि टर्दैन। शाकाहारी जीवन त कुनै पनि जापानीहरुले कल्पना पनि गर्न सक्दैनन्। मैले कतिपय शाकाहारी नेपाली दाजुभाइहरु देखेको छु। शुरुमा जतिसुकै शाकाहारी भनेर धाक लगाएपनि माछा मासु नखाई त धरै छैन।
      पशुपंछिको बलि दिन हुन्न भन्ने कुराको पनि म विरोध गर्छु। नराम्रो कुराहरु भएर नै राम्रो कुराहरुको महत्व हुन्छ। परीक्षामा कोही पहिलो हुन्छ तर कोही दोस्रो, तेस्रो गर्दै पछिल्लो सम्म हुन्छन्। दोस्रा र तेस्राहरु भएकोले नै गर्दा पहिलोको महत्व हुन्छ। त्यसैले मलाई के लाग्छ भने हामीले पशुपंछिको बलि दिएको कम्तिमा पनि एकचोटी हेर्नै पर्छ। यसले मान्छेलाई जीवन भनेको कति महत्वपूर्ण हुन्छ भन्ने कुरा सिकाउँछ। जीव जन्तुलाई मार्दा उसलाई कति कष्ट हुन्छ र त्यसैले हींसा भनेको नराम्रो कुरा हो भन्ने ज्ञान दिन्छ।
      जापानमा यसरी खुल्लेआम पशुको हत्या गरिंदैन। त्यसैले यहाँका मानिसहरु रगत भनेको देख्नै सक्दैनन्। यहाँ कहिलेकाहीं यस्ता हत्याकाण्डहरु हुन्छन्, जसको कुनै कारण नै हुँदैन। हत्यारालाई कारण सोध्यो भने मान्छेलाई मार्‍‍यो भने कसरी तड्पिन्छ हेर्नको लागि मारेको भन्छन्। त्यसैले जापानमा यस्तो कुप्रवृत्ति विकसित भएको छ। यो सबै हींसालाई लुकाउन खोजेर भएको हो।
      धर्मग्रन्थमा के लेखेको छ छैन त्यो बहस कै कुरा हो। कतिपय गलत व्याख्या पनि भएको होला। बलि दिएर प्रसाद खाउ भनेर त कतै पनि लेखिएको छैन होला। बलि दिनु भन्ने कुराको सकारात्मक पक्ष पनि छन् भन्न खोजेको मात्र हुँ। शाकाहारीलाई मांसाहारी बन या मांसाहारीलाई शाकाहारी बन भन्न खोजेको होइन। यो त मान्छेको स्वतन्त्रता हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khus

      मासु खानु र बलि चढाउनु एकै रुपमा लिन मिल्दैन होला, तर १५बर्ष अघि एकपटक मनकामना जाँदा त्यहाँ देखेको द्र्श्यले मलाई शाकाहारी बन्न तुल्यायो| बिदेशीए पछि पनि केहि बर्ष त शाकाहारीनै रहें, तर पछि धेरै गार्हो भयो र तोड्नु पर्र्यो| देवी देवतालाई पुजा गर्न किन बलि चढाउनु पर्ने हो अझै बुझ्न सक्या छुइन मैले… मासु मात्रै होइन, चाडपर्वमा कतिको अन्न त्यतिकै खेर फालिन्छ हाम्रो समाज मा?? त्यसैले म टीका लगाउँदा खालि रंगमात्र लगाउने गर्छु – चामल र अन्य खाध्यान्न खेर फाल्ने प्रब्रितिको पनि बिरोध गर्छु म

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raju Pulami

      Tamai bhichr ta dik ho.tara masshahari hune thau ma hinsha rahita Dashain ko pahal garna ali garo chha .
      Raju pulami
      Namche

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rabindra Bista

      Since last decade, I am waiting for this type of social transformation in terms of the way of celebrating our feast and festivals. To be frank, its really tough to be a part of these occasions being as a vegeterian, especially during Dashain. Let’s hope Nava Durga Bhavani will fullfil our desire very soon.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kamal

      हमीलाई हाम्रो संस्कृति माया लाग्छ, हमीलाई हाम्रो धर्मं
      उतिकई माया लाग्छ हामी धर्मको पअछ्याधर हून पनि तेतिकई कोसिस गर्छौं. कतिले जानेर त कतिले लहै लहै माँ. हामी सबै माँ खोजी गर्ने समय पकई € पनि हुदैन, आनी शरल उपायेको उपयोग हुन्छ जून कुरा हमिले पुर्खौ देखी गर्दै आयेकाछौं, सही र् गलत लाई राम्रारी केलायेर हेर्न पनि सायद खोजन पनि खोजेनौ, अन्न्यथा येस्तो कुप्रथा लाइ च्यापेर कूदी रहन्थेऊ? कसैको रगत पियेर् किन खुसियाली मनाउने गर्थेयु? गर्न क सकिंछ र् प्रथा लाई दिमाग माँ र् समजमा गाद्नालाई केहि स्वार्थी बेक्तिले धर्मलाई हात लिएर समाजको हाकिम बैनर समाज्लैने आखा माँ छारो हाल्न सफ़ल भयेक्को छ र् उसले आफ्नो हैकम जमाई राखन आनेक तिकडम गरी रहन्छl

      जब सम्म हामिले साधारण तर्कलाई अगाड़ी लययार सरल भासामा बिस्लेसन गर्द्नौ हामी सधै यो प्रथालाई अगाली रहन्छौ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mukta gurung

      yeah you are right,God never ask for sacrifice of innocent animals,if there is really a God somewhere(though i don’t believe ) then what he want from us is the sacrifice of selfishness,greedy,voilence and all the sins that are inside us.So let us pledge today that the festival of Bada Dashain should be sacred one without the flow of innocent animal’s blood.
      WISH ,ALL THE NEPALESE LIVING IN NEPAL AND ABROAD,A VERY HAPPY AND PROSPEROUS BADA DASHAIN .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suraj

      अत्यन्तै सकारात्मक लेख हो यो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Poorka

      हंस ले मंस माग्छ हेर्नुस, त्यो ता लाल भाजी, अचानो को साग पनि भनिन्छ, पुरई साकहरी हुन त मान्छे लाई गारो होला तर हिंसा रहीत माम्सहारी हुन पहल गर्नु राम्रो हो. अबा हिंसा नै नगरी मासु कता बाट आउछ ? कुरा अस्जिलो छ, देसमा पसु बधसाला खोल्नू ज़रूरी छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      I appriciate your thought …whats going on ,thats really unfair with innocent animals…now we have to support to stop it….

      HAPPY BIJAYADASHAMI ,WITHOUT BALI

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कुरा थिकै नै हो तर नेपाली मा येस्तो कुरा को बुदि कहिल आउन हो त?
      पहिलो priority चाही बन्यजन्तु को सुरच्या हुनुपर्च.
      तर नेपाल को येस्तो condition मा तस्स्करलाई मोज.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak yogi

      “हिन्दु धर्म को सह-अस्तित्व”

      सबै भन्दा पहिला म ब्राह्मण बादी होइन, म सर्व सन्क्स्रितिबादी, सर्व-धर्मबादी ब्यक्ति हु; म धर्म भन्दा मानवता मा बिश्वास गर्छु किनकि मैले मेरो धर्मिक शिक्ष्या बाट यहि सिकेको छु
      माथिको प्रसन्ग मा;
      यथार्थ मा पशु बध जन जाति हरु को सन्स्क्रिति बाट आयेको हो; बैदिक धर्म का अन्य बिभिन्न शाखा हरु मध्ये बैश्णव, शैव आदी ले र मुल सनातन धर्म (ब्राह्मणहरु) ले पशु बध मा बन्देज लगायेको छ र धार्मिक कार्य को त के कुरा सामान्य जिवन मा पनि मान्शाहार लाइ अपवित्र मानियेको छ तर कालान्तर मा उक्त धर्म ले अन्य कुनै धर्म वा सन्क्स्रिति लाइ कुनै पनि बन्देज लगाउने वा उनिहरु को धर्म परिवर्तन गराइ उनिहरु को सन्स्क्रिति लाइ बिलय गर्ने निति नलिइ आ-आफ्नै किसिम ले आ-आफ्नो बिश्वास अभ्यास गर्ने सन्स्कार रहदै आयेका ले यो बलि दिने प्रथा प्रबल हुदै आयेको हो
      एउटा बलि प्रथा मा बिश्वास गर्ने आदी बासी वा जन जाति परिवार ले आफ्नो कुल को पुजा गर्न पाउने कि नपाउने?
      यसरि अरु माथि आफ्नो बिचार लाद्ने सन्स्कार सबै आदी बासी तथा सन्स्क्रिति हरु मिलेर बनेको हिन्दु धर्म को आचरण होइन, र हिन्दु धर्म ले बहु-मार्गि सबै मा सह अस्तित्व राख्दै आयेको छ, नभये शाकाहारि ब्राह्मण हरु र रागो, सुगुर, आदी पशु खाने जाति को बिच कसरि सह अस्तित्व राख्न सक्थे त?
      के यो मुसलमान वा इसाइ हरु ले भये यस्तो सह अस्तित्व लाइ स्विकार गर्न सक्थे?
      हिन्दु धर्म बिचित्र को छ
      यो अहिन्शा पालना गरौ, पशु बध नगरौ, पशु पनि भगवान का सन्तान हुन भन्ने कुरा अत्यन्त जायज छ तर म शाकाहारि हु भन्दै मा म अरु को परम्परा को हनन गर्न सक्छु र?
      म जनजाति हरु को परम्परा लाइ अत्यन्त सम्मान गर्दछु र उनिहरु को सन्स्कार मा ब्राह्मण बादी द्रिस्टिकोण को सुधार हुनै पर्छ भन्ने कुरा मा आपत्ति हुनसक्ने पक्ष्यलाइ मनन गरिनु पर्छ भन्ने बिश्वास गर्दछु
      नेपाल मा हज्जार आध्यात्मिक मार्ग हरु छन र सबै को आ-आफ्नै बिशेशता छन्, सबैको बिच मा सह-अस्तित्व नै सबै भन्दा ठुलो कुरा हो
      म आफु शाकाहारि भये पनि मान्शाहारि सन्स्क्रिति लाइ त्यति नै सम्मान गर्दछु, र एउटा भन्दा अर्को ठुलो भन्ने दम्भि तर्क लाइ अस्विकार गर्दछु
      हाम्रो हिन्दु सन्स्क्रिति ले हामि लाइ यहि सिकायेको छ

      दीपक योगी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santi

      हो सरै रम्रो बिचर मलै पनि चित्त बुझ्यो म पनि हेर्न सक्तिन खसि कटेको,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pusp Prasad Luintel

      या देवी सर्वभुतेषु शान्ति रुपेण सम्सिथा, नमतस्ये नमतस्ये नमतस्ये नमो नमो नम/

      दशै नेपाली मात्रका लागि कल्याणकारी, शान्ति र सुखमय बनोस/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      उमेश जी, अति घतलाग्दो प्रशन्ग उठाउनु भयो / बली प्रथा त कठोरताको परिचायक हो / यस प्रथाको उन्मुलन्को बैचारिक प्रभाव पनि अति सकारात्मक हुन्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binamra

      माशु पनि रुख माँ फलने भए कटी राम्रो हुन्थ्यो तर फल्दैना ..के गर्ने… मासु खान लाई भए पनि कात्नू नै परयो नि
      दसै मा पनि माशु पसल बहिरा पेत्रोल को लाईन बसे जस्तो चै बस्न सकिन्न है. घर मै कत्यो तेन्सन भयेने.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    eXTReMe Tracker