भारत भनेपछि राष्ट्रवादका चर्का कुरा गर्ने पार्टीदेखि लिएर सत्तामा पुगेका, नपुगेका सबै पार्टीहरु कसरी लुरुक्क पर्छन् अनि भारतका नेताहरुले इतिहासदेखि नै नेपाली नेताहरुप्रति कस्तो व्यवहार गर्छन् भन्ने कुरा तपाईँ हामीलाई थाहा भएकै कुरा हो। यस्तै एउटा पछिल्लो उदाहरण भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूत बनेर केही दिन अघि आएका श्यामशरणले दिएका छन्। ‘प्रचण्ड निवासमा त्यो साँझ’ शीर्षकमा आजको दृष्टि साप्ताहिकले एक्सक्लुसिभ फोटोसहित एउटा समाचार छापेको छ। समाचारको सार भारतीय दूत श्यामशरणले माअोवादी नेताहरु प्रचण्ड र बाबुरामलाई साफसँग हकारेको भन्ने रहेको छ।
दृष्टिले छापेको एक्सक्लुसिभ फोटो तल क्लिक गरी हेर्नुस्। यसमा तपाईँ आक्रोशित मुद्रामा रहेका श्यामशरण र सँगै लुत्रुक्क परेका प्रचण्ड र बाबुरामको अनुहार देख्न सक्नुहुन्छ।
दृष्टिमा छापिएको समाचार अनुसार असोज २३ गते प्रचण्डको नयाँ बजारस्थित निवासमा श्यामशरणले भेटेका रहेछन्। भेटमा उनले भारतीय नीति अनुसार नचले माअोवादीका लागि निकै कठिन अवस्था आइलाग्ला, होस गर्नू भनी धम्कीसमेत दिएछन्।
स्रोतलाई उद्धृत गर्दै पत्रिकामा लेखिएको छ- श्यामशरणले १२ बूँदे सम्झौता गराउने हामी, तिमीहरु चाहिँ हामीलाई नजरअन्दाज गरी चीनसँग अनावश्यक रुपमा लहसिने भनी हकारेका थिए। दुई घण्टाको वार्तामा चुनावै नलडी तिमीहरुलाई संसदमा ८३ सिट दिलाइदियौँ, अब हाम्रै राष्ट्रिय सुरक्षालाई बेवास्ता गरी चीनसँग सामिप्य बढाउँछौ भनी आपत्ति जनाउँदै तिमीहरु कै कारण माअोवादीलाई हेर्ने भारतीय दृष्टिकोण परिवर्तन गर्न बाध्य भएको भनी बताएका थिए।
उनी एकोहोरो रुपमा पडकिरहँदा प्रचण्ड र बाबुराम भने चुपचाप बसेका थिए रे। रिसाउँदै प्रचण्ड निवासबाट श्यामशरण निस्किएपछि शुक्रबार बिहानै बिना जानकारी प्रचण्ड श्यामशरणलाई भेटन गएका रहेछन्। तर त्यस भेटमा पनि श्यामशरणले निशर्त संविधान सभाको चुनावमा जानुको विकल्प नभएको बताएछन्।
भारत फर्कनुअघि पत्रकार सम्मेलन गरी उनले संसदबाट गणतन्त्र घोषणा गरे आफूहरुलाई मान्य नहुने बताएपछि माअोवादी हिस्स परेको रहेछ। आखिर भारतको इच्छा बिना नेपालमा केही भएको छ ?
अनि अर्को एउटा रोचक कुरा पनि त्यही समाचारमा छ। त्यसमा लेखिएको छ- श्यामशरणले ठूला दलका नेताहरुलाई मात्र भेटे रे। सात दलका अन्य साना दल नेमकिपा, जनमोर्चा नेपाल, वाममोर्चा सदभावना नेताहरुलाई भेटेनन् रे। अनि ती साना दलका नेताहरुले आफूलाई शरणले मानमर्दन गरेको बताए रे। अहो, भारतीय दूतको दर्शन भेट नपाएर नेताहरु यस्तो छटपट गर्ने रहेछन् हगि !
No related posts.









Nepal also started reshaping her foreign policy
===============================================
It is high time India made a detailed reassessment of her policy towards Nepal. Nepal also started reshaping her foreign policy with her two big neighbors in particular and SARRC countries in Jeneral.
Pusp Prasad Luintel
Boston, U. S. A.
मन परे हरियो, नपरे रातो
1
0
अर्जुन सितौला ज्यू को बिचार पधेर धेरै खुसि लाग्यो तपैलाइ मेरो पनि समर्थन र सूभकमना
मन परे हरियो, नपरे रातो
0
0
हाम्रै घर मा आयेर हामि लाइ नै धम्क्याउने अनि हामि चुप लागेर बस्ने?
प्रचन्द र बाबु राम लाइ पनि भारतिय राजनितिक दबाब सहनू परेको ?
लाज लाज्नू स्वभाबिक नै हो मलाई यो पिक्चर् देखेर
मन परे हरियो, नपरे रातो
0
0
Dear Jeevan Sharma Ji
This is my third comment on the issue related to this article. Your comment is directed to my second one. Would you please read my first comment? I hope you and me have got similar views. Please acknowledge once you read my first comment October 18.
Prabhakar.
मन परे हरियो, नपरे रातो
0
0
के हम्रा नेता हरु(मओबादि होस कि खाओबादि होस्) मा साचिकै देस प्रेम ६ भने हामि सबै नेपलि को समर्थन ६ तर
नेता हरुले येस्तो मौका पायेर पनि किन दुरुप्योग ???
तर जे होस धोति ले हेपे भने सबै नेपलि येक भयेर समस्यको समाधान को बातो अब्लम्बन गर्न भने बिर्सनु हुदैन .
मन परे हरियो, नपरे रातो
0
0
मेरो कमेन्ट प्रभाकर लाई।
मैले नबुझेको कुरा के भने किन प्रचन्ड र बाबुराम् भारतिये नेता सङ थर्किन्छन् भन्ने विसय बन्यो? मलाइ लाग्दैन कि नेपाल म तेस्तो कुनै नेता छ जस्ले भरतिये नेताहरुको पूजा अथवा चाकरि नगरेको होस्। बरु मलाइ लाग्छ यो द्रिस्टि साप्तहिक को समाचरले प्रचन्ड र बाबुराम थर्केको भन्ने पुस्टि हुन सक्दैन। हचुवाको भरमा समाचार् बनाउने र प्रकासित गर्ने कुरा राजनैतिक नभएर केहि अरु हुन सक्दैन मेरो विचारमा। येदि साच्चिकै थर्किएको भये माओवदिहरु काग्रेश सङग सति गैसक्नु पर्थ्यो। तर तेस्को बदला उनिहरुको अडान कायमै छ कि छैन? माकुने अथवा गिरिजा सङ्ग छ तेस्तो हिम्मत्?? को थर्किन्छ वस्तवमा ???? पुर्वाग्रहि नभै सोचि हेरुम् त साथिहरु????
मन परे हरियो, नपरे रातो
0
0
तेसरि थर्काउदा मजाले श्याम सरनलाइ गोदेको भये हुन्थ न दुई जना प्रचन्द्द र बाबुराम मिलेर क्या मजा हुन्थ्यो होला हगि नत्र के गर्ने त चुप नलागिकन
मन परे हरियो, नपरे रातो
1
0
Dear The Intruder
The issues discussed from this articles are not on someone associated with some parties or Indian blessing but the shivering of Prachanda and Baburam in front of Shyam Sharan.
Can you please commemt on my comments? No body has to give any clearification whether he or she is associated with any parties. Why do we always relate the discussions with political inclination? Let’s have healthy discussions and let’s grow.
Bijaya Subhakamana
Prabhakar
मन परे हरियो, नपरे रातो
0
0
I think why nepales people are wasting time such a nonsence, manupulated stories. You all know that the political affiliation and doing what Shyam Saran or Kalo Nag order forthis propoganda but reality for UML as well as NC.
मन परे हरियो, नपरे रातो
0
0
सत्य नेवान्ग ज्यु,
प्रचण्ड र बाबुरामलाइ कसैले मुक्तिदाता भन्ला न-भन्लान, तर १५,००० नेपाली र तिन्का आफन्तहरुले म्रित्युदाता (हत्यारा) चाहि पक्कै भनेका छन्!
मन परे हरियो, नपरे रातो
1
0
श्यामशरणको प्रभाव भारतीय काङग्रेस र जनता पार्टी दुबैमा छ/ केहिगरि भारतमा मध्यावधि चुनाव भएमा परिणाम घट्दैन/ जनता पार्टीको समर्थन पाए पनि राज सम्थाले आशावादी हुने कुनै कारण छैन / सम्विधान सभाको तिथिको टुङगो भए पछि सहमति हुन सक्दछ/यस कुरामा आश्वस्त हुन भनेका छन श्याम शरणले/
मन परे हरियो, नपरे रातो
0
0
True to some extent but its mere Propoganda of UML mouthpiece “Dristi”
मन परे हरियो, नपरे रातो
0
0
मैले नबुझेको कुरा
कुनै पनि वातचितमा येदि ब्यक्ति असल छन भने उस्ले अरुले बोलेको कुरा ध्यान दियेर सुन्नु पर्दछ् . उनिहरु गम्भिर देखियेका छन . द्रिस्टिका सम्पादक मण्डलज्यु क्रिपया प्रचण्ड र बाबुरामजि बोल्दाको फोटो पनि राखि दिनु भये हुन्थियो नि . बोल्दाखेरि अनुहारमा उतारचडाव, हातको हाउभाउ स्वभाविक हो नि हैन र ! सम्पादक महोदयले बोल्दा मुर्ति जस्तो बस्नु हुन्छ् कि कसो हो ? तपाईलाई येउटा सुझाव के छ् भने हरेक कुरालाई बिरोधि चस्माले नहेर्नु . तपाईको येस समाचारबाट के अडकल गरेको छुभने तपाई अझै पनि अलि आला काचा र ठेट्ने हुनुको साथै माओवादि प्रति पुर्वाग्रहि हुनुहुदो रहेछ जस्तो लाग्यो मलाई त.
धन्यवाद !
मन परे हरियो, नपरे रातो
0
0
Prachanda and Baburan Bhattarai are great personality in Nepali politics. I don’t believe they were bow down with Indian diplomat. In this present political development of Nepal they success to expand their neat work. Other parties cannot go directly their demands. >I believe it is one of the golden opportunity to them. I believe they will not take any more violence way. If they continue to take path nonviolence, Surly one day they will lead the country.I appeal to Nepal Communist Party (Maoists)leaders, as soon as possible if you returned to seize property of people, it will be one of the major achieved to yours party. In any circumstances you are winner so Nepali people would like to see Nepal communist Party (Maoists) is our party. I appeal to you 1816 Sagauli treaty should cancel, it was not treaty of modern Indain government,, it was treaty between East India Company (British). I believe you will only party who could strongly raise the issue and Nepali people could get more happy.
मन परे हरियो, नपरे रातो
0
0
श्यामशरणले आजभन्दा १३ वर्षअगाडि माओवादी नेतालाई यसरी नै हकारेको भए आज देशले यो दुर्गति भोग्ने थिएन कि – फेरी श्यामशरणले त हकारेछन् मात्रै हाम्रा गिरिजामहाराजले त बालुवाटार दरवारमा प्रचण्डलाई कानै समातेर उठबस गराउँछन् । मलाई त पहिले यो कुरामा बकवास हो भनि पत्यारै लागेको थिएन् । पछि मैले माओवादी केन्द्रीय समितिनिकटका मान्छेसंग बुझ्दा यो कुरा सत्य भएको पुष्टि भयो । गिरिजामहाराजले प्रचण्डलाई तपार्ँइ सातपार्टीको सम्झौता विपरित गएर भाषण गर्दै हिँड्ने भनि पहिले हकार्ने अनि लौ कान समातेर उठबस गर्नुस् भनि भन्दा रहेछन् । विचरा प्रचण्डचाँहि बुढाको आज्ञा शिरोपर गर्दा रहेछन् । तर डा. बाबुराम भट्टर्राईलाई चाँहि गिरिजा महाराजले अहिलेसम्म त्यसो भन्न सकेका छैनन् रे । उनलाई त्यसो भन्ने आँट गरेमा डाक्टर साहेबले उल्टै गिरिजा महाराजलाई नै उठबस गराउन बेर लाउँदैन् रे ।
मन परे हरियो, नपरे रातो
1
0
Dear all
it is not Photographic illusion only ,it is bitter truth.If you are associated with some party you should know without Indian blessing ,no parties in Nepal will be like Congress,maobaadi,Yemaale!!!!!
where are the parties like Majdoor kishaan,Hariyaali paarti,Nepalpraja parishad etc
मन परे हरियो, नपरे रातो
0
0
म माओबादि को सम्र्थक त होइन .
तर पनि यदि प्रचन्द जि र बाबुराम जि लाइ इन्दिअन नेता ले हप्कायको हो भने
तेस कुरामा मलाइ धेरयि दुख लाग्यो .
हाम्रा प्रचन्द नेताहरुलाइ त यसरि हप्काउचन भने हामि लाइ के बाकि राख्थे .
काचयि खान्चन .
येस्मा हर्शा बधैइ गर्नु हाम्रै मुर्खता हो . ..
अब हामि ले बुज्नु पर्ने भयो . ……….
जो भारत सन्ग द्राउदैन उस्लाइ भोत दिने ……………
मन परे हरियो, नपरे रातो
0
0
If so, why maoists have not withdrawn their demands?. If Prachanda and Baburam were shivering why are they still rigid on their damands?
Dristi is the mouth peace of UML, then you should understand the intention behind this yellowish journalism. I would like to challenge Dristi to publish in this blog the pictures of Shayam Sharan with Girija and Madhav so that we can also interprete. Can Dristi do that?
Dear friends, what is wrong with beer bottles?
If your sister’s photographs are nest to Prachanda and Baburam, can you tell us what will be your comment?
I would like to request commentators to focus and discuss on the issues I have mentioned above.
Vijaya Subhakamana
मन परे हरियो, नपरे रातो
0
0
खोइ के भन्ने के नभन्ने| के साचो के नसाचो केहि छुट्ट्याउन सकियेन यार्|
more info please………need to get fact…..!!!!???
मन परे हरियो, नपरे रातो
0
0
अरु पार्ति हरु त भारत भक्त भयेको त उनिहरुलाइ थाहा छ् र धुक्क पनि छ्, तर माओबादि हरु ले मात्र खायेकै थाल मा कुन्नि के गरिदेला भन्ने थुलो पिरछ उनिहरुलाइ.
मन परे हरियो, नपरे रातो
0
0
भारत ले आर्थिक्, सामाजिक र राजनैतिक रुप ले नेपाल उनिहरुमा निर्भर होस भनि चाहन्छ्न तर्, चिन को आर्थिक सहयोग राजनैतिक रुप को मोड लियर जाला र उनिहरु को बर्चस्वो फुत्केला भनि तर्सेको छ्.
मन परे हरियो, नपरे रातो
1
0
We cannot conclude just on the basis of this blog. It can be photographic illusion. It wouyld be injustice to charecterize leaders so loosely based on such materials. It is however, certain that maoists were espoused and groomed by India. India posseses capacity to handle so called revulutionaries. they have lost moral ground to stand againt India.
Prashant
मन परे हरियो, नपरे रातो
0
0
बास्तबिक कुरा त के हो, पछि थाहा होला / तर दृष्टी पत्रिकाले नाटकीय ढन्ग (Dramatization) गरेर समाचार् बनाएछ / यस्ता अनैतिक र गैर जिम्मेवार पत्रकारहरुले अनाबश्यक खप्की खानु पर्ने हुन्छ /
मन परे हरियो, नपरे रातो
0
0
खै के भन्ने, अब कुन बखतको Snap हो । फोटोले त मान्छेको हाउभाउको कुनै एक निमेस मात्र न उतार्ने हो । अनि त्यहि फोटोको भरमा नाना थरि कथा बनाउने पित पत्रकारितालाई त के बढि टिप्पणी गर्नु तर कागले कान लग्यो भन्दैमा कागको पछि दगुडिने नेपाली मानसिकतालाई ऐनाको रुपमा यो ब्लगमा देख्दा चाहिँ उदेक लाग्छ । खै पहिले पनि T.N प्रधानको नाममा मदन भण्डारी हत्याको अनेक कहानी पत्रिकामा पढ्न पाइएकै हो तर पछि पो थाहा भो त त्यो कुनै पित पत्रकारको घटिया कहानी रहेछ भन्ने । क्यामाराले त एउटा निमेषलाई कैद गर्ने हुँदा कहिलेकाहिँ मान्छे हाँसेको खिच्दा पनि रोएको जस्तो फोटो निस्कन्छ । त्यसकारण कागको पछि नदउडौँ वरु यसो वास्तविकता थाहा पाउने तिर लागौँ । नेतालाई पाँडे गाली गर्दैमा देशको उन्नति हुने भए त यो देशमा उहिले नै के के भैसक्थ्यो । वरु तपाईँ हामी पनि यसो नेताको कान निमोठ्दै गल्ति गर्नबाट जोगाउन तिर लागौँ यो वेकारको पाँडे गालीले केहि हुनेवाला छैन ।
दिपेश गौतम
Chosun University
S. Korea
मन परे हरियो, नपरे रातो
0
0
YCL कार्यकताहरु कतई Dirsti ko कार्यलय जलाउन पुगने त होइन.
मन परे हरियो, नपरे रातो
0
0
नेपाल मा छरपस्ट रुपमा प्रकसित हुने सप्ताहिक पत्रिकाहरु कुनै न कुनै राजनैतिक विचार बाट प्रेरित छन भनेर यहा ब्यख्या गरिरहनु पर्ने कुरा भएन्. यो कुरा सर्बथा ग्यान भएकै हो कि द्रिस्टि साप्तहिक नेकपा(एमाले) को विचार र राजनितिलाइ बिग्यापन गर्ने सा्धन हो. स्वतन्त्र पत्रकारितको नाममा एउटा पार्टिको मुखपत्र भन्दा माथि उठ्न सकेको छैन नेपालि पत्रकरिता. एमाले होस या माओबादि या काग्रेश सबैका एक वा सोभन्दा बढि मुख पत्रिका छन जस्मा द्रिस्टि एमालेको विचार खोक्ने र पोसण गर्ने पत्रिका हो तत्कालिन अवस्थामा एमालेको राज्नैतिक प्रतिद्वन्दि भनेको माओवादि बाहेक अरु कोहि हुन सक्दैन.
य़ो समाचार को सपोर्ट गर्ने आधार भनेको पिक्चर को जस्ले येथार्थ कुरा प्रस्त्यौन सक्दैन नै.
मेरो विचारमा विदेशि कुट्नितिग्यले भेटेको समाचारलाइ बन्ग्याएर नजिकको प्रतिस्प्र्धी लाइ होच्याउन खोजेको भन्दा माथि केहि होइन.
मन परे हरियो, नपरे रातो
0
0
Thank you Umeshji!
Thanx alot for having balls to reveal the true picture of “Tagadhaari” fake communists.
Its worse when a person gets his foot on the wrong place. Both of these self-declared leaders suit well for ” Jajamaani’ rather than leading the nation. What a shame, they are at the point where they can’t get hold of their own folowers and instead, they get carried away by their own sick philosophy followers and get even more confused in this 21st century by the own feverish ideas which they have been preaching to the thick-headed comrades.
Actually, Baburam and Prachanda should be grateful to Indians and licking their boots for rest of their lives for all the great opportunities they are provided with and the favors they are getting despite of receiving terrorist tag amidst all the destructions and harms they have caused to this once zone of peace.
Umeshji, First time , i am touched in a long time with your courage and the spirit you have shown as a true journalist.
Bravo!
मन परे हरियो, नपरे रातो
0
0
अब गिरिजा र माकुने लाइ मात्र किन गालि र सराप गर्ने?
नेपालि जनता ले माओबादी ले जति चन्दा उठाय्पनि, जति गरिब लाइ मारे पनि, जस्तो सुकै अपराध गरे पनि आज सम्म यिनिहरु लाइ सहेर बसेको जम्मा दुइ वटा मान्यता छन्
१. माओबादी ले नै गर्दा ग्यानेन्द्र को क्रुर शाशन आज ढल्ने निश्चित भयेको हो
२. माओबादी भारत सग टक्कर लिने र भारत बिरोधि नेपाल को अतिरास्ट्रबादी शक्ति हो
तर यि दुबै कुरा सबै भन्दा शन्कास्पद हुदै आयेको छ
१. प्रचण्ड ले कैयौ पटक “हाम्रो दरवार सग कार्यगत एकता थियो, म सग धिरेन्द्र को चिठ्ठि मेरो गोजि मा छ” भनेका छन्, अहिले आयेर ढल्ने निश्चित भयेको सम्बिधान सभा लाइ भाड्ने काम गरेर यो ग्यानेन्द्र लाइ म्रित सन्जिवन्ति दिने पनि यिनै प्रचण्ड हुन्
२. भारत सग भित्रि साठगाठ भयेको कुरा को लाइ यो श्याम शरन सग को सम्बाद को फोटो पनि हेरिरहनु पर्दैन; यिनिहरु का सबै तालिम, हतियार, सबै भारत बाटै आयेका हुन, यो कुरा सबै लाइ थाहा छ; नेपाल लाइ आफ्नो सिक्किम बनाउन यो माओबादी को मोहरा भारत ले चालेको तथ्य बाहिर जाहेर हुदै गयेको छ
सन्ध्या राइ
मन परे हरियो, नपरे रातो
0
0
यो बक्बास समाचार एमाले को मुख्पत्रले नै किन च्ह्हापेको होला ? अरु कसैलै थाह नपयेको कुरा ,नेपाल का धेरै जसो पत्रिका यस्तै च्हन्, वस्तविक्ता भन्दा मर्मसला थपेर पत्रिका बेच्ने.
मन परे हरियो, नपरे रातो
0
0
Beer in the table!!!
Inimaginable ! on the tables of revolutionary leader is full of Beer.
they were fighting for the ban of alcohol but what I see in the photograph is full of Glass filled with Beer. This is the double standard of Maoist leaders.
मन परे हरियो, नपरे रातो
0
0
येस्तै हो जब सम्म हम्रा नेता हरु नेपाली जनता भन्दा भारतिय नेता हरु मा भोरोसा गर्छन् यो हुदै गर्छ यस्तो झपराइ, यो भन्दा पहिले अरुनेता हरु ले पनि खाएका थिये,
कमल्
चीन्
मन परे हरियो, नपरे रातो
0
0
Maoist Movement in Nepal is Grand Design of India & USA, and Gyane. They are afraid of China and it is their foreign policy against China. Birendra had good relation with China and when he visited China soon after that he was murdered.
All Nepalese leaders from Surya Bahadur to Prachanda (without Indian support he could not able to smuggle arms and weapons, use transit facility)are puppets of India.
I will appreciate “Dristi” if they could dare to publish such an article or photos against their Master- ‘Makune’.
May Durga Bhawani give some wisdom to such a stupid leaders.
मन परे हरियो, नपरे रातो
0
0
Excellent, “Balla Paryo Niramaya Makuri Jalaima”
मन परे हरियो, नपरे रातो
0
0
कोरीया का साथिहरु
म सोउल नसनल युनिवरसिटि मा छु . क़े म तपाई हरु सन्ग भेट गर्न सक्छु??
रन्जन कुमार दाहाल
००८१-९०-२८२८-२५५७
रोमिन्ग सहित को मोबाइल फोन न
मन परे हरियो, नपरे रातो
0
0
ळौ के भाको येस्तो, ycl लाइ भारत तिर पठाउने हैन कमरेड्? कि खालि नेपालि लाइ मात्र थर्कौउन राखेको हो ycl?
मन परे हरियो, नपरे रातो
0
0
I agree with deepak from korea.The picture could have been captured when shyamsaran was speaking using body language.Just on the basis of this picture, we should not believe about this news.However there is no doubt that there is indian interference in nepalese politics and all these political leaders whether it be Girija,makune,sher bahadur,kishna bhattarai,gyanendra,baburam or prachanda,all these are under the instructuons of india.India is like a shadow director in Nepal.We need to kick all these old and dirty politicains.young leaders like gagan thapa would be best.
मन परे हरियो, नपरे रातो
0
0
When are we going to realise this kind of democracy is not going to work in nepal? We have no leaders who can stand up for our nation. People shouted slogans against monarchy. Now how are our leaders better than monarchy? I am not an avid royalist and I am not advocating monarchy, I am just comparing. Lets not be fooled by the leaders. We simply cannot trust them. They will completely destroy our country.
The more we trust the leaders, we will be only be supporting their foolishness and as a result we ourselves can be called foolish.
Seeing our leaders, sometimes I am reluctant to abolishing the monarchy. Can they truly deliver a national unity if monarchy is indeed abolished? We must think carefully about these issues. It’s very hard to make a decision. We’ve seen the king and we’ve seen the leaders. Both of them don’t seem capable enough to lead our nation. Lets think carefully and lets not be easily swayed by what the leaders say.
मन परे हरियो, नपरे रातो
0
0
what a shame.the man like shyam sharan can scold to popular politician baburam n prachabda reflect that what a respect applied by india to nepali politician and nepal.it is a bad feeling for not only baburam n prachanda ,but to whole nepali people who trust these two r capable to bring GANATANTRA in nepal very soon.
मन परे हरियो, नपरे रातो
0
0
जाड (BEER) खायेर मातेर कुरा (सल्लहा) गर्दै रहेका मान्च्ह लाइ , झ्पारेको, लुरुक्क परेको, डॅरायेको भनेर COMMENT लेखेको देख्दा त हासॉ लाग्यो मलाइ!!!
मन परे हरियो, नपरे रातो
0
0
ह्याप्पी दशैको पार्टी होला? अनि बियर चाँहि कुन कम्पनि को पर्यो कुन्नी?
अस्ति न डाएबेटिज, युरिक एसिड, ब्लड प्रेसर बडेर डाक्टरको जचाँउन गएको होईन प्रचण्ड कामरेड ले? आहिले गाथमा आरामै छ त ?
ए सबै चल्दो रहेछ, हामीसँग पनि बसेर यसो रमाईलो गरौ न हो ..
एने वे, ह्याप्पी दशै..
मन परे हरियो, नपरे रातो
0
0
मलाई यादा आयो जब माओबादी साथीहरुले युढ सुरुगर्नु भएको बेला मसालका महामन्त्रि छन क्यारे?वाहाले यो परिवेशमा हामीले कथीन जनयुढगरेउँ भने जन्ताले नहुने दु:ख झेल्नु पर्छ त्येसैले यो अबस्थाभनेको जन्तालाई शिक्षित गराउनुनै उँपयुक्तहुन्छ,रे किनकि अहिलेको अबस्थामा हाम्रो जस्तो अर्धपनिकवेश भयेको देश, भारतीय बिस्तार बादको बिगबिगी र अमिरिकी साम्राज्यबादको खतरा,को सामना गरिरहेको अबस्थामा जन्तालाई चेतनाजगाउनुको सशत्रयुदको अर्को बिकल्प छैन भनेर|हुनपनि हो,किनकि.अहिलेपनि नेपालमा हरेक पक्षले आन्दोलन गरेपनि युद्नैहुन पर्छ भन्नेको सँख्या १५%पनि छैन यस्तो अबस्थामा क्रान्तिको बिगुल फुकेर जन्तालाई बलिमा छदाउनुको अर्को बिचार देखिदैन,जो कोहि पनि शान्तिको नाम देखि आन्दित हुन्छ येसैबेला अमेरिका अनि भारतले यो पबित्र शब्दलाई सजिलै पर्योग गर्ने ठाउँ छ र सोचेर हेर्दा यो शब्द उँनिहरुले पर्योगमा सफलता पनि पाईसकेका छन्|र येस्ले सोयँम माओबादी साथिहरुलाई पनि तर्सायकै छ|यो त हामीसबैले थाहा गर्न सकिन्छकी,के नेपालमा यहिअबस्थामा नयाँजनवाद औँला त?आइहालेमा समाजबाद साम्यबाद को तिकाउहोला त?यदी चीनमा माओको सरकार भैदिएको भएपनि यो सजिलो सम्भव थियो,यो सँन्सारमा जिउनको लागी गाउँलाई गाउँको अनि देशलाई देशको सहयोगको बिकल्प हुदैन,यसरि जहाँ गयोउँही प्रश्नको चिँन्ह खदागरेर देशले कहिले मुक्तिपाउने?
मन परे हरियो, नपरे रातो
0
0
भाईफुते गवांर लुते भनेको सायद यहि हो कि…
सके सम्म घरर्को परिवार आपस्मा मिलेर बस्नु नसके कम से कम आफ्नैलाई धाल्न अरुको सहयोग नमागौं…Result त अब हामि सामु च्हर्लन्गै छ कि कसो साथि हो!!!
पहिले दलगत स्वर्थ र अझ आफ्नो ब्यक्तिगत स्वर्थमा राष्ट्रलाई नै बिर्सि भारतिए नेताहरुको तलुवा चात्न गए यी माओबादि लगायत्का सबै नेताहरुले…कम से कम अब त पाथ सिकोस यी सबै नेता भनाउंदाहरुले र देशको समस्या आपस्मा मिलेर एउटा सहि समझ्दारिमा पुगेर देशमा विध्यमान सम्पुर्ण समस्याको समाधान गर्न सकोस्, यहि मेरो दशैंको शुभकामना सबैलाई!!!
धन्येवाद्!
मन परे हरियो, नपरे रातो
1
0
What to do ? He is the master of all political parties .Be that is Girija , Madhav,Prachanda or Babu Ram.Nepal’s kings are loyal to country to some extent than these nincompoop leaders.
मन परे हरियो, नपरे रातो
0
0
India is Republic in 1950 and prior its Independent Mahatma Gandhi had a talk with Lord Mt. beaten. He told Gandhi that Mr. Jinnah wants seperation and in that case British Govt has to return the territory of to the country whose territory British has taken and added in India. Nepal previous territory was from River Tista in East & Satalaj in west. British asked Nepal Govt to claim for those land and then Prime Minister Juddha Sh. J. B. Rana refused to take back the land in fear of Congress Movement in Darjelling and Dehardun. He thought that something is better than nothings.
In 1951 Indian Special Envoy came to Kathmandu and signed a treaty with PM Mohan Sh. J. B. Rana which is still in execution. It is the Indo Nepal Treaty treaty of 1950.
When the democracy is estalblished in Nepal – India established Indian Army in the Northen Post of Nepal and took Kalapani for his army. Later the Kalapani was given to India by Mahendra in fear of Nepali Congress. King Mahendra also gave half Mt. Everest to China just to make China happy. In local paper there were news that Nepal god enough land from China after the Agreement.
From 2007 to 2046 there was very deep conspiracy done by India. All the top leader of Nepal including major personals of Kings Palace are in the payroll of RAW (the youngest son of Indian Prime Minister Indira Gandhi – REsearch Analysis Wing of India – an intellegence Agency especially for neighbouring countries of India). RAW is distributing an amount Rs 3 crores IC every month in Nepal on those people.
Late King Birendra went to China and requested for a train link to Nepal from China. As a result of that there was a proposal of broad gauge train link from Lhasa to Rasuwa border and from that border there would be four track road link to Kathmandu. India was unhappy with that.
In Nepal Parliament 40 lacks Indian people were to be given citizenship and the parliament approved and sent to palace for approval but the King Birendra seek tha concent of Supreme Court and hold it. Due these things KING BIRENDRA MUDERED. There were five people with Army cap resembling the face of Deependra. It is a big conspiracy like CIA has done to SUHARTO in Indonesia and later known to all. May be the power unhappy with Birendra did it.
In all cases from Border, Security, Trade such as export of carpet, garment, jute etc, tourism, encroachment of border piller and etc etc is done by India. The Terrai Movement is ALSO done by India.
India do not want any Industry establish in Nepal. They do not want Hydro-electricity development in Nepal. It any development done, then the people economy with boost up and Nation would be rich. In this case the issue of our Land East Tista to West Satalaj would arise and Bigger Himalyan Kingdom would take shape. India has a fear of this and thus they do and our GREEDY LEADER COULD NOT COME OUT OF INDIA GRIPS.
Surendra Mailo Daddy
मन परे हरियो, नपरे रातो
0
0
Umesh Jee,
This type of baseless news doesn’t suit at your blog. All comments, I think, only enjoying themselves without any fact. Imagine that within an hour, hundreds of thousands of feeling can be read in one man from his postures.
So, think about what we should do ahead and don’t rate this senseless news. ‘Dristi’ doing its imagination to boost up UML propaganda.
मन परे हरियो, नपरे रातो
0
0
Please do not waste time gossipping about such funny matters!
Talk about the need for the time being, all leaders have played a game to deceive the people, they have foiled the CA polls,be careful about such crucial matters.
मन परे हरियो, नपरे रातो
0
0
मेरो बि४ मा भारत र चिन भनेका तानासाहि देश हुन्/ दुबै को येउटै स्वार्थ छ्, आफु भ्न्दा सानो मुलुक मा आफ्नो हैक्म जमाउने/ तेस्कारन हामि सानो देश का जन्ता हरु अपस मा नफुटि एक जुट भयेर देश बिकाश मा लागौ/
देश भ्क्त नेपालि
मन परे हरियो, नपरे रातो
1
0
त्यसैले त जुन जोगि आए पनि कानै चिरेको भनेको हो. चर्का नारा,आदर्श कुरा र ब्यबहारमा पाइने भिन्नता नेपाली नेताहरुको बिशेस्ता नै हो नि.
कुमार
मन परे हरियो, नपरे रातो
1
0
यो अतिनै वास्तविक र तथ्यगत समाचार हो / बाहिरि हल्ला र भित्रि वास्तविक खेल नेपालि राजनितिको भिन्नै हुन्छ भन्ने कुराको यस्ले पुस्टि गरेको छ /
मन परे हरियो, नपरे रातो
1
0
Oh my god!!!this is ridicilous.I cann;t imagine these are the same persons who were yelling and roaring like wild Lion.Poor cat you will be fit for Indian’s slogan “MERA BAHRAT MAHAN”I cann’t belive their possition like this!! My belives and respect are melting down for great maoist leader.I was surprising why their face towards south most of the time.Anyway you guys are loosing your good image. Nepali citizens are never belives any more
मन परे हरियो, नपरे रातो
0
0
माधव नेपाल भारत गएर लुत्रुक्क् परेर आको चाहि लेख्या रहेनछ ? सबै भारत परस्त हुन कसैले धाक नलाए हुन्छ |
मन परे हरियो, नपरे रातो
0
1
समाचारको आसय ठीकै भए पनि प्रस्तुति अलि चर्कै भो.
हाम्रा ‘जुझारु’ कमरेडहरुको मानमर्दन नगरौ होला .
मन परे हरियो, नपरे रातो
0
0
हे बाघका छाला ओडेका मरेका स्यालहरु तिमिहरुक रास्ट्रियता यहि हो… भारतका धोतिले हप्काउदैमा तिमिहरुको शिर निहुरिने कस्तो तिमिहरुको जात्रा
१२ बर्स जङलबसि लाखौ नेपालिको रगत पिएर तिमिहरु सत्तामा पुग्ने अनि एउटा धोतिल हप्काउदा तिमिहरुको शिर निहुरिने धिक्कार छ तिमिहरुलाइ……….. तिमिहरुजस्ताले फेरि गेरु वस्त्र र खरानि धसि लाग त्यहि पुरानो जन्गल ….तिमिहरुलाइ त्यहिररुप सुहाउछ भलाइ त्यसैमा छ…. मानव त्यसमथि नेपालि भएर जन्मनुमा धिक्कार छ
पत्रकार अपहरण गछौ ,निर्दोसिलाइ मार्छौ यो सब के का लागि ???
कुन आमुल परिवर्तनका लागि???
मन परे हरियो, नपरे रातो
1
0
राम्रो काम गरेको भए किन पो लुथ्रुक्क हुनु पर्थियो र? यि माओबादि नेताले सम्बिधान सभाको नाममा कसरि नेपालिलाइ बेबकुफ बनाएका छन्, त्यसको बदला नेपालि आफैले लिनै पर्ने छ..
मन परे हरियो, नपरे रातो
1
0
कहिले सम्म येस्तो dependent politics???
मन परे हरियो, नपरे रातो
0
0
यस्तै हो नेपालि नेत हरु मुख मा देस प्रेम अनि काम चाहि भारत निर्देश् | ये नेता हो जनतन्त्र, स्वतन्त्र नेपाल बनाउने सोच राखिदेउ न किन भारत तन्त्र |
मन परे हरियो, नपरे रातो
1
0
कुरा गर्दागर्दै कहिले काहिँ हात उठाइन्छ र त्यहिबेलामा यो तस्बिर खिचियेको पनि हुन सक्छ | एउटा फोटोको भरमा यो नै बोलिएको थियो भनेर ठम्याउन कठिन हुन्छ | तर यदि यो कुरा साचो हो भने यो माओवादीको दोहोरो चरित्रको परकास्ठा हो, अनि ‘क्रान्तिकारि’ भन्ने पबित्र शब्दको घोर बेइज्जति पनि | माओवादीको इतिहासमा यो एउटा कालो धब्बा भएर रहनेछ |
मन परे हरियो, नपरे रातो
0
0
थुक्क नेपाल का नेता हरु, तिमिहरु के आफुलै नेपलि नेता थन्चौ.जाओ भारत मा र धोति लगयेर बस.
मन परे हरियो, नपरे रातो
0
0
I became more sad reading this article. I think this matter should be wrong or maoist are not good. I want to mention one thing that if it is right news, Maoist in Nepal and other political parties will not be different in many sense.
Parchanda and Baburam also need to put all their views and mastter in clear way. i doubt about the news and the condition.
मन परे हरियो, नपरे रातो
0
0
So the history repeated itself. Hatred towards India has been capitalized many a times to collect shallow popularity and votes. We have seen a tendency of Nepalese leaders to make aggressive speeches before the public about Indian expansionism, and quitely submit to what Indian bureaucrats order them.
So, Maoists, are now hitting the ground. I do not know how do they seem internally, but if seen from outside the country, their romantic ideal revolutionary talk sounds the most absurd thing the world.
I do not blame India at all. What it does is according to the norm of International Relations. It has its own interests and it works towards them. But the real problem is with our pseudo-intellects alias leaders, who, in their narrow frame of reference cannot percieve how the world works. I believe we should appreciate India’s concern, but we should tactically integrate our interests in there.
Condemning India is avoiding the problem. Maoists have done the same repeatedly just to take the benefit of hatred. I think now they are seeing the real ground.
मन परे हरियो, नपरे रातो
0
0
Very interesting! Well, Maoist are those who built bunker in the INDO-NEPALESE border! Now, where is nationality of Maoist? I hate Indian Foreign Policy toward NEpal and i don’t want Indian to have political interference in Nepal’s internal matter.
Instead of Shyam Sharan, we nepalese people must go into the resident of Prachanda and tell him that we don’t want their COMMUNISM where Journalist are kidnapped and people are shot for having wealth and opposite belief!
Communism kills the rich, buries the poor!
मन परे हरियो, नपरे रातो
0
0
हा हा … भारतिय दुतप्रति रिस भन्दा यि नेताहरुप्रति बढि हाँसो उठ्यो हो! यि नेताहरुले यस्तै बेवकुफ ढंगले काम गर्ने, भारतलाई मौका दिने, अनि भारतले control गर्यो भनि फेरी complain गर्ने?
मन परे हरियो, नपरे रातो
0
0
( भाग)(२) म चिन को सहयोग मा सहमत छु खुसि नि छु भारत धोति हरु भन्दा चिन को सहयोग राम्रो हुने छ! किन कि चिन ले राजनितिक हस्तक्षेप गर्दैन यो सायद सत्य हो! तर नेपालि नेता देखि हामि जन्ता नि धोति हरु को गुलाम नै भए का छौ त्यो मलाइ आस्चार्य लाग्छ!!
मन परे हरियो, नपरे रातो
1
0
How can someone full of evil stand up to anything. Prachanda is a coward that is why he cannot face elections.He cannot take any responsibility,but blames the king or someone else. Killing innocent people and making our beautiful country into a war zone is all due to this evil person.
I wish someone would get rid of him. He is a sin to our country
मन परे हरियो, नपरे रातो
0
0
वाउ उमेस जि नेता मन्त्रि हरु को बेइजेत के देख्न्नु परे को यो हाम्रो अन्धो आखा ले नि आखिर भारत नया दिल्लि बिना नेपाल चल्न नपाउने भयो है! यि भारत का धोति हरु को धोति र कट्टु धुन गए हुन्छ! यि नालाएक नेता हरु त्यो कुरा मेरो बिचार मा १००% सहि हो ! किन कि नेपाल चिन ले नेपाल लाइ जरुरि चाहिने सामान जस्तै तेल पेट्रोल दिने कुरा गर्दै छ! अहिले नेपाल लाइ चिन बाट धेरै झयोग हुदै छ! त्यो धोति हरु र हाम्रा देस का भात मारा नेता हरु ले खास गरि चाहानन किन कि धोति र नेपाल का नेता हरु ले जन्ता देस लाइ लुछे र खान सजिलो हुने छैन!!
चिन ले सहयोग गरे देखि तै कारण हो धोति हरु रिसाको अनि हाम्रा भात मारा नेता हरु नि केहि गर्न नसके को ! अब चिन ले तिब्बत बाट नेपाल को सिमाना सम्म रेल मार्ग खोल्ने कुरा चले को छ! तेस मा त झन भारत का धोति हरु रिसाउने भए का छन किन कि नेपाल लाइ लुट्न पाउने अलिक गार्हो हुने भयो नि त! तर के गर्नु यो उमेस जि ले राखे को समाचार बाट प्रमाणित भैसके को छ! यि हाम्रा देस का नेता हरु सबै भारत को दलाल हरु हुन भने र तै भए र कान्ग्रेस लाइ आफ्नो अडान मा बस्न र पछि नि देस मा कब्जा गर्न लाउदै छ! सबै भारत का दुत नेता हरु लाइन लागे र नेपाल औनु को कारण तै त हो नि होइन!!
मन परे हरियो, नपरे रातो
1
0
आजका धेरै नेपालीहरूले प्रचण्ड र बाबुरामलाई महान वीर र देशभक्त तथा मुक्तिदाताका रूपमा हेरेका छन तर त्यो सत्य होइन भन्ने ता यही लेखले पनि छर्लन्ग़सन्ग देखाएको छ.जुन मालिकले तालीम्, हतियार र सिद्धान्त सिकायो तेस्ले अब गुरुदखिणा ता माग्ने नै भयो, देशलाई सिक्किम बनाउने स्वामीको अगढि बिचरा प्रचण्ड र बाबुराम लुत्रुक्क पर्नु स्वाभाबिकै होइन र? एकतन्त्री बेवस्थाका हिमायती ई प्रचण्डहरू नेपालमा कुन जात्रा देखाउन लागेका छन त्यो जनताले बुझ्नुपर्छ.चुनावै नलडी सम्सद र सर्कार कब्जा गर्ने ई अलोकतान्त्रिक माओवादीहरु भारतको तालमा नच्छन्, नेपाली जनतासित तिनको कुनै मायामोह छैन.
मन परे हरियो, नपरे रातो
2
0
well so it is just erratic .no need to say n comment .
i just don hav any logic why sud i say anything. who is that shayam saran
guys give up hope with these stupid politician.
मन परे हरियो, नपरे रातो
0
0
Like all rivers in Nepal goes to Ganga,So is all Nepalese leaders .They go to India not for their personal business only,sometimes they goes their with some hydroelectric project,kalapani,gandaki,karnali etc
There is a competition among Nepali leaders how much they can sacrifice for India.The more they sacrifice ,the more better they will be in indian eye.The mission of Maoist is to completely divide the whole country in ethnic tribes so that India will have easy way out to land here politically,economically even they may be planning to land their army here!!who knows??
Girija is disclosing the fact time and again ‘sovereignity of our country is in danger’
मन परे हरियो, नपरे रातो
0
0
हजुर हेर्दा अच्म्म मान्नु पर्ने कुरा त के हि पनि लागेन कसैले कुरा गर्दा सुन्नु त राम्रै हो कुनै पनि बुद्दिमानि ले सोन्चेर कुरा गर्नु मात्रै राम्रो हुने हुन्दा कसैले चार्को सोर मा करानु र कुकुर ले टोक्यो भने फेरि कुकुर लाइ टोक्नु जानु त बुद्दिमानि त हैन त
त्यो को हो र हाम्रो देस मा सिकाउने /सक्ने भये त कस्मिर र पुर्ब आसम को सम्स्या हल गरोस आफ्नो धोति फुस्किसको अनि अरुलाइ सिकाउने
एउटा कुरा युरोपिएन र अमेरिकन हरु धेरै बोल्दैन्न धेरै सुन्ने हुनाले अरुदेस का मानिस लाइ सजिलै भास मा फसाइ दिन्चन
तेहि अनुसार पर्चन्ड र बाबुराम पनि अब बोलाइ मा भन्द सुनाइ मा जोड दिनु नइ उत्तअम ठानेर र नि
मनिश्
नेदेर्लयान्ड्
मन परे हरियो, नपरे रातो
0
2