मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मसँग मिलेमात्र शान्ति आउँछः ज्ञानेन्द्र

    बडा दशैँको महत्त्वपूर्ण दिन विजया दशमीको दिन सन्देश दिने परम्परालाई यो वर्ष पनि राजा ज्ञानेन्द्रले कायम राखेका छन्। उनको सन्देशमा संविधान सभाको ‘स’ पनि उल्लेख छैन। बरु राष्ट्रिय एकता र मेलमिलाप भन्दै आफूसित पनि मिलेमात्र देशमा दीगो शान्ति स्थापना हुने अप्रत्यक्ष सन्देश दिन खोजिएको छ।

    सन्देश यस्तो छ-

    पारस्परिक मर्यादा, सद्भावना, सहयोग, स्नेह र एकताजस्ता मावनीय गुणहरू अभिवृद्धि गर्ने हाम्रो महान् चाड बडादसैँको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेबसेका समस्त नेपाली तथा सम्पूर्ण हिन्दुहरूको सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दछौँ।

    राष्ट्रिय एकता र मेलमिलापबाट अघि बढी देशमा दिगो शान्ति स्थापना गर्न श्री नवदुर्गा भवानीले हामी सबैलाई प्रेरणा प्रदान गरुन्- यही हाम्रो प्रार्थना छ।


    शुक्रबार मैतिदेवीमा ज्ञानेन्द्र: राजाको ‘बडी ल्याङ्ग्वेज’ हेर्ने हो भने पनि अब उनी पहिले झैँ निराश, हताश देखिन्नन्। बरु एउटा गजबको आत्मविश्वास आँखामा देखिन्छ भने मुखमा गम्भीर ‘कुटिल’ मुस्कान।

    इन्द्रजात्राको अन्तिम दिन कुमारीसँग टीका थाप्न गएदेखि राजा एक्कासी सक्रिय देखिएका छन्। हिजो राजधानीका विभिन्न शक्तिपीठहरुमा र आज हनुमानढोकाको तलेजु भवानीको मन्दिरमा राजारानीको भ्रमण हुँदा नमस्ते गर्दै त्यहाँ उभिएकाहरुको फूलमाला लिँदै कुरा गर्दै हिँडेका दृश्यहरु टेलिभिजनमा हेर्दा यसले उनको पुरानै सक्रिय शासनका दृश्यहरु सम्झाएका छन्।

    पहिले जस्तो कडा सुरक्षाका बीच नभई खुकुलो सुरक्षा व्यवस्थाका बीच ‘निजी’ भ्रमणमा गइरहेका छन् उनी। त्यसरी जान उनलाई कसैले पनि रोक्न सक्दैन पनि, मिल्दैन पनि। आजै मात्र प्रधानमन्त्री कोइरालाले मन्दिर घुम्नु राजाको व्यक्तिगत अधिकार भएको स्वीकारिसकेका छन्। तर, त्यसै भ्रमणका क्रममा उनले शाही शासन कालकै शैलीमा फूलमाला स्वीकार्दै हिँड्नुले ‘सात दलले दरबारको चौघेरामा बन्दी बनाएका’ राजा जनतासँग नजिकिने कोशिशमा रहेको देखिन्छ। यसका लागि उनले ‘सांस्कृतिक स्पेस’ को बडो कूटनीतिक रुपमा उपयोग गरेका छन्। राजनीतिक अधिकार कटौति गरिएका अवस्थामा उनमा रहेको एक मात्र आशा यही नै थियो। राजाको ‘बडी ल्याङ्ग्वेज’ हेर्ने हो भने पनि अब उनी पहिले झैँ निराश, हताश देखिन्नन्। बरु एउटा गजबको आत्मविश्वास आँखामा देखिन्छ भने मुखमा गम्भीर मुस्कान। एक वर्षमा बाग्मतीमा धेरै पानी बगिसकेको रहेछ। एक वर्षअगाडि यति घृणा राजाविरुद्ध थियो कि उनी बाहिर हिँड्न समेत असुरक्षाले दिँदैन थियो। तर अहिले खुल्लमखुल्ला सडकमा उभिएकाहरुसँग गफ गर्दै हिँड्न संभव भएको छ।

    फूलपातिका दिन हनुमानढोका गएर फर्कँदै गरेका ज्ञानेन्द्र। फोटो साभारः एपी/विनोद जोशी
    यसबाट राजपरिवारलाई एउटा आत्मविश्वास दिएको हुनुपर्छ। किनभने शिवरात्रिका बेला ढुंगाप्रहार भएपछि उनी बाहिर निस्केका थिएनन्। कृष्णाष्टमिमा पाटनको कृष्ण मन्दिरमा जान खोज्दा सरकारले सुरक्षा व्यवस्था नमिलाएकै कारण उनी जान सकेका थिएनन्। नत्र कुमारी जात्राको शैलिमा उनी परम्परा धान्न पक्कै जान्थे होलान्। तीजको बेला पनि रानी र राजपरिवारका कोही पनि पशुपति जाने आँट गर्न सकेनन्। इन्द्रजात्रामा कसैलाई सुइँकोसम्म नदिई बसन्तपुर गएर टीका थापेर उनले जोखिम त उठाएका थिए नै, आफूविरुद्धको आक्रोशको ज्वरो घटिसकेको पनि राम्रैसँग जाँचे। त्यसैले अब कम से कम सांस्कृतिक कार्यक्रममा कसैले रोकेर राजा रोकिनेवाला छैनन् भन्ने उनले देखाइसकेका छन्।

    स-साना कुराहरुमा पनि विरोध प्रदर्शनहरुबाट आजित भइसकेका हुनाले वाईसीएलबाहेक अब कोही पनि सर्वसाधारण राजाको विरुद्ध नाराबाजी गरेर विरोध गर्ने पक्षमा छैनन् (भलै त्यसको अर्थ राजतन्त्रको समर्थन गरेको चाहिँ हुँदैन)

    सात दलका नेताहरु सात तिर अल्झेर एकापसमा बाझाबाझ गरी नै रहने हुन् भने एक पटक फेरि उनी सत्तामा आउने बाटो खुल्ने संभावना धेरै छ। फेरि पनि गणतन्त्रको सपना, सपना मै सीमित रहनेछ अनि अर्को पुस्ताले फेरि संघर्ष गर्नुपर्नेछ शायद राजा पारस वा राजा ह्रदयेन्द्रको पालामा (हचुवा तालमा संसदले बनाएको जेठो सन्तान राजा हुन पाउने व्यवस्था दरबारले के टेर्थ्यो र)

    No related posts.

    13 comments to मसँग मिलेमात्र शान्ति आउँछः ज्ञानेन्द्र

    • हिन्दु राजाले दशै तिहारको जुवामा हिन्दु बास्साको कार्ड फ़याल्नु अस्वभाविक हैन .
      तेस माथि एक्का कसैसग छैन भन्ने उन्लाइ था’छ .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Luna

      खासानोवा जि ,
      कमेन्त नेपालि मा लेखनुस्न .
      It is quite hard to understan your english .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • casanova

      EVERY INDIVIDUAL HINDU HAS A RIGHT TO VISIT TEMPLE.LIKEWISE, MOSQUE BY A MUSLIM AND CHURCH BY A CRISTIAN.THERE SHOULD BE NO ARGUMENT ON THIS AT ALL.
      If you are a famous/infamous figure and probably are in danger at this point of time, you are forced to appear in public with full fledged security. Then, again, if you are rich enough, you would definately prefer to travel in a bullet proofed wagon, don’t you?

      All the district, regional and central leaders of Maoism have learned to move in fourwheeler long back, that too, with sophisticated weapons.So, what is the big deal here? Or, have we already turned into North Koreans in a search of political orgasm?

      Guys, lets stop making fuss about everything.Lets not ruin the Dasera.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • tikaram luitel

      हामी अवस्थालाई सजिलो गरि हेर्ने बानिले आज यो अवस्था फेरि दोहोरीदै छ, फलाम आकार दिन त्यही बेला पीट्नु पर्छ, जुन बेला फलाम तातेर रातो हुन्छ| त्यो मौका हाम्रा नेता हरुले चीनेनन|यहि तालले हो भनि- हेर्दै जनुस भोलिको अवस्था, नेताहरुको अविस्वासले राजतन्त्र या गणॅतन्त्र नेपालि जनतालाइ नै निर्णॅय़ गर्न गाह्रो हुनेछ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mhiki

      हेल्लो ज्ञानेन्द्र ब्रो! सञ्चै हुनुहुदोरहेछ, खुशी लाग्यो तर मर्यादा मिच्ने काम त तपाईं आँफैबाट भएको होइन र ? अनी नेपाली जनता प्रतिको माया, ममता र स्नेह भन्ने कुरा त तपाईंकै कुशासन कालमा हराएको होइन र ? नेपाली जनताको एकतालाई चकनचुर पार्ने भर्मग्दुर प्रयास त खुबै गर्नु भयो नि तेसबेला होइन र् ? अब कट्टरपन्थी हिन्दूहरुको आड्मा देशमा उदनदा मचाउने सुरमा त हुनुहुन्न फेरी ? कि तपाईं सुध्रन थालनु भएको हो । कृपया प्रश्ट पारीदिनु न हो ब्रो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • bishal

      The royal palace is still a significant power. one agrees or not there are people who still support the palace. inclusiveness does no mean to to exclude the king and his supporters. lets bring the republic but not repressing anyone forcefully , but by means of election , bye peoples consent. our focus at present should be free and fare election. we must realize who is tampering with the costituent assembly election. everyone knows who they are! . the above coverage of kings visit to temple is almost ridiculous most of the coments are more than frurstrating. the king as a citizen should have the right to visit places at least temples.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surkheti

      It sad to see congress and UML reluctant to declare republic immediately. If this activity continues, within a year the king will take over and all the parties and people’s drem will be shattered and Nepal will turn another Myanmar or Pakistan.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • BBS

      Gyanedra is still the king by law though there is no mention of kingdom in the interim constitution and monarchy is not abolished yet. He is still the most powerful person in Nepal as the army is still loyal to him, thanks to seven parties’ poor record so far. He is the richest person in the land, and probably one of the richest persons in the universe if his hidden wealth is counted, which enables him to buy support for the monarchy from the market, can easily hire people to destabilise the country to make sure that nobody will dare to vote for the republicanism.

      The sad day that will declare Nepal as “The Democratic Kingdom of Nepal” is not very far. Our hope for abolishing the monarchy for ever seems thousands of light year away.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Voliko Nepal

      राजाको यस्तो अतिवादीको अवस्थामा माओवादी (वाईसिएल) कता बसेको रहेछ । बिभिन्न ब्रि्रोही संघहरु र्सार्वजनिक ठाँउहरुमा बम धमाका गराउछन् र र्सबसाधरणहरुलाई आतंकित पार्छन् । यो अस्तित्व गिरिसकेको राजाको रवाफ चलेको बेलामा चाही लुकेर बस्ने । यो ज्ञानेलाई ठोक्नै पर्ने भो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SydneyBata

      Good one Umeshji.
      Nice to know.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pusp Prasad Luintel

      सात दलका बिचमा दिल्लीमा के समझौता भएको थियो/ सम्पूर्णरुपमा त्यो सार्वजनिक भएको छैन/ राजा ग्यानेन्द्रलाइ काश्मिरका राजा कर्ण सिम्हले भारत सरकारबाट के सन्देश ल्याएका थिए/ कुन कुरामा सम्सदको पुनर्स्थापना गर्न कर्ण सिम्हले नेपालका राजालाइ सहमत गराए त्यो पनि सार्वजनिक भएको छैन/सम्बैधानिक राजतन्त्र वा आलङकारिक राजतन्त्रको स्तित्वलाइ भारतले स्वीकार गर्छ भन्ने कुरामा ग्यानेन्द्रलाइ कर्ण सिम्हले आश्वस्त पारेको हुनु पर्द छ/
      कथम तेसो हुन सकेन भने राजा ग्यानेन्द्रको ढाल भएर चीन अगाडी आऊन अग्रसर हुदै छ/ यी सम्पूर्णॅ कारणबाटृ राजतन्त्रको अन्त्यको सम्भावना देखिदैन/

      Pusp Prasad Luintel
      Boston,U S A

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishor

      It is a very sad day. He is not in mandirs as a ordinary citizen, he is there as a king (look all the media coverage). This has happened because of Maoist and corrupt leaderships. Before Gyane’s move go any further, all republicans should forge their hands to give a final blow to monarchy, and to any party or any leader who comes between republican and royalists.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GM

      The most blame for this goes to Maobadi. Instead of conducting a CA election, and declaring a republic from a constituent assembly elected by people, Maobadi deferred the polls because of their own insecurity and narrowmindedness.

      I agree with Umesh. People will get frustrated with the current insecurity, etc. and Gyane will come to power once again.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker