संस्कृतिको आडमा राजा र राजावादीहरुले टाउको उठाउने एउटा खतरनाक षड्यन्त्र सुरु गरेका छन्। एक वर्षअघिसम्म टाउको लुकाएर बसेका यी राजावादीहरु अब खुल्लमखुल्ला राजाको पक्षमा नाराबाजी गर्न उत्रिने भइसकेका छन्। विशेष गरी इन्द्रजात्रादेखि यो क्रम तीव्र भएको छ। राजाका पक्षमा नाराबाजी गर्नेहरु चाहिँ को हुन् त ? अधिकांश एउटै अनुहारका छन्। यो सानो समूह जहाँ जहाँ राजा जान्छन्, त्यहाँ त्यहाँ गएर नाराबाजी गर्ने काम गर्छन्। प्राणभन्दा प्यारो भनी नारा लगाउनेहरु फोस्रा धाक देखाउनेहरु हुन्। उही एउटा ठट्यौली छ नि- आफन्त मर्दा ‘मलाई पनि लैजाउ भन्दै रोइरहेका बेला साँच्चिकै उसको भूत आएर लिन आउँदा, कहाँ साँच्चिकै लिन आउ भनेको हो र भने जस्तो। हिजो राजारानी तलेजुमा जाँदा धनुष्टंकार नमस्ते र प्राणभन्दा प्यारोको नारा लगाउनेमा रमा सिंह पनि देखिएकी थिइन्। अस्ति फूलपातिका दिन राजाको पक्षमा नारा लगाउन अग्रपंक्तिमा देखिएको एउटा अनुहार परिचित जस्तो लागेको थियो। खोजी हेर्दा त हो रहेछ। हेर्नुस् यो भिडियोमा त्यो मान्छेलाई।
No related posts.









मलाई त बुडी आमा कै नारा मन पर्यो है| नेपालको इतिहासमा राजा को नाम निसाना नै मेट्दा के कसो होला नि ???? | साथी हो …..कि कसो हो ??????
मन परे हरियो, नपरे रातो
0
0
बुडि आमाको त्यो आक्रोस सुनेर म पनि प्रफुलित भए …बुडि आमालाई मेरो सलाम . पक्कै केहि न बुझि बोलिन न ति बुडि आमाको त्यो जगतको अगाडि..पक्कै यि आमालाइ लोकतन्त्र ले भर पुर्ण छोएछ .. कसैको दबाबमा परेर अरुको पक्षमा नारा लगाएको भए पनि यि आमाले निकालेको त्यो आबाज पक्कै कसैको दबाबले लगायको हैन……बुडि आमा देखि गौराम्भित छु म..
कपिल वस्ति
मन परे हरियो, नपरे रातो
2
0
हेल्लो तेन्जि सेर्पा जि , तपाइ त यन्ग्किला सेर्पाको नातेदार त हो हामिले पनि चिनेको छ , को कस्तो मान्छे हो ?
मन परे हरियो, नपरे रातो
0
1
दशैँको मसलादार मासुले झुसिलो डकार आईरहेको बेलामा त्यो मन्डलेको “हाम्रो राजा हाम्रो देश…..” भन्ने नाराले झन्नै उल्टी हुन थालेको थियो। तर, नेपाली आमाको “ज्ञाने चोर देश छोड”ले भने निक्कै राम्रो एन्टासिडको
काम गर्न पुग्यो र यो कर्णप्रिय नारा दोहोर्याइ-तेहर्याई सुन्दा खेरी अति आनन्द लाग्न थालेको छ। उमेशजी, ज्ञानेको पक्षमा नारा लगाउने त्यो मन्डलेले आफ्नो भाव-भँगिमाले स्पष्ट सँकेत गरेको छ, यो कुनै सामन्ती भ्रष्टाचारी दलाल हो भन्ने। साथमा रहेको मुन्द्रेको उफ्रयाई भने ज्ञानेको धनको तुजुक हो। तर, धन
भन्ने कुरा जति भए पनि नेपाली आमालाई चाँही किन्न नसकिने रहेछ। त्यसैले हो, अत्याचार र शोषणले पिल्सएकी तर नयाँ नेपाल बनाउँछु भन्ने नेताहरुका अकर्मन्यता र स्वार्थि खेलले रन्थनिएकी नेपाली आमा आज झन आक्रोशित छन र घन्काँउदै छिन,”ज्ञाने चोर, देश छोड”।
ज्ञाने चोर देश छोड
ज्ञाने चोर देश छोड
ज्ञाने चोर देश छोड
मन परे हरियो, नपरे रातो
1
0
मलाइपनि प्र्स्ताब नकाएको होइन यो नौटन्कि जुलुसमा जानको लागि तर आफु पर्यो गणतन्त्रवादि र सच्च देशभक्ति..राजा बन्न साथ मेरो पारो चद्छ…
मन परे हरियो, नपरे रातो
1
0
If we investigate clearly then we can see that supporters of Gyanendra are hired hands while oppositons genuine.
मन परे हरियो, नपरे रातो
0
0
If we investigate clearly then we can see that supporters of Gyanendra are hired hands while oppositons genuine.
मन परे हरियो, नपरे रातो
0
0
प्रजातन्त्र: आफ्नो सिधान्त अरुलाइ सुनाउन सक्ने आज़ादि र अरुको सिधान्त सुन्न सक्ने छमता….
मन परे हरियो, नपरे रातो
1
0
if king wasn.t so bad,we wouldn.t be there with insult him.thatswhy,he should understand he made a big..big.. mistake. therefore, he have to move from the palace without any ugly activity.
मन परे हरियो, नपरे रातो
0
0
यो सबै सात दलका कारणले ता हो नि। के हुन्छ ता अहिलै नै गणतन्त्र घोषाणा गार्न? नियम र कानुन को कुरा गर्ने हो भने अहिले सम्म के नेपालको संबिधान अनुसार भएको छ र? नत्र भने ऐमाले र काङग्रेसलाइ किन आइतबार चाहिएको हो गणतनत्र घोषणा गर्न? त्यसकारणले यिनै ७र माओबादि गरि ८ दलका कारणले ज्ञानेन्द्रले यो गरेको हो यस्मा यिनै ८ दलको दोष छ। बिषेश गरि गिरिजा, माधब अनि प्रचण्ड यिनै राजा राख्न चाहन्छन र यति थरिका कुरा निकाले का छन्। अब बुढि आमा ज्ञानेन्द्र चोर, देश छोड हैन गिरिजा, माधब, प्रचण्ड चोर देश छोड हो।। यो भन्न बाध्य हुनु पर्ने भयो हामिलाइ।
मन परे हरियो, नपरे रातो
0
1
कहिले काँही मलाई उमेशजीको कुरो सुन्दा साह्रै उदेक लाग्छ । तपाई आफै नै किन ज्ञानेन्द्रको समाचारलाई यत्तिको महत्वकासाथ ब्लगमा स्थान दिईरहनु भएको छ हँ ? मलाई लाग्छ तपाईले अनावश्यकरूपमा ज्ञानेन्द्रको समाचारलाई समय खर्चिरहनु भएको छ । यसबाट राजाबादीहरूको मनोबल झनै बढ्ने छ र आर्यघाट पुर्याउन तयारी भैसकेको राजालाई फेरी विउँतिने अवसर मिल्नेछ ।
हामी नेपालीहरूको दर्ुभाग्य यति मात्रै हो कि नेपालमा राजनेता कहिल्यै भएनन् । अहिले जति छन् तिनीहरू त ढोगीं र पापीमात्रै छन् । झुटको खेतिगरी ब्रम्हलुट मचाउन खप्पिस यस्ता पापीष्ट नेताहरूको के कुरा गर्नु । सारा नेपालीहरूको महान पर्व दशैंको मुखमा समेत सवारी इन्धनको कृतिम अभाव सिर्जनागरी कालोबजारीमार्फ संविधानसभामा पाटीको लागि चुनावखर्च उठाउने यिनको कर्ुकर्मको हामीले जति घृणा गरेपनि पुग्दैन् ।
यस्ता महान नेता भनाउँदाहरूको लिंडे ढिपी र आपसी खिचातानीको कारणनै नेपाली जनताको घर-दैलोसम्म आईपुगेको संविधानसभाको निर्वाचनलाई समेत यिनले अनिश्चित कालकोठरीतर्फधकेली दाहसंस्कार हुन निश्चित प्रायः भैसकेको राजसंस्थालाई बिउँताई चलखेल गर्ने अवसर दिएका छन् । मलाई त लाग्छ संविधानसभाको निर्वाचन हुन नदिएर नेताहरूले आफ्नै विनाश निम्त्याएका छन् । अब दाहसंस्कार राजसंस्थाको होईन बरू राजाले नै यी नेताहरूलाई आर्यघाट पुर्याउन बेर लाउँदैन् ।
नेताहरू हो ! धिक्कार छ तिमीहरूलाई । शहिदको रगत र तिनका परिवारको आँसुले एकदिन तिमीहरूलाई अवश्य पोल्ने छ । सावधान ! अबपनि चेतेनौ र नेपाली जनता फेरी जागेभने तिमीहरूलाई पातालमा पुग्नेगरी धसाउने छन् ।
मन परे हरियो, नपरे रातो
1
0
दुबै नरा उग्र छन . यो नै देस्अको लागि दुखको कुरा हो .
हरि
मन परे हरियो, नपरे रातो
1
0
हामी दमकमा गणतन्त्रवादी खेमाभन्दा वाहिर एकात्मवादी शासनव्यवस्थाको पक्षमा वकालत गर्ने केही साथीहरूलाइ राजावादी भन्दै जिस्क्याउँथ्याै । कहिले रमाइलोको लागि त कहिले तर्कैतर्कमा । तर अव त राजधानीमै खुलम्खुल्ला रमासिं जस्ता व्यक्तिहरू पनि ज्ञानेको पछि लागेको देखेर मलाइ त दिक्क लाग्यो । राजनितीमा कुनै शक्ति नभएको भनिएको पात्र ज्ञानेको दास वन्न सडकमा जयजयकार गर्नेहरू थुइक्क ।
तिमीहरूलाइ नेपालीहरूले थुकेको थुकले नै वगाएर वँगालको खाडी पु्याउने छ ।
खवरदार संघीय लोकतान्त्रिक गणतन्त्रको विरोध गर्ने त्यो व्वाँसोको … सुघ्दै कुद्नेहरू इतिहासले भोली तिमीहरूको सन्तानलाइ पिरोल्नेछ ।
मन परे हरियो, नपरे रातो
1
0
यो सबै जनाअन्दोलन को दोशि हरु लई कार्बहे नगरे को फल हो
मन परे हरियो, नपरे रातो
0
1
I just came to know about this blog. And after cheaking this i felt like as a aashirbaad of dashin 2064. Great job great mero sansar. You have started very good plateform to provide diffferent realities of our society. Keep on. Happy bijaya dashami 2064 to all. Durge Bless!!
मन परे हरियो, नपरे रातो
0
0
म त्यही ज्ञानेको अवैध सन्तान हुँ मेरो अवैध बाउलाई जथाभावी लेखेको देख्दा कम्प्युटर मोनिटर फुटाइदिउँ जस्तो रिस उठ्छ तर म मण्डलेको आफ्नै पैसा खर्च हुने भएकोले कमेन्टबाट रिस पोख्न खोजे पनि यसले हटाइदिँदो रहेछ । मलाई त सही नसक्नु भो
मन परे हरियो, नपरे रातो
0
1
dear all
our country is heading towards a big blood shed.Sooner or later it is inevitable.The only thing that can stop it is democratisation of country.
But here the main problem is the definitions of democracy.For Girija,Gyanendra,Makune,prachanDand public , the definitions of democracy for all these individuals are different.
मन परे हरियो, नपरे रातो
1
0
बुधि आमै को ग्याने चोर धेस च्होद भनेको चाहि मलाई राम्रो लाग्यो! जे होस ग्यानेद्र ले रामरै सपोर्त पाए जस्तो लग्यो!
मन परे हरियो, नपरे रातो
1
0
great video to watch…. entertaining indeed… good research work…
मन परे हरियो, नपरे रातो
0
0
भिडियो हेर्दा साच्ची कै हासो उठ्यो अनी रिस पनि,हास्यो यो कुरा मा कि कोही
मान्छे नपाएर कस्तो मान्छे हरु लाई लगेको रहेछ भन्ने कुरा थाहा पाएकोमा,पुल्चोक मा ईन्जिनियरिङ पढ्दा प्रकाश अधिकारि र म भएर अर्को एक जना लाई भान्जा भान्जा भनेर भन्थेउ,जस्लाई राजनीति एक्दम्मै नफ्रत थियो,क्रिकेट मन परौथियो,तेसैले उस्लाई बेला बेला मा क्रीकेट कोअच बनाउथेउ,आज तेही भान्जो,एल्लो कलर को हाफ वेष्टमा दशै को कुनै पर्बाह नगरि राजा को पक्छायामा नारा लगैरहेका छन|रिस यो अर्थ मा कि राजा ले फेरी पनि टाउको उथौन लागेको देखेर,के गर्ने पर्देश हुँदा एसै त दशै खल्लो भएको छ,तेही माथि पनि संबिधान सभा को चुनाव नहुँदा झनै खल्लो,
लौ महाकाली,महासरस्वोति,महालक्स्मी रक्षा गर्नुस्,चाडो भन्दा चाडो
देशमा संबिधान सभाको चुनाव होस् |
नब दुर्गा ले हामी सबै को रक्षा गरुन |
Happy Bjijaya Dashami And Dipawali 2064.
Rajendra Sedhain
USA
मन परे हरियो, नपरे रातो
1
2
Isn’t that everyone does? That’s how protest(propaganda) work in Nepal. Gyane just took a leaf out of political parties’ book.
मन परे हरियो, नपरे रातो
0
0
खोइ के भनौ, बोलि नआउने बनायो नेपालको राजनितिले
मन परे हरियो, नपरे रातो
1
0
मलाइ त बिचरा बुढि हजुर आमाले लगायको नारानै नेपालको इतिहास सन्ग मेल खाला जस्तो लग्यो…खोइ राजनिति भनौ कि,देशनिति कि,चोर निति…आफै बुझ्नु…..शुभकामना….बिजयादशमी..२०६४को….
मन परे हरियो, नपरे रातो
1
0