मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नारायणहिटी र बालुवाटारमा टीका लगाउनेको भीड

    यो वर्ष देशका ‘ठूला’ बाट टीका लगाउन दुई वटा अप्सन थिए- नारायणहिटी र बालुवाटार। नारायणहिटीमा राजा र रानीले पहिले झैँ इच्छा भएका सर्वसाधारणलाई टीका लगाइदिने काम भयो। यो वर्ष पहिलेभन्दा कम सर्वसाधारण दरबार पुगेको खबर सञ्चारमाध्यमहरु थिए। उता, बालुवाटारमा पनि आज राष्ट्रप्रमुखका हैसियतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सर्वसाधारण, मन्त्री र कर्मचारीलाई टीका लगाइदिए। प्रधानमन्त्रीले पनि बालुवाटारको ३ नम्बर गेटमा टीका लगाइदिन्छन् भन्ने कुराको प्रचार भएको थिएन। आज बिहान मात्रै मैले यसबारे थाहा पाएको थिएँ। अकस्मात् बनेको कार्यक्रम त हैन होला यो। भाउजुहरुको निधनका कारण प्रधानमन्त्रीले टीका चाहिँ लगाइदिएनन्, जमरा मात्रै लगाइदिएछन्। बहालवाला मन्त्रीहरुले त पोहोरबाटै दशैँको टीका बहिस्कार गरिसकेका छन्। तर सूर्यबहादुर थापा, मरिचमान सिंह जस्ता पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु र पूर्व प्रधानसेनापति आदिको उपस्थिति थियो।

    राष्ट्रप्रमुखका रुपमा रहेका वंशीय राजाका हरेक कामहरु जनताका छोराद्वारा गरिनु राम्रो हो। तर यस्तो अन्तरिम व्यवस्था अन्तरिम समयका लागि मात्र हुनुपर्छ। अहिलेको अवस्थामा राजा निर्वाचित हैनन् भने प्रधानमन्त्री पनि निर्वाचित हैनन्। प्रधानमन्त्री आन्दोलनका बलमा आन्दोलनमा संलग्न दलहरुको सहमतिमा यो पदमा आसीन भएका हुन्। त्यो पनि संविधान सभाको निर्वाचनसम्मका लागि। वैशाखमा नै एब्नर्मल स्थितिमा एब्नर्मल किसिमले चुनाव हुन्छ भनेका प्रधानमन्त्रीले मंसिरमा त जसरी पनि चुनाव गराउने बताएका थिए। तर चुनाव भएन। कारण अन्तिम समयमा आएर माअ‍ोवादीले तेर्स्याएका का माग अनि त्यसमा काँग्रेसको असहमति थियो। सबैलाई मिलाएर संविधान सभाको निर्वाचन गराउने जिम्मा उनले पूरा गर्न सकेनन्।

    यतिखेर देशमा राजनीतिक अन्यौल छ। अन्तरिम राष्ट्रप्रमुखका हैसियतले दशैँका बेला भए पनि प्रधानमन्त्रीले राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास गर्नु बढी महत्त्वपूर्ण हुनथ्यो न कि सर्वसाधारणलाई जमरा लगाएर। त्यसो त जमरा लगाइदिँदैमा केही बिग्रिएको छैन। यसले भविष्यको गणतान्त्रिक नेपालका लागि एउटा बाटो कोरेको छ। कुरा त त्यतिबेला बिग्रन्छ जब राष्ट्रप्रमुखका हैसियतले जनताबाट निर्वाचित जनताका छोराले त्यस्तो अधिकार गुमाउने छन्। र, त्यस्तो अवस्था त्यतिबेला निम्तिन्छ, जब राजनीतिक गतिरोधको कुनै समाधान निस्कँदैन, देश अनिश्चितताको भूमरीमा फँसिरहन्छ अनि प्रतिगमनले टाउको उठाउने मौका पाउँछन्।

    No related posts.

    25 comments to नारायणहिटी र बालुवाटारमा टीका लगाउनेको भीड

    • Surya Khatri, Korea

      Salute to Sulekha jee for her right comment. Hinduism is not only a religion, its a way of life and have been discovered since ages. Thats why it is called SANATAN DHARMA. We sohould be proud that Gita and Veda (Specially rig veda) is the only one scripture in the world defining and explaining science. So we should be proud of what we have. And we always admire and love people from other religion also. Becuase we believe in ourselves, we do not need to pay money to make people change their religion bcoz many rich peoples after understanding the spirit of HInduism are beoming hindu all over the world. Thats why they visit many famous Indian preachers. So get knowledge and then only write. Thanx.
      Surya Khatri

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabesh, ktm

      sulekha shrestha is 100% right.. who the hell those YR sharma and kusum chaudhari are..should kick out from nepal.. they must be the agent of christian. how they can say hindu is only 40 % they are trying to make fight between united buddhist and hindus in nepal…beware..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhaktapure

      Just for your information, I heard from a TV news channel that following journalists/persons were also there for TIKA:

      1.Bhaskar Rajkarnikar
      2.Rama Singh &
      3.Bhushan Dahal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saranarthi

      तातो न छारो, हर्स न बिस्मात्!!!हामि स्वादेशि शर्णाथ्रिलाई के को टिकाको चटारो???देशमा शान्तिको शुभमुहुर्त हुनुपर्छ्. अनि पो टिका,जमरा….आदि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sulekha Shrestha

      नेपाल को मुल उद्-गम धर्म हिन्दु धर्म हो

      YR sharma र कुसुम चौधरि जि,
      तपाइ हरु लाइ क्रिश्चियन मिशिनरि ले कति पैसा दियेको छ?
      अलिकति बौद्धिक तर्क गरौ न!
      म नेवार को छोरि हु तर म निश्पक्ष्य र पुर्वाग्रहरहित शोध मा मात्र बिश्वास गर्दछु
      हामि नेवार हरु बाहुन छेत्रि भन्दा बढि हिन्दु धर्मावलम्बि हौ, यो कुरा नेपाल मा बनेका मन्दिर हरु बाटै प्रस्ट हुन्छ; बाहुन छेत्रि हरुले कहा मन्दिर बनायेका छन्? सबै जसो नेवार हरु ले नै बनायेका हुन् र यि मन्दिर हरु शाह राजाहरु उपत्यका आउनु भन्दा शयौ बर्श पहिलानै बनिसकेका थिए
      हिन्दु धर्म कम्तिमा पनि पाच छ हजार पुरानो, सन्सार को सबै भन्दा प्राचिन धर्म हो, सन्स्क्रित भाषा आजका अन्ग्रेजि लगायत कैयौ युरोपेलि र एशियालि भाषा हरु को जननि सर्व प्राचिन भाषा हो, बुद्ध धर्म २५ शय बर्ष पुरानो धर्म हो, बुद्ध पनि हिन्दु राजकुमार थिये र बुद्ध का उपदेश हरु हिन्दु शास्त्र गिता र उपनिशत कै पाना बाट हुबहु आयेका हुन्

      हिन्दु धर्म ले अरु धर्म लाइ कहिल्यै पनि परिवर्तन गर्दैन, मुसलमान र क्रिश्चियन नेपाल का हिन्दु र बुद्धिस्ट हरु लाइ पैसाको जाल मा धर्म परिवर्तन गर्ने होडबाजि मा लागेका छन्, यस्तो बेलामा आफ्नो सन्स्क्रिति को सम्बर्धन गरेर हामिलेखि कुरा जनता मा बाड्नु पर्छ
      बुद्ध धर्म नेपाल मा धेरै पछि आयेको हो, पशुपति को ज्योतिर्लिन्ग बाट गोपाल बन्शि मार्फत शुरु भयेको काठमाण्डौ धेरै पछि भोट सग ब्यापार हुन थालेपछि मात्र नेवार ब्यापारि हरु मार्फत बुद्ध धर्म भित्रिन थालेको हो, त्यो पनि हिन्दु धर्म सग बुद्ध धर्म यति टास्सियेको छ कि छुट्याउनै सम्भव छैन

      ग्यानेन्द्र सग रिस उठ्यो भन्दै मा धर्म लाइ यहा मुछ्नु भनेको अग्यान र रिस मात्र हो

      अनि नेपाल मा बिदेशि उपनिवेशबादी धर्म लाद्न हामि धर्म निरपेक्ष्य भयेको होइन, नभये नेपाल इज्राएल हुने निश्चित छ

      त्यसैले हाम्रो धार्मिक सद्भाव लाइ कायम राख्ने उद्धेश्य ले मात्र टिप्पणि गर्नुहोला

      बुद्धम शरणम गछ्छामि!
      ओम शान्ति

      सुलेखा श्रेस्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • suman tamang

      किन जानी नि ज्यान मारा को हात बाट टीका लगाउन आफ्नै घर मा लगाउने नी

      सुमन तामान्ग

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Hari Gaihre

      We need to cease receiving Tika from the political figures and taking them as a model. Surely, they are the centre of the power, but they cannot be respectable because most of them come from bloodshed, telling lies and with the company of corrupt.

      Instead, we can receive Tika from scientists, literatuers, philoshophers and those persons with tranquility who have contributed to the nation and the society and have done a lot in their life. Receiving Tika means taking blessings from them. Those whose life is full of conspiracies, greed and vested interest should not be acceptable. Let them improve first and let not us find new face of feudalism. Let us not invite them to give speech in every field of life.

      Ram Hari Gaihre
      AIT, Thailand

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • brabhat

      यउता स्वोघोसित देउता र अघोसित सक्तिपिथ त छ्दै थियो, अब त अर्को पनि थपिन पुगेछ् यो बर्स देखि? हाम्रो प्रधान मन्त्रि बाजे ले पनि आवस्येक काममा त समय दिन सक्नुहुन्न भने अर्थनबर्थ सन्ग जमरा बान्दै किन समय खेर फालेको होला? जनता लाइ आसिर्वाद दिने येउतै कुरा हो र त्येस असिर्वाद लाइ कार्येनवयन गर्नेपनि आफै हो भने यो धोन्ग मात्र किन्?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Y R Sharma ,Seoul

      मलाइ कुसुम चौधरिजि को प्रतिकिर्या मन पर्यो / नेपालमा सारा नेवारलाइ र तेस्तै अरु जातिहरुलाइ साह राजाहरुले मुसल्मानले जस्तै सतायेर हिन्दु भन्दै आयेका छन / साह हरु मुसल्मान हो , यो ग्याने चोर मुसल्मानलाइ लखेट्न पर्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod

      मलाइ एउता चिनिया भनाइ याद आयो. बहुला कुकुर लाइ पनिमा दुबेको बेलामा लाथोले हानेर मार्नुपर्च. राज्सन्स्था अहिले पानिम दुबेको बहुला कुकुर हो. येस्ले कुनैपनि बेला मुलुक्लाइ तोक्न सक्च तेसैले जति सक्यो चादो येसलाइ मार्नु पर्च (सन्सद बतै भयेपनि). य़ो सम्बिधन सभा सम्म काल पर्खेर बस्ने दशैको खसि जस्तो होइन. सम्बिधन सभा चुनाब हुन नदिन येस्ले धेरै कपिलबस्तु जन्माउने च्ह. सबैलाइ चेतन भया.

      अस्तु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kusum Chaudhary, Chitwan

      हाम्रो देशमा अब बुद्धिस्तले , क्रिस्चियेन्ले र मुस्लिम्ले आफ्नो स्थान राम्रो बनाउनु पर्६ ] अहिले हिन्दु ८२ प्रतिसत ६ भनेको ६ ] त्यो गलत हो ]रियलितिमा हिन्दु ५० प्रतिसत पनि छैन ]

      अबको गणनामा बुद्धिस्त ४५, हिन्दु ४० , क्रिस्चियेन १०, मुस्लिम ४ , धर्म नमान्ने १ प्रतिसत हुन्६ ]

      त्येसपछि गणतन्त्र दिबस १ दिन्, सम्सदिय कानुन दिबस १ दिन्, बिरुवा रोप्ने दिबस १ दिन्, सहिद दिबस १ दिन्, स्रद्दा दिबस १ दिन फादर मदर डे, नव बर्स १ दिन्, बाल दिबस , भानु र साछेरता दिबस १ दिन् सन्गै, माउन्टेन दिबस १ दिन्, लेबर डे १ दिन्, बुद्धको जन्म १ दिन्, क्रिस्तको जन्म १ दिन्, दसै र तिहार को टिका २ दिन मात्र न्वागिको रुप्मा धन्यबाद दिबस , इद १ दिन् गरि जम्मा १४ दिन मात्र बिदा हुनु पर्६ ]

      सनिबार होइन आइतबार बिदा हुनु पर्६ र इग़्न्लिस मिति प्रयोग गर्नु पर्६ ]
      प्रतेक नेपालिले ग्लोबल भिजन् लिनु पर्६ ] मन्छेले देख्ने गरि जनवोर काट्ने रिति लाइ बन्देज गरेर जेल हाल्नु पर्६ ] सबैलाइ चेतना भया /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Rocky

      Wallo Ghar ko nare, Pallo Ghar Sare!

      BOTH GYANE & HIS SERVANT LEADERS MUST BE DELETED FROM POLITICAL PLATFORM.

      GIRIJA IS FOLLOWING THE AGREEMENT THAT MADE ON 11TH OF BAISAKH WITH PALACE.

      HE WILL NOT GIVE A SHIT TO 12 POINTS OF MOM. HE DOES WHAT rNA IS TELLING HIM TO DO THAT DIRECTED BY PALACE.

      AS FAR AS PALACE HAS A CONTROL OVER rNA, GIRIJA WILL BE A SERVANT OF PALACE.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I have read in class IV the history Nepal, I think, in 2006 B.S that Privthibi Naryan is blessed by Goddess Gorakh kali the throne for XI generation.One of the king did not accept Raj Tilak and sit in throne. Now the blessing “BARDAN” finished. So this turmoil is just for that. No body is senior to Goddess. No matter whatever efforts such as tantric ritual worship in Gorkha Durbar with Priests of Kamaksha of Assam as well as ritual worship in many temples of Nepal and India, etc is done I think that won’t help. So, it is late enough to declare himself officiating President till the elected president comes
      This should have done immediately when the Movement has highten. Now late.

      Crowd going to PM residence for Tika is a step starting for Republic Nepal where monarchism is fadding our gradually in a year or two.

      This I think a good sign. Now the main important job is of Leaders and they have not to brand them neither to northen neighbour nor the southern neighbour where they read, grew etc. Here the leaders much work only for the betterment of country nor for neighbouring country. The leaders has to lesson from India on national issue to be united only for Nepal.

      LET LORD PASUPATI NATH BLESS THEM THIS WISDOM and NEPAL REMAIN INDEPENDENT FOR EVER AS WAS EVER.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoj

      This 2 places are the temple and this 2 person are God, what a joke! people are crazy;

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • em536@hotmail.com

      sorry i forgot to write “not” after does…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • em536@hotmail.com

      I thought that king does live at Naranhity palace anymore. so, what happed to the proposition of vacating that palace.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Roshan Sharma Poudyal

      G.P. Koirala has celebrated the dashain with JAMARA? very interesting!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      Whatever the case may be, I am not going to accept any of these present leaders as real leaders unless they get elected by the citizens of Nepal. The present status they own is simply by the virtue of international pressure.
      This pressure can be justified just for short term but sadly, our leaders are so used to it, they don’t even want to go for any kind of democratic norms. If this continues like this for few more months, then we will ironically start missing monarchy in days to come.”Bad is always better than worse!” At the end of the day, we submit ourselves to sovereignty, don’t we?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bidya

      I am totally disagree with you.This is not the way how Giraja is walking. This is the our one nepali UKHAN(OALLA GHAR KO NARAE PALLA GHAR MA SARA).we are being torcher with saha bansha for long time now he are taking the same road.He is taking the same road which our king used to take.He want to take the revenge with us which he lost for several years.Janta has a lot of dearm he has to full fill but he is choosing the way he suppose not.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजा, प्रघानमत्रि र नेपाली दाजु भाई दिदि बहिनि हरु लाई दशै को सुवाकमाना!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • D P Sharma, Australia

      …no meaning of putting Jamara in public head unless he can decide to declare Republic Nepal and PR system of poll.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दशैंको टिका श्रद्धेय ब्यक्तिको हातबाट लगाइने हो । कुनै राजनैतिक पार्टिसँग आबद्ध व्यक्ति प्रधान मन्त्री वा राष्ट्रप्रमुख नै किन नहोस त्यो सबै समुदायको श्रद्धेय होइन । गिरिजाले टिका वा जमरा दिने परम्परा बसाल्न खोज्नु उनको सामन्ती अहंकार हो । के उनी ज्ञानेन्द्रको ठाउँ ओगट्ने अर्का राजा बन्न खोजेका हुन? गिरिजालाई कसैले श्रद्धा गरेर टिका जमरा ग्रहण गर्छ भने त्यसमा कसैले विरोध गर्नु आवश्यक छैन तर उनी चाहे अन्तरिम राष्ट्रप्रमुख नै हुन वा निर्वाचित नै किन नहुन राज्यको ढुकुटि दुरुपयोग गरेर हिन्दुहरुको मात्र चाडमा टिका जमरा दिनु भनेको सामन्ती विरासतलाई नै निरन्तरता दिनु हो । गिरिजा हिन्दुहरुको मात्र प्रतिनिधि होइनन् त्यसकारण राष्ट्रप्रमुखको हैसियतले गरिएको गिरिजाको टिका बहिस्कार गरौं ।

      दिपेश गौतम
      S. Korea

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • म त घरमै लगौन्चु नरयन्हिति पनि जन्न बलुवतर पनि जन्न.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanu bhai

      म मण्डलेको विचार यो दशैँले परिवर्तन गरिदियो नि
      ज्ञाने चोर देश छोड

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aakash

      प्रतिक्रिया यहाँ सारिएको छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker