-दिपेश गौतम/द. कोरिया-
भनिन्छ मान्छेको प्राण भन्दा प्यारो उसको पहिचान हो । अनि एक टु्क्रा जमिन केवल त्यसको आकार प्रकार वा लम्वाई चौडाई मात्र होइन अपितु त्यो उसको इज्जत र अस्तित्वको परिचायक हो । त्यसकारण त राष्ट्रियता र जमिनको लागि मान्छेले प्राणको पनि आहुती दिन तयार हुन्छ । आजको व्लग हेर्दा पनि मैले पुन एकपटक यसलाई महसुस गरेँ । प्रसंग राष्ट्रिय झण्डा जलाएको कुराको । त्यहाँ प्रसस्त आक्रोसका ज्वाला ओकलिएका छन् । कतिले आदतपूर्ण गालीहरुको वर्षा गरेका छन् । कतिले त्यसकै आडमा शाह वंशको औचित्य पुष्टि गर्न खोजेका छन् । जे होस आ-आफ्नो औकात र चित्त पित्त अनुसारका तर्क, विश्लेषण र गालीका वर्षा ब्लगमा देख्न पाइन्छ र अझै सायद कयौँ गालीहरु पनि आउन बाँकी नै होलान् । त्यसकारण पनि मलाई यो विषयमा केही लेखिहाल्न घच्घच्यायो ।
ज्वाला गोइतहरुले आफूलाई नेपाली नै भन्दैनन् भने गोर्खाली राजाले एकीकरण गरेर स्थापित गरेको झण्डा जलाउनु कुनै अनौठो लागेन मलाई त । बरु यसलाई त्यति ठूलो महत्व दिएर घटनालाई अनावश्यक रुपमा स्थापित गराउनु हुन्न । Just Better to ignore. फेरि यो भन्दा अर्को अर्थ नलागोस् कि झण्डा जलाउनु ठीक थियो । होइन, झण्डा त राष्ट्रको एउटा लोगो (Icon) हो जसले अन्तराष्ट्रिय जगतमा राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ । तर यहाँ बूढी मरी भन्दा पनि काल पल्केको कुरामा चाहिँ ख्याल गर्नु पर्छ । जब राष्ट्र नै विखण्डन गर्ने उद्देश्य वा नाराका साथ कुनै हिंसात्मक कृयाकलाप चलेका छन् भने झण्डा जलेको खवरले महत्व पाउनु पर्ने हैन कि बरु त्यो नारा किन लागिराखेको छ, त्यसमा ककसको के के निहित स्वार्थ छ, अनि त्यसले भावी नेपाललाई पार्न सक्ने असरहरु प्रति चाहिँ बेलैमा सचेत हुनु जरुरी छ ।
मेरो विचारमा चाहिँ मधेसमा भएको भेदभाव, अशिक्षा, दरिद्रता र अढाई सय वर्षदेखि लादिएको एक किसिमको औपनिवेशिकताको समग्र कारण प्रमुख हो र त्यसको आडमा धमिलो पानीमा माछा मार्ने दरवारिया प्रतिक्रियावादी तत्वहरु र विस्तारवादि दलालहरु यसका निमित्त कारण हुन् ।
यहाँ मधेशमा भेदभाव, अशिक्षा र दरिद्रता छ भन्दा त्यसलाई अधीकांशले स्विकार्नुहोला तर मैले औपनिवेशिकता पनि छ भन्दा चाहिँ मलाई कतिपयले गाली पनि गर्नुहोला । वास्तवमा गोर्खाली शासकहरुले मधेसी मुलका नेपालीलाई गर्ने व्यवहार औपनिवेशिक किसिमको नै रहिआएको छ र हामी पहाडि मुलका नेपालीहरुले पनि कतिपय अवस्थामा जानेर वा नजानेर त्यसलाईनै निरन्तरता दिँदै आएका छौँ ।
विगतमा दौरा सुरुवाल र ढाका टोपी लगाएर राष्ट्रिय झण्डा बोक्दै हृतिक रोशनको रिस मधेसीलाई खनाएका घटनाहरु भनौँ या वीरेन्द्रको वंशनास हुँदा झण्डावाल मुन्द्रेहरुले मधेसी हजाममाथी गरेका दुर्व्यवहार, अनि मधेसी तरकारी व्यापारीहरुमाथि नगर प्रहरीले गर्ने गरेका कुटपिट र अपमान । के यी औपनिवेशिक व्यवहार हैनन् ? अनि मधेसीहरुले चन्द्र सूर्य अंकित झण्डालाई के आधारमा श्रद्धा गर्छन् । भोलि नेपाली मुसलमानहरुले झण्डा जलाए भने पनि नौलो हुने छैन किन भने इराक काण्ड लगायत अनेक घटनामा झण्डावाल राष्ट्रवादीहरुले मष्जिद जलाएको देखेभोगेका छन् ।
त्यसकारण झण्डाले सधैँ र जुनसुकै अवस्थामा पनि राष्ट्रियताको प्रतिनिधित्व गर्दैन । अहिले सम्मको नेपाली राष्ट्रियताको आधार भनेको शाह राजाहरुले स्थापना गरेको दौरा सुरुवालको राष्ट्रियता वा गोर्खाली राष्ट्रियता थियो जुन कुनै काल खण्डमा जनता अशिक्षित हुँदा सान्दर्भिक थियो (अथवा थिएन) तर अहिले त्यो राष्ट्रियता को आधार भत्किएको कुरा त देशमा उठेका अनेक आन्दोलन, हिँसा र विखण्डनका नाराले स्पष्ट पारिसकेको छ । जव कुनै देशका धेरै प्रतिशत जनतालाई त्यस किसिमको राष्ट्रियता प्रति भरोसा छैन, झण्डा प्रति अन्तरआत्माले गौरव गर्दैनन् र पुरानो राष्ट्रियताको परिभाषाभित्र आफू ठगिएको र पिल्सिएको महसुस गर्छन् भने त्यसको ठाउँमा अर्को राष्ट्रियताको आधार खोज्नु जरुरी हुन्छ । झण्डा आफैँमा त राष्ट्रलाई चिनाउने एउटा चिन्ह मात्र हो । त्यो समय र परिस्थिति अनुसार परिवर्तन पनि हुन सक्छ जुन संसारका अन्य देशहरुमा पनि भइआएका छन् ।
अब हामीसँग रोज्नका लागि सिमित विकल्पहरु मात्र छन् । पहिलो मा राष्ट्रियताको पुरानो गोर्खाली परिभाषामा अड्ने र देशमा चलेको गृहयुद्धलाई टुलुटुलु हेर्ने । दोश्रो सम्पूर्ण नेपालीलाई समेट्ने नयाँ आधार खोज्ने । तेश्रो देशलाई विखण्डन गराएर भिन्दा भिन्दै राष्ट्रियता भएको राज्य स्थापना गर्ने । मलाई लाग्छ तेश्रो विकल्पको लागि कुनै ठाउँ छैन ।

कतिपय महानुभावहरुले देश टुक्रियो, अव खत्तम भयो भन्ने तर्क पनि पेस गर्नु हुन्छ । तर म देश यति सजिलै टुक्रिन्छ भन्ने कुरामा विश्वस्त छैन । यसका आफ्नै वस्तुगत कारणहरु छन् । नेपालको भुराजनैतिक अवस्थितिले नै देश विखण्डन हुने अवस्थासम्म पुग्न दिँदैन । यदि नेपाल टुक्रिने हो भने चीनमा चलेको स्वतन्त्र तिव्वतको नाराले वैधानिकता पाउँछ अनि भारतमा चलेका काश्मिरी लगायतका अनेकन पृथक्तावादी आन्दोलनलाई ठूलो नैतिक आधार प्रदान गर्छ । यस अवस्थामा चीन र भारतलाई ठूलो नैतिक र राजनैतिक संकट पर्न आउँछ । त्यसकारण पनि नेपालको अखण्डतामाथी अहिले नै संका नगर्नु नै उपयुक्त हुन्छ । हो वरु देशमा पहिलो विकल्प जस्तै गृहयुद्ध चाहिँ घनिभुत हुन सक्छ । त्यसकारण दोश्रो विकल्पका आधारहरु खोज्नु पर्ने अहिलेको आवस्यकता हो ।
चाहे मधेसी चाहे पहाडी; अधिकांश नेपाली जनता राष्ट्रिय अखण्डता प्रति प्रतिबद्ध छन् यो कुरामा चाहिँ सबै ढुक्क भए हुन्छ । हो यो नै हाम्रो नयाँ राष्ट्रियताको आधारभुत प्रस्थान विन्दू हो । विगतको केन्द्रिय राज्य सत्ताको धेरै नकारात्मक देनका वावजुद केहि प्रगतिशील अवस्थाहरुको पनि श्रृजना गरिदिएको छ । जस्तै सांस्कृतिक अन्तरघुलन्, एउटै सम्पर्क भाषा इत्यादि । यिनको आधारमा नै अब नयाँ राष्ट्रियता निर्माण गर्ने हो ।
नयाँ राष्ट्रियताका आधारहरु पहिचान भएता पनि त्यसलाई लागु गर्न निश्चित राजनैतिक अवस्था र नेतृत्वको आवस्यकता पर्छ । त्यसकारण सबभन्दा पहिले राष्ट्रको केन्द्रीय राजनीतिलाई ठिक ढंगले हाँक्न सक्ने नेतृत्वको स्थापना र मधेसी, जनजाती दलितहरुको अधिकार सुनिस्चित हुने राज्य व्यवस्थातर्फ यथाशिघ्र सङ्क्रमण हुनु आवस्यक छ ।
सम्पूर्ण मधेसी र पहाडि मुलका नेपाली जनताले अव चाहिँ स्पष्ट रुपमा के बुझ्न जरुरी छ भने मधेसमा राष्ट्र विखण्डनका चर्का नारा लगाएर मधेसी जनता र प्रतिक्रियावादी शासकहरु बिचमा भएको अन्तरविरोधको आडमा सम्पूर्ण शोषित पिडित जनताको शासन अधिकार सुनिश्चित हुने किसिमको राज्य व्यवस्था तर्फ मुलुकको सङ्क्रमणलाई रोक्ने प्रयत्न सिवाय केहि पनि होइन । अहिलेको केन्द्रिय राजनितिको खिचातानीहरुलाई हेर्दा पनि थाहा हुन्छ कि ७ पार्टी भित्रका कतिपय तत्वहरु नै समानुपातिक प्रतिनिधित्व र संघिय राज्यव्यवस्थाको खुङ्खार विरोधीहरु कति सक्रिय छन् भन्ने । कतै मधेसको हिँसाको आडमा समग्र राज्यको पुनर्संरचना नै देश विखण्डनको बाटो हो भन्ने कुरा त स्थापित गर्न आँटेका हैनन् ? यदि यस्तै हो भने यो अवस्थामा संविधान सभाको चुनाव कहिले पनि सम्पन्न हुन सक्तैन र भइहाले पनि यो नै राज्य विखण्डन(अद्यपि विखण्डनको विन्दू सम्म नपुग्ला) तर्फको पहिलो निर्णायक पाइला हुने निश्चित छ किनकि जन आकांक्षा अनुरुपको राज्यव्यवस्थाको ग्यारेन्टि नहुने गरि कुटिल तरिकाले आयोजना गरिएको चुनावले कुनै निकास दिन्न र झन असन्तुष्टि नै बढाउँछ ।
त्यसकारण मुलुकको अवको प्रमुख कार्यभार यथासिघ्र गणतन्त्रको स्थापना र सम्पूर्ण असन्तुष्ट पक्षसंगको सार्थक वार्ताको लागि गोलमेच सम्मेलनको आयोजना र राज्य रुपान्तरणमा उनीहरुको पनि सहभागिता गराउने हुनु पर्छ । हैन सामन्ती मुखियाले झै आफ्नै तजविजमा राज्य चलाउने र सम्पूर्ण प्रकृयाको नियम पनि आफैँ बनाउँदै अरुलाई त्यसमा छिराउन खोज्ने गिरिजा प्रवृत्तिले नै देश हाँक्ने हो भने मुलुक अझ रक्तपाततिर गयो गयो ।
अहिले तराईमा राजनैतिक वाहेक सामाजिक अपराधि तत्वहरु नै राजनितिको जामा भिरेर डकैतिमा बढि सकृय छन् । त्यसकारण यदि गोलमेचको आयोजना गर्ने हो भने त्यस्ता अपराधि तत्वहरुबाट सच्चा राजनैतिक शक्ति छुट्टिने र पहिचान गर्न सजिलो हुने छ । त्यसपछि राजनैतिक तत्व संग सहकार्य गर्दै अपराधि तत्वलाई दमन गरेर नै नियन्त्रण गर्नु जरुरी हुन्छ । तर यो तरिका एकदम सजिलो सुनिएतापनि त्यति सजिलो चाहिँ पक्कै छैन किनकि सत्तामा रहेका प्रमुख शक्तिहरुमा नै सबभन्दा ठूलो समस्या छ । राजतन्त्रसँग घाँटि जोडिएको काँग्रेस गणतन्त्रमा जाने निर्णय गरेपनि त्यति सजिलै गणतन्त्रमा प्रतिवद्द हुँनेछैन कारण अझैपनि काँग्रेसभित्रको मुल नेतृत्व राजतन्त्र जोगाउने नै मनसायमा छ । एमालेको समस्या चाहिँ माओवादीका कारण आफ्नो संगठनमा धक्का लाग्ला भन्ने डर छ । उ न त गणतन्त्रमा पतिवद्द छ न त राजतन्त्रलाई नै बोकेर हिँड्छ । यदि भोटको राजनितिमा गणतन्त्रको नाराले उसलाई फाइदा हुन्छ भने ऊ त्यहि समात्छ हैन भने त्यसलाई धोती लगाइदिन्छ । देशमा गणतन्त्र र राज्यको रुपान्तरणको नारालाई स्थापित गर्ने र लड्ने शक्ति भनेको नै माओवादी हो । तर यसको समस्या भनेको सम्पूर्ण पार्टी र आन्दोलन १३००० सहिदको वलिदानले सिंचित छ र त्यो वलिदान निर्थक थियो भन्ने सावित गर्न अनेक शक्ति, विषेश गरी अन्य प्रमुख पार्टी लागिपरेको अवस्थामा ऊ त्यस्ता प्रयत्नलाई कुनै पनि मुल्यमा साकार हुन दिँदैन । फेरि यो सँग युद्धको अनुभव त छ तर राज्य संचालनमा यो खारिएको छैन । त्यसकारण क्रान्तिकारी हुँदाहुँदै पनि आफ्ना कतिपय सीमाका कारणले यसले अहिले नै सहज तरिकाले समग्र राज्यमा आफूलाई स्थापित गराउन सक्तैन र अझ धेरै संघर्षबाट गुज्रिनुपर्ने छ । माओवादीको सरकारबाट वहिर्गमनको कारण पनि यहि हो र अहिले बोलेको संघर्षको भाषा पनि यहि हो ।
यी अन्तरविरोधहरुलाई मध्यनजर गर्ने हो अवको एक दुई वर्षको नेपाली राजनितिलाई केहि हद सम्म अनुमान गर्न सकिन्छ । अबको नेपाली राजनीति सरल रेखामा जाने छैन । अनेक खिचातानी हुनेछ । त्यसमा फेरी सेनाको आडमा प्रतिगामीहरुले कु गर्ने सम्भावना पनि रहन्छ वा अर्को जनआन्दोलन उठेको खण्डमा चाहिँ राजतन्त्र सँगै ७ दल भित्रका प्रतिक्रियावादीहरु पनि हार्ने छन् र देश सुनौलो भविष्यतर्फ अघि बढ्ने छ ।
हामी नेपाली जनताहरुको प्रयत्न पनि अर्को जनआन्दोलन उठाउने तिर नै हुन अव जरुरी छ । खाली नेतालाई गाली गर्ने वा ज्वाला गोइतलाई सरापेर केहि हुने हैन । बरु समस्यालाई गहिराइमा बुझेर आजैदेखि सार्थक वहसको थालनी गर्ने हो कि !! dipeshgautam@hotmail.com
No related posts.









तराई आदीबासी जनजातिको अस्तित्व र पहिचान
==============================================
माओबादी र मदेशी जन-अधिकार फोरमले प्रस्ताव गरेको’स्वतन्त्र मदेश’को अवधारणा प्रति त्यहाका आदिबासी जनजातीहरूले बिमति जनाई सकेका छन/ कुल जनसङख्याको चौथो हिस्सा ओगटने थारू आदिबासी लगायत तराईका अन्य जनजातिहरूको ‘ मदेश’ शब्द प्रति नै आपत्ति छ/ आदिबासी जनजाति शान्ति आयोग नेपालले गतबर्ष राखेको ‘मदेशी राष्ट्रिय राजनीतिक सम्मेलन’मा मदेश शब्दलाई लिएर तराईबासीहरू बीच नै बिवाद देखिएको थियो/ थारू भाषामा ‘तर’को अर्थ ‘तल’ हो भन्दै थारू प्रतिनिधि पहिचानको आधारमा ‘तराई’ भनिनु पर्छ भन्ने भनाई छ/ गङगा जमुना नदीको बीच भागलाई मध्यदेश र अपभ्रङश हुदै त्यहा बाट आएकाहरूलाई मदेशी भनिएको हुदा त्यसले ‘राष्ट्रीयता’ र आदिबासी पहिचान केहि न बुझाऊने बताऊछन, थारू कल्याणकारी सभाका सङगठन प्रमुख खेमनरायण चौधरी/ तराईका आदिबासी जनजातिको अस्तित्व र पहिचानका निम्ति गत बर्ष तराईका जनजातिहरूले ‘तराई आदिबासी जनजाति मोर्चा’ गठन गरेका छन/ यस्तो बिवाद दलित समुदायमा पनि छ/ गत बर्षनै राजधानीमा पोडे, च्यामेहरूको जातीय सम्स्थाका प्रतिनिधिहरू भेला भई आदिबासी नेवारी दलित जन-अधिकार मन्च नेपाल’ गठन गरेका छन/’ टाठा बाठा’ नेवार र अन्य दलितहरूले आफुहरूकालागि केही न गरेको ऊनिहरूको निष्कर्ष छ/
Pusp Prasad Luintel
Boston, U. S. A.
मन परे हरियो, नपरे रातो
0
0
राष्ट्रवाद
=======
नेपाल राष्ट्रवादी हुदै गैरहेको देखिन्छ/ शेष सन्सार अनर्राष्ट्रवादतिर लच्किदै गएको देखिन्छ/ भीडदौडवाट अलग भएर नेपाल अधिराज्य आफ्नो वैशिष्ट स्थापित गर्ने ऊद्योगमा लागेको छ कि भन्ने भान हुन्छ खवर हेर्दा होहल्ला सुन्दा/ जर्मनहरू सर्वोच्च मानव हुन, असली आर्य हुन भन्ने बोध सन्सारलाई दिनका लागि एडल्फ हिटलरले राष्ट्रवादी शिक्छा निर्माण गर्ने अभिभारा त्यस बेलाका धुरन्धर शिक्छाविदलाई दिएको थियो भन्ने कथा मैले पढेको थिए/ केही भिन्नता भएको, तर समग्रमा ऊस्तै आकाङछा र आदेश स्टालिन र माओत्सेतुङले पनि प्रकट गरेका थिए/ म यी तीनै राष्ट्रवादीहरूसित राजी छैन/ शिक्छामा मात्र होईन अरू धेरै छेत्रमा पनि कुनै एक प्रेरणादायी, अनुकरणीय वाणी- यो युगको सन्दर्भमा छान्नु पर्यो भने म अहिलेको अवस्थामा महात्मा गान्धीको बाणी छान्ने छु/ ‘मेरो घरको सबै झ्याल ढोका खुला हुनु पर्छ ताकि वाह्य जगतबाट आऊने स्वच्छ विचार, स्वच्छ वायुको प्रबेश होस, तर त्यो वायुबेगले यतिजोडसित धक्का न देओस कि मेरो सबै खुट्टाहरू विचलित, विस्थापित हुन थालून’ म कल्पना पनि गर्न सकि रहेको छैन/ हुन त राष्टृवादी शव्दले कसरी अन्तर्राष्ट्रीय प्रभावलाई स्वीकार गर्ने छ वा तिरस्कार गर्ने छ/ हुन त राष्टृवादी शव्दले [यहानिर] बाह्य, बिस्तारित धेरै चौडा,धेरै जटिल जगतमा जति सुन्दर र स्वस्थ चिन्तन, आविष्कार र प्रयोगहरू भए पनि ती सबैलाई बहिष्कार गर्नु पर्छ भन्ने अभिप्राय पडाऊछ/ यकिन सत्यका सम्बन्धनमा पनि म अनभिग्ङय नै छु/
Pusp Prasad Luintel
Boston, U. S. A.
मन परे हरियो, नपरे रातो
0
0
मदेशि जनाधिकार फोरम बर्दियाले झन्डा जलाउनेलाइ कार्बाइ गर्न माग राखेको छ
मन परे हरियो, नपरे रातो
0
0
हरेक कुरा को सुरुआत त सानै हुन्छ, दिपेस जी, २०५२ साल मा माओबादि युद्ध ले यो रुप लिन्छ जस्तो, थियो? तेसैले तपाइ त झन्दा जलाउनु सामन्य , मान्दै नेपाल तुक्रनै नसक्ने भन्नुहुन्छ, तर् धुक्क नहुनुस्,तपाइ को बिचार ले
कोठे बाहादुर्
चिन् बाट
मन परे हरियो, नपरे रातो
0
0
I feel like laughing and saddened and thought twice and come to the conclusion that this country is definately going to breakdown by the rule of these filthy leaders.
मन परे हरियो, नपरे रातो
0
0
गौत्म जि,
पहिलो कुरा तपाइको लेख धेरै नै लामो भयो तेसैले पढ्न र बुझ्न झनै गारो भयो, तेसैले भन्न खोजेको कुरा छोट्करि रूप मा लेख्नु भय राम्रो हुने थियो, अर्को कुरा मैले जति बुझे तेस अनुसार तपाइ को येहा आबश्यक छ्, किन बिदेश मा बसेर धेरै बक्बक गर्नु हुन्छ्, फोहोर सफा गर्न हिलो मा नै जानु पर्छ् , बाहिर बसेर हिलो सफा गर्न सकिन्न, अर्को कुरा तपाइ लाइ झन्दा जल्दा दुख नलगेको कुरा सुन्दा मलाइ चाहि सारै दुख लाग्यो .
मन परे हरियो, नपरे रातो
0
0
प्रिथ्वी नारयण शाहको अभ्युदय हुनु अगाडी नेपालको राष्ट्रीयता मनुस्म्रीतिमा आधारित थियो/त्येस बेलाका पण्डितहरूको सल्लाहमा नेपालको राष्ट्रवादले नया परिभाषा पायो/ राज्य र राष्ट्र बफादारी दर्शाऊनेको/
जहा गए पनि ,जहा बसे पनि यो मन त मेरो नेपाली हो, गाऊदै तन र मष्तिष्क बिदेशी मालिकहरूको पाऊमा चढाऊन पाऊछन/राष्ट्रवादको यस्तो परिभाषाले गर्दा बिदेशिनु पर्दा अधिकाङश नेपालीलाई लज्जाबोध हुदैन @
सिङगो पुश्ता नै पलायन भए पछि मुलुकको हविगत के हुने हो भन्ने चिन्ता गर्नु पर्ने बेला भईसकेको छ/ जतिनै विप्रेषण भित्रिए पनि देशमा नेपाली कामदार भएकै जाती/विभाजित मानसिकता लिएर नागरिक कर्तव्य निर्वाह गर्न सकिदैन/तर सङघर्षको सम्सक्रिति बिकसित हुन थाले पछि दलित, ऊत्पीडित तथा वन्चित समुहका युवाहरूको पलायन राष्ट्रिय चिन्ताको विषय बन्नु पर्दछ/ती रहेनन भने मुलुकको स्थायित्व नै सङकटमा पर्न सक्छ/
Pusp Prasad Luintel
Boston, U. S. A.
मन परे हरियो, नपरे रातो
0
0
आज हामि गोइत र ज्वालाहरुलै नेपालि नै हैन भन्चौ जो सायद यहि नेपाल मा जन्मेको च यहि हुर्केको च…..तर त्यहि प्रशान्त गैर नेपालि भयेर पनि कसरि नेपालि हुन गयो… त्यहि झन्दा प्रशान्त को लागि नेपाल मै फह्राइयो र त्यहि झन्दा आज जल्द कस्लाइ चोट पुग्यो ? र यो चोट किन र के को लागि ? कहिले पनि नेपलि भ्न्नाइने हरु ले यो सोच्यो कि ती ज्वाला र गोइत पनि नेपालि नै हुन भनेर…..र यदि आज यीनी हरु गैर नेपालि हो भनेर भन्न हामिलै धेरै सजिलो किन भै राखेको च.. ? के यिनि हरु या तराइ का जन्ता हरु लाइ यो भन्दा पहिले देखिनै चोट पुग्दै आइरहेको चैन र…? सायद पक्कै हुनु पर्च…….आउ हामि सब मिलेर बसौ… नेपाल लाइ नेपाल बनाऔ….. यहि च मेरो चाहना र लक्शय पनि …….
मन परे हरियो, नपरे रातो
0
0
गौतमजि, राष्टियताको प्रतिक झण्डा दौरासुरवाल नभए के हुन ? बताइदिनु पर्यो , उत्तर नभए तपाइ पनि उहि मानवअधिकारबादी जस्ता भएनन ? देश टुक्रा नहुने बकमफुसे गणितमा गारेन्टी दिनुहुन्छ, भोलि भै हाल्यो भने म तपाइलाइ काहाँ खोज्ने ? द कोरियामा भन्नुहुन्छ भोली देश माऔवादीले जबरजस्ती कब्जा गर्दा या देश टुक्रदा उत्तर कोरिया जान तपाइलाइ धेरै मुश्किल पर्ने कुरो त भएन ? हैन र ?
मन परे हरियो, नपरे रातो
0
0
तर्क कसैको राम्रो र नराम्रो हुदैन्/ केवल सोचाइमा वर पर्ने हो/ तर यो दुइ शब्द सधै बिचमा औने गर्छ.(तर्)
But again, shandya rai has nice comments. N no one wants to see and hear our flag is buring, Gyanendra is stealing valueable statue, looted money to buy rolex etc. we want n like to see prosperious,fully developed,freedom to speek and as way fully democratic nation.
We like to avoid, dictator, communist like North Korea, and any bihari leaders. we want Just pure nepalese like mt ice.
God bless nepal n avoid such a stupid leaders
मन परे हरियो, नपरे रातो
0
0
अनि अर्का थरी गालि गर्ने मित्रहरु जो परेको वेलामा चाहिँ कुन दुलोमा लुक्ने र आफूलाई सजिलो हुने ठाउँमा बसेर शब्दका हतियार प्रयोग गर्दै “म झण्डा जलाउनेलाई अहिले नै सिद्धाउँछु, गोलि ठोक्छु” भन्ने कोठे वहादुरहरु देखेर चाहिँ हाँसो उठ्यो ।
दिपेश गौतम
मन परे हरियो, नपरे रातो
0
0
मलाई गाली गर्नुहुने मित्रहरु कृपया मेरो लेखलाई पुन एकपटक अध्ययन गरेर कमेन्ट गर्नुहोला । कुनै न कुनै राजनैतिक पार्टीसँग आवद्ध मेरा कतिपय परिचित मित्रहरुको गालीलाई चाहिँ मैले जवाफ दिनु त्यति उचित ठान्दिनँ । तर कुनै मित्रहरुले चाहिँ मेरो लेखको आसयलाई एकदम पुर्वाग्रहि ढंगले तोडमोड गरेर कमेन्ट गर्नु भएको रहेछ ।
मित्रहरु मैले कुन चाहिँ ठाउँमा झण्डा जलाउने कुरालाई जायज भनेको छु कृपया वताइदिनु हुन्छ कि । मेरो लेखको आसय त अहिलेको नेपाली समाजमा देखिएको अन्तरविरोधलाई प्रस्तुत गर्नु मात्र थियो । म प्रस्न गर्न चाहन्छु कि के दौरा सुरुवाल लगाउनेहरुले मात्र राष्ट्रियता को ठेक्का लिएका छन् ? के मधेसीहरु राष्ट्रियताको जिम्मेवारी लिन अयोग्य हुन् ? हो मेरो लेखको आसय चाहिँ यस्तै यस्तै गोर्खाली राष्ट्रियताको सोच विरुद्ध हो । तपाईँ त्यसलाई नै एकमात्र मन्त्रको रुपमा जप्नु हुन्छ भने त्यो तपाईँको चरम संकिर्णता र जातीवाद हो । किनकी तपाईँ लुँगी र गम्सा भिर्नेलाई परदेशी र ढाका टोपि लगाउनेलाईमात्र नेपाली देख्नु हुन्छ भने तपाईँ भन्दा विखण्डनकारी र देशघाती कोहि पनि हैन । मेरो लेखको प्रहार यस्ता विखण्डनकारीलाई पनि हो ।
अनि राष्ट्रिय झण्डा बोकेरा मधेसीलाई कुट्ने कार्यलाई औपनिवेशिक कार्य हैन यो त सबै जस्तो नेपालीले भोग्दै आएको समस्या हो भनेर हल्का रुपमा लिने मित्रको राष्ट्रियता देखेर चाहिँ मलाई सोध्न मन लाग्यो कि आफ्नै नागरिकको अपमान गर्ने राष्ट्रियता कस्तो खालको राष्ट्रियता हो ? हो मेरो लेखले यसको जवाफ खोज्ने प्रयास गरेको मात्र हो ।
म फेरी पनि भन्छु राष्ट्रियता भनेको सबै नेपालीले आत्मसात गर्न सक्ने किसिमको र सबैले हृदयदेखि नै माया गर्ने किसिमको हुनु पर्छ । र मलाई गाली गर्ने मित्रहरुलाई मेरो लेखको पुन अध्ययन गरेर मुल आसयबाट कसरी बाहिर गयो त्यो कुरा पुष्टि गर्न चुनौती दिन्छु । हैन भने पुरा वाक्य र प्रसँग पनि नपढि हल्का र पुर्वाग्रहि ढंगले कमेन्ट नगरेको नै बेस होला ।
मन परे हरियो, नपरे रातो
0
0
म लेखकको बिचार प्रति सहमत चै चैन है. दौरासुरुवाल र धक टोपि नेपाल को पहिचान हो न कि शाहहरु को देन तेसैले. लेखक महोदय को माओबाद (बस्तम म नेपाल को खओबद्) प्रति को प्रेम एक दम झल केको छ|
मन परे हरियो, नपरे रातो
0
0
शाह वन्स ले स्थापना गरेको झन्डा समय अनुरुप परिवर्तन हुन सक्छ भन्न सक्नेले त्यहि वन्स को सक्रियता मा एकिक़ित रास्ट्र पनि फेरि टुक्र्याउन हुन्छ नभन्लान भन्न के बेर? होसियार है साथि हो. यस्ता भगौडा छापामार को केहि भर छैन. अनर्थक प्रलाप गरेर सार्थक बहस गरौ रे. बिदेस मा बस्छु भन्दैमा हामि नेपाल मा बस्ने सन्ग चाहि विवेक नै छैन भन्ठानेको ?
हे दैव
मन परे हरियो, नपरे रातो
1
0
तपाईको लेखमा लेखिएको धेरै कुराहरु तपाईले पहिले नै कमेन्टको रुपमा प्रस्तुत गर्नु भएकोले ती कुराहरु नौलो भएन | कुन बैचारिक धरातलमा अडिएर यी लेख लेख्नु भयो र कुन कुरालाई वकालत गर्न खोज्नु भयो भन्ने कुराहरु महत्वपूर्ण हुन आउछ | पिडित यहाँ को छैन? हरेकले कुनै न कुनै प्रकारको समस्याको सामना गरिरहेका छन | अनि त्यहि समस्यालाई नै आधार मानेर राष्ट्र,राष्ट्रियतामाथि नै घात हुने गरी गर्ने यस्तो प्रवृत्तिले कुन संस्कार र पद्दतिको बिकाश गर्न खोजेको हो भन्ने बुझ्न जरुरी छ | लेखको शिर्षक झण्डा र राष्ट्रियताको रह्यो अनि बेलिबिस्तार चाँहि राजनैतिक मोडमा लगेर जोड्नु भयो | कृया नभई प्रतिकृया हुदैन | यो सबैलाई बिदितै छ |बिरोधिपक्षले राष्ट्रिय एकतामाथि नै धावा बोल्छ भने त्यो कतिको युक्तिसँगत छ छैन तेतापट्टि पनि ध्यान दिनु पर्छ |तपाईले एकातिर तराई,पहाडवासि सबै राष्ट्रिय अखण्डा प्रति प्रतिवद्ध छन भन्नु भयो अनि अर्को तिर ठिक त्यसैको बिपरित हुने गरि झण्डा आफैमा केहि होईन,त्यो त एउटा सामान्य त्रिकोण आकारको कपडा मात्र हो जस्लाई जस्ले जतिखेर जे मन लाग्यो त्यहि गर्ने सक्छ भन्न खोज्नु भयो यो आफैमा बिरोधाभासपूर्ण छ| कुरोको मुल चुरो के हो भने राष्ट्र रहे न आफ्नो हक,हित,अधिकार, शासन ब्यवस्था,पद्धति परिवर्तन,सामाजिक,आर्थिक रुपान्तरणका कुरा गरी लड्न पाईयो भोलि राष्ट्रियता नै धरमरको अबस्थामा रह्यो भने त्यहाँ पहिले आफ्नो हक,अधिकारलाई सुरक्षित गर्न तिर लाग्ने कि राषट्रियताको सवाललाई पहिलो प्रथमिकता दिने | हिजोका दिनमा मर्ने र मार्ने खेलले जसरि जरो गाडयो र आज त्यसले बिभिन्न बहानामा बिभिन्न गुटहरुले निरन्तरता दिईरहेको हुनाले कसैले आफ्नो माग पुरा गराउने नाममा राष्ट्रिय झण्डा जलाउँछ र त्यसलाई राजनैतिक रंग दिएर राष्ट्रिय एकता र साम्प्रदायिक सदभावमा खलल पर्ने गरि राजनीति गर्छ भने त्यो कदापी सामान्य हुन सक्दैन | झण्डा एक निर्जिव वस्तु हो तर त्यसभित्र लुकेको आन्तरिक शक्ति र सजिवतालाई मनन गर्न नसक्ने ब्यक्ति कदापि कुनै पनि देशको नागरिक हुन सक्दैन | तपाईले प्रस्तुतीमा सबैकुराहरु जोडेर आनको तान त बनाउनु नै भयो सँगसँगै आफ्ना बिचारहरुलाई कहिकहि आफैले बिरोध पनि गर्नु भयो यो अलि दोधारे लेख झै भयो |
बर्तमान राजनैतीक परिदृश्यमा देखिएको बिबिध समस्या र त्यसवाट उत्पन्न हुन सक्ने समसामयिक राजनैतीक सरगर्मिका बारेमा धेरैले आफ्नै ढंगले बुझेका छन | त्यसैले म तेता पटी लागेर लामो कमेण्ट नबनोस भन्ने चाहन्छु | तर यो कुरा बुझ्नु जरुरी छ की बिरोधको शैली र स्वरुपको आशय के हो र त्यसले भविश्यमा पार्न सक्ने नकरात्मक असरहरु के-के हुन |त्यसैले हरेकले सचेत भएर आफ्नो हक,अधिकार खोजौ तर राष्ट्रलाई केन्द्रबिन्दु मानेर |भोलि नेपाल असफल राष्ट्र भयो भने त्यसको मार हामि नेपालिले नै ब्यहोर्नु पर्ने हो कुनै छिमेकि देश वा भनौ बिदेशिले ब्यहोर्नु पर्दैन | त्यतिवेला त केवल उनिहरु आफ्नो दुनो सोझ्याउने मात्र हुन |
धन्यवाद||||||||||||||
धन्यबाद|||||||||||||||
मन परे हरियो, नपरे रातो
0
0
यो “बाद” वा त्यो “बाद” बिचको बिबादले केहि हुदैन/हरेक कुरालाई राजनिति
सन्ग जोड्न हुदैन / समग्र देशको बिकास प्रत्येक नागरिकको सोचाईको तरिका मा भर पर्ने कुरा हो / This is the time that we need to think of development .Development starts from every person’s behavior,level of understanding and positive attitude .Development Starts from home ,society.instead of wasting the time in rally or burning the flag or protesting against pm or “king”,if u think of how to contribute the country from personal level or help the government to build the nation in this or that way,you will find the solution of everything after 10/15 /20 years gradually.in contrast, we have enough freedom and rifhts to do anything we want.our constitution is one of the best constitution in the world but the problem is policital culture.we can do many things within the same constitution ,we can do many thing within the same system, we can many thing within the same resource but thought of developing the country from the heart should comes in your mind first.
If the education system changes in the country, many thins will be changed.in the name of acheiving education we have read many stories,poems ,essays and so which is nothing to in practical life.
vocational education,acounting, IT( information systems), business related courses, commercial cookery, hairdesign,education(related to teaching technique), engineering , medical science, electrical training, irrigation technique, agricultural training, hospitality, rural development traing ,and general traing of cleanliness,management of things and so should be highly prioriterized in the country.so that time will change everything.
i wanna appeal the young generation to focus your mind in such creative but quite productive and useful thinking not in politics every moment.
we have acheived many political rights more than enough now it’s time to “do”
anish
मन परे हरियो, नपरे रातो
0
0
लेखक महोदयले आँफू माओवादी कार्यकर्ता भएको कुराको भरपूर पुष्ट्याइँ हालेका छन् र फेरि सैद्दान्तिक रटले मुलुकलाई १०० थरि जात , भाषा र समूहलाई समानुपातिक रूपमा पस्किने बिडा उठाएका छन् ।
आजको जातिवादी विद्वेस मुलुकमा माओवादीले रोपेको हुँदा , यी गोतामे बन्धुका विचारमा देशमा झण्डा जल्नु र जातिय नारा घन्किनुमा कुनै नराम्रो नहुने ठहरको कुरा पनि बुझ्न सकिन्छ । यिनका लेखमा त्यही माओवादी लेखमा दोहोरिने शव्दजञ्जाल बेसरी दोहोरिएका छन र यिनले भने अनुसार माओवादीको आन्दोलन महान हो र त्यहाँ १३००० जनताको महान बलिदानी छ । यो कुरा फगत झूठ हो भन्ने तर्फ उनको आसय छैन । किनभने मान्छे हिजो पनि मुलुकभित्र नै शत्रूताको उत्सव मनाएर वीरोचित भएर मरेका हैनन बरू कथित मुक्तिको युद्दमा वाध्य बनाइएर मारिएका हुन , कुनै आदर्श प्रेरित भएर मर्नेहरू थोरै थिए र मर्दा साँचै महान भइने भए मर्न नेताहरू नै तँछाड मछाड गर्थे, जनतालाई वाध्य पार्दैनथे । यस्ता फोस्रा आडम्बरका आदर्स बोलेर केही हुन्न । मर्ने र मार्ने युद्दमा लड्ने पक्षहरूको क्षति हुनुपर्थ्यो तर यो युद्दमा असंलग्न निरपराधहरूको समूहलाई बळि बनाउने काममा जनताको पर्योग गरिएको थियो ।
आज माओवादीको दोषपूर्ण ,दूराशयपूर्ण, कुटिल र तिनले रोपेको बिग्रहको राजनीतिले देश टुक्राउन खोज्दैछ । हिजो तिनले जन्माएर बाटोघाटोमा छाडेका झड्केला सन्तानहरू बढेर तिनैको ध्वंसात्मक राजनीतिको सिको गर्दै मुलुकलाई जलाउन र फोर्न अघि सरेका हुन , यसले कहिलै कुनै कुराको हल दिने छैन ।
नेपाल संसारका सबे देशहरू जस्तै बहुभाषिक मुलुक हो । नेपालका जस्ता जातका टुक्रा खोज्ने हो भने र तिनलाई एक एक राज्य दिने पर्ने हो भने संसारमा १०,००० जति मुलक बनाउन पर्छ , यो कहीँ र कहिलै सम्भव छैन । यस्तोमा एउटा सानो मुलुकलाई जात र भाषाको आधारमा टुक्राएर भूस्वर्गको कल्पना गर्न लगाउन कुनै आडम्बरी कम्युनिष्टहरूले मात्र सक्छन। संसारका शिक्षा र सभ्यताको शिर्षस्थानमा पुगेका मुलुक र तिनका वासिन्दाले ले त जातिय, धार्मिक र भाषिक विषयलाई सन्तुलित रूपमा अपनाएर राज्य व्यवस्थामा विकेन्द्रित गरी कल्पनाको स्वर्गलाई देशमा प्रयोग गर्न गाह्रो भएको छ भने एउटा अविकसित र चेतनाको दृष्टिकोणले पछौटे मुलुक नेपालमा यो बिग्रहको आगो झोसेर देशलाई युद्द र विध्वंसको चरम अवस्थामा धकेलेर त्यो तरल अवश्थालाई राज्य संयन्त्रमा धावा बोल्ने सर्वसत्तावादी सोचले निर्देशित हुँदै को अघि बढीरहेको छ बुझ्न गाह्रो छैन ।
आजका समस्याहरूको निदान , उदारवादी लोकतन्त्र नै हो तर लोकतन्त्रको उदारवादी चरित्रलाई नै यसको कमजोडी ठानेर यही संवेदनशिलतालाई प्रहार गरी आफ्ना कुत्सित चाल सफल पार्न खोज्ने सर्वसत्तावादी आतंकी र तिनका झडकेला सन्ततिहरूबाट नै मुलुकलाई खतरा छ । ध्वंसबाट शुरू भएको यो यात्रा, झण्डा जलाउँदै मुलुक फोर्न आतुर छ । र यो अवस्थालाई आफ्नो अनुकूल पार्न आज चरमपन्थी माओवादी र हुनसक्छ दरबारवादी पनि जोखाना हेरिबसेका छन् । नेपाली लोकतन्त्रको संगीन यात्रा यो बाटोबाट सुरक्षित बढ्न सक्यो भने ने नेपालको भविष्य छ हैन भने नेपाल म्यानमार , पूर्व युगोस्लाभियाक बिभाजित नियति भोग्न वा उत्तर कोरियाको बाटो हिँड्न वाध्य हुनेछ।
मन परे हरियो, नपरे रातो
1
0
कस्तो लामो!
कुरो त सहि हो तर जरो निस्केन. जे होस मदेसको राजनीतिले अहिले खाईहाल्ने अबस्थाअईना.
Usually all these situations are being created to dis-satisfy nepalese on current political bargaining and to make room for the king. Extreamism of maoist has its own psychological war to convince people to go for middle line. Surely, we have to waite and see. I wish life of Nepalese should be easier and students wings should not start protesting for fuil hikes, rather they should go for bhanda-phore abhiyan of the captalist.
we can just wish and perform our daily works. It can only be productive for Nepal.
मन परे हरियो, नपरे रातो
0
0
सन्सारमा राज्य विस्तार दुई किसिमले हुने गरेको छ/एक,छरछिमेकका कविला र राज्य रजौटाहरुको वारम्वारको झगडा,युद्ध र लुटपाटको स्थिति समाप्त पारी तिनलाई नियनत्रण गर्न शक्तिशाली राज स्थापनाको उद्धेश्यले /दुई,शक्तिशाली राज्यले अरु स्वतन्त्र राज्यहरुलाइ जितेर उपनिबेश बनाऊने ऊद्धेश्यले/ छिङछिह्वाङ [ई० पु०२४६-२०९]ले चिनको बिशाल भागको एकिकरण गरेर आफुलाई चीनको प्रथम सम्राट घोषित गरेका थिए/त्यसले चीनको ऐतिहासिक विकासमा ज्यादै महत्वपूर्ण प्रभाव पार्यो/ बाहिरी आक्रमकहरूवाट चीनका जनताको सुरक्छा गर्ने नय शक्ति त्यसबाट जन्म्यो/त्यसैले चीनका पहिले पहिले का जनताले पनि छिङ छिह्वाङको सम्मान गदै भने चीनको कम्युनिस्ट पार्टीले र स्वयम माओन्जेदोङले ऊनलाई चीनको एकिकरण गर्ने महन सम्राट’भनेर ऊच्च सम्मान दिए/
जातीय पूर्वाग्रहका कारणले बढी मानिसहरू प्रिथ्वी नारायण शाहलाई बिस्तारबादी र एकिक्रित नेपाललाई ‘खस साम्राज्य’ भन्ने गर्द छन/तर हाम्रो देशको इतिहासले प्रष्ट रूपले के देखाऊ छ भने प्रिथ्वी नारायण शाह द्वारा सुरू भएको अभियान विस्तारवाद वा साम्राज्यवाद नभई पहिले पटक पटक एकिक्रीत भई पछि विश्रीङखलित भएको नेपाललाई जनाअकाङछा अनुरूप पुन एकिकरण गर्ने महान ऐतिहासिक अभियान हो/
,
नेपाल र नेपालीका लागि प्रिथ्वी नारायण शाहको महत्व यस कारणले मात्र भएको होइन कि ऊनले राष्ट्रको एकिकरण गरेका थिए/राष्टृको अस्तित्वको निर्माण गरेका थिए/ यो राष्टृको निर्माण प्रिथ्वी नारायण शाहको अभावमा सम्भव थिएन/ तर यो एकिकरण ऊनको विजय अभियान वा व्यक्तिगत महत्वाकाङछाको परिणाम मात्र हुन सक्छ/कसैको महत्वाकाङछाको त्रिप्ती प्रति अरूहरू अनुग्रिहित हुनु पर्दैन/बरू, त्यो विजय यात्रालाई अर्कोको सीमा छेत्र एवम शासनमाथिको हमलाको रूपमा लिएर त्यसको निन्दा-आलोचना नै हुने थियो/ तर त्येस्तो भई रहेको छैन/मेची देखी महाकाली सम्मका हरेक नागरिक प्रिथ्वीनारायण शाह प्रति क्रीतग्न र नतमस्तक छन/महत्वाकाङछा र बहादुरी मात्र प्रिथ्वीनारायण शाहको विशेषता होईन/ विजय अभियानको सफलताले मात्र ऊनि महान भएका होईनन/विजय अभियानको ऊद्धेश्य जे भए पनि,एकिकरण अघि र एकिकरण पछि ऊनले दिएका सन्देशले र मार्गदर्शनले ऊनलाई महान राष्ट्रनिर्माता सावित गरेको हो/
मन परे हरियो, नपरे रातो
0
0
माथि बिनोद्जी र सन्ध्या राईजीका भनाइहरूमा हामी नेपाली सबैको शुद्ध भावना पाइन्छ. हो, एकदलीय, एकतन्त्रीय र घाटीरेटुवाहरूकै ज्यादतीले गर्दा हाम्रो देश परतन्त्रताको दिशामा सिक्किमकै बाटो लिदै गैरहेको छ. बरखी बार्छु भन्ने गिरिजाले भक्तपुर्को मन्दिर नधाएर हाम्रो पवित्र रास्ट्रिय झण्डा जलाउने महापातकी र देशद्रोही हरूलाई सजाय दिने र पाता कसेर राख्ने काम किन गर्दैनन्? किनभने उनी पनि भित्रभित्रै सिक्किमीकरण को ग्र्याण्ड् डिजाइन मा सन्लग्न छन्.
मन परे हरियो, नपरे रातो
0
0
I agree with you in most of your points. Today it looks like Maoist is not showing political honesty but considering the situation of the countty, they may prove right later.
Old parties and old leader seems only thinking about their position. We do not need today just leader.
We need great hearted Mahatma Gandhi who thinks for country not for a group or party.
Prithvi
मन परे हरियो, नपरे रातो
0
0
आफ्नी आमाको बलत्कार हुदा उनी राम्री थीइन तेसैले येस्तो भो भन्ने ई सतही लेखक को तर्कमा सहमत हुन सकिन्न/ एस्तै double standard का कारण देश बर्बाद भैरहेको हो/
मन परे हरियो, नपरे रातो
1
0
I feel very bad at seeing this.These people should be done the same thing.They also should be burned like they did to our national flag..They proved that they are not from nepal.So they shpuld be completely removed from Nepal.
मन परे हरियो, नपरे रातो
0
0
दिपेश जि!
राष्ट्रियता माथि आच आऊनेकुनै पनि कुरोको सहय हुनेछैन! झन्डा जलाउनु स्वभाबिक हैन महोदय! जस्ले जलायो नि म ग्यारेन्टि दिन्छु त्यो नेपाली हैन यदि हो भने बिदेशिको पाल्तु कुकुर मात्र्!
माफ गर्नु होला! कुनै पनि नेपाली चाहे त्यो हिन्दु होस वा मुस्लिम, बुद्धिस्ट नै किन न होस या त क्रिस्चियन कसैले पनि तेस्तो जघन्य आपराधिक काम गर्दैन| कुनै पनि मधेसे मुल को नागरिकलाइ गयेर सोध्नुस उस्लाइ नेपाल कति प्यारो लाग्छ भनेर| यदि उस्लाइ घ्रिणा लाग्छ भने भुसिया: नेताहरुको अनि तीनिहरुको ब्यबस्थाको|
मलाई लाग्छ तपाइलाई झन्डा जलाइएकोमा कुनै मत्लब नै छैन न त कुनै असर्| कुनै गलत सब्द को गाल तपाइलाइ लाग्नु भन्दा पहिले बिचार पुर्याउनु होला है!
के गर्नु प्वाक्क बोलि हाले…….
फिर्ता न लिउ होला!
शुभ-चिन्तक
ठान्नु भएपनि हुन्छ….!
मन परे हरियो, नपरे रातो
1
0
मेरो पनि लेख्ने खुबी छ भनेर देखाउनु बाहेक अरु केहि छैन,के को निम्ति गोलमेच सम्मेलन? सबै कुरा दलले निर्णय गरेर हुन्न भन्ने गणतन्त्र चाहि तुरुन्तै घोषण गर्नुपर्छ रे वाह क्या तार्किक कुरा..यो सबै अराजकता,अन्योलको आधार भुमि तयार पार्ने, हतियार उठाए पछि जे पनि हुन्छ भन्ने मानसिकताको विउ रोप्ने माओबादी हो…चुनाव भएको भय राजावादी र माओबादी दुबैले अ-आफ्नो हैसियत थाहा पाउथे,चुनाव नहुदा सम्म क्यानटोणमेन्टमा राखेको ह्तियार र सेना देखाएर black mailing गर्ने अवसर छ जे होस्
मन परे हरियो, नपरे रातो
0
0
जे गर्नु गरे सारा नेपालि को मन दुख्ने काम गरे अब यो भन्दा धेरै भन्न उचित हुदैन!
सलाम
मिलन भाई
मन परे हरियो, नपरे रातो
0
0
पहिलो कुरा,यो लेखमा धेरै नै राजनीति हाबी भएको देखिन्छ|उहाले सबै लाई भन्न भिआउनु भएको छ न कि माओवादीलाई,मेरो बिचारमा यि बिद्रोही हरु लाई माओवादीको कारणले सहयोग पुगिरहेको छ,अहिले को सन्क्रम्ण काल को फाईदा उठाएर्,सम्सद मा नाना थरी को कुराहरु राखेर,पहिले गरेका सहमतीहरु लाई कुल्चेर,संबिधान सभाको चुनाव हुन नदिने,एक किसिम ले भन्दा राजाबदीहरुलाई सहयोग गरिरहेको छ माओवादीले|अर्को कुरा,देश मा अराजक निम्ताएको छ,माओबदी र यस्को भात्री संगठनले,
१.असली कम्निस्ट हरु चुनाव चाहदैनन भन्ने(BBC लाई माओवादीको बरिस्ट सदस्य बाट) र सबिधन सभा को चुनाव रोक्न सहमती को उलङन गर्ने,तेही कारण देश झन अस्त बेस्ट को भुमरीमा पर्दैछ,सिरिफ माओवादी को कारण
2.अस्ती मात्रै गोरखामा Touriests बाट YCL ले चन्द असुलेको छ,मत्लब अझै पनि चन्द आतंक बन्द छैन,यो केबल नमुना मात्रै हो |
3.पत्रकार,सर्बसाधारणको अपहरण अझै कायमै छ|
4.बरिस्ट नेता हरु नै यो गरौ कि त्यो गरौ भन्दै Experiment को Process मा छन,कहिले के बोल्छन्,कहिले के,देश बनाउने आफ्नो कुनै जिम्मेबारी नै छैन जस्तो,खाली घुर्कि,धम्की मात्रै दिन्छन्,कहिले सरकार छोड्ने,कहिले सम्सद छोड्ने,कहिले सडक मा उत्रने |
तेसैले खाली गिरिजा,माकुने लाई मात्रै दोश दिनु भन्दा आफ्नो पनि जिम्मेबारी महसुस गर्नु राम्रो होल जस्तो लाग्छ,आफुले गरेका सहमती को कार्यनयन गर्दै नकी भाजो हाल्न सहमती कुल्चने,अघी बढी सबैलाई समेटी छिटो भन्दा छिटो संबिधान सभा को चुनाव गराउन पट्टी लागेमा हामी र हाम्रो देश को भबिस्य अबस्य राम्रो हुनेछ|
र अन्तेमा हाम्रो राष्ट्रिय अखन्डता माथि निन्दनिय प्रहार गर्ने जो कोही लाई पनि जती नै कडा भन्दा कडा कारबाही गरिएे पनि कमी नै हुनेछ|
राजेन्द्र सेढाई
अमेरिका
मन परे हरियो, नपरे रातो
0
0
माथि को दीपेश गौतम जि को माओबादी बिचार मा नेपाल को झण्डा जल्नु लाइ हामिले सामान्य रुपले लिनु पर्यो, जसले गर्दा भोलि देश भारत को बैधानिक प्रान्त होस्
नेपाल मा राजनिति र अपराध को बिचमा कुनै सिमान्कन छैन, यो माओबादी ले सिकायेको मन्त्र हो; बाबु आमा को घाटि मा खुकुरि को धार राख्दै उनिहरु का निरिह बालबालिका हरु लाइ अबौद्धिक, अपराधको पराकास्ठा लाइ आदर्श मान्ने, मानवताहिन शिक्ष्या लादेर सर्वाहाराको प्रतिनिधित्व गरे भन्ने “भुडि र घाटि मा बोसो लागेका सर्वोच्च कमाण्डर” हरु आफै सामन्त बर्ण ब्यबस्था का सर्वश्रेस्ठ पालक हरु हुन्; पचासौ हतियारधारि हरु को २४ घण्टे पहरा र अर्को दर्जनौ ढोके, पाले, भान्से, नोकर, चाकर हरु, महन्गा गाडि, टाइसुट, रोलेक्स घडि र गर गहना ले सुसज्जित नेपाल का नव ग्यानेन्द्र ले कोरेको बाटो अब धेरै अपराधि हरु को लागि आदर्श भै सकेको छ
नेपाल धर्म हिन, भाषा हिन, सन्स्क्रिति हिन, मुल्य मान्यताहिन, दया र नैतिकताहिन एउटा नरकको प्रतिबिम्ब बाहेक केहि नहुदा पनि यि रोलेक्स घडि लगाउने नव-ग्यानेन्द्र हरु लाइ आफ्नो चिहान आफै खन्दै गरेको आहस नहुनु अचम्म बाहेक केहि हुन सक्दैन
आफ्ना अपराध ले पराकास्ठा नाघेपछि कुनै पनि हालत मा चुनाव मा नजाने प्रतिबद्धता गर्नु इतिहास मा सैनिक क बलले मात्र शाशन गर्ने र जनता लाइ जन्म जात दास वा नोकर ठान्ने दर्शन भयेको यो राजनिति को छाला ओढेको अपराधि सन्गठन को लाइ कुनै अचम्म होइन
देश अब टुक्रा टुक्रा हुदैछ
ग्यानेन्द्र मुर्ति चोर, भाइ मारा भयेपनि प्रिथ्वि नारायण शाह ले नै आधुनिक अखण्ड नेपाल को श्रिस्ठि गरेको सत्य इतिहास ले सधै प्रमाणित गरेको छ, हामिले ग्यानेन्द्र लाइ मात्र निकालेर बाकि देशको अस्तित्व र मान्यता को रक्ष्या गर्नु पर्ने मा ग्यानेन्द्र लाइ चै जोगाउने तर बाकि सबै कुरा भत्काउने र नेपाल लाइ आधुनिक नक्शा बाट हटाउने भारतिय र राजाबादी मोहरा माओबादी को उपयुक्त प्रतिकार गर्न सकेका छैन
हामि सबै ले भोट खसाल्न पाऔ
देश गणतान्त्रिक होस्
अतिबादी हिन्शाबादी पार्टि हरु को नाश होस्
रोलेक्स घडि लगायेर पचासौ नोकर पाल्ने नव-ग्यानेन्द्र हरु लाइ अपराध गर्ने छुट नदीयोस, तिनिहरु पनि हामि सरह नागरिक भयेर कानून को पालना गरुन र काम गरेर खाउन, तिनिहरु लाइ चन्दा र लुट को पैसा ले मोटर र नोकर को सामन्ति जिन्दगि जिउन नदीयोस्
र नेपाल को रास्टरियता र अखण्डता चन्द्र र सुर्य जस्तै सदा कायम रहोस
सन्ध्या राइ
मन परे हरियो, नपरे रातो
0
0
NO NEW NEPAL WILL IMMERSE WITHOUT DISARMING OF PALACE & RE-STRUCTURING OF rNA!
JANAANDOLON#03 MUST BE LAUNCHED WITHOUT FURTHER DELAY!!
A PEACE-WAR BACK UP WITH AMRED FORCES OF PEOPLE “PLA” ONLY COULD BE A WAY OUT TO BUILD A NEW NATION!!!
मन परे हरियो, नपरे रातो
0
0
बिद्वान मित्रको लेख त लामै छ तर गाठि कुरा मैले बुझिन
समानुपातिक चुनाब भनेको के हो ?
र त्यो किन चाहिन्छ नहुदा के असर पर्छ र हुदा के फाइदा र बेफाइदा छ बुदागत रुप्मा अर्को लेखमा प्र्स्ट पारिदिनुहुन्थ्यो कि?
खालि पुर्ण समानुपातिकको रट लगाउदा हाल नेपालको जनसन्ख्याको आधा भाग त तराइमा मात्रै छन र बिस्तारै खुला सिमाना र याबत कारणले गर्दा दुइ तिहाइ वा अज बढि हुने क्रम निरन्तर्र हुने नै छ जसले गर्दा बाकि भौगोलिक छेत्रमा बस्नेजाति जनजातिको कतिको प्रतिनिधित्व होला? मेरो छोटो सोचाइमा त यो पुर्ण समानुपातिक भनेको बिस्तारै नेपाललाइ सिक्किमिकरणको बाटोमा नै अग्रसर गराउनु हो जस्तो लाग्छ, पुर्ण समानुपातिक भनेको हो के त?
मन परे हरियो, नपरे रातो
0
0
Bravo !!!
Crystal clear analysis.
मन परे हरियो, नपरे रातो
0
0