मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    राष्ट्रसंघीय भत्ता खाँदै काठमाडौंमा पाकिस्तानी शरणार्थी

    -कृष्ण ढुंगाना-

    पर्यटक भिसामा नेपाल प्रवेश गरेका पाकिस्तानी नागरिकहरु शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको नेपालस्थित कार्यालय (यूएनएचसीआर) बाट मासिक भत्ता खाएर काठमाडौंमा बस्दै आएका छन् । धार्मिक कट्टरताका कारण ज्यान खतरामा परेको बताउँदै उनीहरु शरणार्थीको रुपमा काठमाडौं बस्दै आएका हुन् । यूएनएचसीआरबाट शरणार्थीको मान्यता पाएपछि पाकिस्तानमा रहेका परिवार सदस्यहरुलाई समेत काठमाडौं झिकाएर ‘शरणार्थी’ परिवारको रुपमा राख्ने गरेको खुलासा भएको छ ।

    महमुद रसिद लाहोर-काठमाडौंको पाकिस्तान इन्टरनेशल एयरलाइन्सको उडानबाट काठमाडौं उत्रिएका थिए । ३ साउन २०५७ का दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा उनीसँग नेपाल बस्नका लागि दुई महिनाको पर्यटक भिसा थियो । तर, नेपाल बस्ने भिसा सकिएको एक महिनापछि उनले शरणार्थीका लागि युएन्एचसीआरमा आवेदन दिए । ११ असोज २०६१ मा उनको आवेदनलाई यूएन्एचसीआरले स्वीकार गर्यो र शरणार्थीको रुपमा नेपालमा बस्न अनुमति दियो । रसिदलाई युएनएचसीआरले प्रदान गरेको कार्डमा उनी युएनएच्सीआरको सुरक्षामा रहेको व्यक्ति भएको र नेपालको कानूनी अवस्थाका बारेमा कुनै जानकारी वा सोधपुछ आवश्यक भए यूएनएचसीआरको काठमाडौं कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

    उनले २०६२ असारमा उनले श्रीमती र एक छोरालाई काठमाडौं स्थानान्तरण मात्र गराएनन् शरणर्थीको मान्यता समेत दिलाउन सफल भए । मेहमुद परिवार काठमाडौंको शरणर्थी जीवन बिताइरहँदा एउटी छोरी जन्मिएकी छन् । हाल उनको परिवारलाई युएनएचसीआरले मासिक ७ हजार ९ सय ९० रुपैयाँ प्रदान गर्दै आएको छ ।

    अर्का पाक नागरिक रसिद महमुदले पनि युएन्एचसीआरबाट शरणार्थीको मान्यता पाए लगत्तै पर्यटक भिसामा श्रीमती एक छोरा र एक छोरीलाई नेपाल झिकाए र शरणार्थीको हैसियतमा काठमाठौंमा राख्न सफल भए । हाल उनको परिवार गल्फुटारमा डेरा गरी बस्दै आएको छ । रसिदलाई युएन्एच्सीआरले मासिक ३४ सय रुपैयाँ प्रदान गर्दछ । श्रीमतीलाई १७ सय र दुई छोराछोरीलाई १४ सयका दरले भत्ता दिने गरेको छ ।

    पाक नागरिकहरुले आफ्नो देशमा उत्पीडन भएकाले फर्कन नसक्ने व्यहोराको निवेदन युएन्एच्सीआरलाई दिने गरेका छन् । महमुदले आफू पाकिस्तानको अल्पसंख्यक अहमदी समुदायको मान्छे भएको र आफूलाई सुन्नी समुदायका व्यक्तिहरुले ज्यान मार्ने धम्की दिएकाले शरणार्थी बन्न बाध्य भएको विवरण पेश गरेका छन् । उनले आफूलाई पाकिस्तान फर्काइए गैरअहमदी समुदायका व्यक्तिहरुले मार्न सक्ने र धार्मिक कानून अनुसार पाकिस्तान सरकारले मृत्युदण्ड दिनसक्ने उल्लेख गरेका छन् ।

    अहमदी मुस्लिम धर्मको उदारवादी सम्प्रदाय हो । यो सम्प्रदायको सुरुवात भारतको पञ्जाब राज्यको कादियान गाउँबाट सन् १८८९ म भएको थियो । हजर मिर्जा गुलाम अहमद यस सम्प्रदायका प्रवर्द्धक हुन् । भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल लगायतका मुलुकमा दुइ करोड जति अहमदी सम्प्रदायका व्यक्तिहरु रहेको अनुमान छ । यो सम्प्रदायले अल्लाहमाथि विश्वास गरे पनि उदारवादी पक्षको वकलात गर्छ । सन् १९७४ मा पाकिस्तान सरकारले अहमदी सम्प्रदायलाई गैरमुस्लिम घोषणा गरेको थियो । अमहदी लगायत गैरमुस्लिम धर्मको अभ्यासलाई पाक कानूनले बन्देज लगाएको छ ।

    मेहमुद, रसिदसँगै नेपाल छिरेका उसमान जावेद र काशिफ मेहमुदलाई पनि राष्ट्रसंघीय नियोगले शरणार्थीको मान्यता दिएको छ । तर, राष्ट्रसंघीय नियोगले दिएको शरणार्थीको मान्यतालाई चुनौती दिंदै अध्यागमन विभागले २०६३ चैत २६ मा चारै जनालाई गिरफ्तार गरेर अध्यागमन ऐन, २०४९ अनुसार बिना राहदानी र बिना भिसा नेपाल बसेको अभियोगमा मुद्दा चलाएपछि युएनएचसीआर र सरकारी निकायहरुबीच एक किसिमको शीतयुद्ध सुरु भयो। राष्ट्रसंघीय नियोगले शरणार्थीको मान्यता प्रदान गरेका व्यक्तिलाई थुनामा राखेको भन्दै पाक नागरिकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका छन् । ‘विशिष्ट कानूनी हैसियत प्राप्त शरणार्थी भएको हुँदा अध्यागमन ऐनको कारवाही आकिर्षत हुन सक्दैन’- रिटमा भनिएको छ ।

    नेपालमा शरणार्थीसम्बन्धी छुट्टै कानून छैन । राष्ट्रसंघीय महासभाले सन् १९५१ मा पारित गरेको शरणार्थीसम्बन्धी विधानलाई नेपाल सरकारले अनुमोदन नगरेको अवस्थामा उनीहरुविरुद्ध अध्यागमन ऐन अनुसार कारवाही चलाइएको हो । ‘हस्ताक्षर नगरेको विधान लागू गर्न सरकार बाध्य हुँदैन’- गृहमन्त्रालयको शरणार्थी समन्वय सम्बन्धी राष्ट्रिय इकाइका संयोजक बामनप्रसाद सचिव नियुक्त हुनु अगाडि भने। शरणार्थी मामिलामा राष्ट्रसंघीय नियोगसँग समन्वय गरी कार्य गर्न गृह मन्त्रालय अर्न्तगत इकाइ स्थापना गरिएको हो। तर पाक नागरिकको हकमा कुनै समन्वय नभएको उनले बताए। ‘यस सम्बन्धमा हामीसँग कुनै समन्वय गरिएको छैन, त्यो युएन्एच्सीआरको एकतर्फी निर्णयबाट भएको हो ।’

    भुटानी र तिब्बतीयन बाहेकका मुलुकका नागरिकलाई नेपाल सरकारले शरणार्थीको मान्यता दिने गरेको छैन । तर, राष्ट्रसंघीय नियोगले पाकिस्तान, इरान, अफगानिस्तान, श्रीलङ्का तथा केही अफ्रिकन मुलुकबाट नेपाल आएकाहरुलाई समेत शरणार्थीको मान्यता दिन थालेपछि पछिल्लो समयमा राष्ट्रसंघीय नियोग र सरकारी पक्षबीच सम्बन्ध चिसिएको छ । सहज जीवनशैली र आत्मीय समाज व्यवस्थाका कारण युरो-अमेरिकनहरु समेत नेपाल बसाइँ लम्ब्याउन खोज्ने गरेको अवस्थामा अध्यागमनको कारवाहीले शहरी शरणार्थीलाई झस्काइदिएको छ।

    राष्ट्रसंघीय नियोगले १९५१ को विधान अनुसार ‘परमादेश’ अर्न्तगत ३ सयभन्दा बढीलाई शरणार्थीको मान्यता दिइसकेको विभागका कर्मचारी बताउँछन् । तर, काठमाडौंस्थित युएन्एच्सीआर कार्यालय यस सम्बन्धमा केही बताउन चाहँदैन । सहरी शरणार्थीको संख्या वृद्धि भएको रिपोर्टका आधारमा अध्यागमनले निरगानी बढाएपछि अध्यागन र युएन्एच्सीआरबीच पछिल्लो समयमा सम्बन्ध अझ चिसिएको छ । ‘कति अर्बान (शहरी) शरणार्थी छन् भनेर दर्जनौं पटक लेखी पठाउँदा समेत उनीहरुले कुनै जवाफ दिएनन्’- अध्यागमन विभागका एक कर्मचारी भन्छन्- ‘हाम्रो कार्यालय वरपर समेत त्यस्ता शरणार्थीलाई नजान यूएन्एचसीआरले आदेश दिएको छ।’

    नेपाल सरकारले सवा लाख भुटानी शरणार्थी र १२ हजारभन्दा बढी तिब्बतीयन शरणार्थीलाई राष्ट्रसंघको १९५१ कै विधान अनुसार ‘कन्भेन्सन रिफ्युजी’को हैसियत प्रदान गरेको छ । सोही विधानको ‘परमादेश’ अन्तर्गत रहेर भने सरकारले शरणार्थीको मान्यता दिने गरेको छैन ।
    kris@mysansar.com

    No related posts.

    27 comments to राष्ट्रसंघीय भत्ता खाँदै काठमाडौंमा पाकिस्तानी शरणार्थी

    • That kinds of report never promote the humanitarian case. I think reporter Krishna Dhungana guided by Indian policy specialy RAW. We all, who living in this earth, are human after that we are Hindu, Muslim and etc. That’s why we should never provide any tag mith of his/her behalf.

      I don’t know Nepali law and rule but first of all Usman Jabed is human being after that he is Pakistani. After reading all feedback I found without some reader Sandhya Rai and other are hindu extrimist. I know, media and western book shown the Muslim relign is extrimist but see your Mahabart,Shreemad Vaghawat, Bed and other dozen of religious books.

      Salma, KTM

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Pusp Prasad Luintel

      Refugees not making it in Mass
      ===============================

      Political refugees looking for a place to call home are less and less frequently making in Nepal.
      For the past 50 years, Nepal has consistently admitted fewer refugees.
      Extremists will not be allowed to stop Pakistanis from selecting their representatives through an and democratic process.One of the fundamental realities of Pakistan today is that the governmentis not in total control of the country.There were more serious challenges to state authority.
      The people we are seeing at the kathmandu are asyless rather than refugees.These endividual arrive in the Nepal and declare themselves as asylum seekers and then work to wards attaining legal refugee.
      Refugee applications are not accepted from every country meaning, that the incoming from china [Tibat] can get a refugee designation with access.Exiles from Bhutan only have asylee option and are left in a much more vulnerable position.These are the people with the same story, but without the refugee designation.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मेरो बिचारमा पकिस्तानिहरु नेपाल को शरणमा त्यो पनि नेपालि सरकार को अनुमति बिना रहनु अलि सन्कास्पद देखिन्छ ! अथवा धार्मिक प्रचार को करण पनि हुन सक्छ! राजनितिक अन्योल को आडमा धार्मिक प्रक्रियाबादि हरु सक्रिय बन्ने ठुलो सम्भावना छ! तर यो कुरा लाइ मात्र मनन गरेर पाकिस्तानि प्रति तत्काल कदम चाल्दा गलत पनि हुन सक्छ ! येसको लागि सरकार र प्रेश जगत ले नजिक बाट नियालिरहनु अत्याबस्यक हुन्छ् ! र उनि हरु साच्चिकै शणरार्थि भये शरण दिनु नै मानवियता हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ramesh

      सरणाथी हुनु कुनै गह्रो कुरो भयेन तर किष्ण जि तपाईले उठाउनु भयेको कुरो अतिनै राम्रो लाग्यो| हाम्रो देश्को कानुन को त बेइजत नै भयो यार्| धेरै साथिहरुले भनेकओ कुरो पनि निक्कै गहकिलो र बिचार गर्नुपर्ने रहेछ!

      उमेश जि यो ब्लोग हेर्ने सरकारि निकाय हरुका मान्छे चै कति छन हौ| सबैलाई थाहा दिनु पर्यो कतै पढिहाल्लानकि जनताको के चाहाना छ भनेर|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • koolhead

      जीबनको सत्य: जस्ले जे दिन्छ, तेहि नै फिर्ता पाउछ….
      नेपालिहरु झुठो सर्नाथि बनेर europe, usa मा बसिराख्या छन्…
      आज आफ्नै देस नेपालमा बिदेसि हरु येसरि खाइ राख्या छन्…
      ..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sulekha

      नेपाल को भुमिगत डर्लाग्दो समुह र वाइ सि एल को नास्तिकबाद

      वाइ सि एल को नास्तिकबाद, धर्ममाथि आक्रमण ले बिदेशि कट्टरपन्थि को नेपाल लाइ मुसलमानिकरन गर्ने काम सजिलो पारीदियेको छ

      नेपाल मा यौटा भुमिगत डर्लाग्दो समुह छ, त्यो हो कट्टरपन्थि आतन्कबादी काश्मिरि अल्काइदा मुसलमान का समुह; यि भनेका नेपाल का सबै निर्दोश मुसलमान होइनन्, यिनिहरु अर्कै बिदेशितिबादी हरु हुन्, यिनिहरु धन उपार्जन को लागि तस्करि गर्छन्; सुन, गैडाको खाग र कस्तुरि देखि बहुमुल्य मुर्ति हरु र गाजा, चरेस को भुमिगत तस्करि गर्ने यि आतन्ककारि हरु लाइ नेपाल मा भित्र्याउने, प्रस्रय दिने र सम्रक्ष्यण दिने काम ग्यानेन्द्र बाट हुदै आयेको हो; ग्यानेन्द्र को दाउद इब्राहिम जस्ता अपराधि तस्कर सग ब्यापारिक साझेदारि हुदै आयेको हो

      यि ग्यानेन्द्र का मान्छे भयेका ले कसैले यिनिहरु लाइ छुन सक्दैन
      नाम चाहि हिन्दु राजा भनेर (हिन्दु धर्म स्वतन्त्रता र सहिष्णुतामा आधारित भयेकाले राजा पनि यस्तो भ्रस्ट भयेका हुन् किनकि हाम्रो सन्स्क्रिति मा भ्रस्ट हुन छुट छ) भये पनि ग्यानेन्द्र नेपाल को सबै भन्दा “अहिन्दु” ब्यक्ति हुन्; यिनका बाउ छोरा धर्म, सन्स्क्रिति को मुख मा कालो पोतेर अपराधको सिढिमा उक्लने नेपाल मा कलन्क हुन्

      अहिले पाकिस्तान का कट्टरपन्थि हरु सन्सार को लागि समस्या भयेका छन्, सन्सार भरि इस्लाम को नाम मा बम पड्काउदै सबै सन्स्क्रिति र धर्म माथि र आफै आफै माथि पनि सानो भन्दा सानो फरक को कारण ले सामुहिक हत्या गर्ने समुह नेपाल को केन्द्र बिन्दु मा पुगेको छ
      इरान, इराक, प्यालेस्टाइन, लेबानन,अफ्गानिस्तान, र पाकिस्तान अनि भारत का कट्टरपन्थि हरु जिहाद को उद्देश्य ले नेपाल को बिभिन्न ठाउ मा बिग्फ्हिन्न नाम र थर ले बिभिन्न पेशा गर्दै नेपाल को भुगोल लाइ परिवर्तन गर्ने योजना गरि रहेका छन् र यिनिहरु लाइ हामि नै साथ दिदै छौ

      हामिहरु नै हाम्रो वाइ सि एल को रुप मा हाम्रो आफ्नै सन्स्क्रिति नाश्दै छौ, धर्म लाइ तिरस्कार र अपमानित गर्दै छौ

      वाइ सि एल साथि हो, तपाइ हरु ले मन्दिर हरु मा आतन्क गरेर स्रद्दालु हरु लाइ पुजा गर्न नदिने काम कुन बिदेशि कट्टरपन्थि को इशारामा गर्नु भयेको हो? यो भनेको सरासर आफ्नै बाबु को छाति मा छुरा हान्नु हो, आफ्नै आमा को बस्त्र हरण गरेर कसैलाइ सुम्पनु हो,

      यो कुरा राम्रो सग बुझौ तपाइ हरु नेपालि हो, बिदेशि को लागि आफ्नो आमाको बस्त्र हरण नगरौ

      राजा ग्यानेन्द्र चोर हो, डाकु हो, त्यसलाइ सजाय दिऔ
      तर धर्म सन्स्क्रिति हाम्रो आफ्नै हो, यसले हामिलाइ शान्ति दिन्छ, जिवन को अर्थ दिन्छ, यसलाइ आक्रमण नगरौ, मन्दिर र धर्म लाइ नाश गरेर हाम्र सन्तति नास्ति र भौतिकबादी हुदैनन्, उल्टो उनिहरु कुनै बिदेशि धर्म का दास हुनपुग्छन्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Nepali-John

      हुन पनि सक्छ उस्को कथा सत्य तर कानुन न हुनु लाज मर्दो कुरा हो !
      अब सन्ध्या ले भनेकी जस्तो आतककारी हरु लाई चोर बाटो हुने भो … वा सि य ल जस्तो पानि-मारा हरु सित के आस गर्नु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • इन्डियन है या पाकिस्तान
      सब है हमारे मेहमान्
      बस बस नेपालमा नै बस / तर आतन्कबाद को ब्यापार चाहि नगर्/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nakul

      देसलाइ अब भने साच्चैनै २२/२४ टुक्रा बनायरै छोड्ने भय हाम्रा जगँलीनेताहरुले अनि केही नबुझेका सँस्क्रीति परम्परा था्हा नभयका बकुम्फुसे धार्मि्कवानहरुले गर्दा हाम्रो अस्तित्व मेटाउने भय ! हिन्दुधर्ममा धेरै सिद्धान्तका धर्महरु समाबेस छन र अगाँलिन्छ, जे-पनि केहि सकरात्मक लाग्ने बितिक्कै सटक्क पालन गर्ने गरिन्छ अनि जुन्सुकै धर्मलाइ पनी सहजै अगाँल्ने गरिन्छ तर अरु धर्ममा यस्तो पाइन्दैन!

      धर्मको कुरा गर्ने हो भने इजरायलिटि अनि इस्लामिकहरु एउटै परिवारर्कै सन्तान हुदाँ हुदैत एकले अर्कोलाइ मेटाउन पर्छ भन्ने धारणा राख्दा रैछन् किन?? मुस्लीमहरु इजरायलिटि(जिउ) हटाउन जिहाद नै छेडेका छन् र इजरायल भन्ने देस सन्सारर्को नक्साबाट मेटाउन पर्छ भनेर लागेको धारणा बारम्बार हामिले सुनेकाछँउ! जबकि इजरायलिटिहरु कुरान भनेको टोराह (इजरायलिहरुको बाइबलको भागहरु) को नक्कल मान्छन ! त्यसैले धर्मकोलागि बाच्नेहरु सन्साँरमा समस्या हुन्छन् जबकी हामि धर्मलाइ आत्मसाथ गरेर जिवन बिताउने सस्क्रिति अनि परम्परा भयका जाति हँउ! तर दुखको कुरा हामिले हाम्रो धर्म अनि सस्क्रितिलाइ गहिरियर कहिले पनि हेरेनौ सन्सारको इतिहासलाई पनी बुझ्ने बानिको बिकाश गरौँ ! फराकिलो सस्क्रितिलाइ आत्मसाथ गरौँ ! धन्यबाद !

      अरब्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • it is very crucial to bring all the refugee under the constitution and abided by the law. it is not the UNHCR to decide and gie rfugee status. it is the government of nepal that has sole power to decide wether to give a person a refugee status or not. UNHCR is just a fecking INGO, and how come any INGO can have a power to decide about vital matters of nepal like providing refugee status which will lead to gain citizenship of nepal. i think UNHCR has crossed the border of its permeter. if it has to stay in nepal, it should stay in it’s position.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dk

      यो त येक्दमै राम्रो लेख लेख्नु भयो!
      येस्ता थाहा नै नभयेका कुरा हरु पढ्न पाउदा
      खुसि लाग्यो
      होइन हाम्रो देश मा अझ कस्ता के के कुरा लुकेका
      होलान्
      हाम्रो देश अब कुनै अर्कै ठुलो खाल्डो मा फस्ने आभास्
      भैराको जस्तो छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिदुर (चिन बाट)

      अब हमि पनि अलि उदार हुनु पर्यो … नेपलीहरु अमेरिका अनि अरु देश मा पानि बसछन।।। ( लूकेर वा नलुकि)
      राम्रो मुसलमान ससार मा कम हुनछन्।। उदार मुसलमान लाई ऊग् नेपाली ले नराम्रो गर्न भएन ।।। नेपाली भय पछि अलि उदार हुनु पर्यो।।।
      सबैको भलो चिताए हाम्रो पनि भलो हुन्छ।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kancha

      yes,Nepal have to accept then.U know how many Nepali refugee are in USA and europe.All nepali have to be refugee in other country than why not other in Nepal.If u see example of europe and USa where Nepalu tourst have ask for refugee u will surprised and stop talking about this.Even very rich people and government officer are here as a refugee.Dont think only about Nepal and u r securaity think about foren countries.Many Nepaly are there is foren country as refugee they.But be clear that what ever and who ever is asking refuee like this are not at all refugee.I can seurly says that only bhutanese and tibitian are refugee in nepal non other u have to send then if u want to protect Nepal.If u want to know about foren country almost all nepaly are not refugee they just be refugee by thenself.God will course that types of people and they generetion will be refugee fore ever becouse they like such life.

      Real viction cannot react to usa and europe to ask for refugee.So the world have to think about this matter and stop this problem.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran Paudyal - Dubai

      जस जसले जे भनेपनि अनेकौ बहानामा नेपालमा अन्तरास्ट्रिय गुप्तचरहरु छिर्दैछन /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pusap Raj Tiwari

      Dear Krishna Dungana jee
      It is worthless issue and no one has to think it individually. If someone ask for help on the basis of humanitarian ground, government should give place and protect them.
      You are quite narrow minded in this issue. You should think there are thousands of Nepalese staying abroad on the same basis.
      I would suggest you to raise the issue that can help us to unite and took forwards to develop our nation. Think it seriously. I have seen several articles that does not gives any significant ground for further discussion

      Puspa Norway

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Satya Nembang, USA

      हिन्दू धर्ममा जति उदारता र मानवीय उदात्तता पाइन्छ त्यो अत्यन्त उच्च छ तर कतिपय ठूला धर्मका नेताहरू अत्यन्त सीमित र सन्ग्कीर्ण विचारमा डुबेका देख्ता दुक्ख लाग्छ. विशेष गरी पाकिस्तानमा हिन्दू मन्दिरमा पिशाब र दिशा गराउने गरेको अन्त घृणित उदाहरण पाइन्छ, तर नेपालमा क्रिस्तानी गिर्जाहरू र इस्लामी मस्जीदहरूलाई आवश्यक सुरक्शा र सम्रक्शण दिन्छ. त्यसो भए तापनि नियम नाघेर शरणार्थीको खोल ओढी नेपालमा बस्नु कुनै द्रिस्टिकोणले पनि समर्थनयोग्य होइन. यस्ता मान्छेहरू भयावह हुन्छन्, यी कुनै स्वार्थले बसेका हुन्छन्.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahabir, Berlin

      यसपाली भने टाईबाजेको मेहनतको प्रशंसा गर्नै पर्छ हामीले । समाचार बहुतै खोजपर्ूण्ा र गहिर्राई भित्रै पुगेर लेखिएको छ । समाचारले सम्वन्धित निकायलाई सजग हुन र अन्य सञ्चारमाध्यमलाई पनि यस विषयमा अझै बढि खोतल्न घचघच्याउने कुरामा कुनै शंका छैन् । उहाँले यसपाली आफ्नो लेखमा पर्ूण्ारूपमा नेपाली भाषाको प्रयोग गर्नु भएकोले पनि मैले उहाँको प्रशंसा गरेको हुँ ।

      मैले पत्रकार कृष्ण ढुङ्गगानालाई टाईबाजे भन्नुको अर्थ उहाँको अपमान गर्न खोजेको कदापि होईन् । यदि तपाईहरूले यसै ब्लगमा उहाँको पूरानो लेखाईलाई हर्ेर्नुभोे भने उहाँले आफ्नो लेखमा नेपाली भाषाभन्दा अंग्रेजी शब्दावलीको अचाक्ली प्रयोग गर्न खप्पिस हुनुहुन्छ । नेपाली भाषाभन्दा अंग्रेजी शब्दावली प्यारो लागेको देखेर उहाँलाई मेरोसंसार डट कमकै एकजना पाठकले दिएको उपनाम हो, टाईबाजे । पत्रपत्रिकामा लेख्दा होस् वा ब्लगमा, नेपाली शब्द छँदाछँदै अंग्रेजी शब्दको प्रयोग गर्नु बुद्धिमानी होईन् र यसले लेखलाई स्तरीय बनाउँदैन पनि । हामी अंग्रेजको दास होईनौ । तर्सथ हाम्रो राष्ट्रियताको प्रतिककोरूपमा रहेको नेपाली भाषाको प्रयोगमै हामीले आफ्नो गौरव मान्नु पर्छ ।

      आफ्नो राष्ट्रियता र भाषाप्रेमको मामिलामा यूरोपियनहरू -विशेषगरि जर्मन, फ़्रेन्च नागरिक) हामीहरूभन्दा धेरै उचाईमा छन् । उनीहरूको देशमा गएर अंग्रेजीमा कुनै कुरा सोध्नुस् त थाहा भएपनि मुण्टो बर्टार्छन् तर उनीहरूकै भाषामा कनीकुथी सोध्नुस् त अंगालो हालेर सहयोग गर्छन् । तर नेपालमा चाँहि हामीहरूचारवटा अंग्रेजी शव्द के जान्यौ म जत्तिको महापण्डित कोही छैन् भन्ठान्छौं ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manav

      hello bro kris,
      first of all this a very good article. but i would like to tell you onething. everybody has a right to live. so they came to nepal as a tourist and stayed here for the sake of their life. if they had gone back to their country, they would have got murdered. So, same thing is happening all around the world. in U.S too a lot of people file the asylum and get permission by the appropriate goverment agency to stay in the country. We might be in the same situation too where we have to leave the country and go to the foreign world just to live. and above all right to live is the basic human right.
      now there is a question about the aid they are getting from UNHCR which is ridiculous because theere are already thousands of bhutanese in nepal who are getting nothing. so why just these people are getting the aid. SO this can be a big question on UNHCR. A
      but Immigration department should kkep an eagle’s eye on the suspicious people…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prashant

      We have at least few million or more are displaced by the our own Terrorist. No one even look after them (either by current parties or government).. what are they doing and how are they living.. no one cares. But the UNHCR inside our yard gives refuge to the outsider within Capitol city. Amazing thing here is Our so called Government (inept) .spit spit spit.. these refugees should be either in the refugee camp or they should be deported. There should be a clear policy witn in UN mandate regarding this.. they should not just give those Pakistani or any one from other countries allowance and live where ever they want..

      We need to find which Nepali officer they (UN official or those Pakistani refugee(s)) bribed ..and got that refugee status with in public area of Capitol. Regardless of how many.. they should be within the cordoned area which in UN terminology is called “Refugee Camp”

      God bless all.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rijanbabu

      हामीहरुको औकात कति छ भन्ने श्याम कुमारजीको प्रसंगले मलाई एउटा रमाइलो कुराको याद आयो. मेरा केही साथीहरु उच्च शिक्षा को लागी भारतको भूमि भएर जापान आउदै रहेछन. तर ‘नेपालीहरुलाई जापान पढ्न जान भिसा नै दिदैन, यो भिसा नक्कली हो’ भन्दै सबै नेपाली बिधार्थीहरुलाई दिल्ली एअरपोर्टमा नै रोक्न खोजेछन. आफ़ुँहरुसँग सक्कली भिसा हुदाहुदै पनि इन्डियनहरुले बिनासित्तिमा दुख दिन लागेको देखेर एउटा साथीलाई एकदमै रिष उठेछ. अनि उसले हिन्दी नभई अंग्रेजी मा कुरा गर्न थालेछ. अनि त्यो सुनेर त्यहि एअरपोर्टको एउटा इन्डियन कर्मचारीले भनेछ ‘ अरे भाई ये अंग्रेजी बोल्ताहे, इसका भिसा सक्कली होगा’.
      यो त मेरा साथीहरुको एउटा कटु अनुभवको उदाहरण मात्र हो. देशबिदेश चाहर्ने क्रममा म आंफ़ैले पनि यस्ता थुप्रै तीता अनुभवहरु संगालेको छु. चाहे त्यो दक्छिन कोरियाको inchon एअरपोर्ट होस या थाइल्यान्डको bangkok एअरपोर्ट नै किन नहोस. कतै नेपाली हो भने पछि तपाई एकछिन यता आउनुहोस त भनी अन्तिम सम्म पर्खाइएयो त कतै तपाईको पासपोर्ट नै नक्कली छ समेत भनियो. यो मेरो आफ्नै अनुभव मात्र भए पनि कोही जिज्ञासु साथीहरुलाई हाम्रो औकातको मूल्यांकन गर्न केही हदसम्म भए पनि सजिलो होला की भन्ने उदेश्येले यांहा राख्दैछु.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandhya rai

      अहिलेको संसारा मा पाकिस्तानी जत्ती को डर लाग्दो जाती कुनै पानी छैना भन्दा हुन्छा
      यो कुरा हामी नेपाली हरु ले बुझना नेपाल मा पाकिस्तानी अहमदिया हरु को प्रतिशत अलिकती भनौ ५-६ प्रतिसत मात्र पुगे पानि हुन्छ

      पाकिस्तानी कट्टरपंथी हरु को एउटै मात्रा मकसद छ, मुसलमान धर्मं बाहेक संसार का सबै धर्मं, संस्कृति र आध्यात्म लाइ सम्पूर्ण रुपले नाश गर्ने किनकी उनिहरू को कोरानमा “गैर मुसलमाना को हत्या” भनेको “जिहाद” हो, र जिहाद गरेर मुसलमाना धर्मं फैलाउने क्रममा शहिद भयो बहने सीधै जन्नत (स्वर्ग) पुगिन्छ भन्ने छ
      इज्राएला मा यहूदी, यूरोप मा क्रिस्चियान, र इन्डोनेशिया मा बुद्द मार्गी र भारत मा हिंदू हरु सग अत्यंत हिन्शात्मक आत्मघाती संघर्ष गर्ने अहमदिया हरु अब गरीब, भ्रस्ट, आफ्नै धर्मं लाइ आफै नाश गर्ने र आफ्नै धर्मं को बारेमा सबै भन्दा कम ग्यान भएका हामी नेपाली हरु माझ आइपुगेका छन

      हामी भारत लाइ घृणा गर्छौ, पाकिस्तान भारत को शत्रु हो, त्यसैले भारत को शत्रु पाकिस्तान सग मिलेर नेपाल को धार्मिक युद्ध, आत्मदाह, साम्प्रदायिक हिंशा ले नेपाल आमा लाइ लहू लुहान पारी नेपाल लाइ इज्राएल वा कास्मिर बनाउन सक्ने वा त्यस्तो उद्देश्य लियेर आयेका डर्लाग्दा आतन्ककारि हरु लाइ हामि ले चिन्न सकेका छैनौ; यो सम्बन्ध मा लाग्छ नेपाल मा कसैको पनि आखा खुलेको छैन, र जब खुल्छ, त्यतिखेर अति ढिलो भै सकेको हुनेछ

      वाइ सि एल साथि हो!
      नेपाल मा मंदिर हरु तोड्ने काम तिमिहरु ले गरेर कट्टरपन्थि मुसलमान हरु को काम गरिदियौ, अब हेर्दै जाओ यसको नतिजा के हुन्छ
      पाकिस्तान को जिहाद ले नेपाल मा एक प्रतिशत पनि कुनै मन्दिर रहने छैनन
      मुसलमान हरु लाइ नेपालि हरु ले चिनेका छैनन र कुनै बिश्वको इतिहास पनि पढ्ने हाम्रो चलन छैन
      नेपाल अब धार्मिक, सान्स्क्रितिक, आर्थिक, राजनैतिक सम्पुर्ण रुपले नाश हुदै छ

      सन्ध्या राइ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Thiralalparajuli

      सपाद्क ज्य नेपाल मा आइ एस आइ को खेल च्रम सिमा मा पुगे जनकरि भओ तर नेपल सरकार को कान्मा जुम्रो रिगेन अब जनता सचेत नभ ए देश ल़ाइ अलग -थ्ल ग पर्न कमि न होला.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनुजबाबु सत्यपथी

      देश लथालिङ्ग छ क्यारे जसलाई जे मन लाग्छ गर्दा भैहाल्छ नि !

      तिब्बती, भुटानी, कश्मिरी र अफगानिस्तानीको शरणार्थी धेर थोर नेपालले बोक्दै आएको हो ।
      त्यसमा पनि देश भित्रैका बन्दुकेले लखेटेका अझै आफ्नो घर फर्किन नपाएका आन्तरिक शरणार्थीहरू समेत थपिएका थपिएकै छन् ।

      अनि अब तराईका बिभिन्न ठाउँबाट बिस्थापित हुने नेपाली पहाडेहरू र ठाऊँ ठाउँका जातिय झगडाबाट बलजफ्ति बिस्थापित हुन्न ठिक्क परेका समेत नेपालीहरूको करूण कथा र व्यथा फस्टाउँदै जाँदा हामी साँच्चि नै शरणार्थी संसारको अद्भुत नमूना बन्ने कुरा निश्चित छ।

      अब देशलाई २२से २४से युगमा फर्काउने तानाबाना बुन्न लागेका हामीले यसै गरी मान्छेहरूको आयात निर्यात समेत गरी जनसंख्यामा रहेको अनुपातलाई सन्तुलित पनि पार्न पर्छ ।
      नेपाल भर्खरै धर्म निरपेक्ष भैसकेको हुँदा यो कुरा अरू जरूरी छ । बोलाउनु पर्छ अहमदिया र सुफीहरूलाई पाकिस्तानबाट अनि अन्तबाट अरूलाई पनि । यसैगरी त कम्पोसा बनाएर क्रान्ति निर्यात र आयात गर्ने हाम्रो पोलिसी पनि त छ नि !
      यही त हो बसुधैव कुटुम्बकम् the world is a global village !
      यो कुराको रिहर्सल अहिलैदेखि गरेको राम्रो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • श्याम कुमार श्रेष्ठ

      *********** नेपालीको हैसियत ************

      नेपालको हैसियत कति छ? नेपालीको हैसियत कति छ? नेपाल सरकारको हैसियत कति छ?? यसको मुल्याङ्कन गर्ने बेला भएको छ।

      सबै बिदेशी र बिदेशी संस्था द्वारा हेपिनु पर्ने दिन आएको छ। आफ्नो नै देशमा पराई भईएको छ। चाहिने नचाहिने ठाँउमा पनि हेपिनु पर्ने दिन आएको छ।
      आउनुहोस आज एक पटक हामी सबै बसेर छलफल गरौँ , कुरा गरौ हामी नेपालीको औकात कति हो?? हामी नेपालीले नेपालमा बसेर नेपालको हितमा के – के गर्न पाउने? अनि के – के गर्न नपाउने?? के बोल्न पाउने? के बोल्न नपाउने? यसको समिक्षा गरौँ। किन कि आफ्नो औकातमा बस्नु नै सबैको लागि राम्रो होला.

      (स्मरण रहोस्, हामी सँग मिति बाँकी रहेको भिसा हुदा पनि बिदेश जादा बिदेशी अध्यागमन बिभागहरु कस्तो अब्यबाहारिक शैलीमा प्रस्तुत हुने गर्दछन, तर हाम्रो अध्यागमन बिभागको त भिसा सकिएर बस्ने ब्यक्तिलाई समाउने पनि हैसियत छैन, जुन लाजमर्दो कुरा हो।)

      श्याम कुमार श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Raj, Kaiserslautern, Germany

      So what?
      There are thousands of Nepalese refugees in USA and Europe too. This is a humanatarian issue, and whether or not Nepal government has signed the treaty or agreement should not matter. Krisha Dhungana, you sound very narrow minded!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • अनिस श्रेष्ठ

      यो देशमा पनि कोही शरणर्थी कोही तस्कर कोही शोभराज त कोही हस्तक्षेपकारीमात्र बस्ने रहेछन् कि क्या हो

      भित्रभित्र कति यस्ता विषय लुकेका छन् खोजम् ल ब्रो कृष्ण ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • anurodh

      Nepal already faced heaps of problem due to refugee and still facing those problem, because of refugee unemployement take place and it brings chaos and violence in the society dont be wrong but MUSLIMS are always problem oriented persons, nepal gave them shelter but they will bring religious problem, MUSLIMS already brought problem in in NEPALJUNG, DHALKEBAR, and some portion of nepal, we know that esp PAKISTANI muslims are worst, they got some HINDU in pakistan but they gave them really hard time so i reckon they must kicked themmmmmmmmmmmmmm JAY NEPAL

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker