आज (सोमबार) दिउँसो काठमाडौँ भूँइचालोले हल्लिएको खबर नेपाल र बाँकी विश्वका सञ्चारमाध्यमहरुका लागि राम्रै समाचार बनेछ। तर यो भूकम्प गएको भनेर धेरैले चालै पाएनन्। हाम्रो आफ्नै कुरा गरौँ न। हामी भूकम्प आउँदा कोठामा तीन जना थियौँ। तर एक जनाले मात्रै चाल पाए। म र अर्को एक जना साथी भने उसलाई जिस्क्याउँदै थियौँ- केको भूकम्प आउनु भनी। तर अरुले पनि भूँइचालो गएको भनेर भनेपछि बल्ल ‘हो रहेछ कि के हो’ जस्तो लागेको थियो। नभन्दै आधिकारिक रुपमा भूकम्प आएको पुष्टि भइहाल्यो।
केही सेकेण्डका लागि मात्र भूइँचालो गएको हुनाले धेरैले चाल पाएनन्। कतिले भने आफूलाई रिङटा लागेको अनुभव गरेछन्।
अपराह्न ३ बजेर ३४ मिनेटतिर गएको थियो भूँइचालो। काठमाडौँबाट २५ किलोमिटर मात्रै उत्तरपूर्वमा रहेको नुवाकोटको श्रमथलीमा केन्द्रबिन्दू भएको पाँच रेक्टर स्केलको भूकम्पका कारण कुनै क्षति भने भएन धन्य। नत्र काठमाडौँमा ठूलो भूइँचालो आउने र ठूलो जनधनको क्षति हुने कुरा कहिले विज्ञहरुले कहिले त्रिशुल बाबाले भनेर चिन्ता, आतंक फैलिने गर्थ्यो बारम्बार।
त्यतिबेला संसदको विशेष अधिवेशन पनि बसिरहेको थियो। एमालेका झलनाथ खनालले बोलिरहेकै बेला भूइँचालो गएको धेरै सांसदहरुले पनि चाल पाएछन्। उनीहरु केही बेर आत्तिएछन् पनि।
यद्यपि, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु जस्तै रोयटर्सले भने जस्तो मानिसहरु घर, अफिसबाटै बाहिर निस्केर आतंकित भएको चाहिँ हामीले थाहा पाएनौँ। भूकम्पको समाचार विभिन्न साइटमा विभिन्न ढंगले आएका थिए। दंग पर्यौँ हामी त हेर्दाहेर्दै। अब हेर्नुस् न यो साइट भन्छ काठमाडौँमा भूकम्प निरन्तर चार मिनेटसम्म महसूस गरिएको थियो रे। (अपडेटःअहिले भने सच्याएर मिनेटलाई सेकेण्ड बनाइएछ) अनि यो साइट चाहिँ केही सेकेण्डका लागि मात्रै भन्छ।
भूइँचालो गएको केही समयपछि जीमेलको च्याटमा अनलाइन रहेका दुई जना साथीले आफ्नो स्टायटसमा ‘अर्थक्वेक’ भनेर लेख्न भ्याइसकेका थिए। त्यसो नलेखेका एक जना साथीलाई भूँइचालो ‘आएको हो’ भनेर सोद्धा ‘हैन, गएको हो’ भनेर पो भनिन्। हुन पनि भूकम्प आउँछ कि जान्छ भन्ने कुरा कुखुरा पहिला कि अण्डा भने जस्तो गार्हो प्रश्न हो। एउटा अलि विद्वान सरले चाहिँ भूकम्प आउँदैन पनि जाँदैन पनि भनी भने। भू भनेको भूमि कम्प भनेको कम्पन, त्यसैले भूकम्प हुन्छ, उनले अझ प्रष्ट्याए, भूँइचालो चाहिँ आउने जाने हुन्छ।
तर आजै काठमाडौँको एउटा निजी टेलिभिजनमा भूकम्पको समाचार यसरी पढिएको थियो- आज अपराह्न काठमाडौँमा ५ रेक्टर स्केलको भूकम्पको कम्पन महसूस गरियो।
यो चाहिँ मलाई बाइरोडको बाटो अनि कुखुराको चिकन र माछाको फिस करी खाएको भने झैँ लाग्यो। कि कसो ![]()
No related posts.









malai ta kehi thaha bayena.j hos euta thulo dasha taryo ktm ko lagi.ali thulo aako bhaye ktm ta sakhap nai hunthyo hola ani yasari mysansar.com ma comment pathauna paeedeina thiyo hola.
मन परे हरियो, नपरे रातो
0
0
त्यो दिन अलि सन्चो थियेन घरमा यसै सोफामा पल्टि राखेको सोफा त हल्ल्लियो नजिकै भाइ बसि रहेको थियो |भाइ पनि जिस्की रहन्थ्यो उसैले हल्लाइदियो होला भनेर मज़्ज़ा ले गालि गरेको त भुइचालो पो गयेको रहेच
मन परे हरियो, नपरे रातो
0
0
म त मज्जाले हल्ले. comment गर्न बसेको भुकम्पको comment त durga जी को comment को पो गर्न मन लाग्यो, भन्नुस् त durga जी switzerland बात कशरि भुकम्पको अनुभव गर्नु भो?
मन परे हरियो, नपरे रातो
0
0
हा हा हा … जे होस रमाईलो लाग्यो यी comments हरु पढेर . खै भोली पनि फेरि पढ्च्हु (chha कसरी लेख्ने हो?? खाली च्ह मात्रै हुन्च्ह). हेरौ भोली क कसलाई कस्तो कस्तो लाग्ने हो
मन परे हरियो, नपरे रातो
0
0
मलाई यहाँनेर त्रिशुल बाबा को याद आयो|उहाँको स्थकित भएको भू-कम्प चाहि गयो| हैन?
मन परे हरियो, नपरे रातो
0
0
कान्तिपुर जस्तो पत्रिकाको वेब साइटमा त १२ मिनेट लेखेको छ .
भूकम्प ५ रेक्टर स्केलको
भुकम्प ५ रेक्टर स्केलको
काठमाडौं, कार्तिक १२ – उपत्यकामा दशकपछि ठूलो धक्का महसुस भएको सोमबारको भूकम्प ५ रेक्टर स्केलको रहेको खानी तथा भर्ूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दिउ“सो ३ बजेर ३४ मिनेट ३३ सेकेन्डमा आएको भूकम्पको केन्द्र नुवाकोटको श्रमथली गाउ“ आसपास थियो ।
यो उपत्यकाबाट २७ किलोमिटर टाढा पर्छ । भूकम्प मापक यन्त्र
-सिस्मोग्राफ) ले यसलाई १२ मिनेटसम्म रर्ेकर्डर्र्गरे पनि उपत्यकावासीले करिब तीन सेकेन्ड धक्का महसुस गरेका थिए ।
मन परे हरियो, नपरे रातो
0
0
Nepal is one of the crucial place in earth which is not safe from earthquakes so we really have to think about it and do something to make our country safe from such natural disasters.
मन परे हरियो, नपरे रातो
0
0
Ani malai chhai “RATI KO NIGHT BUS MA HIDEKO” jasto lagyo.
Calfornia
मन परे हरियो, नपरे रातो
0
0
मलाइ त खसिको मटन करि खाय जस्तो लग्योल/
मन परे हरियो, नपरे रातो
0
0
मलाई त राति को Night Bus अनि अगाडि को Front Seat बसे जस्तो लाग्यो
मन परे हरियो, नपरे रातो
0
0
अनि मलाइ चै सबै भन्दा अगाडिको फ्रन्ट सिट्मा बसेर लेमन टी चिया खाए जस्तो लाग्यो.
सानो, बेलायत्
मन परे हरियो, नपरे रातो
0
0
मलाइ चाहि टीकन बजि चिउरा खाये जस्तो लाग्यो
मन परे हरियो, नपरे रातो
0
0