मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    आज पनि मतदान भएन, फेरि संसद स्थगित

    नेपालको राजनीतिमा केही पनि निश्चित हुँदैन भन्ने कुरा फेरि प्रमाणित भएको छ। आज त मतदान हुने निश्चित जस्तै भइसक्दा पनि फेरि आइतबारसम्म २ बजेसम्मका लागि स्थगित गरिएको छ।

    आजको बैठकमा वाम दल एक भएर गणतन्त्रको पक्षमा मतदान गर्ने र त्यसपछि विशेष अधिवेशन अन्त्य गर्ने भनेर कार्यसूचि बनिसकेको थियो। मतविभाजन निश्चित भइसकेको थियो। प्रधानमन्त्री पनि आइसकेका थिए। तर कहाँबाट के दबाब आएर हो कि किन हो, एकाएक बैठक स्थगित गरिएको छ।

    *****
    आजको दिन नाटकीय रह्यो। हिजो रातिसम्म वामपन्थीहरु एक भएर संसदमा लोकतान्त्रिक गणतन्त्रको प्रस्तावको पक्षमा मतदान गर्ने सहमति भएको थियो।

    रात रहे अग्राख पलाउँछ।

    साँच्चै त्यस्तै भयो। आज बिहानसम्ममा स्थिति परिवर्तन भइसकेको थियो। आए होला दबाब भारत र अमेरिका लगायतका विदेशी शक्तिहरुको। कुरा मिलाउन दलका नेताहरुको बैठक बसेको बस्यै थियो दिनभर। ११ बजे संसदको बैठक बस्ने भनिएको थियो तर अहँ बस्दै बसेन।

    अनि कुरा आयो- कुरा मिलेन अब मतदान नै हुने भयो। काँग्रेसले विपक्षमा नै मतदान गर्ने प्रष्ट धारणा आयो।

    निर्धारित समयभन्दा सात घण्टा ढिला अपराह्न ५ बजिसकेपछि बस्यो संसदको बैठक। यता संसदको बैठकमा दलका सचेतकहरु आफ्नो दलका धारणा राख्दै थिए भने उता संसदमा नै वामदलका शीर्ष नेताहरु बीच बैठक बस्दै थियो। अब हेर्नुस् है, हिजोसम्म एक हुने र आज विशेष अधिवेशनको अन्त्य गर्ने भनिरहेकाहरु बीच किन त्यसरी बैठक बस्नु पर्थ्यो र ? कसको दबाब परेछ तिनीहरुलाई।

    आज मतदान हुने निश्चितै भइसकेको थियो। टेलिभिजनहरुले संसदबाट प्रत्यक्ष प्रसारणसमेत थालिसकेका थिए।

    यत्तिकैमा संसदको बैठक आधा घण्टाका लागि स्थगित गरियो। अनि संसदको दोस्रो सत्रमा सुरुमा प्रधानमन्त्रीले प्रस्तावको बारेमा सरकारको धारणा राख्ने, त्यसपछि प्रस्तावका सम्बन्धमा मतदान हुने अनि त्यसपछि संसदको विशेष अधिवेशन समाप्त भएको भनी प्रधानमन्त्रीको पत्र सभामुखले पढेर सुनाउने कार्यसूचि समेत सार्वजनिक गरिएको थियो।

    मतदान हुने भयो भनेर सबै तयार थिए। मतदान हुन्छ, त्यसको परिणाम के होला भन्नेमा सबै उत्सुक थिए। मतदानपछि एक हदसम्म राजनीतिक गतिरोधको स्थिति अन्त्य होला भन्ने आशा थियो। प्रधानमन्त्री पनि संसद भवनमा आइसकेका थिए।

    यत्तिकैमा संसद भवनमा वामदलहरुबीच भइरहेको वार्ताबाट माअ‍ोवादी अध्यक्ष प्रचण्ड निस्के। प्रचण्ड र प्रधानमन्त्रीबीच एकछिन भेट भयो। त्यसको केही समयमा नै प्रधानमन्त्री संसद भवनबाट फर्किए। अनि केही समयमा नै सभामुख सुवास नेम्वाङले बैठक आइतबार दुई बजेसम्मका लागि स्थगित भएको घोषणा गरे।

    सबै जिल्लाराम भए।

    कसको दबाब आयो त नेताहरुलाई ?

    कार्यसूचिसमेत निश्चित भएर मतदानका लागि तयार भइसकेको अवस्थामा प्रचण्ड र प्रधानमन्त्रीबीच एक मिनेट भेट हुँदैमा सब भताभुङ हुने रहेछ। हामी कस्तो खालको राजनीतिक अभ्यास गरिरहेका रहेछौँ त ? छ्या, सोच्दा पनि घिन लाग्ने पो भएछ त। नेपालको राजनीतिको महत्त्वपूर्ण मोडमा प्रधानमन्त्रीलाई भेटन भारतीय राजदूत जाने अनि माअ‍ोवादीका नेता प्रचण्ड र बाबुराम त दूतावास मै गएर ‘निर्देशन’ लिन जाने जस्ता घिनलाग्दा नाटक पनि हामीले देख्यौँ।

    यी नेताहरुले जनआन्दोलनको अपमान गरेका छन्। सात दल एक भएर संविधान सभाको निर्वाचन गरी लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नुपर्ने ठाउँमा एकापसमा बाझेर विदेशी हस्तक्षेपलाई खुला रुपमा स्वीकारिरहेका छन्।

    किन उनीहरु जनतालाई मूर्ख बनाइरहेका छन् ? केका लागि भइरहेको छ यो नाटक ? सहमति गर्ने सहमति गर्ने भन्दै उनीहरु किन नेपाली जनताको धैर्यको परीक्षा लिइरहेका छन् ? दशैँ अगाडि नै बोलाइएको संसदको विशेष अधिवेशन यति लामो समयसम्म तन्काउन जरुरी नै थिएन। माअ‍ोवादीको प्रस्ताव हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन यदि कसैले अडान नत्याग्ने हो भने किन तन्काइरहने गतिरोध र देशलाई अनिश्चयको बन्दी बनाइराख्ने ? अ‍ौचित्य के रह्यो त्यसको ? समयको नाश, भत्ता लगायत अन्य कुरामा भएका लाखौँ खर्च बित्थामा किन ?

    दशैँ अगाडि भएन, दशैँपछि एक दुई दिनमा नै हुनुपर्ने पनि भएन। अनि अब अहिले आएर सब कुरा निश्चित भइसकेको अवस्थामा फेरि आइतबारसम्ममा सहमति हुन्छ भन्ने के ग्यारेन्टी छ। देश त्यसै पनि गम्भीर स्थितिमा छ। संक्रमण काललाई धेरै लामो समयसम्म लम्ब्याउँदा झन् नयाँ नयाँ समस्या थपिन्छन् भन्ने त देखिँदै आएको छ। तर नेताहरुले कहिले चेतेनन्। जनआन्दोलनका बेला अब हामीहरु फेरि गल्ती गर्दैनौँ भनेर भनेका नेताहरु आज फेरि त्यही गल्ती दोहोर्‍याउँदैछन्। खोई अब त खबरदारी आन्दोलन पनि हुन छाडे।
    khabardar
    त्यतिबेला नेताहरुलाई खबरदारी गर्न राखिएको रत्नपार्कको यो बोर्ड पनि अहिले त हराइसकेको छ। अब अबेला भएन र फेरि नयाँ ढंगले उनीहरुलाई खबरदारी गर्ने ? कुनै पनि राजनीतिक वादबाट पर रहेर सच्चा राष्ट्रवादी भएर निकम्मा नेताहरुलाई खबरदारीका लागि विशाल जुलुस निकाल्ने ? अब हामी बीचबाटै एउटा नेता जन्मनु परेको छ। हामीले नेतालाई गाली गर्ने मात्रै हैन, हामी आफै नेता बन्नुपर्ने भएको छ। देश गम्भीर मोडमा छ। नेताहरु खत्तम भए। तपाईँ नेता बन्न तयार हुनुहुन्छ ? तपाईँलाई साथ दिन हजारौँ लाखौँ देशलाई माया गर्ने नेपालीहरु तयार छन् ? जन्मिएला त कोही नेता ?

    No related posts.

    47 comments to आज पनि मतदान भएन, फेरि संसद स्थगित

    • ramesh

      This tikke parliament members might had taken DASHAIN PESKI too. More the election lengthen, more they will be benefited with good perks without work.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NPstyler

      खै नेता हरु ले पनि यो ब्लोग हेर्लान नत्र त बुद्दि आ उथ्यो होला के गर्नु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikash@Texas

      एउटा अनुरोध्,

      administrator वा यो जस्ले गर्न सक्नुहुन्छ क्रिपया यो सानो दुख गरिदिनुहोला:

      अहिलेको साम्सद हरुको सुबिधा र भत्ता बिभिन्न शिर्शकमा कति हुन्छ, क्रिपया खोजेर या त यो blogमा (administratorज्यु क्रिपया) प्रकशित गरिदिनुभये सबैले धेरै कुरा थहा पाउने थिये.

      विश्वास गर्नुस्, त्यो रकम तपाइ-हामिले अनुमान गर्ने भन्दा धेरै धेरै बढि हुन्छ्, मैले त्यो सर्सर्ति पढेको थीए, तर अहिले म सन्ग नभयेकोले यो अनुरोध post गर्नु पर्यो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashish

      Why don’t you raise the issue of the brutal murder of Journalsist Birendra Shaha by Maoists?

      Also, why don’t you post message against Maoists?
      Ashis, Kathmandu

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      साम्साद जि हरु ,
      म केहि हप्ता आघि नेपालमा थिय .
      १ किलो मुला को भाउ ४० रुपैया .
      १ किलो गोल्बेदाको भाउ ६० रुपैया
      १ किलो घिरौलाको भाउ ३५ रुपैइया

      आरु के लेखु

      साधारन नेपालिको तालब बधिमा ५००० हुन्चा .
      राम्रो सन्गा खाने कि , बच्चालाइ पधाउने कि , घार भारा पो तिर्नी कि ,
      बिरामि भय कसरि उसधि किन्ने …………………………
      लाज लाग्दैन साम्साद भत्ता खान ??????????………………
      कुन मुतु ले सकेको ???????????????????????????????
      लाज लाग्दैन पजेरो चधेर हिदना ??????????????????
      छि छि ………………………………..
      कम से कम यक दिन मर्नु परच भन्ने त सोच ……………..

      आफु तान्न घिचेर जनाता भोको भयको हेर्न सक्ने पनि नेता ………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pusp Prasad Luintel

      समस्याहरूको सामना गर्ने र त्यसलाई हल गर्ने प्रक्रिया प्राय प्रसस्त परिश्रम गर्नु पर्ने खालको र कष्ट साध्य हुन्छ/हाम्रा नेताहरूमा अन्तहीन दीर्ध सूत्रता छ/ साचो अर्थमा भन्ने हो भने समस्याहरूलाई नश्तरको जस्तो प्रयोग गरेर पाकेको पीलोलाई चिर्न सकिन्छ र दुखाईको पिडाबाट त्राण पाऊन सकिन्छ/ बस्तुत समस्याहरूले साहस एवम बुद्धिमत्तालाई प्रकत गर्द छ/
      जरनल जौर्ज पैटनले भनेका थिए- ‘कुनै राम्रो योजना आगामी हप्ताह लागु गर्नुको साटो असल योजनालाई तुरन्त नै असरदार तरिकाबाट लागु गर्नु बढी राम्रो हुन्छ/यो यस्तो कल्पना हो कि ठूलो जीतक लागी प्रतेकले आशा वादीहुनु पर्दछ/

      Pusp Prasad Luintel
      Boston,U. S. A.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yatri

      येस्तो पनि त हुन सक्च्ह नि :

      Preident:Prachanda
      PM: MAKUNE
      CONSULTANTS:
      NEPALI CONGRESS
      INDIA
      USA
      FUNDING BY SWISS BANK
      SHAREHOLDERS:
      NORWAY
      GB
      CHINA
      RUSSIA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pusp Prasad Luintel

      There is some difference ovre the manner of monarrch’s desposal, but no douts supremacy of sovereign Nepales.
      Then why delay costituent assembly elction @ Mainstream parties are nomore sincere about holding polls, but the question this time staes straight into the face of Maoist deferal of CA election is not desaster , but any lack of commitment its earliest rescheduling will prepare the ground for castastrophic consequsnces.

      Pusp Prasad Luintel
      Boston, U. S. A.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pusp Prasad Luintel

      मुसु मुसु हासि देऊ
      ===============
      नेपाली जनताको चाहना र भावना जनताको सम्प्रभुता जनप्रतिनिधिमूलक शासन, लोकतान्त्रिक पद्धति हो भन्ने तथ्य निर्विवाद रूपमा स्थापित भईसकेको छ/ यस्मा सहमति खोज्न थप समय लिई सकिएको छ/ र, सदन आईत वार सम्मका लागि स्थगित गरिएको छ/
      अट्टहासको आयु छोटॉ हुन्छ/ मन्द मन्द मुस्कानको आयु लामो/डेमोक्रेसी स्लो प्रोसेस हो/यसले समय लिन्छ/ यसले जति समय चाहिन्छ तेती समय लेओस/ तर नेपालको बिकास र निर्माणको काम बर्षो देखि ठप छ/त्यो किन/ बिकास र निर्माणले किन निरन्तरता पाईरहेको छैन/राजनीतिक गतिरोध आओस जाओस तर बिकास र निर्माणको गति तिव्र होस /सर्व सधारणको चाहना यत्तैतिर भएको बुझ्द छु/

      Pusp Prasad Luintel
      Boston, U, S. A.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pamkaf

      नराम्रो काम गरेर नेत्रित्व लिन पुगेका नेताहरुको जबसम्म वाह वाह गर्नेको कमि हुन्दैन, तबसम्म गद्दारहरुलेनै राज्य सन्चालन गरीरहनेछन | दोषी को ? हामि जनता जो ६ दसक सम्म पनि नेताको पहिचान गर्न सक्दैनन , हाम्रो समाज जो परिवर्तन हुन खोज्दैन |

      पढेर लेखेर जति जान्ने भयो उतिनै झन बिषालु भयेका छन हाम्रा नेता भनाउदा | खोइ कसरि सदबुद्धी आ उने हो यिनिहरुलाइ |

      इस्वर ले पनि न सक्ने भयो, छिमेकीले हाम्रो घर लूटने भयो | ग़ुहार गुहार

      कोइ छ हिम्मतवाला, बढ अगाडि |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sur

      उमेश जी
      देश केटाकेटि बुद्दिले चल्दैन. आबेश मा आएर पनि हुन्न. क़ेहि समय दिनु पर्च. बिचार बिमर्श गरुन र नतिजामा पुगुन्.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hare ram

      Its time to be aware and speculate the depth of disease. we have to find leader amongst ourselves. for that capable person must rise and leave personal affairs aside. plz intellectual guys throw away all selfish desires, arouse your intuition ,follow ur dream and grow up to fullfill expectations of ur underpriviledged brothers and sisters.

      plz let us not concentrate on minor materialistic things
      nepali guys plz grow up and work forth besides thinking about lavish cars and home

      nepali girls plz dont be dazzled in a bowl of soup of glittering restaurants

      plz lets do something
      plz lets go to the area where we r needed
      money comes when we learn how to materialise dream
      and materialising a dream doesnt mean that u have to stick on material things and be weepy pimp

      lets broaden our level of thought process and increase horizon of intellect and obligations

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kim Aryal

      Damn man, which is why politics is a dirty game played by dirty people. What kind of pressure are they having? Who is giving them pressure? Why they are not telling the citizens what exactly is happening? I also think they all need to retire now. As you have mentioned Umesh ji, this is right time for a young, energetic, enthusiastic, well educated person or group need to come forward. Definitely all the fed up citizens and hopefully the international community will support the move as well.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kiran Paudyal - Dubai

      नेपालका नेताले जनताको ढुन्गा नखाइ सहि काम गरेको कहिल्यै रेकर्ड छ? फेरि जनताले सडकबाट ढुन्गा हान्ने दिन आयेको छ / तर सचेत भयेर किनकि येस्तो बेलामा छड्के टोपि लगाउनेहरुले फाइदा उठाउन खोज्छन /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ghanshyamghimire

      थुक नेता हरु देसर जनता लाइ चहि खतम बनाउने भयौ अब देस्बेचेर खाअओ हामि निरिह जनता ले चहि के गर्नु देस दुबेको हेर्नु बहेक हमि के गर्नु अन्त मा तर जनता आगो पनि हो नेता हरु बुझ
      जयनेपाल
      घनश्याम (बिबस यात्रि)
      बराह……….चतरा सुनसरि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash

      Hey Umesh and his comentor

      You all guy are thinking much either exaggerating or side lining. It is worthless discussion, if you do not think yourself how you can contribute?
      It is now think your contribution to develop our nation. Every body need to contribute. It is enough how much time you are spending on these worthless issue is enough?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Motilal Rana Magar

      Hi Everybody!

      I little agree with Mr. Prem. But how much time they will take to discusssion?

      All the revenue will expense in unnecessary works like as this. How the country be develpoed?

      I think in coming future, the KING will be activate, moist will go for forest and other political leaders will be in prison. Remember scene of 2059-60, what was the situation. I used to see that parents didn’t want to send their child to school in rural areas. Nobody was responsible for defence of innocent people.

      By the way, Mr. Umesh, administrator of this blog is part of my thanks for his courtesy.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kapil

      girija pani plane apaharan gari dhes ko dhukuti rittayai neta bhayeko prachanda pani 10/12 barsa sarba sadharan ko jyan ra nepal ko dhukuti thaun thaun ma luteko aba yi neta lai nepal ko 50/50 ansabanda ma kura namile ko hola ahile samma ko rajniti paribesh tehi nai ta dhekin6, yin lai nepal ra nepali ko k maya

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surkheti

      These leaders are only finding a suitable time to handover Nepal to India. TRAITORS!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binaya

      aba ko sarkar esto hudai chha re:

      People’s Republic of Nepal
      President: Girija Koirala
      Prime Minister: Madhav Nepal
      Minister: badphad……..company

      all the best

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • श्याम कुमार श्रेष्ठ

      ******* २५० नेताहरु मारिनु पर्छ **********

      देशको हालत र नेताहरुको ब्यबहार देखेर सारा देश बासीको मन कुडिएको छ। उनि अब देशको बारे केही बोल्न र गर्न चाहिरहेका छैनन्। सारा नेपाली जनता भनिरहेका छन-”जे सुकै होस्”। उनिहरुलाई त भारतिय सेना बाहेक अरु देशका सेनाले नेपाल कब्जा गरे पनि फरक नपर्ने भएको छ। हामी, नेपालीको मुखबाट सुनिरहेका छौ कि चिन या अरु देशले नेपालमा कब्जा गर्‍यो भने बरु राम्रो होला। यस्ता कुरा नेपालीको मन र मुख बाट निस्किरहेको छ। भन्नुस नेपालीहरुको मन कतिको कुडिएको रहेछ।

      आज सबै भन्दा चिन्तित त बेरोजगार बिधार्थी युवा बर्ग छन। जसले नयाँ नेपालको निर्माणको लागि भनेर जन आन्दोलन भाग-२ को लडाई लडेको थियो। तर दिन बित्दै गहिरहेका छन, नेताहरु आफ्नै ढिपीमा छन, देशको हालत झन बिग्रदो स्थितिमा छ। यो सबै नेताहरुको आफ्नो कारण ले गर्दा भएको हो। यिनिहरुको निजि बिचारले भएको हो। यदि नेपाली जनताको भावना र लोकतन्त्रको मर्म अनुसार जाने हो भने त बिना छलफल र मतदान “राजा बिनाको गणतन्त्र नेपाल” को घोषणा गर्नु पर्ने हो। नेपाली जनताले यहि अपेक्षा गरेर नै जनआन्दोलन भाग-२ मा सहभागी भएका थिए।

      अब फेरि नेपाली जनताले खबरदारी गर्ने दिन आएको छ। अब हामीले बिस्वास गर्नु पर्छ कि यि नेताहरुले केहि गर्दैनन। अब आफै गर्नु पर्छ। न त नेताहरुले २००७ सालमा गरे, न २०४७ सालमा गरे, न अब गर्छन।

      यदि सबै कुरा नेताहरुले नै गर्दा बिग्रिएको छ भने यि नेताहरुलाई हामीले किन बाकि राख्ने। अब नेता, तिमिहरु मर्नु पर्छ। तिमिहरु मारिनु नै देशको लागि भलाई हुनेछ। २५० को हाराहारीमा नेताहरु मार्ने हो भने देशले नयाँ मोड पाउने छ।

      यदि तपाईलाई लाग्ला मर्ने र मार्ने कुरा गर्नु राम्रो होइन् तर देशको हितको लागि नेपाली जनता आन्दोलनमा मर्नु हुन्छ भने यि नेताहरु किन मर्न नहुने??

      खबरदार नेताहरु, तिमिहरुलाई याद होला “इराकका राष्ट्रपति” झुन्डिएर मरेका थिए। आज तिम्रो हातमा शक्ति छ, मनलाग्दी गर। भोलि जब जनताको हातमा शक्ति आउने छ त्यो बेला तिमिहरु पनि इराकका राष्ट्रपति झै मारिने छौ। हामी तिम्रो बिगत र बर्तमानको एक एक गल्तिको हिसाब गरेर फासीको फन्दा सम्म तिमीलाई अवश्य पुर्‍याउने छौ।

      अब भयो नेता ज्यु, यो भन्दा बढि तिम्रो गल्तिलाई माफ गर्ने आँट छैन नेपाली जनतामा, अब सबै समस्याको एउटै समाधानको बाटो हो- नेतालाई फासी।

      श्याम कुमार श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shankar

      हाम्रो देश का नेता हरु र कुकुर मा अब केहि फरक छैन कुकुर ले जस्ले हड्डि खान दियो उसैले भनेको माने जस्तै भारत र अमेरिका ले नेताहरु लाई हड्डि खान दिएको छ / अझ भारत ले त झन गिरिजा बाबु बुढो भएको ले होला राजदुत मार्फत गिरिजा बाबु कै निवास मा हड्डि पुराएको छ अरु नेताहरु लाई राजदुतावास मै बोलाएर हड्डि खान दिएको छ अनि उनिहरु ले जे भन्यो त्यहि मान्नु परेन त ? खान दिने मालिक प्रति बफादार हुनुपर्यो नि त होइन र ? सत्ता को बागडोर सम्हालेका नेता हरु देश र जनताका लागि बफादार हुन नसके पनि खान दिने मालिक का लागि बफादार भै मालिक ले जे भन्यो त्यहि मानेका त छन यहि नै हाम्रो देशका नेताहरु को सराहानिय काम छ / shankar giri
      spain,vitoria

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अभागी

      नेपलका नेताहरु लाजहिन नेताहरु हुन्।नेपालीहरुमाथि ठूलो बिश्वासधात गरेका छन्।फटाह नेताहरु!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • abina thapa

      RASTRA PRAMUKH 84 BARSA NAGEKA BUDHA JASLAIE MEDICALLY UNCAPABLE FOR DECISION MAKER VANINCHA CHAN ANI UNKI PUTRI JASKO LOGNAY GERMAN ANI JUWAI BANGLADESHI CHA UNLAIE DESS KO K WASTA ANI SABAIE VATAY JYAN MARA LEFTIST HARU LAIE JHANAIE DESS RA JANATA KO K WASTA…..
      PASHUPATI NATH DESS BACHAU

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shankar bajgai

      dear sir(umesh)
      I WANT TO SAY U FROM LONG TIME I AM IN BELGIUM MY ENGLISH IS NOT GOOD BECAUSE MY MOST LEARN NETHERLAND(duch) CAN’T WRITE GOOD ENGLISH AND NEPALI SO I AM GO NOW WRUTE IN ENGLISH ALL OF MY FRIEND TRY TO UNDER STAND ABOUT ME OK LET US GO IN CHAPTER.

      LONG TIMES AGO THERE WAS ONE BLIND VILLAGE NEAR THE JUNGLE SUDDENLY ELEPHANT WERECOME THERE FROM JUNGLE OFFICER OF JUNGEL ANNOUNCE TO VILLAGER TAKE CEAR .
      BLIND PEOPLE GO THERE THEY TUCH ELEPHANT MANY PEOPAL TRY TO KNOW ABOUT ELEPHANT AT THAT MOMENT MANY PEOPLE DUYING OR KILLED BY ELEPHANT WHO WAS ALIVE THEY SAY THEY SAY ELEPHANT WAS LIKE POEL(khat ko khamba)WHO TUCH HIS/HIR LEG SOMBODY SAY NO ELEPHANT WAS LIKE A(naglo)WHO TUCH A EAR SOMBODY SAY NO ELEPHANT WAS LIKE A SNAKE(dhami sarpo) REALY …………… I HAVE MANY WORDS TO SAY U PLEASE……..

      NOW NEW CHAPTER

      THERE WAS ONE VILLAGE SOME BODY DRIVING HIS CAR SUDDENLY HE SAW ONE BIG LAND GOOD PLOUGING(holo la joteko) and good fortilige(molilo athaba bhaise ko gober halako)HE WENT TO FARMER HE ASKED WITH FARMER U WANT TO FARM HEAR WHITE(ghahu roti khana ko lagi) HE TOLD NO I DON’T LIKE THAT BECAUSE THOI YEAR WILL BE TO MUCH RAINING(pani parcha hola) THEN U WANT CORN(bhutara khana ma kai) NO THIS YEAR WILL BE TO MUCH INSECT HA………. HA………THAT PERSON………..WENT BACK……….SAY ………MURKHA…HA……HA………..
      NEPALI PAOPLE AND LEADER ALSO SAME
      AGAI I WANT TO WRITE IN ROMAN
      PLEASE TRY TO UNDERSTAND ALL OF MY FRIEND

      AJAKO SAMSAD(parlemant) KO PARTHAYA PARSARAN MAILA PANI HERAKO THIYA ACHAYAMA LAGO BASTAB MA MAILA AMAYA BARBET GHARERAYAKO CHUU TARA …………BAKI MA BHOLI LAGNE CHHU……….
      ALL THE BEST ALL OF MY FRIEND WHO ….THE MY MAMA PAPA .AND ALL OF MY RELATIVE HAPPY DIPAWALI DON’T PLAY CARD HAVE A ANICE DIPAWALI BUY ………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pusp Prasad Luintel

      सफल नेता
      =======
      नेतामा कस्ताकस्ता गुणहरू हुनु पर्दछ/ कुनकुन सिद्धान्तहरूमा रहेमा असल नेता होइन्छ/ किन हामीलाई असल नेताको जरूरत पर्यो/ हामी प्रत्येक दिन आफ्नो प्रभाव छाडद छौ/चाहे त्यो असल होस या खराव/असल नेता त्यो हुन्छ, जसले असल प्रभाव दिईरहेको हुन्छ/ अरूलाई प्रभावित गर्नु नेत्रित्वको अनिवार्य गुण हो/यदि अनुयायी छैनन भने कसैलाई नेता भन्न मिल्दैन/ सच्चा नेता त्यो हो,जसका पछाडी मानिस खुशी खुशी हिडद छन/ असल नेता ईमान्दार हुन्छन/तपाई जति बढी ईमान्दार हुनु हुनेछ, जनताले तेती नै बढी विश्वास गर्ने छन/ असल नेताहरूको प्राथमिकता तय हुन्छन, ऊ सकारात्मक परिवर्तनको समर्थक हुन्छ/ ऊ अर्काको समस्या समाधान गर्न रूचि राख्द छ/ऊसको द्रीष्टिकोण सकारात्मक हुन्छ/ ऊ आफ्नो अधिनस्थहरूको योग्यतालाई गहनद्रिष्टिले हेरी रहेको हुन्छ/ ऊसको स्पष्ट लक्छ्य हुन्छ र ऊसका प्रवल सपना हुन्छन र ऊसमा आत्म- अनुशासन हुन्छ/
      यस युगका दुईओटा गुणहरू छन/ एऊटा त दुनियाको सबै भन्दा निष्ठुर युग हो यो, बिलकुल निर्दयी, अर्को अन्यायको बिरूद्ध जति यो युग लदी रहेको छ, तेती पहिले कुनै युगले लडेन/ एकातिर निर्दयतामा यो बढेर गयो भने अर्को तिर न्यायको ईच्छामा पनि/
      म यो भन्न चाहन्छु, राजनीतिक कामको कहिल्यै पनि यो लक्छ्य हुनु भएन कि एकले अर्काको पार्टीर्लाई सुधारोस/ आफ्नो अन्य लक्छ्यहरूबाट प्रासङ्गिक हुन्छ भने अक्रै कुरा/ राजनीतिक दलले आफुलाई र देशलाई सुधार्न र बलशाली बनाऊने लक्छ्य आफु सामु राख्नु पर्द छ/

      Pusp Prasad Luintel
      Boston, U. S .A.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipak

      nothin will happen in our country…same leaders same idiology…same activities…nothing gonna change…god bless neta haru…
      sydney,
      dipak

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rijanbabu

      उमेशजी,मेरो पनि तेहि विचार हो. हामी नेपालीहरु जहिले पनि राजनितिलाई फोहोरी, गन्हाउने पोखरीको विशेशण दिइरहेका हुन्छौ. नेताहरुलाई गाली मात्र गर्न रुचाउछौ. तर त्यो फोहोर पोखरीमा पसेर सफा बनाउन तम्तयार सच्चा नेपाली छोरा-छोरी भने कहिले पनि भेटिदैनन्. हुनत, तेहि फोहोरी पोखरीमा नै कमल जस्तो सुन्दर फूल पनि फूल्ने गर्दछ. तर अहिलेलाई हाम्रोमा त्यो सम्भव देखिदैन.यहि नै हाम्रो देशको बिडम्बना हो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाल मा हुने केहि पनि हुनेवाला छ्हैन | आस गरेर बस्नु बेकार छ् |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabhat

      नेपालका नेताहरुको दुर्गुनहरु:
      कमिशन देखे पछि तिन नेत्र हुने,देश बिकाश भन्दा पनि पार्तिको स्वार्थनै थुलो, नाताबाद क्रिपाबाद्.
      नेताहरु को कमिकमजोरिहरु:
      आफ्नो छेमता भन्दापनि पार्ति को शिफारिश बाट आयेको हुनाले देशको दिर्घकालिन आर्थिक बिकाश को बारेमा नशोचेको वा शोच्न छेमतानै नभयको, दात्रिरास्तहरु बाट पुर्णरुपमा निर्देशित,
      नेपालको राजनिति य़स्तो गन्हैसक्योकि, शोच्छ्ब्यक्ति जान नै सक्तैन, बरु सम्पुर्ननेपालि जनताहरु मिलेर येस्तो नया ब्यक्तिलाइ पथाउकि, देशको बारेमा केहि शोचोश्, कर्ण जि कसो होला?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pusp Prasad Luintel

      भोली आज बन्दा गतिलो नहुने हो भने तिमीलाई भोली किन चाहियो र [ब्रेस्लेभका रेव्वे नाचमन]
      अनि चिनिया लेखक लुसुन भन्ने गर्द थे ‘ खाली गन गनमात्र गर्ने र आफ्नो भाग्य आफै बनाऊन वरको सिन्को पर न सार्ने स्वभावका युवाहरूलाई तन्नेरी कुम माथी बूढो टाऊको भएका सिल्लीहरू हुन’/
      जसरी लोहरो भोकको ऊपचार होइन, ऊसै गरी वर्तवान सरकार र सातदलका बूढा र ठूला नेताहरू अहिलेको समस्याको समाधान होनन/ तर के सत्य हो भने लोहोरो र यो सरकार असीमित दाऊरा नाश दुबैले गर्छन /

      Pusp Prasad Luintel
      Boston, U. S.
      A.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ganba

      ज्ञानेन्‍द्र पिता महेन्‍द्रको पचाँयतकालमा सुनिएको एउटा बगमफुसे वाणी
      यस्‍तो थियो, “अरुले दश वर्षमा गरेको काम हामीले एक वर्षमा गर्नपर्छ।
      आजको कामलाई भोलि नभनौ”। काम चाहि ठीक विपरीत गरे।

      त्‍यस्‍तै भईरहेछ कोईराला राजमा पनि। कुनै कामकुरो समयमा भईराखेको छैन। आजको कामलाई भोलि होईन, पर्सि, निपर्सि र कानेकोर्सी भईराखेको छ।

      प्रशासनतत्रमा सुधार केही छैन। पचाँयतकालमा यताउति गरेर जागीर
      खाएकाहरु छेपाराहरु अहिले माथिल्‍लो तहमा परेका छन।

      सबैभन्‍दा पहिले प्रशासनमा सुधार ल्‍याइन पर्ने हो। बार्षिक बिदामा
      कटौति गरिनुपर्छ। कार्यशैलीमा सुधार ल्‍याएर कार्यशीलतामा बृद्‍धि
      गराउने र आधुनिकरणमा ध्‍यान दिईनुपर्ने हो। महिलालाई सुत्‍नेरी
      विदा ९८ दिन दिईने ‘रे। के सोचेर यस्‍तो निर्णय लिएका होलान।

      बर्षमा घ.वि., क्‍या. वि., वि.वि., भैपरि वि., अध्‍ययन वि.,
      चाडवाड, वन्‍द, हडताल, ईत्‍यादि ईत्‍यादि गरेर कर्रमचारीले कति दिन काम गर्रदो होला त्‍यो पनि अध्‍ययनको विषय हुनेछ।

      धन्‍य राजा वाहिर जादा र आउदा विदा हुने प्रथा समाप्‍त भयो।

      यस्‍ता सुधार नगरी हामी कसरी आधुनिक राष्‍ट्रको सपना देख्‍ने?

      प्रधानमत्री, मत्रीगण, सचिवहरु र योजनाविदहरु विदेश गएर केही
      सिक्‍दैनन?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aryan

      I do not understand why can’t the maoist let the people to decide on all these important issues by choosing their true representatives. I think they should go to the people and ask their criminal league to respect people with different ideologies rather than taking physical action against those who do not want to follow their route of intimidation, kidnapping journalist and punishing and killing innocent people. We should not forget the present parlamentarians are not elected by the people and are only interim. They need to get the mandate from the people and then demolish the kingdom. i am quite sure people do not want Gyanendra and Paras to be their king but everything has to be done according to the constitution.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishor

      I think this is a grand design of Girija and Prachanda to make Gyanendra popular again and keep monarchy for a long run. If they want republic, they would go for CA election as early as possible but they are playing dirty politics to make Nepali people tired of ‘samshad’ and harass all republicans and finally bring old autocracy back.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • फ़ेरि सबै जना नेता बन्न खोजेर पनि त भयेन नि, होइन र?
      एस्तो नेता चहियो जस्को नाम लिदा सबै जनता को मन मा सम्मान को भावना आओस्, पार्टी र कार्यकर्ता भन्ने बिर्सेर देश र जनता भन्ने खाल्को नेता चाहियो. तर धेरै आशा गरेका प्रचन्ड ले त लोप्रो खुवाये भने अब अर्को पिडि बाट भन्दा पहिला राम्रो नेता निस्कला भन्ने आशा मात्र गर्ने हो मलाइ बिस्वास कम नै छ्. Young Generation बाट पनि एति छिटो आशा गर्न सकिन्न, तातो रगत ले सधै mature decision लिन पनि त सक्दैन नि. हाम्रो देश लाइ केहि miracle को खाचो छ्, नत्र स्थिति बिग्रदै जान पनि सक्छ्. अब के होला त भन्ने कुरा पल पल म अनिस्चित छ्. जे जे भये पनि राम्रो होश भन्ने आशा गर्नु मात्र सकिन्छ्, किन कि हामि अब अधैर्य भयेर केहि कदम चाल्न खोज्यो भने परिस्थिति झन बिग्रिन सक्छ होइन र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DOorDIE

      बास्तब मै देस अनिर्नय को बन्दि बनेको बेला फेरि के अर्को प्रपन्च हुने हो आयितबार सम्म!राता रात अब को को बेचिने हुन तमासा हेर्न बाकि नै chha!lets see what happens till coming sunday!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Satya Nembang, USA

      सबै भन्दा महत्वपूर्ण कुरा अहिलेलाई जननिर्बाचन नै हो र तेसैको लागि हामीले लागिपर्नु पर्छ. हल्लिखल्लि र भागबन्डामा बनाएको सम्सदबाट देशैको भाग्य निर्माण गर्ने मूर्खता नगरी जनताको राय बुझ्नुपर्छ र मात्र कुनै एक्किन निर्णय हुन सक्छ.यस्ता गाईजात्रे सुतुवा र भत्तापचाउवा साम्सदहरूले गरेको निर्णय कहिल्यै पनि उपयुक्त र मान्य हुन सक्दैन. खोइ जनताको अभिमत? खोइ जनताको चाहना?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujan

      के को गफ यत्रो, के नेपलि जनता साचै नै मुर्ख नै हो त, यी नेता भनौदो हरु लाइ अजै चिनेको चैन, अझ कति मुर्ख हुन्चौ. यस्ता नेता हरु ले केहि देस र जनता को भलो हुने काम गर्लान भनेर. आस लिनु बेकार ६. केहि राम्रो गरे ता पनि आफ्नो स्वार्थ को लागि मात्र गर्च यी गधा हरु ले.
      दिमाग न भयेका नेता हरु , आफु ले के बोल्दै च भनेर थाहा नहुने ले काम के गर्ला.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yubaraj Bhusal

      It is good that the House has been adjourned today making no decisions. It would provide the political parties with ample time to further consult and come up with a consensual decision. During these hours they would consult intellectuals, professionals, civil society activists and so on.

      However, some external powers are very active in the process. The leaders should be concious enough to protect the country from further degeneration. I hope they would come up with some viable solution. Otherwise 19 months of achievement and exercise would result in a ‘futile exercise’ or ‘hatti ayo, hatti ayou phussa’!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Nepali

      Umesh Ji,
      I highly appreciate your effort to keep abreast of the current turn of events taking place in Nepal, but I do not understand why are you only presenting more and more negative sides only. We can wish to have a magic wand to solve all the prevailing probblems over night, but that is not the realistic approach. Going between the lines of your write up one can construe that you were very excited to see something new in the parliament, no matter even at the cost of seven party unity(which I think should be stronger than ever before at least till the CA elections, despite some ups and downs, which is natural). What bad did it do by postponing the house proceedings for couple of more days if they can come up with new understanding and concensus? The need of the hour is the reconciliation not the confrontion. Our country has already witnessed a great deal of confrontation, and has also witnessed a lot of damage caused by it. It can no longer withstand any more confrontation which will only bear forth misfortune for us. In front of a cinema screen, or in front of a drama stage only it is good to wish for an exciting sceen to come up, but in real political life in Nepal whose real situation is more than fragile, we cannot wish such events or seen for our mere pleasure. So, my point is if they can come up with new consensus keeping confrontation at bay, there is no harm to give them more time, and let us not smell rat every here and there.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • uviraj

      सरकारको मुख्य पद हरुमा पनि काङ्ग्रेश कै नेता हरु अनि देश को राष्ट्रिय प्रमुख पनि काङ्ग्रेश कै नेता भएको ले होला शायद काङ्ग्रेश ले आफ्नो जिद्दी-पन त्यग्न सकेको छैन, माओवादी पनि के कम , जनयुद्ध गरेर आएका न परे , त्यतिकै मान्ने वाला त छैनन्। अरु पार्टी हरु त दुध् भाते हरु परे, यता पनि ठीक्क, उता पनि ठीक्क,,,,,,अब हामी जनता को बारेमा चै कस्ले सोच्ने? शायद नयाँ पूस्ताको, नयाँ सोच भएको नेताहरु चाँहीएको छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sushil

      Nepal,
      Herdai jau k k hunchha
      Malai ta Maobadi dekhi po haso utheko chha…Ameriki SmarajyeBad ra Bharatiye Bistarbad ko birudda Ladai Re..Collest Joke

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      WE WILL BE AT SAME SITUATION AFTER CA POLL VOTING?

      IT IS BETTER TO ASSUME NOW THAT CA POLLS HAVE BEEN COMPLETED AND PARTIES ARE GOING TO DECLARE REPUBLIC.

      WHY TO WAIT FOR CA POLL? A WASTE OF TIME!

      HENCE, NOTHING IS POSSIBLE UNLESS & UNTIL PALACE GETS DISARMED!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      NC IS DIRECTED BY PALACE, rNA & INT’L FORCES!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • najar

      चुनाब हुने निस्चित भये पच्हि किन आइतबार सम्म शारेको होला, नेता हरु भ्न्च्हन भोलि एक्दिन मा पनि सहमति हुन शक्च्ह, तर यत्रो दिन मा त सहमत हुन नसकेको, भोलि के सहमत होला र्,
      आसा गर्हौ, सम्सद बाट गनतन्त्र को प्रस्ताब अल्पमत मा नपरोस्, यो नै नेपाल र नेपालि को माग हो,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tara Pokharrel

      प्रजातन्त्रमा सम्बिधन सम्मत तरिकाबट समस्याको समाधन खोज्न जरुरि छ/ मुडेबलबाट हैन/

      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • greter

      hehe… what a joke!! it’s now getting clear that someone else is running the country… It is either the foreign intervention or the king is becoming active…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker