मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कञ्चट र छातीमा गोली हानी मारियो वीरेन्द्रलाई

    अपडेट (नोभेम्बर ५): माअ‍ोवादीले पत्रकार सम्मेलन गरी आफ्नै कार्यकर्ताले वीरेन्द्र साहको गोली हानेर हत्या गरेको स्वीकारेको छ। माअ‍ोवादीमाथि वीरेन्द्रको स्थिति सार्वजनिक गर्न दबाब बढ्दै गएपछि पार्टीले एउटा छानबिन समिति बनाएको थियो। त्यसैको प्रतिवेदन आज सार्वजनिक गरिएको थियो। त्यसमा हत्याका लागि यसअघि विभिन्न प्रतिवेदनमा नाम आएका तीन जना माअ‍ोवादी कार्यकर्ताहरु नै जिम्मेवार भएको उल्लेख छ। उनको टाउको र कञ्चटमा गोली हानी मारिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा भनिएको छ- माअ‍ोवादीका एरिया इञ्चार्ज लालबहादुर चौधरीको निर्देशनमा कुन्दन फौजदार र रामएकवल सहनीले उनको अपहरण गरेका थिए। फौजदार र सहनीलाई पार्टीबाट निकालिसकेको भने पनि लालबहादुर चौधरी अझै पार्टी मै रहेको र अहिले बल्ल निकालेको माअ‍ोवादीले बताएको छ।
    *********
    (नोभेम्बर 4)
    अन्ततः पत्रकार वीरेन्द्र शाहको अपहरण भएकै दिन नृशंस हत्या भएको खुलासा भएको छ। अपहरण गर्ने माअ‍ोवादी नेताहरुले पार्टी कै निर्देशनमा अपहरण गरेको बताएका छन्। अपहरणमा संलग्नहरुले भारतमा लुकेर सञ्चार माध्यमहरुमा यसरी मार्‍यौँ भन्दै कति न बहादुरीको काम गरे जस्तो गरी नेपालको लाचार प्रशासनको धज्जी उडाइरहेका छन्। अपहरणमा यी यी मानिस संलग्न छन् भनेर त स्थलगत अध्ययनमा गएका टोलीहरुले पहिले नै स्पष्ट गरेका थिए । यदि सरकार र माअ‍ोवादी संवेदनशील भएको भए उनीहरुले त्यतिबेला नै उनीहरुलाई पक्रेर सत्यतथ्य बाहिर ल्याउने थिए। तर उनीहरु खुल्लमखुल्ला घुमिरहेका थिए।

    माअ‍ोवादीले के गर्‍यो- पार्टीको केन्द्रीय नीतिविपरीतको कार्य भन्यो, चुप बस्यो।

    सरकारले के गर्‍यो ? छानबिन हुँदैछ भन्यो, चुप बस्यो।

    दबाब बढ्दै गएपछि माअ‍ोवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री कोइराला दुवैले तीन दिनभित्र वीरेन्द्र शाहको स्थिति सार्वजनिक गर्ने बतायो। तर म्याद सकिँदा पनि केही गर्न सकेन।

    आजै विशेष अधिवेशनको बैठकमा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गृहप्रशासनको लाचारी प्रकट गरे- अहिलेसम्म केही जानकारी छैन हामीलाई। सिंगो प्रहरी प्रशासन लगाउँदा पनि केही थाहा हुन सकेको छैन।

    आफ्नै पूर्व कार्यकर्ता सामेल भएको यत्रो ठूलो घटनालाई केन्द्रीय नीति विपरीत मात्र भनेर पन्छिरहने गैर जिम्मेवारी माअ‍ोवादीले देखायो।

    अब गोहीको आँसु चुहाउने अ‍ौपचारिकता मात्र बाँकी छ।

    निन्दा गरौँ हत्याको। गैर जिम्मेवारपनाको। लाचारीको।

    अपहरणकारीहरुले स्थानीय सञ्चार माध्यमलाई दिएको जानकारीका आधारमा प्रहरीले आज वीरेन्द्र शाहको शव खोज्न गएको थियो। तर भेट्टाउन सकेन। र, प्रहरी र आज सरकारका तर्फबाट गृहमन्त्रीले संसदमा दिएको जानकारी अनुसार आधिकारिक रुपमा वीरेन्द्र शाहका बारेमा केही पनि थाहा छैन। अपहरणकारीको आएको भनिएको बयान सही हो कि हैन पनि पुष्टि हुन बाँकी छ।

    यदि हो भने जाने मान्छे गइगए, यो हत्याकाण्डमा सहभागी सबै दोषीलाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा सजाय दिलाएर मात्रै सरकारले लाज बचाउन सक्छ। अनि माअ‍ोवादीले पाप पखाल्न सक्छ।

    तीन दिनभित्र सत्यतथ्य सार्वजनिक गर्छौँ भनेर भन्ने प्रचण्डले पनि यस विषयमा केही बताउन सकेका छैनन्। बोलेको कुरा पुर्‍याउन सक्ने भएका भए त अरु धेरै कुरा पनि पुरा हुन्थ्यो होला। अमेरिकी कुटनीतिज्ञको हत्या गर्ने षड्यन्त्र दरबारले रचिरहेको प्रमाण पनि पेश भइसक्थ्यो होला। केन्द्रीय नीति विपरीत भनेर भने मात्र जिम्मेवारी पूरा हुँदैन भनेर माअ‍ोवादीले बुझ्नु पर्छ। हिंसाको राजनीतिबाट शान्तिपूर्ण मूलधारमा आउँदा आफ्ना कार्यकर्ता र पूर्व कार्यकर्ताबाट हुने र हुनसक्ने कुरातर्फ सचेत हुनैपर्छ नेतृत्ववर्ग। सरकारको ढुकुटीबाट पैसा पाएर पनि अहिले फेरि माअ‍ोवादी कार्यकर्ताहरुले पर्यटकहरुसँग चन्दा उठाइरहेका छन्। कुटपिट, धाकधम्की कायमै छ। यी सबलाई पनि केन्द्रीय नीति विपरीत भनेर भन्दैमा दोषबाट पन्छिन मिल्दैन। त्यति भन्दैमा हुने भए त भोलिपर्सि माअ‍ोवादीका छापामारहरु शिविरबाट बाहिर निस्केर सदरमुकाम हान्लान् अनि भन्लान्- यो पार्टीको केन्द्रीय नीति हैन।

    यसैबीच वीरेन्द्र शाहको स्थिति सार्वजनिक गर्नुपर्ने माग गर्दै सिंहदरबारमा पूर्वसूचना सहित धर्ना गर्न गएका पत्रकारहरुलाई प्रहरीले दमन गर्‍यो। एक दर्जन जति पत्रकार घाइते भए। यस्तो दमन जरुरी छँदै थिएन। त्यो निषेधित क्षेत्र पक्कै थियो। तर पनि गम्भीर माग गर्द‍ै उनीहरु त्यहाँ पुगेका थिए। सामान्य ढंगले सम्झाएर उनीहरुलाई फर्काउन सकिन्थ्यो। तर अन्धाधुन्ध लाठी प्रहार गरेर घाइते पो बनाइयो। त्यो पनि लोकतान्त्रिक सरकारले। के प्रहरी भन्ने बित्तिकै दमनै गर्नुपर्छ ?

    No related posts.

    82 comments to कञ्चट र छातीमा गोली हानी मारियो वीरेन्द्रलाई

    • SydneyBata

      Chanda , achanda ra Prachanda madheko Prachanda lai Faasi ko sajaya dinai parcha. HANG PRACHADA…. FINISH JUNGALEE RAAJ…. BABURAM LAI GOLI RA BADAL LAI CHI BOMBLE MARNU PARCHA. you know what , once I came across 1 maoist (2003) having mental problem after killing a policeman, with a bomb, which he had to put in Policeman’s mouth after they captured them, by order of his commander.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ram Prasad

      Jasle J J bhane pani YO “Sitaula” homeminister banna layek chhaina….
      Tarai ma kai garna nasakne…..Prasasan lai tagada banauna nasaken ani “Ma sano manchhe..thulo jimmewari payee..Galti bhayo” bhanera funny comment garne…
      Herdai musa jasto chha….Ali tagda homeminster nabhaikana desh ma shanti aaune wala chhaina..
      Maobadi pagi ta jyan mara nai ho..jati gali gare pani nahune…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गर गर माओबदि हो तिमिहरु कानुन भन्दा माथि chau timi haru ko birodhi lai sakhap para janata key boldainan gara gara jungle raj ma yedtai huncha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bara sharma

      मान्छे मार्नेहरु हत्यारा हुन . हत्यारालाई जेलमा कैद गर्नुपर्छ. अब सबैले बुझ्नपर्छ को को लाई जेलमा हाल्ने? हत्याराको डफ्फालाई मन्त्री, राजदुत्,साम्सद्, जि एम्,जागिर होइन जेल्खानामा थुनौ .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • GN

      विरेन्द्र शाहको अवस्था सार्वजनिक गर्नु पर्ने माग राख्दै सिंह दरबारको ढोकामा पुगेका पत्रकारहरुमा यसरी लोकतान्त्रिक भनिने सरकारले निर्मम दमन गर्नु घोर आश्चर्य हो । सोही प्रक्रितिको दमन अस्थायी शिक्षकहरुको आन्दोलनमा पनि भएकै हो त्यति बेला उनीहरुको लागि बोलिदिने पत्रकार भएनन् आज त्यही लाठी आफ्नो टाउकोमा बर्सिदाँ सारै नमिठो हुँदो रहेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनुजबाबु

      यो जनवादी गणतन्त्रको महान अभ्यास हो । भोलिको शासन कसरी चल्नेछ भन्ने कुराको नमूना प्रयोग हो यो । किन र के का लागि अचम्म मान्न पर्‍यो यो कुरामा ? लाल बहादुर चौधरी, कुन्दन फौज्दार र सहनीले भनिदिए अरे (भारतमा आँफू लुकेको ठाउँबाट, नपत्याए अनलाइनखबर डट कममा पढ्नुस्) , यो माओवादी नेतृत्व कै निर्देशनमा भएको हो अनि मान्छे मार्नु आफ्नो लागि कुनै ठूलो कुरा हैन ( यस्ता त कति मार्‌यौँ मार्‍यौँ, यो हत्याले यति तहल्का मच्चाउला भन्ने सोचेका थिएनौँ)। वीरेन्द्र शाह एमाले कित्ताको प्रेस चौतारीका केन्द्रिय सदस्य पनि रहेछन । यसो भनेपछि , संसदमा एमाले र माओवादी मिलेर कांग्रेसलाई एक्लाएर तह लगायौँ भन्दा कै दिन र बेलामा एउटा कम्युनिष्ट लाइन कै पत्रकारको बलीवेदीमा हत्या गरी आफ्ना कूलदेवता लाई चढाएर नेपाली कम्युनिष्टहरूले यो भन्दा महान कर्म के गर्न सक्छन भन्ने प्रमाणित गरिदिएका छन् । धन्य छ हामी नेपाली २१ औँ शताव्दिको जनवादी लोकतन्त्रको क्या काइदाको रिहर्सलमा बाँचेका छौँ !

      धिक्कार छ नेपाली लोकतन्त्रको पहरेदार मिडियालाई ! माओवादीका हरेक कर्तूतमाथि पर्दा हालेर , आँफूसंग सहमत नहुने विचारलाई सफाया गर्ने हरूलाई मसिहा बनाएर प्रस्तुत गर्न पछि परेको छैन हाम्रो मिडिया।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bandre

      हत्यारा प्रचण्डे हो | माओबादि भनिने डाका समुहको सरदार त्यहि हो | एक नम्बरमा त्यसलाइ फासि दिएर, नेपालमा फासिको ब्यबस्था लागु गर्नु पर्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • ramesh

      And more Sandhyaji,

      without responsibility “aire gaire nattu khaire” even can rule the nation……I think deprived street children can rule better than the Girija is ruling at present….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      sandhya raiji,

      Yes include Sitaula and Girija also in that list, they had lied to the people although they knew that Birendra Shah was already killed. They also should take the responsibility of Rautahat incident (27 people killed), Lahan incident (1 killed), madhesi andolan (42 people killed) and Kapilvastu incident (18 people killed).

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jonkey kancha

      क़े यो माओ(खाओ)बदिको सम्बिधन सभा भाड्ने चल्खेल हैन र किन माओ(खाओ)बदिलाइ नै राजा फालेको जस्तो नफाल्ने नि????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shyam

      Shramjiwi Patrakar Birendra Saha ko asamayik ebam andolankariharu bata pashawik hatya bhayekoma Dingat Atma ko chir shanti ko lagi Bhagwan sanga kamana gardachhu.
      Gidhda marne belama sahar tira pase jastai ahile Maobadiharu pani sahar paseka chhan, yadi yo ukhan satya ho bhane let us also pray for their untimely death.
      Ke janata ko mukti ko andolan shramjiwiharuko krur hatya bata safal hunchha?
      Jaha samma maile sune anusar Maobadi andolan bhaneko bhastrachar birudhda(no corrupt has died so far till today by them, because they are the best donor)sarbaharabargako pratinidhitwa garne(99% people who they have died during their revolution are from most poor class)ebam Naya Nepal ko nirman garne(almost young generation have left the country for their lives, due to the fear of Maoist, otherwise who knows they also have to die like Late Birendra Saha)janata ko mukti ko andolan(definitely you maoist will kill all nepalese except your cadres)but none of the common nepalese has seen a sinle glimpse of any one of their achievement.
      Nepalese have forgotten to sleep peacefully from last 13years because of Maoist, more than 60% of high skilled man power have already migrated from the country, more than 20% young generation are from the nation, most of the industries are closing down day by day and Industrialist are investing their capital elsewhere other than their own country, why our Nepal is looking old and ugly day by day? why foreigner have started to doubt in our honesty these days? A class one student can give the answer of it saying “It is because of Maoist”.
      Ye sanyami Nepaliharuho, forget about the dream of new Nepal and Better Nepal atleast now. Ofcourse we can have New and better Nepal if we unite again like 2062-63, coming out with naked khukuri, bancharo, bhala and fight against jyaanmaras and finish them fro the root, then only we can sleep peacefully, then we can see the New Nepal and better Nepal in the dream and the reality as well.
      Atlast I salute you Birendra Saha, be born again in this country again because you have to write lots of news to aware and inform to your fellow countrymen and for your New Nepal.
      I condemn the murderer and its coward party leaders and cadres.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoj

      लिम्बु पुर्ण बोल्यो तर के बोल्यो हेरौं साथी हो|
      साउनमा आँखा फुटेको गोरुले सँधै हरियो देख्छ भने छै फेरी माओबादी कै बखान| नाम मात्रको पुर्ण, बिचार चाँहि अपुर्ण नै रहेछ|

      Rocky को बोली कहिले फुट्ने हो कुनि?

      अति भयो माओबादीको बिहारी गणतन्त्रको अभ्यास, अब माओबादी बहिस्कार अभियान थाल्नु पर्छ ताकी अरु कुसैको पनि बिरेन्द्र शाहको जस्तो हबिगत नहोस्|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ausan

      Maoists are not going to take any action. Didn’t Prachanda promised he will take action against those who were involve in MADI incident. That didn’t happen and this won’t happen either. Maoist are nothing but bunch of hypocrites and no one should believe them.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Surya

      जनताको नाउँमा जबसम्म माओवादीले जनताको ज्यान लिने कुकर्म गर्ने छुट पाउछ्न भने अर्को कुनै शक्तिलाई माओवादी सिध्याउने अधिकार किन नहुने? सुध्र माओवादीहो सुध्र

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • grg

      राजाले मन्दिर धाएर अझै आफु शाक्तिमा रहेको सकेत गरे जस्तै..माओवादीले पनि आफ्नो बिरुद्दमा जाने जो कोहिलाई जे पनि हुनसक्छ भनी गरिएको प्रतिकात्मक कार्वाही हो…माओवादीको यस्तै रवैया रहने हो भने नेपालको बामपन्थी आन्दोलनलाई ‘नरहे बाँस नबजे बाँसुरी’ बनाउँछ,…तल कार्यकर्तालाई जुताको माला पहिराउने केन्द्रमा माओवादीलाई साथ दिएर माला पहिराउने के गरेको होला एमाले नामधारी पार्टीले …कमल थापाले आन्दोलन दबाउन नैतिक जिम्मेवारी छ भन्दा त केहि भएन ..झन माओवादी त आहिले असनको साँडे जस्तै छाडा छन के को कार्वाहि हुनु….मह जोडीको ‘नेपाल बन्द’प्रहसनमा छाता देखाएर भुँडीमा घोचदिउँ भने जसरी केहि भन्नै हुन्न अहिले माओबादीलाई शान्ति भङग हुने धम्की दिन्छ के गर्नु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandhya rai

      “नेपाल मा म्रित्युदण्ड को कानून एक चोटि लाइ मात्र भने पनि आवश्यक भयो”

      मुर्ति चोर ग्यानेन्द्र र उस्को जमात सगै श्रिमान….”प्रचण्ड” प्रतापि भुपति र बाबु राम को जमात लाइ सम्पूर्ण जनताको सामु खुल्ला मन्च मा बाजा गाजा सहित डोरि मा झुण्ड्याइ कानूनपुर्वक म्रित्युदण्ड नदीये सम्म देश मा शान्ति को ढोका नखुल्ने हुनाले यो काम अबिलम्ब गरिनु पर्यो
      तर कस्ले गर्ने?
      अहिले को सर्कार भनेको तिनै डाकु प्रचण्ड हरु को गुलाम भयेका ले त्यो पनि सम्भव छैन
      त्यसैले यि दुइ मान्छे को रगत पिउने नरपिशाच प्रचण्ड हरु को शरिर र धड अलग गर्न जनताले अर्को बिद्रोह गर्नु पर्ने स्थिति आइ सकेको छ, तर यि प्रचण्ड हरु ले आफ्नो टाउको अचैनो मा परि सक्दा पनि यि कुरा बुझ्दैनन

      हे सोझा साजा निरिह मान्छेको रगत पिउने र मासु खाने नरभक्षि हरु हो, तिमिहरु को म्रित्यु कति बिभत्स हुने छ तेस्को तिमिहरु लाइ कल्पना सम्म पनि छैन, सपना मा पनि तिमि हरु कहालिने छौ, तिमि प्रचण्डहरु को जिउदो शरिर स्याल गिद्द ले खानेछ, मर्न पनि पाउने छैनौ
      तिमिहरु लाइ पाप को डर छैन किनकि तिमिहरु भगवान मा बिश्वास गर्दैनौ तर आफ्नो शारिर मा त बिश्वास गर्छौ नि! तेस्मा हुनसक्ने अनन्त पिडा मा त बिश्वास गर्छौ नि! तेहि नै तिमिहरु को काल बनेर आउदै छ
      प्रचण्डे, तेरो पनि स्वास्नि छोरा छन्, त मरिस भने तिनिहरु ले शोक बेहोर्नु पर्छ, तलाइ बिरेन्द्र शाह को परिवार हेर्दा आफ्नो ऐना हेरेको जस्तो भयेन?
      कुपुत्र, त किन जन्मीस होला!
      ग्यानेद्रे, डाकु, तैले कति मान्छे मारिस्, तेरो र प्रचण्डे को एउटै हालत हुदै छ

      पाठक साथि हरु, क्ष्यमा गर्नु होला, मेरो नेपाल को समाचार हेर्दा र सुन्दा मन चुर्ण चुर्ण भै सक्यो, हामि नेपालि हरु कति शान्तप्रिय, इमान्दार, र स्वाभिमानि थियौ, अहिले आयेर इ ब्वासा हरु ले देश भित्र आफनै आमा लाइ बलात्कार गरिरहेछन्, र जवाफ मा मान्छे खायेर डुन्ग डुन्गि गनायेर सडेको मुख खोलेर गिजा देखाउदै अट्टाहास गर्छन्

      धिककार छ प्रचण्डपथ लाइ
      धिकार र ग्यानेन्द्रेपथ लाइ
      तिमिहरु दुबै मुन्टै चुडिनेगरि फासिको डोरिमा कस्सियेर झुण्डिनेछौ

      सन्ध्या राइ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himal

      सधारण मानिस मर्दापनि यसरी पहिला नै निन्दा गरेको भए त यो पत्रकारहरु ले अहीले आएर यसरी दुर्भाग्य भोग्न पर्दैन थियो होला नि? जे होस आगमि दिन हरु मा जो कोही लाइ पनि राम्रो कामलाइ स्याबासी र नराम्रो काम लाइ सबैले निन्दा गर्न सिकौ अनि मात्र देश राम्रो दिशामा बढन सक्तछ्……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepali-John

      भगवान ले अब सजाय दिन्छ्न प्रचन्ड र बाबुराम अनि बाद्ल हरु लाई अब त यी नेता हरु र प्रशासन को बिस्वास नै लाग्न छोडिसक्यो …जय पशुपती नाथ …केहि गर्नु पर्यो ……

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • madan

      मदन फेरि लेख्छ
      आब बिरेन्द्र शाह को परिबार कसरि बाच्छ्???बाबुराम र प्रचन्ड लाइ पनि तेसैगरि कसैले मारिदियोस्!!!
      उनिहरु को चै ज्यान्,के बिरेन्द्र को चै ज्यान होइन्????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • limbu purna

      यो सब के.पि. सिटुला ज्यु कै अन्धो समर्थन बाट (माओबादि को) भयेको हो जस्तो लाग्छ !खै त महेन्द्र नगर को प्रकाश ठकुरि को स्थिति पत्ता लागेको?
      किन के.पि.ज्यु ले माओबादि लाइ येति सार्हो काखि च्यापेको बुह्नै नसक्नु छ
      अब कथित प्रचन्ड ले पनि गोहि को आन्सु पक्कै झार्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhim

      बिरेन्द्र साहा हुन या किस्न् सेन हुन्,मान्छे मार्ने अधिकार कसैलाइ पनि छैन/
      ज़ोसुकै ले सर्कार बनाओस त्यो पनि सरोकार छैन्.
      हामि लाइ कुशलॅ नेत्रित्व चाहियो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SN

      Prachanda is same as deadly Polpot of Cambodia. It is just the beginning. If he become president of Democratic Republic of Nepal he will defenitly turn Nepal into Bloodyland rather than Switzerland. Polpot kill more than 5,00,000 innocent Cambodean people may be we have to count 5,00,000+ innocent Nepali people if maoist comes into power. Be aware Nepali brothers and sisters. Long live people freedom to live.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मान्छे को ज्यान लिनु भने को चाहे जो होस नराम्रो हो ! तर पत्रकार बिरेन्द्र साहा को मात्र किन सासद देखि लिए र मिडिया हरु पत्रपत्रिका टि.भि लगायत सबै नेट्वोर्क हरु मा पाथमिक्ता पाएको किन अरु नेपालि जन्ता मानिस होइन कि आरु नेपालि जन्ता जो दिन दिनै आपहरण हत्या लुट्पाट गरिदै छ के तिनि हरु को सुरक्षा हुनु पर्दैन किन ति १०० यौ हजारौ जन्ता को कुरा नि पत्रकार बिरेन्द्र साहा को जस्तै नउठेको आरु आम नेपालि जन्ता को नि बिरेन्द्र साहा कै जस्तै घर मा परिवार छन आमा बुवा श्रीमति नानि हरु छन ! कति रुन्छन कति को बिजोक हुन्छ! किन तिनि हरु मा नि बिरेन्द्र साहा को जस्तै सबै तिर बाट प्राथमिक्ता पाउदैन ! नेपालि जन्ता कति को ज्यान जादै छ तराइ मा दर्जनौ नया दल पार्टि हरु खुल्लाम खुल्ला भन्दै हत्या गर्छन यो सबै लाइ थहा छ आन्य ठाउ मा मावोबादि नि तेस्तै छ आझै नि कति को ज्यान लिदै छ त र खोइ ! आहिले नेपाल मा ठुला आपराधि हरु लाइ किन कानुन ले छुन नसकेको जन्ता ले समाए र पुलिस लाइ जिम्मा दियो भने नि भरै १-२ घन्टा पछि त्यो आपराधि छुटेर खुल्ला घुमेर हिड्छ ! त्यो कस्को कारण ले हो ! मेरो बिचर मा सम्पुर्ण नेपालि जन्ता समान हुन छ्उ र समान सुरक्षा पाउनु पर्छ बिरेन्द्र साहा जस्तै सबै को कुरा बाहिर औनु पर्छ अनि आलिक हत्या कम हुन्छ कि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanjay khanal

      Maoist party MURDABAD. Just go to HELL

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Epsom uk

      Thanks you Vijaya jee. I am hundred per cent agree about your question to Prachandra and Maoist. They are killer wants to rule as a dictators and they are jungalee, Blamming to Government and Gayanee all the time. Think about your policy and behaviour to the Nation and people of Nepal.
      cheers

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mithila ko Nepali

      आफ्नो पाखन्ड र रक्त पिपाशु चरित्र माओबादि ले देखाएका हुन्| बाबू बिनाको जिन्दगि बिताउन अब बाध्य स्व. बिरेन्द्र का छोराहरु प्रति मेरो गहिरो दुख: ब्यक्त गर्न चहन्छु उमेशजी| डाका, हत्यारा सब मओबादी|जनताको रगतमा रमाउने यस्ता नरभक्छीबाट आशा गर्नु बेकार जस्तै रहेछ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Administrator

      नेपाल पत्रकार महासंघको प्रेस विज्ञप्ति
      नेकपा -माओवादी) का कार्यकर्ताद्वारा गत असोज १८ गते अपहृत पत्रकार वीरेन्द्रकुमार साहलाई सोही दिन अपहरणकारीले गोली हानी हत्या गरेको विवरण एक महिनापछि सोही पार्टर्ीी आज अपरान्ह र्सार्वजनिक गरेको सूचनाबाट महासंघ स्तब्ध, भावविहृवल र आक्रोसित भएको छ ।
      उक्त विवरण र्सार्वजनिक भएलगत्तै आज साँझ बसेको महासंघ केन्द्रीय समितिको आकस्मिक बैठकले यस विपत्तिको घडीमा प्रेस स्वतन्त्रताका एक योद्धा पत्रकार साहप्रति हार्दिक श्रद्धाञ्जली एवं उहाँकी श्रीमती उमरावती, ८ वषर्ीय छोरा विवेक, ६ वषर्ीया छोरी विद्यालक्ष्मी, मातापिता, दाजुभाइसहित शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । सूचनाको खोजीमा हिँडेको पत्रकारलाई सूचना दिन भनेर झुक्याएर अपहरण गरी हत्या गरिएको यो घटना प्रेस स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रमात्र हैन मानवीय सभ्यतामाथिकै गम्भीर आक्रमण हो । यो मानवताविरुद्धको अक्षम्य अपराध हो । महासंघ यो घटनाप्रति तीब्र निन्दा र खेद व्यक्त गर्दछ । यस घटनामा संलग्न व्यक्ति र पक्षलाई नेपाली प्रेस जगत्ले माफ गर्नेछैन ।
      महासंघ पत्रकार हत्याको यस जघन्य अपराधमा संलग्न व्यक्तिलाई अहिलेसम्म पक्राउसमेत नगरिएको, सरकार र माओवादीबाट लामो समयसम्म सूचना लुकाएर परिवार, महासंघ र सिंगो राष्ट्रलाई गुमराहमा राखिएको, माओवादीले आफ्नै पक्षबाट भएको यस्तो अपराधमा क्षमायाचनासमेत नगरेको र सरकार अकर्मण्य, प्रतिक्रियाविहीन र निरीह भएकोमा तीब्र आक्रोश व्यक्त गर्दछ । अभियुक्तकै हवाला दिएर पत्रकार साहलाई व्यक्तिगतरुपमा लाञ्छित गर्ने दुष्प्रयत्न गरिएकोमा महासंघ निन्दा गर्दछ । र, अपराधमा संलग्न भएको भनी संसदीय प्रतिवेदनसमेतमा परेका कतिपय व्यक्तिलाई बचाउने प्रयत्न अझै भएकोमा आक्रोश व्यक्त गर्दछ ।
      महासंघ यस जघन्य अपराधमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न, घटनाका सम्पर्ूण्ा पक्ष उद्घाटन र त्यसपछि परिस्थिति गुमराहमा राख्ने सबै पक्षको उच्च तहबाट गम्भीर छानबिन गरी दोषी सबैलाई कारबाही गर्न, व्यावसायिकता र स्वतन्त्रताको निम्ति काम गर्दागर्दै हत्या गरिएका पत्रकार वीरेन्द्र साहप्रति राज्यबाट उच्च तहको सम्मान र परिवारलाई क्षतिपर्ूर्ति, जीविका र बालबच्चाको शिक्षा-दीक्षाको प्रबन्ध गर्न सरकारसँग माग गर्दछ ।
      नेकपा -माओवादी) को जिल्ला संगठन नै परिचालन भई गरिएको यस जघन्य अपराधबाट माओवादी पार्टर्ीीेही कार्यकर्तालाई मात्र देखाएर उम्किन पाउँदैन । बृहत् शान्तिसम्झौता र शान्तिप्रक्रियामाथि समेत आघात् गर्ने यस घटनाका निम्ति माओवादीको सर्वोच्च नेतृत्वले साहको परिवार, नेपाली प्रेस जगत् र राष्ट्र सामु क्षमायाचना गर्नुपर्दछ । हत्यामा संलग्न व्यक्तिलाई राज्य सामु बुझाउनु सो पार्टर्ीीे जिम्मेवारी हुन आउँछ । माओवादीले यसमा व्यक्त गर्ने प्रतिक्रियासमेतका आधारमा महासंघले उसकाप्रतिको धारणा र्सार्वजनिक गर्नेछ ।
      नेपाल पत्रकार महासंघ पत्रकार हत्याको विरोधमा भोलि कात्तिक २० गते देशव्यापी विरोध पर््रदर्शनको आहृवान गर्दछ । राजधानीमा दिउँसो ३ः०० बजे नयाँबानेश्वरबाट विरोध पर््रदर्शन र माइतीघर मण्डलामा सभा हुनेछ । सो पर््रदर्शन र सभामा सहभागी हुन महासंघ सम्पर्ूण्ा प्रेस जगत्, मानवअधिकार र विचार तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैमा हार्दिक आहृवान गर्दछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijay Lama

      प्रिय प्रचन्डजी,

      हेर्नुस् त! आज तपाईको पार्टीले जताततै आलोचना र खेद मात्र खेप्नु परेको छ | हुनत, तपाईको पार्टीबाट येस्तो कुकार्य पहिला पनि नभयेको हैन | तर यो पाली त तपाईको पर्टी माछी जालमा नै परेको छ | त्यतिबेला त तपाईले पार्टीको निर्देशन विपरीत भनेर मात्र पन्छिनु हुन्थ्यो | तर अब यो पालि नी ? प्रश्नको जवाफ यसै पत्र मार्फत पठाउनुहोला | धन्यवाद,

      उही तपाईको भूतपूर्व शुभचिन्तक,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijay Lama

      प्रिय प्रचन्डजी,

      हेर्नुस् त! आज तपाईको पार्टीले जताततै आलोचना र खेद मात्र खेप्नु परेको छ | हुनत, तपाईको पार्टीबाट येस्तो कुकार्य पहिला पनि नभयेको हैन | तर यो पाली त तपाईको पर्टी माछी जालमा नै परेको छ | त्यतिबेला त तपाईले पार्टीको निर्देशन विपरीत भनेर मात्र पन्छिनु हुन्थ्यो | तर अब यो पालि नी ? प्रश्नको जवाफ यसै पत्र मार्फत पठाउनुहोला | धन्यवाद,

      उही तपाईको भूतपूर्व शुभचिन्तक,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पत्रकार महाशयहरु, पत्रकारको हत्या मात्रै हत्या हैन साधारण जन्ताको हत्या पनि हत्या नै हो, त्यसैले यसरी श्रेणी विभाजन नगरी सबै हत्याको बिरोध गरियोस्………धन्यबाद !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Daulat

      The twenty first century’s hitlarism or lets say judicial system of the Maoist. I was great supporter of Maoist once but when they have done something revolutionary action to society but when they chose the shot out (their judicial system) behaviour for others. The brilliant minds’ bullshit policy. I respect those intellectuals who are working maoist party but I damn kick out their policy, I damn care about their vision. All are money making game rather than country making program.

      Rome, Italy

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Daulat

      The twenty first century’s hitlarism or lets say judicial system of the Maoist. I was great supporter of Maoist once but when they have done something revolutionary action to society but when they chose the shot out (their judicial system) behaviour for others. The brilliant minds’ bullshit policy. I respect those intellectuals who are working maoist party but I damn kick out their policy, I damn care about their vision. All are money making game rather than country making program.

      Rome, Italy

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SydneyBata

      Correction Sudeep. They kill 14000, IF someone argue half killed by Army, I say they were provoked, war started by maoist, and in any gurilla war, it’s always innocent people die most, see Kashmir, Nagaland, Aasaam. And Bloody Prachanda Knew that. People has seen his caliber,he’s nothing not a intellectual person, reading Mao’s book and some books by leftist does not make anyone a real Grreat thinker.Bloody killers.Someday he’ll also be killed and that too brutally as they killed other Nepalese.We have to bow our head if we meet someone who knows situation in Nepal.
      Hey Guys you remember “Jiudo manche” we read in our school days, and there were 3 Yamdoot’s Chanda, Achanda and Prachand.. he’s the last one, he kept his name deliberately.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SydneyBata

      पत्रकार को जात जे भये पनि सरकार्लै दोश दिन छोड्दैनन्. I agree with Mridul. And I agree that SItaula is good for nothing. He is pandure No. 1 , Girija ko Chamcha. ANd Umesh ji k ho Nishedhit chetra ma gayera Protest garne ani Breach of law garyo bhanera karwahi pani nagarne??
      Aaile kina yesto Dandahinta badheko?? It;s all because you Punished Policemen after Janandolan, even though they were doin their duty. You Patrakaar people are the one to write doshi lai sajaya hunu parcha, but real culprits still roming, Now Prachanda also comes under the List of Killers even after coming to main stream he’s killing people. Hang prachanda or atleast people kill him he must have killed someone dear to you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • T Kandel

      Maoists is a terrorist organization. So no one should expect democratic culture from them.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Abinav

      अब नेपालि जनता lay autaie kam garnu parcha tyo ho—MAOSIT KA NETA HARU KO TAUKO MA BANCHARO LAY THOKNU PARCHA ANI MATRA HUNCHA HOINA VANAY YO KHEL ASTAIE CHALI RAHANCHA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sudeep

      VERY HARD TO ACCEPT BUT BIPIN SAID WELL ABOVE ON HIS COMMENT…HOW CAN WE FORGET THAT MAIOSTS ARE HERE BY KILLING INNOCENT 13000 NEPALESE PEOPLE.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      Most disgusting thing, one can ever imagine.Something like this happens after a year of so called peace accord. “They” are very consistent with their behaviour.They are the one and only TERRORIST. (Those who don’t agree,Plz omit this, its not you guys)

      Camrades!Which planet you are living in? Whole world is watching you.You can’t get away like this.Shame on you!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      रक्की भनिने टेप्रिकर्डर काँहा सवारी भए होलान आज? नेपाल सेना र राजाको
      उछीत्तो नकाढी कता हराए त आज? प्रचण्ड महाराजको आशिर्बाद थाप्न पो हो कि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaale

      जन्गलिहरु हुन्, कहिल्यै सप्रिदैनन | गधालाइ धोएर कहिल्यै गाइ बन्दैन , माओबादिलाइ सरकारमा राखेपानि, जन्गल्मा राखेपनि यहि हो | रास्ट्रको ढुकुटिबाट पैसा लिएर मोज गर्ने अनि हत्या र आतन्क फैलाउने , धिक्कार |सरकारलाइ दोश दिएर के गर्ने, सरकारले कार्बाहि गर्यो भने, शान्ति प्रक्रिया भन्ग हुने अनि फेरि उमेश जि ले नालायक्, सरकार , नालायक कान्ग्रेस लेख्ने | यहि हो हाम्रो रिति | हाम्रो गरिब मनस्थिति

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मनोज चेम्जोंग, दोहा-कतार

      “नेपालमा म्रित्युदन्डको सजाय हुनु जरुरी छ” कि छैन? आफ्नो बिचार राख्नुस साथी हो|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      मान्छे मार्ने चलन …………………………………
      यो पाट्रि न उ पाट्रि
      जुन सुकै पाट्रि होस्
      जसबाट भय पनि , तो भन्दा निच अरु केहि पनि हुन सक्दैइन .
      कति निच ………………………………………
      सबै तेस्तै हुन पाबर बाला ह्ररु …………………………..
      आब बन्ने सरकार का नेताहरु बिसुद्द रुपमा नेपालि जनाता बात छानियको हुनु
      प्रछ .

      ह्त्या गर्ने चलन को घोर निन्दा गर्नु पर्छ .
      मानिस को हत्या ………………………………
      कसले को बाट सुरछा को महसुस गर्ने ???……………..

      जस्को हत्या भयो ,उनलाइ उनकि आमाले ९ महिना पेटमा राखेर जन्माइन .
      कति प्रेममा उनका परिबार ले हुर्काय उनलाइ .
      उनि थुलो भय . उनि माथि जिमेबार आयो .
      अब उनि उनका परिबारलाइ हेर्छन . उस्तै जिमेबारि बहन सग्गै उनको
      देश प्रति जिमेबारको महसुस भयो . हरेक पेशा झै उन्ले पर्त्रकारिता रोजे .
      उनको हत्या हत्या भयो ……….
      परिबारको बिचल्लि ,छोराछोरि टुहुरा भय , सिरिमति बिधुबा भइन .
      यस्ता क्रम हरु कतिन्जेल दोहोरिने छ ????????????????????

      किन मान्छे , मान्छे मार्न डराउदैन !!!!!!!!!!!!!!!!!!!!!
      के कारण ले डराउदैन ?????????????????????????????????

      जब कि मान्छे मार्ने अधिकार मानबियताको नाताले मान्छेलाइ छैन .

      जसले मान्छे मार्यो ,उसलाइ मानब अधिकार बारे जानकारि छैन !!!!!!!!
      ???????????????????????????????????????????????????????
      उफ ………….कहिले अन्त हुने यस्ता कुरुप चलनहरु !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

      ” सास रहे सम्मा आश ”
      बिरोध गर्दै जाउ .

      उमेश जि तपाइको कलम यसरि नै अत्याचारको बिरुद मा लड्दै जाओस .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mr. bull

      जगिर खनिमन्च्हेहरुले सरकार चलयपच्हि यस्तये हो.बरु येनिहरु पुलिस र सेनामा जागिर खनगय देस्लाये पनि रामेरो हुन्थियो.मोरा भायेरसहरुल्रे देसलाये नच्होदेने भ्ये.पत्रकारहरुले अन्तिभैयेरसको काम गर्दैथिय. मोरा भैयीरस्ले उनिहरुलाये पनि खतम गर्न थलेये.यौता उपाय च्ह.तेओ हो येनिहरुलये चिदिया घरमा पाल्नि.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jonkey kancha

      Aja yedi brendra ya anya kunai sadharan ya bisita manche lai army ya rajabati le jhapad matrai diyeko bhaye so called student union of various political party including YCl le desh am kamtima pani 7 din banda ra blogger like rocky and purna limbu le raja lai katti gali garne ra mao(kaho)badi ko katti tarif ya wakalat garne thiye.. k garne maobadi ya political party (remmber maoist are former terrorist not yet political party) haru ko against ma ra sadharna janta ko support ma KoHI BOLINE CHA RA?????

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dinesh

      अब देखि बिरेन्द्र नाम कसैले पनि न राखोस किन भने राजा बिरेन्द्र देखि पत्रकार बिरेन्द्र लगायत मेरो गाउ को गोथालो बिरेन्दे सम्म को हत्त्या भै सकेको ६ . त्यसै ले सजग हुनु्होस .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh bhattarai

      आतन्ककारिले आफ्नो जात र धर्म त च्होदन सक्दैन नि ..हो तेहि हो यो पनि..बहूलायको कूकूर लाइ मान्चे भन्न मिल्दैन नि …कि मिल्६..?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh bhattarai

      साला माओबादि हरू को जमात नै खाते हो त यसलाइ के भन्नू ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • robei thapa

      बोल्नेको पिठो बिक्छ् !! पत्रकार भएर पो यत्रो रडाको भयो|त्यसरी बेपत्ता त कति भयो भयो..ति सबैको दु:ख आँसु एउटै हो|तपाइ पत्रकारको मात्र हैन सबैको कुरा राखनुस हैन भने “बायस” नहुनुहोस |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      उमेश जि, के गर्ने निद्दा मात्र गरेर? माकुने, रघु जि ले पनि निद्दा त गरे तर तिनिहरु सन्गै सति गयेर सिमित स्वर्थको लगि सनसदमा रमिता देखाको…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विद्याभुषण

      गल्ति गर्ने ले सजाँय पाउनु पर्छ!!
      अमेरिकामा मृत्यु दण्ड छ।
      भारतमा मृत्यु दण्ड छ।
      चिनमा मृत्यु दण्ड छ।
      सिंगापुरमा मृत्यु दण्ड छ।
      नेपाल मा चाँहि किन राख्‍न नहुने???
      दिपक मनाङ्गे छुट्यो रे तारिखमा! ३० जना भन्दा बढी हत्या को प्रयास गरेको मान्छे पुलिस प्रशासनले ज्वाईँ मानेको जस्तो मान्छ। यउटा पत्रकार त मरेको हो नि किन हल्ला बढि गरिरहनु पर्यो र?? कि पत्रकार , बकिल र नेता बाहेकका अरु नेपालि मान्छे नै होईनन् ????? माओबादिले मारेका अरु सर्बसाधारण र तराईमा अहिले कति नेपाली हरु मरिरहेका छन , त्यो मृत्यु चाँहि कुकुर हो ???? पत्रकार मारे पछि मात्र बिरोध हुने हो?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raeebi

      यि देश्माराहरु,नन्क्चरोहरु
      जन्ताको पैसामा खेल्च्हन्,
      जन्तका रगत चुस्च्हन्,
      जन्ताका रगतमा होलि खेल्च्हन्, दशै मनाउच्हन्.
      जन्ता मार चन्, दुख प्रकत गर्च्हन्, हाम्रो निति होएन भन्च्हन्.
      के कसैले प्रचन्द्र, गिरिजा , नेपाल लाई मारेर दुख प्रकत गरे माफि हुन्च/
      उ जेल जान पर्दैन, /
      हुन्च्ह भने थिकै च्ह, होएन भने किन यि खुनिहरु लाई नमर्ने/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धोका दिनेलाई के भनु र खोइ!
      बरु तिमि हासी बस
      हामी बसुम्ला रोइ !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karki D.

      आफुलाई परिबर्तनको हिमायति ठान्ने र परिवर्तन कै लागी क्रान्तिको संखघोश गरेका माओवादीहरुले बिभिन्न्द आरोह अबरोह पार गर्दै वर्तमान स्थितिमा आईसके पछिको परिप्रेक्षलाई मध्येनजर राख्दा यो जघन्य आपाराधिक कार्य कुन प्रयोजनका लागी?कुन परिवर्तनका लागी हो भन्ने प्रष्ट नहुनु नै उनिहरु भित्र युद्धकालिन शक्ति उन्मादको धङ्धङी रहेको प्रष्टिन्छ | विचारमा बिमति राख्ने वा मन नपर्ने ब्यक्ति जो सुकैलाई सफाया गर्ने परिपाटि यथास्थितिमा रहिरहने हो भने भोलीको माओवादी भविश्य र जनताको विचको दुरीमा कति अन्तर आउला त्यो अनुमान गर्न कुनै गार्हो छैन | माओवादी भित्रको दोहोरो चरित्र तथा नेतृत्वबर्ग र कार्यकार्ता बिचको अन्तर्द्वन्दात्मक खिचातानी वा रवैयाले गर्दा तमाम जनता रणभुल्लमा परेकोमा द्विबिधा छैन | जनताका लागी भन्ने अनि जनतालाई नै निशाना लगाउने राजनीतिले नेपालि जनता सार्है पिडित भएका छन |
      पत्रकार वास्तममै परिवर्तनका संवाहक हुन | तिनै माथि यस्तो प्रकारको गैर जिम्वेवारीपूर्ण आक्रमणले उनिहरुको नियत झल्कन्छ | कसैको अमुल्य जीवनमाथि खेलवाड गर्ने अधिकार कोहि माथि नभएको जान्दाजान्दै पनि पटमुर्ख शैलीमा माओवादी यसरी प्रस्तुत हुनुले हामीलाई पो लाज्जावोध भएको छ यो राजनैतीक संस्कार देखि | एकातिर पार्टिको नीति बिपरीत भन्ने अनि अर्को तिर दोषिलाई जानाजानी लुकाउने यो कस्तो राजनीति हो ? लाचारी सरकार त लाचार नै छ उस्को गुणगान त गाउनै परेन | माओवादीले हालसम्म पनि हत्याको राजनीतिलाई नै प्रमुखताका साथ लिनुलाई बुझिनसक्नुको खेल झै मान्नुपर्ने अबस्था छ | त्यसैले यस्ता पाखण्डि हत्याराहरुलाई जति धारे हात लगाएर सरापे पनि कमि नै हुन्छ | नहुनु पर्ने त भैसक्यो तर पनि पिडित पत्रकार परिवार तेतिबेला केहि राहत महशुस गर्ने थिय जति बेला उनिहरुले पहिचान भईसकेका हत्याराहरु कानूनी फन्दामा परिसकेको खवर सुन्ने मौका पाएको अबस्थामा |

      अहिंसा परमो धर्म |||||||||||

      धन्यवाद ||||||||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabesh, ktm

      Really maoist are terrorist…these Seven parties are hunger of sit like a dog for bone..and there is no right to be terrorist in parliament and governmetn. so all this things are happening in the country.. if everything goes just like what maoist want then we normal people should go out of country as refugee.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      उमेश जी,

      गाइले मकै बालि खादा के सराप्नु,
      गल्ति त ग़ोठाला को हो, राम्रो सन्ग गाइ बाध्न जानेन,
      गल्ति किषानको पनि हो, मकै बालिलाइ बारले घेर्न जानेन्…!

      बिरेन्द्र शाह लाइ मार्नेलाइ के सराप्नु,
      यि त प्रचन्डे र बाबुराम जस्ता अल्पग्यानि महापुरुषका चेला हुन्,
      जसो जसो गुरुदेब उसै-उसै स्वा:हा: गर्ने…!

      यो गल्ति त सिटौला र गिरिजा जस्ता हुतिहारा मन्त्रि को पनि हो,
      माओबादि ले काखमै सू:सू: गरि सक्दा पनि, काखमै च्यापेर राखि राख्ने..!

      बुढी मर्नु भन्दा काल पल्किनु खतरनाक हुन्छ रे, पत्रकार मित्रहरु माओबादि नामक “काल” देखि होस पुर्याउनु होला!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh bardan

      खोइ Rocky, लिम्बु पुर्ण जस्ता माओबादी समर्थकको कमेण्ट पढ्न पाईएन नि??

      कि यसो भन्ने हो कि ” ज्ञानेले एउटा बिरेन्द्र शाहलाई मार्यो, हाम्ले अर्को बिरेन्द्र शाहलाई मार्यो, हिसाब बराबर”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh bardan

      - कृष्ण सेनलाई सेनाले मार्दा कत्रो आवाज थियो माओबादीको, अझै पनि आवाज ठुलै छ|
      - बिरेन्द्र शाह, डेकेन्द्र थापा, ज्ञानेन्द्र खड्का हरुलाई मार्दा खोइ त आवाज? यिनिहरु पनि पत्रकार नै हुन? फरक यति मात्र हो कि उनिहरु कुनै पनि राजतिनिक पार्टीसँग आबद्द छैनन्|
      - उनेशलाई मार्यो भने एमाले कति कराउने होला???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna

      Be careful nepali people!!!, the leaders are betraying us. It is their historical habit. And the maoists are in front of this. I hate the shamed activities done and doing by Maoists. They are not leaving the old methodologies they used at the time they were declared as terrorist. and all the political parties are supporting the moists’ brutal activities.WHY???? WHY???? WHY?????

      -Krishna Paudel(paudel_krishna514@yahoo.com)
      Samakhusi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biplav, usa

      binaya ji ! could there be a justifiable cause of abducting someone and cowardly killing him ? just forget the cause n effect…one who killled should be blamed….and punished. it is as simple as abc. why should one think critically for a proved thing? should everyone(including you and me) be blamed for the latest murder? they killed people in the past and are still killing …The ‘effect’ is there. what the hell are you talking about?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dilip aryal

      माओबादि तिमिहरुले तेस्सको जिम्बेदबरि लिनुपर्यो /नत्र तिमिहरु को पारा देसमा गनतन्त्र आयेपनि येस्तै हुने chha.
      तिम्रा साथिहरु येस्तै गर्न मनपराइरहेका chhana so तिमिहरु i mean Prachanda and Baburam,What u planning to give people after your sucess in revolution in country.
      maobadi haru le yesali sochhanai prchha natra nNepali janta timiharu ko satha ma kahile hune chhaina.that is truth.
      Dilip Aryal
      sydney

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binaya

      There is now word to condenm on killing journalist. Its so inhumane and those who are involved has to be punished. Culprits must be hanged on tree. I am really shocked with this news.

      However, given fragile state of the country, one should not blame only one, this is the effect of the situation, we must analyze the cause. WHo really are the adament to change and doing delay in moving toward the people oriented systems. Just imagine if every maoist combatants go for criminal activities who can control the crime!!! noway

      Think critically guys, dont look at always the effect must look at the root cause

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biplav, usa

      Yesterday they killed only the ‘CHOSEN FEW’, today they CHANGED, and killed mere birendra. THIS IS ONLY THE BEGINNING !. TOMORROW THEY WILL KILL EVERYONE WHO THINKS DIFFERENTLY.THEN COMES THE….. THEY ARE REAllY FOR IT !
      Man ! these maoists are nepali TALIBANS.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabhat

      यदि स्राप दिन्दैमा लाग्नेभय नेपाल नेता बिहिन देश भैसक्ने थियो. यो युग प्रजातन्त्रको हो, त्यसैले जस्लेजेमन लाग्यो त्यहि गर्न पाउनु पर्छ्, के सर्बसम्मत बात बिद्रोह गरेको भए, माओबादिहरु आज सन्सद् मा हुन्थेत? बरु ससक्त बिद्रोह गरेर नै राजा सत्ता बिहिन भयो, जनता शक्ति बिहिन भए, र अरु पार्तिहरु लाचार र डरछेरुवा. नेपाल दुर्गा भवानि को देश हो, येदि शक्तिशाली छौ भने राज्य गर, यदि शक्तिछैन भने, यात चुप लागेर बस यात मरेर जाउ,
      याहा दार्बिन न को बिकासबाद को शिदान्तलागु हुन्छ्, अरुकुनै बाद याह चल्दैन,र यो ब्लग मा हामि जतिनै कराय पनि कस्को के लछार्छर्?पिनासुक्दै गर्छ्,
      देश तब मात्र राम्रो हुन्छ जब सर्कार जोसुकै भयपनि देशको आधार्भुत सनरचना कहिलेपनि परिबतन हुन्दैन. यहा त सर्कार परिबर्तन हुने बितिकै, पिउन देखि, हाकिम सम्म फेरिन्छ्.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • AP

      Those who killed Birendra should never be allowed to leave freely. The main culprit is maobadi, friends, maobadi are keen to anarchism and they are still showing their intimidating behaviour which is not tolerable to any civilized society. Dhikkar cha maobadi haru lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil

      I am with bipin,,
      Nice comment..
      California

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • myvoice

      ekchin ta mukh chodara gali garna maan lagcha sabai lai… Prachanda, baburam u all are coward… U are bladdy shit.. i tried so much to give u guys somthing called political respect but u never gave me this chance….. Girija Madhav kumar u guys are corrupt.. and we all the pupets… it’s high time for us to enter into political maintstream.. i guess writing on these blogs will no more help to make all the people aware of these acts…… I condemn such acts and I am really sorry for the family of another innocent Nepali. But the question is till when and How many?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Thank God! Finally it is clear! Who is terrorist?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bipin gnimire

      बिरेन्द्र को रगत् ले दिपावलि को दियो बाल्न अनुरोध गर्दै प्रचन्द लगयेत उसका प्यारा कार्यकर्ता हरुलाइ दिपावलि को शुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Usha Khand

      I am deeply saddened by your ignorant and your deep rooted communist appreciation and fear that has led you to only renounce autrocities by the communist???. What is the difference between the king’s rule and the present communist dominance fear tactics. Do you think nepal is going to become a free and democaratic nation. I think you must be in a day dream. This is what Nepal is heading towards: A puppet of India dominated by the so called “democrats” that are power hungry and subserviant to the masters wishes. The viceroy, Mr. Ambassador of India will will upon the leadership, Nepal has just entered into the twilight zone, the zone of eternal conflict.
      We the so called loktantrik may not like this vision. Welcome to the real world. how long can we wear a rose lensed to see the dreadful “tandav nritya” in our motherland. You know, I think the totalitarian regime of the King was far better than the current situation. I had hoped and prayed that these leaders would not get themselves into the quagmire, but…….
      Jana Gana Mana….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • janga bahadur

      justice for all. Help the victim punish the killer.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • A. Sharma

      यो आतककारि रुप हो ..कुरा जति गरे पनि ..काम यस्तो ..थुक्क…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dharam

      There is no word to condemn this brutality of the Maoist. On the one hand the Maoist are saying and often say they are fighting for the people, and other hand they are still killing the ordinary people.
      The Maoist central leaders are saying and often say that it is not their central policy when their activists do such condemnable behavior with the ordinary people. A very surprising thing is that what exactly the policy of the Maoists. I think they do not have any policy. They only learned to killing and, abduction of the Nepali poor who are fighting for their own livelihoods. I highly condemn the Maoist politics in the name of poor Nepalese.

      The Maoist immediately should stop such activities from top to bottom.

      Dharma
      Europe

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem thapa

      I think maoist always get way with excuse. Mr Prachand and Mr Baburam teach their cadres how to kill innocent the people, now they that we want to be responsible, actually cultprits are MR Prachanada and Mr baburam. Home minister is puppet of maoist, he doesnot have dare to arrest anyone of these cultprit, everone is knows that maiost is responsible, mr home minister if you have guts why dont get arreste whoever is responsible killing the innocent jounalist.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Indra(HK)

      बिचारको राजनिती गर्नुपर्छ मान्छे मारेर पाउनु केहि छैन/

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • suvechchhuk

      मानिस को बाच्न पाउने अधिकार खोस्ने त्यो जन्गलि रुपिक नर पसुको पनि बाच्ने अधिकार खोस्नै परदच्ह अन्याथा येस्ता घटना हरु दोहोरिरहन्च्हन्.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Doha Qatar

      These Maoist are really good for nothing. Just pretending and trying to make fooled puiple hoodwink.Who the hell are they?Who authorized them to misuse their power?The time will come and we will tell our children about their story like this……
      Once upon a time in Nepal, Maoist tried to show their power by niggling and massacring people now they mislaid.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hey, Maobadi jee haru and Prachanda Head Sir,
      Ke ho Rajnitee garyou vandaima Aarkako jyan easily hatay garne kasto timiharu ko bidampana ko rajnitee ho yo??? Ani Girija Hazur baba le kahilya pani desh ma subawasta lyauna nasakne kasto silly chala ho yo?
      Maobadi haru ho, Timi haru gairib ko party hau vanchhau yehi ho ta taal manchhe marne, chanda uathaune, manalagdi….Ho I do support too but not like this way why this things always doing?? I feel so bad why you peoples killed to Birendra shah.Stop your killer to peoples poltical. why never couldn’t come on compermize your dicision. don’t made the nation RANA BHUMI.nobody doesn’t like that….
      why always garib janata killing what you get from that if you could kill the big person silly maobadi ho.

      MS Adhikari!
      Minneapolis,MN

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यस्तो जघन्य अपरादधको जतिलसुकै भ्रत्सना जरेपनि कम हुन्छ.ति हत्यारा हरुलाई कडा कारबाहि(फासि दिइनु पर्छ) हुनु पर्दछ.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Mridul

      Hello Umesh it’s too mmuch,
      yrs Maoist killed Birendra , still u r behind the Goverment saying “Sarkar le Garena? ”
      Congratulation to u for killing Birendra…
      Keep on doing….
      “Laj Bhanne kura na bhaye pachi k bhanne? ”
      Manche marne Prachanda gali paune Sarkar…..

      Hang on Prachanda, Babu Ram and Umesh till death……..
      this is the solution ……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनुजबाबु सत्यपथी

      शान्ति प्रकृया खलबलिने नाममा माओवादीलाई छुनै नभएको कुरा जान्दा जान्दै अनि माओवादीको हरेक कुरामा ज्यादति भएको जानेर मान्दा मान्दै , सरकारको लाचारीको चर्को श्‍वरमा निन्दा गर्नु तर माओवादीलाई दह्रो तरिकाले तिमीलाई ‘धिक्कार छ कपुतहरू हो !’ भन्न नसक्नुको माथिकै उदाहरणले पुष्टि गरिरहेको छ आज नेपालमा कसको पिठो बिक्ने गरेको छ ।

      कुरा क्लियर छ वीरेन्द्र शाह मात्र हैन , कुनै मान्छे मार्न पाइँदैन । कसैलाई कसैको जीवन लिने अधिकार छैन । अपराध गर्ने र गराउने सबै अपराधी हुन । सरकारले के गर्ने , जब कि सरकार नै माओवादीको यो रहर र त्यो रहर पूरा गर्दै बुबु, माम र चिचि पिलाउन र खुवाउन व्यस्त छ ।
      बरू यो अपराधका मतियार, आदेशकर्ता र कर्ताधर्ता या त आँफै झुण्डिएर मरून वा कुहिएर सडून भनेर श्राप दिने हो , अरू केही हुने वाला १,२,३ छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • krishna

      निन्दा पनि कति र के के कुरा मा गर्ने हो र खै.यो पन्गु सरकार अनि हत्त्यारा माओबादि हरु को ? अब हाम्रो शन्ति भुमि पनि हत्त्या र हिन्सा ले गरस्त हुने भो.अपहरन र हत्या त साधारन नै भयो.हे भगावान हाम्रा नेता हरु को बुद्धि को घैतो म घाम लागोस्.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Binod Rayamajhi

      Hi,
      namaskar.
      Nepal ra nepali ko lagi yo durbhagaya kuani naulo kura haina. hami ta harek pal aashu piuna ani harek pal ragat le nuhauna bani nai parisakeka chhau .k garnu jaba ramro kursi ma pani kharab manchhe baschhan ni taba tiniharu le tyo ramro kursi lai pani kharab banaune rahechhan bhanne kura ta hamro rajnitigya le dekhai sakeka chhan .yaha singo raj pariwar ko hatya garida ta tyako chhan bin ko lagi kehi pahal gariyeko chiana bhane sano tino patrakar bhaneko ta k nai ho ra ?? kapilbastu ma singa singai gau ra gaule jalauda ta yaha ko sarkar chupo lagera muk darsak bhayera baseko chha bhane euta byakti marda ta kina chalmalaunu paryo ra ??
      Yo ho hami nepali ko durbhagya ani nepal sarkar ko gairjimmewari ko parakasta . euta rastra ko jimmewar patrakar yati ka din samma haraunu ani tyasko barema ahile samma kehi pani jankari nahunule yo prasta parchah ki nepal ma kunai pani nepali surakchhit bhayera basne din aba gai sake. sarkar ko laparwahi ko yo bhanda thulo aru kunai sima nai chaina.
      aba ta patrakar shah ko hatya bhayeko samachar aaisakeko chha, tyo pani sthan, miti sabai ullekh garera tara pani khai kina kehi kadam chaliyeko chaina ?? kina ??

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker