भारतीय मूलका नेपाली अमेरिकी नेपालीहरु माझ नेपालको झण्डाका साथ। फोटोः नेपालीपोस्ट
-उत्तमबाबु श्रेष्ठ/बोस्टन, अमेरिका-
विज्ञानको एक विद्यार्थीले अनुसन्धानको सट्टा सेलिब्रिटीको अन्तरवार्ता लिँदै हिँड्नु मेरो लागि कल्पना भन्दा बाहिरको कुरा थियो । बेलाबखत मेरो संसार लगायतका मिडियाहरुमा मनको कुरा लेख्नु बाहेक पत्रकारितासँग प को साइनो पनि छैन मेरो । मेरो संसारका उमेशसँग आइतबार बिहान याहुको च्याटरुममा सल्लाह नभएको भए सायद यतिखेर यस ब्लग लेख्नुको साटो पढिरहेको हुन्थे होला । च्याट गर्दागर्दै झटपट भएको अन्तरवार्ता सम्वन्धी निर्णय र फटाफट भएको उचित व्यक्तिहरुको सर्म्पकले पाठकहरुलाई प्रशान्त तामाङको अन्तरवार्ता प्रस्तुत गर्ने मौका मिल्यो । यद्यपि भेटे जति बोस्टनका नेपाली कम्युनिटीका चर्ल्तापुर्जाहरुसँगको फोन सम्पर्क, आयोजकसँगको लामो हारगुहारपछि र अन्तिम समयसम्म पनि समय दिने हो कि नदिने हो भन्ने दोधारका बीच छोटो समय अन्तरवार्ता गर्नको लागि अनुमति दिन आयोजकहरु राजी हुनुभयो । सोधिने प्रश्नहरु आयोजक तथा सोनी कम्पनीका मानिसहरुलाई पहिले पठाइएको थियो र उनीहरुले ती मध्ये छानेर यो-यो प्रश्न सोध्नुहोस् भनेर भनेपछि बल्ल पाइयो प्रशान्त तामाङलाई भेट्न अनि उनीसँग अडियो अन्तरवार्ता गर्नको लागि । नेपालमा सर्वसाधारण नेपालीले चन्दा दिएर तपाईँलाई इन्डियन आइडल बनाए पनि तपाईँको शोको चर्को शुल्कको टिकटका कारण उनीहरु तपाईँलाई हेर्नबाट वञ्चित भएको गुनासो आएको छ नि भन्ने उमेशको प्रश्न र उनलाई लिएर नेपालमा छेडिएको राष्ट्रियता सम्वन्धी मेरो प्रश्न सोनीका मानिसहरुले नसोध्न भनेका थिए।

प्रश्न पठाएर हल बाहिर कुरेको करिब आधा घण्टापछि असिम जोशी दाइ लिन आए मलाई । कार्यक्रम देखाउने हलको माथिल्लो तलामा पुग्दा प्रशान्त झ्यालबाट हिउँको फोटो खिच्दै थिए । तल हलमा कार्यक्रम शुरु हुन लागिसकेको थियो । वाहिर भने यस वर्षको जाडो यामको पहिलो हिउँ बोस्टनको आकाशबाट झर्दै थियो । काँचको पर्दामा देखिरहेको मानिसलाई आफ्नै आँखा अगाडि देख्दा अलि फरक देखिँदो रहेछ । प्रशान्तले पुरानै शैलीमा दाँत देखाएर म र बोस्टन तामाङ सोसाइटीका विजय तामाङलाई स्वागत गरे, सँगै थिए हँसिलो मुहारको धनी गायक राजु लामा । प्रशान्तकी सेक्रेटरी वर्षाले कुन मिडियाको भनी सोध्दा मेरो संसार भन्नासाथ उनले ओहो यो त काठमाडौमा पनि निकै प्रख्यात छ हगि भन्नसम्म भ्याइन्, धन्य हो माइसंसार ।
अन्तरवार्ता भिडियो क्यामेराले खिचेपनि सोनी च्यानलको अनुहारको भिडियो नखिच्नु भन्ने उर्दी (किन हो कुन्नि)को कारण प्रशान्तको हात र खुटा मात्रै खिचेर चित्त बुझाइयो । अनुहारको भावसहितको भिडियो खिच्न पाएको भए सायद सुनमा सुगन्ध हुने थियो होला । इण्डियन आइडल नबनेको भए के गर्नु हुन्थो भन्ने काल्पनिक प्रश्नको जवाफमा घडि हेर्दै उनले निस्कपट भने कालकत्तामा नाइट डिउटी गरिरहेको हुन्थेँ। यसो भन्दा उनको अनुहारमा कुनै घमण्ड नभएको झझल्को मिल्दथ्यो ।
अन्तवार्ताको क्रममा एक पटक उनले आफू नेपाली भएको बताए भने बिहे कस्तो खालको केटीलाई गर्ने भन्दा साधारण खालकी भने अनि नेपाली वाहेक अरु बिहे गरेमा त आमाले मारिहाल्छे नि भन्दै हातलाई अचानो र खुकुरी बनाउँदै देखाउँदा मैले हाँसो थाम्न सकिनँ । यो बुझ्दा प्रशान्तलाई ताक्नेहरुले उनको आमाको मन जित्ने कोशिस गर्नुपर्ला जस्तो लाग्यो।

पाँच मिनेट भनेको अर्न्तवार्ता १२ मिनेट जतिको भयो । अर्न्तवार्ता सकिएपछि राजु लामाको पनि लिने हो भनेर त्यहाँ उपस्थित कसैले मलाई सोध्यो । अपर्झट आएको अनपेक्षित प्रश्नको जवाफ सायद मसँग थिएन । उनको लिएको भए उमेशले राख्नु हुन्थ्यो कि हुन्न थियो त्यो पनि शंकै थियो तैपनि पछि गरौँला नि भन्दै राजु लामाको फोन लिएर विदावारी भएँ । मनमा कता कता लाग्यो नेपालीले नेपालीलाई माया मार्यो वरिलै । राजु लामाले के सोचे कुन्नि – भलै उनले हाँसेर विदा दिए ।
भिडियो खिचेपछि, त्यसलाई अपलोड गर्न र नेपाल पठाउन कम्ता दुःख त भएन। एउटा भिडियो राख्न त यस्तो हैरानी झेल्न पर्ने रहेछ भने उमेशले दिनैपिच्छे कस्तो हैरानी मोल्नुहुन्छ कल्पना गर्दै डर लाग्यो । केही कष्ट र करिब डेढ दिनको समय लगानी गरेर भएपनि मैले मेरो संसारका पाठकहरुको लागि लिएको यो अन्तरवार्ता सायद महत्वपूर्ण होला ।
[अन्तर्वार्ताको भिडियो रिइडिट गरेर अपलोड गर्दैछु। केही घण्टापछि अपडेट गरिनेछः गरिएको छ यहाँ क्लिक गर्नुस्]

Related posts:











hello utam dai,
derai……… darai dahanayabad prsanta tamang sanga interviwe liyako ma la
prakash
namjung -4, gorkha
मन परे हरियो, नपरे रातोः
0
0
Hi Uttam,
Its nice to see u with prashant tamang, one of the great personality of Nepal.I appreciate ur great work. well done.
shambhu shrestha, from Beaumont, Texas
मन परे हरियो, नपरे रातोः
0
0
oh thanks for giving such a interview … i am so excited to see this interview…..
and raju lama ko pani interview bhaiako bhaia ajha gold ma sughanda huntheo hola hai ..
मन परे हरियो, नपरे रातोः
0
0
heay uttam u did great job thanks for it.keep it up it’s me ram lal from london,
ram lal shrestha london
मन परे हरियो, नपरे रातोः
0
0
Hello Prashant
This is Tenzi Pakhrin (Lama) hello again from Reading UK. I know you’re in USA these days and I have been following wherever you go that’s via internet. Soon you will be here in UK too. I am hoping to meet you personally when you’re here in Reading. Also the first program on 5th January is going to held just 10 minuets walking distance from where I live. If possible I love to meet you and have a chat but that will be more likely depend on the sponsors. How ever if you get this message before you get here in Reading then may you will not let me down. Rest I look foreword to meeting you. Have great day bro., see you soon.
Tenzi Lama
Reading U.K.
मन परे हरियो, नपरे रातोः
0
0
Hey Uttam…
Good job…great effort…out of ur bz schedule…keep it up…& Prashant Tamang…a good example for all Nepalese…role model.
मन परे हरियो, नपरे रातोः
0
0
prashant tamang ko interview padhera dharai khusi lagyo. uttam dai lai dherai dherai thanks la………
मन परे हरियो, नपरे रातोः
0
0
this is for Parsant Tamang. Parsant timilai maro taraf bata lakhuw lakhuw,maya ko saath ashirbadha cha. timi ek nepali ko mutu bhokera sansar chinauw yo maro sandash cha.
com: Hasta Rai Decmber 06-07 12:15am
मन परे हरियो, नपरे रातोः
0
0
Well done Uttam Babu Shrestha. Nice to see your interview with a great artist, prasant tamang. keep up your good work.
Ganga and roshani
from usa
मन परे हरियो, नपरे रातोः
0
0
lekh ramro chha sabai thikai chha tara hamilai aafule kehi garne manma aaune hoina khali ko nepali re kasle ke ke garyo re? laaj laagne yaar sunna pani. Prashanta indian idol bhayako ma hamile garba garne ki haami nepali bhayara din raat chakkajam ra aandolan matrai garne kaam nagarne bhanera laaj manne? Can anybody answer me?
मन परे हरियो, नपरे रातोः
0
0
We wonder if therewould be the same interest or excitement in Nepal, instead of Prashant, an Indian of Nepali madhesi origin was finalist. Probaly not.
Crossborder telivision has redefined the public sphere and now sets our national agenda.It is beyond regilation, and the message goes directly to audience.
Nepal and India do’nt just have an open border we are now in the same geotationary orbit. The impact of this our society, culture, politics and nationlism can only get stronger in the year to come.
Pusp Prasad Luintel
Boston, U. S. A.
मन परे हरियो, नपरे रातोः
0
0
Thats a really a good job umeshji thanx for that
keep it up………….
मन परे हरियो, नपरे रातोः
0
0
Congratulation!
you did the great job.
radhika now in TURIN ITALY
मन परे हरियो, नपरे रातोः
0
0
see guys there’s no need to make issue about whether prashan tamang is nepali or indian….he feels himself nepali, thats the matter, it does not matter whether he’s got nepali citizenship or india…..Many nepalese stettle abroad as foreign citizen, but they call themselves as nepali.Same with prashant Tamang.
मन परे हरियो, नपरे रातोः
0
0
yo soltee le pahile pani eauta II ko barema lekheko thiyo. sara nepali lai indian idol support kina gareko bhandai baabaal gali gareko thiyo.
nepali bhayera indian idol support garnu hudaina bhaneko thiyo. aahile chahi ali change bhaye jasto chha bro.
pakka ticket katera indian idol ko show heryo hola soltee le.
anyway, music is music there is no racism in music anyone can suppoet anyone and noone can blame anyone for supporting someone- this dialogue for that soltee.
मन परे हरियो, नपरे रातोः
0
0
Thanks to umesh & uttam and best of luck to prashant near future.
मन परे हरियो, नपरे रातोः
0
0
Hey man
You might be excited that time but you shouldn’t hurt rajesh.
मन परे हरियो, नपरे रातोः
0
0
प्रशान्त ले गीत गाएर जाति जनमत लिए त्यो भन्दा बढी उनको सरल स्वभाबले उनि प्रातिको सद्भाब बढ्दै गएको छ। जितेपछि स्वभािवक रुपमा जुन घमण्ड मानिसमा देखिन्छ त्यो उनमा पटक्क छैन। नेपाली प्रसंसक हरुलाई जसरी व्यबहार गर्नु पर्थ्यो त्यो कायाम राखे। जति नेपालमा बसेर राजनिति गर्ने ठुटे नेता हरुले आफ्नो स्वार्थकोलागि नेपालको लागि माया देखाउछन त्यो भन्दा बढी उनमा नेपालप्रातिको निस्वार्थ माया आफै झल्कन्छ।
मन परे हरियो, नपरे रातोः
0
0
हैन नेपालीहरुको लागि त मागि खाने भाडो नै भयो क्या हो? जताततै वेबसाइट, मेडिया, पत्रपत्रीका प्रशान्तको मात्रा कुरा छ
मलाइ त वाक्कै लगिसक्यो भन्या
अरु कुरा नै छैन
नाम दाम कमाउनु अनि मोज गर्नु अर्काइ छ बेकारमा सोजा साजा नेपलीको समय र पैसाको नास
जे भा पनि नयाँ नेपालमा तपाईंहरुको पसिनाको कमाइ सहि ठाउँमा सदुपयोग होस यहि छ कामाना
धन्यावाद सोल्टी
मन परे हरियो, नपरे रातोः
0
0
प्रशांत नेपाली नागरिक हुन वा भारतीय भन्ने कुरा किन उठाउनु पर्यो? उनी भारतीय हुन/ आज कयुन नेपाली हरु संग भारत लगायेत अन्य देसको नागरिकता छ/ इट्स नोट बिग issue : हेर्नुस त कती नेपाली अमेरिका ; यूरोप क लगायेत का देस को नागरिकता लिएर बर्सेनी नेपाल जाने आउने गरेका छन/ यो दिल त नेपाली हो ; बस अरु बढ़ी कूरा किन?
तपाई हरु लाइ थाहा छ? प्रशांत; तपाई अमेरिका र यूरोप का देस को नागरिकता लीने भन्दा फरक हिसाब ले नेपाल प्रति राष्ट्रबादी हुन/ राजनितिक हिसाब किताब ले भनेको हैंन मैले/ तपाई को त्यों हिसाबले हेरने आखा च्यातेर फाल्नुस/; र गंभीर एकदम गंभीर भएर आफैलाई हेर्नुस……..
नेपाली रास्ट्रीय पोसाक महत्वोहीन बनाउने सांसद सदस्य र तपाई हामी ले प्रशांत ले ढाका टोपी लगायेको देखेर ताली बजाउदा तपाई सबै नेपाली हरु प्रति मलाई दया लागेर आउछ; / कस्तो रास्ट्रीय भाबना को बिकास हुदै छ हामी मा? बिचार गर्नुस त.? आफ्नो सरीर मा लगाउने सब्बाई लुगा फाल्दै जाने अनी आफ्नो मायालू ले ढाका टोपी लागौदा ताली बजाउने? प्रसंसा गर्ने? यो कस्तो रास्ट्रीय भाबाना हो?
प्रशांत यू र ग्रेट. तिमिले लिएको नागरिकता लाइ म अहिले को नेपलिले लिएको बिदेसी नागरिकता भंदा फरक तारिका ले हर्दछु म: अमेरिका को नागारिकता होस वा यूरोप को ; यो खुसिले ग्रहण गरेको हो; तर तिमि र तिम्रा हरुले त अहिले पनी गोरखा ल्याँड माग्दै छौ नि……. तिमि भारतीय कसरी भयो त्यों दोस्रो तरीका को प्रक्रिया हो:chhuttai itihaas छ/ हैंन र?
तर मेरी भतीजी; भांजा भांजी; हरु को नागरिकता बिदेसी हुदै छ त्यों अर्को तरीका हो/ उनीहरूले पनी तिमि बाट कही अबस्य सिकने छन/ :त्यों मानेमा मैले तिम्रो प्रसंसा गर्दछु.
प्रभात
मन परे हरियो, नपरे रातोः
0
0
Hello uttam dai
Nice job . If i am not mistake then u from gorkha , i guess .Am i right?
मन परे हरियो, नपरे रातोः
0
0
होइन केही घण्टा भनिएको छ ।केही दिन पछी इन्टर्भिउ आउने हो कि क्या हो। बोरै भयो।
मन परे हरियो, नपरे रातोः
0
0
Hi Uttam
ke ho tapain le ta Us ma journalism garna lagejasto chha ni. TU ma ta hamile sangai Botany padhe jasto lagchha.
मन परे हरियो, नपरे रातोः
0
0
ye tyo rato jacket lagaune nai Uttam Babuji ho …. naam jastai way of presentation pani uttam ani manche pani handsom rahecha ni hagi.
मन परे हरियो, नपरे रातोः
0
0
prashant tamang ji
tapain lai indian idol bhayeko ma badhai cha, kura sunda tapai lai afu kaha bata kaha pugeko kura ko ghamanda chaina, tara yaad rahos kagaji rupma you are still an indian, and for that reason u are an indian idol, tapaile public rup ma afulai nepali bhannu ra indian rastriyata prati ujagar nahunu, tapaikai career ko ghata ko kura ho, i hope u understand this thing as soon as possible and try not speaking publicly about these issues, if u want to make a breakthrough in indin music industry, or u suhould be ready for the politics.
ur well wisher
मन परे हरियो, नपरे रातोः
0
0
ल उमेश जि, एती बेला सम्म त मुभि अप्लोड गरिसक्नु भाको भय त राम्रो नै हुन्थ्यो होला।
जे भनेपनी प्रशान्त भारतीय नागरिक भएपनी, नेपाली नै हुन र हामी लाई अती नै गर्व छ कि प्रशान्त ले हामी सबै नेपाली हरुलाई केही शिक्षा दिनु भाको छ ।
यहाँ का नेपाली राजनीतिज्ञाहरु ले केही सिक्नु पर्छ प्रशान्त बाट ।
मन परे हरियो, नपरे रातोः
0
0
Dear Uttam Babu C/O My Sansar,
Thank you very much. We (Some of us) Can’t watch this programe. But I have some photo graph. Prasant and I both nepali. I have land and he has heart. Thats why nationality is not only a land,…. Dear, Uttam babu we are both here to salute the heart of Prasant. I’m waiting for your Interview . Thanks for Umesh too.
Yours
Krishna Kadariya, Boston
मन परे हरियो, नपरे रातोः
0
0
please upload the video in youtube .in china the video you used to upload doesnot works
मन परे हरियो, नपरे रातोः
0
0
प्रशान्त नागरिकताको फ़ोस्टो कागजले नभये पनि ह्रिदयले नेपालि हुन्
हाम्रा नेताहरु ले अलिकति प्रशान्त को …. खाये बुद्धि आउथ्यो कि?
१. हामि आफ़्नो बसे बसायेको घर उजाड्न, रास्ट्र लाइ रास्ट्रियताहिन, सम्बेदनाहिन र मानवताहिन बनाउन, अन्य देशमा भयेजस्तो उपनिवेश को इतिहास र बिदेशमा भयेजस्तो हिन्शा को प्रघाढ र अत्यन्त रहर भयेका हामि नेपालि को नाम का कलन्क हरु लाइ प्रशान्त ले राम्रो जवाफ़ दियेका छन्
२. नेपाल मा बसेर अनेकौ घ्रिणा का बिउ रोपि झगडा को बखेडा गर्ने हामि र हाम्रा ८४ बर्ष का देखि १४ बर्ष सम्म का महान नेता हरु लाइ प्रशान्त ले सिकायेको पाठ राम्रो सग आओस भन्ने कामना गर्दछु
मन परे हरियो, नपरे रातोः
0
0
नाम पनि उत्तम काम पनि उत्तम नै गर्नु भएछ यसको लागी बधाई छ है उत्तम जि लाई
मन परे हरियो, नपरे रातोः
0
0
I just want to say that the person who gave the nepal flag to Mr. Tamang is me, but there is no picture of mine anywhere. I was browsing all the different websites, all i found was the flag. They miss my picture when i was giving the falg to him.
मन परे हरियो, नपरे रातोः
0
0
Our own Martin Luther
========================
Prasant Tamang made us rethink the defination of what constetutes Nepali cultur and Nationalism. When Bhanubhakta statues are bieng demolished by enclusevist in Nepal, our own Martin Luther in almost worshipped by Nepali speakers in Boston, U.S.A.
Pusp Prasad Luintel
34 Long Avenue, APT 1
Allston MA 02134-2554
Boston, U. S. A.
मन परे हरियो, नपरे रातोः
0
0
एउटा नेपाली को छोराले नेपाली को छोरा लाइ नचिने कस्तो नेपाली को छोरा सागर ब्रों तिमि !
http://rajulama.com.np/ यो साईट हेर्नु है सागर !
मन परे हरियो, नपरे रातोः
0
0
Nice
he is a very good guy I see him over here in Okton High School on Dec.1st he was nice:-).
मन परे हरियो, नपरे रातोः
0
0
euta indian ko chhora le nepal ko jhanda bokeko dekhda garba lagyo …. sara north india kunai din pheri nepal ko nai hos bhanne kamana gardachhu
मन परे हरियो, नपरे रातोः
0
0
nepali bhashi- indian nagarik, indian idol, nepal ko jhanDaa liyera nepalipan birshina lageka or birshiyekaa , nepaliharu maajh ?? ramaailo kuraa hoina ra saathiharu??? uttam, very uttam.
मन परे हरियो, नपरे रातोः
0
0
nepali bhashi- indian nagarik, indian idol, nepal ko jhanDaa liyera nepalipan birshina lageka or birshiyekaa , nepaliharu maajh ?? ramaailo kuraa hoina ra saathiharu???
मन परे हरियो, नपरे रातोः
0
0
science?! rn’t u in the wrong profession? liked the style of your writing. keep writing.
and thnx for the efforts.
मन परे हरियो, नपरे रातोः
0
0
उत्तम जी सारे राम्रो काम गर्नु भो|धन्यबाद
मन परे हरियो, नपरे रातोः
0
0
Great job! Congrat Uttam ji and Umesh ji.
I liked your simple and best writing style. Keep it up.
Byas, USA
Mero Sansar Viewers around the World:
http://tinyurl.com/297rpw
मन परे हरियो, नपरे रातोः
0
0
Raju lama ji ko pani concert ki kaso?Raju lama kata hunuhuncha,k cha oha ko khabar,maile ta ke ke jati arkai arkai sunethe…
oha lai namaskar ani prashant ji lai badhai.
fan of raju lama from Germany
मन परे हरियो, नपरे रातोः
0
0
Uttam ko kaam aati-Uttam. Umesh ko saath Jhani Uttam: Please serve dishes like these to all of us hungry readers.
मन परे हरियो, नपरे रातोः
0
0
लौ बधाई छ तपाईं लाई पनि,राजु लामा भनेको चै को हो कुन्नी ?
मन परे हरियो, नपरे रातोः
0
0
GOOD JOB, BARU CHHITO LAKHNUS HAI .
मन परे हरियो, नपरे रातोः
0
0
I am excited to have access to that interview. However, I am curious, did he really say that he is Nepalese?
मन परे हरियो, नपरे रातोः
0
0
Good Job!
मन परे हरियो, नपरे रातोः
0
0
hmm interesting!!!
मन परे हरियो, नपरे रातोः
0
0
Thank u umesh jee ! you are success to get interview such a great person INdian Idol 3 PRASANT TAMANG.
मन परे हरियो, नपरे रातोः
0
0
Hi Umesh Ji Namaskar,
Thanks very very much to Uttam Babu and Umesh Ji both for this interview.
I am eager to listen this interview.
मन परे हरियो, नपरे रातोः
0
0
It is good to know that u interiviwed with Prashant Tamang and hope to see the video soon but it does not make any sense to take video interview without head ” Murkatta Interview” Thanks.
मन परे हरियो, नपरे रातोः
0
0