‘राष्ट्रवादी’ भनाउँदा मण्डलेहरु पनि मन्त्री बन्ने रे
हैन, देशको राजनीति कतातिर जाँदैछ ? कसैले पत्याउनै नसक्ने गरी पो मोडिँदैछ त राजनीति त। बरु ०४६ सालमा पञ्चहरु सत्तामा आउन त्यति धेरै समय लागेको थिएन होला, अहिले त के विधि लाज पचाएका हुन् नेताहरुले ? हिजो अस्तिसम्म रायमाझी आयोगका दोषीलाई कारबाही सरकारले गरेन भनेर शाही मन्त्रीहरुमाथि वाईसीएल लगाउने माअोवादी नेतृत्व अहिले दिनहुँ जसो उनै मन्त्रीहरुसित भेटघाटमा व्यस्त देखिन्छन्, तथाकथित राष्ट्रवादीहरुसँग कार्यगत एकताको कुरा अघि सार्दैछन्। अझ त्यति मात्र हो र, आज सुनेको एउटा कुरा अनुसार त शाही मन्त्रीहरुलाई नै मन्त्रिपरिषद पुनर्गठन गरेर मन्त्री बनाउने सुरसार गोप्य रुपमा कसिँदैछ रे। अनि यसलाई तर्क दिइँदैछ रे- राजालाई साँच्चै कमजोर बनाउन राजा नजिककालाई सत्तामा ल्याउने। अनि नाम सुन्नुस् न कसलाई मन्त्री बनाउने भनी गाइँगुइँ हुँदैछ- उही श्रीश शमशेर, प्रकाश कोइराला, यांकिला शेर्पा, रुपज्योति…!!
यसो सुन्दा उडन्ते गफ जस्तो लाग्छ यो कुरा। मलाई पनि त्यति पत्यार लागेको थिएन यो सुन्दा। तर जे पनि हुनसक्ने नेपालको राजनीतिमा यो पनि नहोला भन्ने ग्यारेण्टी कसले लिन सक्छ र। ०४६ सालको आन्दोलन हुँदा कसले पो सोचेको थियो र केही वर्ष मै त्यही पञ्चेहरुलाई पालैपालो एमाले र काँग्रेसले टाउकोमा टेकाएर सत्तामा पुर्याउँछन् भन्ने कुरा ! अहिले पनि त्यसो नहोला भन्ने के छ ?

शाही मन्त्रीहरुलाई सामाजिक बहिस्कार गर्न आह्वान गर्दै माअोवादीको वाईसीएलले केही अघि उनीहरुको घरमा पोतेको नारा। अहिले बहिस्कारको आह्वान गर्ने उनै माअोवादीहरु राजावादीसँग घाँटी जोड्ने सुरसारमा छन्।
कसले सोचेको थियो र कट्टर गणतन्त्रवादी अनि राजावादीहरुलाई कार्यक्रम समेत गर्न नदिएर लखेट्ने पार्टीले राजावादीहरुसँग कार्यगत एकता गर्नुपर्छ भनी भाषण गर्नेछन् भनेर। त्यो पनि यति छिटो।
अनि कसले सोचेको थियो र, रातारात खडा गरिएको वीपी स्मृति प्रतिष्ठानका नाममा काँग्रेसका राजावादी मानिने दोस्रो पुस्ताका नेताहरुले खुल्लमखुल्ला संवैधानिक राजतन्त्रको वकालत खुल्ला कार्यक्रममा गर्छन् भनेर। शनिबारको कार्यक्रममा खुमबहादुर खड्का, गोविन्दराज जोशी, तारानाथ रानाभाट आदि नेताहरुले खुलारुपमा नै त्यस्तो विचार व्यक्त गरेका थिए।
माअोवादी र काँग्रेसमा यस्तो ध्रुवीकरण भए पछि अब बाँकी एउटा एमाले छ मुख्य दलहरुमा। एमालेका पनि कुन चाहिँ नेताले प्वाक्क बोलिदिन बेर छैन।
अहिलेको यो सब नेताहरुको चालामाला हेर्दा त लागेको छ- पक्कै वैशाख ११ को राजाको घोषणाअघि नेताहरुले सम्झौता गरेकै थिए। त्यसैको आधारमा नै संविधान सभाको निर्वाचन पहिले जेठमा अनि मंसिर ६ गते हुन नदिने ठूलो ग्राण्ड डिजाइन भएको हो। के माअोवादी, के काँग्रेस, के एमाले- सबै यसमा संलग्न छन्। नभए त मुखमा आइसकेको गणतन्त्रलाई कसले रोक्यो ? मंसिर ६ मा चुनाव भएको भए त यतिबेला देश गणतन्त्रमा गइसकेको हुने थियो।
समग्रमा देशमा एउटा ठूलो नाटक मञ्चन भइरहेको छ। यसका कलाकारहरु बडा अनुभवी छन्। कथामा पनि सस्पेन्स छ। यो पहिले नै स्क्रिप्ट लेखिसकिएको नाटकमा हामी बेफ्वाँकमा यसो होला, उसो होला भनेर अनुमान गरेर व्यर्थ समय खेर नफालौँ। चुपचाप नाटक हेरौँ, निःशुल्क।
[पुनश्चः तर पनि त्यही गनाएका शाही मन्त्रीहरुलाई फेरि मन्त्री बनाउने कुरो सुन्दा त....रामराम, के सुन्नुपर्यो यो कानले ! अब खुमबहादुर र गोविन्दराज जोशीलाई पनि मन्त्री बनाइदेउ, पारसले उधुम गर्नसक्ला, उसलाई पनि बरु राजा बनाइदेउ। रामराम... के सुन्नुपर्यो नि....]
No related posts.









If it is truth !
I have no hope from them .Those kind of people who
already smell bad .
They have habit . Very diffucult to change bad habit .
They are well player for ” Law ” .They know how to
play .
” Politics player ”
We have to carefull !
Lets wait Elction and lets see !
( Even from RAJABADI ,or anybadi they could chose not
same people atleast !
If totally different people , may be they could not
do the as before people ! )
मन परे हरियो, नपरे रातो
0
0
ह न पान बुढाले राजाको कुरा निकाल्दा सबले छी छी दूर दूर गर्थे तर आज नेका र माओबादी नै पंचे र राजाको पछि लाग्दैछन् । के युवा नेताहरु झर्ला र खाउँला भनी कुरिराख्याछन् ? मैंहूँ भन्ने कोहि युवा नेताहरु छैनन् जस्तो छ हाम्रो देशमा । अस्तु ।।।
मन परे हरियो, नपरे रातो
0
0
The main question is this:
Does the PM Koirala have the guts to take actions as per the Rayamajhi Commission report? He is the all powerful Prime Minister. If he proceeds to take actions, no one can stop him and the people will support him. It is his responsibility to initiate the action.
It was due to Koirala only that the Mallik Commission report also got shelved without any action.
The days are not very far when the people will want a commission to look into the Maoists attrocites too.
The days will also come when there will be a people’s commission and people’s court to punish the ever escaping corrupt POLITICIANS AND BUREACRATS.
For God’s sake, we do have the parliament. Take actions based on the Rayamajhi Commission report before the disease called amnesia is spread in the political hierarchy.
Take actions immediately to nationalise the property that are in the name of the king and royal families.
Why are we spending crores of rupees paying the salary and allowances to the members of parliament??
Show us that the PM is really a janatoko chhoro who has the guts.
Only talk, talk, and talk and NO RESUTS??
मन परे हरियो, नपरे रातो
0
1
हाहह्ह्ह्ह्ह ^~^ ^~^ खै लाटो देशमा गार्हो तन्नेरी भनेको यस्तै होला ??? चोरको देशमा चन्डाल पनि—–मेरो विचारमा त > नेपाल मा राजनीति गर्ने टोप्लेका बार्हा-मासे जुकाहरु ——( बाहुनबाद ) भन्दा सबैलाई बुझन सजिलो होला—–यिनको ) बिउ ( यो नेपाली माटोमा नम्मासिए सम्मा > नेपाल > भन्ने राष्ट्रले काजुली फेर्ने दिन जुर्ला जस्तो मलाई लाग्दैन ! यिनको जाल्-झेल को ब्यापार कस्ले विश्वाश गर्छ अब अनी कस्ले बुझ्न सकिन्छर ? सबै आफ्नै दुनो-सोज्झ उन बहेक केही उप्लब्दी देश र जनताको लागि गरिएको छैन
मन परे हरियो, नपरे रातो
0
0
Why Ram Ram! Umesh ji?
Did not you remember How Girija and Makune formed Government with RPP in the past.
मन परे हरियो, नपरे रातो
0
0
BHARATIYA BISTARBAD MURDABAD
ANYTHING IS POSSIBLE TO PREVENT INDIA FROM INDIA GETTING DEEP INTO NEPAL TO ENSURE HER VESTED INTEREST OVER WATER RESOURECE AND CHECKING CHINA.
NATIONALISTS ARE MORE IMPORTANT FORCE TO AVOID NEPAL FALLING APART UNDER GAME PLAN OF INDIA
मन परे हरियो, नपरे रातो
0
0
Satya panthi jee.
I like your view, which is true and fantastics for the Nepal and Nepalies.
Mr. Kanchan Limbu jee – your view is not focousing to in real. Please don’t go as a tailer of Prachanda only. Try to expalin the truth and those who are not layer to the nation and pleople. It looks like you are one sited only. Take it easy mate.
cheers
मन परे हरियो, नपरे रातो
0
0
यो गिरिजाको चाल हो ,नभए सुजाताको कसो कञ्चन्कुमारीजी ?
हैन तोङ्वाको सेवन गरी नेटमा बस्याथ्यौ कि टाउको भनन भ’को भ’र यौटा लेख्दा अर्को बन्यो ?
अब होटल होटलमा तुलसी गिरी र र शाही मन्त्रीसंग वार्तालाप र प्रेमालाप गर्ने माओवादीले अनि गिरिजाको चाल हुने , हाजमोला ले नि नपचाउने कस्तो कुरा गर्या हौ भन्या ?
भुक्ने कुकुरले टोक्दैन भन्ने बुझेको सत्य हो । गणतन्त्रको फलाको हालेर वा अहिलेको संसद रूपी जात्राले गणतन्त्र घोषणा गरेर वैधानिक हुन्न र गणतन्त्र कुनै हालतमा आउदैन भन्ने माओवादीलाई राम्ररी थाहा छ । अर्को तर्फ संविधानसभाको वैध माध्यमबाट राजा फाल्ने बाटोमा कुनै हालतमा हुन दिन्नम भनेर लागेको शक्ति पनि कोही नभएर तिनै माओवादी नै हुन । यस्तोमा डाँको सप्पै भन्दा ठूलो पारेर बिरोध गरेझैँ पनि गर्ने अनि उता कथित राष्ट्रवादको नाममा राजाको गद्दीमा सर्प झैँ बेरिएर रक्षा गर्न कसिने माओवादी हुन भन्ने कुरा प्रचण्ड स्वयंको स्वीकारोक्तिले प्रष्ट्याउँदा त तिम्रो मगज यति साह्रो नघुम्नु पर्ने !
मन परे हरियो, नपरे रातो
1
0
यो सबै काँग्रेसका गिरीजाप्रसाद लगायतका टाउकेहरूको षडयन्त्र हो । तँ एकातिरवाट कराएजस्तो गर म होइन भनेजस्तो गर्छु भनेर माअोवादीको टाउकोमा टेकेर जीपी कोइरालाले गरेको षडयन्त्र भन्दा अरू केही होइन । सुजाता त झन मुख्य डिजाइनर हो ।
मन परे हरियो, नपरे रातो
0
0
it was a good analysis, but i hope thats not the truth..
मन परे हरियो, नपरे रातो
0
0
aso garna ho bhana why maiost kill 13,000 innocent nepali?????? to do this it is not necessary to go jingle for 11 years??????
King already have power in nepal maiost dont have to do this much to tie with king????
Now who is going to punich the culprits whop kill 13,00o nepali
मन परे हरियो, नपरे रातो
0
0
England ko dutabas ko news lai prime banaunuhos, ye rabadhi bhanda hajarau guna badhi aparadhi daka congress ra UML ka barema lekhnuhos.
मन परे हरियो, नपरे रातो
0
0
Don’T trus any one …
मन परे हरियो, नपरे रातो
0
0
नेपाल पशुपति नाथ र स्वयम्भू नाथ ले चलाको देस हो तेस्मा त्यों रत्ना पार्क को मस्जिद र काठमांडू माँ भएका
चर्च लाइ पनी संलग्न गर्दा हुन्छ ??/भन्दा नेपाल माँ खै नेता??/एक चोटी बी पी देखा परे तर भित्र भित्रै दर्बारिया ???मदन भंडारी देखा परे ,मारिये??तै पनी ति फत्फतौने बाजे मात्र थे??/अनी नानी मैया दीदी देखापरिन, पछि धोती खुस्क्यो???तेस्पछि पद्मा रत्न लेनिन कट दारी पालेर आए ,सबै लाइ भ्रम भो ,पछि गाई काटने कुरा गर्न थाले जनता ले मारीच मान भन्दा पनी कम मत दियेर हराए ??/
भन्नाले नेपाल को नेता त्यही सदाबहार हल्दार मात्र त हो नि??/
पान बुडा बेला बेला माँ हल्ल्ला गरेर गिरिजा ले खान लागेको कबाब माँ हड्डी हालने मात्र हुन??बाकी का नौटंकी भारतीय दलाल ,चिनिया हलाल ,ज्व्व्ला सिंग,चप्पल सिंग,गबार सिंग अंतरे जन्तारे हड्डी टोकने खाल्का हुन !!!!
मन परे हरियो, नपरे रातो
0
0
I love my country. I am also a natiolist. Will I also be a minister?
This game of Maoists is clear. they are polirising the politics against India because India is dictating Nepal in eeverything.
मन परे हरियो, नपरे रातो
0
0
I love my country. I am also a natiolist. Will I also be a minister?
This game of Maoists is clear. they are polirising the politics against India because India is dictating Nepal in eeverything.
मन परे हरियो, नपरे रातो
0
0
its very fentastic news. when politician are out of control at that time the king must play a new role to control for nation and nationalist. its not bad idea.
king must active again otherwish will happen big acciedent. “COME OUT KING AND SAVE NATION”
मन परे हरियो, नपरे रातो
0
0
even prachanda says like that he must have some grand design to the present regiem.
मन परे हरियो, नपरे रातो
0
0
फेरि जेण्डर प्रबक्ताहरुवाट प्रहार आउला तर राजाबादि चाहीँ भाले रहेछन् । अरुदल पोथि । त्यसैले नेपालमा प्रजातन्त्रको बीउ रोप्न राजाबादि भाले जरुरी छ । नभै हुदै हुदैन भाले बिनाको पोथि के काम ?
मन परे हरियो, नपरे रातो
0
0
एमाले पनि कहाँ चोखो छ र् भन्या
यो समाचार हेर्नुहोस।
एमाले नेता वामदेव गौतमले सच्चा राष्ट्रवादीलाई राजाको साथ छाड्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सच्चा राष्ट्रवादी राजालाई छाड र दललाई सहयोग गर ।’
राजाका वरिपरि पनि राष्ट्रवादी रहेको औंल्याउदै नेता गौतमले उनीहरूलाई स“गै लैजानुपर्ने बताउदै भने, ‘हामीले सच्चा राष्ट्रवादीलाई सहमतिमा लिएर अगाडि बढ्नुपर्छ ।’ उनीहरूले राजालाई छाडेर आउ“छन् भने स“गै लैजाने एमालेको धारणा रहेको समेत प्रस्ट पारेका थिए । नेता गौतमले हिजो राजालाई साथ दिने पशुपतिशमशेर र र्सूयबहादुर थापाले नेतृत्व गरेका दल तथा समूहलाई समेत सहमतिमा सातदलसगै लैजानुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा नेता गौतमले सातदलमा राजावादी रहेको खुलासा गर्दै भने, ‘कांग्रेसमा त राजालाई साथ दिनुपर्छ भन्नेहरू खुलेरै अगाडि देखिएका छन् ।’ उनले एमालेमा पनि राजावादी भएको दाबी गरे ।
पत्रकारको एक जिज्ञासामा उनले कांग्रेस र माओवादीमध्ये एउटा दललाई छाडेर संविधानसभाको चुनाव सम्भव नभएकाले राजनीतिक सहमतिको विकल्प खोज्नुपर्ने बताए । कांग्रेस र माओवादीको हठका कारण मुलुक अनिर्ण्र्ााो बन्दी भएको दाबी गर्दै नेता गौतमले भने, ‘राजनीतिक सहमतिको विकल्प छैन, त्यसैले सहमतिका लागि आफ्ना अडानमा दुवै दल लचिलो हुनुपर्छ ।’
श्रोत्> नयाँ पत्रीका दैनिक
aasish
swiss
मन परे हरियो, नपरे रातो
0
0
यस्तो सम्भाबना त देख्दीन मैले/ तर राजनीति हो नेपाल को………… बुझ्या कुरा तेहि हो/
एउटा समाचार मुलक कुरा पानी राखने अनुमति चाहन्छु……
आज लिलामणि पोखरेल औनुभाको रैछ/ उहाको प्रमुख आतिथ्य मा भएको अंतरक्रिया कार्यक्रम मा गयेर औटा प्रश्न र अर्को प्रतिप्रस्न गर्ने मौका मिल्यो/ मेरो प्रश्न थियो प्रचंड ले राजा को वोरिपरी का राष्ट्रबादी संग को सहकार्य को बारेमा बोलेको कुरा लाइ चित्र badaba ले खासटो ले छोपे पनी बिरालो म्याऊ गर्न छोददैन भन्ने प्रतिक्रिया सुनियो;यो कस्तो बिरालो हो? जसले सम्पूर्ण देस लाई गणतंत्रमा जान बाध्य बनायो र अहिले म्याऊ गरेर राजा को ओरिपरी का संग संगै जाने भंछ? यो के हो? भन्ने प्रश्न को जबाफ मा उहाले आफू पनी यो कुराको स्पस्तीकरण दिन नसकने भन्दै चित्र बड़ा बा लाई जोकर नै भन्नु भयो / बड़ाबा बढ़ी संकीर्ण चरित्र को भएको खुलासा गर्नुभयो/
उहाले बिसेस अधिबेसन मा संसद भित्र एमाले र माओबादी ले कुटे जस्तो र रोये जस्तो नाटक गरे पनी; प्रस्ताब हरु त्यों तरीका ले पास गर्ने भन्ने सहमति पहिले नै भको ; र संसद भित्र माओबादी र एमाले बिच को बिबाद नाटक गरिएको हो; सबै प्रायोजित थियो भन्नु भयो/ त्यों नाटक को बारेमा सबै बाम हरु लाई थाहा भएको कुरा मैले बुझे / बिचारा कांग्रेस ………………
एहा सब्बई नाटक हुन्छ तपाई हामी तेहि नाटक को घटना हेरेर कहिले रुन्छ कहिले झगडा गर्छ/
उमेश जी ले भन्ने गर्या छ नि नेपाल को राजनिति मा जे पनी हुन सक्छ/ हामिले पनी तेहि भन्ने बाहेक अरु के भन्न सकिंछ र?
prabhat paudel
europe
मन परे हरियो, नपरे रातो
0
0
I dont think it will happen.
मन परे हरियो, नपरे रातो
0
0
ghumiphiri rumjhatar bhanya yehi ho.bistarai uhi panchayet kal aaudai 6.matra tesko nam pharak parera janta lai jhukyaidai 6.teso bhaye ma sojha janta haru lai k bhanna chahan6u bhane ye rastraghati netaharu ko pa6i nalagi desh ra desh basi haru lai marka parne banda julus ma lagera birgati prapta bhayeka sahid haru ko sankhya nabadhau.sathi ho hamrai daju bhai ka sav mathi tekera nai bhaduwa netaharu tyaha samma pugeka 6n.aba kun din ma hamro pyaro nepal lai marmat garna kharchilo bhayo bhanera kun desh lai sumpane hun.tesaile sabadhan hai sathi ho.
मन परे हरियो, नपरे रातो
0
0
Umesh jee thank you for this realiestic analysis.It is the upcoming truth of nepalease politics and another comedy and big big upsetting for nepalese people.
so far,what is the reality??
In my sense,besides ‘UML’ all parties are engaged to get support of royalist voters(may be power of kingpins).It is the most surprising to see about MAOIST.wouldnt you shame on such remarks mr PRACHANDA??
You better improve the nature of your Young criminal league than bent on the royalists feet.
मन परे हरियो, नपरे रातो
0
0
Need for another movement III
It is shameful. We need another movement that will sweeps the leaders carrying dead corpses of Mandale and Rajawadi.
मन परे हरियो, नपरे रातो
0
0
Great job. Positions won’t be gained by maoists if elections are held. So get people from all sides mostly who are the threats to your positions; including royalists in the government, divide posts and loot people. I’d like to further suggest to include Nepal army, MPRF, JTMM, janajati etc in the government, then the posts will be safer and hence easier will be to loot. Then why losing elections are needed?
मन परे हरियो, नपरे रातो
0
0
nepal ma je pani huna sakchha dukha ko kura aam janatale na chahayeko kura hunchha! satile sarapeko desh ma aba ta ramro kura ko asa pani laagna chhadi sakyo!
मन परे हरियो, नपरे रातो
0
0