मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मधेश विद्रोह : केही चुनौति केही सम्भावना

    - दीपक अर्याल

    मधेश विद्रोहले धेरै व्यक्ति, पार्टी र समूहलाई ठूलो झड्का दिएको छ। तर, यो अस्वाभाविक र अप्रत्यासित भने पक्कै होइन र यसबाट आश्चर्य मान्नु पर्ने पनि केही छैन। यो हुनेवाला थियो र भयो। मधेश विद्रोह राज्यका विरूद्ध मात्र थिएन बरू पहाडीया व्यक्तिका विचार, आचरण र व्यवहारका विरूद्ध पनि थियो भन्ने कुरा अझसम्म पहाडीयाहरूले बुझ्न सकेका छैनन्। मैले मधेश विद्रोह हुनभन्दा पहिले नै मधेश आन्दोलनको सम्भावनाका वारेमा मेरो संसारमा लेखेको थिएँ। तर, त्यतिवेला साम्प्रदायिकतासँग जोडेर साथीहरूको कमेन्ट आयो। मैले सामान्यरूपमा ‘कपाल काट्ने’ ठाउँ, सब्जी वा फलफुल लिएर हिड्ने साना खुद्रा व्यापारी, वा तराईकै कतिपय जिल्लामा रिक्सा चालकहरूलाई पहाडीया साथीहरूले गर्ने व्यवहारका वारेमा कुरा उठाएको थिएँ।

    मधेशका मान्छेलाई हेपेर बोल्ने प्रवृत्ति वा उनीहरूलाई दोस्रो दर्जाको नागरिक गन्ने प्रवृत्तिको अन्त्य सरकारी स्तरबाट मात्र होइन, समाजबाट र हामीहरू जस्ता अलि-अलि पढे-लेखेकाबाट शुरू हुनु पर्छ। धेरै ठूलो कुरा गर्नु पर्दैन, एकदिन कुनै माइक्रो वा सार्वजनिक यातायातका साधना चढ्नुहोस् र यातायातका कर्मचारीहरूले कुनै मधेशी समुदायको व्यक्तिलाई कस्तो व्यवहार गरिरहेका छन् अवलोकन गर्नुहोस्। जुन व्यवहारबाट तपाईँ स्वयंलाई पनि वाक्क लाग्नेछ र धेरै असमानता, अन्यायका कुराहरू बुझ्न सक्नुहुनेछ। यही सामान्य कामबाट हामीहरूले हाम्रा व्यवहारहरू सुधार्ने प्रयास गरौं, यसले धेरै सकारात्मक प्रभाव पार्नेछ। हाम्रा तमाम व्यवहारले गर्दा मधेशका जनताले पहाडीयाहरूलाई घृणा गर्न सिके तथापि, मधेशका जनताले पनि के बुझ्न जरूरी छ भने, वर्षौंदेखिको यस्तो खालको व्यवहारमा परिवर्तन हुन समय लाग्छ र यो विस्तारै हुँदै पनि छ। त्यसैले वहाँहरूले भने जस्तो वा चाहेजस्तो रातारात परिवर्तन भने हुनेवाला छैन।

    यस्तै यस्तै अनगिन्ति असमानता, अपमान देखेर मैले, मधेश र मधेशी जनताले चाहेको सामान्य कुराहरूतर्फ इङ्गित मात्र गरेको थिएँ र सो असमानता हटाउनका लागि मधेश आन्दोलन जरूरी छ भन्ने आशय व्यक्त गरेको थिएँ। त्यसो त मैले हालमा बाहुन वा क्षेत्रीहरूले राज्यको नेतृत्व गरेजस्तै ‘ठाकुर’, ‘लाल’, ‘यादव’ अथवा ‘झा’ लगायतका कथित उपल्लो जात र पैसा, जग्गा, जमिन हुनेहरूले समानताको भन्दा पनि जात वा क्षेत्रको कुरा मात्र गरेर फाइदा लिनेहरूले नेतृत्व गरेको आन्दोलन भन्दा दलित, गरिब, भुमिहिन, किसानहरूहरूले नेतृत्व गरेको आन्दोलनको अपेक्षा गरेको थिएँ। तर, त्यो हुन सकिरहेको छैन। त्यसो त त्यो आन्दोलन पनि हुनेवाला छ र त्यतिखेर हालका मधेशी नेतृत्वहरू बढारिने नै छन्। भुमिसुधारको सबैभन्दा चर्को विरोध गर्नेहरू, जातपात सबैभन्दा बढि मान्ने र कथित दलीतहरूलाई सबैभन्दा बढि पिडा दिने जयप्रकाश गुप्ताहरूले नेतृत्व गरेको मधेशी पार्टीले समग्र मधेशको उत्थान त हुनेवाला छैन तर, मधेशको नाममा पहाडीया शासक वर्गबाट शासन खोसेर मधेशकै ‘बाहुनवाद र सामन्तबाद’का ठेकेदारहरूको हातमा भने अवश्य पुर्याउने छ र यो मधेशका लागि केही हदसम्म सुखद पक्ष पनि हो।

    यसले मधेशका पिडितवर्गलाई उठ्नका लागि उत्प्रेरित गर्न सक्छ। तर, मधेशमा एकतावद्ध हुँदै गइरहेको समूह नेपालको सन्दर्भमा ‘राजा’ वा ‘राजतन्त्र’ पछिको सबैभन्दा उत्कृष्टरूपमा संगठीत सामन्ति वर्गहरूको संगठन हो, जसलाई चिर्न वा जसका विरूद्धमा उत्रन सजिलो हुने छैन। यसले ‘क्षेत्र’ वा ‘जात’का नाममा आफ्नो सामन्ति संस्कारलाई बचाउने कोशिस गर्नेछ र यदि यसको विरूद्धमा कोही बोल्यो भने त्यो ‘अर्को’ जात वा ‘क्षेत्र’को मान्छेले बोलेको ठहरिनेछ र त्यसलाई त्यहाँका जनताले अभिरूचिपूर्वक लिने छैनन्। त्यसैले त्यो वर्गको वर्चस्व तोड्न त्यहीँ क्षेत्रको प्रतिनिधित्व गर्ने जात उठ्नु पर्नेछ र यो त्यति सजिलो हुने छैन। जब राजनीति ‘जात’, ‘धर्म’, ‘क्षेत्र’ वा मान्छेका टाउकाका आधारमा मात्र गरिन्छ त्यस्तो राजनीतिक हथकण्डालाई तोड्न गाह्रो हुनेछ। यसका लागि भारतीय राजनीति हेर्दा हुन्छ र नरेन्द्र मोदी वा बाल ठाकरेको लोकप्रियतालाई बुझ्दा हुन्छ।

    अब, कुनै विचार, संगठन, योजना वा नयाँ सम्भावनालाई नकार्दै प्रत्येक मान्छेको टाउकाका आधारमा राजनीति गर्ने खेल शुरू हुनुको अर्थ, कुसुण्डा, राउटे वा चेपाङहरूले जिन्दगीभर राजनैतिक मूलधारमा प्रवेश नपाउनु हो। अब, १५० वा २०० जनसंख्या भएको समूहको प्रतिनिधित्व कसरी सम्भव छ, जबकि मधेशले ४० प्रतिशत जनसंख्याको आधारमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरिरहेको छ? जनजातिहरूमध्ये सबैभन्दा बढि जनसंख्या रहेको तामाङ, मगर तथा थारूहरूको प्रतिनिधित्वलाई त समस्या नपर्ला तर हजार, दुईहजार जनसंख्या भएको जनसंख्याको समूहलाई समस्या पर्नेछ। न त उनीहरूले मधेशले जस्तो आन्दोलन गर्न सक्नेछन्, न त उनीहरूलाई भोटका लागि कुनै पार्टी वा समूहले वास्ता नै गर्नेछन्। ४-५हजार जनसंख्या भएको जाति वा क्षेत्रका मान्छेलाई पार्टीहरूले प्रतिनिधि छान्नु भन्दा ४०-५० हजार जनसंख्या भएको मधेशबाट २ वटा प्रतिनिधि छान्नु नै पार्टीहरूका लागि बढी श्रेयस्कर हुनेछ। किनभने, संसदीय प्रणालीलाई जसले जति नै राम्रो रूपमा व्याख्या गरेपनि त्यसको सबैभन्दा ठूलो पक्ष ‘भोट’ हुने कुरा निर्विवाद छ।

    भोलिका दिनमा ८० प्रतिशत हिन्दू धर्म भएको देशमा हिन्दूहरूको पार्टी जन्म्यो भने त्यसलाई के गर्ने? रोक्ने, अथवा प्रजातन्त्रका नाममा खुला चुनावमा लड्न दिने? अथवा, हिन्दूहरूको छुट्टै स्वायत्त राज्यको मागका वारेमा कसैले निहु खोजेमा के गर्ने? सम्भावनाहरू जे पनि हुन सक्छन्, तर, ती भविष्यका सम्भावनाहरूलाई देख्‍न सक्नु पर्छ र कुनै एउटा क्षेत्र, भाषा वा धर्मका नाममा अन्यलाई धर्म, क्षेत्र वा भाषालाई अन्याय हुनु हुँदैन। हाल, हिन्दू धर्म, नेपाली भाषा, र पहाडीयाहरूको थिचोमिचो तथा अन्यायमा परेकाहरूले आफुहरूले मागेका अधिकार वा हक-दावीले अन्य समुदायका मान्छेलाई अन्याय परेको छ वा छैन? ख्याल गर्नु नै पर्ने हुन्छ। समग्र मधेशलाई एउटा छुट्टै स्वायत्त राज्य माग्नेहरूले यसभित्रका भोजपुरि, थारु, अवध, मैथिली, नेपाली, उर्दु भाषी मात्र होइन, फरक संस्कृति, चालचलनहरूलाई ध्यान दिन सक्नु पर्छ कि पर्दैन? आजसम्म पहाडीया साम्राज्यका विरूद्धमा लडेको भन्नेहरूले किन पूर्वीय साम्राज्य लागू गर्न तम्सिदैछन्? बुझ्न गाह्रो छ। हृदयश त्रिपाठीलाई छाड्ने हो भने मधेशको माग गर्ने आन्दोलनमा लाग्नेहरू अधिकांश पूर्वका छन्। नेपालको परम्परालाई हेर्ने हो भने प्रधानमन्त्री, मन्त्रीहरू, आर्मी प्रहरी, प्रशासन सबैजसो ठाउँमा पूर्वको हालीमुहाली छ। अब, यसका विरूद्ध पनि हड्ताल, आन्दोलन गर्न वा पार्टी गठन गर्न सकिएला तर त्यसले समाधान दिन सक्दैन। सबै कुराहरू आफ्नो पक्षमा हुँदैमा समस्याको समाधान हुने होइन। माओवादीले हिजो जंगलबाट बाहिर निस्केपछि सबैकुराको समाधान हुने सोचेको थियो र सात पार्टीले पनि माओवादीसँग मिलेपछि सबै समस्याको समाधान हुने सोचेको थियो होला, तर त्यसो हुन सकेन। किनभने उनीहरूले अन्य कुनै पक्षलाई महत्त्व दिएका थिएनन् र अन्य पक्षको अस्तित्त्व स्वीकारेका थिएनन्। त्यसको परिणाम उनीहरूले आज भोग्दैछन्। आफूलाई मात्र शक्तिशाली देख्ने, आफ्नो मात्र माग जायज देख्ने र आफूले मात्र सबै समस्याको समाधान गर्न सक्छु भन्ने तथा आफ्नो अस्तित्व बाहेक अन्यको अस्तित्व नस्वीकार्नेहरूले समस्या बढाउँछन् मात्र समाधान गर्न सक्दैनन्।

    ठीक यस्तै गरि, मधेश आन्दोलनले पनि अन्य कुनै पक्षमा ध्यान नदिएको र एकोहोरो एउटै बाटोमा लागेकाले यसले पनि हालको सात राजनीतिक दलको गति नै भोग्नु पर्नेछ। त्यसैले, आफ्नो जात, धर्म, सम्प्रदाय वा क्षेत्रको स्वार्थ मात्र हेर्ने र अरूको अस्तित्व नस्वीकार्नेहरूलाई समयले पाठ सिकाउँदै आएको छ र सिकाउने नै छ। हो, मधेशको आन्दोलन सम्झौतामा पुगेर टुङ्गिएको भए, यो विचमा केही राम्रो कामहरू गर्ने सम्भावना थियो तर त्यो पुरै टरेर गएको छ। बरू यसको वदलामा मधेशी र समग्र नेपाली जनताले अझ बढी दु:ख पाउने सम्भावना बढेको छ्। मधेशमा भएको यो अप्राकृतिक (एउटै वर्गको) गठबन्धनले एउटा खास वर्ग र सम्प्रदायलाई त खुशी पार्ला तर अर्को वर्ग ढिलो-चाँडो विद्रोहमा उत्रन्छ नै। जनताले बुझेपछि सबै कुराहरूको समाधान हुँदै जानेछ र तराईका गरीब, पिछडिएको, भुमिहिन, दलीत तथा आदिवासी समुहरूको अर्को आन्दोलन पनि शुरू हुने छ जुन स्थानीय दमन, उत्पिडन र अन्यायका विरूद्धमा अन्तिम लडाईँ हुनेछ।

    No related posts.

    40 comments to मधेश विद्रोह : केही चुनौति केही सम्भावना

    • Kafka Setling

      The ongoing Madhesi movement is all about the much awaited recognition of identity, economic prosperity, civil accomodation and services, and on top of that power sharing. What we must percieve and admit is that Nepal is heterogeneous state,no one can deny that, so all the living communities must have equal share of state liabilities and power, if that doesn’t exist the country is in deep mess. Forget about who is(was) behind who? But let us try to understand what they need? Why are they howling so much? Going through with all the above bloging I must admit I am sad, sad because most of them are blind. I guess when someday Madesh burns to ground then maybe blind ppl may open their eyes.
      Grievance of a community is not the good sign, rulling government must solve the crises, we dont need another civil war, and keeping in mind what do you say about Limbuone issue?They are not faraway from Madhesi as well…are you still blind??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Pusp Prasad Luintel

      Every one to not do politics in the name of Madheses.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • limbu

      दिपक जी बिखन्डन बादी मनस्थीती त्यागेर समयमै बुद्दी पु-र्यायोउ भने राम्रो हुन्छ होला हुनत तपाईं जस्तै चिप्लो गुलियो लेख लेखन अौँदैन तर पनि घ्रिणा कसरी पैदा भयो भनेर खोतल्दै जादा फेरी तेही तराई मधेश मै जानु बेश होलातपाईं कहि जानु पर्दैन गोरखपुर सम्म गएर आउनुश , नेपाली लाई कसरी हेपेका छन अनी कसरी थग्ने रहेछन भनेर , म एक नेवार को सन्तान कही जानै पर्दैन नेपाल को डाडा काडा , अथवा भ्याली बाहिर जादा थाहा हुन्छ नेपालअकै आदिबासी लाई कसरी हेपिन्छ भनेर मैले के भन्न खोजेको भन्ने पहाडीयाले मधेशिलाई मात्रै हेप्ने होइन उनिहरुले पनि पाए हामीलाई का चै खान बेरलगाउदैन । मेरो सानो सुझाब बलेको आगोमा घ्यु थपने कामा नगरनुश । मधेशी ले पाएको खण्दमा केगर्दैन देखाइ हाले हो छ । उनिहरुले पाए जिउदै दुर्गा माइ को अगाडि लगेर घाटी रेतेको । एस्तो दु:खद घटना नाअवश नआओस भद्र काली मा लगेर जिउदै हजारौ को बली दिन नपरोस सबैलाई बेलाइमा चेतना भया।
      प्रदीप जापान।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      Adhikari ji, baru tapai aafnai jilla ra ghar lai sajilai arko desh banaunda……. tapai nai bideshi bhayera basnda kasto hola ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Adhikari, Bangkok

      mero bichar ma ta desh lai srilanka banaunu bhanda baru sajilai sanga mid-terai ka 10 jilla ko south part (india ko boarder) lai nepale nai arkai desha bhaner chodiiye kasto hola….SNAKE pani marne lauro pani nabhachine….pls lets give them a state…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dhruba

      यसो हेर्दा दीपक जी zz जी लगाएत धेरै जना माईसन्सारका लेखक तथा कमेन्टर हरु सबैजना विद्वान, दुरदर्शी, भबिश्यबेता तथा लिडरसिप लिन सक्ने जस्तो देखिनु हुन्छ तर देश मा भने किन यस्तो राम्रो नेता को खडेरी परेको होला। लोउ न कोही एक जना ले हाम्रो लागि नेत्रित्व लीइदिनु पर्‍यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cRIS

      thnx dipak for the article. u have tried to dig up some issues and i agree with them. postings from prem and the observer have also got some meanings and weight. thnx guys.

      why r people still foolish enough to bring about 22 -24 rajyas issues here?? i wonder. r u that blind and scared?

      the feature article is addressed to our age old deep rooted trend and culture in us, which need to be rectified. my suggestion guys, educate urselves with the points raised.

      it is our unfortunate fate that people only listen to ‘an extrimist’ in current nepal. this is the shortsightedness of nepalese current leaders.

      the past people maoist revolution, and all the happenings in present nepal – i’m desperately hoping that it is not a ‘grand design’ of genocide!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nabaraj

      and one more thing you stupid guys , where do you think all the netaharu and the pahadiharu came from ??? India , honto ????????? ya , ya , ya ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nabaraj

      be careful Nepalese !!!!!!!!!!! China has already planted the plan in nepal one day they are going to take over ,like they did Tibet .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nabaraj

      1. Nepalma jabasamma Education book change hundaina
      tabasamma yestai bhairahanchha .
      2. Nepalma jabasamma yi desh chalaune netaharu
      deshko paisa kumlayera afnai naamma thuparchhan
      tabasamma yestai bhairahanchha .
      3. Nepalmajabasamma andhabiswasko jaro okhelindaina
      tabasamma yestai bhairahanchha .
      4. Nepalma jabasamma Nepaliharunai paisako pachinai
      daudirahanchhan tabasamma yestai bhairahanchha .
      yo sabai roknako lagi sabaibhanda pahile yi sabai netaharulai Tundikhelma line lagayera yek kachha dekhi naya pathekram sikaunu parchha ,nepali teacherbata hoina ??????? bideshi teacher bata .yedi hoina bhane yiniharulai ta yek yek gari goli thokera nepal bata bidai dinu parchha ra naya pustalai desh chalauna dinuparchha ,natra bhane yiniharule nepali janataharulau lutna chodne chainan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manjil

      Dipak ji,
      i think you are political misblinder. We neplese always seems drwaback in our yards but never realise who makes your yard dirty. In this time Nepal is almost at about final stage to its existance, believe it or not India and CIA final match will go on goal may be held on either side and one of them really win the field.
      Vutro, madhes aandolan, sab indian goti hun.
      All major corruption crime and political distrurbance are always enhance by Indians, not only indians like you Neplaese one who never though own weakness and always blames other.
      Do you ever found is there any parallalism in nature? So you may be over than Charles Darbin.
      Go ahead and demand all equal property and right for the world such as Bill Gates.
      Yo time Nepal ko malami jane tarkhar ho, malami haru k ko lagi bajne? Hariyo bans katirakha, nepalko aayu lamo chaina.
      Haina vane pahila Nepal Jogaun ani desko bikas, sadvabana ra swatantratako kura garaunla. Navaye darjeeling ko jasto rastriyeta ko khol odera bachirakhnu parcha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shayer/USA

      All comments are just analysis, if u really want some change in country, nepal need politician like you guys so make it. Go back and announce new party. The new party of mysansar.com group

      Ki kaso, did anyone talked about /guessed maoist and royalist are “sauteni daju-bhai”. In the period of royalist they were terrorist, surya bahadur and sher bahadur fixed price of their head; now see. So stop amalysis and write facts.

      Same in terai this time. So, don’t comment like Jaya Prakash Gupta and MAdav nepal,who don’t want to give freedom for their wife. then yesta bata nepali le freedom pauchan bhanni aasha garnu bekar ho. NOt in terai alll over the country madeshi nedd to fight .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • UBS

      अब चन्की श्रेस्ठ सायद यसरि लेख्छन् होला

      शहरमा बत्ती नीभेको साँझ,
      सुत्ने तर्खरमा थिए स्निग्ध हिमालहरु,
      झुल्दै थियो तराई, घुर्दै थियो पहाड
      मेची र महाकाली रुदै थिए अर्कै घरमा जाने भइयो भन्दै
      काटेर देशका अङ प्रत्येङहरु भाग लगाइदै थियो सिंहदरबारमा
      आ आफ्नो भाग बटुल्न हारलुश गर्दै थिए एक थरी अ मानिसहरु
      उनिहरु कै पछी लाग्दै थिए धर्नाकारीहरु जस्ले केही बेर अगाडि
      देश टुक्राउन पाइदैन भनी माइती घरमा धर्ना दिएका थिए

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subhechchhuk...

      Article bhanda lamo comment nagarau na ho sathi haru …..
      yeso …dui tin line ma lekhda bhai halchha ni “right-wrong” ke chha bhanera …
      Anyway….good job Deepak ji.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramendra.......

      dipak ji , sabai pahade haru darjelling basi haru lai sahyog garchan………ani madheshi haru le biharilai sahyog gardai ma kasko ke nai jancha ra……..madheshi nepali haina bhane pahade ke ko nepali ……. bhutr ko ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      ra madan ji , euta kura sena parichalan garera desh ko ya terai ko samasya samadhan hune haina…… euta kura thaha hunu parcha tapailai pani…. desh lai bikhandan ma dhakelne haru bhanda badhi deshlai bachaune haru dherai chan madheshi haru……nepali sena parichalan garera kahi ek jana pani ramro manchelai maryo bhane 10 jana bikhandan baad huncha yo satya ho …………. ra yadi biswas lagdaina ra yo nepali sena mathi tyati bharosha cha bhane ek choti parichalan garera herda pani huncha…….ra yo sure cha yadi terai ma sena parichalan bhayo bhane nepal euta huncha ra terai euta……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      madheshi le kehi garda indian sanga milera gareko kina bhanchan sathiharule………pahadiya shashakle pani ta bhat khana india nai janchan ra nepal ma aayera haath dhunchan…….. khai ta tyatikhera kehi boleko………nepal lai barbad parna pani india lai nai guhanrne bela ma kaha jancha tyatibela nepali pan ra nepal prati ko maya…….? jan aandolan nai bhayo ke yo sab nepali le gareko ho ra……. pakkai pani haina hola…….. khai tyatibela ko gunaso….? nepal ra nepali ko bich ma kina jahile pani indian nai aauchan……..? ke haami indian ko naam na likan nai haami aaram sanga basna sakdainau…….? ke india le nai nepal chalai rakheko cha…..? kehi had samma ta ho pani lagcha……. aau haami sabai nepali milera basau……… aru lai birsera……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjay

      madan you are right….I am laughing , when I read comment of Prem..funny guy…because of your kind of thinking country is going to convert in 22 or 24 king dom..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramhari Nepal

      Deepak ji,

      Good analysis, but only focuses to a part of a bigger problem. So is halfbaked, sorry for being quite franck. Don’t you think the trend is not much on the superfical divide between the ‘high caste’ and ‘low caste’ you otherwise meant. Much deeper analysis might bring the cessational inspiration with hidden agendas. If you see current move of defections of some ‘stalwarts’ of various national parties toward Madheshis movement (or even Terai as they have also pronounced)it directs us toward a larger ensuing problems. Telling this I don’t mean seven parties are not to blame. I see the blame is mostly done by the ‘ultra-leftist and close-to-centre leftists’ unholy alliance for forcibly derailing the drive toward constitution assembly election. Kicking the people aside from their aspiration subvertly supports anarchists (coming in different facade). God help.

      Ramhari Nepal, LONDON

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      लंदने त्रिपाठी जी
      तपाई जस्ता को नेता हृदायास त्रिपाठी ले आज दिएको धमकी सुन्नुस ”तराई माँ सेना परिचालन गारे देश बिखंदन गर्ने रे ”गर्नुस बिखंदन गर्नुस ||मिलौनुस तराई लाइ बिहार माँ ???चमेरो भएर बाचने भंदा हाका हाकी कुरा गर्नुस ??बास्ताबिकता बाट टाडा न भाग्नुस !!1

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      It is not question of only discrimination but it is an ugly head of few popluist politician from Terai who could not transform themselves as national leader opting to be localized regional leaer ( read chief minister). No body should think they can live alone or separately. Koshi and Bagmati flow from hills and himalyas and if not properly managed from high up, rautahat, and eastern terai districts get flooded every year. majority technical manpower in nepal now are from Terai. This gives a clear picture that it is social problem being manupulated to national politics. All leaders in Terai seen in picutres are well to do person. They are just manupulating sentiments of ordinary people who can ot evaluate siutaiton for long term problem If India manipulates and so called leaders from Terai donot stop going for regional parties, issue of greater nepal defintely will come in future and this will be biggest headache for India. Is not it irony, these people seem liking to be part of bihar than Nepal?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • The Observer

      From the comments posted on this blog, one can easily assume that Mysansar is popular only among Pahadis (at least non-Madhesi Nepalis). I do not see any comments from Madhesh compatriots. An example that our lines of thinking is so divided.
      It is a difficult task to unite people of diverse culture, religion and social values. IN fact, Pahadi and Madhesh as such are not really so divided in these terms, but the political environment in the past divided the people to this extent and now if the oppressed part of population is putting forward genuine demands, the leaders should have the guts to listen to it and seek solution in true sense. That is where the fully proportional representation in every aspect of socio-economic and political areana is deemed necessary.

      Even Paramanand Bhagat, most prominent blogger on Madhesh issue is not responding to blogs of this sort.

      It would be a matter of satisfation if the much awaited agreement between the parties would endorse the proportional representation system. This would give exit to most of unresolved problems in this country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      Deepak Ji,

      Madeshi lai nepal ko kun kanoon le vedbhav gareko cha ra. madesh ma pahade basda chai khoji khoji marne tara indian bihari chai khule aam basda chai kehi nagarne k yahi ho euta nepali le garne andolan?

      Yo sara khel india ko ho ra medesh ka indian dalal le yo sabai prapancha rachi ra chan vanne kura ma kunai sanka nai chaina. Hridesh Tripathi lagayat ka netaharu ko bigat harau ta uni haru nepal ayeko 50 barsa pani vayeko chaina ra uni haru chai sacha medeshi re?

      Aba sabai Pahade haru ra tarai ka tharu haru milera yi indian dalal haru lai thik nalagai hudai hundaina.

      Deepak, Perth, Australia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Good article!

      Thanks alot for critical writing. The writer like you are the jewels of “My Sansar”

      Wish you all the best

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pusp Prasad Luintel

      The international community was asking who these madhesis were and why they were so angry, Mgnus Hatlebakk of CMI, was one of the’expert’ asked to find a answer.

      Hatlebakk uses information from the Nepali Living Standard to show that the farmers of the eastern tarai have the resources to continue with the political agitation. They have time and inclination to pursue political goals and are unlikely to settle for any compromise they might consider unfavourable, he concludes.

      A year ago no one would have believed his pessimistic prognosis that the tarai conflict could be long down-out and intractable if not handled carefully, but to day it sounds like conventional wisdom.

      Pusp Prasad Luintel
      Boston, U. S. A.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Democrats

      Deepak Ji,

      There is no room to object your description of so called “Thicho-Micho”. I also belong to madhesh and I went myself through all these discriminations. However, whatever is the backbone of problem, the process of achieving those goals are totally wrong. In fact, they are not going to fight for prosperous madhesh but for just their existence. “The so called pahadhe politicians (bahun/chetri) did more for madhes than jha, yadav and karn. You can refer janakpur, birganj and rajbiraj.

      Now I am not argueing for the role of madheshi or pahade for greater madhesh, but just trying to highlight the scenario why mahanta thakur needed to establish new party. I know these guys’s sleeve. They did this to counteract “Madheshi-Forum” and trying to save their political carreers. In fact they are never popular individually than being highlighted by their mother-party. This time they are favoring King (one hypothesis) to create chaos and avoid election. Because this time the congress suffered most and girija can’t go for election.

      Most will think this is being done by India (second hypothesis, I wrote it before too) then this is only done to bargain congress to give pressure to declare election. If that happen so, they will again unite with congress. By the way, forum is not in wish list of India.
      Most likely, now on there will be no election. To declare this, they could use the fear of economy collapse.

      My gosh….They care more for their parties and sit in their chair……all including so called “nationalist”. I think the solution is only if the students/teacher/beurocrates/reporters start creating pressure to resolve the crisis. Not by banda and pen down but by writing and discussing everywhere.
      I feel sad.
      There is little room to do than to waite and see. The steps should be started by joining students/teacher/beurocrates/reporters.
      God bless Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      It is all because of lack of good leadership of head of state. Signing agreements with different parties day to night will not definitely get things sorted out until and unless they are fully, practically, implemented in daily life. Has anyone voiced about this issue?

      We, Nepali, feel secure to move along with others consequently others feel we are their puppet. Leaders have to be changed in various ways in order get illumination in Nepalese life.

      I think Girija must have learnt good lesson from this politically detoriating situation day by day.

      Jai corruption free Nepali society and Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashok Budha Magar

      तिहारलगत्तै कात्तिक २९ गते बसेको मन्त्रिपरष्िाद् बैठकमा मुलुकका तीन सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग -राअवि) का प्रमुखहरूलाई समेत उपस्थित गराइयो । कारण थियो, तराईमा क्रियाशील समूहहरूले असोज तेस्रो साता भारतको पटनामा गरेको बैठक ।

      राअविले सरकारलाई बुझाएको एक गोप्य प्रतिवेदन अनुसार तराईकेन्दि्रत आन्दोलन कसरी अगाडि बढाउने भन्ने विषयमा केन्दि्रत थियो, पटना बैठक । तराईमा सशस्त्र गतिविधि गररिहेका जयकृष्ण गोइत, ज्वाला सिंह र विस्फोट सिंहका अतिरत्तिm ‘शान्तिपूर्ण आन्दोलन’ गररिहेका केही नेतासमेत सो बैठकमा उपस् िथत थिए । बैठकमा अनेक समूहमा विभाजित आन्दोलनकारीहरूलाई एकजुट गरी शान्तिपूर्ण र सशस्त्र सङ्घर्षलाई फरकफरक नेतृत्वमा तर समानान्तर ढङ् गले अगाडि बढाउने निर्णय गरएिको जासुसी प्रतिवेदनमा उल्लेख छ । एक उच्च गुप्तचर अधिकारीका अनुसार, आश्चर्यलाग्दो कुराचाहिू के थियो भने त्यस बैठकमा भारतको बाह्य गुप्तचर एजेन्सी ‘र’ -रसिर्च एन्ड एनालिसिस विङ्) का केही अधिकारी तथा भारतीय विदेश मन्त्रालयमा ‘नर्थ डेस्क’ हेर्ने सहसचिव प्रीति शरणको समेत उपस् िथति थियो ।

      Tara, yasto kura thaha chha sabai netaharulai uniharu chupchap chhan kinaki uniharulai desh ra janta prati matlab chhaina, matra aafno swartha heriraheka chhan. ustai paryo bhane, aafno swarthaka lagi dehs bechne khalka manchhe haru ta chhan sabai sarkarma, aru ko chahi ramro manchhe chhan ra!!!! tesaile ta janta wakka bhaisake uniharuko dhaire tutisakyo; herum na yiniharule meeting gareko number nai, last 1 and half month dekhi almost daily meeting gardai chhan, tara khoi kina rahechha solution chhaina, ‘chitra bahadur kc’ le bhane jastai sarkari dhukuti rityako chhan, ani gham tapera din bitaudaichhan singhadurbarma, aru k gareka chhan ra!!!!!! teskaran, janta wakka bhaisake, ani ‘raw’ hosh wa aru kunai bideshi shaktile initiation liyara jantalai uthauna sajilo ta hune nai bho ni!!!! samaya ho, aja teti matra kaha hora, pahad bata pani hunchha andolan ta; madhesi jati pidit chhan tyo bhanda thorai bikat pahadiya janta pani pidit chahi chhhaina. tulana nai garne ho bhane pahad ma k chha bikashko udaharan???? teha ta sarkarko anubhuti nai chaina barsau dekhi!!!!!! samayale bataune kura ho, belaima kehi bhayana bhane dhilo hunchha ra dhilo bhaneko pakkai pani naramro ho kaam garda.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak tripathi,london

      Dear Madan,
      Why dont you read the whole article carefully?Why are you referring to “sima pari”-Indians? Why are you associating terai people with Indians?Its because of people like you that madhesi people are suffering in nepal.You talked about the way Indians treat nepalese if you cross the border,right?Where in the article did you find the writer favouring Indians?If the Indians treat Nepalese in bad way does this mean we have to treat our own Terai nepali people in the same way?Please always remember that these madhesi people are equally Nepali as you and I are.
      I totally agree with Byas that this current violence movement is not for the real madhesi people.Its definetely for those madhesi leaders own benefits and they have been bribed by some third force to act like this.But if we keep on treating madhesi people like second class citizen,apparently the real andolan from madhesi people will take place.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak is right. But what Madhise Leaders are doing is not for Madhise people. They are trying to fish in Murky Water.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो कुनै सम्भावना बोकेर आएको लहर हैन नेपाललाई भुटाननिकरण, श्रिलन्किकरण, र सिक्किमिकरण साम् दण्ड भेद् मध्ये कै एक पाटो हो नरस्महार्कारि ज्वला सिङ र गोइत मार्फत सुरु गरिएको श्रिलन्किकरन भन्दा त रक्तपात बिहिन सिक्किमिक्रन्को लागि सुरु भएको पछील्लो प्र्यास राम्रो जस्तो लाग्यो मलाइ त, आफुलाइ त अलिअलि हिन्दि आ उछ साथिर्लाइ अौदैन भने आप भि सिक लेना टाइममे अभि ज्यदा टैम् नै हे सिर्फ् दो चार बर्ष है
      के छैन पहिले पनि हामि जम्म्बु दिपे भारत् बर्ष अहिले पनि के भो त? तलब आ सि मा आ उछ,
      बुझ न सुज समानुपातिक चुनाबको रट नारा फलाक्ने जातिय राजनिति गर्ने पहाडियालाइ थाहा हुन्छ नयाँ जन गणना पछी बहुमत ५० % भन्दा सिट तराइबासिले पाउनेछ भन्ने कुरा सु गरी सक्यो दैलो देख्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khem

      Hi Prem Ji
      Bahut Ramro Buddi and Bichar ! Waha ! Waha !
      I think you were also playing marble at the sime of studying ! right ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      दीपक जी
      के केटा केटी झै कुरा गरेको यार??? बकैदा ”र”ले पटना माँ तराई का नेता लाइ सम्मेलन गराएको ,तेस्मा नेपाल को तराई माँ आगो लाउन येत्रो सद्यंत्र भा छ,यो सबै इंडियन ग्रांड डिजाइन माँ काम भा छ यार तपाई कुरा बुझेको की न बुझेको???/
      कहिले माओबादी को सृजना गरेर नेपाल धोस्त पारने,कहिले तराई लाइ उक्क्सायेर पहाड लाइ नाकाबंदी गरेर नेपाल को सत्ता लाइ मदिसे को कब्जा माँ लेउने((अब यो चै हुदैछ ,भंनुस!!!किन २० लाख भारतीय लाइ नागरिकता दिलाइयो???),घर झगडा कहा छैन??? येसको मतलब घर कई सदस्य ले घर मई आगो लाउने???
      सबै समस्या को जड़ सैतान छिमेकी हो,र उसको नेपाली प्राकृतिक संपदा प्रति को गिद्दे दृस्ती हो???
      के तराई माँ पहाडी भनेर हेप्दैन???के सीमा पारी तपाई हाम्रा चेली बेटी लाइ बेस्से को नजर ले हेर्दैन???
      तपाई हामी सीमा पारी जाना साथ बहादुर होइना ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pamkaf

      The fight for right is all welcome, however, pushing it to extreme is deplorable. There should be political agreement to recognize the need for rights of Madhesh people and this is the time, when there is seven party alliance, when a solution should be hammered out. New Nepal cannot be built based on slogan but with dedicated efforts by the people mandated parties coming together will definitely help build one. For this, leadership needs vision and determination. We should respect democracy but should not tolerate extremism inflicted in the name of democracy. Give all the rights to Madhesh people but squash extremism thereafter.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bidur

      sabai bhanda pahile terai bata nai bhedbhau hataunu parcha !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yadu kandel

      actualy i do not agree with your article at all ,in the practical life there is not any area where is no discriminatin about anything ,somewhere it happen taking wealth ,and other take it as cast,religion ,language and so on.what is the important thing is that everyone writes very sweat article but he himself can not apply with him.if you want to eliminate the cast discrimination then start to marrige with lower cast people with you,with your son as well as with your relative once day you will see there is no another cast. but respected writer you can not do it because you can not want to take risk to reject from society.that is the man thing. at the same time you can show me any one who does not say god thing to others .but you can show anyone who do the good for their nation. so please do not write such kind of article later . you are telling what kind of behaviour have done by pahadi to madeshi ,you also can what kind of behaviour is created whole india to nepal . i do not want to take all story here.because you are very just writer .in my view the main thing why they o behind means lack of education which they do not provide with their children because of bihar smell.obviously ,they can not make decision about theirself then they go behind .if you really a good writer then do not blame to others ,every wake theirself to take their right.so please let them to take their right

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sushil Paudel

      Deepak ji some how short article submit garnu na

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purushottam subedi beljiyam

      जब सम्म देश मा मानबिय कानुन बन्दैन तब सम्म देश मा यस्तै भ ई नै रहन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem gurung

      मलाई जातिगत कुरा गर्न एकदम मन लाग्दैन तर बिगतका कुरा हरुले यो बिद्रोह ल्याएको पक्का हो। बाहुनबाद्को कुरा गर्दा डोर बहादुर बिष्ट लाई बेपत्ता बनाइयो। भारतमा आरक्षण हुँदा यहाँ किन गर्न नहुने। सबलाई समेटे मात्र एस्तो नहुने थियो। अस्ती २५ जवान सचिब हुँदा २० जना बाहुन परे। नहोस् पनि किन ?घोकन्ते बिद्या त उनिहरुको रगत्मा नै छ र लोक्सेवा ले येस्तै सिलेबुस् बनाको छ।। नेता हरु पनि उनिहरु नै बदी छन। तेसैले यो सबैको जिम्मा उनिहरुले लिनुपर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shivaji

      Brilliant analysis buddy.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker