-गेहिनी जोशी/हल्यान्ड-
केही समययता नेपाल वायु सेवा निगमबारे लगातार पढ्नसुन्न पाइएको छ। निगमका कर्मचारीबाट झन्डै ठगिनबाट जोगिएकाले मजस्ता यात्रुलाई यसका गतिविधिबारे बढी जान्न उत्सुकता हुने रहेछ। जतिपटक यी विषयका सामग्री पढ्छु त्यतिपटक म आफूमाथि निगमका कर्मचारीबाट भएका अभद्र व्यवहार सम्झन्छु। हुन त केही पुरानो अनुभव हो जुन अझै निगम र कर्मचारीका व्यवहारमा सुधार नआएकाले म आफूमाथि भएको घटना सुनाउन सान्दर्भिक ठान्छु।
तीन वर्षअघि मलाई नेदरल्यान्डको एउटा तालिममा सहभागी हुनु थियो। निगमको जहाज साँझ ६ बजे उड्दै थियो। म र अर्का सहभागी मित्र दुवैजना घरबाट बिदा भई झन्डै चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका थियौँ। हाम्रो उडान काठमान्डौ-दिल्ली हुँदै एम्स्टरडमसम्मको थियो। दिल्लीबाट हामीलाई नेपाली समयअनुसार रातको ११ बजे एम्स्टरडमका लागि केएलएमको अर्को विमानमा यात्रा गर्नु थियो। हामी टिकट तथा सामान जाँचका लागि सुरुको लाइनमा थियौं। जाँचका लागि ४/५ जना निगमका कर्मचारी थिए। टिकट जाँचका लागि हाम्रो पासपोर्ट लिइयो।
यात्रु भीड निकै थियो। एकाएक जापानी पर्यटकको हुल आइपुग्यो। पर्यटकसँग आएका गाइडले कर्मचारीलाई के भनेछन् कुन्नि हाम्रो टिकट, पासपोर्ट नदिई उनीहरूको पासपोर्ट जाँच गर्न थालियो। हामीलाई कुराइयो। मैले हाम्रो टिकट र पासपोर्ट जाँच गर्न भने। कर्मचारीहरूले केहीबेर कुर्न भने। हामी छेउमै बसी पर्यटक र निगम कर्मचारीको गतिविधि हेरिरह्यौँ। केही बेरपछि हामीले बुझ्यौँ। १५ जना पर्यटकमध्ये २ जनाले टिकट पाएका रहेनछन्। दुइटा टिकट जसरी पनि मिलाइदिन गाइड तथा पर्यटकले जाँचका लागि बसेको कर्मचारीलाई जोड गरेका थिए। एकजना पर्यटकले एक कर्मचारीलाई रक्सीको बोतल र गाइडले खामसहित अलि पर लगेको हामीले देख्यौं। हाम्रो पालो हुँदाहुँदै ती सबै पर्यटक प्रस्थान कक्षतिर लागिसकेका थिए। हामीलाई डेढ घन्टाजति उभ्याएर बाँकी यात्रुको पनि जाँच गरियो। त्यस बेलासम्म हामीले दुई तीनपटक आफ्नो टिकटबारे सोधिसकेका थियौं। अन्तमा हामी दुईजना र निगम कर्मचारीमात्र बाँकी रह्यौं।
एक कर्मचारीले भने- तपाईंहरू यो फ्लाइटमा जान पाउनुहुन्न।
मैले सोधें- के कारण हामी जान पाउँदैनौं ?
उनीहरूले एकै स्वरमा जबाफ दिए- जहाजमा सिट छैन। तपाईंहरूलाई अर्को फ्लाइटमा जाने व्यवस्था गरिदिन्छौं।
मैले भनें- हाम्रो टिकट एक महिनाअघि कन्र्फम छ। केही दिनअघि पनि कन्फम गराएका हौं, हामीले जान पाउनुपर्छ।
कर्मचारीहरू र्झकंदै हामीसँग विवाद गर्न थाले। हामीले हाम्रो फ्लाइट र लगत्तै सुरु हुने तालिमबारे जानकारी गरायौँ। विद्यार्थीजस्ता देखेर होला उनीहरूले तपाईंहरू घर जान सक्नुहुन्छ भन्दै हाम्रो टिकट, पासपोर्ट फिर्ता गरे। हामी मान्न तयार थिएनौं। केहीबेर विवाद भयो। अर्का एक कर्मचारी आइपुगे। उनले दुईमध्ये एक जनामात्र जान पाउने बताए। मेरा मित्र जान पाउने भए। मलाई भने अर्को फ्लाइटमा मात्र जान पाउने भन्दै उनीहरू निकै झर्किए। मैले त्यहाँ नियमविपरीत कुनै कार्य गरेको थिइनँ। त्यसैले घर फर्कन पनि मनासिव ठानिनँ। केही नलागेर आफूसँग भएको सूचना विभागको प्रेस पास देखाएँ। म यहाँबाट फर्कें भने घर होइन, तीनकुनेमा कान्तिपुर पब्लिकेसन्स् पुग्छु र तपाईंहरूले गरेको व्यवहारबारे पत्रकारहरूलाई बताउँछु भनेर जबाफ फर्काएँ।
मेरो जबाफ सुनेर ती कर्मचारीहरू कानेखुसी गर्न थाले। मलाई केहीबेर पर्खन भने। त्यसपछि निगम पोसाकधारी एकजना कर्मचारी आएर ‘बहिनी नरिसाउनुस्, हामीले तपाईंका लागि सिट व्यवस्था गरेका छौं’ भन्दै प्रस्थान कक्षमा जान भने। जे हुनु भयो, माइन्ड नगर्नुस् है भन्न थाले। जहाज उड्न केही समय बाँकी थियो। कर्मचारीसँगको विवादका कारण तालिममा सहभागी हुने उत्साह घटिसकेको थियो। हामी हतार-हतार प्रस्थानका लागि प्रतीक्षालय पुग्यौं। उडान २ घन्टा ढिलो हुने सूचना आयो। ६ बजेको जहाज ८ बजेमात्र उड्ने भयो। सबै यात्रुलाई रातको खाना बानेश्वरको पाँचतारे एभरेस्ट होटलमा खुवाउने घोषणा भयो। खाना खुवाएर सवा सात बजे पुनः एयरपोर्टर फर्काइयो। करौडौं नोक्सानी रहेको निगमले फ्लाइट डिले गरेर यात्रुलाई तारेहोटलमा भात खुवाउन थाले भने यसको अवस्था झन् कस्तो होला भन्ने पनि लाग्यो। सबै यात्रु उड्न ठिक्क बसेका थिए जहाजको मर्मत भइरहेकाले फेरि उडान केही घन्टाका लागि ढिलो हुने जानकारी गराइयो। हामीलाई अर्को चिन्ता थपियो- सम्पर्क उडान -कनेक्टिङ फ्लाइट) छुट्ने हो कि भनेर। राति ११ बजेको उडानबाट हामीलाई एम्स्टरडम उड्नु थियो। नभन्दै १० बजिसकेको थियो। के कारणले उडान ढिलाइ भएको हो कसैलाई थाहा थिएन। निगमका आधिकारिक कर्मचारी कोही थिएनन्। सुरक्षा अधिकारी भने जहाज मर्मत भएको बताउँथे। जहाज कुन बेला उड्ने हो पत्तो थिएन। धेरै यात्रुको दिल्ली हुँदै अन्य मुलुक पुग्ने कनेक्टिङ फ्लाइट रहेछ। त्यसपछि केही यात्रुले होहल्ला गर्न थाले। जहाज मर्मत भएको मान्न कोही तयार भएनन्। यात्रु र सुरक्षाकर्मीबीच झन्डै तनाव भइसकेको थियो। अवस्था केही जटिल हुँदा पनि निगम कर्मचारी भने कहाँ लुकेका थिए पत्तो भएन। पछि सुरक्षाकर्मीसँग २/३ जना यात्रु स्वयं जहाज भएको ठाउँ पुगेर फर्केपछि मात्र स्थिति शान्त भयो। केही समयमै उडान हुने ठोकुवा गरियो। ११ बजे बल्लतल्ल विमान दिल्ली प्रस्थान गर्यो। मर्मत हुँदाहुँदै यात्रुको करले उडेको जहाज दिल्लीसम्म नपुग्ला भन्ने डर सबैमा थियो। हामीलाई भने अर्को जहाज छुट्न लागेकामा चिन्ता थियो।
दिल्ली पुग्दा अर्को विमान छुटिसकेको थियो। हामी ट्रान्जिट हलमा बस्यौँ। जहाज छुटिसकेकाले के गर्ने कसो गर्ने भनेर हामी अत्तालिएका थियांै। त्यहाँ पनि निगमका कर्मचारी देखिएनन्। एक घन्टापछि एक कर्मचारी हामीलाई खोज्दै आए। हाम्रो जहाज छुटेकाले अर्को जहाज २४ घन्टापछि मात्र हुने बताउँदै खानाको कुपन दिएर आफ्नो बाटो लागे। बाइस घन्टा हामीले दिल्ली एयरपोर्टको सिटमा बसेरै बितायौँ। बल्ल एम्स्टरडम उड्ने समय भयो।
यात्रा अवधिभरि मैले ती कर्मचारीले गरेको व्यवहार सम्झिरहें। हामी जान्नेसुन्ने भनाउँदालाई आफ्नै देशमा, सरकारी स्वामित्वका ध्वजावाहकका सेवा दिन बसेका कर्मचारीले यस्तो व्यवहार गर्छन् भने सोझासाझा यात्रुमाथि कस्तो व्यवहार भइरहेका होलान् भनी मनमनै सोचिरहेँ। हुन त वैदेशिक रोजगारीमा गएका कतिपयलाई टिकट कन्र्फम भए पनि एयरपोर्टबाटै फर्काउने गरेको सुनेकी थिएँ। आफू पनि त्यसको झन्डै भुक्तभोगी हुनुपरेको थियो। यस्तै सोच्दै करिब ९ घन्टा यात्रापछि हामी एम्स्टरडम पुग्यौं। निकै थकित भइसकेका थियौं। उता हाम्रा तालिमका प्रशिक्षक तथा सहभागी मित्रहरू हामी नपुगेकाले चिन्तित भएका रहेछन्। हाम्राबारे बुझ्न नेदरल्यान्ड कन्सुलेट, काठमाडौँमा सोध्न भ्याइसकेका थिए।
त्यसको ठीक एक वर्षअघि पनि काठमाडौं-दिल्ली-मस्को हुँदै जर्मनीको वर्लिन जानुपर्ने थियो। निगमले रातको ६ बजे हुने उडान रद्द गरी मलाईर् बिहान ८ बजेको उडानबाट दिल्ली पुर्यायो। त्यसबेला पनि झन्डै २२ घन्टा दिल्लीको पट्यारलाग्दो ट्रान्जिट हलमा बिताउन बाध्य भएकी थिएँ। केही समयअघि पुनः इस्लामावाद-दिल्ली हँुदै काठमाडौंको रुट परेको थियो। ट्रान्जिटमा अमेरिकाबाट आएका यात्रुसँग भेट भयो। उनीसँग ससाना दुई छोराछोरी निकै थकित देखिन्थे। उनीहरू एयरपोर्टको चिसो भूमिमा सुतिरहेका थिए। नानीकी आमा मलाई गुनासो गर्दै थिइन्- हेर्नुस् न निगमको फ्लाइट डिले हुने भयो। आफ्नो राष्ट्रिय ध्वजावाहक भनेर यसकै टिकट लिएँ, घर (नेपाल) पुग्नै लाग्दा यस्तरी कुर्नुपर्यो। धन्न म त्यसपटक बचें, मैले निगमको टिकट लिएकी थिइनँ।
वर्षौं बितिसक्दा पनि निगमको अवस्था भने उस्तै छ, अझ खस्कँदो छ। निगमको मनपरि उडान स्थगन, ढिलाइ, पटक-पटक समय परिवर्तन कर्मचारीको व्यवहार सायद थुप्रै यात्रुले सहनुपरेको होला। निगमबाट यात्रा गरेका एक पर्यटकले नेपालको राष्ट्रिय ध्वजावाहकबाट कहिल्यै यात्रा नगर्नु भनी लेखेको वेबसाइटमा पढ्न पाएँ। उनले आफ्नो वेबसाइटमा निगमको सेवाबारे निकै गुनासो पोखेका थिए। यात्रुसँग प्रत्यक्ष सम्पर्क राख्ने कर्मचारीको व्यवहार देख्ता निकै दुःख लाग्छ। राम्रा रक्सीका बोतल र केही हजार रुपैयाँको लालचमा समयमै टिकट हात पारेका यात्रुसमेत यात्रा गर्न पाउँदैनन्। घरबाट टीकोटालो गरी विमानस्थल पुगेकालाई समेत फर्काइन्छ।
निगम अहिलेको दुरावस्थासम्म आइपुग्नुमा साना तहका कर्मचारीदेखि माथिल्ला तहका हाकिम, व्यवस्थापक, सरकारी ओहदामा बसेका सबैको हात उत्तिकै छ। म अझै सम्झन्छु- सानामा बुढापाका हामीलाई ठूलो भएपछि नेपाल वायु सेवा निगम वा नेपाल आयल निगमको जागिरे भएस् भनेर आशीर्वाद दिन्थे। नदिऊन् पनि किन, समाजमा त्यहाँ काम गर्ने कर्मचारी, उनका छोराछोरी, श्रीमतीको चुरीफुरी कम्ता थिएन। हामीले जागिर खाने उमेरसम्म आइपुग्दा यी दुवै निगम भ्रष्टाचार, राजनीतिक प्रभाव, नातावाद, कृपावादले जर्जर बनिसक्यो। घाटा, नोक्सानीको भारले थिचिएको, भ्रष्टाचार, कमिसन खेलले खोक्रो बनेका यस्ता ठाउँको जागिरे भन्नु पनि अब लाजमर्दो भइसक्यो।
निगमको स्थिति सुधार्छु, छिट्टै जहाज खरिद गर्छु, मर्मत गर्छु भनेर मीठा भाषण गर्ने हाम्रा पर्यटन मन्त्रीको संख्या सायद दर्जन नाघिसक्यो होला। राजनीतिक प्रभाव, वायु सेवाभित्र राजनीति, कमिसन खेल र अरू चलखेलअघि हाम्रा मन्त्रीहरूले पनि हार खाएजस्तो देखिन्छ। यस वर्ष पनि पर्यटन मन्त्रीले भूतपूर्व मन्त्रीहरूको जस्तै भाषण दोहोर्याएछन्। अझै आउँदा दिनमा कति मन्त्रीहरूले फेरि यस्ता भाषण दोहोर्याउने हुन्। साँँच्चै निगमको अवस्था सुधार गर्न ढिलाइ भइसक्यो। निगमकै अवस्थामा पुगिसकेको युगान्डा एयरलायन्सले अहिले गरेको प्रगति निगमका लागि पाठ हुन सक्छ। त्यहाँसम्म नपुग्ने हो भने हाम्रै छिमेकी मुलुकको श्रीलंकन एयरलाइन्सलाई पनि लिन सकिन्छ। ती एयरलाइन्सले अनुसरण गरेको रणनीति निगमका लागि प्रभावकारी हुँदो हो।
हाम्रो ध्वजावाहकले यात्रुलाई आरामदायी यात्रा दियोस्। निगम स्वस्थ अवस्थामा पुगोस्। अन्तर्राष्ट्रिय जगत्मा निगमको छवि फेरि सुध्रियोस्। निगमले गरेको प्रगति हेर्ने चाहना आम नेपालीको छ। gehini@gmail.com
No related posts.









Yes, I got similar experience while traveling to London via Qatar. the person who was working in departure section hide my one ticket (Qatar to London) and I could not travel on that day.
मन परे हरियो, नपरे रातो
0
0
Like Logo like staff behavior…………
Kirant
मन परे हरियो, नपरे रातो
0
0
Yes , in the nepali airport they like to give to trouble nepali people and in the foreigner airport
also they like to give to trouble to nepali people ,
especially in arabian country .
मन परे हरियो, नपरे रातो
0
0
yo saba sujata ra girija le garda bhayeko ho sathi ho
मन परे हरियो, नपरे रातो
0
0
Yo Topic ko comments ma RA lai Matra Gali Gareko Dekhiyo Tar Vastav Ma RA matra Hain TIA (Tribhuban International Airport)Ko Staff haru ko pani utinai dosha cha.
Security check Garne Police haru pani Baggage check gareko hakahaki paisa magchan. paisa diyen bhane bag kholer luga haru sabai kohler Time loss garidincha ani boli byabahar ta bhaner sadya chain.
sidha shadha janta sang ta tan bhaner kura garcha.
मन परे हरियो, नपरे रातो
0
0
Nepal Airlines should be closed immediately and private Nepalse airlines should be Given chance to fly in the international level.We all know that NA doesnot have any right to regard itself as a national carrier.have a look at Buddha Air.How good it is atleast.I had a similar experience some 3 yrs ago when I was coming to tokyo.Since then I even dont want to hear its name.Please make it better ….
मन परे हरियो, नपरे रातो
0
0
Do not worry!!! Yeti airlines le Int’l flight suru garchha. Ani ramri yatra garumla.
मन परे हरियो, नपरे रातो
0
0
One of the worstairlines in the world. Kegarne aafno deshko dhwoja bahak bhayerake garne.
मन परे हरियो, नपरे रातो
0
0
hello DB GURUNG ji yeha kura samasta nepali ko ho…
tapai kina bahun ra newar ko pachi parnu bhayoo…. COMEON DUDE GROW UP!!!! ITS NOT THE KINDER GARDEN (K.G) TO FIGHT FOR PENCIL….
मन परे हरियो, नपरे रातो
0
0
म पनि यस्तो कारणले एकपटक सारै पिडित भएको छु, कुरा तिन बर्ष जति अघिको हो, म थाई एयर बाट अमेरिका आऊदै थीए, म सँग कन्फ्रम टिकट थीयो, बोर्डिङपास लिने ठाऊँबाट तपाईँ आज जान पाऊनुहुन्न भन्दै फर्काईयो, मैले मसँग कन्फ्रम टिकट हुँदाहुँदै म उड्न नपाउनुको कारण जान्न चाहेँ/ कारण त्यो पारस र हिमानि त्यहि फ्लाइट बाट चिन भ्रमणमा जादैँ रहेछन र म नेपालि नागरिक भएका कारण सुरक्षाका दृष्टिले गर्दा मेरो फ्लाईट त्यस दीन रद्द गरिएको रहेछ यदि त्यसबेला मेरो नेपालि पासपोर्टको सट्टा अन्य क़ुनै देशको पासपोर्ट भएकोभए मलै त्यो झन्झट बेहोर्नु पर्ने रहेनछ, त्यो कुरा मैले अमेरिका आएपछि थाहा पाएँ/ म नेपालि भएको र त्यो नेपालको भिभिआईपि को सुरक्षाको कारण् देखाएर मेरो त्यस दीनको टिकट रद्द गर्न लगाइएको रहेछ/ त्यसपछि कनेक्टिङ फ्लाईट नमिलेर म चार दिन सम्म त्यहि अल्मलिनु पर्यो/ तपाइँलाइ कस्तो अनुभुति वा ग्लानि हुन्छ जतिबेला तँपाइ आफ्नै व पराइ भुमिमा केबल नेपालि भएका कारण पटक पटक अपहेलित र अपमानित हुनुपर्छ / य़ो सबै कुरा तिनै भ्रस्ट ब्युरोक्रेट र घुसतन्त्रका कारण भएको हो/ तपाइँ मध्ये कतिजनाले आफ्नो बाबु वा दाजुले आफ्नो वास्तविक तलब भन्दा बढि पैसा कमाउदा गर्व गर्दै नाकका पोरा फुलाउनु हुन्छ या यो त घुस्याहा भन्दै घृणा गर्नुहुन्छ? म कोरिया बस्दाको एउटा अनुभव यस्तो छ, म सँग काम गर्ने एकै घरका दुई दाजु भाई थिए, उनि हरु प्रत्येक महिना भिनाजुको काठमाण्डु स्थित हिमालयन बैँकमा पैसा पठाउथे कारण रहेछ त्यतिबेला अदुअआ ले त्यो भन्सारको हाकिम उनिहरुको भिनाजुलाइ पत्र काटेको रहेछ र त्यो भिनाजु नगद उनिहरुको घरमा दिदोँ रहेछ / ति दाजुभाइले सँगै काम गर्ने सबै नेपालिको पैसा त्यहि खातामा पठाइदिन्थे र यता बिदेश बाट आएको रकम बारे केहि सोधपुछ नहुनेरहेछ/ गजब छैन त आईडिया! अब भन्नुस कसरि रोक्नुहुन्छ भ्र्स्टाचार्/
मन परे हरियो, नपरे रातो
1
0
RA WILL NOT BE CHANGED. THESE CORRUPTED MANPOWER WILL COMPLETELY DEMOLISHED THE STRUCTURE OF RA AND MAKE IT BANKRUPT.
मन परे हरियो, नपरे रातो
0
0
The only solution to stop corruption and improve it’s service is to privatize NAC (fully or partially) or/and give it in a contract to a foreign airlines. Of course, politicians and NAC staff do not want to privatize becuase it is going to stop the corruption and stop the cash flow to their pockets. Corrupt staff are scared of privatization because they will not get job anywhere.
Srilankan airlines was almost bankrupt a few years ago because of conditions like NAC. They sold 40% to Emeriates Airlines and gave it in a contract to Emeriates in 1998. Now it has a fleet of 14 airbus planes and expands to double it to 28 in the next 5 years. Compare that to NAC.
मन परे हरियो, नपरे रातो
0
0
ani tapai ta kantipur ko hunuhuorehecha ra po nigam ka karmachari darayo, bhanepachi normal citizen le chai k garne hola? tapai le kantipur ko satta tehi ko seniour or complain line office ma gayara challange garnu vayako vaya chai rule ko palana hunethiyo ki? tara pani bahira janebelama hatar ta huncha nai. tara kantipur bhanepachi nepal ka authority haru darauchana kayare… good.
tara pani tapaiko kura sunda dukha lagyo ani dikka pani lagyo hamro national airlines dekhi. although i have never chance to go through nepalese airlines.
MM
मन परे हरियो, नपरे रातो
0
0
Dear Writers & Readers !
Well whom to believe in Nepali soil top to bottom and Government Responsible Chairs all those guys are > Bahun Bada and some Newars > doing their JOB only own fulfilment…. Are they a Human Being, its incredible as being human and we are servicing for nation and its people….. All those are > LEECHS > sucker of everything, but leech sucks onle human or animal blood….OKAY
In my point of VIEW while in Nepali soil ! Is there left SEEDS OF BAHUNBAD …nothing at all in past, present and future too…..who said what ?
If new generation > BAHUNS > never changed their OLD=CULTURE….Sorry the Nepal is always same even come and goes thousand years….WoW…
Sucker never move forward…..
मन परे हरियो, नपरे रातो
0
0
Chusa…chusa…..jati sakchhau chusa..khokro para
mane yahan 1000 barsa pachii Ganatantra aaunchha, ani timiharu lai karbahi garchhau.
मन परे हरियो, नपरे रातो
0
0
Very good article. This article must be read by R(!)NAC people.
मन परे हरियो, नपरे रातो
0
0
भनेसि ती जापनीले घुस दिएका रहेछन
लाज नभाका हरु
मन परे हरियो, नपरे रातो
0
0
That Air Lines Sucks…… I suggest everybody not to fly from it…Coz once my parents took that flight they have to suffer a lot….!!!No coustmer service employee are rude.
मन परे हरियो, नपरे रातो
0
0
why? and How long does it go? Is not there any solution?
मन परे हरियो, नपरे रातो
0
0
well it seems like everyone here has similar experiences. I am no exception.
the personnel in TIA are mostly crooks. If you ask some assistance they expects money in return, even though they are there to help.
If I am happy I will give tips depending on if they’d been really helpful, but when they openly ask for money then that really pisses me off.
Something need to be done, seriously. The Tourism or the Aviation ministry must do something like mystery shoppers to catch such bad practice and punish the defaulters. ( I guess there won’t be anyone working if they fire each and everyone who break the law..lol)
मन परे हरियो, नपरे रातो
0
0
Kathmandu airportma custom check garne thauma sidhai passport bhitra kothamalagchhan ani 10 hajar dhekhi 50 hajarsama magchhan natrabhane passport dindainan . mero face pani ali sano ani manchepani ali patalo , malaita bachha jasto thanechha kyare hai ,, k bhanchha bhane la tapaiko ta yo milena tyo milena bhanera sojhai malaita lato banauna khojyo , teha aru thuprai mancheharuko pani passport liyera bhitra gayeka thiye , sabai jana gauntira bata ayeka ali napadheka jataharu dherai thiye , uniharu sanga ta sidhai 10 dhekhi 15 , 50 hajar samma paisa asulera passport diye , mero harek dacuments haru clear thiyo visa pani ra ticket everything was right . malaita la hundaina po bhanchha ba , adha ghanta jati almalai diyo , uta plane chutnai lagisakyo , ris uthera beskana bole , timiharu jasta desh ma sidhai manchelai thagne , lutne bebahar garchau , ma aba turuntai phone garera timiharu jasta bhrastachariharulai taha lagaunchhu k jodle bhaneko thiye ,hoina hoina tapaiko sabai thick chha tapai jansaknuhunchha , baru kehi help chahiyobhane hami hajurko sewama chhaun ,. what a choor andlutera are in the kathmandu airport . if I think aabout that I want to bring my khukuri and cut their neck . choor , danka , lutera , bichara ti sojha aruharulai yiniharule din dinai kati thageka chha . kahile hunchha nepalma santi ra rokinchha yo luterapan .
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो देशको हालत राजा, नेताहरु र नोकरशाहीले र वायुसेवा निगमको हालत राजा, धमिरे नेताहरु र त्यसका सचाँलकहरुले जर्जर अवस्थामा पुर्याएका छन।
वायुसेवा निगमका कर्मचारीहरुको ब्यवहार सझँदा यो सँस्थान जतिसक्दो छिटो धराशयी हुन सक्यो उति नै देशले शर्मनाक स्थितिको सामना गर्नवाट वच्न सक्नेछन। मँत्री, सचिव र नातेदार वा पावरदारको भरमा जागिर थामेका कर्मचारीहरुको नैतिकता र कार्यदक्षताको वारेमा कुरा गरेर
समय नष्ट गर्नु ब्यर्थ छ। कार्यकुशल र दक्ष कर्मचारीहरु निजी क्षेत्रमा गइसके। एकादुक्का
अकल झुकल कार्यकुशल कर्मचारी छाडेर अहिले केवल छोक्रा, जुका र धमिरा मात्र वचेका छन जसले भित्र र वाहिरबाट चुस्या छ चुस्या छ।
नेपाल वायसेवा निगमसगँ जोडिएका जोशीजीले भोग्नुभएका जस्तै कथा र ब्यथाहरु हजारौ छन। आफ्नुमान्छे, प्रभाव वा चिनेका मान्छे, स्टाफ, नत्र घुसखोरी —यति नभए वायुसेवा निगमले customer service कुन चरीको नाम हो भने जस्तै गरिरहेका छन बर्षौदेखि।
मेरो दरिलो विचार के भने नेताहरुले घुसखोरीको गोलो बनाएका वायुसेवा निगम बन्द गरिनु पर्छ। निजी क्षेत्रको वायुसेवालाई प्राथमिकता दिईनु पर्छ।
Moribund Nepal Airlines Corporation is not a National Flag Carrier. It has become a National Shame carrier.
The sooner we get rid of it, the better it is.
IT DOES NOT MATTER HOW MUCH WE SUFFER FROM CARELESSNESS OF NEPAL AIRLINES AND HOW MUCH WE COMPLAIN AGAINST THE NEPAL AIRLINES, IT HAS NOT CHANGED AND IT IS NOT GOING TO CHANGE.
मन परे हरियो, नपरे रातो
1
0
mero kahani sunayebhane sabaijana risle murmurinechhan ra sahana nasakera sabai karmacharilai marnechhan . yiniharuta yek numberka danka ra choor hun .
मन परे हरियो, नपरे रातो
0
0
mr.rupak sharma and rastranayk ji. you guys need to go mental hospital. Strongly suggested>
मन परे हरियो, नपरे रातो
0
0
Year 1994 it was, I had confirmed ticket to Pokhara from Kathmandu by RA. As I remember that was the last flight to Pokhara for the day. I was at the terminal an hour and half prior to the fligh schedule. On my arrival at the check-in-desk, I was told they didn’t have me booked for that flight, it was ridiculous. I asked them for availability of any seats. I was told to wait for a while alongside with one lady who had same situation as mine. We waited for next half hour or so, when 3 western tourists showed up without any tickets who were going to Pokhara. The conversation among the tourists sounded like the airline staff were asking for more money from them. We approched the counter asking for the availability of the seats again, the answer remained same. I was a bit angry this time and started argueing with the staffs. I told them if they were looking for more money and not the priority, then I was willing to pay the double for whole 18 seats and fly alone. The other fellow lady passenger started to had a go with the airline staff as well.
It might have been their understanding, three tourists dropped their willingness to travel on that flight and eventually the airline staff gave us the boarding pass unwillingly. The flight took off an hour late with one seat vacant at the end.
As long as I have other choices, I wouldn’t travel by RA from there on. There are two new airlines flying direct from Hongkong to Kathmandu from the beginning of December 2007, I don’t need to use RA anymore. Hurray…..
मन परे हरियो, नपरे रातो
0
0
I am totally agree with rastranayak. I recently had similer experience with thai air. They changed the schedule of their flight. I had comfirm return ticket but they could not give me another confirm day and i had to spend 24 more days in nepal. Finally i paid extra money for business class and came back to USA for my important interview.
मन परे हरियो, नपरे रातो
0
0
frankly speaking worldwide almost all of the airlines have same problem, the only difference is nepalese airlines have 50% more problem than rest of the world.
ha ha ha ha
मन परे हरियो, नपरे रातो
0
0
Its not just Nepal airlines but even domestic airlines like Cosmic air has similar problems. 2 years back,after attending a conference in Bhairahawa,I had to return to Kathmandu.The next day I had flight to London.I bought ticket of cosmic air for 11 am.When I reached Bhairawa airport around 10am,I was given boarding pass.I holded the boarding pass and waited for the plane to arrive.It was about 11:30 but still there was no indication of plane arriving.One of the member of staff told us that the Plane had already left ktm and will be landing Bhwa in 20 minutes.We waited for more than 1 hour but still the plane didnt arrive.Later we were told that the plane had some technical problems and as soon as the problem gets solved,the plane would arrive.We waited for another 2 hours.
After 2 hours,the staffs told us that the plane had major technical problems which could take few more days to repair. They advised us to return back.
I started getting worried because there were no other options.All the road ways were closed due to Nepal bandh and all other airlines ticket were fully booked.Later some brokers came to us and asked if we would like to charter the Agni airlines.The ticket from Bhwa to ktm was about Rs3200 that time,but the charter plane ticket would cost about 8000.Some of us paid for the ticket to those brokers and we were assured that the plane would arrive in bhwa airport in 2 hours.We kept on waiting.Finally cosmic airlines staff told that cosmic airlines was about to leave kathmandu for bhwa.Finally the plane arrived and we boarded into the plane.Myself including few other people lost that Rs8000 because of Cosmic airlines.Also the condition and the kind of noise the plane was creating made me reluctant to board inside the plane at first.But I had no other options and throughout the 30 minutes journey ,my heart pounded as if that was the last day of my life.Finally i arrived at kathmandu airport and felt relief.
But the service and the condition of Nepalese airlines like cosmic is really horrible.I couldnt understand how they got license to fly.
The service of Bangladesh airlines,’Biman bangladesh’ is also similar.I would kindly like to request everyone to avoid travelling by Biman Bangladesh.
मन परे हरियो, नपरे रातो
0
0
Sanjana Ji
I got your point. It shows the miserable condition of her as well as NAC. And you know what – it is good NAC is not working properly otherwise she would come back to serve nepal to make everything working and better. I am also in Texas for 11 years waiting for NAC’s ticket, hoping one day I get the NAC ticket and fly Nepal to serve my country to make is better from the worse as this story suggests.
Prakash.
मन परे हरियो, नपरे रातो
0
0
i hve read this artical in Kantipur Daily long ago.
nice artical though……
मन परे हरियो, नपरे रातो
0
0
At least the logo is very nice.
मन परे हरियो, नपरे रातो
0
0
Joshi Ji
3 Barsa pahile Netherland gayeko ajai tehi hunuhudo rahecha. Nepal air le dukha diyeko sunda dukha lagyo.
मन परे हरियो, नपरे रातो
0
0
I had the similar experience. We could’t get any flights from London to Kathmandu, so one of my mates suggested to get a RA flight from Delhi. When we arrived delhi, there was no one, even the RA office was shut. Had to spend the whole night in the terminal. The next morning the plane was there but it was the delayed one from the previous night, It had to go to kathmandu, pick up the passengers from there and then we could fly.
I didn’t care about the money I paid for the flight, I took Cosmic air instead. Didn’t want to stay another night in Delhi
This airline should be shut down, A shame for us all!!
मन परे हरियो, नपरे रातो
0
0