Users Stat

Users Online.
BuddhiSagar Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

तपाईँ आमा हो ?

-चंकी श्रेष्ठ-

जिन्दगीका कति पाटा यस्ता हुन्छन् जसलाई सुषुप्त राख्न खोज्नु ऐनालाई पिठ्यूँ फर्काउनुजस्तै हुन्छ। यो कथाको केन्द्रमा मेरो बाल्यकाल, आमाको दुःखान्त र क्रुरताहरूको प्रतिक्रियामा उब्जेका तीखा अनुभूतिहरू छन्। यस्तो नोस्टाल्जिया जसमा आमालाई बारम्बार म बधशालाको संघारमा उभिएको देख्छु।

(पुनश्चः तपाईँले यदि नोवेल पुरस्कार विजेता विलियम गोल्डिङ्सको उपन्यास ‘लर्ड अफ द फ्लाइज’ पढ्नुभएको छ भने त्यसको बालपात्र राल्फको नियति अवश्य सम्झनुभएको हुनुपर्छ जो सत्य र असलको पक्षमा काम गर्छ, तर त्यसकै कारण एक दिन साथीहरू उसलाई मार्न चाहन्छन्। त्यो उपन्यासको साइनो यो कथासँग यसकारण छ कि यसमा बिरालाका टुहुरो बच्चालाई दूध चुसाउने एउटी कुकुर्नी छे जसको हत्या हुने खतरा प्रत्यक्ष छ। म कसैगरी यसलाई बचाउन चाहन्छु तर, चारैतिर हतियारधारी सिकारीहरू छन्।)

पूर्वपीठिका

त्यतिखेर आमालाई कुनै गम्भीर रोगले समातेको थियो। बारम्बार उहाँको मुखबाट पीडाको स्वर निस्कन्थ्यो। कति दुःखलाग्दो वातावरण थियो त्यो ! हाम्रो घर सानो थियो। साँघुरो भुइँतला र चोटामात्र हाम्रो भागमा थिए। छिँडीमा बाख्राको खोर थियो र त्यसकै बगलमा आमाको ओछ्यान। दिनभरि पिँढी र रातभरि साँघुरो मझेरीमा मुस्किलले ठडिएर बस्नुहुन्थ्यो। भदौरे झरीजस्तै उहाँका आँखा बर्सिरहेका हुन्थे। बाको सान्त्वना, छोराछोरीको माया, केही ओखती अनि अविराम खोकी र वेदना उहाँका साथी थिए। कति कमजोर हुनुभएको थियो भने बाख्राका पाठा शरीरमा चढेर जिस्किन आउँदासमेत उहाँलाई असाध्यै गाह्रो हुन्थ्यो। हामी भने पाठासँग त्यसरी खेल्न कति रमाउँथ्यौ ! चिसो छ्वाली बालेर भात पकाउँदा कुइरीमण्डल धुवाँ हुन्थ्यो। अनि आगोमा पेट्रोल खन्याएजस्तै आमाको खोकी झन्झन् चर्किन्थ्यो। कुनै विकल्प पनि त थिएन ! त्यसमाथि साँघुरो एउटा ढोकाबाहेक घरमा कुनै झयाल थिएन। साना केही खट्प्वाललाई नै झयाल मान्न हामी बाध्य थियौँ।

चोटामा काठको एउटा सन्दुक, केही घ्याम्पा र केही धोक्राहरू असरल्ल थिए। घ्याम्पा र कसीमा चकले हाम्रा अनेक पाल्सी बालसाहित्य कोरिएका हुन्थे। सजिएर बसेका केही थिए भने ती हाम्रा असीम गरिबी र अमूक वेदनामात्र थिए।

म सपनामा अक्सर डरलाग्दा कुराहरू देख्थेँ र उठेर रुन्थेँ। सपनामा बाँस वा रुख काटेको देखिए त्यसलाई अपसकुन मानिन्थ्यो। मेरा सपनामा बारम्बार तिनै कुरा आउँथे। उठेर ओछ्यानको फेदीतिर जान्थेँ जहाँ ठूलो खटप्वाल थियो। त्यहाँबाट बाहिर चिहाउँदा र्ससराइरहेका मकैका पातलाई कसोकसो म हरियो बाँसमा लास बाँधेको देख्थेँ। त्यो मलाई आमाको मृत्युको पर्ूवाभासजस्तो लाग्थ्यो र रातभरि रोइरहन्थेँँ। यस्तो सपना र आभासले मलाई हप्तौँसम्म सताइरहन्थे। आजित भएर जब कसैलाई सपनाबारे बताउँथे र उसले सान्त्वना दिन्थ्यो, तबमात्र केही राहत हुन्थ्यो। एउटा कुरा, सपनाबारे बताउँदा त्यसका डरलाग्दा र अपसकुन लाग्ने अंश हटाइदिन्थेँ। म कुनै पनि सम्भावित अपसकुन सुन्न चाहन्नथेँ। पछि फेरि तिनै अंश सम्झेर हैरान हुन्थेँ।

आमाको अनुहार निकै पहेँलो, मायालाग्दो र दुब्लो हुँदै गएको थियो। बा दिनभरि काममा जानुहुन्थ्यो र रातभरि आमाको छेउमा बस्नुहुन्थ्यो। म कति सानो थिएँ भने यी सबै कुराप्रति अनभिज्ञ थिएँ र बेला-बेलामा आमालाई पिरिरहन्थेँँ। यस्तैमा एकपल्ट आमा हिक्का छाडेर रुन थाल्नुभयो। आमालाई के भएको थियो – उहाँ रोएको देखेर म निकै दुःखी भएको थिएँ। कताकता अपराधबोधले भित्रैदेखि चिमोटिरहेको थियो। साँच्चै, मेरी प्यारी आमालाई म कसरी रुवाउन सक्थेँ -

त्यसपछि आमालाई मैले कहिल्यै दुःख दिइन। म एकाएक कसरी यस्तो ज्ञानी भएँ, बा अचम्भित हुनुभएको थियो। तर आमा भने मलाई देख्दा बारम्बार रुनुहुन्थ्यो।

खोई आमा ?

हाम्रो आँगनमा काङ्गयिो फूलको ठूलो एउटा रुख थियो। त्यसमुनिको भुइँ हरियो गोबरले पोतिएको थियो। बा र दिदीले आमालाई ल्याएर त्यहाँ सुताउनुभयो। छिमेकीका ठूला मानिसहरू ठूलो स्वरमा दगावाद गरिरहेका थिए। आमा एकोहोरो आकाशतिर हेरिरहनुभएको थियो। दिदी घोप्टो परेर बेस्सरी रुन थालिन्। वरिपरि गाउँलेहरू झुम्मिएका थिए र आमालाई छुन मानिरहेका थिएनन्। बा असाध्यै चुपचाप आमाअगाडि घोरिएर बसिरहनुभएको थियो। बाको अनुहार देख्दा मलाई भक्कानो छाडेर रोऊँजस्तो भएको थियो।

‘हामी जाऊँ। तिनीहरू आमालाई राम्रो अस्पताल लाँदै छन्। आमालाई चाँडै निको हुन्छ,’ कसैले मलाई भन्यो।

‘दिदी किन रोइरहेकी ?’

‘दिदी पनि आमासँगै जान्छु रे।’

भोलिपल्ट बिहान हाम्रो आँगन सुनसान थियो। अबिरले ठाउँ-ठाउँ राताम्मे थिए। बाले टाउको खौरनु भएको थियो र सेतो टोपी लगाउनुभएको थियो। आँगनको पश्चिमतिर बकैनाको रुख काटिएको थियो। त्यहाँ ठूटोमात्र बाँकी थियो।

‘आमा खोइ त – बकैनाको रुख किन काटेको – किन सेतो टोपी लाउनुभएको -’ बालाई मैले एकै सासमा सोधेँ।

बा निकै उदास हुनुभयो तर शान्त भएर भन्नुभयो, ‘डाक्टरहरूले आमालाई राम्रो अस्पतालमा राखेका छन्, निको हुनेबित्तिकै आमा फर्किहाल्नुहुन्छ।’

‘अनि बकैनाको रुख नि -’

‘बकैनाको एउटा मोटर बनाइयो र त्यसैमा राखेर आमालाई लगियो। कस्तो राम्रो रुख थियो, काट्नुपर्यो।’
‘म पनि कपाल खौरन्छु अनि तपाईँले जस्तै सेतो टोपी लगाउँछु’, बाको टाउकोतिर औँल्याउँदै मैले भने।

बा गम्भीर हुनुभयो। धेरै बेरसम्म केही नबोली मलाई हेरिरहनु भयो। लाग्थ्यो, उहाँका आँखाबाट आँसु र्झन तम्तयार थियो। निकै बेरपछि भन्नुभयो, ‘कान्छा, तँ सानै छस् – त्यसैले सानो मान्छेले त्यस्तो गर्नुहुँदैन।’

आमाबारे सबैको जवाफ त्यस्तै हुन्थ्यो। त्यसको असर कस्तो पर्यो भने रातो धोती र चोलो लगाएकी कुनै युवतीलाई देख्नेबित्तिकै मलाई तिनै मेरी आमा हुन् भन्ने भ्रम पथ्र्यो। टक्क अडिएर स्मित मुस्कानसाथ म तिनलाई सोध्थेँ- ‘आमा हो – तपाईँ आमा होइन -’

तिनीहरूमध्ये धेरैजसो टक्क अडिएर मलाई हेर्थे र अहिलेकी तृप्ती नाडकरजस्तै हाँस्दै मेरो गाला चिमोटेर बाईबाई गर्दै जान्थे। आमाको साइनो लगाएकामा खुसी हुँदै कोहीकोही मलाई नजिकैको पसलमा तिलौरा किनिदिन्थे। जब तिनीहरू जान्थे, असाध्यै नरमाइलो लागेर म रुन थाल्थेँ।

म त्यहाँ-त्यहाँ भौतारिन्थेँ जहाँ-जहाँ अक्सर आमा जाने गर्नुहुन्थ्यो। एक्लै बन, पाखा, पँधेरा, घट्ट, खोला, पारिको धारा पुग्थेँ र आमालाई नभेटेर रुँदै र्फकन्थेँ। त्यसपछि मलाई लाग्थ्यो, आमालाई त अस्पताल राखिएको छ, म अस्पताल जानुपर्छ। गाउँको सिरानमा भर्खरै स्वास्थ्यचौकी खुलेको थियो। मलाई लाग्थ्यो, अस्पताल भनेको त्यही हुनुपर्छ। म हुदुराउँदै त्यहाँ पुग्थेँ र सोध्थेँ, ‘आमा खोइ त -’ त्यहाँ काम गर्नेहरू परिचारिकालाई देखाइदिन्थे। म तिनको अगाडि ठिङ्ग उभिन्थेँ र सोध्थेँ, ‘आमा हो – तपाईँ आमा होइन -’ तिनीहरू कति हैरान हुन्थे भने मलाई भगाउन अनेक जुक्ति गर्थे। केही नगालेपछि र्सर्ुइको ठूलो सिरिञ्ज तेर्स्याउँथे जुन देख्दा म थरथर काप्थेँ र फुत्केर टाप कस्थेँ।

केही दिनमै म यी सब बिर्सन्थेँ र फेरि आमालाई खोज्दै त्यहाँ पुग्थेँ।

òòò

हामी एउटा खेल निकै खेल्थ्यौँ जसमा एकजना ‘डुम’ हुन्थ्यो र आँखा छोपेर उसले अरुलाई छुनुपथ्र्यो। म अक्सर ‘डुम’ बनाइन्थेँ। अरुहरू मलाई घचेट्थे, कुट्थे तर म कसैलाई छुन सक्दिनथेँ। सधैँजसो म रुने स्थितिमा हुन्थेँ। एउटा दुष्ट केटो थियो जो सधैँ मलाई ‘डुम’ हुँदा दुख्ने गरी झापु हान्थ्यो र भित्तामा ठोकिने गरी घचेट्थ्यो। एकपल्ट त्यसलाई मैले समाएँ। अब ‘डुम’ हुने पालो त्यसको थियो। त्यो मसँग निकै रिसाएको थियो। जब लामो समयसम्म कसैलाई छुन सकेन र म त्यसलाई जिस्काइरहेको थिएँ, त्यसले आँखाको पट्टी फाल्यो र मलाई चुनौती दिँदै भन्यो, ‘साले आमाटोकुवा, के फूर्ती गर्छस् – मर्दको छोरो होस् भने आइज न लडौँ।’ यसले के भनेको थियो – म अवाक् भएँ। आमाको नाम जोडेर गाली गरेकोमा मलाई सहिनसक्नु भएको थियो।

‘के भनिस् – एक चोटि फेरि भन् त !’ मैले भने।

‘आमाटोकुवा……आमाटोकुवा……आमाटोकुवा……आमाटोकुवा…… एक चोटि मात्रै – लाख चोटि भन्छु’, त्यसले भन्यो।

‘किन त्यसो भन्छस् -’

‘तँ जन्मेपछि तेरी आमालाई टीबी भयो। तैँले नै टोकेर तेरी आमा टेँ….. त्यसैले तँ आमाटोकुवा।’

‘होइन, डाक्टरहरूले आमालाई राम्रो अस्पतालमा राखेका छन्। आमा चाँडै नै निको भएर घर आउनुहुन्छ।’

‘इ˜˜स्, आमा टोक्ने तँ, पोलेर आउने तेरो बाउ, अनि तेरी आमा फर्केर आउने -’ त्यसले मलाई आँखा पाछ्ने गरी लोप्पा ख्वायो। मलाई सहिनसक्नु भयो। मैले त्यसको कठालो समाएँ। त्यसलाई निहुँ चाहिएको थियो। मलाई जथाभावी गाली गर्दै कपाल समाएर मेरो मुखमा बेस्सरी घुस्सा हान्यो। मेरो नाक फुट्यो र लुगा रगताम्मे भयो। म भुक्लुक्क लडेँ। त्यो मेरो छातीमाथि घुँडा धसेर बस्यो र मेरो मुखमा एकोहोरो घुस्सा हानिरह्यो। मान्छे कतिसम्म क्रुर हुनसक्दोरहेछ, त्यो मैले जिन्दगीमा पहिलो चोटि महसुस गरेँ।

पृथ्वी फनफन्ती घुमिरहेको थियो। चारैतिर तोरीबारी पहेँलपुर थिए र मानिसहरू दौडादौड, बाझाबाझ गर्दै हल्ला गरिरहेका थिए।…………..आमालाई निको भइसकेको थियो र काखमा राखेर मलाई दूध चुसाइरहनु भएको थियो…………………………।……………………..।……….।…………….।

मलाई के भएको थियो – झल्याँस्स बिउँझिएझैँ भएँ। दिदी रुँदै रुँदै, चिच्याउँदै कसैसँग बाझिरहेकी थिइन्। को थियो त्यो – आह, यो त्यही दुष्ट थियो जसले मेरी आमाबारे अपसकुन बोलेको थियो र उल्टै मेरो नाकमा बेस्सरी घुस्सा हानेको थियो। मलाई असाध्यै रिस उठ्यो। त्यसले दिदीलाई पनि हात हाल्यो र औँला ठड्याएर चेतावनी दिँदै, फोहोर गाली गर्दै टाप कस्यो। रोकिन लागेको मेरो हिक्का दिदीलाई देखेपछि झन् चर्कियो।

आह, अब बाँच्दिन कि कसो हो, मेरो नाक कस्तरी दुखिरहेको थियो ! त्यहाँबाट अझै रगत बगिरहेको थियो। आकाशै खस्लाजस्तो भएको थियो। दिदीले मेरो मुख आकाशतिर फर्काएर राखिन्, सायद रगत रोक्न। रोक्न कति खोज्दा पनि मेरो घाँटीबाट रोकिनसक्नुको हिक्का छुटिरहेको थियो।

‘दिदी, आमा साँच्चिकै मर्नुभएको हो – के आमा म जन्मेकैले मर्नुभएको -’ निकै बेरपछि हिक्का रोक्न खोज्दै मैले सोधेँ।

अब दिदीको पालो थियो, मलाई अँगालो हालेर भक्कानो छाड्दै रुन थालिन्। त्यस दिन गाउँलेहरूलाई हामीले ठूलै रमिता देखायौँ।
òòò

आमाबारे यसरी एउटा रहस्य खुल्यो। अब सकियो। केही छैन। आज सत्ताइस वर्षछि पनि त्यही विगत चलचित्रको रिलजस्तै आँखावरिपरि फनफनी घुमिरहेको छ।

हाम्रो आँगनको पूर्वपट्टि एउटा नारानपातीको रुख थियो। त्यसमुनि ओरालो-ओरालो कुलेसोमा बञ्चराका धारजस्ता धारिला केही ढुंगा थिए। नारानपातीको बोटमा हामी सैसाला खेल्थ्यौँ। यो त्यस्तो खेल हुन्थ्यो जसमा लत्रने रुखको टुप्पामा बसेर बेस्सरी तलमाथि गर्दै सैसाला बन्दुकमाला भनिन्थ्यो। त्यसक्रममा एकपल्ट म नराम्ररी लडेँ। बञ्चराको धारजस्ता धारिला ढुंगामा मेरो टाउको बजारियो। त्यसको खत मेरो टाउकाको दायाँपट्टि अझै पनि छ। म बाँच्छु भन्ने आशा कमैले मात्र गरेका थिए। रुँदै-चिच्याउँदै पूरा चार घण्टा हिँडेर आमाले अस्पताल पुर्याउनुभएछ। सात दिनसम्म म बेहोस थिएँ रे। होस खुलेपछि डाक्टरले अब कुनै खतरा छैन भन्दा खुशीले रुँदारुँदा आमा मुर्छा पर्नुभएको थियो रे।

अस्पतालबाट घर फर्कँदा आमाले मलाई यस्तो उपहार दिनुभयो जुन मेरो जीवनकै दर्शन बन्यो। त्यो फ्रेममा सजाइएको चित्र थियो जसमा एउटी कुकुर्नी बिरालाको बच्चोलाई दूध चुसाइरहेकी थिई। चित्रको भाव अहँ म केही बुझदिनथेँ। आमा यति भन्नुहुन्थ्यो, छोरा, तिमीले पनि सबैलाई यसैगरी माया गर्नू।

आमा सबै केटाकेटीलाई असाध्यै माया गर्नुहुन्थ्यो। खाने बेलामा कोही आइपुगे आफू नखाई अरुलाई खुवाउनुहुन्थ्यो। छिमेकमा कोही बिरामी पर्दा वा कसैलाई केही आपत् पर्दा बाका आँखा छलीछली सहयोग गर्नुहुन्थ्यो। सहयोग गर्न पाउँदा उहाँका आँखामा असीम सन्तुष्टिका किरणहरू देखापर्थे।

हाम्रो समाजमा ‘उँचो’ जातिका मानिसहरू थिए, मेरी आमा हिरादेवी र्घर्तीको जात उँचो थिएन। बा-आमा दुवै शिक्षित हुनुहुन्थ्यो र जातीय विभेद हटाउन चाहनुहुन्थ्यो। बाले प्रेम गरेर आमालाई बिहे गर्नुभएको थियो र उहाँहरूको प्रेमको चिनोस्वरूप हामी जन्मेका थियौँ। आमाको के दोष थियो ? आमाकै कारण सामाजिक रितिथितिमा हामी बहिष्कृत थियौँ। समाजले त्यसको चरम रूप आमाको मृत्युमा देखायो। सबैलाई माया गर्नुपर्छ भनेर प्रेरणा दिने र सबैलाई सहयोग गर्ने मेरी आमाको मृत्युमा गाउँलेहरू तमासे बनेका थिए। बाका तेह्रदिने दाजुभाइले समेत लास छुन अस्वीकार गरेका थिए। आमाको लासमाथि छिःछि दुरदुर गर्नेमा तिनीहरू पनि थिए जो आमाका ऋणी थिए र त्यसबारे बालाई कुनै सूचना नदिई आमा बित्नुभएको थियो। कतैबाट सहयोग नपाएपछि बा र दिदीले निष्पट्ट राति एउटा डोकामा आमाको लास र अर्कोमा बकैनाको चिसो दाउरा पालैपालो बोकेर झण्डै एक कोस टाढाको चिहान पुर्याउनुभएको थियो। हाम्रो समाजमा छोरीले बाबु-आमाको लास जलाएको हेर्नुहुन्न भन्छन्। १३ वर्षको उमेरमा दिदीले त्यतिसम्म गर्नुपरेको थियो। परिस्थितिले दिदी कति साहसी भएकी थिइन् भने लास जलाउन दाउरा नपुग्दा बा घर आउनुपरेको थियो र बा नफर्कुन्जेल जलिरहेको आमाको लासअगाडि चिहानमा एक्लै उभिइरहेकी थिइन्।

आमाको मृत्युको दुखद दृश्य सम्झँदा अहिले पनि करुणा र आक्रोसले मुटुमा गाँठो पर्छ र आँसुको समुद्र बग्न थाल्छ। म यो समाजसँग कसरी बदला लिऊँ – आमाको सन्देश छ- म सबैलाई माया गरूँ। म कसरी आमालाई धोका दिनसक्छु ? समाजले आमालाई चिन्न सकेन त के गर्न सकिन्छ !

बधशालाको संघारमा
आज, सत्ताइस वर्षछि आमाको सपना साकार भएको देख्दैछु। मैले सम्झेसम्म यो संसारकै सबैभन्दा सुन्दर दृश्य हो। के भने, हाम्रो बिरालाका टुहुरो बच्चालाई एउटी कुकुर्नी दूध चुसाइरहेकी थिई जसलाई अक्सर म सपनामा देख्ने गर्थेँ। बिरालाकी माउलाई केही दिनअघि मात्र चितुवाले खाइदिएको थियो। साँच्ची भन्छु, कुकुर्नी भनेर हुन्छ र, त्यसमा मैले मेरै ममतामयी आमाको दीप्तिमय अनुहार देखेँ ! आमाले असाध्यै माया गरेर मलाई उपहार दिनुभएको चित्र साकार भएको देख्दा मेरा आँखा त्यसैत्यसै भरिएर आए।

आमालाई निको होस् भनेर मैले कति देवी-देवता भाकेँ। व्यर्थ। उल्टै, मृत्युपछि पनि आमाको त्यो दुर्गति देख्नुपर्यो। टुहुरो बिरालाप्रति कुकुर्नीको यो असीम ममता देखेपछि मानौ मलाई बोधिसत्व प्राप्त भएको छ। प्रेमजति ठूलो सत्य र सत्यजति ठूलोर् इश्वर संसारमा अरु केही छैन। आमाको सन्देशमा कति ठूलो सत्य थियो ! ए पर्ख, मेरा पुर्खाले थपना गरेको सारा देवी-देवताका मूर्ति अब फाल्छु र यही ममतामयी कुकुर्नीको सन्देश संसारभरि फिँजाउँछु।

तर मलाई डर छ, एउटा अत्यन्तै अप्रिय डर कि यो कुकुर्नीलाई कसैले नमारिदेओस्। सम्झन्छु, अहिंसावादी आन्दोलन गरेर संसारकै सबैभन्दा ठूलो साम्राज्यबाट देशलाई स्वतन्त्रता दिएका गान्धी आफ्नै समुदायबाट कति क्रुरतापूर्वक मारिए ! प्रष्ट छ- संसारमै असल अर्थात् सत्य खतरामा छ। म त्यो प्रसंगबारे बताउन चाहन्छु जसले आमाको निधनपछि बारम्बार मलाई सताइरहेको छ।

अक्सर म आफूलाई एक्लो पाउँछु र आमालाई सम्झेर पागलजस्तै रुँदै खेतैखेत, जंगलैजंगल, बगरैबगर, खोलैखोला दौडिरहेको हुन्छु। केटाकेटीहरू ढुंगा हान्दै मलाई लखेटिरहेका हुन्छन्। खप्परमा एउटा ढुंगा जोडले बज्रिन्छ र भुक्लुक्क लड्छु। निधारबाट नाक, मुख र गाला हुँदै रगतका धारा बग्न थाल्छन्। म आफूलाई नितान्त असहाय पाउँछु र सासै छुट्लाझैँ रुँदै, हिक्का छाड्दै जोडले बगिरहेको खोलातिर दौडन्छु। किनाराको धमिलो पानीमा रगत पखाल्छु अनि धमिलो प्रवाह एकनास हेरिरहन्छु। मलाई फेरि आमाको सम्झना हुन्छ र बेसरी चिच्याउँदै रुनथाल्छु। मेरो आवाजले सारा पाखा-पखेरा प्रतिध्वनित हुन्छन्। खोलापारि पखेरामा नुहाइरहेका भर्खरका युवतीहरू सायद म खोलामा फाल हाल्न लागेँ भन्ठान्छन्। शरीरमा चपक्क टाँसिएको चिसो पेटीकोट नफेरी दौडँदै खोलापारि रुखनिर आइपुग्छन् र मलाई फाल नहाल भन्दै हातले इशारा गर्छन्।

एउटा बिराला र कुकुर्नी दौडँदै-खेल्दै मकहाँ आउँछन् र मायाले मेरो हात चाट्न थाल्छन्। मलाई एकाएक जीवनको मोह लागेर आउँछ। मलाई पखेरामा नुहाइरहेकी युवतीमध्ये एउटीसँग बिहे गर्ने रहर जाग्छ जो अघिमात्र मलाई खोलामा फाल नहाल भनेर बिन्ती गरिरहेकी थिई। पक्कै त्यसले मलाई खरायोको बच्चालाई जस्तै माया गरेर राख्छे होला। मेरो सुन्दर कल्पना एकाएक टुट्छ। बन्दुक, भाला, छड र हातमा ढुंगा लिएर आएको उद्दण्ड भीड मेरो सामु उभिन्छ। भीडमा ती मानिस पनि हुन्छन् जसले आन्दोलनमा लागेको आरोपमा बागबजारको गल्लीमा ममाथि निर्घात् कुटपिट गरेका थिए र त्यो कुनै समाचार बन्नसकेको थिएन। म भयभीत हुन्छु। भीड एक्कासि कुकुर्नीमाथि आक्रमण गर्छ। क्षणभरमै रगतपच्छे भएर कुकुर्नी भुइँमा ढल्छे। त्यसका गालाका हड्डी भाँच्चिएर बाहिर निस्कन्छन्। अहो, त्यो कस्तो मुटु नै छियाछिया पार्ने दृश्य ! प्राण छाड्ने बेला त्यसले मेरी आमाले जस्तै कस्तो मायालाग्दोगरी मलाई हेरेकी ! यो के हो – अब त्यहाँ कुकुर्नी छैन, मेरै आमा रगताम्मे भएर पछारिनुभएको छ। छिनमै दृश्य फेरिन्छ। अब आमाको ठाउँमा म आफैँ घाइते भएर पछारिएको छु र आफू मरिरहेको दृश्य आफैँ हेरिरहेछु। माधव घिमिरेको शब्दमा नारायण गोपाल गाइरहेको आभास हुन्छ- आज र राति के देखेँ सपना, मै मरी गएको।

मलाई थाहा छ- तन्द्रा त यी सबै क्रुर विपनाजस्तै सताइरहने तन्द्रा नै हुन्। तर म सोध्न चाहन्छु- मृत्युपछि पनि म किन आमालाई बधशालाको संघारमा उभिएको बारम्बार देखिरहन्छु ?

[एकोहोरो राजनीतिका फोहोरी कुरामा मात्र ब्लग गर्नुभन्दा विभिन्न विधा समावेश गर्ने प्रयासमा पहिलो पटक यो कथा यहाँ राखिएको हो। लेखक चंकी श्रेष्ठ एक ब्लगर पनि हुन्। उनको ब्लग यहाँ क्लिक गरेर हेर्न सकिन्छ। - मेरो संसार ]

Related posts:

  1. बाबुरामकी आमा र प्रचण्डका पिता बिरामी
  2. आमा विदेशिए बच्चाको विजोग
  3. दागीँ अर्थात् इन्द्रकी आमा हुन् यिनी
  4. ज्ञानेन्द्रकी आमा र हजुरआमा नारायणहिटी मै बस्ने
  5. तपाईँ जन्मिएको दिनको बारेमा

33 comments to तपाईँ आमा हो ?

  • ashok adhikari

    chanky dai, yo katha maile madhuparka ma padheko thiyen…..aatmaparak katha lekhan ko chhetrama tapai ko naam abbal hunchha hola saayad….aatmaparak lekhne naam ma katile ta sasto prem ka katha pani lekheka chhan..tapai ti bhanda farak hunubhayo,,,,badhai chha………..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • I stopped my breadth while reading this story. What a great story!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आश्मा

    सधै राजनितिको घृणित दाउपेच र हाडिघोप्टे नेताको फोटो सहितको मानविय यातना र हिंस्रक विषयबस्तुको समाचार हेर्दा हेर्दा दिक्क लागेर पढ्नै छोडेको थिए। धन्यवाद चंकीजी प्रतिकात्मक शैलीमा यथार्थवादी चित्रण – ग्रेट!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prity

    great !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • subain

    Great story that i read after long time.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sur

    चंकी जी को यो लेख त कता हो कता नेपाल आमा को कथा संग मेल खाए जस्तो लाग्छ| हाम्री नेपाल आमा मृत्यु सैया मा पुग्न लागेको बेला मा पनी उन का कुपूत छोरा हरु उन कै मासु लुछा चूड़ी गरेर खान खोजी रहेछन| आफू लाई अबोध नेपाली जनता को रूप मा लेखक ले प्रस्तुत गर्दै आमाको मृत्यु प्रति थोरै सहानुभूति पनी नाराख्ने त्यों समाज लाई अहिले का माओबादी कांग्रेस र एमाले ले प्रतिनिधित्व गरी रहेछन| तत्कालीन मंडले हरु को रूप मा राजनितिक पार्टी हरु कुकुर्नी बाट प्रतिनिधित्व गरिएको लोकतंत्र लाई अनाबरत रूप मा प्रहार गरी रहेछन|

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Laxman Kunwar

    yo kathaleta mero mutu nai chhiya chiya pari diyo dherai dherai dhanyabad chanki ji lai

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ghanashyam

    NO WORDS TO APPRECIATE MY LORD. I AM WRITING THESE WORDS WITH SORE EYES WITH FULL OF TEARS.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ghanashyam

    NO WORDS TO APPRECIATE MY LORD. I AM WRITING THESE WORDS WITH SORE EYES WITH FULL OF TEARS.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Swikriti Ghimire

    How brilliant writing! Congratulations. This is the true heart palpitation every Nepali mind feels. Thanks for publishing such a sensitive story.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • asmita

    कथा पढदा म यती धेरै कहिले रोयकी थीइन ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Purna Neupane

    Hello Chankijee, kati ramro katha vane ma sabdama byakta garnai sakdina. sanchhai ajasamma yeti marmik katha maile padhekai chhaina. Ma ansu bagaune runche manchhe haoina. tara pahilopalta yo padhda padhdai kati pryas garda pani maile ansu thamnai sakina. tapainka lekh kantipurma padhda kati aruko alochana matra garera lekhne manchhe rahechha bhanera ris pani uththyo. But this time I salute to you. I heartily surrender to your writing skill. Thank you.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Deven

    I like this true story.It is really great artical that mr Umesh provided a space in his blog.
    Great job Mr. Umesh ji and Mr.Chanki ji.
    Keep it up….
    Dev

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • karki D.

    पाठकहरुको मन छुन सफल, सर्हानिय एवं प्रसंसानीय कार्य । अत्यन्त राम्रो प्रयास ।

    धन्यवादा।।।।।।।।।।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • surose ,london

    excellent story . i never read like this story .first i though it is real story so i could not stop my eyes to droping tear……….at last it is story but i feel very emotion . i think chunky shrestha has excellent n unique brain .if you post more of this kinds of article it will be greatful for us . i went your site but it is in english so it dosen’t come so much emotional

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bandy

    is this yr real story? maile dharai aashu jare yo story paedra and i want know more ab you.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Eak, Germany

    Chanki jee,

    Samaj bhitra ko reality lai yo article marfat nikalnu bhayo, yetharta aulyaidinu bhayo. Tapain prasamsniye hunuhunchha sabai bata.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • arjun adhikari

    उमेशजी,
    निकै लामो समय भएको थियो यस्तो मर्मश्पर्सी कथा नपढेको!तपाईलाई धेरै धन्यवाद!यो कुनै काल्पनिक कथा नभै संसारका करोडौ गरीब हरुको बयान हो भन्दा ठीक होला।चंकी श्रेष्ठजी बाट एस्तै अन्य रचना हरुले निरन्तरता पाइरहोस्।वहाँको पूर्ण सफलताको हार्दिक कामना।
    अर्जुन अधिकारी
    बेल्जियम

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sandeep

    Expression really matters. The creation of stories that touches millions of hearts is a chellange and presentation of your feelings could even harder especially when you do not have good writing skill. One day an english teacher asked her students to write stories on their own. Prior to give such homeworks I learned that they do exercise in their lesson with examples of stories where they also discuss the frame of such stories. I did not realise a 13 year old student could create such an impressive and touchy story to fulfil her classwork. I can think of her future prospects if she continue with her writing. After all the quality of education matters.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bidur

    super .. hope u will continue all his stories ..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • हाम्रो नेपाली मन् भावुक त छ नै, त्यसैले अरुलाई पीडा हुदा या फेरी दुख पर्दा मन पग्लिएर अउछा,तर मेरो मन् त्यती सजिलाई पग्लिने मन् होइना, तर आजा नाजाने यो (चंकी) जी को कथा पढे सी मन् थाम्नानै सकीना अनायासाई आखा रसाएर आयो, कता-कता उहाको कथा भित्र आफैलाई पाए जस्तै लागिरहेको थियो| कथा Really जिउदो र नेपाली समाजमा मिल्दो छ|Thanks alot to Umeh & also tank you to Chanki, keep it up.Bye!!
    मनोज+ऋतू चेम्जोंग
    दोहा-कतार

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kishan pariyar (Qatar)

    sarai ramro lekha rahechha.malai ta jati padhdai gaya yo kathako antya nabhayni huntheyo jasto lagiraheko thiyo.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Dila Ram Kharel

    Respected Litreaturer
    Chunki Shrestha……..

    As i went through all your Article i dont know can anybody give such respect to their mum n can imagine other animal being as own mother… i do really respect your view n ur article makes me sentimental towards….. your attempt to make all the rational creature as equal eventhoug they seems differently in their shape and size….

    gReAt ArTiClE CHUNKY…. KEEP GOING..

    CHEERS
    DILA KHAREL
    SYDNEY AUSTRALIA.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • krishna

    yeti ramro katha mero ta asu nai ayo.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • very nice story i like it very much /mali ta film ma bhanda yo story lay mero maan chooyo. padhana aalchi garnay haru lai chai story lamo nai chha tara mero tarfa bata bhanay utkrista(nice) chha .story ko flow maan paryo. tara bahdasala ko sangar ma bata chhai aalik maja bhaina ending ma aalik masala napugayko bhan bhaio.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • बिद्रोही

    लेख जति पढ्दै गए उती आँखाको प्रकाश मधुर पो हुन्दै गयो हौ गाठे!!!!!! पढिसकिन्जेलसम्म त नाकै बन्द भयो यार
    लेख चाही सार्है ह्रदयविदारक र मार्मिक लेख्नुभएछ । हुन त यस्तो अवस्थाहरु वास्तविक जीवनमा घट्न सक्दैन भनेर कस्ले भन्न सक्छ र?? यस्ता घटनाहरु नेपालको गरिबीभित्र चाहार्ने हो भने धेरै भटिन्छ।
    मेरै मित्र गरिबीको चरमबिन्दुले गर्दा मृत्यु भएको कहिल्यै बिर्सिन सक्दिन, बिचरा दिनरात खाईनखाई काम गर्नुपर्ने, अनि अन्तमा मृत्युको संघारमा पुग्नेबेलामा आमा मलाई चामलको भात खुवाउनु न भन्दै चामलको भातनै खान नपाई स्वास छोडेको दृश्य मेरो आखै अगाडी झलझली याद आईरहन्छ।
    यस्ता तितो र हृदयबिदारक घटनाहरु नेपालीहरुको झुपडीमा हेर्नेहो भने बग्रेल्ती भटिन्छन।

    धन्यबाद।

    अस्तु!!!!!!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • साहित्य साहित्य नै हो चाहे त्यो पत्रिकामा चाहे त्यो ब्लगमा, त्यो समाजमा सँधै उच्च र सम्मानीय स्थानमा रहन्छ ।
    चँकी श्रेष्ठको कविताहरू पहिलेदेखी नै गजलगृहको र अन्य प्रकाशन संग्रहहरूमा पनि पढ्दै अाएको थिएँ । उमेशजीले ब्लगमा पनि स्थानदिनुभएकोमा धन्यवाद ।
    -*-
    अामा त्यो शब्द हो जसलाइ यो कथामा अत्यन्त सुन्दर ढँगले कोरीएको छ । मान्छेले साँच्चै यस्तो क्रूरताको सामाना गर्दा कि त उ विनलादेन बन्छ कि त चँकी श्रेष्ठ बन्छ । अाजकालका मान्छेहरूमा त कुकुर र विरालोमा हुने संवेदना पनि गायव भएको छ । खै कुन अमुक चीजले त्यस्तो भएको हो । अाजभोली त बरू बाघभालू हिंस्रक हुँदैनन् मानिस त्यति पशुवत भइसक्यो । राजनीतीको मातले मातेर के हो ममता, के हो स्नेह त्यो सवै भुलिसकेको छ ।
    -*-
    यस्तै कथा मैले कृष्ण धरावासीको पनि पढेको थिएँ । तर यो कथामा छुट्टै मन छुने बिशेषता छ । समसामयिक सामाजिक परिबेशलाइ प्रतिनिधित्व गर्न शतप्रतिशत सफल छ यो कथा ।
    -*-
    अरूलाइ सँधै निचो देखाउँदै, इतिहास र सँस्कृति अनि अरूको अस्तित्वलाइ भूलेर फगत कमेन्टलेख्नेहरूलाइ त यस्तो ब्लग मन नपर्न पनि सक्छ । तर सत्य र समाजलाइ पचाउनसक्ने पाठकहरूका लागि यो उच्च खुराक भएको छ । चँकी श्रेष्ठलाइ साधुवाद । अगामी दिनहरूमा पनि यस्तै सिर्जनाहरूको अपेक्षा गर्दै..।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Very Touching. Excellent writting.

    Saurav Poudel
    SD,USA

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • suraj

    Chanki Ji
    your article is great. I really do appriciate for my sansar.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • चंकीजीको कथा एकदम मार्मिक र वास्तविक लाग्यो ।

    मेरो संसार लाई साहित्यीक स्तम्भको लागी धन्यवाद ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • gurung

    Dhanyabad, stariya rachanako lagi. Tapaiko katha le oilaisakeko bhavana pani ankurauna thalyo. Yestai anya kriti ko apekchha sahait.

    GURUNG
    Belgium

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Madan

    चंकी जी
    तपी उत्क्रिस्ट साहित्य कार हुनुहुदो रहेछ |धेरै खुसी लाग्यो|आफ्नो त साहित्य रूपी जंगल माँ छिरने बानि छैन|जंगल ठुलो भा हुनाले !!परे बाट सलाम !यहालाई??

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Manoj Karkee

    Touching Story. Great writting, great expression of feelings.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes