-कृष्ण अविरल-
“रक्तकुण्ड उपन्यासमा तिमीले राजा ज्ञानेन्द्रलाई इन्द्रराज्यलक्ष्मीको छोरा भनेर लेखेका रहेछौ, त्यो गलत छ। उ इन्द्रको छोरा होइन, कुमारी अवस्थामा रत्नले जन्माएको महेन्द्रको अवैध सन्तान हो।”
नेपाल विद्यार्थी संघका पूर्व सभापति एवम् गाउँले दाजु विश्वप्रकाश शर्माले एक भेटमा भन्नुभयो। उहाँको भनाईले आश्चर्यमा पार्यो। मैले भनेँ “रत्नका धाइसुसारेहरुको भनाईका आधारमा इन्द्रराज्यलक्ष्मीको छोरा भनेर लेखेको हुँ। शंका लागेर सोद्धा दरबारका पुराना मान्छेहरुले पनि त्यही भने”
“उनीहरुले त्यसो भन्नु स्वभाविक हो। तर वास्तविक कुरा खोज्ने हो भने वीरेन्द्र र ज्ञानेन्द्रका बीचमा जम्मा छ महिना ९ दिनको मात्र फरक छ। एउटै आमाको कोखबाट ६ महिना ९ दिनको फरकमा बच्चा जन्मन संभव हुन्छ ? ” उहाँले आफ्नो भनाईको पुष्टि गर्ने आधार पनि दिनुभयो। अनि भन्नुभयो, “यो कुरा खोजेर तिमीले जनतालाई जानकारी दिनैपर्छ। किनकि तिमी अहिलेका सबैभन्दा बिकाउ नेपाली लेखक हौ”
उहाँको सुझावले मलाई खटपटी भयो। तथ्यहरु खोज्न थालेँ। गोरखापत्र संस्थान पुगेर गोरखापत्रका पुराना अंकहरु पल्टाएँ- वीरेन्द्र र ज्ञानेन्द्रका बीचमा ठ्याक्कै ६ महिना ९ दिनको फरक निस्कियो। इतिहासका पुस्तकहरु अध्ययन गरेँ, अधिकांशमा २००७ सालमा मोहनशमशेरले त्रिभुवनका चार वर्षीय नाति ज्ञानेन्द्रलाई राजा बनाएका थिए भनी लेखिएको भेटियो। ०७ सालमा चार वर्षको उमेर लेखिएको आधारबाट पनि उनको जन्म ०३ सालमै भएको पुष्टि भयो।
आखिर कसरी त्यस्तो भयो ? चाख लिएर ज्ञानेन्द्रको विगत खोतल्न थालेँ। ०७ सालको क्रान्तिमा सक्रिय रहेका व्यक्तित्वहरुसँग भेटेँ। कुमारी अवस्थामा रत्नराज्यलक्ष्मीले छोरीसमेत जन्माएको भन्ने थप नयाँ रहस्य खुल्यो, जसले शाहवंशका बारेमा अध्ययन गर्न थप उत्साहित गरायो। अध्ययन गर्दै जाँदा राजतन्त्रको बारेमा थुप्रै नयाँ तथ्यहरु फेला परे। विगतमा आदर्श पुरुष, एकताको प्रतीक आदि भनेर पढ्न बाध्य बनाइएका राजाहरुका थुप्रै कर्तुतहरु भेटिए। रणबहादुर शाह र सुरेन्द्रविक्रम शाहका असीमित अत्याचारहरुका बारेमा थाहा पाएपछि त मन थाम्नै सकिएन।
तर विगतमा राजा भएकाहरुले आफू र आफ्ना पुर्खाको गुणगान र स्तुतिमात्रै लेखाउँदै आए। इतिहासकारहरुले पनि नूनको सोझो गर्दै आए। तत्कालीन परिस्थितिका आधारमा सायद त्यो इतिहासकारहरुको बाध्यता थियो जसले गर्दा हामी नेपालीहरु शाहवंशको स्तुतिको इतिहासमात्रै पढ्न बाध्य भयौँ। शाहवंशका असीमित कर्तुत र ज्यादतीहरु थाहा पाउनबाट वञ्चित हुँदै गयौँ। लेखपढको अवसरबाट वञ्चित हाम्रा पुर्खाहरुले पनि तिनका अत्याचारहरु बिर्सँदै गए, शाहवंशले चोखिने अवसर पाउँदै गयो।
अहिले परिस्थित फेरिएको छ। देशको गरिबी र नेपाली जनताको पछौटेपनो प्रमुख कारक बन्दै आएका शाहवंशका कर्तुतहरुको बारेमा नेपालीहरुले थाहा पाउनै पर्ने भएको छ। सोचेँ, शाहवंशका कर्तुतहरुकै बारेमा एउटा छुट्टै किताब किन नलेखुँ ? फलस्वरुप पुस्तकको तयारी सुरु भयो।
गत वर्ष मेरो पहिलो ऐतिहासिक उपन्यास रक्तकुण्ड सार्वजनिक भएपछि थुप्रै प्रतिक्रिया प्राप्त भए। केहीले गाली गरे कयौँले ताली बजाए। केही जालीहरुले निकृष्ट ढंगको देखासिकी गरे। तिनले निकालेका पुस्तकले विषयवस्तुको गम्भीरतालाई असाध्यै हल्का बनाइदिए। उत्साही मन भाँचिदिए। यद्यपि जोखिमलाई केही कम गराएर दुखाइमा मलम लगाइदिए। यस अर्थमा तिनीहरु धन्यवादका पात्र छन्।
रक्तकुण्डका बारेमा स्वच्छ मनले सुझाव दिनेहरुदेखि जबर्जस्ती खोट लगाएर आलोचना गर्नेहरु पनि पाइए। काठमाडौँको एउटा सानो वर्गका लागि पुस्तकको पृष्ठभूमि सार्है अपच भयो। तर त्यही पृष्ठभूमि पढेर रोएँ भन्नेहरु पनि थुप्रै भेटिए। जे होस् ती सबै कुराले म आफैलाई परिस्कार गर्ने अवसर दिएर लगाएको गुनलाई भने बिर्सन मिल्दैन।
धेरैको प्रश्न हुनसक्छ, असंख्य सामाजिक विषयहरु हुँदाहुँदै शाहखलकका कर्तुत कै बारेमा किन ? मलाई लाग्छ, राजतन्त्र राख्ने कि नराख्ने भन्ने बारेमा बहस भइरहेका बेला राजतन्त्रको वास्तविक इतिहासका बारेमा जनसाधारणलाई जानकारी दिनु अहिलेको आवश्यकता हो। मैले त्यही आवश्यकतालाई केही हदसम्म पूरा गर्ने प्रयास गरेको हुँ। यसमा विगत कै जस्तो स्तुतिका लागि इतिहास लेख्ने परम्परालाई भत्काइएको छ। सकेसम्म तथ्यहरुको उत्खनन् गरी वास्तविक र तथ्यपरक इतिहास लेख्ने जमर्को गरिएको छ। यस अर्थमा यो स्तुतिको इतिहास हैन, इतिहासको पुनर्लेखन गर्ने प्रयास हो।
दबाइएको इतिहासको उत्खनन् गर्नु आफैमा कठिन काम रहेछ। खोतल्दै जाँदा थाहा भयो। तर अरुले हिँडिरहेको बाटोभन्दा बेग्लै नयाँ बाटोमा हिँड्ने रहरले मलाई यसतर्फ उत्प्रेरित गराइरह्यो। यस सिलसिलामा अग्रजहरुले लेखेका केही पुस्तक पुराना कागजात अध्ययन गरेँ। तर तत्कालीन परिस्थितिको जटिलताले हो वा शाहखलकको स्तुति गर्ने रहर, धेरै अग्रज इतिहासकारहरुले शाहखलकका कर्तुतहरुलाई उल्लेख नगरी आफ्ना लेखनीमा तिनका राम्रा पक्षहरुलाई मात्र प्राथमिकता दिने गरेको भेटियो। केहीले चाहिँ शाहवंशीय शासकहरुका गल्ती कमजोरीलाई ढाकछोप गरी त्यसको दोष तत्कालीन भारदार र परिस्थितलाई दिएको पनि देखियो। यौनको मामलामा अत्यन्तै कमजोर मानिने शाहखलकको चरित्रका बारेमा उल्लेखै नगरेको पाइयो। कतिपय तिथिमितिमा समेत विरोधाभाष भेटियो। यी र यस्ता पक्षहरुले धेरै ठाउँमा अन्योल जन्माए। ती अन्योलको निरुपणमा आफ्नो अमूल्य समय उपलब्ध गराई सहयोग गर्नु हुने इतिहासकारहरु प्रा दिनेशराज पन्त, ज्ञानमणि नेपाल, प्रा डा राजाराम सुवेदी र पुरुषोत्तमशमशेर जबराप्रति अत्यन्तै आभारी छु। abiralk@yahoo.com
[कृष्ण अविरलको नयाँ पुस्तक 'शाहवंशको शल्यक्रिया' बाट]
No related posts.









हल्लै हल्ला को देश |
जसले बढि हल्ला गर्न सक्यो उ ठुलो!
येसरि पनि हुन्छ कतै?
मन परे हरियो, नपरे रातो
0
0
OK GUYS….CHECKED ALL THE COMMENTS AS WELL AS THE KRISHNA JEE’S BLOG…FELT NICE AND GREAT.
WELL,ARE THE COMMENTS ARE NICE,BUT THE ONLY THING WE NEED TO BE CLEARED IS THAT THE PUBLIC NEEDS A FACT CONCLUSION?
KEEP ON GUESSING BUT THE GUESS SHOULD HIT THE BULLS’S EYES.
HISTORY IS THE SHADOW OF PRESENT SCENARIO SO KRISHNA JEE BATTLE FOR THE REALITIES.FINALLY ALL KNOW THE REALITY BITES.
मन परे हरियो, नपरे रातो
0
0
बिनोद जी;
ढीला भए पनी प्रस्तुत हुनुभयो निकै खुसी लाग्यो/
हजुरले एउटा कुरा बुझ्नुहोस की तपाई को बिरुद्दा मा अथवा तपाई संग कुरा तर्क बाझिने गरी कसैले लेक्छ भने त्यों बहुल बादी हैन; त्यों प्रजातंत्र बादी हैन; स्वोतंत्रता को बिरोधी हो ; राजा बादी हो भन्ने जून बिस्नेसन छ त्यों सरासर ग़लत बिस्लेसन हो/र प्रजातंत्र बादी सबै छन; त्यों मलाई पनी थाहा छ ; तर तपाई ले त्यों कुरा को फाइदा लीने प्रयास गर्नुहुन्छ; ताकि तपाई संग बहस गर्ने लाई सबै ले नकारात्मक द्रिस्ती बाट हेरून / त्येसैले मैले आफुलाई राजा बादी भनुम नभनुम तपाई ले घुमायेर राजाबदी होस भन्ने प्रमाणित गरेर सिम्प्याथी बटुलने कमजोर प्रयास गर्नुभएको जस्तो लग्छा/ सूर्य जी बाट त्यों पनी paisaknubhayo/
अनी तपाई ले मलाई सधिक कमजोर ठानिरहनु भएको छ/ केही छैन /मूल्यांकन गर्ने जिम्मा मेरो हैन तेसैले सुधार को प्रयास गरिरहेको छू/
तपाई राजनितिक किसिम ले कुरा गर्नुहुन्छ/ मलाई नबुझेको भनेर धेरै ठाउ मा भनिसक्नुभयो / तर पनी तथ्यंका ले ; निकाल भंनुहुन्छ बा …../ माधब कुमार वा गिरिजा बाबु जे नेपाल को आर्थिक ब्रिद्दी दर बधेको छ भंनुहोला रे ; अनी तेस्मा ५ क्लास को बिद्यार्थी ले ल तथ्यंका दिनुस भन्यो भने दिन सक्छ? साथी राजनितिक रूप मा बुझ्नु पर्ने हुन्छ ; तर तपाई त बालक ले जस्तो ठाडो कुरा गर्नुहुन्छ/ मिलायेर बुझ्नु भयो भने काफी हुन्छ/ samsad जस्तो ठाउ मा त हो हो र हैन हैन; अनी हात ठडाएको सर्र हेरेर एकिन गर्ने चलन छ थोड़ा एकिन; अनुमान गर्नुस न/
मैले राजनितिक हिसाब बाट बोलेको छू; मेरो बिस्वास छ/ तापैलाई हो जस्तो लाग्छ भने हो भंनुस हैन जस्तो लाग्छ भने होइन होला भंनुस ; मलाई ग़लत प्रमाणित गर्ने हो भने तपाई ले नै खोजेर पस्कनुस न अनी मानुमला/
मंडले सब्द को अर्थ तिमीलाई थाहा छैन भन्ने; उखान औदैना कच्चा छौ भनेर हुन्छ?मलाई पेज नंबर पनी थाहा छ? जाती बेला अ ने र सो बी यू ६थ मा थिए: तेतिबेला को याद छ/
तपाई लाई मेरो बालक पन को एउटा कुरा सुनाम है त? मेरो एक जना दाई हुनुहुन्थ्यो; सानेइ मा उहा को बुबा ले तैले गणित मा जम्मा ६० ल्यैस भनेर गली गर्नुभयो/ अनी दाई ले तू जबफ दिनुभयो त्यों मोहन को त ५० आको छ भन्नु भको कुरा याद आयो/ तपाई सधै किन यो बाटो रोज्नुहुन्छा? जब तपाई म संग तर्क को लड़ाई गर्नुहुन्छ; तब फैसला गर्ने जिम्मा सथिहरुको हुन्छ/ की कसो?
मन परे हरियो, नपरे रातो
0
0
nepali janata ko yetti dimag bikasit bhayeko chaina ke ye neta haru le gareko kam lai na ramro bhanna sakun. sabai jana swarthi, kunai na kunai tarika bata, neta haru ko gun gan ra yo ghinlagdo rajniti jun ghinlagdo na hunu parne, yo niti ko gungan na-garikana khayeko pani pachdaina.jasto neta testai janata, nepal ko bikas ???jhan aru des bhanda pachi dherai pachi pardai cha…
मन परे हरियो, नपरे रातो
0
0
प्रभात जी
तपाईको कम्मेंट पढ़न अली ढिलो भयो
तपाइका धेरै कुराहरु सही हुन सक्छ्न र पनी धेरै कमेंट मा राजनैतिक दललाई गली गरेर राजा नई स्वच्छ र सक्षम भन्ने मनसाय तपाइको देखिंछ!जहाँ सम्म कुरा छ पंचायत र बहुदालमा बिकास को कुरा,तेस्लाई बजेट र बिकास मा तुलना गर्ने चुनौती दिनु भयेछ अरे हिम्मत छ सबैलाई देखाउने भने तथ्यांक प्रकाशन गर्नुस येही ब्लोगमा जहाँ देखियोस की बहुदल मा भन्दा पंचायतमा बिकास भएको नत्र हग्नेलाई भन्दा देख्नेलाई लाज हुने कुरा हुन्छ!
तपाई आफ्नू भाषा र उखानमा त एति कमजोर हुनु हुन्छ भने देशको राजनीतीको बारेमा खै ……….?
हिंदिमा किन नेपालिमा तपाईले भन्न खोजेको कुरा (कुकुरको पुछर बारह बर्ष ढुन्ग्रामा राखे पनी बांगो को बाङ्गै )
पुरानो पुस्ता ले जब राम्रो काम गर्दैन नि त्यों आफै बढारिन्छ नि समयले बताउछ प्रतीक्षा गर्न सिक्नुस थाहा पाई हाल्नू हुन्छ, एउटा अर्को उखान छ नेपालीमा “प्रतीक्षाको फल मीठो हुन्छ”
“भत्काउन जति छिटो हुन्छ नि बनाउन तेति नै ढिलो” ३० बर्ष सम्म भत्केको नेपाल बनाउन मात्र १७ बर्ष काफी छैन समय दिऊ बनाउन सकेनन भने अनी बढारुला भन्ने कुरा मात्र हो मेरो कुनै नेतालाई मैले चोखाउन खोजेको चाही हैंन राजनैतिक दललाई गाली गरेर देश चाही बन्दैन है साथी,
राजाले सड़कमा नेता र राजनैतिक दललाई हैंन जनतालाई खाल्डोमा पूर्न खोजेका थिए नबुझनेलाई समयले बुझायो र जन -आन्दोलन-२ भयो अझै समय लाग्छ जस्तो छ तपाईले बुझ्न! तपाईले जस्तो शंका आ-शंका गरे पनी म खुलेर गौरव साथ भन्न सक्छु की म प्रजातंत्र,पार्टीवादी र बहुलबादको पक्ष पाती हो किन की मसंगै तपाई जस्ता २ करोड़ ५० लाख नेपालीलाई तिनीहरु ले यो स्वतंत्रता दिएका छन!
-धन्यवाद,जय नेपाल
-बिनोद तिमिल्सिना
मन परे हरियो, नपरे रातो
0
0
ya ta bada naulo khabar bho ni
maile rakta kunda pani padhe ramro lagyo
yo sarai ramro khabar ho
मन परे हरियो, नपरे रातो
0
0
I think all the hiddens will be flashed out on day but it will take few more times to go.Though it is very excellent job is done by u,I will expect more from u that will be waited by each Nepali.Do not worry
we always want more …I am most awaited for your next project.I have no reservation any group ie,Political leader and parties and Monarchy.So your next project should be targetted leaders and parties that have done against our mother land,do u think my expectation is wrong?
Copenhagen,Denmark
मन परे हरियो, नपरे रातो
0
0
krisha jee thank you for nice investigation about Shah Dynasty. I am fully agree with you, without knowing about the real history country can’t move ahead.The one should learn the lession from the history so that he couldn’t commit the same mistake again and again, as our politicians commiting last 5o years.This time people have confussion about monarchy whether it should be remain or not. You focused the actual face of Shah regime. The historians of nepal, before they didn’t show the real history of Nepal,they wrote false articles in polishing way. Only Dor Bahadur Bista is one of them who honestly presented the truth but what happened with him. He should had to leave Nepal, few people knows about that.So Aviral jee, u deserve Badhai, thank you again for your hard work. However your life is in jeopardy but you keeping on writing the truth, we appreciate.
Comment by Suraj.
मन परे हरियो, नपरे रातो
0
0
Writer has just tried to explore opportunity to earn money, thats all.
मन परे हरियो, नपरे रातो
0
0
I appreciate what the writer have explored and tried to publisize.
But I feel pity on him and the administrator of this site for removing my very first comment for this blog. I just had written that “good job, but in a way you have found a very good plateform to advertise your book for free.”
My question is why did you remove it? Is it just because that comment (the very first one for this article) did not praise your article? You don’t have guts to listen criticism, or that comment just hit the target!!! whatever … u r coward.
मन परे हरियो, नपरे रातो
0
0
Bullshit
मन परे हरियो, नपरे रातो
0
0
bachha ma khoppi khelda jasto? abiral ji tapai ko bachpane bebahar le kahilai itihaas lekhna sakdaina; lekhnus dante katha.
tapai ko video herda ta jhan bachcha lagyo yaar.
ajha balkrishna sama dekhi ka sabai laai sano samjhera kam laagla? tapai prati ko mero biswas video here pachhi nasta bhayo.
gum
मन परे हरियो, नपरे रातो
0
0
Abiral,
Find the FACT we all standby you.
मन परे हरियो, नपरे रातो
0
0
And this one to bada ba
I never said that I am a roylist and I said I hate the kinf like everyone does, if you didn’t get my point please ignore but please please do not accuse someone for the sake of it. If you read the comment carefully, you will know what I mean,
मन परे हरियो, नपरे रातो
0
0
To gazendra
Please read carefully before you make a comment or accuse someone, I never said that I favor monarchy or the king. Please don’t make a fool of yourself,
If you read again, you will find out what exactly I mean.
My point was to point out corruption and ignorance of the political leaders,I won’t write anymore because you probably accuse me of something else anyway.
मन परे हरियो, नपरे रातो
0
0
Ek ta yo article ma age difference lai testo majjale pusti garne gari tarka rakheko dekhiyena. Ani arko kura, k nepal yo awastha ma pugna rajtantra ko matrai hat chha ta? Aru dalka netaharu chai dudhle nuhayeka chhan ra? chhaina ni. Ani rajako kura garne ho pratyek partima sabai jana raja banna ta chahiraheka chhan ni. Girija, Makune, prachanda le boleko kura party ko decision hunchha, aruko baal chhaina? Uniharu pani bansa parampara ladna chahanchhan. Ani k pharak bho ta? Ani bitera bikau kura lyayera charcha matra kamauna nakhojau ta sathi. Aaphnai balbutama upanyas lekhau, ki kaso??? k bhannuhunchha tapai??
मन परे हरियो, नपरे रातो
0
0
Hi Guys,
I would like to ask something to all of those readers, who think the historical works & Arts are “BAKWAS”, YOU GUYS ARE BUM, IF YOU DONT KNOW YOUR HISTRY.
How do you fee listening the story of your own grand father who had hunted a BARHA HATE BAGH? Pride? or BAKWAS?
If your DOB was not recorded by your Parents what would be your Birth Day?
RajuKaji
मन परे हरियो, नपरे रातो
0
0
यी सबै कपोलकल्पीत रहेछ मैले पनि किनेर पढे कस्तो झुर कल्पीत कहेछ भने बेकारमा पैसाको मात्र नास लेखक लाई कुनै दिन भेटे भने मत पैसा माग्छु । पैसा कमाउँने राम्रो उपाए भेटाएछन् । यस्तो जेपाए लेखे भने यिनी पनी जवानीमै इतिहास बन्ने छन् । पैसाकमाउँनको लागि अरुलाई बदनाम गर्दारहेछन् । थुक्क यसरी पनि पैसा कमाउँनु
मन परे हरियो, नपरे रातो
0
0
kaagle kaan lagyo ho nepali ho? kati kaag ko pachi dagurne, aba ta jagau, yasto hawadari halla k ka lagi aba? aba ta bikash ka kura garau, chunab ka kura garau, ani bholi ko kura garau. yastai kura haru ma aljhirahe, girija lai sancho huncha jasle kehi garna sakdaina, ra kasaile gara bhaneko sunnai sakdaina., baru yasko satta ahile satta ma raheka haru lai, chunab tira unmukh garau, uniharu le gareko naramro karya ko khedo khanau sathi ho? uniharu lai ramro bato dekhai, afu pachi pachi jau? desh lai yaskai khacho ra? nabhaye bharatiya rastriya gaan gaune din para chaina sathiho? nepali ko chinari harauna lageko cha. aba jagau?
मन परे हरियो, नपरे रातो
0
0
I like this guy…Keep it up and watch your back.
मन परे हरियो, नपरे रातो
0
0
मैले जन्म मितिहरुको फोहरिस्ता प्रस्तुत गर्नु को उद्देश्य इतिहासलाई कुनै Fantasy का आधारमा हेर्नु हुन्न; यसलाई तथ्यको आधारमा स्थापित गर्नु पर्छ भन्नको लागि हो । तर कतिपय राजतन्त्रका भक्त महानुभावहरुले यसैलाई ठूलो राहत दिने आधार देख्नु भएछ । हरे राजावादिहरुको मन्द बुद्धि । म मान्छु दलहरु वदमास भए के त्यो नै हो त राजतन्त्रको औचित्य पुष्टि गर्ने आधार ? हैन । नेपाली इतिहास लामो समय देखि राजा र जनताको द्वन्द्वमा अलमलिएको छ । कहिले राजा शक्तिशाली कहिले दलहरु । यसले गर्दा जहिले पनि सत्तामा अस्थिरता, देशमा भ्रष्टाचार, युद्घ र मार काट, दरवार भित्रै मारकाट । अनि के आधारमा चोख्याउन खोज्छन् यी हाम्रा युवा राजावादीहरु ? नेपाली इतिहासको लामो समयदेखि चलेको द्वन्द्वको चक्र टुट्नु पर्छ । यसले नै नयाँ शक्तिहरु उदाउने बाटो खोल्छ । तत्काललाई दलहरु बदमास भए, नेता विग्रे भनेर त्यसको विकल्प ज्ञानेन्द्र तन्त्र हैन । दलहरुमा अझै पनि इमान्दार नेता र कार्यकर्तहरु पनि छन् । त्यसकारण २१ औँ शताव्दिको नेतृत्व पनि तिनै दलहरुबाट जन्मने हो नारायणहिटिवाट हैन । त्यसकारण मन्द बुद्धिभएकाहरु एकपटक २१औँ शताब्दिको सामाजिक पाठशालामा पढ्नकोलागि भर्ना हुने हो कि हैन भने जीवनभर बर्बराएर बस्नुको विकल्प छैन !!
दिपेश गौतम
द. कोरिया
मन परे हरियो, नपरे रातो
0
0
ज्ञानेन्द्रको जन्म वर्ष २००४ साल हो २००३ होइन । यो कुरा सोहि सालमा जन्मेका मेरा काकाको चिनोबाट पनि मैले थाहा पाएको हो। उनी ज्ञानेन्द्रभन्दा २ महिनाले कान्छा हुन् भन्ने हामीले हजुरबा हजुरआमाबाट नि सुन्दै आएका हौं। कि त उनी २००२ (वीरेन्द्रको जन्म वर्ष) भन्दा अघि नै जन्मिएर उनको जन्म केहि वर्षपछि मात्र सार्वजनिक गरिएको हुनुपर्छ, तर यो कत्तिको हुनसक्ला खै। गोरखापत्रमा किन उनको पहिलो राज्यारोहण हुँदा उनी ४ वर्षको भनी लेखियो त्यो त खै? उनको आधिकारिक जन्म साल भने २००४ नै हो भन्नेमा कुनै शङ्का छैन।
मन परे हरियो, नपरे रातो
0
0
keep continue abiralji!
We should understand the past to build future. I read some comment with advice “do not waste time Abiral” in unproductive issues, but what is productive work you are doing? Who, you are against the this issue you are against history, which everyone should know. In present context, of CA election it will help to clarify people about the view on Shah bamshiya parampara and who wants to keep their kwamit keep continue criticize this kind of innovative investigation. but abiral ji, you have to reach the fact and real source. If you believe on other without fact you can not success.
Ajay,
Los Angeles
मन परे हरियो, नपरे रातो
0
0
keep continue abiralji!
We should understand the past to build future. I read some comment with advice “do not waste time Abiral” in unproductive issues, but what is productive work you are doing? Who, you are against the this issue you are against history, which everyone should know. In present context, of CA election it will help to clarify people about the view on Shah bamshiya parampara and who wants to keep their kwamit keep continue criticize this kind of innovative investigation. but abiral ji, you have to reach the fact and real source. If you believe on other without fact you can not success.
Ajay,
Los Angeles
मन परे हरियो, नपरे रातो
0
0
I totally doesn’t agree with the writer; he just used this for his popularity. It is not the way to express the mystery.
मन परे हरियो, नपरे रातो
0
0
good novel.. not a history
मन परे हरियो, नपरे रातो
0
0
मलाइ त माथि गजेन्द्रजीको टिप्पणी निकै मन पर्र्यो हैं। अबिरलको पछिल्लो खोजको नतिजा सही वा गलत आफ्नो ठाउँमा छ तर जुन अधिकार अहिले नेपालीले निर्वाध उपयोग गर्न पाएका छन् त्यो नेपालको इतिहासमा कहिल्यै थिएन। राजाको शासनकालमा त कल्पना पनि गर्न सकिन्न थ्यो यति लेख्न। छद्म नामले लेखेपनि त्यसलाइ पत्तालगाएर छाला काटिन सक्थ्यो त्यसबेला। जे होस हाम्रा नेता भ्रष्ट छन् तर हाम्रो मुख कसैले थुन्न सक्दैन त्यसो भन्दा तर मण्डलेहरूलाइ सत्य सित सधैं डर छ र ख्वामितको सहि छवि सार्वजनिक होला र आफ्ना पिता पुर्खा देखिको शान गुम्ला भन्ने पीर छ। साँच्चै भन्नु पर्दा अब पनि नेपालमा राजा ठिक थिए र राजा चाहिन्छ भनेर वकालत गर्ने तथा कथित पत्रकार अनि अवसरवादी विद्वानहरू नै देशघाती र अग्रगमन विरोधी हुन्। तिनिहरू दुइ करोड पचासलाख नेपाली जनताको सुन्दर भविष्यका अगाडी काँडा हुन जसले नेपाल र नेपालीहरूलाइ बिझाइ रहने छ।
मन परे हरियो, नपरे रातो
0
0
good job aviral ji. I had read your prevoius publication. lets hope for the best for the next issue.
pramila and mukunda
scotland
मन परे हरियो, नपरे रातो
0
0
well, maile pani lekh padhe, RAKTTAKUNDA pani padhe 1 yr aghi nai. padhda-padhdai aafu Europemai vaye pani boold red hot vo..! daily mysansarko webma busy rahada rahadai pani mathi aruka comment bujhda jhani kohi-kohi ta razakai manchhe ‘nai’ ho ki jasto lagyo..! vane pachhi hamima ajhai pani razawadi ra nepaliko tyo arkako chamatkari dekhda aaris lagne aakhaa ajahi rahechhan jhan DUKHA layo yaar…!!! lekhaklai DHERAI suvakamana mero.
मन परे हरियो, नपरे रातो
0
0
Sensational Fiction!!!
मन परे हरियो, नपरे रातो
0
0
दिपेश गौतमजीले उपलब्ध गराउनु भएको स्रोत अनुसार विरेन्द्र र ज्ञानेन्द्रको आयु १ वर्ष ६ महिना ९ दिन देखिन आउंछ । मैले सुनेको पनि विरेन्द्र २००१ पौषमा र ज्ञानेन्द्र २००३ जेठमा जन्मेका हुन् ।
कुरा यहां राजा मन पर्ने वा नपर्नेसंग होइन, इतिहासको तथ्यसंग सम्बन्धित छ । अतः अविरलजीले आधिकारिक स्रोतबाट ती दुई राजाहरुको जन्म मिति पुनः एकीन गर्नु हुन अनुरोध छ ।
मिष्टर इन्भिजिबलको कमेन्ट पढ्दा तपाईं राजा वरिपरिका “राष्ट्रवादीहरु” मध्येको एक हुनुहुन्छ भन्ने बुझिन्छ । स्तर चाहे जस्तोसुकै किन नहोस्, अहिले पार्टीहरु छन् र त लोकतन्त्र छ । त्यसैले तपाईंले पार्टी र पार्टी नेताहरुलाई कम से कम गाली र विरोध गर्न त पाउनु भएको छ । तपाईंका ख्वामितहरुको प्रत्यक्ष शासन चलेको बेला असल नियतले नै कसैले उनीहरु विरुद्ध बोलेमा उनीहरुको हालत के हुन्थ्यो त्यो बुझन टाढा जानु पर्दैन, ३० वर्षो पंचायती कालरात्रीलाई सम्झे पुग्दैन र ?
- बडाबा
मन परे हरियो, नपरे रातो
0
0
नेपाल को इतिहास मा राजा हरु सुरु मा एकीकरण मा ब्येस्त भएको देखिंछ भने केही समय घरायेसी मामला म अल्झिदै जादा राना हरु को उदय भएको त हामिलाई थाहा छ नि है? राणा काल मा जनता को र राजा दुबई को अबस्था नाजुक थियो / राजा ले खोपी मा राणा ले राखिदिएको मानो खायेर उनिहरू को सड़येंत्र को चंगुल बाट उम्किन नसकेको कुरा पनी सत्ये हो/ राजा हरु देस नै छोडेर हिडेको इतिहास छार्लंग हुदा हुदै २५० बर्सको सम्पूर्ण काल लाइ एक मुस्ट रूप मा हेर्नु कत्तीको न्याये सांगत होला? त्यों काल खंडा लाइ बिभाजित रूप मा हेर्नु अनूचित नहोला/ इतिहास प्रति पनी न्याय होला/
अनी पंचायेत मा बिकास गर्न कसले छेक्यो भनेर सोध्नु भएको जबाफ त हामिले दिनु पर्ने होइन होला?तै पनी जानकारी को लागी पंचायेत को ३० बरस को बजेट र तेस बाट भएको सम्पूर्ण बिकास र २०४६ साल पछि को बजेट र त्यों बाट हुन गयेको बिकास लाई तुलना गर्नुस त साथी?अनी अंत रास्त्रिये सहयोग मा आएको ब्रिद्दी लाइ पनी हेर्नुस त/केही थाहा लागला/
केही साथी हरु को गुनासो छ; देस को राजनितिक दल लाइ मात्र गाली गर्ने हरु लाई लल्कार्नु भएको छ पनी/ तेती सरो नरिसौनुस साथी हो; किन की बहस गर्ने चौतारो हो; बहस गरम/;चेतन्सिल प्राणी हो ; सबै को भेडे मत जाहेर हुन सक्दैन; तेस्तो आशा गर्नु अत्येंत तानाशाही चरित्र बाहेक केही हुन सक्दैन; नब तानाशाही चरित्र को हाबी हुदै गको देखियेको छ/ तेसले दुस्परिनाम ल्याउन सक्छ /
राजनितिक दल हरु लाइ सत्तो सराप गर्ने हरु लाइ चित्त बुझाउने प्रयास गर्ने हो की? एउटी पधेरनी ले जस्तो तथानाम सब्द ले गाली गर्ने?
राम्रो संग हेर्नुस त दलबादी हरु को सब्द र दल नमान्ने हरु को सब्द को स्तर? दल बादी हरु हिजो गिरिजा कुसमा पर्बत जादा एमाले लाई कूटने कांग्रेसी होलान;सो बी यू चुनाब मा तर्बार बोकेर हिड़ने पेसेबर बिध्यार्थी साथी हरु होलान;सचेत हुदा हुदै धैर्येता नहुनाले बिस्व बिध्यालय रण मैदान बनाउने बिद्यार्थी नेता हरु मध्ये कै कोही हुनुहुन्छ होला/ तपाई कमेंटर साथी हरु तेसैले तपाई को रगत अली बढ़ी उम्लेको देखन सकिंछ ; बहुल बादी हू भन्ने अनी अरु को बिचार तर्बार र खुकुरी ले retna खोजने मध्ये कै हनु पर्छा /तेहि सोभाब को हुनाले त प्रजातंत्र सिसु सिसु भन्दा भन्दै तन्नेरी हुन नापौदै बुढो बनायेऊ नि?
गजेन्द्र जी; मलाई उदाहरण दिनु त अहिले सम्मा सत्ता मा गयेको क्लीन नेता को नाम? अनी कसैले सूर्य बहादुर महान भन्यो भने मा पनी तपाई को साथ लागुमला/
राजनितिक नेता हरु हिजो बदमास थियो मन्नुहुन्छा की नै? आज पनी सत्ता को लगी लड़ाई जारी छ? हो की नै?आज पनी ३ करोड़ लियेरा सेना प्रमुख को म्यद थापेको कुरा आयो की नै? बेलायेत को राज्दुताबस को मोल्मोलाई हुदै छ त्यों अंडर टेबल बुझ्नुहुन्छ नि अंडर टेबल? रक्त चंदन को taskari को कुरा पनी थाहा छ नि? mantri हरु kangres को pelaai sahana nasaki raajinama gareko थाहा छ की नै? सानो दल का नेता हरु को आबाज सुनियेना भनेर बिजुक्छे र अमिक सेरचन जी ले भनेको थाहा पौनुभयो की नै? धेरै कुरा होलान हामी सामु आउन नसकेको ?येही हो राजनितिक चरित्र मा सुधार?बन्दर की पुछार कभी सीधी नही होगी……थाहा छ की नै?
हिजो राजा थियो अंकुस लगाउने अब अहिले सम्बिधान सभा को चुनाब गराउनै पर्ने अंतरास्त्रिये दबाब हुदा हुदै सत्ता साझेदारी को कुरा मा अल्झिने नेता हरु को राजनितिक चरित्र कहिले सप्रिने? कसले सपारने? सम्बिधानिक अड़चन पर्यो भने मिति संसोधन गारे भैहल्छा/ राजनितिक नैतिकता खोई?
बूढी गयो बन के खान्छ्स मन .______भने जस्तो जे गरेर पनी शासन हुन्छ? अब तपाई हामिले कंट्रोल गर्ने होला हैंन?
जनता को सपना पूरा नगरे शाह बम्स को बिनास जस्तै जनाताले नेता लाई पनी बढारने हो की? अनी नया पुस्ता ले देस हाकने हैन त? फजुल बात./ निकास आउने तर्क गरम न साथी हो/त्यों पुरानो पुस्ता बढारेर नया पुस्ता ले देस हाकने भन्ने कुरा गर्ने बच्पनी कुरा गर्ने साथी लाइ म बाजी नै लगैदिन्छु तपाई र म जिबित छौनजेल त्यों हुन सक्दैन /
साथी हरु मेरो गुनासो राजा बिकास को बाधक हो भनेर आफुलाई पानी भित्र को ओभानो बनौने दुचेस्टा गर्ने नेता हरु लाई चोखो बनाउने कुचेस्टा गर्ने हरु प्रति सधै आपत्ति छ/ जनता लाइ पराल को आगो तीर धपयेरा घर म आगो लगाउने हरु ले केही नराम्रो गर्न सक्छां है; त्यों ध्यान दिनुपर्छ/ तेसई त गणतंत्र आउन्न साथी हो ; नेताहरू लाइ सचेत समर्थन गरम/
सुधार कहिले हुने? रत्ना पार्क मा ५० ओटा टाउको को आगडी भासन गर्नुपरेको न समझने हरु माओबादी लाइ ठाऊ दिन सकिराहेका छैनन//उनिहरू कहिले सुधार होलान?राजाले सड़क मा पुर्याई दीदा जनता ले सड़क मा नै छोडेर हिडेको तितो भोगेका हरु को बुद्दी त सप्रेको छैन / एदी नेता हरु सप्रन सक्छ भने अरु सबै सप्रेर अगाडी आउन चाहन्छ भने ढोका खोलिदिने की तर्बारी राजनीति नै गर्ने?
यो ब्लॉग मा लेखने पार्टी बादी भनुम; प्रजातंत्र बादी त सबै छ;पार्टी बादी हरु को सहन्सिलता देख्दा नबा नेपाल मा कालेज जादा दादा गिरी गर्ने र चिया पिउदा पिउदै राजनितिक कुरा सहना नासकी खुकुरी ले हनन मेरा साथी हरु कटाई यो ब्लॉग मा लेख्दै त हुनुहुन्न ?भन्ने आसंका उत्पन्न हुन्छ/
प्रभात
यूरोप
मन परे हरियो, नपरे रातो
0
0
I agree with Deepesh. Huna ta ahile ko samay nai yesto cha ki raja haru ko against ma j kura fyake pani bikcha. Tehi bhayera krishna jee ko kitab le popularity paunu thulo kura haina. And, I am in favor of a new republic, Nepal.
मन परे हरियो, नपरे रातो
0
0
Krishna ji,
You should have waited more to publish the book.
You should have done more research on it.
Looks like the book was published in a hurry.
मन परे हरियो, नपरे रातो
0
0
I want to say something to Invisible, that taking out the issue like this author did also one development
.
मन परे हरियो, नपरे रातो
0
0
Hi everyone Greetins,
It is really possible to be a father at the age of 14. So this is not a big deal. And one more interesting thing gals can me pregnent before they have their first mensturation.
Thank You.
मन परे हरियो, नपरे रातो
0
0
Hi everyone Greetings,
After a long time its nice to read an interesting article. But like Deepesh from South Korea I want to say writer that if he writes something then please verify the source and if its an article from the news paper then please verify date and page. If you writers don’t know how to write then how the books will be that are written by you guys.
I hope this comment will be published.
Thank you.
मन परे हरियो, नपरे रातो
0
0
The issue was very interesting and conflicting. After the Palace Coup the doubt brought to mind of Nepalese people should have been resolved. Because it is the most provoking and issue of suspect and one can easily link even without any proof of the claim. In a democratic society such issues are resolved through evidence collection, direct interview with party ivloved and of course other evidence, birth certificate,national news and of course the witness.
Ratna is still alive. Why no commenter is asking the question who can at least give the answer to this difficult question. I can see there is no bravity in Nepalese system and people to ask direct question to palace occupiers, corrupt politicians, creator of false history rather they want to fight among themselve, make blind guess, blame others and want to to walk blind folded rather than to follow direct path and hit bullet directly into the target.
मन परे हरियो, नपरे रातो
0
0
अबिरल यात्री जी
खोतली खोतली निकाल्नु भा को माँ निकै मिहेनत त पक्कै परयो होला???हैंन त ??मान्छे जिउदै छन,अर्थात पा को देखने ,जन्मिने ,खाली जन्माउने मात्र सड़क माँ उब्भिना गा हुन???भोली तल माथी परेमा फेरी धाई आमाले भनेको भने र उम्किना दिदैनन बरु धाई आमा हरुलाई निउ रोड को गुद्पाक ख्वायेर हुन्छ की रातो धागों,रातो चुरा ,हरियो मोजा दियेर हुन्छ अझै तथ्य खोताल्नुस ?????
फेरी कहिले काही येस्तो खाल को इतिहास लेख्दा लेख्दै आफाई लाइ इतिहास बनैदिना पनी बेर मान्नान ???? असत्ति हरुले!!!!!!
बाघ अझै मोरेको छैन,घाइते भा को मात्र हो???पंच तंत्र माँ एउटा कथा छ चंचल बानर को ”,एउटा चंचल बानर थ्यो,भरे यो रुख त्यों रुख जादा जादै तुरी मुनि को डल्लो अड़ केर मोरयो रे ”
तपाई जस्ता बिद्द्वान ले ई सबै कुरा पक्कै जन्नू भा हो ला क्या र ????
मन परे हरियो, नपरे रातो
0
0
अबिरलजी,
मैले यो किताबको ऊमेरवाला पेजहरू पढेको थिएँ, त्यसमा गोरखापत्रको हवाला दिदै ज्ञानेन्द्रको–औँ जन्मोत्सव भन्ने कुराको आधार लिएको देखियो, के राजा बिरेन्द्र र दिपेन्द्र को जन्मोत्सब उल्लेख भएका गोरखापत्रहरू पनि हेर्नुभएको छ?
म सानो हुदा यही कुरा सोच्दथेँ, २ सालमा जन्मेको मान्छेको को ४२ सालमा कसरी ४१ औँ जन्मोत्सब हुन्छ(ऊदाहरणको लागी)। मैले सम्झेसम्म जन्मेको बर्ष लाइ पहिलो सम्झेर राजाहरूको –औँ जन्मोत्सव लेख्ने चलन छ वा थियो गो प मा। भलै अन्य कुराको आधारमा ऊनी रत्नका सन्तान हुन भन्न सकिएला, यो गो प को आधार चै मिलेन कि भन्न खोजेको है। गल्ती भए कसैले सच्याइदिनुस मेरो कुरा, ठीक भए पनि कमेन्ट पाऊँ।
I compliment Abiraljee for remaining truth.Keep it up , with more research.
मन परे हरियो, नपरे रातो
0
0
i do not like this article.
मन परे हरियो, नपरे रातो
0
0
कृष्ण अबिरल जी;
तपाई को पुस्तक पढने मौका पइयो /६ महीना पहिला नै पधेको थीऍ/ अति ब्येस्ताताका बाब्जुत त्यों पुस्तक पढेर सिध्येर साथी लाई दिनुपर्ने थियो/ तपाई को प्रयास को प्रसंसा गर्नु पर्दछ/ तथापि त्येसको स्रोत संधर्ब हरु को बिस्वोसनियेता माथी तपाई आफू ले नै बढ़ी चनाखो हनु पर्ने छ; अन्येथा तपाई को प्रयास पानी मा भिज्न सक्छ /
आज सम्म आई पुग्दा पनी तपाई ले राजा महेंद्र; बीरेन्द्र ज्ञानेन्द्र हरु को जन्म मिति मा क्लियेर नहुनु भएको कुरा माथी को ब्लॉग लेख बाट बुझिन आयो/
दीपेश जी को स्रोत को आधार मा तपाई यो ब्लॉग लेख्दा को दिन सम्म पनी नेता हरु ले बाटो मा भेट भएर दिएको सलाह सुन्ना साथ सुसारे हरुकोंमा धाउने र सोही कथन को आधार माथी आफू लाइ उभ्याउदै हुनुहुन्छ/ सुसारे हरु को दिमागी प्रिंट को आधार मा हो की उनिहरू संग नोट बुक मा पनी प्रिंट गरेका छन? कसैलाई सोध्नुभयो की भयेन ? उनीहरूले कुन दिन दरबार मा प्रबेस गरेको थियो?अनुसंधान को स्रोत को परिछेन गर्ने आधार बनाउनु भयो की नै? पहिले उनिहरू को बिस्वस्नियेता जांच गरेर मात्र स्रोत को आधार बनाउनु भएको हो भने ठीकै छ/
तपाई लाई एउटा कुरा भानुम है त? नेपाल का काठमांडू मैं बसने कती आमा बाऊ हरु लाइ आफ्नो छोरा छोरी को इक्साक्ट जन्म मिति थाहा छैन/ सर्वे गरेर हेर्नुहुन्छ की? अनी तपाई अफ्नो स्रोत हरु को दिमागी फाइल लाइ आधार बनाएर इतिहास लेख्नु कत्तीको सफल र सजिलो कुरा होला सहजै अनुमान गर्नुहुने छ/
तपाई दौड़ धुप निकै गरिरहनु भएको देखियो/ बिस्वस्निये स्रोत को पछी लाग्नुस/ तपाई को प्रयास बाट हामिले केही सत्य कुरा जानने मौका मिलोस मेरो सुभेक्ष्या छ तपईलाई/
हुन त दरबार को कहानी नै दंत्ये कथा जस्तो होला; हामिले त बाहिर आको कुरा जानने त हो नि/
आयो पहिलो गास मैं ढूनगा भन्ने उखान छ नि ; अस्ति को इतिहास घटना को बारेमा त येती धेरै कन्फ्यूजन देखा पर्यो भने बोलने मुख; देखने आखा र सुनने कान हरु बन्द भई सकेको बेला को इतिहास को बारे को स्रोत हरु उही पुरानो चाकडी बाजी समय ;तपैले भनेकै भासा; कै लेख हरु नै हो है ?; त्यों कती बिबादास्पद छ तपाई ले रक्त कुण्ड मा भंनुभएको छ/
तेसैले कृष्ण जी; अबिरल नै छ तपाई को नाम; प्रयास पनी अबिरल नै गर्नुपर्ने भयो नि तपाई लाइ? नछुनु थियो छुनु भयो; अब पार लगाएर नै छोद्नुहोला/
प्रभात
यूरोप
मन परे हरियो, नपरे रातो
0
0
Invisible लाई जवाफ
यो जवाफ Invisible लगायत सँधै दलहरुको खेदो खनेर राजा नै ठीक भन्ने विचार राख्ने मण्डलेहरुका लागि
Invisible ले यहाँ लेखेको छ दलहरुले चाहिँ के राम्रो गरे भनेर लेखेको रहेछ। म प्रश्न राख्न चाहन्छु- तिम्रा ख्वामितले चाहिँ के गरे त नेपाली जनताका लागि ? दलहरुले भन्दा बढी शासन त तिम्रा ख्वामितहरुले नै गरेका छन् । अझ पञ्चायत कालमा त अहिलेका जस्ता माउवादी हरु पनि थिएनन् । विकास नगर्न कसले रोकेको थियो ? विकास त गरे उनीहरुले तर आफ्नै मात्र । आफ्नै खलकको मात्र ।
राजाको सक्रिय शासनको अन्त्यपछि नेपालमा के नै भएको छ र भनेर सोध्यौ । तिमीजस्ता निराशावादीलाई त्यस्तो लाग्नु स्वभाविकै हो । ख्वामित बिनाको नेपाल के नेपाल भन्ने लागेर त्यसो भएको हो । तिमी त आफ्नो नाम समेत लेख्न डराउने र फर्जी उपनाममा लेख्ने मान्छे न पर्यौ । तिम्रो बुद्धि पनि इन्जिभिजिबल भएर गएको हुनुपर्छ ।
नभए सारा नेपालीलाई थाहा छ ०४६ सालमा राजाको प्रत्यक्ष शासन अन्त्य भएपछि नेपालमा कस्तो विकास भएको छ भनेर । आर्थिक वृद्धि दर हेर, मानव विकास सूचकांक हेर- छर्लङ हुन्छ ।
उतिबेला बैङ्कमा पैसा निकाल्न टोकन लिएर घण्टौँ लाइन बस्नु पर्ने हुन्थ्यो,
यतिबेला एटीएम कार्डबाट रातको १२ बजे पनि तुरुन्त पैसा निकाल्न सकिन्छ
उतिबेला एउटा सरकारी गोरखापत्र थियो
यतिबेला आधा दर्जनभन्दा बढी ब्रोडसिट दैनिक छन्
उतिबेला एउटा रेडियो नेपाल थियो जो राजाको गुणगान गाउन मै मस्त हुन्थ्यो
यतिबेला देशभर झण्डै पाँच सय एफएम स्टेसनहरु छन् जसले नेपाल र विश्वका कुनै पनि कुनामा भएको खबर तुरुन्त सञ्चार गर्छन् । जुम्ला जस्तो ठाउँमा समेत एफएम छ जसले राजधानीमा भएका कुनै पनि घटनाको खबर तत्कालै त्यहाँका गाउँलेलाई गर्छ।
उतिबेला एउटा टिभी थियो
यतिबेला आधा दर्जन टिभीहरु छन् नेपाली । अनि केबुलबाट सय वटा च्यानल।
बहुदलीय खुला नीति नभएको भए यो संभव हुन्थ्यो ?
राजाको एकतन्त्रीय शासनका यो संभव थियो ?
हो, यस अवधिमा केही नराम्रा कुरा पनि भएका छन्। दलका नेताहरु सबै राम्रा छन् म भन्दिनँ । दलका नेता भ्रष्टाचारी पनि छन् । तर उनीहरुको नराम्रो कुराको बारेमा आलोचना गर्ने अधिकार पनि यही प्रजातन्त्रले दियो । तिम्रा ख्वामितको पालामा यो संभव थिएन । र त त्यतिबेलाका मूर्तिचोरीदेखिका अन्य भ्रष्टाचारका कुरालाई दबाइयो । प्रजातन्त्रमा त्यसो हुन्न । प्रजातन्त्रको संस्कार बस्न समय लाग्छ । तर मण्डलेहरुले त्यसैका विकृतिको प्रचार गरे । अनि अझ के भएको थियो भन्ने प्रजातन्त्रको कालमा ?
के भएन भन । सञ्चार, आर्थिक, भौतिक हरेक क्षेत्रमा परिवर्तन आएको छ ०४६ सालपछि।
तिम्रा ख्वामितको पालामा के हुन्थ्यो ?
मोबाइलको लाइन काटिन्थ्यो
फोनको लाइन काटिन्थ्यो
इन्टरनेटको लाइन काटिन्थ्यो
एफएम स्टेशनका उपकरण लुटिन्थ्यो
चोरडाँका र भ्रष्टाचारीलाई मन्त्री बनाइन्थ्यो
अझै के गर्यो प्रजातन्त्रले भन्ने ? तिमी भन न पृथ्वीनारायण शाहले एकीकरण गर्ने बाहेक कुन चाहिँ राजाले के दिएका छन् देश र जनताका लागि ?
साथी हो, गर्नुपर्छ दलका नेताहरुको आलोचना गर्नुपर्छ उनीहरुले गरेका नराम्रा कामका लागि। तर तानाशाहीको समर्थनका लागि हैन । राजाको तानाशाही, माउवादीको तानाशाही, काँग्रेसको तानाशाही, एमालेको तानाशाही कसैको तानाशाही चाहिन्न । प्रजातन्त्रको पक्षमा रहनुपर्छ हामी। प्रजातन्त्रिक कालमा जस्तो विकास राजाको सक्रिय पालामा भएको भन्न सक्नुहुन्छ कोही छातीमा हात राखेर ?
मन परे हरियो, नपरे रातो
0
0
I have nothing to do with the king or monarchy but I would like to pinpoint something.
Almost everybody, including the blogger and the author of this article seem to be blindfolded by politicans.
At the moment almost everybody hates the king, so do I. But I do not agree that the monarchy is the main cause of poverty and backwardness. Come on people, stop looking from a corrupt politican’s eyes. The politicans, especially Girija, CPNUML and Maoists have pushed our country 100 years backwards, more than any monarch.
Corruption was of course high in panchayatkaal and we weren’t as free as we are now, but there was very few killings. These politicans said the exact words, “panchayat is the main cause of poverty and backwardness”, Now we are celebrating almost 20th new year without panchayat. Where are we now? Where are the promises? Where are the values of these martyrs??
And after they failed now ( not the system, Democracy is the best system in the world) they are blaming on the monarchy.
OK there goes monarchy and girija or prachanda become the new president, then what?
Will we be richer, better off,? How can we trust after being betrayed so many times.
ITS THE POLITICANS AND LEADERS WE NEED TO GET RID OF, IF YOU REALLY WORK FOR THE COUNTRY AND PEOPLE, NOTHING CAN STOP YOU,
AS THEY SAY IT MIGHT BE HARD TO WAKE A SLEEPING PERSON BUT IT IS IMPOSSIBLE TO WAKE UP A PERSON WHO IS PRETENDING TO BE ASLEEP
मन परे हरियो, नपरे रातो
0
0
I have checked birth dates of Birendra and Gyanendra in other sources. Dipesh Gautam is right.
Krishna Abiral Jee, can you specify if Gorakhapatra mentioned different birth dates for them? I suggest you to provide proper citation from Gorakhapatra to validate your claims. Otherwise, your article is confusing us.
Ajay
मन परे हरियो, नपरे रातो
0
0
Dear etihaskar,
Without prejuidice, would you kindly write about the assessment of last two years also in comparision with history.
comparision may not only good and better, it may be bad and worse also. Its time for reconcillation to keep Nepal and Nepali intack. Now, danger is not that dead monarchy, but Indian expanisim which is trying to make Nepal Sikkim, if not atleast Bhutan.
मन परे हरियो, नपरे रातो
0
0
लेखकले श्रोतहरु राम्रो सँग खुलाएर लेखेको भए हुन्थ्यो की । कमसे कम लेखकले आफ्नो पुस्तक वा लेखमा सन्दर्भ श्रोत लेख्नु भएको छ कि छैन; यदि छ भने हामी जस्ता पाठकमाझ पनि प्रस्ट राखिदिनु भए श्रोतको र स्वयं लेखकको विश्वस्नियतामाथि सोच्न सकिने थियो । लेखकले उल्लेख गरेको गोरखापत्रको श्रोत कुन मितिको हो र अन्य कतिवटा प्रतिमा त्यस्तो भेटियो वा त्यस्तै अरु पनि भरपर्दा श्रोतमा भेटिएको हो कि हैन त्यो चाहिँ केहि बताएका छैनन् । एक दुईवटा प्रति र एउटै मात्र श्रोतको आधारमा निस्कर्ष निकाल्ने हो भने त अस्ती प्रधान मन्त्रीले रुस र अर्जेन्टिनाका राष्ट्रपतिलाई दिएको सन्देशको समाचार का आधारमा अबको ५० वर्षपछि निकालिने निस्कर्ष कस्तो होला ? यत्रो कम्प्यूटर र सूचनाको विकास भएको युगमा त गल्ती हुन्छ भने त्यो जवानाको गोरखापत्रको श्रोतलाई कत्तिको भरपर्दो मान्ने ! त्यसकारण लेखकले “फलाना दाइले भनेको वा फलानो सुसारेले भनेको” भन्ने आधार खाली सस्तो लोकप्रियताको लागि गरेको वकवास जस्तो बन्न गएको छ यसलाई अलि वलियो तथ्यको आधारमा प्रमाणित गर्नुहोला ।
यहाँ Reference को लागि त्रिभुवन देखि पारस सम्मको जन्म मिति राखिएको छ यसलाई पनि हेरौँ है त:
त्रिभुवन:June 30, 1906
महेन्द्र: June 11, 1920
वीरेन्द्र: Dec 28, 1945
ज्ञानेन्द्र: July 7, 1947(1950 देखि 1951 सम्म ४ वर्षको उमेरमा राजा)
दिपेन्द्र: June 27, 1971
पारस: Dec 30, 1971
श्रोत:http://www.answers.com
यो श्रोतको आधिकारिकताको वारेमा दावी त गर्दिनँ म तर पनि अव कु श्रोतलाई आधिकारिक मान्ने भन्ने कुरा मात्र हो । यसलाई आधार मान्दा त त्रिभुवन र महेन्द्रको उमेर जम्मा जम्मी १४ वर्ष मात्र फरक पर्न जान्छ र प्रस्न उठ्न सक्क १४ वर्षमा कोहि बावु बन्न सम्भव छ ? सम्भव हुन पनि सक्छ कहिले काहिँ Sexually १ वर्ष वा केहि चाँडो परिपक्क हुनु कुनै नौलो कुरा हैन हामी मध्य पनि कतीपयमा यो लागू भएको होला । अनि लेखकले लेखे जस्तो यस श्रोतले त ज्ञानेन्द्र र वीरेन्द्रको उमेर ६ महिना ९ दिनको मात्र फरक देखाउँदैन वल्कि जम्मा जम्मी १ वर्ष ५ महिनाको देखाउँछ ।
दिपेश गौतम
द. कोरिया
मन परे हरियो, नपरे रातो
0
0
Regrettably we prefer to read folk tale and Mr.Abiral has written a folk tale- novel. We should be looking for future not digging the past!! What can we do if there is mess in Shaha dynasty? We should be drafting our future not reading the imaginary story. Mr.Abiral is a good writer but not historian. History should not be written based on PALLA GHARE SAILA AND TALLA GHARE MAILA. There must be a solid proof. I am not trying to veil the past dirty game within the palace but what I am attempting to proclaim is be clever before some one makes you fool.
मन परे हरियो, नपरे रातो
0
0
Nothing to say on these useless things. I wish you people focused on something fruitful and try to help the country come out from the turmoil. The situation of the country is making our neighbors stronger day-by-day. Why does Nepal never give shelter to intellectuals who want to serve Nepal by heart by comitting to it rather than wasting time. Dear writer, I do not want to harrass you by writing this but your intelligence should be devoted on researching for ‘how can we develop Nepal’ rather than devoting your time finding useless issues. Nepal has a saying ‘ORALO LAGEKO BAGLAI MRIGALE PANI LAKETCHA’ and ‘BALEKO AGO SABAILE TAPCHAN’. People used to write appraisal when the monarch was strong now they write against it. You are amongst them. I pity on you for wasting your time on something useless. Your hands were meant to create a beautiful Nepal not blood-shed in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
I’m interested to read this book.I want to purchase very soon.
मन परे हरियो, नपरे रातो
0
0
good job brother…pls keep it up and two thumbs up on your work…
मन परे हरियो, नपरे रातो
0
0
त्रिभूवनको(June 30, 1906)र महेन्द्रको(June 11, 1920)(बाबु छोरा वीचको)अन्तर पनि १४ वर्षको छ। अब भन्नुस १३ वर्षमा कसैले पुत्रलाभ गर्न सक्छ?
माथिको मा उल्टो परेछ। सच्याएको मात्र है।
मन परे हरियो, नपरे रातो
0
0
hey what a full all of you yaar ??????? ramro kaam garyo ki haaso ko patra banai halne? Sachhain Nepali haru ta Bandar nai ho jasle aafnu ghar pani banaudaina ra aruko ghar pani bigaridinchha ……..
मन परे हरियो, नपरे रातो
0
0
Dear Writer,
I am only the reader of that book. I am full a democratic person, I always hate monopoly of Shah’s in Nepal. But Very innocently and by hearly i would like to say that your book is useless and ‘BAKWAS’ . In that book you only copied some text from 3-4 books. So please do not make nonsense things for your popularity only.
मन परे हरियो, नपरे रातो
0
0
We are expecting many more mystery about the monarch and monarchism of Nepal.
Congratulation to Writer for being one of the most popular in the country!
मन परे हरियो, नपरे रातो
0
0