मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सम्झौता

    -सुषमा मानन्धर-

    ऊ एउटी नवोदित लेखिका। लेख्‍ने उसको कुनै पेशा नभए पनि साहित्यतिर गहिरो अभिरुचि भएको कारणले घरव्यवहारपछि उब्रेका समयमा उसले धेरै लेखेकी छ। आफ्ना रचनाहरुलाई उसले लेख्दै अनि साँच्दै गरेकी छ। अहिले नै संग्रह निकालि हाल्न ऊ सक्दिन। केही पत्रिकामा फाट्टफुट्ट एक दुई लेखहरु छापिनु सिवाय बाँकी उसका रचनाले अप्रकाशितको नियति भोग्नु परिरहेछ। उसले प्रयास नगरेकी पनि हैन, धेरै पत्रिकातिर प्रकाशनको लागि पठाएकी पनि हो। तर कुन्नि तिनले कतै किन ठाम् पाएनन्। लोकतन्त्रपछि जताततै समावेशिकरणको नारा लागिरहेको बेला महिला लेखिकाहरुलाई सबै पत्रिकाले प्राथमिकता दिन्छन् भन्ने कुरा उसमा किन लागू हुन सकेन, उसले बुझ्न सकेकी छैन। पत्रिकासँग सम्बद्ध केही साथीभाइहरुलाई हारगुहार पनि गरिसकी। उनीहरुको “आश्वासन”सँग ‘हुन्छ म खबर गरुँला’ भन्नेहरुको खबर उसले कहिल्यै पाइन।

    पत्रिका पसलतिर आउने प्रायः नाम चलेका सबै पत्रिकामा उसले आफ्ना रचनाहरु पठाइसकी। आउँदा जाँदा बाटोमा झुण्डयाइएका ती पत्रिकाहरु हेर्न ऊ प्रायः छुटाउँदिन। तर उसले आफ्ना रचनाहरु छापिएको कहिल्यै देखिन न त कसैले उसलाई छापिएको जानकारी नै दिएका छन्। कत्रो लगनले लेखेका आफ्ना सृजनाका अंशहरु कुन कुनामा फालिएका होलान् भन्ने आशंका मात्रले पनि उसको आङ सिरिङ्ग हुन्छ। पहिले पहिले त कुन पत्रिकामा कुन मिति र समयमा कुन-कुन रचना पठाइयो भनेर ऊ बकाइदा टिपोट गरिराख्थी। हरेक दोस्रो रचना पठाउँदा अब यसपाली त छापिन्छ भनेर ढुक्क हुन्थी। त्यसको अब कुनै हिसाव नै रहेन। कहिले काहीं त ऊ खिन्न पनि हुन्थी र निराश भै कागजका खोस्टासरि थन्किएका आफ्ना रचनाहरुलाई अगेनाभित्र झोसिदिन खोज्थी तर उसले कहिल्यै त्यसो गर्न सकिन।

    केही दिन अघि एउटा पत्रिकाले कथाहरु छाप्नको लागि आह्वान गरेको देखेर उसले पनि एउटा कथा पठाई। छापिने कुराको संभावना कमै देखे पनि ऊभित्र एउटा क्षीण आश पनि थियो। कथा पठाइएको हप्ता दिन पछि उसको मोबाइलमा एउटा फोन आयो अपरिचितको, अप्रत्याशित तवरले। त्यही पत्रिकाको सम्पादकको थियो, उसले विश्वासै गर्न सकिन। कथामा प्रयुक्त शब्द र अक्षत विषयबाट आफू प्रभावित रहेको बताउँदै उनले उसको लेखाइको मुग्धकण्ठले प्रशंसा गरे। रचना छापिनु भन्दा अगाडि नै प्रतिक्रिया, त्यो पनि सम्पादकबाट ! उसले आफूलाई सपना देख्दै गरेकी हो कि भन्ने ठानी। हैन। राम्रै चलेको त्यो पत्रिकामा उसको कथा छापियो। उसलाई बधाई पनि सबै भन्दा पहिला तिनै सम्पादकबाट प्राप्त भयो। आफ्ना अन्य रचनाहरु नछापिएको पीडा सजिलै बिर्सी उसले। मानौं ठूलै पुरस्कार पाए सरी उसका खुट्टा भूँइमै रहेनन्। आफ्ना चिने जानका सबैलाइ आफ्नो छापिएको कथा देखाई। धेरैले उसको कथा नबुझे पनि “चिया खुवाउनु पर्छ है” भन्दै बधाई दिए।

    भोलिपल्ट उसले सम्पादकलाई फोन गरी, उनी फूर्सदमा र केही ताजा मूडमा रहेछन्। कथा छापिदिएकामा ऊ सम्पादकप्रति साह्रै अनुगृहित थिई। उसले फोनमा आभार व्यक्त गरी त्यसका लागि। “म त मान्दिन। यतिले कहाँ हुन्छ, चिया खुवाउनु पर्छ।” उनको सरल र सहज माग सहर्ष स्वीकारेर उसले सम्पादकलाई चियाको लागि निम्त्याई नजिकैको रेष्टुँरामा। उनी आए पनि।

    करिब पैतालिस वर्ष जतिका भरिला जिउडालका ती सम्पादक निकै वाक्पटु देखिन्थे। आधा घण्टा जतिको उनीहरुको चिया खवाईमा ती सम्पादकले उसमा ठूलै प्रभाव छाडे। उसका लेख रचनाहरुमा आफूले सक्ने सहयोग र स्थान दिने बताएर जस्तै परिस्थितिमा पनि लेख्ने काम छाड्नु हुन्न भन्ने सुझाव दिन पनि उनले विर्सेनन्। उसका लागि ती सम्पादक वास्तवैमा कुनै देवदूतभन्दा कम्ति थिएनन्। कतै पनि कुनै रचनाहरु नछापिई रहेको कालो कुण्ठा माझ जमिरहेकी उसलाई उनले प्रकाश बनेर डोर्याएको झैं लाग्यो। आफ्नो लेखाइको स्तरीयतामा विश्वास गर्नुको साटो, त्यसले पाएको अवसरलाई उसले ठूलो ठानी। हुन पनि कतै नछापिएसम्म त्यसको स्तरीयताको के अर्थ रहन्थ्यो र !

    सम्पादकसँग फोनमा प्रायः कुराकानी भैरहे पनि त्यसपछि लामो समयसम्म फेरि उनीसंग भेटघाट हुन सकेन उसको। ऊ भेट्न चाहन्थी, आफ्नो लेखाइ वारेको उनको धारणा, भविष्य र सम्पादकबाट पाइने र्समर्थनका बारेमा लामो कुराकानी गर्न। सम्पादकको व्यस्त दैनिकीलाई अनुमान गरी उसले भेटघाटको लागि पहल गर्न सकिरहेकी थिइन।

    एक दिन उसलाई अचानकै बोलाए उनले आफ्नो अफिसमा। ऊ त्यहाँ पुग्दा केवल सम्पादक थियो, मेचमा धुम्धुम्ती बसिरहेका। सँधै भन्दा अलि फरक केही गम्भिर देखिएका उनी, ऊ पुग्ने वित्तिकै उनले हात समाई छेउको मेचमा बसाले। छक्क परी ऊ। उसको सोचाइ विपरीत उनले खासै कुनै व्यक्तिगत कुरा गरेनन्।

    “एउटा विचारोत्तेजक लेख लेख्नु पर्यो।”

    उनले आफ्नो हातलाई उसको कुममाथि राख्दै भने “पत्रिकाको वाषिर्कोत्सव पारेर एउटा नयाँ पत्रिका लन्च गर्दैछौं।”

    समाजमा स्थापित पाँचजना महिलाहरुलाई विशेष हाइलाइट गरी लेख छापिने र त्यसमा उसको पनि लेख रहने बताउंदा पत्याउनै सकिन उसले। हिजोसम्म गुमनामीको अँध्यारोमा रहेकी ऊ, आफूलाई प्रसिद्धिको टाकुरामा चढ्दै गरेको महशुश गरी उसले। के साँच्चि उसको लेखाई यति सशक्त छ, नत्र यो कृपादृष्टि किन ?

    “लेख्नु हुन्छ हैन ?”

    सम्पादकको हातको भार उसको काँधमा बढेपछि उसको कल्पनामा चढाइ रोकियो। उसले विस्तारै टाउको हल्लाइ, केही बोलिन। उसको गाला थपथपाएर घर जानू भने सम्पादकले त्यसपछि।

    केही समयपछि फेरि दोश्रो कथा छापियो उसको। साथीहरुले उसलाई यो अझ माझिएको छ भने। तर उसले यसको सम्पूर्ण श्रेय तिनै सम्पादकलाई दिई। उनले नछापिदिएका भए त्यो सिर्फ एउटा कागजको टुक्रा हुन्थ्यो। आफ्नो प्रतिभाको पारखी तिनै सम्पादकमात्र रहेछन्, उ विस्वस्त भई। उनको नम्बर डायल गरेर उसले आफ्नो कृतज्ञता देखाई। आफ्नो खुशी नजिकबाट बाँड्न चाहेर उसले कुनै दिन लन्चमा आउन अनुरोध पनि गरी उनलाई। उनले लन्चमा नभै उसँग डिनरमा जान चाहेको कुरा बताए। डिनर, उसको लागि स्वीकार्न गाह्रो कुरा थियो। घरमा श्रीमानलाई के भन्ने ? उसमाथि सानो छोरो। उसले असमर्थता जनाई पहिलोचोटी। उनले खान आउने कुरा त स्वीकारे तर स्थान र समय उनको रोजाइमा हुने कुरामा उनको अडान रह्यो। बाध्य भएर उसले स्वीकारी।

    ऊ बेलैमा लन्चमा गएर फर्किन चाहन्थी तर सम्पादकको फोन आएको थिएन। करिब चार बजेतिर उनले फोन गरेर उसलाई रत्‍नपार्कमा आउन भने। त्यहाँबाट कहाँ जाने उनले केही खुलाएनन्। निर्धारित समयमा ऊ त्यहाँ पुग्दा उनी सडकछेउ गाडी बिसाएर उसैलाई कुरिरहेका थिए। गर्मी, नर्वसनेस र हडबडीमा ऊ पसिना पसिना भएकी थिई। उनले गाडीको ढोका खोलेर रातै भएकी उसलाई एकछिनसम्म नियालिरहे अनि अगाडि बस्न ठाउँ देखाए। उनको मौनता देखेर उसले कुन ठाउँ जाने भनेर सोध्न सकिन। दुई तीन वटा गल्लीहरु छिचोलेपछि एक ठाउँमा गाडी रोकियो। मुख्य सडकदेखि भित्र, शान्त वातावरणमा यति राम्रो रेष्टुरेण्ट, उसले सोचेकै थिइन।

    “कस्तो लाग्यो ठाउँ ?”

    पहिलो चोटि बोले उनी। केही दबेको स्वरले “ठीकै छ” भने पनि ऊभित्र एउटा अव्यक्त डर मडारिरहेको थियो। कुनाको टेवुल रोजे उनीहरुले। एक जोडी विदेशी ग्राहक बाहेक अरु थिएनन् त्यहाँ।

    “के खाने ?” उनले सोधी।

    “जो इच्छा तिम्रो”

    सँधै गर्ने तपाई सम्बोधन छाडेर उनले “तिमी” को तात्पर्यमा भने।

    “के खुवाउन सक्छ्यौ ?”

    द्विअर्थ लाग्ने उनको प्रश्नमा ऊ मनमनै आत्तिई। प्रत्यक्षतः केही नबोली मेनु हेर्न तिर लागी ऊ। कोल्ड ड्रिन्क र खाना अर्डर गरेपछि उनले पत्रिकाको कुरा निकाले। लेखहरु छापिन तयार भैसकेका र त्यसमा छापिने उसको लेखले उसको ठूलो परिचय बनाउँछ भन्दै ती सम्पादकले उसको पिठ्यू थपथपाए। ऊ बोलिन। एकछिन मौनता छायो दुई बीच। उसले घरिघरि घडी हेरेर ढिला हुँदैछ भन्ने जनाउन खोजी।

    “खै कति बज्यो ?”

    उसको हात छातीतिर घचेट्दै उनले उसको घडीमा समय हेरे। यसो गर्दा उनको हातले उसको छातीमा छोइयो। नियतले गरिएको थियो कि त्यो अन्जानमा भयो, उसले भन्न सकिन। सम्पादकले उसको हात आफ्नो हत्केलामा लिंदै अर्को विस्फोट गरे, “तिमी सेक्सको बारेमा के सोच्छौ ?

    उनको हात तातो थियो र कामिरहेको। बिरामी हुन र ? थिएनन् ! फेरि त्यो उन्माद कस्तो।

    यदि आफ्ना रचनाहरु छाप्नु पर्ने थोरै स्वार्थ मात्र नभएको भए पनि ऊ यो परिस्थितिमा यसरी लाचार भै बस्ने थिइन। विषयलाई परिवर्तन गर्ने बारे सोच्दैथिई ऊ, उनले ऊतिर निहुरिंदै सुस्तरी भने, “मलाई ठूला छाती भएका स्वास्नी मान्छे निकै मनपर्छ।” उनले घुटुक्क थुक निलेको देखी डरले उसको मुखै सुक्यो। उसलाई असहज र अन्यमनस्क भएको अनुमानमा सहज बनाउन उनले फेरि लेखाइको प्रसङ्ग झिके। लेखाइको शैली नौलो रहेको भन्दै त्यही गतिमा लेखे छिट्टै नामी र स्थापित लेखिका बनिने सपना देखाए उनले। सपना उसले पनि देखेकी थिई तर सपना पछाडिको अँध्यारो रात उसलाई त्रस्त बनाउंदै थियो।

    अर्डर गरिएका खानेकुरा आइसकेका थिएनन्। ढिलो भएको हो वा गराइएको, झिनो शंका उठ्यो उसको मनमा। शंका उपशंका, डर संकोच र छोरोको पीरले कुरा गर्न उसँग कुनै विषय बचेको थिएन।

    उनी ऊसँग अलि बढी टाँसिए, “सुन, तिम्रो लेखाई असाध्यै राम्रो छ, मलाई मन पनि पर्छ। तर एउटै कमी छ ……।”

    उनले वाक्य अपूरै छाडेकाले उसले पुलुक्क उनको अनुहारमा हेरी।

    उनले अगाडि भने, “यदि नामी र स्थापित बन्नु छ भने तिमीले आफ्नो कमजोरी हटाउनु पर्छ। यही तिम्रो प्रगतिको वाधक हो। हटाउँछ्यौ हैन ?”

    एउटा साँचो शुभचिन्तकले जस्तो उनले उसको सृजनाप्रति चासो र चिन्ता लिएको देख्दा उसलाई उनी प्रति व्यर्थै शंका गरे जस्तो लाग्यो। उनले एकछिनसम्म उसलाई तौलिरहे, “तिमीमा लेख्ने अदम्य शक्ति र इच्छा छ, यसलाई संकोच र रुढिवाढीतामा नअल्झाउ। लेख्नेहरु यहाँ धेरै हुन्छन् तर सबै नामी बन्दैनन्। मैले धेरैलाई स्थापित गराइसकेको छु। तिमीलाई पनि गराउँछु। यहाँ केही पाउन केही गुमाउनु पनि पर्छ। आऊ हिंड, माथि बसेर डिस्कस गर्दै गरौं। कुनै ठूलो र बेर लाग्ने कुरा पनि हैन। ती सम्पादकले उसको सामु एउटा सत्य र्छलङग्याइदिएका। ऊ स्तब्ध र शून्य भई। ऊसँग अब पाँच मिनेटको विकल्प थियो। सम्पादकको कुत्सित शर्त पुरा गरेर लोकप्रिय र स्थापित लेखिका बन्ने कथित अवसरका सम्भावनाहरु लिने या आफनो मूल्य मान्यता, अस्मिता र आत्मसम्मानलाई कायम राख्ने।

    आँखा अगाडि अंध्यारो छाएर भाउन्न छुट्ला झैं भयो उसलाई। उसले कोही देखिन त्यहाँ, न सम्पादक, न विदेशी जोडी न कुनै कर्मचारी। ऊ जुरुक्क उठी। लडखडाउँदा पाइलाहरुले अगाडी बढी। सम्पादक उसलाई बोलाउँदै थियो। उसले सुनिन। बाहिर घाम अस्ताइसकेको थियो। सडक किनारका बत्तीहरु पनि बलिसकेका थिए। साह्रै अबेला भए जस्तै उसको मन अत्तालियो। उसको कानमा छोरो रोइरहे झैं लाग्यो। ऊ हिंड्दै गरेकी बाटोभरि ढुंगैढुंगा थिए। हरेक ढुंगा मुन्तिर उसलाई आफ्नै रचनाहरु किच्चिएका झै लाग्यो। एउटा यथार्थ थियो उसको सामु ,उसले अभ्यस्त हुन सकिन। रुन नचाहेर पनि उसका आँखा रसाए। उसलाई थाहा छ- अब त्यो पत्रिकामा उसका दोश्रो कुनै रचना छापिने छैनन्, आखिर उसले सम्झौता जो गर्न सकिन।

    mdhsusma@yahoo.com

    No related posts.

    38 comments to सम्झौता

    • Nawa

      Dear Shusma,
      Terrific piece of writing. It reflects the reality of life, but have you ever seen in the horizon while the sun is setting? Collect those colours and try to paint them in your writings. Your ledgers and mathmatical account can wait. Spare some more time in revealing the true picture of harsh reality.

      Wish you all the very best.

      Nawa/West Africa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna Rajbhandari

      Hi Susmaji,

      I have read your articles.It is so nice and interesting to read.your article represents reality of our present system and behaviour of higher level official either they are involved in government organization or private organization.
      The most important thing is that unless men know the weakness of women they can not attempt against her.
      We can not get many things at a time.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sangeet Aayam

      Sushma Didi, It’s a very nice piece of writing. The storyline is old but you are excellent in the presentation. Write more and more. Best of luck.

      Sangeet Aayam
      Director
      Devkota Study Centre
      Chitwan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amit bajra

      sushma,
      I think it’s not only story but based on reality. I heared “sexual harrasment” is everywhere in our society now a days. we use to hear this kind of situation only in glamourous world; like in filmi and modeling area. But now woh woh. well keep it up your writing skill to let them down. thanks and congratulation .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ajay yonghang

      सुस्मा दिद नमस्ते
      तपाईंको लेख राम्रो लाग्यो र साचै नै पुरुष हरु स्वर्थी हुन्छन किन कि कुनै सानु कुराको सहयोग गरेको फाईदा उथौन खोज्छन तर महिलाले पनि बुझनु जरुरी छ किन कि पुरुष भन्दा महिलाको इज्यत बढी कम्जोर छ त्यसैले कुनै पनि ब्याक्ती साहित्यकार हुनु भन्दा अगाडि सोचनु पर्छ यदी नराम्रा्ओ व्यबहार
      गरेर मात्रै साहित्यकार हुन सकिन्छ भने बरु आफ्नै संसारमा बस्ने रमाउने कुनैको काठ पुतली बन्नु चाइना कोही पनि त्यसैले बेलाइमा होस् पुर्‍याउनु जरुरी छ नि कि कसो हो
      उही
      अजय योङ्हाङ सन्तोष
      हाल मलेशिया बाट
      संपर्क न ; ००६०१२७१६३४७० जोहोर
      imaill http://www.ajaylimbu79@yahoo.सुस्मा दिद नमस्ते
      तपाईंको लेख राम्रो लाग्यो र साचै नै पुरुष हरु स्वर्थी हुन्छन किन कि कुनै सानु कुराको सहयोग गरेको फाईदा उथौन खोज्छन तर महिलाले पनि बुझनु जरुरी छ किन कि पुरुष भन्दा महिलाको इज्यत बढी कम्जोर छ त्यसैले कुनै पनि ब्याक्ती साहित्यकार हुनु भन्दा अगाडि सोचनु पर्छ यदी नराम्रा्ओ व्यबहार
      गरेर मात्रै साहित्यकार हुन सकिन्छ भने बरु आफ्नै संसारमा बस्ने रमाउने कुनैको काठ पुतली बन्नु चाइना कोही पनि त्यसैले बेलाइमा होस् पुर्‍याउनु जरुरी छ नि कि कसो हो
      उही
      अजय योङ्हाङ सन्तोष
      हाल मलेशिया बाट
      संपर्क न ; ००६०१२७१६३४७० जोहोर
      com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dia

      It’s reality. really very nice and heart touching article. i like this article very much and read so many times. congratulations shusmaje, i hope you will continue your writing.

      All the best!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil

      I am convienced with KADAM ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I feel This Story is author’s won Eaperiences. coz something is happening in socity that will born a good Story . as ‘Ghaamka Paila Haru’ . So I think this story is Susma’s won experince

      Sapana Pun

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • asmita

      shusil jee are u ok?? u think r u right?? hawa tal ma boldine ?? freedom chha bhanera pani had hunchha ni ?? suppose hidda hat hallauna painchha tar tapako hat arkako nak samma ta pugnu bhayenani gathe?? ma pani yek lady ho malai yo katha man paryo ma sanga yesto experience ta chhaina tar ma jandachhu nepal male dominated society bhako desh ho mahila le sturggle garda sadhai gidde aakha haru ko samana garnuparchha . tar tapaiko directive method ali chhitta bujhena;

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gaurav

      dear susil jee,
      sometime eye on eye can makes the world blind, so without knowing anyone how can you directly blame kisore nepal is the editor who makes uses of women. frist have the truth on your hand, just don’t blame on anyone saying. sometime in my life i have been close to kisore nepal and and his family,he is the great jounarlist of nepal, has any journalist travel more than 70 districts of nepal??????????????.this doesn’t mean i am supporting kisore nepal but just i want to make u clear that sometime that our eye’s can leads us to the false. and here it is your’s ear

      gaurav

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sppo

      It happens becouse of whomen.
      Whome always want to be popular by doing this.Why she doesnot eel this then and there if she is strong?? why she did not treact? They have to react then and there so that this yhing will not happen?? Ladies wnat this to be popolar?? Shee in film line,
      see in dohari???
      see in other parts of things.
      It is becouse of ladies weak points?
      why she cant be able to cll journalist and put black in his face??
      They should have courage to do this.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sushil Bhattrai

      I think The editor is Kishor Nepal. I heard this story by one journalist a few days ago.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • There is not much originality in story but I liked your presentation. Please keep writting.

      Saurav Poudel
      SD, USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • meg

      Once, I got

      confused, either this is story of your unpublished book or but now, I think that this is the story of your self efficacy. I just would like to

      respect you. I have never seen and imagined like you in my life. YOU ARE THE FIRST, from now onwards, I will try to study more detail

      about women than past.

      What you did is very respective, genuine and challengeable to the bad world. Keep it up and don’t be harass. Success is with

      you, it takes time but finally, you will win. Many people like me are infavor of you they all are your brothers, sisters and friends.

      Writedown what you want to write, write more and more, all will be published gradually for readers one day. Don’t worry!

      We all are with you.

      Regards,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kadam

      प्रस्तुती धरै राम्रो लाग्यो। कथाकारले यो कुरा पनि ख्याल राख्नुपर्थ्यो कि, हामीलाई निराशाबादी भावुकताले हानी पुग्छ। कथाको अन्त अलिक नरम भयन र? नत्र तपाईंको कथाले नारिहरुलाई लेख्न कसरी प्रेरणा गर्छ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bidur

      nice

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अभागी

      मार्मिक कथा छ यो।कथामा वास्तविकता छ।धन्यबाद कथाको लागि।लेखको लागि धन्यबाद सुषमा जीलाई

      एक परदेशी,जापान।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • najar

      The thing is true..very very true..so i relly do appreciate it .
      keep it up, susma ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • johnofconcord

      ४५ बर्ष को जवान को जवानी लाई नङ्याउनु पर्‍यो सुस्मा को सुस्तरी पारा ले, अब अरु चेली हरु लाई गिद्ध को आँखा न् लगाओस: त्यो मोरा को पनि छोरी दिदी बहिनी होलान नी।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      You are right Susma jii, It is true, but need to be strong, all woman should fight with like this circumstances, if they can stay with honet never be down.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod timilsina,dharan Now:doha Qatar

      सुषमा जी
      तपाइको लेखमा वास्तविकता छ तर अर्को वास्तविकता महिलाले आफ्नु स्वार्थ पुरा गर्न पुरुषको स्वार्थसंग समझौता गर्न गर्न खोजेको भान हुन्छ तपाइको लेखबाट!त्यस्ता पुरुषलाई तपाईले समय मैं नग्याउन सक्नु पर्थ्यो,किन की अर्कोले फेरी अर्की लेखिकासंग त्यस्तो व्यवहार गर्ने प्रयत्न गर्दैनथ्यो की!त्यस्तालाई समाजको अगाडि ल्याउनु पर्यो र चिनाउनु पर्यो!

      -बिनोद तिमिल्सिना,धरान-१६
      हाल:दोहा,कतार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karki D.

      एक नबोदित साहित्यनुरागी महिला पात्रको माध्यमा द्वारा हाम्रो समाजमा वा संचार् क्षेत्रमा प्रतिभवान नव आगन्तुक महिल लेखक् वा साहित्यकार हरुले झेल्नु पर्ने पिडा र अनधिक्रित सम्झौता लाइ तिरस्कार गर्दा पलायन् हुनु पर्ने जस्ता यावत यथार्थ परक बिषयका वारेमा कथा को माध्यम द्वरा सबिस्तार बर्णन गर्न खोज्नु लाइ हामिले उत्तम पाटो को रुपमा लिनु पर्छ । र समग्रमा नारि माथि हुने गरेका बिक्रिति र बिसंगतिलाई नजानिदो पाराले उजागर गरेको छ । सुमसुम्याउदै लठ्ठ पारेर आन्द्रा भुंडि निकाल्ने ब्वांसे चरित्रका खलपात्र सम्पादहरु यहां यत्रतत्र छरिएर रहेका छन । जस्ले नारि अस्मिता माथि एकोहोरो गिद्ध द्रिष्टि मात्र लगाई रहन्छ । र मलाई के कुरा जोड्न मन लाग्यो भने केहि पहिले चंकि जीले प्रस्तुत गर्नु भएको कथामा पनि हाम्रो समाजको आर्थिक,राज्नैतिक,सामाजिक लगाएत बिभिन्न बिभेधहरुलाई चित्रण गरिएको थियो जुन बर्तमान् सन्दर्भमा पनि उत्तिकै मह्त्व राख्छ ।

      धन्यवाद।।।।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh

      This is real story,,,, its still going inside our socity,,, Its not only with this business,,, everywhere female wants to do something they need to pay the price to Man to go ahead,, really selfish world,

      will love to ready more article from you Sushma Ji,
      Nice ,,,, heart touched,,,

      Good Luck

      Suraj (suraj_aaa2002@yahoo.com), Baghdad, Iraq

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gaurav(geetanagar, chitwan)

      noone life is bed of roses, they have to pass through thrones coz life is struggle of existance and moreover dreams and responsiblities does’t goes together. story is base to take simpathy from the readers on women. our country just now have declare the rights for the minority sex groups.So, being a women writer doesn’t mean that women are weak they can also be the Grand Lady of Literature, like British author Doris Lessing, who has been awarded the 2007 Nobel Prize.Doris Lessing is the 11th woman to have won literature s most prestigious prize. the British author is “that epicist of the female experience, who with skepticism, fire and visionary power has subjected a divided civilization to scrutiny.”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मलाई यो कुनै वास्तविक घटना जस्तो लाग्यो । नेपाली समाज अनि नारीमाथि गरिने ब्यबहार यहा प्रकट गरीएको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Excellent story!

      I have seen many publisher/editor etc. showing one thing doing another. It is not the blame to all, but few them are really bad. We have heard the story of “SHRISHA KARKI”. We know that how she was blackmailed and……….in which condition she did suicide!

      Therefore, this story shows the reality! we would like to congratulate writer for showing the disguised faces of our socalled esteemed people and their mentality towards writer.

      Please do keep up your movement. Lots of thanks to Umeshjee for giving space for such a nice and pleasant story!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhim

      साहित्य क्षेत्र मा नभये पनि अरु क्षेत्र मा यस्ता घटना हरु सुन्न पाईन्छ
      जे भये पनि मलाई यो लेख अन्तिम मा गएर निराशबादी तिर उन्मुख भएको जस्तो लाग्यो।
      के अब उन्ले कहिले पनि आफ्नो साहित्य( लेख्,रचना) लेख्दिनन त ?
      तत्लकाल नै प्रकाशित गर्नु पर्छ भन्ने पनि त छैन नि साहित्य भनेको पत्रीका मा प्रकाशित गर्न लाई लेख्ने पनि त हैन होला ?
      कि पुरुष लाई छेड हन्ने दृष्‍टि ले लेख्नु भएको हो लेख ? हो भने पुरुष पनिबिभिन्न करण ले पनि पछाडि परेका छन्,र उनी हरु का पनि लेख रचना हरु प्रकाशित हुन बाट बन्चित होलन रे,अब उनु हरु ले पनि लेख्न छोड्ने त ?
      सेक्सुअल harresment लाई दुर गर्ने बिभिन्न उपाय हरु थिए नि,किन उहा ले आकाश नै खसे झैन भन्भनी हुँदै फिर्नु भको होला ?
      डिनर मा बोलए पछी,एक जना साथी,लोग्ने लाई पनि त लन सकिन्छ नि ? किन कसै लाई पत्तो नै नदिकन जनौ पर्छ भन्ने पनि त छैन,

      समग्र मा लेखन सैली राम्रो लग्यो।भविश्य मा पनि लेख्दै जानु होला।र अरु अरु पनि तपाईं क हात ले पस्केका साहित्य हरु पढ्न पाउन ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • i dont have any word left to say.its amazing.Keep it up.It really touch everyones heart easily.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna Kadariya

      Sister Susma,
      C/O My Sansar.
      Some one says, Story is a peapping of window, some other says story is a mirror of society, butI say a good story is a experience of real life based on a real cercumstance of your time. Did you forget some thing in your story ? Did you complet it ? I thing, its not complet. Please complet it, because, we (your society) need soluation not only problem. Try to understand it and try to complet your story.
      Brother, Krishna kadariya

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suman

      Its not a story. It is one of the core fact. It is the real face of those dirty faces who view women as the sex objects.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subash

      Susama Gi you are correct. It’s happening every where but woman should not give encourage this kinds of third class behave. Thanks for your article which is touchable.

      Subash, Doha Qatar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishop Akela MA, USA

      SUSMA JEE,
      KEEP TRYING YOUR STRUGGLE,,YOU ‘LL BE SUCCESS AND WHATEVER CHANGES COME TO OUR COUNTRY LAWAYS LATE,,I WISH YOU ALL THE BEST !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yashika

      सुस्मा जी ! तपाईंलाई बधाई छ । किन कि यो एुटा वास्तवैक्ता हो । एुटा महिला सुप्रसिद्द हुन उस्ले आफ्नो अस्तीतो बेच्नु पर्छ । यहाँ उस्को बयक्तितो को कदर हुँदैन । कस्ते बिदम्बना महिला ले आफ्नो खुबी देखौअनलाई परपुरुस्सँग सम्झुऔता गर्नुपर्ने ।

      Yashika, Texas,US

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sandip

      really it touches my heart.
      thnks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bobby

      Thank you very much for good article. There should be more on feminism and challenges in nepali society in this blog.

      keep it up,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dhakal

      Great article.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • But for those who relish the challenges of persisting to design their own system of how work should be done, most senior-level jobs in Nepal tend to offer many such opportunities. Sure compared to what’s available to elsewhere globally, the scal of such design can small here. But once the systems get up and running, it’s not difficult to scale up, depending on which industry one is part of Like in everything else focus on and patience for results matter.

      Pusp Prasad Luintel
      President
      Green Nepal Party [Hariyali]
      Boston, U. S. A.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • koolhead

      mdhsusma ji,

      your lekh has touched my heart.

      It is the reallity of city’s successful life.

      Temples are filled with thieves so it is very difficult to look at face and commnet on charachter.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker