मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सीमा निरीक्षण गर्न गएको वाईसीएल र भारतीयबीच झडप

    भारतले नेपालका विभिन्न सीमा मिचेको खबर सार्वजनिक भएपछि वाईसीएलले गणतन्त्रका लागि युवा मार्च नाम दिँदै सीमा निरीक्षण गर्न थालेको मेची-महाकाली मार्च टोली र भारतीय सुरक्षाकर्मीबीच कञ्चनपुरको सिमानाको वनवासा र ब्रम्हदेवमा मंगलबार झडप भयो।

    माअ‍ोवादी भ्रातृ संगठन वाईसीएलका अध्यक्ष गणेश पुनको नेतृत्वमा मंसिर १५ गतेदेखि अढाइ सयको संख्यामा युवाहरुले मार्च गरिरहेका छन्। उनीहरुले नवलपरासीको भारतद्वारा अतिक्रमित सुस्ता क्षेत्रको निरीक्षण गरी नेपाली झण्डा समेत गाडेका थिए।

    वाईसीएल टोली आउने थाहा पाएर हिजैदेखि भारतले वनबासा पुलमा सुरक्षा व्यवस्था कडा पारेको रहेछ। उत्तराखण्ड राज्यको प्रहरीमात्र हैन, अर्ध सैनिक बल एसएसबी पनि त्यहाँ तैनाथ गरिएको रहेछ।

    टोली बनवासा पुल नजिक पुगेपछि भारतीय सुरक्षाकर्मीहरुले बलै प्रयोग गरी रोके। त्यसपछि उनीहरु गड्डाचौकी हुँदै ब्रम्हदेव पुगेका थिए।

    टनकपुर बाँध निर्माण स्थलमा पुग्दा त्यहाँ पनि भारतीय सुरक्षाकर्मीले रोक्न खोजेपछि वाईसीएल र भारतीय सुरक्षाकर्मीबीच झडप भएको थियो।

    बल्ल बल्ल माअ‍ोवादी विधायक उमा भुजेल र आरसी चौधरीबीच छलफल भएपछि तनाव कम भएको रहेछ।

    मिचिएको सीमाका बारेमा जानकारी पाउन र त्यसबारे सबैलाई चेतना जगाउन यस्तो निरीक्षणको काम राम्रै हो। तर राज्य र पार्टीका उच्च तह गम्भीर नभएसम्म यस्तो समस्याको समाधान हुँदैन भन्ने त पक्कै छ। तत्कालीन मालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि कालापानीमा झण्डा गाडेर राष्ट्रियता देखाउन खोजेको थियो। तर न कालापानीबाट भारतीय सेना हटे, न यो मुद्दालाई पछि कसैले उठाउने चासो नै देखाए। देशमा केही हुने बित्तिकै प्रधानमन्त्री निवासमा भारतीय राजदूत पुग्ने अनि उच्च नेताहरु भारतीय दूतावास छिर्ने काम भइरहने अनि देखाउनका लागि हैन, साँच्चिकै राष्ट्रियताप्रति गम्भीर नभएसम्म कसरी यस्तो समस्याको समाधान हुन सक्ला र ?

    No related posts.

    34 comments to सीमा निरीक्षण गर्न गएको वाईसीएल र भारतीयबीच झडप

    • हामी नेपालीलाई कहाँ खुशी लागेको छ र हाम्रो देशको माटो पराइले मिच्दा अनि आफ्नै भूमिमा अफुमाथिनै दमन र दुर्ब्यबहार गरेको | तर पनि हामी नेपाली आफ्नो स्वाधिनताको बचाउको लागि जे पनि गुमौना तयार छौ जस्तो लाग्छा मात्र हामीलाई एक देश भक्त नेताहरुले भरिपुर्ण सरकारको खाचो छ | तर बिडम्बना भनौ या दुर्भाग्य हाम्रो देशमा न त दिगो सरकार बन्यो न त कुनै देशभक्त नेतानै हामीले चुन्न सक्यो
      खाली जहिले पनि तेही भ्रस्टचारी,देश बेचुवाहरु मात्र सरकारमा पुग्छन त्यो पनि नभएर यसपाली त हरुवाहरुका जम्बु टोलीनै सरकारमा छन् आफ्नो आयु लम्ब्यौनालई भारत संग बिन्ति गर्नानै मस्त छन् सिमा मिचेको त के कुरा गर्छन र आफ्नो सरकारमा कत्ति सभासद छन् भनि औला भाचना ब्यस्त छ नभए कसरि अङ्क गणितको खेल खेल्ने हो भनि सुर्ता मनिरहेछान हाम्रा नेता ज्यु हरु | अब यस्तो अबस्थामा हामी सम्पूर्ण नेपाली जनतानै अब एकताको मालामा हातमा हात मिलाएर आफ्नो राष्ट्र र रस्त्रियाताको खातिर यो भारतीय बिस्तारबाद बुरुद्दा आवाज उठाउने बेला भएको छ |
      यस्तो अबस्थामा वाई.सी एल ले एक सराहनीय कम गरेको छ |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Uddav Bhandari China

      YCL have been done it good but only this method is not possible solve problem.Like this activitey can get cheap popularity in the people but can not achive goal.Thats why all the nepali people should be know reality of the countery condetion of the countery activitey of the political leader.But YCL can lead and and they can give knowlage to people for the unity preasure on political leader.

      And there is not any Army for the proctection our Nepal border in the border ??Whin Indian enter our countery land with bad propose then what is watching our National Army why They can not keep in the round of Nepal army inside nepali land.And what is watching our political leader why they can not work for this problem.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh parajuli

      wa wa wa wa wa wa wa wa YCL kya ramro kam gareu desh ko lagi timi haru ko kam ko lagi mero suvakamana chha aaba desh YCL ko ho sale aaru kohi ko hoina yadi ho bhanera aauchha bhane YCL bhayera aaija.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • johnofconcord

      YCL: You can not wipe your sin out, by doing one unsuccessful attempt. You have killed countless innocent lives: wipe the tears of those who lost their love-one.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prakash

      maobadi ko nautanki…..to hide the fact that prachanda is drinking scotch with indian ambassador……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • prakash

      maobadi ko nautanki…..to hide the fact that prachanda is drinking scotch with indian ambassador……

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Luna

      Terrible !
      Nepali People Have Capacity to make Win One Nepali Man in India for Indian Idol , But they have no
      power to do something against india for nepali land?
      Atleast , YCL they did something what they can .
      Thanks a lot to YCL

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • vikash

      Y.C.L. देशको लागि सिमा क्षेत्रमा तिमिले देखाएको शौर्यले त्यहाँ Indian पुलिसले अपमानित गरेर पठाएका नेपालीहरुलाई केही मनोबल बढेको महशुस भयो होला। हुन पनि नेपाल आमालाई बिदेशीहरुले चिथोरीरहँदा आफ्नै नेपाली दाजु भाइ माथि दमन गर्ने नेपाली सेनाको तथाकथित ”देश सेवा’ देखेर वाक्क भएका हामीले देशका सच्चा सिपाहीलाई सुन्न र पढ्न पाएका छौं ।
      YCL जिन्दबाद । मेरो रगत, हाडखोर,छाला र मासु सबै देशलाई ! देश बचाउन लड्ने YCLलाई !

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • prabhat

      साथी हरु;
      देस को सिमाना अतिकर्मन भयको छ ; दुख नलागने नेपाली को होला?तर यो समस्या हिजो कसैले कसैको पुतला जलाए जस्तो तरीका बाट समाधान हूनै सक्दैन/
      यो कुट्नैतिक प्रयास बाट मात्र समाधान हुन सक्छ/ कुट्नैतिक प्रयास गर्ने त सरकार ले हो/ हामी त सरकार ले आदेस दियो भने जे छ त्यों हतियार बोकेर लड़न जाने सिपाही हो/र तेहि भासा बोलन मजा पनी आउछ हामिलाई/
      तर त्यों युद्द को हामिले कल्पना गर्न सक्दैनौ / र समभब पनी छैन/
      हामिलाई हाम्रो जमीन को हक़ चाहियेको हो; अधिकार चाहियको हो; तेसको लागी ycl ले भने जस्तो रास्ट्रीय युद्द को कुनै अर्थ छैन / अतिबादी कुरा गरेर जनता लाई मामू बनों नखोजे हुन्छ /कसो आसीस जी?
      कुटनैतिक प्रयास गर्नु पर्छ / तर सरकार लाचार छाया बनेको छ इंडिया को;/ इंडिया लाई त्यों सीमा अतिकर्मन बारे मा अटेंसन गर्न सकने अबस्थामा पनी छैन सरकार/
      सरकार अहिले गनतंत्र को मूल्य मा जे सुकई गुमाउन पनी तयार छ / हिजो बिराटनगर मा कोइराजा ले फेरी एउटा नया बुझ्न नसकिने र उहा ले बुझाउन नमिल्ने कुरा बोल्नुभयछ; ” म घुडा टेकन पनी तयार छू”
      अब त्यों हामिले कसरी बुझने? उहाले त धेरै कुरा बुझाउन बाकि छ/
      जे भये पनी कुटनैतिक प्रयास गर्नुपर्ने सरकार मौन बस्नु हाम्रो लागी पीडा को कुरा बाहेक केही हैंन / ”सहू सहू सहू बाबु सहनै नसके पनी” एउटा कबीले भनेको कुरा तेहि सम्झेर बस्या छू म त / सायेद कायर भइयो की? जे सुकई भनुन; सरकार भन्दा कायर त हामी जनता हूनै सक्दैन /किना की हामिलाई इंडिया ले दिने नून तेल हो त्यों किन्नै पर्छ किना घुडा टेकने हैन साथी हो? सत्तामा जानु पनी छैन / पछि को कुरा देखा जायगा /
      प्रभात पौडेल
      बेल्जियम

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhai

      ओ आशिस जी;
      के हो नि त्यों मामू भनेको? हिन्दी फ़िल्म खूब हेर्नुहुन्छ की के हो?तेहि मामू भन्नु भको हो; की तपाई पनी मामू भन्न लग्नुभो सबैलाई ?
      भाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • sandeep

      IT MAY HELP HEAL BAD IMAGES OF YCL ACTIVITY. IF YCL AIM TO CONTRIBUTE TO NATION BUILDING PUT YOUR ENERGY INTO LONG DISPUTED ISSUE WHICH MUST HAVE SCIENTIFIC BASIS FOR YOUR FIGHTS. WHY DO NOT YOU CREATE AN EXPERT TEAM TO LEAD THE TASK WHO CAN BE BACKED BY ACADEMIC PEOPLE. DO NOT GO TO BORDERS AND TALK TO PEOPLE WITH LIMITED INFORMATION AND ARGUMENTS.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • saagar

      ek choti Yo Gana haldinu paryo hau mysasar ma ” GAU GAU BATA UTHA……BASTI BASTI BATA UTHA…” sabai lai chetna hola ki ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • saagar

      jay Y.C.L. Jay maobadi………yasari nai ramro kaam garera sadhai ko laagi jay jay hos Y.C.L……haami pani saath chau Y.C.L….. bhidanta ta bhayo tara indian lai mareko bhaye nai ramro hunthyo kyare……kehi chaina arko palta yo mauka haami gumaune chainau…Jay Nepal …. ra yasto bela ma pahadi ra madheshi sochnu hunna……sab sath milera ladnu parcha …….. yo bela haami saath chahanchau ……. come on be ready for attack…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kapil

      good job ycl……….ycl lai hami sabaile sath dinu parchha…………

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Suman

      I am a simple citizen and represent maximum percentage of Nepali and do everything needed for my motherland if you Maoist/YCL come out from your illusion that you are supreme and start respecting each individual who does not believe in your muscle power.
      I am not educated enough and don’t understand big politic but well understand what hurt us. I am not strong enough but well understand what you have enforced on me and just waiting for my time to defeat your muscle power and your high headness. I don’t know when you understand the basic reality otherwise you keep on doing drama until you are vanished as dust.

      You are not guniunely engaged in this epidode other than just a drama that will just last for a week and will be recorded and many times used in political debate.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      Hi
      If these activities are making Nepali public aware of their boarder it is excellent if it is for cheap popularity Indians will lose nothing,you will be the looser.I wish it is not like”sau chuwa hajam karke challe billi haj karne”.
      To some poins I agree with mr Rajan.I am also sick of Girija,Maakune,prachanD.I wish some national leader from janajaati, and madishe.They will at least keep their words and do not make politics a joke.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suman karki, Macau

      yo samachar le mero man jyadai harsit bhayeko chha aba rastra ko lagi ek choti ragat bagaune abasar aayeko chha malai lagthyo jindagi tesai khera jane bhayo, tara samaye le maile socheko jastorastra ko lagi ladera purkhako samman garne abasar ho yo . pakkai pani aaba hamro yo ladaiko suruwat ho,yeslai nirantarta diyera “BAGUNA PARE RAGAT RASTRA KO LAGI BAGAU” bhanne nara diyera sabai barga bata rasriya hit ko lagi ladai ladau.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil

      I don’t agree with the view of ASHISH that Madheshi are fractionling the country…In fact without the envolvement of Madhesi people we can’t emagine the greater Nepal..So I am agreed with RAJAN ji not with AASHIS ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      आशीषजी अनि skpजी धन्यवाद मेरो मनको कुरा भन्नुभएकोमा ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • keshav gautam

      हस्तक्षेपविरूद्ध राष्ट्रिय युद्ध घोषणा हुन सक्ने
      डिल्ली मल्ल
      दाङ, ६ मंसिर/योङ कम्युनिस्ट लिग नेपालका केन्द्रीय अध्यक्ष गणेशमान पुनले वैदेशिक हस्तक्षेप र सीमा अतिक्रमणविरुद्ध वर्तमान सरकारले तत्काल कुनै कदम नचालेमा जनआन्दोलन र राष्ट्रिय युद्धको घोषणा हुन सक्ने बताउनुभएको छ। सो कुरा उहाँले राष्ट्रियता र गणतन्त्रका लागि मेची-महाकाली गणतान्त्रिक युवामार्च अभियानका क्रममा शुक्रबार तुलसीपुरस्थित गणतन्त्रचोकमा आयोजित विशाल युवा जनसभालाई सम्बोधन गर्दै बताउनुभएको हो।
      वाईसीएलका केन्द्रीय उपाध्यक्ष उमा भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुनले भारतले नेपालका ६४ स्थानमा ६० हजार हेक्टर जमिन अतिक्रमण गरेको चर्चा गर्दै तत्काल राष्ट्रियता रक्षाका निम्ति सबै एकजुट हुन आह्वान गर्नुभयो। उहाँले ‘नेपाली जनताको मुक्तिका निम्ति १० बर्सेर् जनयुद्ध र १९ दिने जनआन्दोलनमा १२ हजार सहिदको बलिदानी भएको उल्लेख गर्दै अझै आवश्यक परे ६० हजारको बलिदानी दिन तयार छौं’ भन्नुभयो। देशको माटोमाथि विदेशीले नङ्ग्रा गाड्दा नेपाली युवाहरू टुलुटुलु हेरेर नबस्ने बताउँदै उहाँले भन्नुभयो- ‘बरु हाम्रो टाउको नै गुम्ला तर देशको एकमुट्ठी माटो र एकइन्च जमिन पनि कदापी गुम्न दिने छैनौं।’ अध्यक्ष पुनले ‘संसद्बाट पारित गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचनप्रणाली तुरुन्त कार्यान्वयन गर्नुपर्ने बताउँदै यदि सो प्रस्ताव कार्यान्वयन नगरिए वर्तमान सरकार र कुनै पनि यथास्थितिवादीलाई तिनका मालिकसँगै गलहत्याउनेछौं’ भन्नुभयो। उहाँले आवश्यक परे जनआन्दोलनको आँधीबेहरीसहित जनविद्रोह गरेर भए पनि नेपाली जनताको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेरै छाड्ने बताउनुभयो।

      मथिको समाचारलाई http://www.krishnasenonline.org बाट साभार गरिएको हो |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Santa Tamang Hong Kong

      Great good job, Keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • suman

      This is just a political stun. First give respect to each nepali citizen and with their will and support if you can do any impossible otherwise it is useless 250 people can’t do anything.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      This is just a political stun. First give respect to each nepali citizen and with their will and support if you can do any impossible otherwise it is useless 250 people can’t do anything.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishop Akela MA, USA

      GOOD JOB YCL,,,,,NOW WE ALL HAVE TO PROTECT OUR BORDER,,AND ALL WE NEPALESE HAVE TO GIVE A HAND YCL,,I WOULD LIKE TO SUGGEST ALL NEPALESE PEOPLE PLEASE DON’T THINK ABOUT POLITICAL PARTY JUST GET TOGETHER AND SAVE OUR COUNTRY FROM INDIA !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bidur

      badai cha YCL … young communist league…
      young criminal league kehi hoina .. aba dekhi .. young country league …

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • skp

      YCL Jindabad, bharatiye bistarbad murdabad. It is because girija and comapany depend on India to keep their Kursi…Sala haru…desh ta bechnu bhayna ni kurshi bachauna…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • maehsh

      If you can fight against INDIA. But you can’t do this thigs Sathi ho. Timi haru lahi Nepal ko kursi ma basnu chhina ra.

      well done !! kep it on.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxman

      yo rastriyeta jogaune aviyan ma ycl lai sampurna desbhakti nepali janata le sath dinuparcha
      from macau

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Deepak

      La YCL badhai cha. kam se kam euta veye pani deshbhakti ko kam garau. Keep it up.

      Deepak, Perth australia

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • deepak belgium

      प्रशिद दार्शनिक होरास ले भनेका छन “राम्रो काम को सुरुवात गर्नु भनेको आधा काम गरे बराबर हो” यहिले वाइ सी य़ल ले देश को सबै क्षेत्र को बारेमा जनता लाई सुसुश्चित गराउनु राम्रो काम हो वाइ सी यल ले थोरै भएपनी चेतना को साथ नागरिक लाई देशको बस्तुगत अबश्तॉ प्रति कर्तब्य निश्ठ पार्न खोजेको जस्तो देखिन्छ यसरी नै नागरिक ले साथ दिएमा राज्यले पनी आम नागरिक प्रति आफ्नो धारणा प्रस्ट पार्नु पर्छ .नागरिक ले यस बिसयमा जान्न खोज्नु उस को अधिकार र कर्तब्य हो होईन कसरी ? यस बिसाया मा राज्यले नै जिम्बेबारी पूर्ण भूमिका खेल्नु पर्छ सबै नागरिक ले साथ दिन्छ्न.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • aasish,switzerland

      dear,
      राजन जि तपाईं लाई पक्कै पनि भयको हुनु पर्छ।किन भने देस माओवादी ले टुक्राउन खोजेको होइन मधेसी ले चाँही आटेको हो। कि कसो?जसले तपाईं लाई यो खबर सुनायो उसले तपाईं लाई मामु बनाय जस्तो छ।
      धन्यवाद
      aasish
      swiss

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Rajan, why only “Madheshi” can save the country ? We all are Nepali and be proud of our country Nepal.If there is anything against our country,we have to fight together….otherwise…no one can save our country…there is only loss and loss if we fall in divide or get break…

      Jaya Madhesh,Jaya Pahad,Jaya Himal…..Hamro Nepal !!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • aasish,switzerland

      great job YCL keep it up……
      महाकाली हाम्रो हो टनकपुर हाम्रो हो अनी सुस्ता पनि हाम्रो हो तर के गर्नु देसका जिम्मेबार ब्यक्ती नै कानमा तेल हालेर बसेका छन अनी करायर मात्रा के गर्नु तै पनि ycl ले जनता जगाउने काम गरेको छ ।अब पनि नेपाली जनता चुप लागेर बस्ने हो भने केही बर्ष पछी एकादेस मा नेपाल भन्ने देस पनि थियो अरे अनी हामी पनि नेपाली थियौ अरे भन्नु पर्ने दिन अौन बेर छैन त्यसैले यो बेलामा पनि सबै चुप लागेर बस्यो भने भारत को हिम्मत अझै बड्दै जाने छ अनी,……., यौटा कथन नै छ नि सियो चोर्ने ले घर फोर्छ त्यै भयर आज १०/१५ बिगा सिमाना मिच्ने ले भोली १०/१५ सय मिच्ने छ अनी क्रमस…..। जे होस YCL ले राम्रो काम गर्ने जमर्को गरेको छ अब सारा नेपाली ले येस लाइ राजनीतिक रुप ले मात्र नहेरि yclलाइ शाथ दिनु पर्छ।
      aasish
      swiss

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • rajan, australia

      राष्टर्ियता देखायेकोमा खुसि लाग्यो। तर माोबादि ले केनै गर्नसक्ला र? जब देश टुक्रयाुनमा शान देख्ने ले के को नाटक देखियेका हुन्? देश जोगाुने हो भने मधेशि ले मात्र सक्छन्।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    eXTReMe Tracker