मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    के मधेस नेपालको उपनिवेश थियो ?

    - डिल्ली पौडेल-

    नेपालमा बिध्मान परिस्थिति प्रति “व्यक्तिगत” चिन्ता नहुने सायद कोही छैन होला । केही बाहेक सबैलाई स्थिति सुधार भैदिए हुने थियो भन्ने चिन्ताले नै गाँजेको हुनुपर्छ । पूर्वमा टिस्टादेखि पश्चिम काँगडासम्म फैलिएको पुर्खाको देश सुगौली सन्धिसम्म आइपुग्दा मेची-महाँकालीमा सिमित छ । कालीबाट पनि सिमाना वर वर सर्दै छ रे । सुस्ताबाट पनि सिमाना उत्तर तिर सरिरहेछ । झापा र बर्दियाबाट पनि सर्दै छ उत्तर तिरै यो देशको सिमा । खै त ती पुर्खाले आर्जेको बिशाल नेपाल देश ? कहाँ गयो ? अहिले नेपालमा देशको बारेमा चिन्ता गर्ने नेता भन्दा जनता बढी होलान जस्तो लाग्छ जसको चिन्ता व्यक्तिगत चिन्तामा सिमित छ। बर्तमानमा देश भक्तिमा मलिन अनुहारमात्र बाँकी छ । हाम्रा ती वीर पुर्खाहरु देशकोलागि मर्न तयार थिए ईतिहास त्यही भन्छ । खुम्चिदै गएको देशको नक्शाले पनि त्यही भन्छ पुर्खाको रगतले नै सिमा कोरिएको थियो। कसैले भन्छन् “पुर्खाले” नेपाल बिगारे, यो देश शाहले २४० बर्ष शासन गर्दा बिगारे, नेताले “१२-१४ बर्ष “मै यो देश बिगारे । यस्तै यस्तै आरोप प्रत्यारोपका बीच मधेस पनि आइ पुगेको छ उपनिवेशको नारा बोकेर ।

    मधेस कहाँ थियो ? यसको साँध सिमामा कुन कुन देश थिए ? यो बर्तमान सम्मको ईतिहासले चिनेको छ कि छैन त्यस देशको उपस्थितिलाई ? पुराण वा अरुकुनै शास्त्रमा पो छ कि मधेश लेखिएको ! जसरी पञ्च तन्त्रमा बिबिध देशको उल्लेख छ त्यसरी नै त्यस देशको उपस्थिति कुनै शास्त्रमा नै सही लेखिएको छ कि ? हुन त म ईतिहासकार, शासक वा नेता केही हैन । केवल हुँ यौटा निरिह नागरिक । त्यसैले मलाई न त रचिएको ईतिहास पुरा पुर थाहा छ न त नरचिएको ईतिहास नै । तर पनि मैले देखे जाने सुनेको कुरालाई र सन्धि सम्झौतालाई आधार मान्ने हो भने मधेश देशलाई नेपाल देशले क्वाप्प खाएको देखे सुनेको र पढेको छैन । दन्त्य कथामा सुनेको पनि छैन । कीर्तिपुरेको नाक काटेर पृथ्विनारायणले आजमाएको जस्तो पनि सुनेको छैन बाइसी चौबिसि राज्य झै । मिथिलाका राजा जनक भन्ने सुनेको थिए । पढेको थिएँ रामायणमा । बिराट देश सुनेको थिएँ । त्यही हो हालको बिराटनगर भन्ने कथा सुनेको पनि थिएँ त्सतो पनि कुनै शास्त्र भेटिन मैले हाल सम्म जसमा मधेश देश उल्लेख होस्।

    मधेश के हो त ? कुन देश हो मधेश ? कहाँ थियो त्यो देश ? शब्द अर्थ केलाउँदा थाहा पाइएला कि ! मधेश सम्मपरेको भू-भाग भन्ने बुझाउँछ भने मधिसे भन्नाले भारतीय भन्ने बुझाउँछ (डिजिटल डिक्सनेरी अफ सउथ एसिया) भने हाल सिर्जिएको मधेसी शव्दलाई शव्दकोषले छिनेन। हुन त तराई पनि समथर परेकै छ । के तराई नै मधेस हो त ? हाम्रो कुनै शव्दावलीमा धेश र देश एउटै होइन । म धेस म देशबाट बनेको पनि नहुनु पर्ने किनभने देशबाट धेस भन्ने उत्पत्ति पनि भएको हैन । नेपाली, हिन्दि, लगायत बहुसङ्ख्यक दक्षिण एसियाली भाषाको उद्गम सस्कृतलाई मानिन्छ । सस्कृतले पनि मधेस मानेन । त्यसो भए कहाँबाट नेपालले मधेस क्वाप्प पार्यो ? मधेस कतै मध्य देशबाट पो बनेको हो कि (बुद्धिलाल श्रेष्ठ- कान्तिपुरमा छापिए अनुसार) ? मध्यदेशबाट मधेस भएको हो भने नेपालले कुनै मध्यदेशमाथि लडाईं लडेको छैन । मध्यदेश जहिले पनि माथिल्लो देश-तल्लो देश, पूर्वीदेश-पश्चिम देश, उत्तर देश-दक्षिण देश आदि ईत्यादिको बीचमा पर्नु पर्ने हो । त्यस्तो देशको अस्तित्व नेपालमा देखिदैन । उत्तर प्रदेश, मध्य प्रदेश, आन्द्र प्रदेश आदि मिल्दाजुल्दा नाम त भारतमा पो छन् । हालसम्म त हामी खुला सिमाना र नव-नागरिकतामा छौं भने दसकौं अघि त मानिसहरुको खुला आवतजावत थियो । घोडालिएर अन्नपात किन्न आउने र मिठाईपसल थाप्ने भारतीयले नागरिकता लिएको देख्ने म नै साँक्षी छु । नेपाली एउटी चेलि बिहे गरेपछि ताँतिलागेर घरज्वाईंहरुको घुइचो देखेजानेको नै हो ।

    के मधेसका बासिन्दा सबै आदिबासी हुन त ? छुट्टै देशमाग्नेहरु छिटपुट बाहेक आदिबासी सरिक छैनन् । नेपालमा तराईका आदिबासी भनेर चिनिएकाहरु थारुहरु हुन् । मुसहर, धिमालहरु हुन् । उनिहरु नै मधेसको थिचिमिचोमा छन्। राजबंषीहरु पनि बसाइ सरिआएकै जातिहरु हुन तर मधेसी भन्दा कैयौं बर्ष अघि। सतार (सन्थाल)हरु पूर्बोत्तर भारतबाट बर्षौ अगाडि आएर बसेका हुन् । नेपालमा राज्य गर्ने लिच्चबिहरु पनि भारतबाट बसाईसरी आएका थिए । भने अहिले छुट्टै देशको माग के नेपालको उपनिवेशसँग जवरजस्ति जोडिएको हो । जाने सुने र भोगे अनुसार त छुट्टै मधेस देश माग्नेहरु तराईका आदिवासी नै हैनन् । माग कर्तामा अधिकाँस त नव-नागरिकहरु हुन् जस्लाई नागरिकता पनि बर्तमान ७ पहिले ८ दलिय सरकारले होलसेलमा दिएको हो । नेपाली नेताहरुको “भारतीय पान”सँग साटिरहेको “राष्ट्रियता” हो । सुनिन्छ तराईमा पहाडे उठाउने गुरुयोजनाकार भारतीय दुतावास वा अप्रत्यक्ष भारत सरकार हो । वीरगञ्जको कन्सुलेट कार्यालयले भारु र हतियार नव-नागरिकहरुलाई बितरणगरिरहेको छ । त्यसैले यो छुट्टैदेशको बितण्डा मच्चाइरहेको छ । हाललाई भारतीयहरुको योजना तराईबाट पहाडे निर्मूल गर्ने रहेको छ । कतिपय बितण्डामा बिध्यालय शिक्षकहरु पनि सरिक छन् भनेर भुक्तभोगि शिक्षकहरु बताउँछन् । दीर्घकालिनरुपमा नेपालको सत्ता भारतीयहरुमा सार्ने र अपार प्राकृतिक सम्पदा आफ्नो हात पार्ने दाउमा छ भारत । मधेस छुट्टै देश थियो भन्ने कुरा पुरै भारतीय योजना हो जसरी उसले बुद्ध भारतमा जन्मेका थिए, कञ्चनजँघा भारतमा पर्छ भनेर संसारमा प्रचार गरिरहेको छ । तर यी कुरामा भारतको बल अन्तरराष्ट्रिय सिमाना छुटिएकोले निस्तेज पारे पनि मधेसको नारा नव-नागरिकबाट पुरा गर्ने धुनमा छ उ। नेपालमा थोपरेको भारतीय शान तिव्वत र उसकै अरु राज्ले कसरी लेन्छन् त्यो उसकै ठाउँमा छ तर यस्ले नेपालमालाई श्रीलंका बनाउने सम्भावना चाहीं बढेर गएको छ ।

    यस अवस्थामा उहिले जन्मेको भए नशा नशामा उम्लिएको रगत पोख्न वीर सपुत बनेर लडिसकेको हुन्थें होला परदेशको थिचो सहन गर्न नसकेर । त्यस्तै सिकाउँथ्यो होला मेरो देशले । तर अहिले मेरो हात बाँधिएको नागरिक हुँ । मेरो रगत चिसो बनेर जमिसकेको छ । त्यसैले म चुप छु । मेरो देशले चुपलाग्न सिकाउँछ । वीर पूर्खाहरुको नासो यो देश लाचार छ । मधेश छुट्टै देशको नाममा कैयो के पहाडे के तराईमूलका (जस्ले यसदेशलाई माया गर्दछन्) लाई भाला रोपेर मार्दा, ए के ४७ ले हान्दा कुनै नागरिकको रगत उम्लेको छैन ।

    No related posts.

    69 comments to के मधेस नेपालको उपनिवेश थियो ?

    • BHIM KHAMBU

      नेपालको सक्कली मदेसी हरुलाई तेसो भएको होइन तिमीहरुलाई इंडिया को भनेर तर जो हिजोअस्तिनेपलमा धतेरा नागरिकता लियको छ र आज मधेस फुतायर इंडिया संग मिसौना खोज्दै छ हो उनीहरुलाई कुकुर लगायर खेद्नु पर्छा नेपाली मधेस बासीहरुले सम्मान जनक मधेसमा बच्न पाउनु पर्छा.साला बिहारी हरु चोर्छा नेपालीहरुलाई पनि चोर्न सिकौछा .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Mahesh Yadav

      जय मधेश,
      दिल्ली पौडेल जी सायद चीन बाट आएर नेपाल को नकारिकता लिनुभायेछा. वहा हरु जस्तो मान्छे ले देश लै त्रुक्रयौदैछा . मधेस बाट पहाडीहरू लखेटिन छ , मधेस मधेसीको छ , पहाडीको छैन . मधेसीको चामल , दल, तरकारी चाही मिठो हुन्छ तर त्यहाँ को मान्छे राम्रो हुदैन?
      माई संसार ले यस्ता लेख छाप्न बन्द गर्नु पर्छ .

      जय मधेस
      महेश यादव

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • saagar

      la la dipak ji aba chai hamro soch milne jasto bhayecha…………….. keep it up……. haami ek arka lai jahile pani samaan garnu parcha…………ra euta naya nepal banaunu parcha…………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      Saagar ji,

      Madesh andolan ma pahade lai gali gari pahade dekho ki kutne gare pachi kasari aaunu. Rajbiraj ma pahade ko tol ma kohi pani bahira niskidaina thiye kina vane tyaha pahade dekho kutne pitne hunthiyo. Kati pahade haru rata rat vagera arko thau janu paro. Jun kura tapai lai pani thaha cha hola kina vane madesh andolanma ma pani madesh ma nai chu. Maile to sabai afnai aakha le dekheko ra vogeko ho.

      Himali pahadi ra Madeshi mili nepal lai kebal nepali ko matra banau. Ek le arko lai samman garau, Rajya ka sabai anga ma sabai lai barabar adikar deu mero pani yahi nai kamana.

      Deepak,Perth, Australia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhai

      सागर जी; दीपक जी; सुदेश जी;ध्रुब जी; र अन्य सक्रियता का साथ डिल्ली जी को लेख माथी कमेन्ट गर्ने साथी हरु;
      यस्ता लेख हरु ब्लॉग मा राखना ले नेपाली बिद्दत बर्ग नै भन्नु पर्छ;उनिहरू को नेपाल को अबस्था प्रति को बिचार र आकलन वा बस्ताबिक अर्थ मा उनिहरू को ज्ञान जान्ने सुनौलो मौका हो यो/;
      ब्लॉग कमसे कम litrate बर्ग ले पढने गर्छ; बहस गर्छ ;बिचार र बहस को सुंदर श्रंखला ब्लॉग मा देखन; पढ़न पाउदा मलाई भने निकै आनन्द आउछ है/ध्रुब जी! भने सदै डराइरहनुभएको हुन्छ; तपाई जस्तो धेरै साथी हरु हुनुहुन्छ ब्लॉग को पाठक मा/
      साथी हरु डिल्ली जी को बिचार एकदम ठुलो समस्या हो रास्ट्रीय एकता र अखंडता माथी/ त्यों बिचार उहा भीतरी रहयो भने र अफ्नो २_४ जन साथी हरु को माझ बहस गर्नुभयो बहने उहा को बिचार अझ भयानक कुरूप बनना सक्छ; कमसे कम यहा धेरै भंडा धेरै ले त्यों जान्ने र उहालाई थोरै सोचन बाध्य पार्नु भएको छ कमेन्ट मार्फ़त ; यस्तो प्रक्रिया ले मान्छे को बिचार को घैटो मा घाम लग्न मद्दत पुगने पक्का छ/
      कुहिन लागेको दही मंथन गर्यो भने कमसे कम थोरै घिऊ त निस्कंछ नि साथी हरु हो तेसैले मंथन गरु:
      ध्रुब जी डराउनु पर्दैन / उमेश जी को उद्श्य ग़लत कुरा फैलाउनु पक्का होइन होला /

      भाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cRIS

      feature article: a publishity stunt!
      –**
      dhurba, i disagree with your view up there. mysansar should include all types of voices, it should encourage different types of inputs, so that the real picture of whole nepalese society can be fathomed and analysed.

      the standard of mysansar has not decreased at all.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      ra euta kura ajhai dipak ji …….. nepal lai nepal banauna lai pahade ra madheshi jun bikriti badhaune khaal ka ra hepne khaal ka prabriti chan nepal ma yaslai nai unmulan garnu parcha …….. koshish garau aajai dekhi suruwat garne ……….. jai desh …………jay matribhumi……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      dipak ji ,

      Madheshi haru ko samartha garnebelama euta naya shadyantra bhayo bhanau ya uday ……..Churre Bhawar ……… yasko janm bhayo…………haina yo ke ko laagi ? ke bhanna saknu huncha dipak ji malai ? ke tyo aandolan uniharuko laagi thiyena ra ? ke aaja terai ma bikash huncha uniharuko laagi haina ra ? kina milena ra miliraheka chainan ta ? thuprai party haru chan jasko kunai udeshya nai chainan….lootpaat bahek ……. so aau sab milera euta naya nepal banau……….kewal madheshi ya kewal pahade le matra garera sambhav chaina ……… haami sabai milau ek bhayera yo sab ko antya garau ra ramro bhawna ko bikash garau jasle haami ra hamra santaan haru lai yahi gyan dinecha …………. haami pani nepali …..timi pani nepali…….. haami sabai nepali…….ra hamro sabai ko nepal………na ki mero nepal ……….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      dipak ji ,
      tapai le bhaneko kura kehi hadd samma ramro cha ra yasko birodh ma pani garchu lutpaat, raktapaat, yo sab ramro kura haina ……….. tara ke haami kahile yo bujhne koshish gareka chau ki aaja maar kaat,lutpat garneharu pani nepali ho ki ? ke uniharuko janmthalo, karmathalo…..jaha janmeka chan, jaha hurkeka chan yo nepal nai ho ya kunai aru thau ……… netaharu ta aafno chabbi ko laagi bhanne garchan ki uniharu sab bhada ka hun tara hamro mann le ke bhancha ? ho bastav ma ho ta ? madhesh aandolan ta shant thiyo khai ta tyasma tapai ko sahbhagita ? ek jana pahadi matra julus ma aayeko bhaye sayad madheshiharulai pani dherai aasha hunthyo ki ? tyatibela khai tapai ko nepalipan ?

      bhannu huncha tapai pani madhesh ya terai kai hunuhuncha tara khai ………. ke tyo aandolan terai ko laagi thiyena ra ? madheshiharule sayad madhesh ya terai ma basobaas garne pahadiharulai pani aafnai thaniraheka chan tara khai ta ek jana ko pani sahbhagita ? aaja hernus hamra netaharulai nai , Girija Biratnagar………Madhav……..u pani terai kai ………. Prachanda………u pani terai kai tara khai ta kehi gareko terai baasi khaasgari madheshi ko laagi ? aafnai janmbhumilai birsineharu euta desh ya nepallai kaha samma sudharna sakchan bujhnu parne kura ho ? euta madheshi bhayeko bhaye tapai ramrari nai yasko pida bujhnu hunthyo dipak ji ……tapai bhannu huncha jayaj maag ko laagi tapai ko pani savagita cha …………

      kati sanga ta barta pani bhayo ra kati jayaj maag haru pani parit bhayo tara khai ta karyanyayan bhayeko ? ahile samma laagu nahuda ke tapai ek shabd pani bolnu bhayeko ho ? pakkai haina hola ? kina ki tyo maag tapai haru ko laagi euta madheshi ko maag matra thahriyo …….

      nepali hunu cha bhanne euta bhawna hunu parcha ……. yaha koi pahade chan ta kohi madheshi tara sabai nepali hoon ……….. tapai madhesh nepal nai haina bhannuhuncha ra euta madheshi lai kasari samarthan garnu huncha ta ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanjay Das

      By implication, this article intends to say that people in madhesh are and have been in effect under “statelessness” and therefore is questionable for them to voice for equality and dignity. The sentiments like these are dangerous.

      Equally are despicable those criminals in terai who target innocents or kill in name of madhesh. They must be regarded as criminals. They are putting entire madhesh to shame. Quest for dignity comes by respecting other’s dignity – madhesis must remember.

      Having said that, lets not mask madhesis’ quest for identity and dignity under so called nationalism or such bigoted history or paint it as a blow to Nepal as a nation. We have to recognise that time has come that we respect everyone in nepal, whatever their identity or ethnicity, as a co-citizen. We either live together accepting this or all fight and perish.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suraj Shrestha

      This is as pouring petrol on the fire.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Devi

      The situation in the Nepal and also in the tarai is due to major political party (i.e. Nepali Congress, UML, and Maoist). This implies that the situation is only due to Bahun and Kshetri, who are in main most of those parties. Madheshis are in back position due to ill mind of these to Bahun and Kshetri leaders, because these peoples don’t want to share power with all Nepalese people. When madhesis talks for their right these pahade leaders says that madhesis are mobilized by India or some other internationals powers. These Bahun and Kscetri leaders also clamed that madhesis are separatist. If madhesis not get equal opportunity in every sector then Of course the country will divide, then this division will be due to ill thinking of Bahun and Kscetri leaders and also bad thinking of some pahade people, who always tried to humiliate madheshi in Nepal. The situation of madhes and madhesis are worsening day by day due to these Bahun and Kscetri leaders.
      I am requesting all madhesi leaders of Nepal to unite together against bad politics of Bahun and Kscetri leaders who are responsible for the present situation of Nepal, nepali, and nepali-madhesis.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bimal Raj Bastol

      Whatr is gong on with this blog? 2 article in a row now. ZZ and now Dilli, what is going on? I do not thisnk it is appropriate to wirte any baseless article to instigate one nepali against the other. We should all unite now in this difficult times. All of us have our time in election (if there is any time soon) to show frustation against any particular person, party or parties. Writing these kinds of blog is not the answer

      Bimal
      New York

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      sagaar ji,

      mero matlab nepal nepali ko hunu pardacha. Nagarikta bitaran ma gair nepali chaye to bhutan,sikkim ra darjeeling ka pahade mul ka hun chaye india tira bat ayeka indian mul ka hun, lai dinu hundain vanne ho ra tyasko birod gariyeko pani thiyo. Kalapani,Ilam ko pashupatinagar lagayet china le gareko sima atikraman ma pani birod pahade le gare kai chan.

      Malai ramrari thaha cha ki tapai jasta sacha nepali nepal ma ajai hunu huncha tara kina tapai haru india bata ayatit neta ko pachi lagera tarai ma pahade basna nadine jasta charam pandthi socha lai badawa dinu huncha?

      Adikar ko lagi sangarsa garnu ramro kura ho ra madesh ko jayaj mag lai ma pani samarthan garchu tara vada ka manis lyayera sachcha madeshi ra pahade lai lutpat garne kam vai rayeko cha tyas ko birudha ma kehi awaj kina uthaunu hunna?

      Tyasai le nepal lai nepali ko banau. Sadiu dekhi rahe ko sadvab lai kayab rakhau. Yas ko lagi tapai jasto karmatha deshvakta nagik jagaruk hunai parda cha.

      Deepak, Perth, Australia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • CN

      I think the article is ok!! in my opinion its all happened due to the political parties. Before we dont feel like that. Before we had a peace country and now ….
      Still the politicla parties do not think about the country and they are still running after the power. Untill and unless all leaders do not understand that first we should make our country not their realtives or themselves we are not going to move ahead. i want to request all leaders to think for the nation!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      sabai sathiharulai naya barsha 2008 ko dherai dherai subhakamna ……………………. HAPPY NEW YEAR 2008 TO ALL OF MY FRIENDS……………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      malai dhruba ji ko kura dherai ramro lagyo ….. ho bastab ma desh drohi hamesha desh drohi nai hunu parcha chahe tyo madheshi hos ya pahadi ……. kina haami ek arka ko bare ma yasta bichar haru prakat gari aafnai character lai barbad garna ma lagi pareka chau haami nepali haru …….. ke haami milera basna sakdainau ? ke haami baseko thau nepal haina ? haami ek chhin ko laagi nabanera ek sidha sadha sadharan manche bhayera sochau ta ……….. haami lai yahi lagcha ki haami sab nepali nai hau ……..euta nepali maata ko santaan…………tara rajniti le yo kura kahile na ta dekhaucha nai ta dekhaune cha kahile bhavisya ma ……….. ramro comment cha dhruba ji ……….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Uddav Bhandari China

      kunai taraiko neta ley samsad vitra vasan garcha DEKHTEY RAHOGEY PAHDIYA LOG ani tarai ma nepalko jhanda jalauna pni pache pareko chaina goverment ley jhanda jalauney lai arrest garera janata lai dekhauna panee sakeko chaina .nepali topi nepal vitra nalagauna pauney kasto desh nepal ho.desh tukryara adhikar magney ko ko manchey hun testa des tukra garney manchey lai goverment ley chuttauna saknu pareyo ane kada karbai garna saknu pareyo ani jun group desh chuttauna bhanera hatiyar bokirakheko chan testa group sanga kunai halta ma pani barta garna hudaina uniharusanga barta garnu bhaneko euta desh drohi sanga barta garnu ho .asta desh drohi harulai kasaily pani support nagariyos

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Uddav Bhandari China

      khoi kaslai dosh diney atee khereako condetion ma sabai rajnitik neta haru sattako lagee jhagda garee rakheko chan nepal ko naksa sano hudai gai rakheko cha anee teyo sano naksa vitra pani ragat bagee rakheo cha .kunai tarai ko netaley samsad vitra bhancha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dhruba

      आदरणीय पाठक मित्र हरु

      उमेश भाई ले सायद माईसन्सार को महत्व र यसका पाठकहरुको दायरा को भेउ नपाउनु भएको जस्तो लाग्दछ। मैले अस्तिको कमेन्टमा पनि लेखेको थिए यो वेब् पत्रिका ले गत जन-आन्दोलन देखी सारा स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुको मन जितेको छ। त्यसैले यसलाई नेपाली दैनिक पत्र-पत्रीका हरुभन्दा भर पर्दो रुपमा लिइन्छ। मेरो पनि हरेक दैनिकी माइसन्सार हेरेरमात्र शुरु हुन्छ। यहाँ नेर निशंङ्कोच भन्नुपर्दा उमेशजी ले आफ्नो वेब पत्रीका को महत्व नबुझ्नुभएको हो वा उहाँ सँग काम गर्ने समुह पर्याप्त नभएर हो वा आफ्नो मान्छेहरुलाई स्थान दिने प्रचलन शुरु गर्नु भएको ले हो यसको गुणस्तरमा ह्रास आएको छ। यस्ता खालका साम्प्रदायिक संरचनामा असर पार्ने खालका सामाग्री हरुलाई कुनैपनी स्थान दिनु हुँदैन। यहाँनेर मलाई पनि के भन्न मन लाग्यो भने डिल्लीजी जस्तो राष्ट्रियताको कुरा गर्ने मान्छे ले के भुल्नु भएन भने कोशी,नारायणी, कर्णाली, महाकालीहरु का सम्झौता र भर्खरै मात्र अरुण तेस्रो र माथिल्लो कर्णाली दिने निर्णय गर्ने हरु मधेशी नभएर पहाडी मुलकै नेता हरु हुन। भारतीय दूतावासमा भात्ता थाप्न जाने हरु पहाडीया र मधेशी दुबै छन। संख्यामा भन्नु पर्दा पहाडीया नै बढी होलान। अनी अर्को महत्व्पूर्ण कुरा डिल्लीजी ले भनेजस्तै त्यो भारतीय लाई नागरिकता दिने चाँही को नी? त्यो निर्णय गर्ने र प्रदान गर्ने दुबै पक्ष पहाडीया नै हुन नि। तेसैले भ्रष्टहरु चाहे पहाडिया हुन चाहे मधेशी हुन तिनिहरु नै राष्ट्रियता बिरोधी तत्व हुन। तेसैले सम्पूर्ण पाठक मित्र हरु डिल्ली जी जस्ता को केटा-केटी लेख लाई आधार बनएर आफुलाई कितामा उभ्याउनु अशोभनिय हुन्छ। यो कमजोरी भनेको उमेशजीको हो न कि डिल्ली जी को। डिल्लीजी ले आफ्नो कुण्ठा पुरा गर्नु थियो पुरा गर्नु भयो तर उमेशजीले त्यसलाई स्थान दिएर उक्साउने काम गर्नु भएको छ। भविष्यमा यस्ताकुरा मा सुधार गर्नु नै उत्तम हुन्छ होला।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      and ram ji , u r also 100 % right. if madheshi is not nepali noone is nepali here and pahadis think themselves as nepali ……. ha ha ha…..they even don’t know the reality toooo ….. even they dont know from where they came …………Dear friends history will never give us anything so don’t go for any history…….. accept today………..otherwise now everyone has that much of power to do and can do anything ………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      ya sudesh ji , u r 100 % right ………… i fully support u ………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sudesh

      Dear Umesh Jee,
      Please don’t pud such stupid article in your Blog which make communal difference among Nepalis. The writer is like “Frog in Pong” who think the world in only in Pond. He should know his origin and orientation before going to find Madhesh. May be he should ask his grandfathers and fourfathers about their place of birth. He should ask himself that any time he had any respect for any Madhesi, just being Pahadi he think he is Nepali and other Madhesi are Indian. He should look into the History to find the DALALs who sold Nepal to India and always go touch the feet of Indian to get their blessing for everything. Just having similar face as Indian doesn’t make sense that he say it like Madhesi are Indian. “Aru kon Ang ko Jumra dekhne, afno angko bhaisi na dekhne” bhaneko yahi ho. Also I like to tell to the Friends who support this article to find their own Forefathers first before looking for Madhesh. We love Nepal more than them and all the betrayel to Nepal is always done by them (Pahadi leaders – Indian Dalal) and no Madhesi even think to leave Nepal. They can also check how many Madhesi go to India for any reason? Shame on the writer whose all relatives are in India and they are serving Indians. So please don’t write any such stupid article in future.
      Sudesh from China.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram

      Dear Author:

      Because of few people of your dirty mentality, this country is being pushed towards civil war and separation. Let’s have a healthy debate, then you will see who is actual Indian or Nepali? You said no dictionary consists of Madhesh anywhere. I said at least Mithila is mentioned in Ramayan; can you show me Nepal or Nepali words mentioned anywhere? Now the question is who is really Nepali? Can you tell me who are the ancestors of this Shah King and from where they come from? India, right? What about Rana? What about Lama? Tibbet or what? What about Khas or whatever? So, please think & stop writing such none sense things and let’s stay together; otherwise it is not very far way when Nepal will …..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepal Premi

      I fully accept the writer. All i wanna say is though dhotis r the worst people in the world, but they can’t do anything to nepal. Guys, please love our country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      ra dipak ji , indian harule terai ko matra simana atikraman gareko haina pahad tira pani ta garekai ho ni khai ta kasaile kehi bolna sakeko ? tapai aafulai yo terai prati dherai maya cha bhannu huncha khai ta kehi chui samma bolnu bhayeko ? kina birodh na gareko ta ? jaha samma malai lagcha euta madheshi ya ekalai tapai le matra birodh garera kehi hune wala chaina yaska laagi chahiyo hamro sampurna janta……… pahade madheshi………sab nepali janta…… ra haami ek din awasya ek bhayera shatru ko shir jhukaune chau……….haami sab bahadur chau…….haami sab nepali suputra nai hau ………aafulai lai saputra bhannu ra arko lai kayar ya arkai kehi bhannu buddhimaani hudaina………wo we have to fight all together against our enemy ………….and be ready……..the oppertunity is comming …………get connected all together………be one………..no pahadi and no nepali……….we all are nepali ………….a true nepali………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      sadhai ek tarfi hernu hunna ni ta haina ………. euta lai galti banayera aru lai dhak chop garnu yo pani ta ramro kura haina ni hai dipak ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      deepak ji , darjeeling, sikkime ra bhutani haru pani ta nagrikta liyekaai chan ni nepal ko ……. yiniharu kasari liyeka hun ta ke tapai sanga uttar cha ? bhannu hola hai ta …………. khulla simana ko mauka ko faida jasle pani uthaucha ……….. ra yasma matra madheshi galat haina kehi pahadi pani galat chan yo kura pani ta bichar garnu paryo ni ta ……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna neupane

      madesh hos ki pahad jo jhan base pani nepali nai ho. dharai saal pachhi aauta sunaulo mauka aaeko chha tyas ko ramrai sadupayog garaoun.dharai ragat bagi sakyo yo buddha ko des ma please des le malai k diyo hoina ki maile des lai k diye bhanera sochoun.hami nepali kasi ko upanibesh ma thiyenaun ra hune pani chhainaun.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      hello saagarji

      maile vanna khoje ko ti barat bata khana napayera aayeka ra bharatko isara ma chalene ra madesh ko nam bachera tapai jasto sachcha madeshi lai thicho micho garne so ghosit madeshi neta lai vane ko ho.

      yadi uni haru saccha nepali hun vane kina ek napali jo pahad bata afnai desh ko tarai ma basai sareko cha tyaslai bina karan marchan ta?

      India le badha baneyera hamra sara gau dubauda pani kina birod gardainan?

      India le nepal ko tyatro thau ma simana michada pani uni haru kina birod gardainan?

      Khula simana ko phaida uthayera afna nagarik nepal ma ghus paitha garauda pani uni haru kina boldainan?

      Tarai ka manis lai nagarita dilaune bahana ma kina indian lai nagarikta dine batabaran banaucha ta madeshi neta le ?

      K tapai sanga Utar cha? cha vane chita bujdo uttar dinus.

      Ma pani tarai ma janme hurke ko manche hu ra tarai lai jati tapai maya garnu huncha to vanda badi ma maya garchu.

      Deepak, Perth, Australia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hemchandra

      जब जब नेपाल मा मधेशी हरु ले आफ्नो अधिकार माग्न अौछ तब तब पाहडे नेता देखी लिएर केही(केही मत्रे) पहाडी समुदय ले मधेशी हरु लए ईण्डियन सँग जोड्ने देखी लिएर देश टुक्राउने जस्ता आरोप हरु लगाउदे आएका छनयसरी कती दिन सम्म मधेसी हरु लाई अधिकार बाट बन्चित राख्न सकिन्छ आज देश म जे भए रहे को छ, त्यो त एक दिन हुने ने बाला थियो, अब पनि समय गए को छेन, यदी नेपाल क नेता हरु ले अली राम्ररी सँग बुद्धी लगएर समस्या को समधान गर्ने प्रयास गरेन भने देश् को ईस्थिथि भयाभय हुनेछ, अहिले त सुरु मात्रे भये को छ, पछि सबे ले हेर्ने छ को काहा भाग्नु पर्छ सधए मधेसी हरु लाई ईण्डियन भनेर किन मधेसी यि पहाडे तथा पहाडे मुल (खास गरी पहाडे मुल क बहुन र छेत्री हरु) आफ्नो पहिचान गुमाउन प्रयत्न गरी रह्न्छन, तर कसे ले गर्द कसे को पहिचन गुम्ने बाल छेन, अब देश म यस्तो आन्धी तुफा न अौन लगे को छ कि तयस म मधेसी हरु ले आफ्नो अधिकार लिएर ने छोड्छ जहे तयस को लागि रगत दिनु पर्‍यो भने दिन अब पछाडि हट्ने बाल छेनौ
      जय मधेस जय मात्रभुमी जय नेपाल
      हेम चन्द्र शर्मा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikash Kayastha

      The stupid Author is completely a Indian who want to creat ethnic war in Nepal. His own senior grandfather was migrated in Nepal in 1942 from India, His senior and junior grandfather as also a Indian panda in Varanasi, India, you can read his senior and junior grnadfather name in indian voter list. please chekc his old address in India. K-61/157, Bulanala, Varanasi, Uttar Pradesh – 221 001

      yesta fatha jo afu Indian chha tesle aru lai Indian bhaner ethnic war Nepal ma garaun khojeko chha. Yo author bahun Indian Embassy ko dalal ho sadhai mahinabari Indian embassy dhai rahanchha. ani Nepal ma yestai yestai controversial kura garer pahdai madheshi lai ladaun khojeko chha. Umesh ji yesto jharpat lai dherai sthan yo blog ma na dinus na! yo ta taai ko yeuta maryadit blog ho ni, yesle dherai asar garchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • badaba

      होइन बुद्धिलाल श्रेष्ठको लेख कति गते वा तारिखको कान्तिपुरमा छ हं -

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prime

      Hey Bikash Kayastha, Your comment makes me sad. Try to read others views, comments first and express your view. Yes, it is very easy to agree or disagree others just by turning head but how harder will be if needs to proof?
      Your comment towards this article is zero and pity for suggesting Blogger to stop such article. First try to show your own view and comment others.
      Prime

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Narayan

      what none sense writer and supporter.first find your origin and history.then try to know other history and origin. if u know real nepal and neplese,u all bahun shold leave the country on the basis of morality because u all are migrated from india means u are indo- aryan or indo neplese(for detail see ‘the politica scintist joshi and Rose)
      than u

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pidit by Neighbour

      Madhesh was just a separation of the country geographically.

      There were no madhises in Nepal before AULO NIRMULAN. India is trying to divide Nepal from 1960′s .

      Now this is too much. India has created violence in Srilanka, Maldives, Bangladesh, Pakistan and Nepal.

      IT IS time that all these country unite and start creating havoc in India. SAARC should kick out India from SAARC, although it sounds ridiculous.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      म एउटा मधेशी ho तर मधेशी का साथ साथी एउटा सच्चा नेपाली पनी ………. म जस्ता सोचने हरु पनी धेरै मधेशी हरु छन त्यसैले साथी हरु ho लेख लेख्दा या कमेंट लेख्दा कसैलाई असर नापर्ने गरी लेख्नु होला ? र एउटा कुरा मधेश संग संगै भारत को कुरा किन जैले पनी उठने गरेको छ म त अझै सम्मा थाः पौन सकेको छैन ? के मधेशी हरुकई सांठ गाँठ छ भारत संग ? के नेपाल बेचने उही मधेशी हरु नै हून त ? यहि ho भन्ने कोशी देखि कर्नाली सम्म बेचने मधेशी को नाम चै के होला नि ? प्रश्न केलौदै गयो भने यस्ता धेरै प्रश्न हरु छन ……….. मधेशी हरु ले एक एक कट्ठा खेत पनी बेचेको छैना भारतीय हरुलाई तर पनी किन मधेशी ले नै सबै कुरा सहनू पर्यो ? यिनी हरु को के नै गलती छ र ? मधेशी भयो यहा को जनजाति भयो के यहि गलती ho र मधेशी को ? परम्परा काल देखि नै यहा बसोबास गर्यो यो गलती छ ? या फेरी गलती के छ त ? आफ्नो हक़ अधिकार जस्लाई पनी चाहियो ? के तपाई लाई चाहियेको छैना र ? कस्लाई छाहिये को छाहियेको छैना ? सायद सबै लाई चाहियेको हुंचा ………… या आफ्नो हक़ मागेर गलती गरी रखेका छन त ती मधेशी हरु ? या ईदी हरु यदि गलती हैन भने किन फेरी मधेशी हरुसंगा गरिने यस्ता घटिया ब्याभार ? आफुलाई नेपाली भन्ने हरु र ठानने हरु के यस्ता ब्यवहार गर्नु उच्चित छ र ? पक्की छैना होला ………………… हामी सबै एउटा नेपाली आमा को संतान हौ किन हामी बुझना सकी रखेछैनौ ? आशा छ एक दिन यस्तो अवस्य औने छ ……………. जब हामी सबै पहाड मधेशी एक साथ बस्नेछौ र दुनिया लाई नेपाली भएर देखौने छौ ? सबै जना आशा र कामना गरौ यो दिन चाँदै हेरना पाओस …………………………..जय पहाड़ जय मधेश ……………जय देश जय मात्रीभूमि ………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Devi

      *****Silly article written by silly person*****

      This type of thinking creats problems in Nepal. If we not change our thinking then there will be ethinic war. We always consider medhesi people as indian. Our leaders always humilate them. That’s why this kind of war is staring in Nepal. Don’t forget, they are not only 1-2% in Nepal, they are almost 40%, so, if we not think properly in time then there is bloody war in Nepal, in which people from both side will die. So, I would like to suggest everyone to change your thinking towards madhesi people. They are also Nepali.
      I am requesting aditor of this blog also than do not publish this kind of stupid article which is helping to create ethinic war.
      Again I am rating this article as silly article which is written be a person which has no mind in proper place.

      Devi Paudel, Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      दीपक पर्थ aurstralia
      संचाई न तपाई जस्तो manche को कमी छ यहा आइदिनु पर्यो हौ …………. तर हेर्नु होला मधेशी हरुलाई भगौने चक्कर मा कही आफाई न भाग्नु परोस त्यों बेला अली होस puryanu होला पर्थ जी ,,,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      शुशिला जी नेपाल पनी कहिले बता आएको हो त्यों पनी बुझी राख्नु ल …………र यसको अस्तित्व पणी ………..छलफल गर्न धेरै न समय बाकी छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      र मिस्टर सुर ,
      कुन ठाऊ मा पठाउने हो हँ मधेशी लाई ? सायद तपाई पनी रहनु हन्ना होला यो पनी बिचार गर्नुहोला ……………..
      र परिणाम त समय ले नै देखौने हो भयाबह त अवस्य नै हुन्चा तारा कस्तो भयावह हुन्चा कसैले नासोचेको पनी हुना सक्चा ? हुंचा भने सब मिलेर नै बसौ ……….. र यो नेपाली भनेर तपाई कस्लाई भन्ना खोज्नु भय छ ?……….. मधेशी पनी नेपाली नै हो …………. यदि मधेशी लाई मधेशी भानु हुंचा भन्ने पहाडी लाई पहाड़ी भन्ना पनी सिक्नुस सायद राम्रै होला ………………. जे होस बिचार मा अली सुधर नै गर्नु होला सुर जी ………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      दिल्ली जी , इतिहास त कोताल्नु भयो तर के नेपाल थियो तर पाहिले ? के यो संसार नै थियो तर पाहिले ? मधेश लाई मधेश नै नभने ? अणि नेपाल लाई पनी नेपाल कसरी भन्ने ? हामी ले सुने अनुसार नेपाल काठमांडू मात्र थियो रे………..तपाई जस्ते हामी ले पनी दंत्य कथा मा यहि पढेको हो दिल्ली जी अणि काठमांडू बहिरा नेपाल कसरी भये ? रा मधेशी लाई मधेशी भनेर कहिले गाली गर्ने तर कहिले के भन्ने कहिले के …….. यो भन्ने हरु पनी पाहिले को थियो राम्रारी नै जानकारी हनु पर्चा तपाई लाई दिल्ली जी ……… यदि चाइना भन्ने एक चोटी बरे पुरखा हरुलाई सोध्दा पनी हुन्चा ………………. नराम्रो नासोच्नु होला सथिहरू ……………. मधेश होस तराई, यह बसने पनी इंडियन हो भन्ना तर कटाई खोजेको हैन तपाई ले ? यदि यस्तो हो भन्ने को हो नेपाली मलाई राम्रै भन्नु होला ………. म पनी जानना चाहन्छु की नेपाली को हो र नेपाल के हो ? सक्दो छिताई भन्ने कोशिश गर्नु होला ………… र हुन्चा भन्ने यस्तो बक्बास लेख लेख्नु भन्दा राम्रो बरु कुनै पोखरी मा या कुवा मा गयेरा मरनु ………….. आफ्नै दाजू भाई लाई लात्यायेरा पुरखा हरु को झुतो शान लाई देखायेरा के खोज्नु भयो होला थाः भयेना मलाई ………………. अहिले बिग्रेको नेपाल सयद तपाई हरु जस्ता कई कारन ले होला ………… हो कही तपाई कुनै फाताहा नेताहरू को झोला तर है न ? सॉरी दिल्ली जी यस्ते लाग्यो देश बनौना मा जोड़ दियू दिल्ली जी न की बिगारना मा ………… के सोचेरा तपाई यस्तो लेख लेख्नु भयो तपाई लाई नै थाः होला …………. भंचन नि खाली दिमाग मा शैतान को बास हुन्चा ……….सायद तपाई को दिमाग मा पनी शैतान को बास भएको छ …..साथी हरु हो हामी सबै मिलेर देश बनौनु छ यस्ता फतहा हरु को कुरा मा लग्नु र इतिहास कोताल्नु अहिले को लागी राम्रो कुरा चै हैन जस्तो लग्चा मलाई ………………………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jai Nepal

      Sathis ho !

      This article is good, but here we have to think, that who is madhesi, and who is pahadi or who is nepali. All Nepali people should think about country.
      साथी हरु हो
      के मधेसी लाई नेपाल बाट छुट्याउने काम बिगत को मन्सिक्त होइन। अस्ती ज गजेन्द्र नारायण सिंह ले यो कुर उठाउदा कहाँ गा थियो यो सोचाइ , जुन आज तपाईं हरु ले मधेश नेपाल को हो भन्न लग्नु भयो। तेती खेर त यो ईन्डिया को मान्छे हो भनेर तिरस्कार गर्नु भयो।
      हेर्नुस् नेपाल को गरिमा हामी हरु ले बर्बाद पेरिसअके। नेपाल को ईतिहास लाई चेन्ज गरेर।
      गण्तन्त्र ल्यएर हामी ले यस्तै कुर हरु को समान गर्नु पर्छ। पहिला मधेसी ले किन हतियर उठाउन न सकेको। किनकी तेती खेर एउटा सुप्रीम पावर को डर थियो, जुन आज छैन, एस कारण राजा यो देश म चाहिन्छ , नभएे सबै ले भन्न थालछ कि म अरु भन्दा के क्म ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Krishna Dev

      Foolish and stupid article, Don’t force nepalese to fight each other by writhing like this and don’t boost yourself that your are a good writer.
      Try to find the solution in ur each artcle.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • birat

      This all drama will be over once india takes terai. then these madhesi will be happy to be indian than soverign nepali citizens. where were they for this many years to ask for independent states? now just because nepal is in crisis they want independent state? if this goes on more than 1 year south part of nepal will be india north wil be divided among parties and rest king gyanendra will take over with the help of army. he will be king of small states. yesai nahune usai nahune laou khaou ganatantra badi ho bhanera raja le yo divide and rule garcha . then who will kome forward? this i all indian trick. dhoti le hijo samma maobadi palera rakhyo. ani 10 yrs samma yudhha garna diyo nepal ma. aba terai ali uksayo ani nepal sikkim bancha. chadai nai. nepali ho bhujha kura haian bhane kun regional state ma parne ho map herera basa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushila

      मेरो मनको कुरा पढ्न पाइयो आज। लेख सारै सान्दर्भिक र यथार्थ छ – यो बिषयमा हामी नेपालीहरुले राम्ररि बिचार गर्नै पर्ने बेला आएको छ। मधेस भनेको के हो – कहिले बाट अस्तित्वमा आएको हो – आदि कुराको छलफल हुन सारै जरुरि छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मधेस भन्ने कुरामा एतिहासिकता छ कि छैन भन्ने त मेरो पनि बहस हो । जसरी भारतले तराइका जिल्लाहरूमा साँस्कृतिक, भाैगोलिक, राजनितीक, अार्थिक सवै भ्याएसम्म नीतिहरूवाट अतिक्रमण गरिरहेको छ त्यसको प्रत्यक्ष फाइदा सवैभन्दा पहिले भारतलाइ नै छ । नेपालमा बस्ने मधेसी समुदायका नेताहरूमध्ये कतिपय नेताहरू त भारतकै इशारामा नै चल्ने गरेको अारोप पनि लाग्ने गरेको छ । यति भन्दाभन्दै सवै मधेसका मुद्दाहरू भारतपरस्त छन । ती सबै भारतको नियोजित षडयन्त्र हो भनिहाल्न अलि मिल्दैन कि ।
      -*-
      भारतले नेपालको अपार प्राकृतिक सम्पदालाइ ब्रम्हलुट मचाएर हडप्न चाहनछ भन्ने कुरा त सप्तकोशीको उच्च बाँध निर्माण गरेको कुराबाटै छर्लङ्ग हुन्छ । त्यत्रो सप्तकोशीको नहर बनायो जसले नेपालमा मात्र सयाै जनताहरू वर्षायाममा घरवारविहीन बन्न पुग्छन् । त्यो शतप्रतिशत सत्य हो ।
      -*-
      मधेस नेपालको उपनिवेश थियो भन्ने कुरा चै मैले पनि भर्खरैमात्र सुन्दै अाएको हुँ । कृपया कसैलाइ थाहा भए बताउनुहोला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bk

      Article is interesting. But the way of expression is biased. The content written in this way which hurt and dis-harmonise society should not be allowed to write in this platform. Readers of this platform belong to all section of Nepal. Except few madhesi who wants to make their profession in the name madhesh-bhakt by creating communal problem, all madhesi should not be blamed that they have not love with their mother land Nepal. Peace keeping needs much more effort than creating violence. I suppose, it is completely due to lack of education and political negligence. Because of this, it is natural that minority, may be madhesi or pahadi, are facing communal problem as we have seen in past or in these days. Another, madhesi’s inclination towards india should be taken as natural because most of the family has some kind of social relationship with indian.
      bk

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dear All Ethnics Nepalese Brothers and Sisters….
      Its time to fight for own freedom and fulfilment….Why those evergreen leechs only has FREEDOM and FAIR always….?
      One of the Army Proverb says , CAN KILL, CANT DIE ! same formula have to use in Nepali soil today….Whom to believe its too much tricky and cheating to innocent people by Nation Sucker calls > NETA > selfih-leader in Nepali soil since past,present and future….if Nepali Janta dont treat them well today ??? Wake every ethnic or every single villages get own long-term freedom and own seperate kingdom ? Why have to wait them which are always dirty mission and vissionless leaders and their individual character ? Follow the army PROVERB , CAN KILL, CANT DIE there is waiting your GOAL !
      Really its too much in Nepali soil being leadears not working for nation and its people benefit same as other Human Leaders doing well around the Blobe toady ? Why Why Why ? Nepal ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ameet

      dilli sir, mero bichaar maa terai bhanya english sabda ho……nepali sabda nai madesh ho. ra eutaa kura k bichaar garnu parchha bhane madesh maa basne maanchee haru madeshi hunn not madishae.

      hamro sochai mai galti chha………..hami bihar ko manchhe ra saptari ko manchhe maa kunai farak thandainau.jasto ki hami saptari ko manchhe lai bideshi ra tibet ko bhote lai nepali jasto thanchau……..we behave them like 2nd class citizen….jabba samma yo soch change hudaina madesh jali rahanchha……..tyo kunai ganna sakinee leader haru ko karan haina………..but hamro tehi ghatyaa soch ko karan ho.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kanchan

      THIS ARTICLE IS BAKWAS. DON”T TRY TO CREAT PROBLEM IN SOCIAL HARMONY IN MADHESH.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sushil

      Not realistic….All Madhesi are the son of Mother Nepal….we can,t emagine the prosperious Nepal without them..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh.qa

      Excellent analysis!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jonkey kahcha

      I like this article. lets put all our hand togther to save our beautiful country from disintergration.

      BHIHARI TANTRA murdabad
      JATIYA TANTRA murdabad

      NEPAL jindabad jindabad jindabad……………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      very good article!!!
      actually, you are right. The inhabitants of terai are actually nepali, and the new nepalis of terai are not NEPALI. Those new nepalis are the cause of Terai stir. This was mistake to provide the civilisation certificate without infiltration.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ronin

      i also want to add .. LTTE of srilanka was first helped by india to fight with singalese of srilanka .. but later on india did change side and sent peace keeping force to again fight against LTTE …
      and LTTE were betrayed and many LTTE were killed by indian army … so LTTE to take revenge killed indian priminister rajib gandi….
      so we have to learn tat .. although india support madesh separatist today .. tomorrow they will change side …
      because indian are not a country to trust …
      they are all selfish … ….
      HATE INDIA … LOVE MOTHERLAND…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • adhikari

      Realistic article- I have ever seen before. Pls keep writing.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak G.C.

      Thanks. This article is also my voice. Let’s put hands together on this issue.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yogesh,japan

      धेरै सान्धर्भिक लेख आजको नेपालको अवस्था र नव नेपालीले छुट्टै राज्य को माग रखी बितण्ड गरिरहेको अवस्था । वास्तबमा साचैका मधेसे हरुकहाँ छन त , कहाँ बिलाएर गए? यिनिहरुको आवाज तिनै नव नेपाली अर्थात भारतीय घुसपैठ हरुको थिचोमिचोमा बिलाएर गयो।नेपालका पञ्च इन्द्रिय गुमाएका नालायक नेताहरुको कुरै छोडौ कसैको ध्यान त्यसतर्फ जान सकेको छैन।बर्सौ देखिको थिचोमिचो शदै आए तिनिहरु आफैमा लाचार छन सरकारमा बसेकाहरुको मगि खाने भाडो भएकछन्
      भारतिय धोतिहरुको गन्ध नपाएसम्म दिसा गर्न नसक्ने भएकछन नेपालि नपुन्सक् नेता,बाघको छाला ओडेका
      मरेका स्याल दोभसेहरुको पनि देखियो च्रर्तिकला, देश टुक्राउन खोज्ने ज् घुसपैठहरुलाई उधो मुन्टो बनाएर खोर्सानीको धुवा लगाउने बेला आएको छ।
      सबैलाई चेतना भया!!!!!!!!!!!
      रुसमा चेच्नियाली बिध्रोहिहरुलाई छुट्टै राज्यको माग गर्दा कसरी पुटिनले जवाफ दिएको थियो नेपालमा त्यस्ता नेताको जरुरत छ ।
      अस्तु!!!!! जापान
      योगेश

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • namayan

      MADYSI RA JANJATI SABI KO AUTAI KRA K BANY BAHUN BAD KO NATAK JASLY NEPAL KO JANTA R RAJA LY KAHILY CHUTKARA PAYAN ABTA YASKO KUNAI SO CHAINI NARAKHY PANI HUNCHA,RAJ TANTRA KO ULMULAN SANGI BHUN BAT NIRMUL HUNU PERCHA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      Dilli ji,

      Derai ramro lekha rahacha. Nepali ko ragat umleko chaina ra jab umlin cha ni kasaile rokna sakdaina.Tarai ka aayatit nagarik nai ahile sabai vanda thula taraibasi vayeka chan. Tarai ka mul basinda haru lai thicho micho gari ra chan.

      To ek din aaucha jasle ti anagrik lai afnai thau pathai dincha.

      Deepak, Perth, Australia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari / U.S

      terai ma basne pani nepali haru nai ho. sathi ho? don’t think that they are indian, yahi sochai, le uniharu lai hamibata tadha ra india ko najik puryaudaicha. Don’t push them to think themself indian.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Banwari Lal Karmacharya

      lunatic!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I really appriciate your article, keep it up.

      There only lies only one country Nepal. So called Madhesh, Chure Vavar, Limbuwan, Tharuwan, Magarat any thing does not exist. All ethinics and all culture fits here. Our strength is on our unity. We all Nepalese people should stay United- Today, Tomorrow and Forever as we were in the past.

      Let us not fight among ourselves. Let us try to fight for GREATER NEPAL- From Tista to Kangada, Skkim, Darjeleeing, Naini Taal, kalingpong, Bhutan, Mizuram and up to Tibet. And call this a GREAT NEPALAYA. Let us unite for Nepalaya and not fight for Madhesh.

      We are the one only one…..One Country One Nepal.

      Share me your views at jewansaathi@gmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishnu

      Dilliji Dherai satik lekh lekhnu bhayeko ma dhanyabad. Sacchhai ni ab pani Madhesh mamalama chup lager basne ho bhane hamilai pakkai pani purkhako ragatle dhikkarchh. Yo sab Indian ko grand design vitra parchh. Sathi ho aab jaska hatma je chhan tehi liyer yo grand desing lai khatam parne bela aaisakyo.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bikash Kayastha

      This artcile is totally foolish and written by enemy of our beloved country who want to creat fight among us. This is something written by stupid who do not have any knowledge and education about Nepal and its’ Plural society. Such types of article could invite agian the incidents of Gaur, Kapilvastu and more. Umesh ji Please dont give priority of such article which affect social and ethnic hamorny in Nepal. I also suggest to the author to learn about how to write an article and public message. I think mysansar is good forum and such worst peice should not be entertained in this forum. Thanks.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Sur

      चिंता नगर्नुस| नेपाली जनता चुप लगेर बसेको कारन छ. हामी ले यो महसूस गरेका छौ की बिगत मा हामी बाट गलती भएको थियो| तराई मा बस्ने नेपाली हरु माथी थिचो मिचो भएको थियो| तर हाम्रो त्यों महसूस लाई यदि कमजोरी सम्झेर येस्तई आक्रमण हरु गर्दै गए भने टेस्को परिणाम भयाबह हुने छ | आफू लाई मात्र तराईको मूल बसिंदा ठानने नब नेपाली हरु लाई जून ठाऊ बाट आएको तेहि पुर्यौना पनी जानेको छ|

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • The Most of Nepali political leaders have hardly collective interest of the country. For example,home minister, Krishna Prasad Sitaula still did not resign his post evern present seven political parties are supporting to him. How social justice is in Nepal, without people mandate parliament has right to crack down the king but they have no energy to quite the Krishna Prasad Sitaula.The present monarch forefather has united the present Nepal. the political parties have place to dance but they cut the monarch. is it justice. To born in Banaras Girija P. became a PM. in future it should be born within country that person should be legal to be head of government and so on.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandes

      nope their is no differentiation called madesh in the geography of nepal but the word madesh comes from madise(bihari haru) the madises which are from the bihar part of india and are now in nepal and creating havoc for their rights ..
      so in short madises and madhes are not part of nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker