मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    हाइवेको दुःख

    मेनरोड, नारायणगढ (1:15 AM January 3, 2008)

    पोखराबाट नारायणगढसम्मको दूरी बसबाट कति घण्टाको हो ?
    १२ घण्टा !
    सुन्दा अचम्म लाग्नसक्छ। तर नेपालको अहिलेको परिस्थितिमा भने यो कुनै अचम्मको कुरा हैन। बरु स्थिति हेर्दा चाहिँ योभन्दा बढी समय लाग्न सक्ने जस्तो देखिएको थियो। त्यसैले सकारात्मक रुपमा सोच्नु पर्ने हो भने कम समयमा नै हामी यहाँ आइपुगेका छौँ। १५ दिन जति अगाडि पृथ्वी राजमार्गमा भएको एउटा दुर्घटनामा क्षतिपूर्तिको विषयमा कुरा नमिलेर हाइवे बन्द गरिएको रहेछ। दिउँसो १ बजेतिर पोखराबाट गाडी चढेर हिँडेका हामी अहिले राति १ बजे यहाँ पुगेका छौँ। यो समयभित्र एक किसिमको अनिश्चितता, एक किसिमको रिस अनि एक किसिमको त्रासबीच बिताउन हामी बाध्य भयौँ। हाइवेको यात्रा कति अनिश्चित हुन्छ भन्ने अनुभव पनि राम्रैसित गरियो। यो छोटो यात्रा गर्नैका लागि पनि हामीले ३ वटा गाडी फेर्नुपर्‍यो।

    त्यसो त नयाँ नेपालको कुरा सुरु भइसकेपछि पनि एक पटक जनकपुर यात्राका क्रममा यसैगरी लामो जाममा फँस्नु परेको थियो। लोथरमा बाटो पिच गरेन भनेर गाडी जाम गरिएको रहेछ त्यतिखेर। तर त्यतिबेला दिउँसो जाममा परिएको थियो। यस पटक भने राति जाममा अलपत्र पर्नु पर्दाको अनुभव लिन पाइयो।

    खैरिनीबाट कुनै गाडी पनि जान नदिइएका कारण पोखरातिरबाट छुटेका गाडीहरुलाई डुम्रेमा नै रोकिएको थियो। साढे चार बजेदेखि त्यहाँ हामी जाममा परेका थियौँ। अहिले खुल्छ छैन, भरे खुल्छ छैन। पचासौँ गाडी त्यहाँ लाम लागिसकेका थिए। त्यहाँभित्र रहेका सयौँ मानिसहरु अनिश्चित यात्राका कारण चिन्तित भइरहेका थिए।

    एक जना महिला रुँदै थिइन्- मैले दुई वर्षको छोरा छिमेकीको हातमा छाडेर आएको। आफूलाई यहाँ कस्तो भइसक्यो। कति रोइसकेँ। बाख्राहरु पनि बाहिरै थिए। अब स्यालले लग्ने भयो !

    ती महिलाले चिनेकी रहिछिन् दुर्घटनामा मारिएका युवकलाई। त्यस्तै १८-१९ वर्षको रे। बाइकमा उभिएर चलाउँदै हिँड्ने चाहिँ रे।

    “पहिले नै मर्नै पर्ने मान्छे थियो त्यो, मर्न त मर्‍यो तर दुनियाँ जनतालाई किन दुःख दिएको होला”, उनी हामीलाई कुरा सुनाउँदै थिइन्। सात लाख क्षतिपूर्ति मागेको तर दिनेले तीन लाख मात्र दिन लागेकोले कुरा नमिलेकोमा १५ दिन अघि खुला गरिसकेको जाम फेरि सुरु भएको सुनेपछि उनी भन्दै थिइन्- १० सै लाख दिए पनि त्यसको छोरो फर्केर आउने हैन क्यारे !

    तर उनको जस्तो सोच सबैको कहाँ हुनु र। त्यसो भइदिएको भए हाइवेको यात्रामा यति कष्ट हुने नै थिएन नि।

    मान्छेहरु जम्मा भए, आगो बाले अनि हाइवे बन्द गराए। अस्ति भर्खर सरकारले राजमार्गमा अवरोध खडा गर्न नपाउने र गरे कडा कारबाही गर्ने भनी सूचना निकालेको सम्झिएँ र मनमनै हाँसे। हाँस्नु बाहेक अर्को उपाय थिएन। आफ्नो नियन्त्रणमा त्यहाँ केही थिएन पनि।

    क्रमशः (ल्यापटपको ब्याट्री सकिएका कारण यसको बाँकी अंश पछि अपडेट गर्नेछु)

    No related posts.

    24 comments to हाइवेको दुःख

    • मिलन बगाले

      हाइवे एम्बुस †

      समोसा कसरी -

      -१५ रुपैया“ गोटा ।

      तरकारी कसरी -

      -३० रुपैया“ प्लेट ।

      कुनै स्टार होटलको झल्को दिन्छ यो मेनुले । यो त मलेखुमा थापिएको एउटा छाप्रे होटेलको मेनु हो । गाउ“मै फल्ने आलु, बोडी, कम ढुवानी शुल्क, गुन्द्रुकको भाउको जग्गा, बा“स र टिनको संरचना अनि दाउराका मुढा जोतेर पकाइएको खाना । तैपनि यस्तो मह“गो – यसलाई होटेल भन्नु कि धराप – जो जंगलको बीचमा एक्लो सिंह बनेर बसेको छ ।

      पकेटमा भुइ“चालो ल्याइदिने मेनु, बेस्वादिलो खाना अनि झोलामा फास्टफुड वा अरू केही बोक्न अल्छी मान्ने नेपालीपारा । बाटामा जे भेट्यो त्यही पेटमा हुलिहाल्ने प्रवृत्ति । कहिले नरोकिने प्रकृतिको नियमजस्तो यो उपक्रमको कहिले रमिते दर्शक र कहिले भुक्तभोगी ग्राहक, सबैको जिउने रित बनेको छ ।

      ट्वाइलेटको कुरा त के गर्नु – चुकुल नभएको, प्यान फुटेको, गोपनीयता नभएको । ज्यादै फोहोर पनि । ‘दाइ † यो होटेलमा काम गरेको २ वर्षभयो, बासी भात खुबै बेचिन्छ’, १३ वर्षो बालकलाई १० रुपैया“ घूस खुवाएर फुस्काएको वाक्यांश हो यो । उनी थालहरू ठूलो बाटामा चोबल्दै झिक्दै थिए । अर्को भाइचाहि“ कालो रुमालले पुछ्दै थिए । प्रहरी प्रशासन, स्थानीय क्लब वा यात्रु कसैले छुनसमेत नसक्ने यी शक्तिशाली एम्बुस देशभर छन् । जान-अञ्जानमा दैनिक हजारौं मान्छे स्लो प्वाइजनरूपी एम्बुसमा परिरहेका छन् । यिनलाई सुधार्न वा हटाउन कसैले पहल गरेको छैन ।

      -मिलन बगाले
      milanbagale@yahoo.com

      काठमाडौं

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Highways are the danger zone in Nepal?!

      Everybody has been experiencing the same story. I have such a stories many times when Maoist was in war. I have one experiencing of journy from NarayanGhat to Butwal on cycle. 3 years back, I spent two nights in Hotel at Narayanghat due to the indefinite closure of East West Highway Narayanghat-Butwal section. After spending two nights in hotel, I bought a cycle at Narayanghat and travelled to Butwal due to indefinite closure. I saw many stone wall across the road in that section. Maoist were passing on the road and their centry post etc were terrifying many passers by. Women and sick people were carrying their children and sich bodies. Some people were travelling by hiring ricksaw.

      “Even in the cloud there is the sign of Silver” Many people from Rajahar were preparing rest center, offering breakfast and free food. I took a glass of tea and some “chiura and Dalmot” provided by kind people of Rajahar. I experienced that the humanity has been stil live in Nepalese community. I heartly thanked the people from Rajahar and started journey. I took whole day to reach butwal which is normally two hours (or less) journey. I couldnot walk few days due to leg pain since I had already left to ride cycle.

      This is the normal story of average nepalese. No person have untouched with it. So, I request all concerned not to close Highway at any case. Government should strictly implement the law to smooth operation of Highways. We donot want our highways to be called “Danger Zone.”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      By this kind of system country’s develop will goes
      more back !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhai

      कम्ती मा मेरो छोरा घर पुग्यो तपाई काठमांडू आइसक्नुभयेछ; त्यों भन्दा बढ़ी सुख नखोज्दा होला हुन्छ / “पराल अनुसार को अन्न भंछ” देस अनुसार को सुबिधा हैंन त?

      भाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhai

      उमेश जी;
      हामिले त study को kram मा १२ बर्स काठमांडू र घर कती गरीयो ; यस्तो त कती कती/तपाईले पनी भोगेर आउनुभयो मुलुक को सा_________नो समस्या/ येस्ता धेरै समस्या हरु छन मुलुक मा/तर सरकार ; प्रशासन ले कहिले केही गर्न सकेको छैन/ तपाई ले थाहा पाउनुभयो होला त्याहा सरकार वा प्रशासन को उपस्थिति थिएन होला/ भये पनी त्यों समस्या हल हुने वाला थिएन/ कैयु पटक प्रशासन उपस्थित भएर पनी नियंत्रण गर्न सकेको छैन मेरो अनुभब को बिगत मा/
      त्यों किन?किन की दंडहीनता को भयंकर शिकार भएका छन ती सड़क पेटीका बस्ती हरु/ उनिहरू ; जनता हरुप्रशासन लाई बिस्वास गर्दै गर्दैनन; कसरी गरून?पीड़क बाट हसुरेर पीड़ित लाई उल्टो कानून लगाउन माहिर छ प्रशासन/प्रशासन ले दोषी लाई सजाय दिन सक्दैन ; शहमति कार्यान्वन गराउन सक्दैन/
      पहिलो त दोषी ले छेतिपुर्ती को शहमति गर्न मान्दैन; मान्यो भने तेस्को पलना गर्न खोज्दैन/ किन की सजाय एउटा गाड़ी को मूल्य भंडा बढ़ी मागिन्छ /अनी कसरी सहज निकास समभब हुन्छ ? प्रशासन दक्ष्य छैन ; निस्पक्ष्य छैन;आफै मा सुरक्षित छैन / सबै निकाय निरीह छ /प्रशासन को अंग आफै सुरक्षित छैन किन भनेको भने __अस्ति काठमांडू को सोह्राखुत्ते को घटना हेर्नुस प्र.म. को पी .ऐ ले एक्जना “जयवाकर” लाई ठक्कर दियो; प्रहरी ले दोषी लाई साथ दिन नसके पनी ; मौन बस्यो/ तर किन मौन बस्यो?पीड़ित लाई कारबाही गरेन भनेछ पी.ऐ ले!!!!!!! त्यही कारण पी.ऐ ले निरिक्षेक को सरुवा गराईदिएछ/ तेस्तो समस्या प्रशासन मा पनी छ/ यो एउटा चक्रब्युह को शिकार जनता बनेका छन/ सबै बिगारने नेता नै देखिंछ आख़िर / उनिहरू को मथिंगल कहिले ; कसरी सप्रिन्छ? कसले सपारने? जनता ले ? इस्स्स्स?
      उमेश जी;यो अस्ति को घटना मा मेरो १० बर्स को छोरो पनी पर्यो/काठमांडू बाट घर जादा /पहिला मलेखु ; धादिंग को समस्या अनी पछि खैरेनी को समस्या/ तर ती तपाई संग बक बक गर्ने महिला ले जस्तो घर को २ बर्स को बालक र भैसी को चिंता गरेर त्यों घटना को बारे मा मन्गनंत कुरा गर्नु उचित लगेंन/ “आफू मरे जो सुकै राजा” भन्ने ती महिला कुन पार्टी की नेता होलिन?स्थानीए महिला रहिछिं तेसैले चिनेकी होलिन नि त्यों युबक लाई /
      पीड़ित लाइ उचित छेतिपुर्ती र दोषी लाइ कारबाही त हुनै पर्छ नी?

      भाई

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Invisible

      Well lets blame bahun and chetris for this as well, haina ta kanchan limbu bro.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • madan

      बिनोदजी
      २५ बर्स अगाडी म स्पेसल इंग्लिश माँ बी ये को परीक्ष्या दिदै थिए|त्यती बेला मैले गल्लिवार्स ट्रावेल्स नाम को किताब पडेको थिए|
      ”एउटा ब्यक्ति लामो समुन्द्री यात्रा माँ जादा एउटा येस्तो देस्मा माँ पुग्छान जहा मानिस हरु सारे पुड्का,तिनिहरू को चालचलन अजीब ,”लेखक ले तत्कालीन पश्चिमी समाज को बिकृति लाइ औल्याउनु खोजेका थिए तेस्मा उनी आफाई गलिभर नाम को यात्री थिए??/उमेशजी को यो घटनाले मैले पनी उमेशजी लाइ गलिभर बनैदिये????
      एउटा मान्छे को नाम माँ पुरै राजमार्ग लामो समय सम्म बंद हुनु अजीब चलन हैंन त???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      This is how we are working to make our country like switzerland.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ajay

      This article brings us to the question “what freedom does or can democracy provide to citizen?” Does democracy provide us with liberty to do whatever we want without worrying that our act might affect others’ welfare? Definitely not. Undoubtedly, we need self discipline to avoid indulging ourselves in these kinds of activities, but at the sametime we also need strict law enforcement mechanism that abide with democratic norms.

      “In order to enjoy freedom, democracy should have adequate laws and rules with strong and legitimate enforcement agencies.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hahahah…..Fantastic Nepal Government policy of management…..those all seasonal leechs they dont have a time to think whats good for nation and its people benefit…..? Dirty political, dirty management and carelessness policies…..They dont know how to use or keep it long-term basis….? If AID build the Bridge or road ? Nepal Government doesnt have inspection and maintance law of policy in Nepali soil ! Just they know look until break-up or useless condition ! If in foreign nation ? May Pokhara Naraynghat is two hours drive !
      Becaseu of all those blady nations sucker > Bahun Bada >
      Thats all

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binod Dhaulagiri

      O madan saathi
      Poem ta ali buhjiyena ni. K garne ho?

      Binod Dhaulagiri

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yogesh,japan

      नेपालकोराजमार्गको अवस्था
      त्यस्पछी चालकको ड्रैइविन्ङ तछाड र माछाडको अवस्था,त्यस माथि बबुरा यात्री,यात्राको दौरन के हुनेहो? गन्तब्य स्थानमा सहि सलामत पुगिने हो व होइन ? दिन्प्रति दिन बड्दो सवारि ,सडक दुर्घटना । त्यस्पछि नेपालिको जङलि रिस,गाडि जलाउने ,टायर बाल्ने,मान्छे कुट्ने
      होहल्ला गर्ने , यात्रिलाइ गालि गलौज गर्ने यस्तै बन्दै गैरहेको छ आधुनिक् नेपालिको सस्क्रि यस्तो सस्क्रितिको सम्रक्षण गर्न देशका युवा शक्ति लागि परेका छन्। यस्ता आधुनिक् नेपालको आधुनिक् सस्क्रिति धेरै जन्मि सकेका छन्। आधुनिक् शब्दको ताज पहिरिन् आतुर् नेपालिहरुको ब्यबहार् अझै सम्म जङलि अबस्था
      बाट माथि उठ्न सकेको छैन। आन्दोलन गरेका छन, राष्ट्र को सम्पत्ति नासगरेकाछन्,सडकमा टा य रको आगो ता पेका छन, त्यस्को अ सरको हेक्क छैन । नेपालीहरुमा कहिले बुद्दी पलाउने होला । समयमै घैटोमा घाम लागे देखी आ उने पु स्ताले दु:ख झेल्नु पर्ने थिएनकी
      चाडै विश्वामा नेपाली भनी शिर ठाडो पारी बाँच्न सकियोस भनी कामना गर्दछु।
      अस्तु!!!!!!!!
      योगेश्,जापान

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prashant

      An example of lack of education and poverty.

      Now only option left is the underground tunnel between the cities. … oh.. wait… what if they dig the mountains…. hummmm.

      If the current government (so called eight party government) has such a trouble maintaining the law and order .. I really pity for the next (I hope so) elected government.

      May Pasupatinath give some wisdom to those villagers and yes.. the current [sic] politicians.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • veem

      I’D ALREADY FACE THAT TYPES OF PROBLEMS MANY TIMES. EVERY PASSENGER OF “HIGHWAY”, I THINK THIS IS VERY SIMPLE THING OF NEPALI PEOPLE…………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रोमन

      नेपालमा सडक अवरोध गर्नु भनेको सामान्य भन्दा सामान्य कुरा भइसकेको छ । राजनितिक माग देखि लिएर, क्षेत्रिय, लिगिंय, बर्ग अनि जातिय मागमा पनि यसको प्रयोग गरिन्छ । यति मात्र कहाँ होर घरमा लोग्नेस्वास्नीको झगडा देखि लिएर रक्सिले मातेर हिड्नेको लागी सडक मेरैहो भन्दै बन्द गरिन्छन् । पोखराबाट नाराणघाटको लागी यति समयलाग्नु स्वाभाविकै मान्नुहोस् पाठक मित्रहरु काठमाण्डौं बाट म झापा पुग्नकोलागी ३ दिन ३ रातमा पुगेको छु । गतिशिल देशमा यो पनि प्रगतिशिल आयाम होला । खै कहिले आउने हो नेपालीहरुमा बुद्धि सडक अवरोधले आफैलाई हानी पुर्याउछ भनी ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो सरकारले भन्ने मात्र गर्छ, ब्याबहारमा कहिल्यै उतार्ने भएन,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoj Sharma (NZ)

      Yo sab ko niskarsa k sadhai yasari band garer durghatana bat mrituhuneko pheri jeewan firta auchha kina yo sab kahile “BAND” band hunchha nepalma?

      kahileho khai nepalma yo kurama janatako ani rajanitik partyko aankha kulchha – he bhagwan! hamro nepalko kalyan hos.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mishra

      Who is to blame for this situation? You or Gidde Prasad or someone else? Who gave them such a freedom?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Hamro desh ko estati dhekera mali wakka lagchaa. Kaila Pura Nepal nai banda kaila tarai banda k ho k ho? Kaila yo samasya khattam huncha hola? Ha pravoo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      हाई वे र ल्याप टॉप ब्याट्री
      ——————————-
      लामो यात्रा बाट थकित गलिभर जस्तै
      पोखरा देखि मुग्लिन सम्म !!!
      लम्पसार हाइवे ,एउटा लास को कथा ,र ब्याट्री सकियेको ल्याप टॉप
      लास के मागिराहेछ??
      त्यों ल्याप टाप दिन सक्दैन!!
      लास ले बोल्न चाहेको अभिब्यक्ति हरु???
      ल्याप्टोप बोल्न सक्दैन???
      लासको गीदी खल्तिमा रहेछ???/
      ल्याप टॉप को ब्या ट्री सकियेको छ???
      थकित यात्री !!!!!
      गलिभर को यात्रा ???
      सीजन अनुसार को लोकतंत्र फल्ने सहर को नक्सा भित्र आइपुग्छ???
      एउटा कथा,ब्या ट्री सकियेको ल्याप्टोप,!!!
      गलिभर माथी को गलिभर??/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pusp Prasad Luintel

      Highway travel in Nepal was so uncertain that a businessman from Biratnagar flew to kathmandu to travel to Janakpur for his cousin’s marriage Lahan was closed for weeks.

      Pusp Prasad Luintel
      Boston, U. S. A.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Prakash

      Hello
      Everybody!
      We always talk about the problem but not solutions. How long we can go further?
      Now it is time to think for nation, contribute for wealthy, prosperous Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Syangjali

      We have seen a trend of asking for the compensation after someone dies of a road accident. Can the value of life be compared with money? I have seen some drivers in Prithvi Highway getting angry on kids and saying “ei (vulgar word), kichina man chha ki kyaho?”. And after telling him so, he faces back to the passenger and says “Esta yee badhi bhaa Nidraka kaal lai ta kiche pani farak pardaina, Dash hajaar ta ho ni, na apka na bapka..sahu le tiri halchha”. So is happening everywhere? Why does not administration amend the road traffic rules? Why people do not understand the situation? There are many such questions. May be every Nepalese has had such questions in their mind, and some have spoken out as well. Who will listen? Where is the key to the solution of these issues?
      Haina! afterall hamro desh kasale banaune ra kahile? Time is running… Naya Nepal dekhna Hamro thaplo ma lekheko chhaina ki kyaho!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ब्यास, अमेरिका

      To be very frank and harsh, from Damauli to Pokhara the locals close the highway once a week due to road accident. It is the national highway, but locals roam around it like their own “Galli”. And, it seems to me that they let their children play on the highway and ask for huge money from vehicles in case of accident. It is their profession (in exaggerate case). And drivers think that all roads & highways are their own property or father’s property. यस्तै छ याहाको चलन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker