मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बुद्ध, बेनजिर र पंक युवक

    -कृष्ण ढुंगाना-

    उसले कम्मरभन्दा तल लगाएको ब्यागी जिन्सपाइन्ट घरि-घरि माथि तान्‍नुपर्छ। टिसर्ट हेर्दा फुटबलमा ऊ पक्का इटलीको फ्यान हो। फिक्का मरुन कलरको स्पोर्टस् ज्याकेटको पिठ्युँमा ‘इटालिया’ लेखिएको छ। अनि कपालको शैली नि – त्यो त झन् भन्नै परेन। चार वर्षअघिको डेभिड बेक्यामजस्तो जुरेली कट्। ‘कहाँ पुरानो हुनु यो स्टाइल, भर्खरै जोन अब्राहमले गोल (फिल्म) मा प्रयोग गरेको छ’- झन्डै पिँडुला छोएका पछाडिका खल्तीमा दुवै हात घुसार्दै पंक युवकले तर्क दियो । लगातार ८ घण्टासम्म चुप लागेर ध्यान गरेपछि नेपाल विपश्यना सेन्टर, मुहानपोखरीमा म त्रिचन्द्र कलेजमा बीए तेस्रो वर्षका छात्र अभिदान अधिकारी, २१ सँग मुख खोल्दैछु। कलेजमा यिनको परीक्षा मिति नजिकिँदैछ रे। तर संयोगबस जीवनको परीक्षाको मिति पनि नजिकिएछ। अनि विपश्यनाका यी पुराना साधक एक दिवसीय शिविरका लागि बुढानिलकण्ठतर्फ दौडिएछन्।

    उसले सुनाउनुभन्दा अगाडि जीवनका परीक्षा र बुद्धको यो विद्या सिंक्रोनाइज हुनसक्छन् भन्ने कोणबाट हेरेको थिइनँ। बरु विश्वविद्यालयको पढाइमा केन्द्रित हुन नसकेपछि समयको सदुपयोग गर्न नयाँ वर्षअघिका साँझ अघिका काठमाडौँका तामझाम छाडेर ध्यान केन्द्र पुगेको थिएँ। जीवनका परीक्षामा खरो उत्रिन विपश्यना ध्यान अचुक हुने उसको ठम्याई रहेछ। ‘ध्यानमा लगनशील होऊ, जीवनका परीक्षा ठूला लाग्दैनन्’ अंग्रेजी साहित्यको विद्यार्थी पूर्ण आत्मविश्वास सहित बोल्दैछ- ‘जीवनको परीक्षाका अगाडि विश्वविद्यालयका परीक्षा केही होइनन्।’ दिमागमा क्लिक भयो। बेनजिर भुट्टोको अटोबायोग्राफीको एउटा लाइन जस्ताको तस्तै ! पंक निकै खारिएको परे जस्तो छ। धम्म हलको निर्माण कार्यमा आँखा डुलाइरहँदा मधुरो स्वरमा सोधेँ-’भुट्टोको अटोबायोग्राफी पनि भ्याइसकेको -’ होइन रे। मैले जस्तै ग्लोबल न्यूज च्यानलहरुबाट थाहा पाएको रे। विपश्वीले तपोभूमिमा किन शीलको उल्लंघन गर्दै झुठ बोल्थे र !

    उसको फ्यान लिस्टमा इटालीका कानाभारो मात्र होइन राजनीतिक नेता बेनजिर पनि रहिछन्। ‘त्यो आइमाईको कठोर निर्णय लिने क्षमताको साँच्चै प्रशंसक हुँ’- मैले नपत्याउँला कि भनेजस्तो लागेछ क्यारे। जोड दिँदै भन्यो- ‘उसले चाहेकी भए पिता जुल्फिकरलाई बचाउन सक्थी क्या। विश्वकै राजनीतिमा ऊ एक मात्र दुस्साहसी महिला हो।’ पंक साथीले सैनिक तानाशाहा जियाउल हकले परिवारले माफी मागे जुल्फिकरलाई माफी दिइनेछ भनेर गरेको आह्वान सम्झाउन खोजेको थियो।

    ‘तिम्रो जीवनको परीक्षा पनि भुट्टोको जस्तै राजनीतिक हो कि परीहरुसँग जोडिएको सम्बन्धको कथा -’- मलाई के थियो र सोध्नलाई। अब ऊ अकमकायो। र, ध्यानमा बस्नुअघि खोलेको लकेट गलामा लगाउँदै बर्बराएको शैलीमा- ‘अँ….अँ……। त्यस्तो त केही हैन, तर लाइफमा कन्फ्युजन डिलिट गर्न आएको’ मात्र भन्यो। बुद्धको त्यो विद्याको लाभग्राही म स्वयं पनि थिएँ। पंक साथीको गेट-अप र विचारका केही टुक्रा सुनिसकेपछि ऊ आफ्नै पाठ्यक्रमको उत्तरआधुनिकवादको अच्छा चेला जस्तो लागेथ्यो। तर, उसका बारेमा म फेरि पनि फेल भएँ। ‘डेरिडाको पोस्टमोर्डनिज्म, ग्याप र एब्सेन्सिज केही होइन। त्यो अस्ति भर्खरै २० औँ शताब्दीमा पश्चिमा लेबलमा आयो। जे जे शब्दका अलंकार भिरेर आए पनि तिनमा केही नयाँ छैन’- मतर्फफर्केर निकै गाढा स्वरमा उसले सोध्यो- ‘दैनिक विपश्यना ध्यान गर्दैनौँ – जहाँ जे छ, त्यसलाई त्यही रुपमा आत्मसात गर्न डेरिडाबाट सिक्नुको मतलब बुद्धको बाटोमा तिमी छैनौँ।’ ध्यान गर्दाको जस्तै चुप भएँ। पंक साधकसँग कुरा गर्न सजग हुनुपर्छ भन्ने लाग्यो। अहिले नेपाली बजारका हटकेक बनेको पोष्टमोर्डनिज्मलाई यिनले खुब मिलाएर दनक दिए। ‘तिनीहरुले यतैबाट सिके। गयाबाट पश्चिम पुर्याइएको त्यो केक अहिले नेपालमा फैलाउने एजेन्टहरु यो मानव सभ्यता विकासको पवित्र कोशेढुंगा हो भन्छन्’- उसले गाडा श्वरमा सोध्यो- ‘तिनलाई तिमी विद्वान भन्छौ होला हैन -’ मलाई ध्यानले प्रतिक्रिया नगर्न पनि सिकाएको थियो, चुप रहेँ। मनमा कुरा खेल्यो- यी ध्यानीले अर्को साल अंग्रेजीको केन्द्रीय विभागतिर विपश्यना ध्यानका अभ्यासकर्ता सञ्जीव उप्रेतीसँग यस बारेमा चर्चा चलाउलान्। अनि गोविन्दराज भट्टराई, अरुण गुप्तो र वीरेन्द्र पाण्डे गुरुहरुसँग साक्षात्कार गर्लान्। ‘किन अग्रेजी साहित्यको त्यही विद्यामा छौ त आफैँ -’ उसको चेहेरामा मुस्कान छायो। ‘साश्वत कुरा थाहा पाउन अनित्यको ध्यान गरेजस्तै मात्रै हो।’

    … र लेखियो ब्लग
    ‘त्यो ४९ माओवादीलाई हत्या गरेको भनेको जंगल यही होइन ?’ ठ्याक्कै खराउजस्ता फ्लाट स्लिपरमा लगाएको मोजा माथितिर तान्दै उसले सोध्यो। मेरो मगजले हिजो अस्तिका समाचार हेडलाइन सम्झियो। क्षितिजसम्म टम्म ढाकेको शिवपुरी राष्ट्रिय निकुञ्जको घनघोर जंगलमा तिलको दानो पनि छिर्न गाह्रो पर्ला जस्तो देखिन्छ। हामी ४९ माओवादी बन्दीलाई हत्या गरिएको भनेको अल्ले जंगल क्षेत्रभन्दा दुई किलोमिटर मात्र वर छौँ। राजनीतिक घटनाक्रममा पनि यति विघ्न अपडेटेड। ‘तिम्रो यो विरोधाषपूर्ण शैलीमाथि एउटा ब्लग लेखुँ ?’ दश मिनेट जतिको कुराकानीपछि मेरो प्रस्ताव। ‘माइसन्सार !’ अविदान एक्साइटेड भएजस्तो भयो। निधारको छाला तन्कायो, आँखाहरु पूरापूर खोल्यो। ‘किन लेख्छौ ?’ उल्टो सवाल पो आयो यार। नेपाली दुबोमा थचक्क बस्दै भने- ‘निरीह शब्दहरुसँग किन विद्रोह गर्छौ ? मेरा आनन्दका लागि लेख्न देऊ।’

    No related posts.

    21 comments to बुद्ध, बेनजिर र पंक युवक

    • Luna

      I like your artical very much .
      And ! end was realy nice how you write !
      Thanks .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • LuitelRamesh

      Haina yaar dohoryayera na padhi na bujhine bhayo….

      Babal raichha malai ta nepali padhda eutai sirsak 3 choti padheko po yaad aayo……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Baburee

      good one..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      People have different style of peception of the same thing what we have clearly observed in this article’s comments received from many readers. It is because of this we are human. We have given such a power by who has created us.

      Good and bad are two sides of a coin. They do not exist independently. Therefore, this article has its own value depending on who reads it as well as his/her brain state.

      It was nice to read your article.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipesh, usa

      Dear writer,
      I dont want to hurt you. Please take on straight way these my language.
      I thought you are the follower of Narayan Wagle in writing skill.
      thanx

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • OCEAN

      extremely impressed
      couldn’t find any word to appreciate
      thanx
      sagar
      england

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaale

      Really Impressive article, totally different but informative. Thank you krishna ji. This article also shows that nobody can see inner image unless s/he tries to explore it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kaale

      Really Impressive article, totally different but informative. Thank you krishna ji. This article also shows that nobody can see inner image unless s/he tries to explore it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Writing Style could make Great change!

      The character what the writer has been explaining is not extraordinaray. But, the writer made the ordinary man the Extraordinary one. That is the ability of the writer. He made the story more interesting with his good command and high skill to play with words. This is the sign of great writer.

      We would like to thank the writer for nice work.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • तारिफ योग्य लेख। मलाई विपश्यना र योग बारे त्यति ज्ञान छैन। तर…….,

      लेखन शैलि भने बडो रोमाञ्चक हुन्छ यद्यपि बुझ्न गाह्रो होस्।

      साधुवाद कृष्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Darlami

      Byas ji,

      Tapaile aafno sochaiko daridrata ramrosanga dekhaunu bhayo….kina retirement samma matra? Sadhainko lagi garnus na!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bobby

      We all judge people by dress ups, gender and race no matter who they are and how educated we are. It’s human to judge people. But I like the point you raised in this blog. Punk is not stupidity nor dullness, it’s another human desire to be what one like.

      Great piece of writing!
      kudos

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • One of the best blog on Mysansar. 2 thumbs up!

      inashrestha
      :-) >

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shankar bajgai

      I LIKE YOUR ARTICEL U ARE VERY EXCELENT.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shashank Sharma

      Krishna Ji,
      It seems that you judge people with their getup.Its not right way. Try to see them from inside.Many people look as if they donot know anything and we judge immediately keeping in mind that we are the one with everything which turns wrong if we listen to them.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      bore, don’t punk please

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suresh Gurung

      good begining but the end is booring yar.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • asmita kalanki nepal

      great writing style keep it up krishna ji

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ब्यास, अमेरिका

      Krishna ji,

      You will be surprised to know that Gores organized weekend Vipassana Meditiation for money. Poor Gores!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ब्यास, अमेरिका

      Excellent expression !
      I always liked your style. I was also Vipassana practioner. But, when I saw the messed life of Vipassana Teacher, I postponed for a while. I mean postponed till retirement. Anyway, I am fan of Gautam Buddha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      राम्रो लेखका लागि धन्यवाद । मेरो त मन छुयो । सादुबाद कृष्ण जी _हरी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker