मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सुरु भयो सुजाताको काम

    राजसंस्था नेपालको पहिचान हो। त्यसैले राजसंस्थालाई जोगाउनु पर्छ..
    अहिलेको अवस्थामा निर्वाचन संभव छैन…
    निर्वाचन नभए २०४६ सालको संविधान ब्युँतन्छ…

    प्रधानमन्त्री पुत्री सुजाता कोइराला मन्त्री बन्नुभएको त थाहा पाइसक्नु भएकै छ। मन्त्री भए पनि कामको चटारो भने छैन। किनभने उनको कुनै मन्त्रालय नै छैन। बिना विभागीय मन्त्री भए पछि काम के ? गफ हाँक्नु ! त्यसैले होला बाउबाट शपथ ग्रहण गरेको भोलिपल्टै उनी पुगिन् गृहनगर विराटनगर। अनि सुरु भइहाल्यो राजतन्त्र च्याप्ने उनको बोली। वा, यी बाउछोरीको नाटक पनि बुझिनसक्नुछ। बाउ खाँटी गणतन्त्रवादी बन्न खोज्छन्। संसदको रोष्ट्रममा उभिएर अब गणतन्त्रलाई कसैले रोक्न सक्दैन भनी माअ‍ोवादीभन्दा चर्का कुरा गर्छन्। अनि उनै बाउकी प्राणप्यारी छोरी चाहिँ राजसंस्था नेपालको पहिचान हो, यसलाई जोगाएन भने देशै रहँदैन भन्दै हिँडछिन्। मन्त्री नबन्दा त ल भैगो ठीकै छ भनौँला। तर ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ को घोषणा गरिसकेको अन्तरिम संविधान २०६३ प्रति प्रतिवद्ध हुने शपथ खाएको भोलिपल्टै त्यसरी बोल्नु भने चाहिँ शपथको ठाडो उल्लङ्घन हो।

    तर कारबाही कसले गर्ने ? कोही चुँइक्क बोल्न त सकिरहेका छैनन् !


    जनआन्दोलन १ पछि पति र परिवारलाई जर्मनी मै छाडेर माइती देश फर्किएकी सुजाता कोइरालाले कोइरालापुत्री नभएको भए यति छिट्टै प्रगति गर्न कसरी सक्थिन् र ? आमा सुषमा कोइरालाको नाममा खोलिएको ट्रस्टमार्फत् राजनीतिमा उतारिएकी सुताजाले राजनीतिमा खासै योगदान नभए पनि काँग्रेसको पछिल्लो महाधिवेशनमा निर्वाचित हुने सौभाग्य पाइन्। अनि उनलाई निर्वाचित हुनै नपर्ने अन्तरिम संसदको मनोनीत विधायक पनि बनाइयो, अरु योग्य नेताहरुलाई पाखा लगाउँदै।

    राजाले माघ १९ मा शासनसत्ता हातमा लिएपछि लामो समयसम्म दल कै कार्यकर्ताहरु समेत सडकमा आउन सकेका थिएनन्। नागरिकहरु दिक्क थिए दलका नेताहरुको व्यवहार देखेर। ‘हामी सच्चिन्छौँ’ भन्ने बारम्बारको प्रतिवद्धतापछि नागरिकहरुले एक मौका फेरि यिनै नेताहरुलाई दिएका थिए। तर त्यसको दुई वर्ष बित्दा नबित्दै नेताहरु नसुध्रिने देखिएको छ। योग्यताबिनाकी आफ्नै छोरीलाई बिना विभागीय मन्त्री बनाउँदा समेत न काँग्रेसका नेता कार्यकर्ताले त्यसको विरोध गर्न सकेका छन्, न अरु दलका नेताहरु बोल्न सकेका छन्, न नागरिक समाजले नै चुँइक्क बोल्न सकेको छ। कहाँ गयो त्यो खबरदारी आन्दोलन जसले नेताहरुको मनमा ढ्याङ्ग्रो ठोक्थ्यो। कहाँ गए युवा नेताहरु, जसले गणतन्त्रका चर्का कुरा गरेर नागरिकहरुलाई सडकमा उतारेका थिए र अहिले खुल्लमखुल्ला मन्त्रीहरुले राजसंस्था राख्‍नुपर्ने विचार राख्‍दा समेत दुलोमा लुकिरहेका छन् ? किन चाहियो चुनावका लागि बनाइएको काम चलाउ सरकारमा ३० जना सदस्यहरु ? अझ त्यतिले नपुगेर बिना विभागीय मन्त्री ?

    यस्तै नेताहरुलाई संविधान सभामा चुनेर पठाएपछि उनीहरुले बनाउने संविधान कस्तो होला ?

    No related posts.

    64 comments to सुरु भयो सुजाताको काम

    • madhav dhamala, qatar

      हुन त म नेपाली कांग्रेसको मान्छे हूँ तर पनी सुजाता जस्तो ब्याक्तित्यो नभएको मान्छे मंत्री हुदा सम्म त जसो तासो सहेकै थिय तर त्यों आइमाइको घटिया बिचार सुने पछि मलाई पनी सह्रै दुख लगेको छ / madhav qatar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shivapuri

      Dear all,
      If we read the following sentence, we can guess that Koiralas in Nepali Congress have the same interest, which is not digestible for us.

      “The national army should not be underestimated since the last People’s Movement would not have been a success without its support.”
      Shushil Koirala
      Acting President of Nepali Congress
      http://www.kantipuronline.com/kolnews.php?&nid=134446

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kaman dewan

      लोकतान्त्रिक परिपाटी भनेकै सबैलाइ इभच्छा लागेको कुरा व्यक्त गस्न पाउनलाइ हो । यध्यपि, प्रत्यकले अाअाफ्ना अाैकात अनुसार बोल्छन् । सुजाता कोइराला, जसको याैवन, कुमारित्व,बैंश, युवा जोस, उत्पादनशील समयअादि कुनै विदेसी षपुरूषलाइ रिझाउनमा खर्च भएको छ, जो मुलुकका अधिकांश गतिरोधका स्थितिहरूमा पलायनवादी उपायले काम चलाउछे अनि प्राप्त राजनीतिक उपलब्धिमा बाबुका सहारामा अाफ्नो हिस्सा खोज्छे, महिला मुक्तिका नारा अोकल्छे र अाफूलाइ विश्वकै होनाहार महिला नेतृ भएको घोषणा स्वयम् गर्छे । अाफ्ना अराैटे भराैटेका सहारामा अाफ्नै जयजयकार गराउदै सक्दो खर्चपनि बाँढेर हिँड्छे । उसले राजा वा राजतन्त्र चाहिन्छ भन्नु कुनै विवादको कुरो होइन तर जब अविवेकी कांग्रेसीहरूको वुद्धि रक्सी धोक्न भट्टी पसेकाबेला अाफूलाइ विना विभागिय मन्त्री घोषणा गराउदै अाफ्नै बाबुको अघि संघात्मक गणतन्त्रका पक्षमा सपथ लीएर नेपाली जनताका अाँखामा छारो हाल्न खप्पिस यीनले मन्त्री पदकै दूरपयोग गर्दै व्यक्तिगत विचारका नाममा राजा चाहिन्छ भन्दै हिँड्छे भने त्यसप्रति अामनेपाली जनताको बिमत्ती रहनु स्वभाविक हुन अाउछ । मलाइ प्रश्न गर्न मन लागेको छ, कांग्रेस महासमिति के गरिरहेको छ यतिबेला? महन्त ठाकुरहरूले तराइको विषयलाइ लिएर फरक मत जाहेर गरेकै भरमा उनलाइ पाटीबाट अलग्याउने निणय गर्न सक्ने महासमितिलाइ सुजाताको यो रवैयाले किन अग्रसर गराएन? कांग्रेस केन्द्रिय समितिले यस घटनालाइ किन उनको व्यक्तिगत बिचार भनेर टार्ने खेल खेल्यो ? यी हामी तमाम प्रजातान्त्रिक विचारधारामा अास्था राख्ने नेपालीका लागि चित्त नबुझ्दो प्रश्न भएका छन् । सँगै नेपालमा अस्तित्वमा रहेका गणतन्त्रवादी राजनीतिक दलहरू यतिबेला किन चुप बसिरहेका छन्, यो पनि अर्को अाम प्रश्न भएको छ । नागरिक समाज के गरिरहेको छ? गणतन्त्र स्थापनार्थ गठन भएका दवाबसमूहहरू के गरिरहेका छन्? एकात्मक शाही सत्ताको विरोध गर्छाै, अतिहिन्दूवादी राजसंस्थाको अन्त्य गरेर मुलुकलाइ संघात्मक ढाँचामा रूपान्तरण गर्छाै भन्दै अान्दोलन गरिरहेका शक्तिहरू कता गए अाज? मलाइ सुजाताको बक्तव्य प्रति जति घृणा लागेको छ त्यतिनै यी तमाम शक्तिहरू प्रति लाज लागेको छ । सुजाताको त अात्मासम्मान र स्वाभिमान नै विदेशीले घोणा चढिसकेको छ, त्यो गोरूको अनुहार परेकी गाइको के कुरा गर्ने र? हामी र हाम्रो स्वाभिमान पो यतिबेला कतै सुजाताले केहि देलिन् र थापाैला भन्ने रूढमानसिकता बाट ग्रसित त भइरहेको छैन? यो ख्याल हामीले राख्ने कि नराख्ने? यो प्रश्न तमाम हामीलाइ छाड्दै विदा हुन्छु। जय नेपाल……………।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • psup prasad luintel

      A nation must have its own identity and [ for us ] it is monarchy.

      Sujata had claimed ‘A king can be defamed but the institution itself should not be’.

      She colled for accommodation of the monarchy for the sake of a successful constitution Assembly poll.

      The way I see it.Women’s bodies are valued as ornaments.Men’s bodies are valued as intruments.

      Pusp Prasad Luintel
      President
      Green Nepal Party [ Hariyali ]
      Boston, U. S. A.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Pusp Prasad Luintel

      The way i see it.
      ==================

      Women’s bodies ara valued as arnaments. Men’s bodies are valued as instruments.

      Pusp Prasad Luintel
      president
      Green Nepal Party [ Hariyali ]
      Boston. USA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • suraj

      Gireja le je hos desh nbanya pani afno chori lai Without post ko Minister chahi Bnayar chode Aru le sunda pani laja ko kura je hos aab chahi pakka Ajahi kehi garlan jasto cha Bdahai chha Gireja Maharaj Dhiraj 7 ko sarkar.

      Comment by suraj…..Macau

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanu

      Government decided to nationalise king’s property, but what about Sujat’s 100s of Ropani land? May be she is above the constitution. Oh Koirala family!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aman

      Like Shah, Koiralos are also GALGAND for Nepal. They fertlizes Nepotism. They should be thrown like Kings.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yubraj Bhattarai

      sathi haru democracy ma man ma lageko kura bolna paunu parcha…………………….Yubraj Bhattarai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dude

      yi halla haru hun…………….janatale sunerka……kasai sanga maile ……… raja rakhnu bhanya chian………..

      Napatya soda..jost lai ani……gijija ba lai………. uha le…pradhan mantri bannu bhaneko chaina………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • One thing it will be good to explore in this comment. To any society parents would like to care their children. prosperity of children they are doing lot of things. It is true. As well Prithvi Narayan Shah unified and named it Nepal. If he did not unified present Nepal how it would be possible to dance seven parties government in Nepal. If people are really turned out historical background of Nepal, king or monarchy will not obstacles of this country. but we should develop the constitutional monarchical system. About property of king some of you knew land reforms had turned it National property of different sectors (king’s property). In this also no problem about it. In this present situation BP Koirala’s version very few of peopel want to understand and to know. He was in Jail but he did not against king and king, Mahendra also respect his ideology. As well, King Gyanedra was transfer his power to eight parties to save the country, not to make any more losed people’s life. Home Minister, Krishana Sitaula took Home Minister’s responsibility. but he could not controle the Tarai violence and did not give up his post. In my opinion so many educated and so many good seven parties government and legislatures are but they would not like change to Him. but most of them are against with king and try to abolish the monarchical system from Nepal. but my personal vision or personal point of view and oneday I must die, I should say true things of society and should see history of Nepal. In this way king is symbol of Nepal. We should see or develop our monarchical system as Britain. Some of political party leader is advising to king you should do business in hydropower and so on.It will not good idea to saying that way. For example, if family father is not competent with his son or daugher, is it good to treat to him like trace box? Most of concerning authority has no time to solve the Tarai problems but people have time to bad thought about king or monarchical system. I appeal all of you our country, Nepal would not repeat as Satile Sarapeko Desh ( Bhimsen Thapa’s wife).We should respect the pesonal views of Sujata Koirala. If we are human being we do not hate to anybody we should learn to share everything.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhai

      कती सरो डराको हो साथी हरु!!!!!!!!!!!!!

      यो प्रजातंत्र मा राजा को पक्ष्य मा बोल्नै नहुने हो की के हो?कस्तो प्रजातंत्र को कुरा गर्न खोजिएको हो?बुझ्नै गारो भो/ सम्बिधन सभा को चुनाब मा राजा बादी हरु पनी चुनाब मा भाग लीन सकने भने पछि त यो हाल सम्म को प्रजातंत्र ले राजा लाइ पनी ठाऊ दिएको अबस्था मा राजा को बारेमा ब्याक्तिगत बिचार राखन पाउदैन र?
      फेरी सुजाता भन्दा तथा बाठा लाई छोडेर सुजाता लाई किन मंत्री किन बनायो भन्ने प्रश्न त एकदम मनोगत भाबना परक तर्क बाहेक कही हैंन/भाबना बाट राजनीती चल्दैन हेरेर ; देखेर पनी बुझ न हो साथी भाई …

      राजनीति मा त्यों त जहा कही हुन्छ/ लोकसेवा को परिक्ष्या हो र साथी हो???????????????? उमेर को नम्बर यती ; लिखित को यती; अंतर्बर्ता को यती ; दुर्गम सेवा को यती भनेर प्रोफाइल बनाउने चलन कुन देस को प्रजातंत्र मा छ?
      जबाफ़ देऊ त साथी हो? बबुरो हरु जे पायो तेहि लेख्यो समय बरबाद !!!!!!!!!!!!!!!!!की जनमत संग्रह मा जानु परो केरे को कस्लाई मंत्री बनाउने भनेर / सारो नहसाऊ न साथी हो………………
      हाहाहाहाहाहा यती सारो बुझने साथी हरु नेपाल मा किन राजनीति मा माथी न आको होला!!!!!!!!!!!!!!

      भाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar

      Ke garnu Nepal ka neta haru lai. aafulai dukha parda Nepali Janata haru lai sadaka ma layar marne ra aafu kursi ma puge pache aafano nata bata mantri banaune yo ta parma para nai ho ni. Yedi Nepali janata ramro saga buje ko bhaya aaja sujata le matri hoien police ko habaladar post pani paune thienna. Neta ko kursi ko lagi Nepali Janata haru lai ma K bhanchu bhane sadaka aandolan garera aafno jan nagumaunos.Please

      Kumar Japan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Well dear all Nepalese Brothers & Sisters who are in Nepal right now….? Please should learn lesson from past Pakistan….Its too much just own fulfilment and self-developing asshole Netas in Nepali soil….Whom to believe since past , present and future continuing if we Nepali Janata doesnt take a action against those all seasonal nation sucker….???? Wake up everyone from every corner against the selfish vision and missionless for nation and its people….
      Why need unnecessary mantri where doesnt have a JOB ? Is Mr Mantri is crazy or what ? where shortage budget all the time ? Being World No-1 begger nation ???
      Love those people by explosion soon….Too much always !!! WoW !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • avishek

      yini haru lai k ko laj………shah bansa le 200 barsa vanda badi raj gare aba yo koirala bansa le kati raj garne ho nepal ma………ramjaane

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhai

      लौ हेर हेर यो जेम्स कार्की!!!! कती पाप बोलेको !!!!!
      कोइराला परिबार सखाप होस भनेको!!!!!!!!!!!!!!
      कतै अपुताली खाने नातो छ की के हो कार्की को को कोइराला परिबार संग? amsterdam किन बसने हैन तेस्पछि त?सप्पाई पैसा अफ्ने कोल्तो माँ; मामा को धन फुपुको स्राद्द भैहल्छ हैन?
      बरु एउटा तामाको ताउलो मा मज्जा को भाले पूजा गरेर भाकल गर्नुस न कोइराला सखाप होस भनेर!!!
      धत!!!!! तेस्तो पानी भन्ने !!!!!आम्मै !!!!!!!!!!!!!!!!!!!!

      भाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Strange

      I smell rat in Kujata’s bakbash. I am sure after CA if a fair government is stabished, nepal gets rid off monarchy and rule of law and order is established, people like kujata who do lot of nautanki hopefully will be in jail. Because she will not be able to hide her sins and crimes of corruption. But by dirty, greedy and unfair politics if she can save criminal like gyanendra possibly she can not only protect her sin and corrupted wealth but she blackmail gyanendra and possibly even parase to get her commission from palace. Everybody knows gyanendra still has limitless billions of dollars worth of illegal wealth. She is dreaming that black dream possibility of sharing the wealth between her and parase. I bet gyanendra will pay her anything if he still can survive because of her. But I am sure nepalese people’s awareness has come longway hopefully they will not get fulled by conspiracy of Girija and kujata. I sure if she is one of the member from congress in CA election, hope except her family and few smuglers and criminals nobody will vote kujata and she must loose her deposit not getting minimun vote. It does not look like there no law in nepal to obstruct useless candidate who ligally does not qualify to be candidate. Is she nepalese citizen. If she is German citizen she should not get nepalese citizen. Is anybody looking for that and dump her out of ministry. I simpathetic all nepalese friends who will have to put up with this bitch.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandip

      इ कोइराला फेमिली गिरजा, सुजाता, शैलजा इत्यादी सबै चमेरो हूँन ! सबै तीर ठीक आफने फ़ायदा को लगी,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      Firstly,Sujata is a woman.Then she is the daughter of Girija.
      She is smart and can carry herself well in this men’s world. As long as she doesn’t get into corruption, she is fine.
      But can we really find any political leader who is not really involved into corruption in some way and other?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सत्यपंथी बाजे कुरा त खसोखास गर्नुभयो तर लिम्बूवानको मात्र किन ३३ कोटी देवीदेउता भाक्नुस न । हिमालमा बस्ने शिवपार्वती देखी स्वर्गनर्कका सम्पूर्ण देउताहरू डाक्नुस । देश संकटमा परेका बेला त हो नी भगवान सम्झीने हैन र हजुरबा ।
      -*-
      तपाइका सर्वशक्तिमान ब्रम्हा, विष्णु महेश्वर ले पनि रक्षै गरून बाबै । जय नेपाल । जय लिम्बूवान

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सत्यपथी

      साउथ एशिया, गरीब र अल्पविकसित राष्ट्र जहाँकहीँ लोग्ने स्वास्नी, बाबु छोरा- छोरी, आमा-छोरा- छोरी राजनितिमा मा छन् र यो कुनै नौलो कुरा हैन । सुजता सांसद थिईन् अनि कांग्रेसको केन्द्रीय सदस्य थिइन् त्यसैले उसले गिरिजाको छोरी भएइर मात्रै मन्त्री हुन पाइन भन्नु , आँखा फुटेको र मगज फुस्केको मान्छेको कुरा हो ।

      तर यो नभएको भए राम्रो हुन्थ्यो सम्म भन्न सकिन्छ । अहिले मन्त्री मण्डलमा नया मन्त्रीका लागि जागिर खोलेर भर्ति बढाउन पर्ने बेला थिएन । अनि सुजाता आँफैमा असल पात्रको छवी बोकेकी नेतृ पनि हैनन् , खास कारण भने थाहा छैन । तर कुरा यत्ति हो उनी विवादास्पद कुरामा अल्झिरहन मन पराउँछिन । तर यसको अर्थ यो पनि हैन कि उनी बाहेक अरू भने ठिक छन् । वास्तवमा नेपाली राजनीतिमा असल पात्रहरू दिउसै बत्ति बालेर खोजे पनि मिल्ने स्थितमा छैनन भने अब सुजाताको मात्र कन्तो खनेर रडाको मच्चाउनु जरूरी पनि छैन । हो हत्यारा, लुटेरा, क्रान्तिको नाममा जनताको घाँटी रेट्ने कसाहीहरू र गन्हाएका , भ्रष्टाचारी मन्त्रीहरूको लाइनमा अर्को एउटा भ्रष्टाचारको छवी बोकेकी सदस्या थपिईन त्यत्ति हो । यो कुराले केही फरक पार्ने वाला छैन । किनभने राम्रो हुनेवाला थिएन र अघिदेखि राम्रा मान्छे त्यहाँ थिएनन भने अब नै के नराम्रो होला र ? निकै भए हिसिला र सुजाताको कपाल लुछालुछ हुने सम्मको आशा राख्दा हुन्छ !

      जनवादी गणतन्त्र भएका दक्षीण कोरियामा बाउको शेषपछि छोरा अनि क्युवामा दाजूको मृत्यु हुन लाग्दा भाइ राउललाई अगाडि सारिएको छँदैछ ।

      नेपालमा हेर्दा पनि कामरेड बाबुराम-हिसिला, रामबहादुर-नैनकला ( महिला आयोग ), लिलामणी- शशी श्रेष्ठ, आदि कामरेडले पारिवारिक राजनीति गरे पनि ती क्रान्तिकारी जनवादी उदाहरण ठानिन्छन् , तर सुजाता-गिरिजाको कुराले अर्कै चर्चा पाउँछ । बिडम्बनै बिडम्बनाको नापली राजनीतिमा गिरिजाले अरू मान्छे नपाएर आफ्नै छोरीलाई मन्त्री बनाउने पात्र चयन गरे जत्तिकै, यसको आलोचना गरेर क्रान्तिकारिता साबित गर्न खोज्नेहरू स्वयं पनि अर्को विडम्बना नै हुन भन्दिए हुन्छ ।

      अब अहिले नेपालको राजनीति नै यस्तो खालको छ कि अपराधमा कुख्याति कमाएका र मान्छे काट्ने रेट्ने र छाला तार्ने कलामा कीर्तिमान कमाएका हरू टीका लगाएर सांसद र मन्त्री पदमा ढसमस्स् आसीन हुन पुगेका छन् । अपराध र राजनीतिको कुनै सीमा बाँकि छैन । राष्ट्र लुट्नेहरू राष्ट्रका संरक्षक बनेर सरकार बनेका छन् , यस्तोमा सुजातालाई मन्त्री बनाएर कुनै गल्ति थपिएको छैन । बरू जसले जे गरे पनि यो मुलुकको कल्याण कतै छैन भन्ने प्रष्टिएको मात्र छ ।

      लौ मुन्धुमे देउता लिम्बुवानको जस्तै नेपालको पनि रच्छे गर !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गधालाइ नुहाएर कहिल्यै गोरू बन्न सक्दैन भन्ने कुरा त नेपाली राजनितीमा उदाङ्गै छ नि तरपनि ती कोइराला महाराजहरू यो कुरालाइ जहिल्यै बुझेर पनि किन बुझ पचाउँछन यो चै बुझीनसक्नु छ ।
      -*-
      तिनले नेपालमा खानदानी र पारिवारीक शासनतन्त्र टिक्दैन भन्ने कुरा बुझेको छैनन कि क्या हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipak Sharma

      A complete nonesense and stupid women with no humanly behaviour. A criminal of the nation to be punished. But friends do you know a Nepali proverb ‘Goo chalayo aafnai mukhma chhita’. She is not more than that. So it is better not to talk about this foolish bitch.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Janma ghar timro hoina,…………..

      Sujata Jost doesnot bear qualification for the politics. After the decease of Girija Parasad, she will be no where. She wouldnot be accepted in his home (Chhori ko ghar, Shriman ko ho)! nor in Maitighar Nepal.

      “Janma Ghar Timro Hoina, Parai Ghar Jau” bhanne Geet tesai baneko hoina kya!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudhir

      यो सब काम ने का ले मत्लब गिरिजाले मर्ने बेलामा हरियो काँक्रो गरेको हो अब नागरिक समाजले सुजाता जस्तो को ध्हज्जी उदौने काम शुरु garnu प् अर्छ । नागरिक समाज ले सुजाता को सबै कार्य क्रमको बहिस्कार को शुरुवात गर्नै पर्छ अनी प्रेस ले पनि उन्को बहिस्कार गर्नुपर्छ है समयमै सचेत हुनलाई .
      sudhir

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shivapuri

      Dear All,
      I read an article written by Krishna Hari Pushkar on Khojtalashonline.com. I think that article is written just to do a “SUJATAKO CHAKADI”. It is just FAKE. Even if you read these two sentences one is given by Krishna and the other no. 2 is given by Sujata then you can easily guess how krishna’s article is?

      1. FAQ on Sujata Koirala (http://www.khojtalashonline.com/)

      Why Sujata is appointed as a Minister?
      Basically her appointment is considered as a part of state commitments towards women inclusion in the overall State affairs & decisions making system…..
      by Krishna Hari Pushkar

      2. The following statement is by Sujata Koirala
      (http://www.kantipuronline.com/kolnews.php?nid=134052)

      She also opined that the concept of 33 percent reservation for women should be enforced at the grassroots level and not at the central level to ensure their proportional representation in the constituent assembly.
      Posted on: 2008-01-12 01:46:18 (Server Time)

      Do you think she will do infavour of women? She never think of and want to put other women in higher status. As I know there are many women who are far better, and senior in their political carrier than Sujata in Nepali Congress too. But, because of power game, they are always in a shaddow of these corrupted roaylaist people. That’s why it is same to nominate this kind of lady for the minister of Nepal. I think even the same party’s good and fair imaged people must have this feeling. It is GIRAJA BAD AND GONGRESSI MAT.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • achyut thapa

      sabai natak ho .desh bigarne khel hudaicha sujata ko.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DB Pandey

      can somebody check the NAGARIKATA of Sujata? is she still a Nepali ? Bedesi lai bibaha garera pani Nepali nagarikata rakheko ho ki aathaba nagarikata ko kanun ulanghan gareko cha yesle? katai “NON-NEPALI BECOMES NEPALESE MINISTER” ta hoina?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kapil

      this is so rediculour you know……… tesaile ma sadhai BP koiralako aauta kura sanga sahamat chu….uhale bhannu bhayeko thiyoo girija prasad prime minister hoina conductor hune yoogya manchhe ho…….. he is a corupter and he is always gonna be the same……….. and he never thinks about his country he only thinks about his party and his daughter….. tara nepali haru le kahile bhujhane…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishop Akela MA, USA

      Now, all nepalese people have to careful about this condition ,,,,,,,,,,,,,,,,,otherwise we “ll lose our country

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      सबैको भनाईमा मेरो समर्थन छ । खासगरी हाम्रोदेश.कम !
      वाईसीएल के हेरेर बसेको छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • borte

      नेपालका खतरनाक तस्करी , भ्रस्तचारीहरु मध्यमा यो सुजाता भन्ने पोथी जन्तु पनि पर्छन ।
      यस्ले राजतन्त्र लाई समर्थन गर्नु स्वभाबिक हो। किनभने यस्ले राजतन्त्रलाई समर्थन गर्नुको पछादी भोली फेरी ज्ञानेन्द्रकै सत्ता आएको खण्डमा आफ्नो काला कर्तुत हरुलाई जोगाउन अहिले यस्तो नौतन्की देखाई रहेकिहुन्।
      तर सम्पूर्ण नेपाली जनता हरुलाई तिमीहरुको काला कर्तुत हरु कहिलै भुल्ने छैन र एकदिन तिमीहरु कठघरा मा उभिनै पर्नेछ। अस्तु .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhoj raj giri.

      i think budi ganya sujata ghosh is very harmfull
      cansher and poision for nepal and nepalese public. beacuse she is a crazy.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dannylobsang

      Kujata………………this is our dhurnvagey to have this kind of minister……..if you keep telling this kind of bagbas then someone must cick ahss….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मैले जानेको जति सबै गालि त्यो सुजाता अनि गि रि जा लाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sudin

      what is this is she crazy?jsto baw tastai chori ho….baw pani pahela rajtantra ko pachi lagthaya chori aba lagcha… sujata is making fun of her self…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Strange

      I listened to speech and she talks like a complete stupid, illiterate, no respect for anything and no responibility. I can not see any passion and the expression for service in her peraonality, attitude, speach and determination. She appears more like pbvious manipulator, duvious, criminal, a maroon for greed and very hollow shallow individual who basically good for nothing but burden for society, country and even for family if there is there is any family values in any decent families. Her overall personality are more to get rid off than to support and make part of a system for promote any values. A divider, selfish and self centred insect like her no good for anything. Any thoughtfull party, society or politcal system must get rid of such stingy personality. Is is vivid example of coward and incompetent mandale of thugs within the congress who just pretents and mislead nepalese people for their greed and misconduct.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • situ

      looks like she already lost her mind.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • devendra

      This letter is for sujata.
      The Indipendence of our Country has arrived from the sacrifice of Nepali people.This is not a joke!!. Being in the Highest position of the Nepali Congress party and the present minister of nepal. you are against the nepali people’s voice..why do u want to bring back the monarchy in the country? you should understand that Nepali people are able to run the country withouht the monarchy.if u dont take ur words back the problem will arise in nepali congress party . Because of your words election will be difficult for nepali congress party. For this point the prime minister should be more focused.. if memeber goes against the voice of the party then he or she should be kicked out.
      by former secretary of Damak.
      (Nepali Congress Nagar Samati)

      Devendra Khanal (USA)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      गणतंत्र कसैले ल्यैदिने,जोगैदिने,होइन|यो नेपाली जनता ले नै लेउने र परिआएको खंड माँ जोगाउने कुरा हो??यदि थोपरिएको(इंडिया बाट ) गणतंत्र थ्यो भने.स्वाभाबिक छ नेपाली जनता येस्लाई जोगाउन अगी सरने छैनन | जबरजस्ती बाट पानी कोही डराउने र चुप लागने छैनन |तेसैले यहाँ नीर बी पी को रास्ट्रीय मेल मिलाप को निति को सबैले सोच्नु पर्ने हुन्छ ???
      मुट्ठी भर का जनसंख्या र क्रिस्टियन मिशन ले बिहारी सैली माँ चुप चाप बसेका शांत जनता लाइ ये यिनिहरू त लाटा रहेछान भन्नु को कुनै सान्दर्भिकता छैन||
      ”’सबै राजनितिक शक्ति मिलेर देस को बारेमा सोच्नु नै सबै समस्या को समाधान हो???”’

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anita

      yestai ho. Garib Deshka janatalai aru bhar thapna bina kamka bina bibhagiya mantri thapne, tyo pani political yogyata bhaneko koirala ki 6ori hunu, je bole pani bhaihalyo ni. Deshle jimmebari diyeka tetra thula party ra netaharu sabaile sahera basepa6i kasko k lagyo ra? yo Gaijatra kati din chalne ho. Testa marisakeko rajsasthako wokalat garne lai sambidhan sabhako chunabpa6i tehi thauma puryanu par6a jaha ahile rajsastha pugeko chha. jaba samma budho bauko hatma power rahirahan6a tini unmukta sadhe jastai tesari nai kurlirahanchhin.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Umesh C Devkota

      Yesto kura huna thale pachhi hamro desh kahile dekhi swochchha rajniti hune ho khai khunni…..

      UCD (Sydney)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himalal, Sydney

      this is the eithth suprise of the world, sujata become minister without any contribution to nation and people. i’ve a shame on cabinet of nepal government where people like sujata exists as a minister. she is just mad. she is as unpopular as gyanendra. i as a contrylover condemn girija for making her a minister. she has always been making irrelevent BAKAWAS and has started again from biratnagar.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • WHAT A NONSENCE SUPPORTING YOU ARE,SHE WANTS TO BE NONE LOKTAAANTRIK AGAINTS OF NEPALI JANATAA.AALAASH!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Strange

      Gyanendra was rubbish that is why people tried to dump in a waste dump where he was rotting to an extent with lot of offensive smell spreading around. Girija was workig like a garbage maanager and infecting himself with lots of bacteria and germs in ceratian conditions these germs and bacteria can kill too may nepali. He was not able to pick up the most rotten garbage block out of the dump due to some fear of public which will terribly offend everybody. Now he is in his last breath with almost everything rotten especially his brain except his part of the brain that controls greed. So he created his reign like Sujata who never has any popularity, moral obligation and responsibility more or less a criminal who gets exited in uniting negative force and unwind th clock. She trying to carry dead and rotten body of Gyanendra and carry around and put some on it. She stinks herself to the same level as Parase and the smell of Gyanendra does not bother her, but if she can fill life in it she will be able to revive the evil empire where only the narapisach, blood suckers, smuglers, criminal and corrupt can thrive without any fear. Now up to the nepalese whether they want to live or go back to days again. Perhaps Koirala family should be completely wiped out from power along with the Shaha’s that will only save Nepal and Nepali. God blesh us all. Common civil society and rest of nepali brother and sister fight the last battle agaist these criminals of generation who will not give up power that easily.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun dahal ct usa

      parash sanga sujata ko love chha ki kasho, rajsastha ko khub prasamsa garchhin ba.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • adrishya

      लोकतन्त्रमा सबैले आफ्नो कुरा राख्न पाउनु पर्छ |

      कसैले राजतन्त्र मागुन वा गणतन्त्र वा पञ्चायत वा राणा शासन वा बाईसे, चौबिसे राज्यको माग राखुन्; माग राख्दैमा केहि हुदैन| आखिर देशमा कस्तो शासन लेराउने भन्ने त जनताको भोटमा भर पर्ने कुरा हो|

      यहि हो लोकतन्त्र / प्रजातन्त्रको उदारता |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anniee

      Nepal maa kunai pani Halat maa monarchy hunu parchha but powerless. Raja lai tyatikai hatauna mildaina.. Prithivi Narayan Shaha le nagareko vyae aja Nepal ko astitwo hune nai thiyena.. tyasaile Prithvi Naranyan shah le Nepali janata mathi gun lagayeko chha.. Hoina vane KTM valley matrai Nepal hunthyo tyo pani sayad Sikkim jasto hunthyo ki. Nepal ka Raja harule Rastriyata bachaune kam maa thulo yogdan diyeko chha.. tyasaile yo sanstha lai samman garnu parchha. But no power.. Sujata I will give u a vote.. But yedi pheri voli jiter Rajsanthako birudh maa bolyo vane.. We will kick you.
      Newar Nepali, USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Naresh ji bada ramro topic lyaunu bho, dherai dherai dhanyabad, ma lai ta aaj dimag kharab chha maile yeuta Sujata ko bare ma mero dimag nai sankine article fela paare ek feri hernus na sabai le , Article ko naam chahi

      ” FAQ on Sujata Koirala Nepalese Women Leader”

      http://www.thesop.org/index.php?id=9064

      ma ta aadha pagal bhaisake ab tapai haru pani yo FAQ padhdai pagal hunus na, ke garne dsh nai yestai chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RUP SAKYA

      ho sujata, raja khara huncha, tara raj tantra sammaneet sanstha ho.yeslai england ma jastai
      murti ko rupma sthapana garnu parcha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shivapuri

      Girija’s and Nepali Congress’s grand design to protect king. Therefore, we have to focuss our voting for those party and person who could help to extablish Republican Nepal permanently. Anyform of king and kingship is not necessary for Nepal. Unless and until the kingship is there, we couldn’t make a any drastic positive change in Nepal.

      Also, if you read this statement given by Sujata, then you could guess how is her intension about women participation. She has told that 33% women participation should be at the grass root level not at the central level. Her interest is to put women always in a low profile so that she could be always powerful women leader.

      “She also opined that the concept of 33 percent reservation for women should be enforced at the grassroots level and not at the central level to ensure their proportional representation in the constituent assembly” (http://www.kantipuronline.com/kolnews.php?&nid=134052).

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • psup prasad luintel

      I come from Sunsari politics.I thik Madhesi groups have taken their cue from Maoist. If you pick up the gun, you can have 83 MP’s in the house. This is one of the simplistic but powerful lessons that is repeated endlessly by madhesi in private conservation.

      But there is not much Sujata can do rescue the cornered king. Hence her exonerations to nationalism, the first recourse of republicans and last refuge of royalists.

      Pusp Prasad Luintel
      President
      Green Nepal Party [ Hariyali ]
      Boston, U.S,A.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tapioca

      बाउले गर्न नसकेको काम छोरीले गर्नेभइ सबैलाई बधाई छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • psup prasad luintel

      Nobody is welcome at the Makhimtar residence of Sujata. There is no telling what surprise the young lady will spring next.

      But circumtances are not normal. Meanwhile in the country side, the mountains are restive and the plains are smouldering.

      There must be some thing that makes her fear for Nepal’s nationality, integrity and independence.

      Pusp Prasad Luintel
      President
      Green Nepal Party [ Hariyali ]
      Boston, U.S.A,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jemskarki amsterdam

      खै उमेश जि सुजता लाई सरापेर चित्त बुझौनु बाहेक अरु केही गर्न सकिदैन हामीले त ।
      सुजता लाई गुप्त रोग होस् । उसको बाउको सास् जाओस । कोईराला खान्दनै सखप भयर जाओस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajendra Sedhain

      मान्छे चाहे राष्ट्रपती बनोस्,चाहे प्रधानमन्त्रि,मन्त्रि,बिना बिभागीय मन्त्री बनोस्
      उस्को आफ्नो ब्यक्तिगत हक,ब्यक्तिगत बिचार गुम्देन जस्तो लाग्छ मलाई त,सुजता ले दोहराइ,तेहिराइ “यो मेरो ब्यक्तिगत धारणा हो है” भनेर भनेकी छन् र साथ मा ब्यक्तिगत धारणा लाई छोडेर सरकारी धारणा पुरा गर्छु पनि भनेकी छन्|
      त्यसैले यो कुर मा त्यती धेरै समय खेर नफालौ।
      बरु आजै बाट संबिधान सभा को चुनाव को तयारी तिर लागौ।
      देश को लागि तेही नै राम्रो होला बरु ।
      राजेन्द्र

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dilip paudel

      यो अरु केही हैन सुजाताले जात देखाकिहो| सर्पलाई जतिनै दुध दिएपनी बिस ओकल्न कहाँ छोड्छ …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SANYOG,JAPAN

      jan andolan 2 ko upa;labdhi…ha ha ha ha ha………………ha………………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sane

      बिरालोलाई जतिनै बाघको छालाले छोपे पनि तेस्ले म्यौ म्यौ गर्न छोड्दैन भनेको एही हो । नकल्ली गणतन्त्रबादी यो बाउ छोरीको कुनै भर छैन । यिनीहरु बाट गनन्तन्त्रको आशा गर्नु भनेको पशुपतीको साढेको ….. झर्छ र खाउला भने जस्तै हो ।
      जे होस् । गाई बस्तु बुढो भयो भने भिर खोज्छ मान्छे बुदो भयो भने निहु खोज्छ भनेको जस्तै गिरिजाले पनि नेपलि जनता सँग निहु खोज्न लागेका हुन कि के हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishor

      Umesh ji,
      Because of you and like minded peoples’ tireless efforts, our country is here, and if we are determined we can defeat all the status quoist like Sujata, Girija, Makune, Prachanda and all. Republic is public dream, it is not any party’s manifesto. As a person, everyone has right to express their opinion, however as a minister nobody can go against the spirit of the government. But who will punish sujata? Most of us do not have courage, had we had courage, sujata would be in jail because of Lauda Kanda. It is not late, lets unite our hands together to give a new direction to Nepal. It is us (common nepali people) who need to fight for our future. Lets start new political reform campaign which will give a ‘new bihani’ to our country. Lets give hope to common people, and help to make common people believe our dream is achievable. Please can you put interviews of our good and young leaders and leaders of Nagarik samaj? Thank you very much for your efforts!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sEWAK

      I think everyone should still have in memory about the remark of Kaji Bhim Mallais wife. She told that there would not have been any rationality to those persons who go to power. Nepal SATILE SARAPE KO DESH HO. Politicians like SUJATA AND COMPANY are more powerful and minister in Nepal. Some few good politicians can never get minister in Nepal. Lets see how long this remark exists in Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saagar

      Girija pani ta Gi- Raja Ho ni ta……..ra sujata naani pani ta tyahi khandaan ko ho………..kasari bichodiyera bachna sakchan ta uniharu…….nepal ra nepali ko bhavisya lekhne nai girija ra koirala niwas ho jasto lagcha……ke garne……….garnu ta pari halyo kehi na kehi……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      उमेश jee,

      के गर्नु कुरा गर्‍यो कुराको दु:ख भनेको यो नै हुनु पर्छ। एस्तो नेता भनौदा हरुलाई त नुन चुक लगाएर कारबाही गर्नु पर्ने के गर्नु कती रिस त उठ्छ नि केही गर्न सकिदैन। तर नेपाल आमा ले ईनी हरुलाई सराप्छन.
      यो काङ्ग्रेस्स भन्ने अनी एमाले मवोबादी सबै बइमानी हरु हुन। अब त कोइ सग पनि विश्वाश गर्न योग्यको छैन। नेपाली जनता को भाग्य नै एस्तो होला?

      देउवा भन्छ सेनाले जै भन्छ उही गर्नु पर्छ कोइराला भन्छ सेना समयओजन हुनै सक्तैन के हो के हो देस को हालत , कहिले कही त कहिले नेपाल को समाचार नहेरु अनी नेपाल कहिले नफर्कौ जस्तो हुन्छ यो सबै नात बाद किर्पा बात देखदा.

      प्रकाश मेघी गुरुङ
      मरिल्यान्ड अमेरिका

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाल प्रेमी, USA

      सुजातालाइ मन्त्री गिरिजाप्रसाद कोइरालाले बनाएको हो, नेपाली काँग्रेसले बनाएको हो, तर नेपाली जनताले बनाएको होइन । त्यसैले सुजाता जस्ता राजावादी चरित्रलाइ नेपाली जनताले वहिष्कार गर्नु पर्छ । मलाइ अाशा छ, यसमा नागरिक समाजले साथ दिने छ । सुजाता र उनीजस्ता चरित्र देशको लागि खतरा हुन् । त्यसैले यस्ता चरित्रलाइ सदैव घृणा गर्नु पर्छ । अव विस्तारै गिरिजाप्रसाद कोइरालाको त्यसैतर्फ अग्रसर देखिन्छ । यस्तै क्रम रहिरहे नेपाली जनताले गिरजाप्रसाद कोइरालालाइ पनि ज्ञानेन्द्रलाइ जस्तै तिरस्कार गर्ने छन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker