Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको दुरावस्था

-कृष्ण बजगाई/ब्रसेल्स-

पर्यटन मन्त्रीले वर्षेनी दशलाख पर्यटक नेपाल भित्र्याउने भन्दैछन्। विदेशमा रहेका नेपालीहरुले कम्तिमा एकजना साथी नेपाल पठाऔं भन्ने सरकारी कार्यक्रम आउँदैछ । हावादारी सपना बुनिरहेको बेला कति वटा अन्तर्राष्ट्रिय वायु सेवा संचालनमा छन्, कति सिट उपलब्ध छ र ती मार्फत् कति यात्रु आउन सक्छन् भन्ने मात्र होइन, देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था कस्तो छ भनेर सम्बन्धित निकायले हेरेकै छैन ।

काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलको आगमनक कक्षको अवस्था हेर्ने मौका जुर्‍यो डिसेम्बर महिनाको तेस्रो सातामा । युरोपको उडानबाट सँगै आउनु पर्ने मेरो लगेज आएन । आवश्यक कागजी प्रक्रिया पुर्‍र्याए पछि लगेजका बारेमा बुझ्न पर्सिपल्ट आउन भनियो ।

उक्त दिन म समयमै विमानस्थल पुगेँ। तर जहाज ढिलो आउने जानकारी पाए पछि खाली समयको सदुपयोग गर्न यताउता चहार्दा विमानस्थलको दुरावस्था देखेर दुःख लाग्यो । यो त अति नै भो भन्ने लागेर त्यसको फोटो लिने विचार गरे । मौका छोपेर फटाफट फोटो लिन थाले । टाढाबाट एउटा कर्मचारीले देखि हाल्यो । सम्भावित खतराप्रति पहिले नै सतर्क थिए । उ दौडेर आउँदै थियो मैले हत्त न पत्त क्यामराको मेमोरी स्टिक झिकेर गोजीमा हाल्न भ्याए । किन फोटो खिचेको भनेर हप्की दप्की गर्न थाल्यो । मैले फोटो खिचेकै छैन क्यामरा नयाँ हो मेमोरी स्टिक छैन भनेर उम्किन खोजे । उसले फोटो खिचेको देखेको थियो तर मेमोरी स्टिक नभेट्याएकोले रिस फेर्न क्यामराको ट्याक्स तिर्नु पर्दछ भनेर तसा्रउन खोज्यो । मैले नियम कानुनका कुरा गर्दै अलि उत्तेजित भएर बोल्न थालेपछि अर्कै मान्छेले ल भैगो भन्दैे छोडि दियो सायद हाकिम थियो कि ? विमानस्थल भित्रका केही फोटोहरु

८ देशको समय बताउने घडी कुनै पनि चल्दैन ।

यात्रु सुविधाको लागि उपलब्ध हुनुपर्ने टेलिफोन जहाँ सेट नै छैन । भएको मध्ये एक पनि चल्दैन ।

यात्रुले प्रयोग गर्ने सौचालय जहाँ न फ्लस गर्ने पानी छ न त सरसफाई नै छ ।

यात्रुले प्रस्थान र आगमनको जानकारी पाउनु पर्ने मोनिटर स्क्रिन कुनै पनि चल्दैन ।

Related posts:

  1. अन्तर्राष्ट्रिय मिडियामा नेपालको आन्दोलन
  2. अन्तर्राष्ट्रिय सञ्चारमा पुनः नेपालको चर्चा
  3. अन्तर्राष्ट्रिय मिसन आन्दोलनको समर्थनमा
  4. अपराध चाहिँ अन्तर्राष्ट्रिय स्तरको !
  5. कति अस्तव्यस्त हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल

50 comments to नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको दुरावस्था

  • Sarkarko kamjori ho sarasar. Airport tax liyara bhayapani airport ta gatilo banauni jama harule. aba jasle pani tiri hal6ani desh ko lagi tax ta???

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • pari

    ओई साथी हो कुंसा ठुलो र गतिलो कुरा देखन पायोऊ र???????????????
    thanks thanks को बर्षा गारी रखो छौ?
    नेपाल छोडेको कती भयो? १२ बरसे युद्द काल ले सप्पई कुरा लाई सखाप बनाएको अबस्था छ/
    माओबादी ले काटेको पुल र भवन हरु; सैनिक भबन मात्र हैंन ; जनता को घर र पसीना को धरोहर गा. बी.स भबन र पाल्पा तानसेन को दरबार यो उदाहरण मात्र दिना को लगी प्रस्तुत हो;जस्ता कयोऊ कुरा हरु को भग्न बसेस हरु को फोटो कसले राखने होला!!!!!!!!!!!!!!!!!!
    यो देस म शासक ; प्रशासक; मतिटेल र दिजेल ; पेट्रोल मिसाउने ब्यापरी देखि सड़क; पुल र भबन बनाउने ठग तस्कार ठेकेदार हरु मात्र हैन गगन थापा जस्ता त्रि चंद्र को बाटिका बनाउदा उता अफ्नो महल बनाउने कलिला बिध्यार्थी पनी उही ड्यांग को मुला हुन!
    त्यों सप्पई ४६ साल पहिला को शासक र त्यों राजा ज्ञान ले गर्दा भको हो हैंन !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
    राजनीति त जहा पनी जोडिने भंया!!!!!!!!!!!!!!!!!!

    परी

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • H. Jha

    धन्यवाद Krishna ji,

    यो पनि पक्कै इन्डिया को चाल होला। कि कसो ?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Shailesh Kumar Malla, Belgium

    Krishna Sir, first of all thanks for ur best article that u have done media warnig to the TIA authority, thoguh we r far from our motherland either that is poor forcibly we may say it “Failed State”.
    If we promote our European frens to visit Nepal they cant accept these type of behave n situation, is that the way of welcoming Tourist in International Airport, TIA? so why the Tax for is….;

    we can easily understand wats the recent development of our country (ultra modern development), i cant imagine about Humla or Rolpa or Taplejung looking these pictures,

    Shailesh Kumar Malla, Belgium

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Saurab

    Krishna jee,

    Kindly accept my hearty felicitation for your encourageous task. Without a doubt, this is one of the most touchy, practical, message of awareness posts in mysansar.

    I once again thank you from the core of my heart.

    Hartelijk bedankt.

    Saurab Karanjit
    Antwerp

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Krishna ji
    Thanks for your comments.Sabai la afno matra harcha,Desh ramro bhayo bhana ta desbasi pani ramro huncha tara kasai la pani desh lai hardina. kura la matra kam garcha. hat la gardaina. hami nepali ko buddhi kahila ramro hola.tapai la dekhai dinu bhaya ko pictur Airport staff la harnu parcha. taba matra yesto garno hudaina bhanara samjancha ki.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • yogesh,japan

    कृष्णजिलाई धेरै धन्यवाद । नेपालको प्रबेशमार्ग को यस्तो द यनिय अवस्था देखाइदिनुभएकोमा । यस्तो अवस्थामा पुर्याउने हरु कसलाई के भन्ने के लेख्ने शब्दका श्रोत नै सुकिसके । आँफैलाई आत्मा ग्लानी हुन्छ नेपालको अवस्थाको बारेमा हेरेर पढेर सुनेर ।
    घुस खोरिहरुले सानो सामराज्य नै खोलिसकेको आभास हुन्छ बिमान स्थल भित्र को त्यहाका कर्मचारीको निच व्यबहार देख्दा अनी कन्सिरिका जरा जरा तातेर आ उछ। राम्रो समान देखेपछी महादेव का तीन नेत्र भने झै कित पैसा कित समान नै हात पर्ने दाउमा हुन्छन । ए उटा कुरा हातमा नपारे सम्मा भुस्या कुकुरले हड्डी छोड्ला तर उनिहरु समान छोड्ने पक्षमा हुँदैनन ।गल्लिका भुस्या कुकुर भन्दा पनि खतम् भ इसके भ्रस्ट कर्मचरिहरु ।त्यसपछी ट्याक्सी वालाले यात्रािलाई गर्ने निच व्यबहार, गाली गर्ने धम्काउने अपशब्द बोल्ने ,ठग्ने जस्ता व्यबहार त उनिहरुको दिनचर्या नै बनिसकेको छ ।२१ औ शताब्दिका नेपाली दाजुभाइका व्यबहार जुन कल्पना नै गर्न सकिदैन ।
    हामी आफु आफु लाई सुधारदैमा यस्ता व्यबहार पनि सुध्रिएलान त ?? यदी त्यसो हो भने किन आँफैबाट सुधारका काम सुरु नगरने त ?? आजबाटै अहिलेबटै शुरु गरौ न त ।शुभ काममा ढिलाकिन् । डुब्न लागेकी नेपाल आमालाई सबै युवामिली नरपिसाच बाट मुक्ती दिलाऔ । सम्रिद्दशाली नेपाल बनाऔ

    जय मातृभूमी नेपाल

    अस्तु !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Rajan

    WARNING !!!!

    Don’t Open http://www.freenepal.com. This site is full of
    viruses. It is not safe for your computer.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • NiranMalakar

    It’s really sad to the only international airport in Nepal is in this condition. What to do ? The budget to maintain the airport goes tothe pocket of the chef of concerned department.
    I want to add one more thing is: when I was there on last week of october 2007, one person who takes care baggage or Baggage handling person was smoking during I was waiting for my baggage. another person came to handshake with me intending to get some money. I did not have anything illegal or any thing to clear the custom duty. So, Just ignored it as we are used to live here fairly.
    During return trip, there was one screen was not working but other waiting rum, there was Hindi film on the screen.
    3/4 years ago, I was stopped by immigration personal because I didn’t have any departure stamp on my passport. I told them I lived in Europe so I had to change my passport because of validity was over. But they still refued to let me go. So, I told them do they needed to do, I would go there and sit on chair and come to call me when it was OK. Then They come to me efter 30/40 minutes and told me it was OK. I never tried to give any money but they tried so hard. They harrasssed This way.
    It is really embarassing or ridiculous.
    the staffs in Airport need somekind of training or ????? the survellience camera must be installed there.
    Hope next visit will be better.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • arjun gurung

    pahilo kura sarkar ko bewastha le garda yasto bhayako ho.k garne police dekhi liyara mantri samma le ghus khanchhan. yadi bajet ko hisab le kam hune ho bhane nepal k chhaina ra aru pani international airport bani sakthyo. hami tehi bhayako auta lai pani hifajat garna sakiraheko chhaina tyo lajai mardo kura ho. it,s ok tesailai sarsafai ra marmat gare ramro hunchha. tesaile sarsafai marmat aru new system haru
    use garau manage ment ramro garau abasya ramro hune chha. thank you

    by arjun qatar.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Larry Bossidy

    In 2006 when I was coming to US, people at TIA stole my Camcorder and last year they stole my gold pen. These pictures don’t surprise me at all.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Tashi

    watch donation gare ra k garne,, arko din mai ek jana airport karmarcharya ko ghar ma pugcha..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • अच्चमै छ हो ! नेपाल सरकारको काम र कार्यबिधी हरु —— होइन हो त्यो बिमन्स्थलको ( हाकिम तोप्लेको गोरु ) ले जागिर मा बस्द > दिस-पिसब > ढसक > देखाअनु पर्‍यो ??? एडको पैसाले जोडीएको होला ? मुलको पानी त सुकने दिन औउछ —– जाबो कम्मिसनै कम्मिसन देखी बचेँर जुनडाएको फोन —-थोत्रो फोन अब >> गिरज बाजेलाई

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Vihan

    कृष्‍णजी,

    मलाई मनमा लागेको बिषयमा फोटोसमेत राखिदिनुभएछ। धन्‍यबाद।
    हामी नेपाली एभरेष्‍ट, बुद्‍ध र गोर्खाली बीरतामा गर्व गर्छौ। हाम्रो छात्ती ठुलो हुन्‍छ। युरोप, अमेरिकामा पढेकाहरु छन,सिगाँपुर घुमेकाहरु छन। तिनीहरु मध्‍ये केही पावरमा छन; प्रशासन र नीतिनिर्माणमा समेत हात भएकाहरु पनि छन। खालि यस्‍तो मिलेन र त्‍यस्‍तो छैन भन्‍नमा माहिर छन। बढेमाका कुरा गर्नमा
    खप्‍पीस छन। छोराछोरीहरु बाहिर पढाऊछन, तो पनि ठीकै छ। तर सरसफाई र
    एयरपोर्ट सम्‍म सुब्‍यवस्‍थित र सफा राख्‍ने काममा ध्‍यानै जाँदैनन।

    हामी टुरिस्‍ट आओस भनेर चिताऊछौ। तर अन्‍तर्राष्‍ट्रीय एयरपोर्टको हाल र काठमाडौ शहरको फोहोर, एयरपोर्टमा टुरिष्‍टलाई दिक्‍क पारेर सताऊनेहरु र खाते माग्‍नेको बारेमा चाहि यँहा यस्‍तै हुन्‍छ भनेर आखा चिम्‍लिदिन्‍छौ। नेपालीको नाताले बाटामा जताततै दिसा र फोहोर देखेर र एयरपोर्टको कहालीलाग्‍दो ब्‍यवस्‍थामा हाम्रो फुलेको छात्ती छरपस्‍ट हुन्‍छ; मन रुन्‍छ। टुरिस्‍टहरु नाक खुम्‍चाउछन। प्रकृति र जलश्रोतले धनी नेपालका जनता किन गरीब रहेछन भन्‍ने थाहा लाग्‍छ।

    एयरपोर्टको बारेमा जति भने पनि सुन्‍ने होइनन। एकदुई दिन नँया हाकिम आएर वा कसैले कम्‍प्‍लेन गरेको आधारमा सुधारेको जस्‍तो हुन्‍छ। टोइलेटमा पेपर र पानी राखिदिन्‍छन। फेरि केही दिन पछि जस्‍ताको तस्‍तै। नेशनेल ट्रेडिगँको चुरोट र रक्‍सी साहु देखि लिएर चर्पी सफा गर्न खटिएकि मोटी नानी सम्‍म पात्तिएका बेबहार गर्छन। भन्‍सार, अध्‍यागमन र पुलिसको के कुरा गर्नु? साह्रो मात्तिएका छन।आँखामा हेर्दा पनि नोटको बिटा मात्र देखिन्‍छ। अध्‍यागमनको बेबहार झन कस्‍तो भने यी टुरिस्‍टहरु र वाहिर आनेजाने नेपालीले दुख दिए भने झै गर्छन।
    देशमा गोदने मौका पाए पहिले लात्ती एयरपोर्टको भन्‍सार र अध्‍यागमनका अपराधीहरुलाई हान्‍थे।

    एयरपोर्ट सुधारिने होईन। यस्‍तो हालत बर्षौ देखि चलिरहेको छ। हामी नेपालीमा एयरपोर्ट सचाँलन गर्ने क्षमता नभएकै होला त?

    त्‍यसो भए निजी क्षेत्रलाई दिनुपर्‍यो विदेशी देखरेखमा। भन्‍नुहोला देश अस्‍तब्‍यस्‍त भईराख्‍या बेलाँ एयरपोर्टको के कुरा गर्ने? म भन्‍छु देश अस्‍तब्‍यस्‍त हुनमा एउटा एयरपोर्टको सम्‍म राम्ररी ब्‍यवस्‍था मिलाउन नसकेको पनि एउटा कुलक्षण हो।

    जति भने पनि सुन्‍या नसुन्‍यै गर्छन। दिक्‍क लागेर हामी भन्‍न छाडिदिन्‍छौ र
    पछि फेरि आफैलाई परिआउदा मात्र झस्‍कन्‍छौ। नेपाल एयरलाएन्‍स र
    एयरपोर्ट हाम्रो नाक काटने सस्‍थापनहरु हुन। यी दुइटै हाम्रा carriers of shame हुन।मरेको बाख्रो बोकेर कहिलेसम्‍म गन्‍हाइरहने होला?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kumar

    Dear Krishna ji

    This is ruals in Nepal. Kanuna cha kagaja ma. Neta chan Kursi ma. Internatinal Biman Esthal cha tara tesama bhayaka kunai pani peuna dekhi leyar hakima samma kunai kama ko chhainana teastai ho Nepal ko kanuna Neta ko boli matra ho. tapai ko Tasbir ramro lagao tara yada garnus nepal ka Neta harule yo tasbir dekhe bhane tapailai yo ke gareko bhanlana hai.
    Ma pardesha chu ta Aafulai Nepali bhanda pani ……..lagacha.

    any way thanks for you.

    Kumar Japan

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prabhat

    कृष्ण जी;
    ” सब भन्दा पहिला आफुलाई सुधारौ !!!!त्यों बाहेक अरु उपाय छैन मुलुक बनाउने”
    सब भन्दा पहिला अफ्नो बारेमा लेखन सकिंछ की नै?त्यता पनी हेरने हो की? बिदेस आउने बेला पुरा ट्याक्स तिरेर कुन नेपाली ले समान ल्याउने गरेको छ? ट्याक्स तिरेर कुन नेपाली ले समान लाने गरेको छ? पैसा कमायो; समान किन्ने बेला टैक्स को पाना कसले माग्छ? दिने ले त दिने कुरै भयेन/ यस्ता अनगिनती कुरा हरु छ जो हामिले पहिला आफू बाट सुरु गर्नु पर्ने छ/ त्यों कुरा पनी लेख्नु पर्दैन र क्रिस जी?केही छैन अर्को पटक लेखन सकिंछ /
    मैले ब्याक्तिगत रूप मा तपाई लाई भनेको कुरा नसंझनुहोला/ यो सप्पई नेपाली हरु आफू नै रोगी छ/

    कमसेकम मुलुक को धेरै समस्या मध्य को एउटा समस्या राख्नु भयो; जान्ने मौका त के भन्ने? भोगेर आको हो/तपाईले सार्बजनिक गर्नु भयो/त्याहा को चर्पी र टेलीफोन अनी इन्फोर्मेशन डिसप्ले टीवी को बारेमा ; अंतरास्त्रिय उड़ान गर्ने हरु र नगर्ने हरुले पनी त्यों देखने र जान्ने मौका पाए/धन्यबाद को पात्र हुनुहुन्छ तपाई/

    फेरी arrival को चर्पी तेस्तो नहोला; किन की त्याहा त आची मा सुनपनी हुन सकने भएको ले राम्रै संग सफा गर्या होला/
    धेरै कुरा छ सुधार्नु पर्ने; एअर पोर्ट टलक्क टल्काऊदै मा पर्यटन बढ़ने हो र? बाहिर निस्के पछि टैक्सी चालक ले ठगने; नेपाल बंद गर्ने नेपाली नै हुन क्यारे; पर्यटक लाई चिर्पट ले हान्ने पनी हुने वाला नेपाली सेना नै हुन केरे?काठमांडू वा पुरा नेपाल मा जस्तो यूरोप मा पर्यटक लाइ ठगिन्छ ?
    त्यसैले यो च्याप्टर मा नजानु नै ठीक होला/ पहुना औदै छ भनेर घर सफा गर्ने कुरा भन्दा म आफू नै फोहोर भये भन्ने सचेतना बाट काम थालिनु पर्यो/
    कहिले काही त यस्तो लाग्छ “बिष को कीरा बीस खायेर बचेको हुन्छ” हामी पनी त्यही गर्ने अरु के उपाय होला तल देखि माथी सम्म भ्रष्टाचार बाहेक केही छैन/चुप बसौ की जस्तो लाग्छ /
    त्यसैले सब भन्दा पहिला सुधार को काम आफू बातै थालानी गरम; अर्को ले चोर्यो ; मैले नचोरेर देस बन्छ र भन्ने पाखे; चंडाल; बदमास र बाठो चोर हरु को आबाज; कलम र रगत कुनै पनी कुरा ले देस बन्न सक्दैन /
    त्यसैले सुधार को लगी पत्रकार को कलम काफ़ी छैन; सड़क का जनता को आबाज काफ़ी छैन;र क्रांतिकारी हरुको रगत को खोलो ले पनी केही गर्न सकने वाला छैन/

    बस एउतै बिकल्प छ; त्यों हो “ब्यक्तिगत आचरण मा सुधार”; त्यों बाहेक अरु औसधि को प्रयोग भैसकेको छ/ मेरो अनुभब मा; यूरोप को उदाहरण लिनूस; त्याहा बस को टिकट नकाटी कोही हिडेको छ? भुल्चुक मा त्यों हुन्छ: तर कंट्रोल भयो भने भूले भनेर माफ़ी हुन्छ? हुदैन/ तिर्नु पर्छ ५०_६0 यूरो त्यस्तई ……..एक्पटक मेरो साथी ले चाकलेट को भुतला बाहिर फाल्यो; प्रहरी ले देख्यो चट ५० यूरो फाइन / यूरोप मा चाकलेट को खोस्तो फलेका हुन्न सड़क मा भन्ने हैंन नत्र त बिहान बिहान नगरपालिका ले सयौ लाई सड़क सफा गर्न किन पठौनुपर्थ्यो? तर कम्ती मा नजर लाग्यो भने कारबाही हुन्छ; तेसैले यहा कम मात्र नियम उल्लंघन हुन्छ/सरकार ले कारबाही गर्न सकें भने सफा गर्नु उसको दाइत्व पुरा गर्छ/ सबै आ आफ्नो ठाऊ मा फिट छ/ आफ्नो काम सबै ले गर्छ/
    मेरो मुलुक कहा तेस्तो छ? म नै चोर चर्पी को भित्ता मा मुतने म; केरा को बोक्रा सड़क मा फालने म; २ दिन सरकारी कार्यालय धाउन गारो मनेर घुस दिने म;समान किन्दा टैक्स नतिरने म; चोरेको बालुवा ले घर बनाउने म; धेरै त्यस्ता कुरा हरु मैले गरेको छू; र आज सम्म मलाई कारबाही १ रुपिया भको छैन; जति ठगे त्यों मेरो छोरा ले मस्ती गर्छ; तर पनी म ढुक्क छैन आफ्नै भाबिस्य प्रति; छोरो को भबिस्य प्रति/
    मुलुक ठगने लाई कहिले ढुक्क र शान्ति मिलने छैन/ चाहे त्यों गिरिजा होस चाहे अर्को नेता …..चाहे कुनै ब्यापरी चाहे कुनै पुजारी ….

    हो दंड हीनता को अबस्था नेपाल मा छ; सब्भन्दा ठुलो समस्या त्यों हो/
    त्यसैले साथी हो अब धेरै भासन; आबाज ; र रगत को खेलो छोडू; र आफुलाई मात्र सुधारौ सकिंछ परिबार सम्म लाई सुधारने प्रयास गरौ.
    एक्पटक त्यसो गरेर हेरौ न……………………….केही हुन्छ की!!!!!!!!!!!!!!!

    धन्यबाद

    प्रभात पौडेल
    बाग्लुंग

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bandy

    nekai dukha lagyo desh ko ek matra international airport ko halat dekhere yo dekhere ta bideshi ta ke hami nepali lai pani afno desh aauna garho huncha . kai kahile hamro desh ramro hune ho ??????????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pradhan

    I request all colleagues to read this relevent article.

    देशको नरक एयरपोर्टबाटै सुरु हुन्छ

    राज महर्षी
    मस्को (Source: http://www.freenepal.com)
    अमृत भरिएको भाँडोको टुटी दुर्गन्धित र फोहोर भयो भने भाँडोभित्र अमृत छ भनी गर्व गर्न पनि अन्कनाउनुपर्ने हुन्छ ।

    सुख, सुविधा, ऐस, आराम र आनन्दको सापेक्षिक भाव झल्काउन बोलीचालीमा प्रयोग हुने स्वर्ग र नर्कको बुझाई व्यक्ति पिच्छे फरक हुन सक्ला -यो बुझाईको लागि हामीले मृत्युको अनुभव गरिरहन आवश्यक छैन र यसको नैतिक मूल्य आफ्नै ठाउँमा छँदैछ ।

    दुनियाँको अगाडि सहरहरुमा असनमा फोहोर मैला फिंजाएर सभ्यताको उल्टो पाठ सिकाउने हाम्रो परम्परामा समेत स्वर्ग र नर्कको फरक भाव झल्केको पाउछौं-फोहोर हटाउन भन्किने झिगा, किरा फट्याङ्ग्रा, प्राणघातक भाइरस, किटाणु र फोहोरको फोहोरी वातावरणले स्वर्गको भूमिका निर्वाह गरिरहेको हुन्छ भने अन्य प्राणीहरुका लागि त्यो नरक समान हुन सक्ला । देखिहाल्नु भयो-एउटै कुरो कसैका लागि स्वर्ग भइरहेको हुन्छ, कसैका लागि नर्क भइरहेको हुन्छ । यस अर्थमा, स्वर्ग-गाउँमा हुन सक्छ, सहरमा हुन सक्छ, नर्क-देशमा हुन सक्छ, विदेशमा हुन सक्छ, सत्ताबाहिर हुन सक्छ, सुविधाबाहिर हुन सक्छ, आलोचनात्मक लेखमा हुन सक्छ, व्याङ्ग्यत्मक कवितामा हुन सक्छ, सर्वत्र हुन सक्छ ।

    एउटा गजबको आहान छ ‘नमरी स्वर्ग देखिदैन’ । तर यो उखान बनाउनेलाई पनि थाहा हुनुपर्ने कुरो हो कि नमरी स्वर्ग पनि देखिंदैन । उखान बनाउनेले सभ्य बोली रहेको रहस्य पछि मात्र थाहा भयो ।

    सगरमाथाको देश, बुद्धको देश, वीर गोर्खालीहरको देश, बलिया हिमजाती शेर्पाहरुको देश, लाली गुराँस र चिमालको देश, डाँफे मुनाल र मन्दिरहरको देश, विज्ञापनमा जहिले पनि पृथ्वीको स्वर्ग हुनु स्वभाविकै छ । जब त्यो स्वर्ग हेर्ने रहरले विदेशीहरु सीमा क्षेत्रका प्रवेशद्वार हुँदै नेपाल छिर्छन्, तीतो अनुभूतिको पराकाष्ठामा उनीहरुको नरक प्रस्थान आरम्भ हुन थाल्छ । मृत्यु विना नै एयरपोर्ट र बोर्डर-क्रस इन्ट्रान्सहरुमा !

    सिङ्गो देशको छवि विगार्ने एयरपोर्टको नरक प्रकरणले देशको राजनीतिक व्यवस्थासँग कुनै सरोकार राखेको देखिदैन ।

    पञ्चायतकालमा विदाको अवसर पारेर स्वदेश आउने विद्यार्थीहरुले समेत एयरपोर्टको क्यान्भासमा देशको नरक देखिइरहेका हुन्थे । सोभियत संघको पालामा भएको केही स्वदेश भ्रमणमध्येको एउटा अविस्मरणीय घटना बनेर आजसम्म पनि नाचिरहेको छ मेरो मानस पटलमा ।

    भन्सारको समस्या हुन सक्ने भएकाले घरका लागि खाली हात जान नपरोस् भनी मैले एउटा रुसी क्यासेट प्लेयर मात्र किनेँ तर रुप-पार्टनरले एउटा रेफ्रीजेरेटर, तीन वटा जापानिज भिडियो प्लेयर र तीन वटा जेनिथ फोटो क्यामेरा चट्ट मिलाएर सुटकेशमा प्याक गर्न मेरो सहयोग माग्यो । जवाफमा, मैले उसको नेपालमा महाविजोग हुने सपना देखेर, भरमार गाली गर्न थालेँ । उसले मलाई सुनेन, हामी सँगै उड्यौं । ऊ कतिखेर एयरपोर्टबाट निस्क्यो थाहै भएन, उसले आफू निस्केको कुराको जनाउसमेत दिएन, देख्नेहरुले निस्कनेहरुमा ऊ पहिलो भएको दावी गरे । क्यासेट प्लेयरको भन्सार शुल्क टन्नै तिर्नुपर्ने भएकाले हाम्रो खिचातानी साँझसम्मै लम्बियो । खेलौना, लत्ता कपडाहरु जबरजस्ती खोसेपछि पनि र्झन नसकेका आँसु लिएर बाहिरिन लागेको बेला चिनेको मान्छेले बोलाएको जस्तो भान परेकाले पछाडि फर्कदा छिमेकी जिल्लाको गुरुङ दाइ हात हल्लाएर मुसुमुस हाँसिरहनु भएको थियो । हङकङको त्यो लाहुरे दाइले सँगै बाहिर निस्कने संकेत दिएपछि मैले नाइनास्ती गर्ने कुरै भएन । लाहुरे दाइको चेक हुन थाल्यो, उनका पनि धेरै सामानहरु गैरकानुनी रुपमा लुटिए । तर, टीभी छुटाउलान् भन्ने आशाले उनले सहेर बसेका रहेछन् । जब विलासिताका सामग्रीको रुपमा टीभीका लागि कचकच सुरु भयो, कुराकानी पनि गर्मागर्मी नै भए । त्यसपछि गुरुङ दाइको टाउकाको फ्युज जलेछ क्यार-न्वारानदेखिको बल निकालेर उहाँले भुईमा पछार्नुभयो जापान मेड पानासोनिक टीभी र हामीसँगै बाहिरियौं ।

    बहुदलीय प्रजातान्त्रिक व्यवस्था आइसकेपछि पनि नरकरुपी एयरपोर्टमा कुनै सुधार आएन । स्वदेश छिर्ने बेलामा दशैंका लागि लगेका दुई वटै भोड्काका बोतलहरु जबरजस्ती खोसेपछि आफूजस्तै अभिशप्त कविहरुको गला पुश्किन र टाल्सटायको देशको सोमरसले सिंचित गर्ने सपना पनि टुहुरो बन्न पुग्यो । स्वदेशबाट विदेशिने बेलामा नियन्त्रक अफिसरको नाइकेले दशवटा पुस्तक हामीलाई छाड्नोस् बीस वटा मात्र लैजानुस् भनी जबरजस्ती गर्दा आफ्नो बौद्धिक सम्पत्तिको जगेर्ना गर्ने क्रममा झण्डै मेरो उडानै कसो छुटेन ।

    यस्ता अप्रीय, तीता, देशद्रोही देखेसा र दर्दनाक घटनाहरु कति होलान्-त्यसको लेखाजोखा कसले गरिदने ? हाकाहाकी हुने देशविरुद्धका क्रियाकलापहरुलाई एयरपोर्टमा छुट दिनेहरुको किन कहिल्यै कारबाही हुँदैन ? एयरपोर्टमा हुने अनियमितताहरु वैधानिक हुन भने त्यसको कानुनी प्रावधानहरु किन सार्वजनिक हुँदैनन् ? हाम्रा शासकहरुलाई देशको नरकको प्रारम्भिक ठेगाना थाहा छ कि छैन ?

    यस्तै प्रश्नहरु बोकेर म मस्को आइपुगेँ । थाके पनि एकै क्षण समाचार सुन्ने चाहनाले टीभी खोल्दा त म छक्कै परेँ । संयोग भनेको कहिलेकाहिँ यस्तै हुन्छ भनेर चित्त बुझाएँ । त्यो घडीमा नेपालसम्बन्धी बनाइएको विशेष डकुमेन्ट्री फिल्मको रुसी भाषामा प्रसारण भइरहेको रहेछ । ‘हाम्रो देश होइन रहेछ, घुसखोरी, भ्रष्टाचारी सबैलाई उछिन्ने देश नेपाल पो रहेछ…..’ सगरमाथा आरोहणपश्चात स्वदेश फर्केका रुसीहरुले एयरपोर्टदेखि सगरमाथासम्म कस्ले कति पैसा मागे, कसले कति पाए भनी आर्थिक विवरण पेस गरिरहेका थिए । उनीहरुले नेपालीहरुको भ्रष्ट नीति र प्रवृत्तिहरुको खुला भण्डाफोर गरिरहेका थिए । त्यो फिल्म हेरेर बाहिर निस्कँदा कसैले परिचय मागेमा कसरी आफ्नो परिचय दिने होला भन्ने सन्तापले पोल्न थाल्यो मलाई, आत्मग्लानीले म पानी-पानी भइरहेको थिएँ । यो त मेरो व्यक्तिगत अनुभूतिको पहिरो मात्र हो । देशको पर्यटन क्षेत्रमा यो पर्दाफासले कस्तो असर पार्‍यो होला १ त्यसको लेखाजोखा वा मूल्याङ्कन दर्शकले गर्ने कि सम्बन्धित क्षेत्रका निकायहरुले ?

    विदेशीहरुमाथि गरिने दुर्व्यवहारको प्रसंग कोट्याउँदा एयरपोर्टको नरक-गान मात्र गाउँदा गोरु चोखिने भन्ने होइन, देशभित्र पनि हत्या, लुट र चोरीका दर्दनाक कहानीहरु हजारौं छन्, जसले यो सानो लेखमा बास पाउन सकेनन् यो चोटी ।

    एयरपोर्टदेखि बाटाका घुम्ती, उकाली/ओरालीहरुमा होटल नपुगुन्जेल विदेशीहरुले भोग्न परेका यावत घटनाहरुपश्चात पाँच तारे होटलको रिसेप्सनमा सुकिलो राष्ट्रिय पोशाकमा बत्तीस वटा दाँत टल्काएर ‘वेल-कम’ भन्दा उनीहरुलाई हलिउडको हरर फिल्मको शान्तिपूर्ण दृष्यको अनुभूति होला कि नहोला ? जिज्ञासाको यो मनोवैज्ञानिक प्रश्नले मेरो मनमा अझै पनि विश्रान्ति पाएको छैन ।

    यो लेख नेपालको एयरपोर्ट-तन्त्र विरुद्धको मुर्दावाद-नारा मात्र होइन, उक्त समस्याको निराकरणका लागि अपरिहार्य सूचकको आशय पनि हो । डाक्टरले रोगको नाइग्नोशिस मात्र गरेर पुग्दैन, त्यसको उपचार पनि गर्न सक्नुपर्छ भनिन्छ ।

    चाहे गिरिजाको सरकारले अर्को दश वर्षको सत्ता अपुताली पाओस् वा प्रचण्डको सरकार निकट भविष्यमा आओस्-देशको एयरपोर्ट नरकको विम्बबाट मुक्त हुने कुरामा आशावादी हुन साह्रै नै गाह्रो छ- किनकी त्यहाँ लाखौं र करोडौं अनियमितताका मृत्युहरु सल्बलाई सकेका छन् ।

    तैपनि नेपाल सरकारले एयरपोर्टलार्य अब आइन्दा कहिल्यै पनि नरक नबनाउने शपथ खाएर यो हरफको लेखकलाई स्वतन्त्र नेपालको सम्पादक मार्फत भेट्न साहस गर्‍यो भने एयरपोर्टलाई नरकको होइन स्वर्गको द्वार बनाउने अत्याधुनिक प्रविधि एनआरएनए-मार्फत सुम्पन म अहिले नै तयार छु । सरकारले केवल इमान्दारितापूर्वक आँट गरे पुग्छ । भरोसा हामीजस्ता जनताबाट पनि सम्भव हुनेछ । अस्तु ।
    (Source: http://www.freenepal.com)

    Pradhan, South Africa

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Jogi, Netherlands

    I think Tribhuwan international airport is even worst that the writer showed here. Immidiately when you get your luggage they ask for bribe directly. If You are comming from the gulf countries, you can easily see dozens of staffs asking for bribe all over luggage hall. Taxi drivers harassment is also terrible. Cheater are stationed almost all over. Last time I also saw one woman staff thrashing an innocent looking nepalese who is going to Qatar without any reason. The tourism bord collect Rs. 1100 tax for each person, and they did nothing to improve the situation. That money just goes for their board members foreign trips. I feel shame to write about the about the condtion of the airport.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • dipendra

    haso ra dukha lagdo kura. ke garne na bigreko dhau nai chaina hola sayad.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Anuchya

    Last time maa ghara jaada , Escalator taa thiyo tara
    Chaldai nachalne , pahila taa Automatic ho ki bhanera few sec jaati wait gare …keh ko hunu ni ….Just it was used as ladder. Sarai dukha lago

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Enu Bahadur Magar

    Please give the responsibility to YCL for cleaning the mess of TIA.They are young,energetic,honest,sincere,dedicated and committed to build a New Nepal.Best to start with the airport.It must be made mandatory for the Tourism Minister to inspect the terminal once a day.Rule of Law must be imposed with stringent actions of reward and punishment.And see the result.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sudhir

    brilliant job!!! still there are a lot of places to be exposed, please try later.
    also someone also needs to record how do the staffs from immigration to other department speak with other passengers.
    sudhir

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • samarpan,doha

    KRISHNA JEE THANKS ALOTS .HAMRA DESH KA NETA BHANAUDA HARULE PADHNA ANI HERNA PARNE HO YO BLOG THANKS ALOT………..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • अ हो के बिजोग रैछ नेपाल म टोरिस्ट लगेर क गर्नु हो बेइजत मात्र हुने रैछ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • achyut thapa

    welldone.u did very good work.naramro kura haru ko yasari nai pardha phas garnu parcha. thanks.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • raj

    krishna ji
    thanks for the interesting photos of international photos which reflects the real picture of nepal as well.if we canot hope some thing good from the baster political leaders.if you are able to catch one photo of that person who threated you not to take photo that will be great,Anyway thanks for the good job

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bhoj raj giri.

    krishna jii namaskar and thanks alot for information
    of bigreko nepal.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Chhatra Bahadur Thapa

    All above comments are good.

    I would like to say the Airport Management staff should be kick off from this incoming place and replace with trustworthy staff who don’t looks after bribery. This is their duty to check all the Airport facilities etc.

    Chhatra

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • tinkari

    ohh god !! I just cannot imagine that. Only international airport and condition is like this. Are these people do not think even a bit about their responsibility? Are they nepalese? Were they born in Nepal or brought in from Bihar??

    May god help to bring power of thinking to these people and their leaders.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Rana, Lachhuman

    Krishna ji yo photo ko ek/ek prati copy Tourism Board ra Prayatan Mantralayalai pani pathaunu paryo. Ani euta lekh sanga Nepal ko daily newspaper(Kantipur) lai pathauna sake kaso hola? yeso garna sake dherai ko nazar ma pani jala ra sarkar ko pani dhyan tanna sakne thiyo ki?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ram

    चर्पी फोहोर भ्रष्टचार कमिसन ढिलासुस्ती सैलजा, सुजता गिरिजा मै खाउ मै लाउ, मेरो परिवारले मात्र खानपाओस भए पछी अब कहाँ बाट विमानस्थल पनि राम्रो हुन्छ त?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Strange

    The ariport officials are too busy in mismanaging all sort of illegal issue like smugling, looking for loot, bribe fixing and troubling innocent passangers and waste times of tourist than helping them. The international airport collect so much taxes but no attention to very basic hyegene and clealiness and some routine maintenance. A very disgusting way to welcome to Nepal and showing no decent people lives in the country who cares about such basic thing. An very unpleasant introduction and unwelcome atitude if the people in airport management have any responsibility. I donot thing it is the issues of fund it more an issue of attitude and lack of responsibility. It shows how irresponsible people work in every sector of service in Nepal. Wake up.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • dewansarita

    kishnag tapaele sarai ramro kura bahira lyaunu vayo ekdamae khusi lagyo.dhanyabad chha tapaela.
    hami nepalile garnu parne sudhar nagarera khali nachne gaune bahek kehima pargati garna sakena.sathae neta harukota kurae chhodauna.keho tyonepalko gati chhichhi manaparena ba….malaeta

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • chhetri

    who is the bloody airport incharge????????????????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Baburee

    जब पहिलो पटक नेपाल टेक्नुहुण्छ, अनी एस्तो दुर्वस्था देखेपछी कस्तो लाग्छ होला आँफै भन्नुहोस न। धिक्कार छ नेपालको एउटा मात्र international airport।
    सन २००१मा त राम्रै थियो,म २००४ म नेपाल जाँदा अल्ली खत्तम भएको थियो,अहिले त बर्बाद नै भएछ ।खै को जिम्बेबार छ एस्तो basic कुराको जिम्मेदार???? एउटा सानो नेपाल पनि यत्ती अस्तब्यस्त ……

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Strange

    When people like Girija his useless daughter remains ministers in Nepal these thugs and criminals do no have time to look at all mess and problems of Nepal. They are always busy in dirty game of politics to stick on to the chair and corrupt millions by creating problem but not designing any solutions. Now we are tired of their bakamphuse gaph, consitent inaction, series of thugi, continuation of status quo and their thriving corrupt politics. Lets dump this useless government of thug and criminals.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bidur

    haha .. i too felt tat .. zhan bhairahawa ko airport ma ta bhangera ko guud thiyo .. chara uddai thiyo yeta utta .. haha !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • aasish,switzerland

    अहिले सम्म बाहिर नआयको कुरा बाहिर ल्याउनु भयो धेरै धेरै धन्यवाद।के गर्नु सबै कमिसन र् घुस खान मात्र खोज्छन त्यही भयर होला यस्तो भयको। पैसा त टन्न आयको थियो होला नि सुधार गर्न भनेर तर के गर्नु आयको सबै पैसा ले त्या का कर्मचारी को घर मर्मत गर्दा गर्दै सकियो होला अनी कहाँ बाट बिमान स्थल को सुधार गर्नु।जे होस सत्य तथ्य था भयो फेरी पनि धन्यवाद छ। अनी भबिस्य मा पनि यस्तै समसामहिक बिसय मा कलम चलाऊनु हुनेछ भन्ने आशा गर्दछु
    aasish
    swiss

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • swastik,usa

    ani parsipalta tapaile saman ta paunu bho?ki tesko pani aayog gathan garnu parne bhako 6??

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • loknath kharel

    krishna je dhari ramro 8

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • pasang

    good article.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ashutosh/us

    next thing is the uniform of workers, it is very difficult and looks dirty, when they don’t have uniform. Even if it’s cheaper, airports uniform should be similar. this can make airport look good.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Luna

    Airport is like this ,
    Then How it looks Grijas’s Nibasthan ?
    How it looks Prachanda’s Nibasthan ?
    How it looks Madav nepal ‘s Nibasthan ?
    How it looks all those kind of leaders ‘ Nibassthan (home /Mahal )
    How it looks Narayani hiti Darbar ?
    And how it looks Airport ? Hospital ? College ?
    Road ? Admistation office ?
    Tereable!
    All tax goes thoes people pocket , so how it will
    be for Nepal ?
    Thanks a lot for your report Krishna ji .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • alicia

    if u belive that kind of poltician u will be crazy those people only bring program they don’t know where from start …..if got money that only for them not fpr country develope of country…. what we need to do u know “latle vakurnu parcha” kina vane tiniharu ko bal le hami bidesh ako ho ra tiniharu ko rajniti le desh bigharera arkako desh ma bhada majera basnu pareko cha …

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ja hos Public Phone ko Namuna ta reychaa. Tetti hunu pane thulo ho hamro Nepal ma

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Dilip paudel

    बिदेसिलाई आफ्नो देशको बारेमा जानकारी गराउने यो भन्दा उत्तम उपाये अरु के हुन सक्छ

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • neemaa

    khai ke bhanne, saro dokha lagcha, manche heryo bhane rish utcha.khali paisa matra mangha.mero comments ,

    telephone card RS 200.00 ma kinyo telephone chaina.
    mero paisa RS 200.00 counter ma gayap. mobile phone phone pani gayap. check in desk pani bargain,

    je hos tourist 1st time nepal visit gare pachi 2nd time nepal visit gardaina.

    Nepal ko neta haru ko BIG chakap matra huncha.sabai mouth le cover garcha.Nepali bhannu pani laz lagcha.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • santosh paudel

    dear all,
    i can provide one watch for trbhuwan international airport.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Rajan

    कृष्ण जी,
    तपाईंले साह्रै राम्रो बिषयमा कलम चलाऊनु भयो । यसको लागि धन्यवाद । हुन पनि के भएको यो ? ‘भत्केको घरको बिग्रेको झ्याल, जता हेर्यो प्वाल नै प्वाल’ भने जस्तो । टुरिष्ट नेपालमा पैसा बढी भएर फाल्न आउने त हैन नि बाबा । नेपालको सरकार के हेरेर बसेको छ ? विमानस्थल्का कर्मचारी के हेरेर बस्छन । आफ्नो देशको यो दुरवस्था देखेर, रुन मन लाग्छ भनेको । तर के गर्ने ? केही गर्न सकिन्न, उपाय छ भने भनिदिनोस ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes