मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    दलहरुको बाढी आएछ

    संविधान सभाको निर्वाचनमा कति वटा दलहरु सहभागी हुनेछन् ? अनुमान लगाउनुस् त।

    तपाईँको अनुमान कति हो, त्यो त थाहा भएन तर यो सानो देशमा दलहरुको संख्या ७२ पुगेछ। हजुर, मंसिर ६ गतेको निर्वाचनका लागि जम्मा ६१ वटा दल दर्ता भएका थिए। मंसिरको निर्वाचन चैतसम्म सर्दा थप ११ वटा दलले दर्ता गर्न निवेदन दिएपछि अब यो संख्या ७२ पुगेको छ। चार महिनामा ११ वटाको दरले दलहरुको संख्या बढ्दै जाने हो भने चैतमा पनि निर्वाचन नभए झन् कति दल पो पुग्ने हुन् ?

    नयाँ दल दर्ताका लागि निवेदन दिनेहरुको सूचि यस्तो रहेछ-

    तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर, (मधेसीहरुको पार्टी)

    मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी अध्यक्ष गोपाल गुरुङ, (मंगोलियनहरुको पार्टी)

    नेपाल साम्यवादी दल महासचिव रवीन्द्रकुमार बस्नेत,

    नेपाल परिवार दलका महामन्त्री विनोद डाङ्गी, (वाह क्या नाम छ- परिवार दल। परिवारका सबै सदस्यहरु पदाधिकारी रहेछन् कि के हो ? )

    सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अध्यक्ष कमल छाराहाङ,

    नेपाः राष्ट्रिय पार्टी अध्यक्ष केशवमान शाक्य, (नेवारहरुको पार्टी)

    मधेसी जनअधिकार फोरम पार्टी अध्यक्ष भाग्यनाथ शाह, (मधेसीहरुको पार्टी)

    नेपाल लोकतान्त्रिक समाजवादी दल पार्टी अध्यक्ष उपेन्द्र गच्छादार,

    नेपाल सुकुम्बासी अव्यवस्थित पार्टी (लोकतान्त्रिक) अध्यक्ष बुद्धिमान डौसी, (सुकुम्वासीहरुको पार्टी)

    ताम्सालिङ- नेपाल राष्ट्रिय दल महासचिव परशुराम तामाङ (तामाङहरुको पार्टी)

    र,

    चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका महासचिव केशवप्रसाद मैनाली (तराईमा मधेसीहरुको क्षेत्रीय पार्टीविरुद्धको पार्टी)

    सबैले आफ्नो जात, क्षेत्र र वर्गकेन्द्रित पार्टी खोलेको देख्‍दा तपाईँलाई पनि विदेशमा बसेका नेपालीकेन्द्रित पार्टी खोलुँ जस्तो लाग्यो कि के हो ? त्यसो हो भने प्रस्तावित नाम र संरचना विचार गरेर राख्‍नुस्। अहिले त दल दर्ता बन्द भइसक्यो तर चैतमा निर्वाचन भएन भने (त्यसो नहोस् तर हुने संभावनालाई नकार्न सकिन्न) चाहिँ फेरि दल दर्ताको आह्वान हुनसक्छ।

    अँ, बरु दल दर्ता गर्न हस्ताक्षर पनि संकलन गर्नुपर्छ। त्यसैले जतिसक्दो हस्ताक्षरहरु पनि संकलन गर्दै गर्नुस् है।

    No related posts.

    24 comments to दलहरुको बाढी आएछ

    • aasish,switzerland

      होइन सबैले आफ्नो आफ्नो पार्टी को नाम राख्न लागेछन अनी म चाँही किन नराख्ने लौ साथी हो मेरो पार्टी को नाम चै के भने ……………
      होइन अहिले सम्म कस्तो कस्तो नाम हरु दर्ता भयो ह ?पैला थa त हुनु पर्‍यो नि नत्र भने बिधान एक नाम ले बनाउला अनी भोट पनि मागौला अनी भरे पछी भन्दै जादा त पार्टी अर्कै को नाम मा दर्ता भै सकेछ भने त बिधान पनि पानी मा अनी भोट पनि पानी मा गयन?त्यै भयर पैले थाहा त हुनु पर्‍यो नि दर्ता भयका पार्टी हरु का नाम ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subarna Shrestha

      लौ लौ खोलू नया पार्टी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ab kehi gari yo chait ma hune chunaw pani bhayen bhane pakkai pani hamile mero sansar party kholnu parchha ra ani desma chunaw garaunu parchha ki kaso umesh ji……………???????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram

      Launa 72 bhaneko dherai thorai bhayena ra bhanya?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram

      Launa 72 bhaneko dherai thorai bhayena ra bhanya?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • The numbers of parties are increasing that is good for the democracy. American should learn it from us and leave their two party systems of democracy.

      I think only few parties would win the people’ heart and mind such as NC, UML, Maoist, Sadhvawana, Forum etc.

      Hope to see all them elected in free and fair CA election 2064.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj kumar rayamajhi

      sujhab ta ramrai ho, as barema pachhi nai sochnu parla, ki kaso ta babu jagannath?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • swastik,usa

      jamma 75 wota party kholera sabailai yeuta yeuta jilla(district)bhag banda lagayera dine ho bhane ta desh chadai bikash hunthyo ki

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himalayan Nepali

      My party name is Himalayan Nepali Remitant party. our Remitant should be use to deveplop only those who stays abroad from nepal to their family.

      Chairman of Himalayan Nepali Remitant Party
      Himalayan Nepali

      All other member are gulf counry’s nepali, European one, usa one and so on

      Kasto lagayao ta mero party Sathi ho
      juse let me emial nayanepal_2006@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anil

      ok ok ok…i have a party tooo
      “Gyanendra Party”
      slogan=”yo yo I’m gonna boo thats 72″

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoj

      I would like to register
      NRN Party Nepal

      please put urs comets

      pratik
      Reading
      UK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • party harule janatako ra karya kartako paisa sakne melo gare aba.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • drabin

      आठ पार्टी का जुका सांसद ले किन १० लाख रुपिया बिकास खर्च भन्दै राष्ट्र को धुकुती बात लिएको हाँ???के सबै सांसद लाइ इंडिया ले ५० लाख दामासाही ले दियेमा देशई बेचिदिनेपो हो की???यो अमेरिकी राजदूत ले उठाको कुरा ले ध्यांग्रो ठोक्यो|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      जे जती वटा पार्टी खोले पनि आखिर चुनावमा सिट ल्याउने भनेको नेपाली कांग्रेस, एमाले, माओवादी, रा.प्र.पा, सदभावना नै हुन । नयाँ पार्टिमा तराइक केही पार्टिहरु जसतै जनाधिकार फोरम, तराइ मधेस पार्टी आदिले पनि केही सिट ल्याउलान । अरु त् उही पार्टिको नाममा पार्टी मात्र हुन । यिनिहरुको काम छैन, के गर्ने त? पार्टी खोल्ने चित्त बुझाउने । चुनाव जित्न नसके पनि म यो पार्टिको यो पदमा छु भन्न त पाए ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tom Bahadur

      let’s say, भोट के मा ….. “बेरोजगार लाई रोजगार पार्टी” मा ।।।।।। बेरोजगारीहरुको एक मात्र कल्यानकारी पार्टी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tom Bahadur

      ***नेपाल बेरोजगार लाई रोजगार पार्टी*** खोल्ने भने त निक्कै भोट आउला जस्तो छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ashok

      lets start my sansar friends club parti…………ha ha ha………..4 ota sabda rakhera nam banaya parti?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rasul ansari

      really we r going to open one new party only for overseas nepali/ NON RESIDENT NEPALESE,
      OVERSEAS LABOUR PARTY .

      FROM DOHA – QATAR

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepal know as in the world:-
      1) Mt. Everest.
      2) Mandir nai Mandir vayeko des.
      3) Budha ko Des

      Now It’s updated

      1) Party nai party vayeko des
      2) Mt. Everest
      3) Mandir nai Mandi vayeko des
      [note: aba des ma santhi (peace) vaye po Budha ko des vanera furkinu ]

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • roshan

      BARISTHA MEMBER
      1)RABIN

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binaya

      सम्पादक ज्यू मेरो दल को त नामै राख्नु भएन छ पखानुस है म केहीबेर पछी भन्छु……………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खै ! के गर्न लागेको हुन नेताहरुले , बुझ्नै गार्यो भो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रविन

      हो हो
      let’s open mysansar commentator’s party (democratic)
      MCP (D)

      पार्टी अध्यक्ष ZZ (प्रस्तावित)
      उद्देश्यः विदेशमा रहेका नेपालीको हक अधिकार सुरक्षित गराउने र देश विकासमा योगदान गर्ने (भन्नलाई देश भित्रभित्र आफ्नै पेट चैँ हुने हो कि )
      पार्टी प्रवक्ताः उमेस

      अरु पदाधिकारी तपाईँहरु आफै छान्नुस्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subarna Shrestha

      Why not to register ‘My Sansar Party’ now ?!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker