मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मन्त्री भन्छन्- 'यो मूल्यवृद्धि हैन'

    दिनभर तनावका साथ आजको दिन सकियो। आज दिनभर कति ठाउँमा कतिवटा टायर जले होलान्, कसैलाई थाहा छैन। साँझ सबै प्रदर्शनकारी घरघरतिर लागेपछि सडकहरुको बिजोग देखिएको थियो- जताततै टायरको धुँवाको गन्ध, खरानी। सरकारले सोच्दै नसोचेको स्तरमा स्वस्फूर्त ठूलो रुपमा प्रदर्शनहरु भएपछि मन्त्रीहरुले बोलेको कुरा पनि रमाइलै सुनियो। आपूर्ति मन्त्री श्यामसुन्दर गुप्‍ता भन्छन्- यो मूल्यवृद्धि हैन, यो त परल मूल्यमा समायोजन मात्र हो। अब यी मन्त्रीहरुको बोल्ने कलासित कसले जोरी खोज्ने ? यिनै मन्त्रीले मन्त्री हुने बित्तिकै गर्वका साथ घोषणा गरेका थिए- मेरो पालोमा मेरो हस्ताक्षरमा मूल्यवृद्धि हुँदैन। अब यत्रो भाउ बढ्दा पनि उनी भन्दैछन्- यो कहाँ मूल्यवृद्धि हो र, यो त मूल्य समायोजन पो त।

    अनि अर्का मन्त्री सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराको पनि कुरा सुनौँ न। उनी भन्छन्- आयल निगमले सरकारलाई जानकारी नै नदिई भाउ बढाएको हो। तपाईँ पत्याउनु हुन्छ त यो कुरा ?

    आयल निगम कार्यकारी निर्देशक दिगम्बर झा भने सरकारलाई जानकारी दिएर नै सञ्चालक समितिको बोर्डको बैठकले मूल्यवृद्धिको निर्णय गरेको बताउँछन्। कसको कुरा पत्याउने, कसको नपत्याउने ?

    आयल निगमले विरोध प्रदर्शन चर्किरहेका बेला पत्रकार सम्मेलन आयोजना गरी अति विपन्न वर्ग र विद्यार्थीलाई अलि अलि छुट दिने घोषणा गरेको छ। मट्टितेलमा अति विपन्न वर्गलाई पचास रुपैयाँ मासिक र ग्यासमा विद्यार्थीलाई सय रुपैयाँ मासिक छुट दिने भनिएको छ। तर गरिबहरुको देशमा कसलाई पो विपन्न वर्ग भनेर छुट्याउने हो आयल निगमले ? सुनियो- गाउँमा गाविसको सिफारिसमा अनि सहरमा नगरपालिकाको सिफारिसमा विपन्न वर्गको पहिचान गर्ने रे। अनि हरेक घरमा एक जना विद्यार्थी त पक्कै हुन्छन्, कसरी पो छुट दिने हो ? कति कक्षादेखि कतिसम्मको अध्ययन गरिरहेकाहरुलाई विद्यार्थी छुट दिने हो ?

    मूल्यवृद्धिविरुद्धको यो आन्दोलन यत्तिकै साम्य होला जस्तो छैन। भोलि अर्थात् बुधबार पनि एउटा समूहले उपत्यका बन्दको घोषणा गर्न भ्याइसकेको छ। भोलिको दिन पो कस्तो हुने हो कुन्नि !


    No related posts.

    9 comments to मन्त्री भन्छन्- 'यो मूल्यवृद्धि हैन'

    • binaya

      It seems to increase the fuel price is justified. How government can sale the fuel lesser price than the they buy. India have more expensive oils than Nepal. Sabai Nepal chusne na ta ho ni, sabai lai sittai ma lutnu chha, moj garnu ta chha ni, tanker driver lai tel chorera bechnu parne, petrol dealer lai mattitel misayera bechnu parne, aam janta lai tel ko bhau ghatnu parne, testai testai ta ho ni, sabai bhikhari mentality bhako thau ma.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Saagar

      टायर जलायेरा के नै हुन्छ र साथी हरु हो ……… जलौनु नै छ भन्ने सरकारी भृकुटी म भएको गैस र पेट्रोलियम पदार्थ सड़क म ल्यायेरा टंकीको टंकी म आगो सल्कई देऊ न ………… अनी पो भयो त बिरोध ………. नेताहरू पानी hamra धेरै बाठा भै सकेका छन थाहा छ बढ़ी भंदा बढ़ी नेपाली जन्ताहरूले टायर जलौचन त्यों भंदा बढ़ी कही गर्दैनन……….अब हामी ले प्रत्यक्छ बिरोध गर्नु पर्छ …………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajan

      कुनै पनि वस्तुको भाउ बढदै जानु सामान्य प्रकृया हो । अस्ती भन्दा हिजो, हिजो भन्दा आज र आज भन्दा भोली अवश्य भाउ बढ्दै जान्छ । तर भाउ कहिले र कसरी बढाउने भन्ने कुराको हेक्का सरकारले राख्नु पर्ने हो, तर सकेन । जनताहरुलाई कुन कुरामा सरकारले सहुलित दिनुपर्ने हो ? वा होइन ? त्यो पनि ध्यान दिनु पर्ने हो, तर दिएन । फेरी जहिले पनि भाउ बढ्यो कि नेपालमा यस्तो टायर बाल्ने काम भैहाल्छ । यसले पनि गर्ने केही होइन । सरकारमा भएका दलकै भात्री संगठनले यो आन्दोलन गर्नु पनि जनताको आँखामा छारो हाल्ने काम मात्र हो । यो पनि एउटा नौटन्की नै हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Why these student leaders not demanding resignation of Girija, Pradeep, Mahara on the issue of price hiking? Because, it is only the NATAK (DRAMA). They clearly know that the problem of government and compuslsion to hike the price. They are the members of the sister organisation of NC, UML, NCP Maoist. They wants the mask to hide the faces of their respective party ahead of CA election therefore their mother party signed in price hiking and the leaders asked (lets say ordered) them to organise the rally protesting the price hiking to save their disguised faces.

      This is the too dirty politics of Nepal. We should be aware of this. Government is not in the position to give subsidy on oil since the price has been doubled in international market since last year.

      Government can reduce the taxes on it. They can control the rampant corruption inside the Oil Corporation, sothat the price increase could be kept at minimum.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman,CO,USA

      Kahi nabhako jatra hadigau ma …….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shriprakash

      Nepealese people has to understand one important thing.that is goverment has to increase oil price on this time when oil is $95 per barrel in market.Goverment has to buy oil from india and we buy on more than this price.So please stop doing demonstration and voilation.It doesnt worth it.We are already on big debt so to make it even there is no other way than increasing oil price.
      But our goverment doesnt know how to increase it on right way:
      they suppose to increase like 2 ruppe this month then nobody see diffrence and there will be no voilence.Next month increase again 3 ruppe in patrol and 50 on gas.Like this in a year we can do increase oil price without voilence and help country to make economy better.Increase more on patrol and air fuel so poor people dont get hurt.Only medium or rich people use patrol so they will be ok to pay more.
      shriprakash_l@hotmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • paul

      मैले मेरो प्राथामिक्तामा राखेको के भने मेरो मनमा सधै एउँटा कुराले सताउँने गर्छ,त्यो हो,,,, (भोलि)शब्दलाई जबसमन आजको दीनमा धाल्न सकिदैन तब समन नेपालमा कुनै जँगे होस या फेरि साधु कसैले पनि केहि गर्न सक्छ जस्तो लाग्दैन|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खोक्रो भाषण गर्ने नेताहरु यस्तै हो । व्यवहारमा उतार्ने हैन उई बोलिको भरमा देश हाक्न खोज्छन् फेरि यो त नेताहरुको विशेषता नै हो नि । अनि यी यसरी विरोधप्रदर्सन भए पछि आ-आफ्नो दायित्व बाट भाग्ने गर्दछन् ।
      अनि रह््यो भोलि अर्थात बुधबारको कुरा …..
      भोलि चाही कुन नौलो कुरा होला र भन्या, उई त हो नि सधै झैं हुदै आएको बन्द, जुलुस,चक्का जाम, लठ्ठी चार्ज, टाएर बाल्ने अनि आगो ताप्ने ETC यो त हामी नेपालीहरुमा लत (बानी) नै बसिसकेको छ नि । अचम्म मान्नु पर्ने कुरा नै छैन ।
      लौं जे भो राम्रै भो, जे हुदैछ राम्रै हुदैछ, जे होला राम्रै होला….
      जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raaz morohang

      Neata ko mukh ra khola ko git same ho j garea pani garib janta lai problem ho neata ko ta kalo dhan chha nita yo ta atichar bhayo aba neata pagal bhaya bhrasta char garako chopnu pareana ta dukha lagyo k garnea. Yastai chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker