(अपडेट मध्याह्न १२) इन्धनको मूल्यवृद्धिको विरोधमा आज पनि काठमाडौँ उपत्यका लगायत देशभर प्रदर्शन भइरहेका छन्। काठमाडौँमा बिहानैदेखि उग्र प्रदर्शन सुरु भएको छ। धेरै ठाउँमा टायरहरु जलाइसकिएको छ। टायर मात्र हैन, कति ठाउँमा मोटरसाइकल समेत जलाइएको छ। कति ठाउँमा गाडी तोडफोड गरिएको छ। आन्दोलनकारीहरुले सडकमा साइकल समेत चल्न दिएका छैनन्। बबरमहलतिर रुख ढालेर जलाइएको छ। कार्यालयका फर्निचर लुटेर जलाउने प्रयास समेत भएको छ। प्रहरीले सम्झाउन खोजिरहेका छन्। तर केही भीड निकै उग्र देखिएका छन्। विभिन्न स्थानमा लाठिचार्जसमेत भएका छन्। मूल्यवृद्धि पछिको स्थितिका बारेमा समीक्षा गर्न सिंहदरबारमा मन्त्रिपरिषदको अनौपचारिक बैठक बसेको भनिएको छ।

यो टायरको आगो हैन। यो त कसैको मोटरसाइकल जलाइएको आगो हो।

बित्थामा ‘सहिद’ बनेको मोटरसाइकल
लैनचौरमा टियरग्यास समेत प्रहार गरिएको छ। लैनचौरमा विद्यार्थी नेताहरुले भीड आफूहरुको नियन्त्रणबाट बाहिर गएको र अराजक तत्वहरु घुसेको बताएका छन्। त्यसैगरी बबरमहल, पुतलिसडक, जमलको पनि स्थिति तनावग्रस्त छ। कालिमाटीमा एउटा नयाँ मोटरसाइकल जलाइएको छ।
आज पनि मौसम चीसो छ। घाम लागेको छैन। तर तनावले यहाँको वातावरणलाई एकदमै तताइदिएको छ।
स्वस्फूर्त रुपमा निस्किएको यो आन्दोलनको नेतृत्व सत्तारुढ गठबन्धनका भ्रातृ संगठनहरुले गर्ने भएका छन्। हिजो सात विद्यार्थी संगठनका नेताहरुले यो निर्णय गरेका हुन्।
हिजोका केही दृश्यहरु
No related posts.









आपूर्ती मन्त्री राजीनामा दे ! राजीनामा दे ! राजीनामा दे !
मूळ्य वृद्दी फिर्ता गर् ! फिर्ता गर ! फिर्ता गर !
मन परे हरियो, नपरे रातो
0
1
sambidahan ko chunab garnu man chaina ani almal garna lai ho yo sabai
मन परे हरियो, नपरे रातो
1
0