मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    'म' हराएको सूचना

    - दीपक अर्याल

    कलकत्ताका सँगै पढ्ने साथीहरूले आयोजना गरेको कार्यक्रममा एक्कासी निम्ता आयो। कार्यक्रमपूर्व नै केही नयाँ साथीहरूसँग परिचय साटासाट हुने मौका मिल्यो। एकजना दार्जिलिङको साथीसँग परिचय हुने मौका मिल्यो। परिचयकै क्रममा उनले सोधे, तिम्रो नाम के रे? मैले भने- ‘दीपक’। पुरै नाम? ऊनले फेरि प्रश्न गरे। मलाई भने यस प्रश्नको उत्तर दिएपछि पनि फेरि अरू प्रश्नहरू सोधिनेछन् भन्ने कुराले चिन्तित बनाएको थियो। एक मनले उनलाई नेपालको बारेमा कति नै थाहा होला र? जस्तो पनि लाग्यो। तर, अर्को मनले नेपालका सबै छिमेकीहरूलाई नेपालको वर्तमान परिस्थिति वारे थाहा छ भने, दार्जिलिङका साथीलाई त झन् किन पो थाहा नहोला र जस्तो पनि लाग्यो। त्यसैले मैले अर्याल भनेर मेरो थर बताएँ भने, उनले कुन अर्याल? भनेर सोध्नेछन्। त्यसपछि मैले बाहुन वा मगर मध्ये एउटा भन्नु नै पर्ने हुन्छ।

    केही वर्ष पहिले लाफा पत्रिकामा मगर समुदायको थरहरूमध्ये अर्याल पनि देखेको थिएँ त्यसैले अर्याल मगर र बाहुन दुवै हुन सक्दा रहेछन् भन्ने लागेको थियो। अझ बाहुन भित्र भिन्न-भिन्न अर्यालहरू हुन्छन्, उनले, तिमी कुन अर्याल भनेर पनि सोध्न सक्नेछन्। उसो त दार्जिलिङमा जात-पातको मतलब छैन त्यसैले उनलाई यस्तो कुरामा मतलब हुने छैन र उनले यो कुरा सोध्ने छैनन् भन्ने लागेको थियो, तैपनि उत्तर दिनका लागि भने म तयार हुनु नै पर्ने थियो। यसै विचमा मैले विचार गरें र आफैसँग प्रश्न गरेँ, के यस्तो अप्ठ्यारो अर्याल थरमा मात्र छ? मैले अन्य जात र थरका विषयमा पनि सोच्दै गएँ। लामो परिचय दिनु पर्ने झन्झट त अन्य जातमा पनि हुँदो रहेछ। थापा भन्यो भने क्षेत्री थापा कि मगर थापा भनेर सोधिदेलान्। कायस्थ भनौं तराईको कि पहाडको भनेर सोधिदेलान्। पाण्डे भन्यो भने पनि कालु पाण्डेको सन्तान कि तराई-मधेशवासी पाण्डेको सन्तान भनेर सोध्लान्।

    अब, त्रिपाठी भनौँ, हृदयश त्रिपाठीको नातेदार कि प्राध्यापक बासुदेव त्रिपाठीको भनेर सोध्लान्। मिश्रको पनि हालत उस्तै छ, भक्तपुरे पहाडीया मिश्र कि मधेशी मिश्रा? झा भन्यो भने पनि पहाडीया झा, कि मधेशी झा भनिदेलान्। शाही र साहीमा कसरी छुट्याउने हो मलाई थाहा छैन। ‘शाह’ भनेको मुसलमान शाह, मधेशी शाह हो वा राजपरिवारको शाह हो? अनुहार हेरेर छुट्याउने हो कि? कपडा हेरेर अथवा भाषाबाट छुट्याउने हो? स्पेश टाइमका जमीम शाह, मारिएका राजा बीरेन्द्र शाह र पत्रकार बीरेन्द्र शाहमा रहेको फरक ठाउँले हो कि, बोली-भाषा हो वा धर्म-संस्कृतिले? अथवा पैसा र पदले पो हो कि? मलाई छुट्याउन गाह्रो परिरहेको थियो।

    कृष्ण महरा र तराई बासी महरामा के सम्बन्ध छ, अथवा केही छैन? मेरो दिमागले एकछिन त काम गर्न नै छाड्यो। रामजनम तिवारी र भीमनिधि तिवारीमा के फरक छ? भनेर कसैले सोधेमा, मलाई थाहा छैन। तर, यति त पक्कै हो, एकजना पहाडमा जन्मेको नेपाली भाषा आउँछ अर्को तराईमा जन्मेको नेपाली भाषा राम्रोसँग आउन्न। त्यसमाथि रामशरण महत र राजेन्द्र महतोमा त बरू यो ‘त’ को ठाउँमा ‘तो’ भएछ बेसै भयो। यसलाई छुट्याउन सकिने रहेछ। तर, गणेशमान सिं, रामराजा प्रसाद सिं र गजेन्द्र नारायण सिंलाई कसरी छुट्याउने होला? के त्यहाँ सिं वा सिंहले जात, धर्म, संस्कृति, भाषा वा क्षेत्र छुट्याउने हो? मेरो दिमागले साँच्चै काम गर्न छाड्यो। वादी महिलाहरू पहाडीया कि मधेशी, दीक्षितहरू पहाडीया कि मधेशी, राजवंशी, रौनियार, माझीलाई कसरी छुट्याउने हो? त्यसमाथि इतिहासविद सत्यमोहन जोशी र अधिवक्ता तथा थारू कल्याणकारी शभाका अध्यक्ष सत्यमोहन जोशीको एउटै नाम र थरले त मेरो हालत कस्तो भएको होला तपाईँहरूले अनुमान गर्न पनि सक्नु हुन्न।

    अब, राई भन्यो भने कुन राई? गुरूङ भन्यो भने कुन गुरूङ? मगर भन्यो भने फेरि त्यसभित्र पनि राना मगर, खाम्चा मगर, थापा मगर, सिंजालि मगर, खाम मगर वा अन्य कुन मगर हो भनेर सोधिने डर छ। त्यसमाथि पूर्वको मगर र पश्चिमको मगरमा रहेको भाषिक फरक अनुसार पनि छुट्याउनु पो पर्ने हो कि? अब, नेवारहरूकै कुनै थर भन्दा के होला भनेर सोचेको त यसले झन् बढि समस्या पार्ला जस्तो छ। काठमाडौं उपत्यकाभित्र नेवार समुदायमै भाषिक फरक छ, त्यसमाथि दोलखा, पाल्पा, पोखरा, धरान र अन्य प्रायश: सबै जिल्लामा भेटिने नेवारहरूमा पनि भाषिक हिसाबले फरक पो देखिन्छ। दलीत थरहरूका विषयमा सोच्यो, कुन ठाउँको दलित भन्ने? तराईका दलित र पहाडीया दलितमा पनि विभेद त छँदैछ। दलितभित्र पनि कुन दलित भनेर त पक्कै सोध्ने होलान्। लौ, सोच्दा सोच्दै, कुनै उपाय सुझेन। तर, मेरो अनुमान सहि निस्कियो, उनले जातका कुरा त सोधिदिएनन्। आनन्दै भयो। तर अर्को झन्झट पो आइलाग्यो।

    उनले त नेपालको कुन ठाउँबाट भनेर पो सोधिदिए। अब चाहिँ मलाई साँच्चै फसाद पर्यो। नेपालको कुन ठाउँ भन्ने कस्तो खालको प्रश्न हो यो? मलाई झनक्क रिस पनि उठेर आयो। जात र थरको कुराले बरू मलाई यति रिस उठेको थिएन। के नचाहिने कुरा गरेको यो मान्छेले? नेपालको कुन ठाउँबाट भनेर सोधिदिन्छ? यसले कुन नेपालको कुरा गरेको छ? नेपाल देश त नेवारहरूको राज्य पो थियो त। हुन त त ‘नेपाल’ शब्द थारूभाषाबाट आएको हो पनि भन्छन् कोही-कोही। मधेशका लागि त नेपाल थिएन। पाल्पा राज्यका लागि पनि नेपाल थिएन। लिम्बु, सिंजा, बाइसे वा चौविसे राज्यका लागि पनि नेपाल शब्दसँग कुनै माया नहुनु पर्ने हो। आखिर सबै त गाभिएका हुन्, नेपालमा। त्यसैले म पाल्पा राज्यको मान्छेलाई नेपालको कुन ठाउँबाट भन्दा रीस उठ्नु स्वाभाविक नै थियो। म त पाल्पा राज्यको मान्छे पो त। म स्वतन्त्र मान्छेलाई किन नेपालसँग मिसाएर जोड्ने? मलाई बेसरी रिस उठेको थियो तर, अरूको देशमा धेरै बोल्नु वा प्रतिकृया देखाउनु पनि भएन। हुन त म जन्मदा ‘नेपाल’ भन्ने देश थियो। तर, मेरो मनमा प्रश्न भने आइरह्यो, के म नेपाल देशमा जन्मिएको हो? म त पाल्पा जिल्लामा जन्मेको मान्छे। यो त पाल्पाली सेन राज्य पो थियो। अब, मैले, ‘म’ सेन राज्यको नागरिक हुँ भनुँ कि नेपाल राज्यको? दोधारमा परें।
    नयाँ राज्य ‘मगराँत बनिसकेको भए मेरो समस्या समाधान हुन सक्थ्यो। मैले म मगराँतबाट भनिदिन्थे तर, अहिले न त मगराँत राज्य बनेको छ, न त पुरानो सेन राज्य नै बाँकी छ।

    साँच्चै म कहाँको हो? कुन देश, कुन राज्यको? गोर्खाली त म हुँदै होइन। गोर्खा राज्यसँग मेरो कुनै साइनो छैन। यहीँ राज्यले छल गरेर पाल्पा राज्य जितेको थियो। यसले पाल्पा मात्र होइन, नेपाल राज्य, लिम्बुवान, वाइसे, चौविसे र अन्य थुप्रै राज्यहरू पनि जितेको थियो रे। तर, यस्ता अन्यायी, अत्याचारी, साम्राज्यवादी, विस्तारवादी राज्यको नाममा ‘वीर गोर्खाली’ भनेर छाति फुलाउँदै हिडेको देख्दा पो उदेक लागेर आउँछ। किन ‘गोर्खालीको छोरो म’ भन्दै गीत गाउँदै उफ्रिएको होला? मलाई त गोर्खाली राज्यले गर्दा नेपाल देश भित्र गाभिनु परेकोमा रिस उठेको छ। साथीहरू भने ‘गोर्खाली’ कै भजन गाएर हिडिरहनु भएको छ। गोर्खाली त सामन्तवादको नमूना। सबैले घृणा गर्ने शब्द। पृथ्वीनारायण मात्र होइन कुनै पनि राजाको नामोनिशाना नराख्‍ने भन्दै मूर्तिहरू भत्काउँदै हिडेका छन् क्रान्तिकारीहरू।

    तर, मेरा साथिहरू भने त्यस्तै-त्यस्तै गीत गाउँदै हिड्नु भएको छ। नेपालभित्रका (अब तात्कालिन अथवा २५० वर्षको नेपाल भन्नुपर्ला) साथीहरू मात्र होइनन्, भारतीय आइडल प्रशान्त तामाङ पनि ‘गोर्खालीको छोरो’ भनेर हिडिरहेका छन्। उनी त तामाङको छोरा हुनु पर्ने। फेरि यहाँ गोर्खाली भन्ने जाति कहाँबाट आइपुग्यो। हुन त पञ्चायतकालिन शिक्षाले सबै बीर र गोर्खालीको इतिहास रच्यो भन्छन् विद्वान्‍हरू। तैपनि, त्यो पृथ्वीनारायणकै सन्तानले रचेको ‘बीर’ र ‘गोर्खाली’को इतिहासलाई आधार मानेर के गोर्खाली भनेर गर्व गरिराखेको होला, के उफ्रिराखेको होला? त्यसो त, अंग्रेजहरूले बीर गोर्खाली (Gurkhali)को प्रशंशा गरेको इतिहास पनि नभएको होइन। तर, मेरो लागि त ‘गोर्खाली’ शब्दले त्यहीँ गोर्खा राज्य, पृथ्वीनारायण शाह र उनले पाल्पाका सेन राज्यलाई कब्जा गरेको र नेपाल देशमा मिसाएको इतिहास सम्झाइरहेको छ।

    तैपनि सोधेको प्रश्नको उत्तर त दिनु नै पर्छ। तर के दिने? अब, आफूलाई पाल्पा राज्यको भनौं, अहिले अस्तित्व छैन र कसैले पाल्पा राज्य हुनुपर्छ भनेर भनेको पनि छैन। नेपाल देशको भनौं त्यो त राणा शासनको अन्त्य हुँदासम्म पनि काठमाडौं खाल्डोलाई मात्र जनाउने ठाउँ। अब, नयाँ मगराँत राज्य पनि बनिसकेको छैन। गोर्खाली भन्नु नै भएन। मैले मेरो पहिचान हराएको पाएँ। मैले मेरो देश अथवा राज्य हराएको पाएँ। ‘म’ आफुले आफुलाई हराएको पाएँ। साँच्चै म पृथ्वी नारायणले कब्जा गरेर बनाएको ‘नेपाल’ भन्ने देशभित्र नै हराएँ। के ती दार्जिलिङका साथिलाई ‘म’ हराएको कारणले गर्दा उनले सोधेको प्रश्नको उत्तर दिन नसक्ने जानकारी दिन सक्नु हुन्छ?

    No related posts.

    47 comments to 'म' हराएको सूचना

    • Ram Krishna Shrestha,UN Haiti

      i am really so much worried about the future of our Nation.thanks for reminding,

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • सर लेख रचनात्मक छ। म त्यति नपढ्ने मान्छे पनि पुरै नपढी सुखै पाइन। वीर गोर्खाली भनेर गर्व गरेको पनि सामन्ति संस्कृतीवाट प्रभावीत भएरनै हो।त्यती वेला पाल्पाको राजाले राज्य विस्तार गरेको भए वीर पाल्पाली भन्थे त्यसैमा गर्व गरिन्थ्यो। गर्व गरेको ‘गोर्खाली’मा होइन ‘वीर’मा हो त्यो वुझ्न जरुरी छ। अनि नजानिदो पाराले तपाइ जस्तो वुद्धिमानिले लगातार शाहवंशीको वकालत गरेको देख्दा वुद्धि भनेको पनि उस्तै हो रहेछ भन्ने लागेको छ। क्रान्तिकारी भनाउदाहरुले मुर्ती भत्काउने जस्ता र त्यो भन्दा वढी क्रान्तिकारी काम गर्दै नआको भए तपाईले निधो गर्न नसकेको देश हो कि राज्यमा संविधान सभाको शब्द समेत हराउन थालेको थियो। तपाइले आन्दोलनहरूमा पनि देख्नु भएको होला आक्रमण गर्ने क्रममा कहिले प्रहरीद्वारा निर्दोश जनता पनि पिडामा पर्छन र कहिले आन्दोलनकारीद्वारा सोझा प्रहरी पनि पीडामा पर्छन।(चामल पिस्दा घुन पिसिने भने जस्तो),त्यस्तै गरि तपाईले राम्रो मानेका केहि शाहवंशिय राजाको मुर्ति ढलेको हुन सक्छ।

      अर्को कुरा नेपाल भनेको काठमाडौंको खाल्टो भए पनि अहिले देसकै नाम नेपाल भएकोले तपाइ नअल्मलिनु हुन अनुरोध छ।लुम्विनि अन्चलको नाम लुम्विनि भन्ने ठाउवाट आएको हो त्यस्तै नेपाल भन्ने नाम काठमाडौंको खाल्टोको नाम सापटि लियर आयो होला। आज तपाई राज्यमै जानु पर्दैन जिल्लामा जानु भए हुन्छ भोलिका दिनमा तयार भए पछि राज्यमै जाउला मगरात, मिथिला, लिम्बुवान वा खम्वुवान के के भन्नु पर्ने हो भनौला। देशवासीको चाहना अनुसार जसरि परिवर्तन हुन्छ त्यसरिनै हौंला। अहिले अल्मलिएको भान गरेर पाठकलाई अन्यौल नवनाउनुहुन अनुरोध छ। धन्यवाद।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Surya Khatri, Korea

      Deepak jee

      Very meaningful and satirical writing. You have a great skill to present the dilemma of society in a baeutiful manner. Seems many readers in this blog could not understand the depth of your writing. Anyway, keep it up. Hats off. Hope to see such kind of articles from you in upcoming days. Thanx.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • संघीय नेपाल

      दीपकजी हराउनु भएको छैन। उहाँ मृगस्थलीमा बाँदरहरूसँग बस्ने बाजेहरूसँग बस्नुहुन्छ भन्ने यस लेखबाट छर्लंग भएको छ।

      छेउ न टुप्पाको लेख। हजारौं शब्द कोरेर किन पाठकको समय बर्बाद गर्नु हुन्छ? किन संघीय व्यवस्था मुर्दाबाद भनेर सिधै लेख्नुहुन्न दीपकजी तपाईं? कि हिम्मत भएन?

      कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बांऊे भने जस्तै बाहुनबादीहरूलाई संघीयताका बारेमा जति बुझाए पनि उनीहरूले बुझेको आभास दिँदैनन्।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • दीपकजी,
      तपाइलॆ एउटा नेपाली भएर परिचय दिन हिच्किचाउनु भयो भने अरु कुरा कसरी व्याख्या गर्नुहुन्छ । यो समस्या नेपालको मात्र होईन यो समस्या विश्वमा नै छ । बितेका कुराहरुलाई लम्ब्याएर देशलाई एउटा एउटा गाउँको परिचयमा व्यक्तिगत नाउँ जोड्ने हो भने देशको हालत के होला । अहिले विकसित भनाउँदा देशहरुमा पनि यस्तै थियो तर अहिले शिक्षा र विकासको कारणले उनीहरु सबै जात धर्म गाउँ प्रान्तको कुरामा सिमित नभएर पुरै राष्ट्रियताको परिचय दिन्छन् । त्यसैले झिना मसिना कुरामा नअल्झिई पुरै नेपालको बारेमा सोच्ने पो हो कि । नत्र यही भएको देशलाई पनि शत्रुले आँखा गाड्न सक्छन् र यस्ता खालका लेखले तपाईका समर्थकहरुको मनलाई हतोत्साही गराउन सक्छ त्यसकारणले गर्दा अघिपछि पनि सोचेर समाजको व्याख्या गर्दा राम्रो देखिन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • भास्कर

      दीपक जि,
      यहा ब्लग का साथि हरु ले तपाइको अत्यन्त मार्मिक र गहिरो ब्यन्ग लाइ बुझे जस्तो छैन!

      हामि नेपालि हरु मा आडम्बर र बडप्पन यति छ कि राम्रो कुरा लाइ राम्रो भन्न पनि हिच्किचाउछौ

      तपाइ ले लेखेको लेख भावुक छ, गहन छ, समालोचना को द्रिस्टि ले उच्चतम छ

      हो, आज को स्थिति मा नेपालि हरु सबै को पहिचान तपाइले भनेजस्तै हरायेको वा हराउन बाध्य भयेको छ

      सिन्गो नेपाल को अस्तित्व चकनाचुर भयेको छ र टुक्रा टुक्रा भयेका ति शिशा का झुर्का हरु ले देश लाइ अझ खण्डित र सन्कुचित पार्दै हाम्रो अस्तित्व दिन व दिन नाश गर्दै गयेका छन

      तपाइको लेख अति नै शक्तिशालि र मार्मिक छ

      तपाइलाइ हाम्रो ह्रिदय को भाशा लाइ जस्ताको तस्तै मनोबाद को शैलि मा उतारि दिनुभयेको मा धेरै धेरै धन्यबाद छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Nabin "london"

      साथी हो आरु कुरा के के हो ?
      मलाई ठहचेना हमी नेपाली को येऊतै जात छ ” नेपाली”
      र ठेगाना त्यों हो नेपाल !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • raj kumar rayamajhi,qatar

      i am also agree with coolhead,he wrote execelent coment.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Lal Kumari

      Koolhead
      ‘Kook’ answer. n
      Nothing to be worried ! simply we can answer the people what priority comes first, haina ta saytapanthi, jungle, cave or even from another planet?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • yelamber

      साथी हो, जानजति ले आज आ आफ्नो आधिकार को बुलन्द् आवज् उठाउन खोज्द फेरि जात र जाती अहिले एउटा घाडो भो हगी,??
      कुनै साथी हरु ले ३ जात मात्र हुनु पर्छ भन्नु भो, त्यो केही हद सम्मा यो मेरो मुर्खे सोचाई ले ठिकै जस्तो पनि लग्यो। । ।
      किन भने ३ जात मात्र भए पछि जात चै कामी वा खाती लेख्छन होला हाम्रा ५२ साथी हरु ले हैन?
      आस्ती सम्मा हामी बिद्द्वान , हामी माथिल्लो जात को,हामी सुद्द भन्ने ५२ साथी हरु आज किन ३ जात मात्र हुनु पर्छ भन्नु हुन्छ?????हिजो को स्वार्थ ले आज आफ्नो जात नै त्याग्दैछन साथी हरु ले ।
      यो जात वा जाती अथवा तल्लो जात माथिल्लो जात कस्ले बिभाजन गरे ?
      के बिस्वकर्मा गरे ? के परियार ले गरे ,के गुरुङ ले गरे ,के मगर ले गरे,के किरातिहरु ले गरे, के नेवार ले गरे, के सर्कि(नेपाली) ले गरे ?
      तपाईं हरु भित्र आँफै गाम्नुस् अनि कस्ले यो जात जाती बिभाजन गरे भन्ने थाहा हुनेछ ,
      ***yelamber***

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • सत्यपथी

      हो त नि है अब ” गोर्खाली ” पल्टनमा नेपालका जनजातीहरू भर्ति हुन छाड्ने भए त्यसैले ब्रिटिश र इण्डियाको सुरक्षा कहाँका आएर गर्ने होलान ? कि गोर्खाली पल्टन र गोर्खाली बीरको ठाउँमा अब ‘लिम्बुवान’ , ‘खुम्बुवान’, ‘मगराँत’, ‘तोङ्बासालिङ’ र ‘तमुवान’ब्रिगेड र बीर भन्ने कुराले ठाउँ लिन हो कि ?

      जे होस् समय परिवर्तनसील छ क्यारे !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • nepjap

      Dude!! way back, palpa was a dense jungle and your ancestors used to live in trees jumping from one tree to another.why didnt this thought come in your mind??if you really want to dig the tomb then u would have told them that you are a primate descended from jumping ones who used to sleep in trees and live in a jungle with no boundry.i hope this answer will satisfy you!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • himalaya

      दिपक जि जस्तो देश तेस्तै वेश भन्ने उखान त नेपालीमा छ जस्तो मलाई लाग्छ तेशकारन् आफ्नो पहिचन बनाउदै जानुस् एक दिन हामीले हाम्रो पहिचान हम लोग ईन्डिया का भनेर आफ्नो पहिचान बताउनुपर्छ र त्य्स्मा गोउरब गरेर बस्ने बानी अहिले देखिनै बसाल्नुस् |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • dk

      cool head
      good coment

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ma

      धेरै टाढा नजाउ , यही छिमेकी मुलुक चाइना मा पनि धेरै लाई नेपाल थाहा छैन। बुद्ध कुरा गर्‍यो भने ईन्डिया को भन्छन, सगरमाथा को कुरा गर्‍यो भने आफ्नै भन्छन धेरै थोरै लाई थाहा छ त्यो मध्य पनि धेरै लाई त्यही दरबार हत्य कान्द ले थाहा भएको हो, बाँकी त्यस्तै हो। ईन्डिया र चाइना बीच मा पनि कुनै मुलुक छ भनेर यही छिमेकी लाई थाहा छैन भने अरु ले के थाहा पाओस । अनी यहाँ हामीले के भनेर आफ्नो परिचय दिने ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • TPKharel

      दिपकजी लाई धन्यवाद।।।
      गतिलो जवाफका साथ् प्रस्तुत हुनु भएको मा
      गलत मुद्दा, गलत शैली अपनएर राजनैतीक सफलता पाउन जस्ले एस्को बिजरोपन गरेको हो उनिहरुले भोली कहाँ गएर राजनीति गर्ने होलन?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • aakash

      Wahiyat lekh, yasto pani kaile hunchha? timi janmekai thau bata desh ko naam rakhna parchha bhanne kehi chha. Samaya anusar je chalyo banyo tyai hunchha ni, tyati dherai saamanti bhayako bhaya desh ko name pani Nepal narakhera Gorkha nai hunthyo hola ni. Kaam kaaj garera desh ko bhalo sochnu kata ho kata jaat jaati, gorkha palpa? Mati bhrasta haru.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sameer

      Practice of democratic federalism

      Dharan, January 23:
      Armed police disposed bombs which were planted at the house of Sanman Rai of the ex-Gurkha army here today.
      One pressure cooker bomb and seven socket bombs were hidden behind the house of Sanaman Rai. The bombs were disposed of at 10 am by the team of Siddhakali battalion of the armed police at Pakali in Sunsari. Who planted the bombs is still not known and investigation is going on, said inspector BadriBikram Thapa of area police office in Dharan. Rai is the father of BK Koyu, the president of Khumbuwan Rastriya Morcha. Acting president of the Morcha Indrahang Khambu said in a release that the act of planting bombs was part of a ‘conspiracy against the Morcha.’ “When our opponents could not tolerate our achievements, they planted bombs to discourage us,” Koyu said.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • aasish,switzerland

      कुरा गर्‍यो कुरै को दु:ख
      जे लाई जसरी लेखे भने पनि हुने भयो। त्यसो त कसैले आज के खाइस भन्यो भने भात् भनौला तर फेरी भात् के को खायको?मकै को कि चामल को? किन खायको??? आदी आदी………

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Om, UK

      Dipak jee
      Do you know that Hridsyesh Tripathi and Basudev Tripathi are same Tipathis. \Both are pahadia Tripathi. You might have thought the first is the Madheshi but no he is not. He is Palpali Tripathi

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Tones of gold has been mined from the thoughts of man then has ever been taken from the earth…i wish to read some more creative articles from ‘Aryal’ JI..keep it up..!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bobby

      Good write up!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sur

      hamro limbu jee ko comment ta aayeko chhaina ni!! Kina ho? Ki uha sanga comment garne kurai chhaina?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Raju

      article sojho bhasa ma lekhe jasto gari analyze gare kehi mitra haru le. Bastav ma dipak ji le ta aahile ko bikhandankari gatibidhi lai jhapad hanna khojeko jasto lagchha malai ta. Well done deepak ji.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ajay

      koolhead ra rajan ji lea artical ko gairahi lai bujnu nai bhayen.yo artical lea kanchan limbu jasta lai jhappad handai hunuhunchha dipak ji lea.well done

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • BK

      The article by Deepak ji and comment by Koolhead are highly impressive. In fact, I liked the comment by Koolhead more than the article itself. The message in both the writeup are very serious. Thanks.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sabin

      “binasakale biparita buddhi” Other countries fot united inthe name of federalism(ex- USA, former USSR, India etc) and Nepal is splitteing in the name of federalism and racism. “badarko hatma nariwal ke garnu?”.
      If a “kuwako bhyaguto” is taken out, it gets worries to go back to that “kuwa”. Hey dipak, u’re trying to go back to your palpa state and “your vdc” state, “your ward” state, “your home” state and ultimately “indicudual dipak” state. Don’t go that much crazy dipak. If u go in this way, u may find your mom from out of palpa or your wife out of palpa and then u’ll decide to split from them too. Then u’ll be alone and have to be a jogi and go to jungle. May Pashupatinath save u, crazy dipak but nobody else can save u.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sheila

      This writer should follow koolhead’s opinion. Which is true enough for your lost.

      sheila

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Laxman

      Rajan and koolhead! your idea is great!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • susila

      मलाि कुलहेद जि को कुरा मन परो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Hari Prasad Sharma

      दीपकजी, कहिलेकाही एस्तो समस्या परीरहन्छ। Pusker जि ले भने जस्तै बिदेशीहरुलाई नेपाल को परिचय दिन पनि धेरै जसो गाह्रो नै पर्छ। तपाईं को बिचार सँग तर म सहमत् छैन। हामीले अब “नेपाल” लाई अझै टुक्राएर पाल्पा, काठमाडौं र गोर्खा मा आफ्नो परिचय खोज्ने कि एउटै सिन्गो नेपाल मा आफ्नो परिचय खोज्ने? २५० बर्ष अघीको स्थिथीमा भएको राम्रो नराम्रो कुरा को बारेमा म comment गर्न चाहन्न। त्यो बेला भएका नराम्रा कुराहरुलाई पछी छाडेर हामी अहिले को परिस्थिती मा आफ्नो परिचय खोज्दा राम्रो हुन्छ होला। तर तपाईंले आफुलाई नेपाली भन्दा पनि कुनै क्षेत्र र कुनै एउटा जात सँग मात्र किन सन्लग्न गराउन खोज्नु भएको हो? के हामी सबै नेपालीहरु अब आ-आफ्नो सानो नयाँ राज्य खोज्दै हिंड्ने? एउटा जात, एउटा क्षेत्र, एउटा भाषा सँग मात्र सन्लग्न भएर अघी बढ्न सक्छौ त?
      मलाई अझै चित्त नबुझेको कुरो के हो भने, तपाईं अझै किन जात-जाती मै अल्झिन चाहनु भएको। तर यो तपाईंको मात्र समस्या होइन हामी सबै को समस्या हो। यो जात भन्ने चिज, मेरो ज्ञान अनुसार, कुन चाँही मल्ल राजाले काम बाढ्न बिभाजन गरेको हो क्यारे? तर हामी अचेल त्यो कुरालाई तल्लो जात र माथिल्लो जात छुट्ट्यउन किन प्रयोग गर्ने? हामी युवा हरुले अब त्यो जात भन्ने कुरालाई बिस्तारै हटाउदै लांदा हुँदैन र?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rajan

      दीपकजिको लेख पढ्दा मलाई हाम्रो नेपालीहरुको वास्तबिक चरित्रको झल्को दियो – ‘मौसम् अनुसारको टुनिक’। किन हामीले हामीलाई नेपाली नभन्ने ? किन आफ्नो वास्तबिक ठेगाना नभन्ने ? तपाईं पाल्पा, नेपाल र मगरातमा अल्झिनु पर्ने म कुनै कारण देख्दिन । वास्तविकतामा बाँच्न सिक्नोस । अहिले तपाईं जे र जहाँ हुनुहुन्छ त्यो नै वास्तविकता हो । यो कथित काल्पनिक लेखको आधारमा ‘पपुलर’ हुन खोजेको भए मेरो भन्नु केही छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ronin

      nice article ..
      bujna sajilo tara sarai ramailo ! haha !!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Nabin

      हे साथी हो आहिले नेपाल को हालत देखेरा किनाहो किना बिरक्ति मन लगच
      र हमरो मदन दाई र हरी दाई को गाना झाल्झाली समझाना औचा
      सया थरी बाजा येउतई ताल
      सया थरी गोडा येउतई चाल!
      भनि भान्नु परेकोछ साथी हो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • janaki

      daro jhaapad haannu bho deepak ji tapaaile, itihaasko gyaan raakhnu, sanskriti jogaaunu alag kuraa ho tara parichay nai bigaarne kathit chhotaa sochaai raakhne harulaai yo raamro uttar ho. dhanyabaad deepak ji article ko laagi.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • arun

      Deepak ji
      The article is very impressive in addressing the current nation’s problem. Rather saying We all have to, I will say I have to clearly understand that I am Nepali, first and my identity rpresents not with my specified ethenicity or certain group. I am only Nepali.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Democrats

      Very impressive article.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • koolhead

      दीपकजि, तपाईं कुन परिचय कहाँ दिने भन्ने कुरामा confuse हुनु भएको हो

      १- नेपाल भित्र तपाईंलाई कसैले तपाईको परिचय के हो भनेर सोध्यो भने तपाईंले “म पाल्पा को हो” भनेर उत्तर दिनु पर्छ
      २- माथि को प्रश्न नेपाल भन्दा बाहिर सोधिएको छ भने तपाईंले “म नेपाली हो” भनेर उत्तर दिनु पर्छ।
      ३- अब कुनै अर्कै ग्रह को जिबले यही प्रश्न गर्‍यो भने तपाईंले “मा प्रिथिवी को मनिष हो” भनेर उत्तर दिनु पर्छ

      छोट्करि म भन्दा , हाम्रो परिचय को ब्रम्हान्ड जस्तै कुनै सिमाना छैन ,,,,परिचय ले तपाईंलाई खाली चिनाउने काम गर्छ,
      हुन सक्छ आज हामी आफुलाई जुन नेपाली भनेर गर्व गर्छौ, अर्को जूनीमा भारत म जन्मेउ भने तेही नेपालीलाई हेला गरेर “मेरा भारत महान” भनेर आफ्नो परिचय दिन सक्छौ ,,,

      तेसैले परिचय भन्ने कुरा स्थिर हुँदैन , एस्को आकर “परिस्थिती र सोचाइ” अनुसार बद्लिन्छ

      अर्को कुरा, तपाईंले हामी गोर्खाली होइन कि भन्ने कुरा गर्नु भयो,
      गोर्खाली भन्ने शब्द को गहिराइ मा न जानु होस्, यो खालि एउटा पहिचान हो जुन अहिलेको “परिस्थिती र सोचाइ” अनुसार सारा नेपालीको लागि लागु हुन्छ।

      अंग्रेजी मा कसैले “What’s up?” भनेर प्रश्ण गर्‍यो भने हामीले शब्द को अर्थ मा गएर माथि आकाश मा हेर्नु हुँदैन.
      “What’s up?”भनेको “के भै राख्या छ?” हो,,,जस्को उत्तर “going fine” भनेर दिन्छौ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • NiranMalakar

      Nepal is derived from from the word Nepa:. We as the Newars call Nepa to Nepal and Newa to its people that was actually called to NepalMandal that encluded all the Kathmandu Valley and some part of all surrounding districts. This symbolises the High Civilisation where there were already the development of language culture, art, architect, philosophy and medecine. This civilisation was admired even by Indians and Tibetans and chinese. Technically Kathmandu Valley was superior for instance Metalurgy, Bronch statues and other Handicrafts. This has be symbol of our High Civilisation that even can compare to any ancient Civilisation in the world. That’s why Prith Narayan shah re-made Kathmandu to the capital of United Gorkhaland and the United Gorkhaland to Nepal because of NepalMandals High Civilisation. NepalMandal where there is still naturally multy cultured and religious people now and the. You should be be proud of answering: I am from That part of Nepal and I am this this aryal. What’s problem with this ? Problem is we tried to lie to the history and other saying as we were/are one people. We are not. Why some people feel embarrassed to tell the truth ? Maybe because of the history ? History lied as Nepali language to Khas language ?`I do not know !All the languages that are spoken in Nepal must be called to Nepalese language not just to Khas Langauge ? This all problem we are facing these days are because of we pretended as we are not??

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • birat

      yeti jatil sochnu pardaina. yo saba tension line kura haina. hami nepali haru dherai jaat bhaat ka kura ma adkiyeka chaou. aba jas le pani ma falano ho mero jaat falano ho bhane bhai halyo ni. k ko analaysis. dherai analysis garyo bhane nepal ta 4015 des ma badincha. ga bisa picche rajye hunecha. ani ko saga kata k sochne. aba sabai neplai le ma nepali hu pahila baki pachi ka kura hun. pahila nepali banan sikaou. nepal lai bachaoau. ani matra baki kura garou. dherai analysis garyo bhane bigrancha. bharat ma 500 wata mukhye bhasa matra chan. tyaha yeoutai bharatiye hu bhanera garba garchan. sikaou na tinia bharatiye bata sikcha.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • P.G.

      I can totally understand your confusion of self-search. Probally most of us are going through what you are trying to portrait here. Everyone is screaming for this rajya that rajya this ‘wan that ‘wan this jati that jati. In this all we forgot where we really belong.
      BTW,where in Palpa? Tansen??

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bhaskar

      “गोर्खाली” भन्ने शब्द लाइ कसरी शब्द कोष बाट हटाउने होला! ”

      साची त्यों दार्जिलिंगे हरु ले “गोरखा ल्यांडा” “गोरखा ल्यांडा” भनेर किना भट्याई रहेका होलान
      तिनिहरू दार्जिलिंग माँ बसने हरु लाइ कता हो कता को पृथ्वी नारायण को गोरखा को नाम किना लिनु परेको होला?
      गोर्खाली भनेको क्रूर, अधिनायाकबादी, अन्याई, बर्बर, आतताई जाती होइना? प्रिथ्विनारायाणा शाह बाट शुरू भएको यो गोरखा बिस्तारा को अभियान को कथा हामी लाइ कती लज्जास्पदा छ

      “गोर्खाली” भन्ने शब्द लाइ कसरी शब्द कोष बाट हटाउने होला!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • SSP

      तपाईं जहाँ हुनुहुन्छ तेही बसेर मनोक्रान्ती गर्नु होला अनी तपाईं आत्मा लाई चिन्नुहुन्छ त्यस्पची पर्मात्मा लाई चिन्नुहुन्छ अनी तपाईं लाई आफु मानब जाती मात्रा हो रहेछु भन्ने अबगत हुनेछ ।अनी तपाईं लाई कहिले जात को सम्सया पर्दैन | अनी तपाईं कहिले हराउनु हुन्न |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sudip

      Thats why I feel the need of new nation “United States of South Asia” USSA or another USA = “United South Asia” :-)

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kshitiz ,copenhagen

      sahed dheraile gatilo jayaf paye holan …dherai k leknu.!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sudip

      Welcome to earth!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • pusker

      Deepak Ji..I am qite Impresed..with your view and your article..this is not only your porblem soon in future we all have the same problem. At least you had the asking person who also speak nepali and know something about nepal. But I am affried, if some one who does not know nothing about nepal and speaking other language then,,, What to do?? Because in Barcelona I meet many people who does not know nothing about nepal. I have to locate them Nepal inbetween China and India.. which really I do not like,but it is like this. After reading your article I am more affried. But I guess I will manage.
      Thanks for beaware me…
      pusker

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker