मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कस्तो खालको लोक सेवा ?

    सरकारी जागिर खानका लागि पार गर्नु पर्ने पहिलो खुडकिलो लोक सेवा आयोगको प्रश्‍नपत्रमा गल्ती ? पत्याउन गार्‍हो छ। तर माघ १९ गते भएको लोक सेवा आयोगको एउटा लिखित परीक्षाको प्रश्‍न पत्रमा यस्तै अपत्यारिलो गल्ती देखियो। राजपत्रांकित तृतीय श्रेणी, इञ्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूहको ‘समावेशी प्रतियोगितात्मक लिखित परीक्षामा यस्तो गल्ती देखिएको हो। हेर्नुस्-


    लोक सेवा पास गर्न कति गार्‍हो छ, तपाईँहरु मध्ये धेरैले अनुमान लगाउनु भएकै होला। मज्जाले कति महिनादेखि तयारी गरेर आएका परीक्षार्थीहरु आज प्रश्नपत्र पाउने बित्तिकै तीन छक्क परे।

    तपाईँले पनि माथिको प्रश्नपत्र हेरेर थाहा पाउनु भयो नै होला। त्यहाँ पहिलो र दोस्रो प्रश्न हुबहु एउटै छ। १० अंकका दुई वटा प्रश्न दोहोरिएका छन्।

    यो त एउटा लाजमर्दो काम थियो नै, अझ एभिन्युज टेलिभिजनसँगको कुराकानीमा लोक सेवा आयोगका सदस्य प्रा. डा. भीमदेव भट्टको जवाफ सुनेर लाग्यो। उनी भन्दै थिए- लोडसेडिङका कारण त्यसो भएको हो। उफ्, अब यो लोडसेडिङले पनि कस्तो कस्तो समस्या निम्त्याउने रहेछ हगि।

    मेरै कुरा गरौँ न, लोडसेडिङ हुन्छ दिनमा आठ घण्टा। लोडसेडिङका विभिन्न समूह छन्। त्यसमध्ये मेरो घरमा लोडसेडिङ नहुँदा आईएसपीकोमा लोडसेडिङ हुने रहेछ। अनि आईएसपीकोमा लोडसेडिङ हुँदा मैले इन्टरनेट चलाउन नपाउने। आईएसपीकोमा लोडसेडिङ नहुँदा मेरो आफ्नै घरमा लोडसेडिङ हुने हुनाले चलाउन नपाइने! नेपालकै सबैभन्दा अग्रणी आईएसपी भनी दावी गर्ने वर्ल्डलिङ्कमा फोन गरी गुनासो सुनाउँदा त्यही लोडसेडिङ कै समस्या देखाउँछन्। ‘ब्याकअपले धानेन,’ उनीहरुको स्पष्टिकरण। पैसा तिरेर पनि सेवा नपाउनु हाम्रो बाध्यता। उपभोक्ता अधिकारको कुरा गर्नुभएको ? नेपालका अन्य विषयमा जस्तो वर्ल्डलिङ्कले पनि उपभोक्ता अधिकारलाई रौँ जति पनि मान्यता दिँदैन। उदाहरण हेर्ने हो ? वर्ल्डलिङ्कको एउटा सेवाको टर्म्स एन्ड कन्डिसन हेर्नुस्-

    कुनै पनि बेला कुनै पनि कारणले वा बिना कारणै पनि सूचना दिएर वा नदिएरै पनि सेवा रोक्न सकिँदो रहेछ। के यस्तो सेवा शर्त राख्‍न पाइन्छ कानुन अनुसार ? कानुनका ज्ञाताहरुले बताइदिनु हुन्छ कि।

    लोक सेवाको कुरा कहाँ पुगेछ। अँ, आयोग सदस्य भन्दै थिए, लिइएको परीक्षा रद्द हुँदैन। त्यो १० नम्बरलाई के गर्ने भन्ने विषयमा विभिन्न विकल्पमा छलफल हुँदैछ।

    दुई वटा प्रश्न जस्ताको तस्तै छाप्ने अनि लोडसेडिङलाई बहाना बनाउने लोक सेवा आयोगको गल्ती सामान्य प्रिन्ट मिस्टेक मात्रै हो त ?

    No related posts.

    17 comments to कस्तो खालको लोक सेवा ?

    • minti

      It is extremely shameful to say this mistake is due to load shedding. How can dr bhatta justify that was due to load shedding? My god yo kan le ke ke sunnu parne ho. aba bholi kasaile bank ma chori bhayo bhanda load shedding le bhane sasti baencha hola. kasaile hospital ma birami maryo bhanda load shedding le bhane bhayo. Kya nirlajja kura gareka hamra janne bujhne manche le. Timi haru ko yestai buddi ra bichar le nepal naya bannu ta parai jawos old is gold chahi hola.

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • Abhay

      Lok Sewa ta thikai chha. Tara malai yaha WorldLink ko bare ma chahi comment garna mann lagyo. Tyo tapai le lekhnu bhayeko kura ekdam sorai aana thik ho. Tyo bhanda pani gaye gujreko chha WorldLink. Support ko ta kurai chadau. Din ma 10 choti phone garera bolauda pani kohi aaudaina. Paisa chahi ekdam time ma gani gani lanchha. Aru teso dherai dherai kura chha. Kohi saathi haru pani WorldLink Pidit chha bhane yaha post garnu hola.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • गगने

      हा! हा!!,
      भेरी गूड्, अनी गूड् अैइन्सर टु !
      तर गगनेलाई लाग्छ
      लोड्सेढिङ भयर होइन गणतन्त्रको छिनो-फानो भाईसकेको देशमा , कुरा लोकसेवा आयोग को ठिकै छ तर प्रश्न पत्र चाँही राजपत्रान्कित रे?।
      अनी त्याहा गल्ती नभय कहाँ हुन्छ हो।
      गल्तिनै यही हो । लोडसेढिङ बेढिङ होइन गल्ती द्रिस्ट्रिमा हो र बिचरा मा हो तेसैलेनै गल्ती सर्बत्र हुने हो।
      न-कुरा गरम ।

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • cRIS

      how can u claim ‘lok sewa’ is fair and world standardised testing system, while its graduates performing so badly in every sectors in nepal?! oh, u must have forgotton a ‘farca’ played by PM office regarding ‘conveyed messages’.

      this only shows n proves, this whole testing system is not qualified. i have heard few people claiming it as ‘filtering’ process of ‘unwanted’ people getting the higher position. and this only helps to prove the point further.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • वर्ल्डलिंकको कुरामा त मलाइ हाँसो उठेर अाउँछ । त्यति ब्याकअप राखेर चलाउन नसक्नेले के नेपालको नं १ भनेर खोक्नु । अझ उनीहरू के भन्छन भने उनीहरूको जस्तो राम्रो ब्याण्डविथ कसैको छैन रे त्यसै भएर ब्रोडब्याण्ड पनि अरूको भन्दा महँगो सेवा हो रे । कसैको नभएको ब्रोडब्याण्ड । यता पुर्वमा हामीले गत भदाै महिनादेखि झापाको दमक, विर्तामोड लगायतका स्थानहरूमा रेडियो लिंकबाट इन्टरनेट सेवा लिंदै अाएका छाै । जसमा १००/५० केवीपीएसको इन्टरनेट सेवालाइ महिनाको १४,००० भन्दा बढी तिर्नुपर्छ जवकी अन्य अाइएसपीहरूले दिने सेवाभन्दा यो सीधै ६० प्रतिशतभन्दा बढी छ । त्यसमा पनि महिनामा १०-१२ दिनजति त इन्टरनेट लाइनमै समस्या हुन्छ । तोकिएको मापदण्डको स्पीडभन्दा ज्यादै नै कम मात्रामा मात्र त्यसको व्याण्डविथ उपयोग गर्न पाइन्छ । उनीहरूले अाफ्नो सेवाग्राहीलाइ दिने इन्टरनेट स्पिड र व्याण्डविथ पनि स्पष्ट रूपमा देखाउँदैनन् । यस्तै रवैया बाट हामी वाक्कै भएका छाै ।
      यो सरासर लुटने शैली हो । सेवाग्राहीहरूबाट थुप्रैपटक डेलीगेशन जाँदाहोस, अथवा उधोग बाणिज्य संघमार्फत मिटिङ हुँदा धेरैपटक उनीहरूले चलाउने भए चलाउ नत्र नचलाउ भन्दै धम्कीसमेत दिने गरेका छन् । फलत धेरै होम युजर र साइवर क्याफेका साथीहरूले उक्त सेवा नै बहिस्का गरेका छन । सम्बन्धित वर्ल्डलिङका अधिकारीहरू के हेरेर बसिरहेका छन ? त्यो त मलाइ थाहा भएन तर रिमोट एरियालाइ फोकस गर्दै बिजिनेश गरेको धक्कु दिने वर्ल्डलिङकको यस्तै धाक रहने हो र अाफू र अाफ्नो सेवालाइ गुणस्तर कायम गर्नुभन्दा गफ बढी दिने हो भने त काठमांडाै र विराटनगर वाहेक अन्य भागमा वर्ल्डलिंकको भरोसै छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • यति सामान्य र भयंकर गल्ती त हामी भुलेर पनि गर्न सक्दैनाै । लोकसेवाजस्तो जिम्मेवार सँस्थाले यो गल्तिलाइ लोडसेडिङको कारण भनेर पन्छिनै मिल्दैन । एकपटक लिइसकेको परिक्षा रद्द गरेर फेरी अर्कोपटक लिनु पनि सम्भव छैन । यसलाइ लोकसेवा अायोगको गल्ती भन्दा पनि बढी लापरवाही भन्न मिल्छ । त्यहाँ तयार पारिएका प्रश्नपत्रहरू जाँच हुने कतिवटा निकाय हुन्छन ? ति निकायका सम्बन्धित मान्छेहरू जाँड खाएर सुतेका थिए कि क्या हो ।
      -*-
      सामान्य स्कूलमा परिक्षापत्र तयार पारिंदा त कतिपटक जाँच गरिन्छ । त्यसको प्रुफ हेरिन्छ । अनि फाइनल गरेर मात्र प्रेसमा दिइन्छ । लोकसेवामा त त्यति पनि गरिंदोरहेनछ । लाजै लाग्ने गरेर लोडसेडिङ भन्दै पन्छिन त मिल्दै मिल्दैन । सत्य कुरा के हो लोकसेवा अायोगल बाहिर ल्याउनै पर्छ नत्र त उसको जति पनि साख छ नेपाली प्रशासनिक क्षेत्रमा त्यो विस्तारै विस्तारै नघट्ला भन्न सकिन्न ।

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • daman

      I can’t read the question. Anyway, this is same for all the candidates, so it is not unfair.Just opposite, It helped save some time to answer all the questions.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • xyz

      This doctor Bhim Dev is simply a quack doctor. If you do not belive just read some of his books.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Madhu

      Everyone makes mistake and should not be repeated again. But whoever makes a mistake should learn to take a responsibily and admit it.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • tapioca

      परिक्षाफल पनि लोडसेडिंको कारण गलत त हुने हैन ?

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Poudel Deepesh

      Ani arko kura loksewa ko “transparency” le garda nai ta hola ni, police ko exam pani loksewale garne naya niyem aayeko. Ani telecom jasta sansthan ko exam line pani loksewale nai suru garne bhanne halla thiyena ra?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Poudel Deepesh

      Loksewa bhaneko nai nepalko sabaibhanda bishwasniya ho, tesaile ta 80 seatko laagi 25/26000 le exam dinchhan. Yesto galti hunu ta swabhabik nai ho (Mathi “Bhai” le bhanejastai sayed loksewa ko galti yo pahilo ho!) Lokseaako bishwasniyeta mathi ajhaisamma kasaile pani prashna garna sakeko chhaina. Tesaile yeslai tyeti thulo issue banauna mildaina. (question wrong bhayeko ta haina ni! Dohoriyeko ho. Prabidhik galti hola ni!)

      Loksewale j garchha, tyo sabaile swikarnu nai parchha jasto malai lagchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikash@Texas

      लोड शेडिङ नै कारण त होला नहोला यो गल्ती त गल्तिनै हो.

      तैपनी माथि “भाइ”ले भन्नु भएको छ “नेपाल मा बिस्वास गर्न हुने अन्त्रास्त्रिय मापदंड को कुनै सस्था छ भने त्यों हो लोकसेवा आयोग!……नेपाल बनाउन हाम्रा आधा आयोग, नियोग, निकाय, संस्था हरु ले लोक सेवा आयोग जस्तै निस्पक्ष्य र बिशुद्द सेवा प्रदान गरे पुग्छ!!”

      मलाई पनि लाग्छ “भाई”ले भन्नु भएका यी कुरा सही हुन।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Pidit Forester

      Loksewa shifted the scheduled exam one month before:

      Once I have experienced the same with Lok Sewa. They held the exam of undersecretary before the scheduled date. The Exam was for the Under Secretary of Forest Research and Survey which had held around 3 and half years back. They shifted the exam around one month before by publishing notice on the GorkhaPatra. I didnot read the Gorkhapatra hence didnot know the shift of exam. I went to take the exam on the pre scheduled date. But, amazingly the exam was already held (finished) ! what a joke! I have never known before that exam the Loksewa used to held the exam before. Might be there some wrong game or might be not. But, due to this unexpected shift of exam earlier, there were only 8 examinee for the 2 seats of competition for UnderSecretary.

      I like to ask the Loksewa member bhatta, Was there also loadshedding as the cause for the earlier shift or was there any other reason?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • bhai

      “”आफ्नो बिस्वास”"
      लोक सेवा ले जो कारण दिन्छ त्यही कुरा मा बिस्वास गर्दा हुन्छ!!
      नेपाल मा बिस्वास गर्न हुने अन्त्रास्त्रिय माप दंड को कुनै सस्था छ भने त्यों हो लोकसेवा आयोग! lets not make it a big issue as we know its a first mistake!!
      प्रबिधिक गलती सामान्य कुरा हो!! यो गलती को पछाडी कुनै ग़लत नियत देखन सकिन्न त्यसै ले यसलाई सामान्य रूप मा लिएर आयोग को परीक्षा फल निस्काशन लाई स्वीकार गर्दा फरक पर्दैन! नेपाल मा एउटा मात्र संस्था छ जस को सेवा क्षेमता मा आज सम्म कसैले अबिस्वास गरेको छैन ; कसैले औला ठडाउन सकेको छैन!!!!!!!!! i am really proud of this commission.
      लोक सेवा परीक्षा दिइयो आंशिक रूप माँ सफल अशफल भइयो! आफै लाइ कमजोर महशुस गरीयो! कुनै नराम्रो सोच्न परेंन!
      नेपाल बनाउन हाम्रा आधा आयोग; नियोग; निकाय संस्था हरु ले लोक सेवा आयोग जस्तै निस्पक्ष्य र बिशुद्द सेवा प्रदान गरे पुग्छ!!

      भाई

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • विकास शर्मा

      यो देशमा सबै काम कुरा सजिलो छ अर्कोको टाउको मा थुपारे पुग्ने । आफ्नो जिम्मेवारी कसैको छै ।

      न कुनै सरकारी निकायको । न व्यापारिक संस्था कै ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • madan

      लोड सेडिंग भएर
      _____________
      उमेश
      सम्बिधान सभा को चुनाब किन भयेन?
      लोड शेडिंग भएर ?
      उमेस ?
      काठमांडू माँ तेल ,मत्तिटेल किन रोकियो ??
      लोड शेडिंग भएर ?
      महंगी किन बड्यो उमेस ?
      लोड सेडिंग भएर|
      एक करोड़ नेपाली को घर माँ किन भात पाकेन?उमेस
      लोड सेडिंग भएर |
      आइतेले हालई दशौ बचा जन्मायो
      त्यों किन उमेस
      लोड सेडिंग भएर ??
      (२)
      भोली!!
      तराई माँ बारताअसफल
      त्यों किन उमेस ?
      लोड सेडिंग भएर |
      गिरिजा मर्यो त्योकिन उमेस ?
      लोड सेडिंग भएर ?
      कांग्रस टुक्रियो त्यों किन उमेस?
      लोड सेडिंग भएर ?
      प्रचंड लुसुक्क इंडियन येम्बस्सी छिरे ??
      त्यों किन उमेस ?
      लोद्सेद्डिंग भएर |
      आइतेले फेरी एगारौ बचा पायो ?
      त्यों किन उमेस
      लोद्सेडिंग भएर ||||||||

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

    eXTReMe Tracker