मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सहर्ष जानकारीः बन्द ! बन्द !! बन्द !!!

    आजदेखि शैक्षिक गणतान्त्रिक मञ्च भन्ने एउटा संस्थाको आह्वानमा तीन दिन स्कूल बन्द हुँदैछ। देशभरका लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड हुँदैछ। अनि उता लिम्बुवानको चक्काजाम बन्द अझै कायमै छ। शीर्षक हेरेपछि बन्दको जानकारी पनि सहर्ष गरिन्छ र भन्ने तपाईँलाई लाग्यो होला। यो मैले भनेको हैन, चक्काजाम आयोजकले भनेको हो। यहाँ मैले धेरै लेखिरहनु पर्ने कुरै छैन। भित्र वक्तव्य हेर्नुस्, आफै बुझ्नु हुनेछ।

    के ठुस्स परेर बसिरहनु भा’को ? आयोजकले सहर्ष जानकारी गराएपछि खुसी हुनु परेन ?

    अपडेटः यसैबीच लिम्बुवान राज्यपरिषद्ले आव्हान गरेको अनिश्चितकालिन यातायात बन्द गएराति दश बजेबाट फिर्ता लिएको छ । पक्राउ परेका आफ्ना चौध जना कार्यकर्ताको रिहा गर्नप्रशासन सहमत भएपछि बन्द फिर्ता भएको हो। माघ बीस गतेदेखि भएको बन्दका कारण पर्ूवाञ्चलका नौ पहाडी जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको थियो। स्कूल बन्द भने देशभर कायमै छ।

    No related posts.

    39 comments to सहर्ष जानकारीः बन्द ! बन्द !! बन्द !!!

    • nabin

      after reading message from PREM AUSTRALIA..i felt it …
      hello prem ji…koi pani tapai ko tyo message padhera..risaune chinan kina ki…u wrote nothing but truth e sabai kura padhda kheri malai pani dherai dukha lgyooo..dherai dukha.
      ma pani bharkhari nepal bata aaye ko hu…teta ko to situation herne ho bhane ..afailai dherai nai ..maan dkhura aauchha ..prem ji…
      yo bandha ..hadtal..le ta situation dherai nai kharab banai sakyoo …
      people who r doind these r shameless…they don know anything..
      once again..PREM ji thanx for ur comments ..had a blast reading it ..great comment..
      hope some thing good will happen in nepal ..and we can live our life peacefully
      thank you
      california,nabin k netra usa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • afu satta ma chhu bhandai ma “sadhe judhai bachha michai” ta garnu bhayena ni, yo sochai nei “short sightedness” le uksayeko ho. ra yo nei habi chha nepal ma ahile.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • WAGAMAMA

      आवासीय दाजू भाई तथा दीदी बहिनीहरुलाई म गैर आवासीय दाजू/भाई बाट नमस्कार !

      आफ्नो मात्रिभुमिले यसरी दिन्दिनैको समस्याहरु भोग्नुको पछाडी सबैभन्दा ठुलो कस्को भूमिका छ भन्ने कुराको अनुमान कसैले पनी गर्न नसकेको हुनुपर्छ1
      यो सब बिदेश्मा बास्ने हम्रा रिफ्यूजी दाजू भाई हरुको तपस्याको फल हो1 किनकी देशमा जती तनाब र समस्या पैदा हुन्छ त्येती नै उनिहरुको निबेदन सफल हुने संभावना हुन्छ1 जब जब देशमा शान्ति छा ऊंछा मैग्रेशन दिपार्ट मेंटले तिमिहरुको देशमा शान्ति भयो त्येसैले तिमिहरू वापस जानु पर्छ भन्ने निर्णय दिने हुदा रिफ्यूजी मित्र हरु जहिले पनी देशमा गडबडी होश भनेर कामना गर्ने गर्छन1
      उनिहरुको कमाना सफल हुनु नै देशमा समस्या उत्पन्न हुनु हो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dai

      पुरुसोत्तमजी नराम्रो कुराको बिरोध गर्नु त परै जाओस फेरी बहुन बा द नै अगाडि सार्नु भो है ,

      यि बन्दकर्ताहरुलाई के उपनाम दिउ खै, जनता क सेवक भनौ कि राष्ट्रसेवक भनौ
      स्वाठहरुलाई ,
      देश र जनतालाई अबनती तिर धकेल्ने देश द्रोही जनता शोषक अहिलेका राजनीतिक संगठन य जातिय संगठन आफ्नो स्वार्थ पुर्तिकारुपमा अनेकौ दंगाफसादलाई आत्मसाथ गरिरहेकाछन आखिर सब यो केक लागि र कसकालागी हो?? एक छाक खानकोलागी मजदुर गर्ने हरुको रोजी रोटी गुमेको मर्का कसले बुझिदिने ?? तिमीहरुले तिनै गरीब जनता कोलागी राजनीति गर्ने भन्ने अनी तिनै जनता को पेटमारा हुने ?? कस्तो राजनीति हो
      कि सधैं राजनीति या जातिय खेलमा यस्तै हुन्छ ?? भोकमरी हो!!!
      हडताल बन्द चक्काजाम भन्दा अरु कुनै उपाय नै छैन बिरोध को

      अनी कंचनजी को लागि पनि

      अरुले गुहु खाएको देखेर हामी पनि के
      क म र??खाइदिउ भन्ने ?? वा ह क्या छ तपाईंहरुको राजनीति >>>
      अरुले जे गर्यो तपाईंहरुले पनि त्यही नगरि नहुने ,अनी तपाईंको संगठन र माओवादीमा के नै फरक देखियो र ??नाममा मात्र फरक भएपनी आखिर बिचार त उही लुटाह प्रबिती नै रहेछ । अनी तपाईं जातिका ठुला ठुला गफ दिने हेर्ने सुन्ने लाई मुतेको तातो थाङ्नामा सुताइदिने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nawas

      You are absolutely right koolhead, Marna lageko aama sanga ansha banda mageko jasto nai cha aaile. Dhikkar cha khanchan limbu ta jasto goru harulai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhai

      साथी हरु!!!
      पुरुश्वोतम जी को कुरा सुन्नुस अनी चुप लग्नुस!!!!!!!!!!!!!

      छोरो हराएकी आमा तिमि चुप लाग
      अनी १७ बरसे बिधवा बैनी तिमि पनी मुख थुन
      बाबु गुमेको टुहुरो छोराछोरी तिमि पनी चुप लाग्नुपर्छ
      किना की तिम्रो आबाज ले दरबार बलियो हुन्छ
      सड़क आन्दोलन नगर्नुस पीड़ित हरु
      मधिसे दाजुभाई हरु खुट्टा मा नेल लगाउनुस;
      आफै आफ्नो मुख मा चुकुल कस्नुस चुप लग्नुस
      किन की तपाई ले अधिकार माग्दा दरबार बलियो हुन्छ!
      पत्रकार साथी हरु सम्बिधन सभा तपाई हरु को जिम्मा
      जे देख्नुहुन्छ ; त्यों नलेख्नुस!!
      लिम्बुबान; खुम्बुबान हरु तपाई पनी चुप लाग्नुस
      ताम्सालिंग र अरु अनेक लिंग हरु चुप लाग्नुस
      तपाई हरु को माग र जागरण कोठामा बंद गर्नुस
      किन की त्यसले दरबार बालियों हुन्छ ;
      बिद्यार्थी भाई हरु तपाई त्यसै स्वोतंत्र हुनुहुन्छ अहिले नउफ्रनुस!!
      तपाई सबै जनता जसको घाऊ दुखेको भए पनी अहिले चुप लाग्नुस
      किन की त्यों उफ्राई ले दरबार बलियो हुन्छ!!
      देस बिग्रिएको बहाना मा बिदेस को कार्ड कुरेका बंधू हरु
      तिमि लाई के गर्दा फ़ायदा हुन्छ त्यही गर्नुस !!!
      तर म भंछु अधिकार मागने समय हो यो ;
      सुत्ने बेला हैंन यो; चुप लगने समय हैंन यो!!
      अहिले भोक ब्यक्त गर्ने बेला हो यो;
      किन की भंसा गर्ने बेला मा बोलेनौ भने
      हात धुन जुठेल्ना जाने बेला मा बोलेर के मिल्ला?
      कुर्न सक्छौ भने कुर १००_१५० बर्स
      किन की अहिले बोल्दा दरबार बलियो हुन्छ!!!!!!

      भाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Phurva

      त्यसरी जनताले ‘ए, कर लिन आउ कि आऊ’ भनेर हाम्रा लिम्बु कार्यकर्ता लाई बोलाका बेलाँ सरकारी सुरक्षाकर्मीले सँआतेर लान पाम्छ ? यसरी हाम्रा टेक्स अथिरिटीका मान्छेलाई समाते सि , हाम्ले नि यो गोर्खे राज्यलाइ बन्द गर्दिएम त के गल्ति गरेम ? गरिन्छ हाम्रो लिम्बुवान देशाँ हाम्रो राज , हाम्रो देश सुर्वाल सप्पै देखाइदिने गरी झैँ खोलूम कि इजार कसेर बन्द गरूम कस्को बाउको के तागत , हन ?

      त्यो माथि टाँसेको पर्चा चाहीँ बाहुन होरूले फाल्या होला । तैपनि काम गर्न नपरेसि ‘सहर्ष’ नभए के हुन्छ त ?
      अर्को कुरा लिम्बुवानाँ त यो आन्दोलनले हर्षै हर्ष बना’छ किनभने हाम्ले कर उठाउन पा’छम । अनि त्यो वाइ सि एल ले जे गर्न पनि पाम्छ भने हाम्ले हाम्रा गाम ठाममा त्यो गर्न किन नपाम्ने ? मजाले पाम्छ, यो देश कसैका बाउको पेवा होइ क्या, हौ?
      लिम्बुवानको आन्दोलनाँ सुरक्षा घेरा कस्तो थियो त्यो हाम्ले देख्या छौँ । त्यो बन्दको सूचनामा ‘सहर्ष’ लेखेर लिम्बुवानको नाममा फेलाउने नि तिनै हुन्। लिम्बुवानले काम नै नगर्न भनी सबैलाई बिदा गराएसि त्यो ‘सहर्ष’ नभए के हुने ?
      लौ भन त कसरी ज्यान मारेको , बद्मासहरू जस्तो गरी हाम्रो कारकर्तालाई पक्रेको अनि कार्यवाही गरेको हँ । यसरी लिम्बूको छोराछोरी पक्रिने कानून बनाउन पाम्छ ? अनि पुलिसले अरू अपराधी जस्तै हाम्रो मान्छेले दुई चारोटा बद्मासी गर्दैमा थुन्न पाम्छ ? अहँ पाम्देन , ।
      वास्तवमा हाम्रो सम्येन्त्र नै तेस्तो छ । टुक्राइदिन्छम् परो बने यस्तो थोत्रे देशलाइ हनि मिलाइदिन्छम् उते सिक्किमतिर धेरै ठसठस नगरिराख है।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • A Gandhian

      Kanchanji: Don’t deliver your gaffe as if you know all about Gandhi, at least do some research before you make comments about person like him. Gandhi is/will relevant for all of us. Read Mandela’s Biography and what he has to say about Gandhi. Perhaps you know how Mandela rescued his Apartheid-torn country from a potential never-ending racial conflict. Our leaders just did the opposite…Read other African Freedom fighter’s history and their approch to resistance and their regard to Gandhi and Gandhian philosophy. Even read recent books on neo-Gandhian philosophy. Gandhi is an enduring icon of the most relevant and sustainable method of resistance.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yatru

      DEAR UMESH JI,

      HAPPY B’DAY TO YOU AND MAY GOD ALWAYS BLESS YOU TODAY AND FOR DAYS TO COME. YOUR WORK IS REALLY APRRECIATIABLE !

      JANMA DINKO DHERAI DHERAI SUBHAKAMANA !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dr. saila

      Kanchan jee,

      Jasta beda haru sabai bahun,chhetri,rai,tamang,kami,damai,koche,meche,sarki,tharu,newar,satar,yadav,tajpuriya,rajbanshi,sherpa,misra,madwari,miya,ansari,ra aru jati ma pani hune ho bhane nepal ma 366days banda hunchha.
      They all need their own right,freedom,they all should preserve their culture.
      If this is the way to protest,garau 366days banda.
      Badhai chha limbu bro haru lai
      Bandha jari rakhau

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kiran

      Umesh ji,

      Yo pani COPY PASTE MISTAKE bhayeko hola jasto lagyo. SAHARSHA STHAGIT gareko letter lai copy garera banako hola ani SAHARSHA metna BIRSYO hola ni. Ki hoina?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मुखाले

      यिनी पूरू महात्म्यले बेल्जियमाँ के देखेका होलान बरा ।
      जनजातीलाइ दरबारसंग यिनले किन दाँज्या होलान भन्या । के खाइद्या हुन यी बराकी ती जनजातीहरूले ।
      ए बाहुन नानी तिमीलाइ किन लिम्बू र राइका कुराहरू सुन्नै हुन्नन की क्याहो । सुन, नेपालको इतिहासमा बाहुन पनि थिए, लिम्बू पनि थिए, राइ पनि थिए, धिमाल मेचेकोचे ती सबै पनि ता थिए नी बाहुन नानी । सवैले सवैका इज्जत गर्न सिक्नुपर्छ नी । यी कुरा पनि बुझे है नानी ।
      अवका जनजाती भन्या पद्मसुन्दरजस्ता हैनन भन्या । यिनीहरू पढेर पनि धेरै विद्वान भा’छन भन्या । सवैसंग सरोवर भा’छन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • koolhead

      हे आन्दोलनमा उत्रेका मेरा लिम्बु भाईहरु ,
      मर्न लागेको आमाका अगाडि त अंस-बन्डा गरेर छुटिएका दाई भाई पनि एक हुन्छन, अझ तिमीहरु त तेही नेपाल आमाका कान्छो छोरा.

      आफ्नो भाषा, धर्म, मतलब को लागि त सबै लड्छन तर सामाजिक प्रानी त्यो हो जस्ले पुरै समाज को हित् लाई पहिलो प्राथमिकता दिन्छ.

      बरु जब नेपाल स्थिर र शान्त हुनेछ, तब तपाईंहरुको पहिचान बचाउने अभियानमा मेरो पनि आवाज पाउनु हुनेछ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जसराज राई - तान्जानिया

      मित्रहरु,

      म पुष्प जि को कमेन्टसँग सहमत छु। बिरोध गर्ने अरु पनि थुप्रै तरिकाहरु छन त्यसैले अब हामी नेपालीहरुले आफ्नो शहरको बातावरणलाई ध्यान दिएर नयाँ बिरोधको थालानी गर्नु पर्छ।

      यो गाडीको चक्का बाल्ने आफ्नै राष्ट्रको सम्पत्ति भत्काऊने जस्ता बानी मा सुधार ल्याउनु एकदम जरुरी छ।

      पुष्प जि ले भने जस्तो गरे कसो हुन्छ? त्यसो गर्दा हाम्रो शहरको बातावरणमा पनि प्रदुशन नहुने र ठुलो रुप मा देशको सम्पत्ति पनि नाश नहुने।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kharane

      Khai k bhannu aaba ?
      Napal ma shanti ra Samriddi ko Din dekhne sapana sapana nai rahane jasto cha . Hijo sath sath khelne, Hidne, Bolne sathi haru aaja Tada chan, Ratdin aafno thau jasto lagera geet gaudai hidna sakine thau aaja Jat bhat ra Jatiyata ko Ati naramro mar ma pareko cha
      Nepali huna ko lagi aaba bhane Sir thado parera MA NEPALI hu bhanne aawastha pani narahane bhai sakyo
      K ho k ho Nepal ko BIGATI .. Eliminate nahos nepal aaba tyahi chahanchu ma ta ..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लिम्बूवान राज्यपरिषदले गरेको अनिश्चिनकालिन चक्काजामको मार खेप्नेमध्य म पनि अनुभवी हुँ । यो बन्द कति पट्यारलाग्दो थियो र सुरक्षाकर्मीहरूले कसरी दमन गरेर चारैतिर सडकमा घेरा हालेर बसेका थिए भनेर देख्नेमध्येमा म पनि एक हुँ ।
      -*-
      हाम्रो नेपालमा बन्द र हडताल भन्ने वित्तिकै अात्तिएर यो गर्नुहुन्न र त्यो गर्नुहुन्न भन्दै अर्ति दिन सवै अघि सर्छन त्यसमा सबैभन्दा अगाडि तिनै सातदलका नेताहरू हुन्छन अर्ती दिने । मानाै कि उनीहरूभन्दा बाहेक अरूको समस्या चै समस्या नै होइन । उनीहरू राजनिती भनेको ठूलाले र केन्द्रमा बसेकाले मात्र गर्नेहो भन्ने चिन्तनले ग्रस्त बनेका छन् ।
      -*-
      लिम्बूवानको ४ दिनको बन्द सडकमा मात्र केन्द्रीत थियो । त्यसबाहेक उधोग, कलकारखाना, शिक्षणसँस्था, व्यापार, बजार लगायतका सम्पूर्ण व्यवस्थाहरू सूचारू थिए । खाली महेन्द्र राजमार्ग भएर गुड्ने सवारीहरूलाइ निषेध गरिएको थियो त्यसमा पनि अत्यावश्यक सेवाका सवारीहरू, प्रेस र शैक्षिक सँस्थाका यातायात भने सूचारू नै थिए ।
      -*-
      बास्तवमा के भएर त्यस्तो पीडादायी सडकजाम गर्नुपरेको भनेर वास्तविकतातर्फ पनि हेर्ने प्रयास गर्नुस । लिम्बूवानको बन्द पूर्वघोषित कार्यक्रम थियो जसको १ महिना अगाडि नै अल्टिमेटमसहित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उक्त अल्टिमेटम अवधिभर पनि सरकार र स्थानीय प्रशासनले ठाडो कान नलगाएपछि मात्र अनिश्चितकालिन बन्दको शुरू भएको हो । वीचमा इलाममा २ जना कार्यकर्ता कर उठाउँदै गर्दा प्रशासनले गिरफ्तार गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउन थालेपछि लिम्बूवानका नेता तथा कार्यकर्ताहरू अाक्रोशित बनेका थिए । संगै कर असुल्ने वाइसीएलको चै भुत्लो पनि नछुने लिम्बूवानका कार्यकर्तालाइ चै गिरफ्तार गरेर थुन्ने प्रशासनकै नियतले पनि उक्त अवधि लम्बिएर ४ दिनसम्म बढेको हो जुन मंगलबार राति १० बजेदेखि सवै पक्राउ परेकाहरूलाइ निशर्त रिहा गर्ने शर्तमा स्थगित गरिएको छ ।
      वीच अवधीमा २-३ पटक लिम्बूवान र स्थानीय प्रशासनवीच वार्ता प्रयास भएपनि असफल भएको थियो ।
      मंगलबार नै मधेसी जनअधिकार फोरम, मधेस, तामाङसालिङ, लगायतका अन्य गठबन्धनका संगठनहरूले पनि पक्राउ परेका लिम्बूवान कार्यकर्ताहरू नछोडिए कडा अान्दोलन थाल्ने चेतावनी दिएपछि प्रशासन राती १० बजे उनीहरूलाइ छाड्ने घोषणा गर्न बाध्य बनेको हो ।
      -*-
      अव भन्नुस,
      ज्यान मारेको, हतियार बोकेको , लुटपाट मच्चाएको अथवा त्यस्तै अापराधिक कार्यहरू गरेर सुरक्षाकर्मीले नियन्त्रणामा लिएको भए पो कानूनी कारवाही गरेर अदालतसमक्ष लैजाने र कानूनी प्रक्रियाको कुरा अाउँछ । सडकबाट उठाएर थुनेका संगठनका कार्यकर्ताहरूलाइ विनकसूर कानूनी कारवाही गर्ने प्रशासनको ज्यादती विरूद्ध सडकमा उत्रिनु कुनै संगठनको लागि अाइतवार होइन । तर यति भन्दाभन्दै पनि सडकलाइ नै अन्तिम उपाय बनाउनुहुन्न भन्ने मेरो पनि धारणा हो ।
      -*-
      बास्तवमा हाम्रो प्रशासन संयन्त्र नै यस्तो छ । केही दिन अघि विविसीमा यस्तो मधेसी अान्दोलनको बारेमा टिप्पणी सुनेको थिए कि उतिबेलै गृहमन्त्रीले नैतिकताको अाधारमा राजीनामा दिएका भए शायद मधेसमा ४ दर्जनले ज्यान गुमाउनुपर्ने थिएन होला । करोडाैको धनको क्षति हुने थिएन होला । तर कुम्भकर्ण नेपालको प्रशासन र सरकारले त्यतिबेला चेत्यो जब मानिहरू मरेका मरै थिए । सारा मधेस जलिरहेको थियो । हजाराै बेघरबार बनिरहेका थिए । अन्तमा बाध्य भएर अन्तरिम संविधानमा संसोधन गर्नुपरेको थियो ।
      इतिहासले यस्तै सिकाएको छ । घटनाक्रमहरू यसरी नै अगाडी बढेको छ । दवाका कार्यक्रमहरू यसरी नै प्रभावकारी बन्ने गरेको छ भने ५० अाै वर्ष पुरानो गान्धीको सत्याग्रहले के पो होला र । तर यति भन्दाभन्दै पनि अान्दोलनहरू शान्तिपूर्ण हुनुपर्छ । जुन उदेश्यका लागि अान्दोलन गरिन्छ त्यो विषयसँग सम्बन्धित कुराहरूमा मात्र दबाव दिइनुपर्छ । तर माथि साथीहरूले भनेजस्तो बन्द या हडताल गर्दैमा तिनीहरू विध्वंशकारी हुन् तिनीहरू अपराधी हुन भन्न चै अलिक सुहाउँदैन । सवै अाफ्नै ठाउँमा अाफै सहि हुन्छन् । त्यो चिन्तन पनि बिकास गर्नुपर्यो नि हैन र । केही महिना अघि पुर्वी नेपालमा यहाँका यातायात व्यवयासीहरूले नै १ महिनाको अवधिमा २२ दिनभन्दा बढी हडताल गरे । यो हडतालबाट अाजित भएका नेपालीहरू र तिनीहरूको घाटालाइ कसले पूरा गरिदिने ? शिक्षकहरू स्थायी हुनुपर्छ भनेर केही वर्ष अगाडी शिक्षकहरूले महिनाै स्कुलका पढाइहरू ठप्प बनाए, गाविस सचिवहरूले पनि त्यसै गरे, निजामती कर्मचारीहरूले पनि त्यसै गरे । अाखिर किन त ? सरकार या प्रशासनले सभ्य र शिष्ट शैलीमा ज्ञापनपत्र बुझाउँदा टेरपुचछर लगाउँदैन । त्यो कुन रद्दीको टोकरीमा गएर फालिन्छ स्वयँ उनीहरूलाइ थाहा हुन्न भने यस्तो स्थितिमा कडाभन्दा कडा दबावमूलक हडतालको कार्यक्रम गर्नुको विकल्प नै हुन्न । तर पनि वर्तमान स्थितिमा सवैभन्दा उपयुक्त अान्दोलनको विकल्प भनेको असहयोग अान्दोलन हुनुपर्दछ । अाफ्नो अधिकारको लागि सडकमा उत्रेर अरूको अधिकार हनन गर्नुभन्दा पहिले एकपटक असहयोगी विकल्पको बारेमा सोच्नु जरूरी हुन्छ । तर अन्तिम उपाय भनेको त अन्तिम नै हो । यसमा दुइमत हुनपर्दैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जब तक लिम्बु खुम्बु जन जाती ले दरबार बलियो भयो भने बाहुन बा द बलियो हुन्छ भन्ने बुझ्दैनन ;;;; तब तक दरबार ले जातिय द्ङ गा
      गराउन सफल भाई रहन्छ।
      दरबार बलियो भया बहुन बलियो हुन्छ भन्या काटी नाबुझेको होलान यिनिहारुले ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      साथी हो,आमाहो,बा बा हो ,दीदी हो,बैनी हो,जदाऊ!!!!
      नेपाल बंद त अब कुनै नौलो कुरा भयेन|नेपाली लाइ बुद्दी बंद हुने रोग लागेको छ ,महामारी को रूप माँ छ,फैलिदो छ???
      एउटा गाइराहेछ दादरा ,अर्को भंगडा ,अर्को झ्याउरे, अर्को दरबारी ??????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kishor

      Truly i hate being a nepali now.
      I am so ashamed to introduce myself as a Nepali in a city and country where people love their country more than themselves and where all your activities are adjudged on its impact on other people.
      Malai Bhupi Sherchan ko kabita yaad aayo……..
      Hami bir chau tara buddhu chau
      Hami buddhu chau ra ta bir chau…
      bichara sojha janata hami koi manche ko ego ko pachadi kina lageko hola hai…….. First Maoist fooled the people and I think they have to hold the responsibility to encourage everyone to go destructive and against the law when they have some differences…………
      aba ta desh ma niyam kanun pani kasle manne bhayo ra……duniya lai dukha dine lai Police le samatda pani ………..tyesko birodh ma chakka jam …..

      i have nothing to say……….kill yourself Kumar Lingden……at least desh le euta kuputra bata chutkara ta pauchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karki D.

      प्रेस बिज्ञप्ती भन्छ उन्का कार्यकर्ता लिम्बुवान क्षेत्रमा पक्राउ परे,त्यसैले बन्द । तर किन पक्राउ परे त्यो पनि भनेको भए राम्रो हुने थियो । अनी लेखा जोखा हुने थियो । अरु भन्दा एक कदम अगाडी लिम्बुवान देखियो यो घट्नाले । राम्रो खेती वा ब्यापार नै भनौ यो सिलसिला लाई । अब त यसो कुनै संगठन खोल्यो अनी बन्दको आयोजना गर्‍यो, बस यतिका काम गर्न सक्ने भएपछी त्यो परिवर्तन,अग्रगमन र बिकाशको खरो वोकालत गर्दै नयाँ गणतान्त्रिक नेपालको दरिलो खम्वा ठहरिने भयो त्यसैले सोचौ अहिले नै अनी लागौ बाटो र गरौ उपभोग नयाँ नेपालको ।

      धन्यबाद।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर, अहिलेको संक्रमणकालीन अवस्थामा पनि यस्ता कार्यहरू गर्न सुहाउँछ ? विरोध गर्नु नैसर्गिक अधिकार हो, तर चक्काजाम बन्द यो अति नै भो मित्रहरू । जनताको लागि भन्ने अनि आम जनता नै विचल्लीमा पार्ने यो विरोधको स्वरूप परिवर्तन गर्नुपर्यो ! निम्न स्वरूपहरू परिवर्तन गर्नु अति नै आवश्यक भएको छ :

      - बन्द, चक्काजाम (बन्द गरौं)
      - टायर बाल्ने कार्य (अति नै घृणित हो, बाल्नेलाई कारवाही गरौं)
      - राष्ट्रिय सम्पत्ति तोडफोड (गर्नेलाई कारवाही गरौं)

      विरोधको स्वस्थ स्वरूप :
      - सिंहदरबार घेरौं
      - मन्त्री, प्रधानमन्त्रीको घर डेरा तालाबन्दी गरौं
      - उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारीको गाडीको हावा फुस्काइदिउँ (बरू जफत गरौं तर आगजनी तोडफोड नगरौं) आदि इत्यादि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Naya Nepal ko Naya Chalan ho……., Aba aru bandhakarta le pani siknu paryo naya naya shada…
      Laxmi Raj Karki Jubail Saudi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ए हो त म त हर्षित नै भएँ नि। आहा! अब आयोजकका साथ साथै उमेशजीले पनि ठुस्स नपर्न आग्रह गरे पछि त झन हर्षित भएँ!….. धोका दिनेलाई केभन्नु र खै भनेर भन्या जस्तो भो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जसराज राई - तान्जानिया

      I have been writing my comments here all about this sort of stupidity strike impose by many parties and groups which will directly effect on to coming CA election. I am not against any type of cultures, religions neither communities but this is not the time of calling strike to obstruct the CA election. The CA election is the best trouble shooter of the current crises in the country.

      Ladies/Gentleman,

      Whatever Nepalese political leaders are saying or have into their mind about turning down to republican is easy. It is not just easy as they make false statement/speech to public. There are heaps of challenges ahead to defeat to achieve a goal and we can’t over through Royal regime if this is how we go, I guarantee it is 90% impossible.

      Simply because of “a little knowledge is danger” none of Nepalese politicians are competent neither they know what is political principles? They do think the politics is to form a group. Have they ever brought dramatically changes within their state? Have they ever contributed something to the community from their own? Have they ever hold hand of poor peoples in the community and brought him into justice? The answer is big “NO” Every one of these political leaders are just sucking peoples blood and emptying countries budget.

      Finally, Nepalese people do not have any other options than conducting the CA election. Only the CA election will address all communities’ unsolved issues. I therefore request personally to all Nepalese living around the world to contribute your efforts to educate our community to get ready for the CA election.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ruchi

      आफ्ना माग लिनको लागी र्सबसाधारणलाईनै असर पर्ने गरि जथाभाबी चक्काजाम गर्ने, र्सबसाधारणको सम्पत्तिमा क्षति पुर्याउने काम गरि जथाभाबी छाडारुपमा आफ्ना कार्यकर्ता भनाउदालाई अघि बढाउदै बिध्वंश मच्याउने अनि बिध्वन्शकारीहरुलाई प्रहरीले समात्दा पनि पुनः र्सबसाधारलाईनै असर पुर्याउने । सडक, बिद्यालय बन्द गर्दैमा मात्र सरकारको बिरोध हुन्छ ? ए मुर्खहो तिमीहरुले केका लागी र कसकालागी संघियता मागिहिडेका छौ ??? जातको लागी या जनताको लागी ???? धिक्कार छ तिमीहरुलाई …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanjaya

      दोष सरकारको हो यो निजी स्कुलहरुले कम्ता पैसा कमाएका छैनन् । शिक्षकहरुको माग पुरा गरदिनै पर्छ र यो बिषयमा सरकार चुपलागेर बस्न मिल्दैन । स्कुल सँचालकहरुलाइ त के छ र महिना महिनामा अभिभावकहरु पैसा वुझाउँन आइहाल्छन वच्चाको पढाइ भाडँ मे जाय ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Padma Pant

      Lets try going retro, not only withstanding at one point. Why on close everything, lets vandalise everything and head back to the stone age.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna

      Kanchan Limbu ji, where is your commnet??? i am waiting for your commnet!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem Australia

      नेपाल मा केही बर्ष कोर्‍रा लगाएर शासन गर्नुपर्ने देखिन्छ। जहाँ जसलाई जे मन लाग्यो तेही गर्ने छुट दिएर यस्तो भएको हो बिधीको शासन नियम कानुन कानुन निक्कै फितलो साबित हुँदै गएको छ। स-साना कुरा हरुमा पनि आन्दोलन भन्याछ नेपाल बन्द भन्याछ कैले के बन्द भन्याछ कैले के हड्ताल भन्याछ यो सबै छुट को उपज हो। यो कुरा सुन्दा यो कमेन्ट पढ्ने जो कोही लाई पनि रिस उठ्न सक्छ तर एक पटक गहिरीएर सोच्ने हो भने यो अब अत्यावस्यक जस्तो देखिएको छ। हरेक दिन बन्द अनी हड्तालले सामान्य जनजिबन लाई कती अस्तब्यस्त पारेको छ त्यसमा कसैको ध्यान पुगेको जस्तो लाग्दइन। आफ्नो पैसा खर्छ गरेर केही गर्छु भन्दा पनि नपाईने काम गरेर खान्छु भन्दा नपाईने यो कस्तो बिडम्बना हो ? घर बाट बाहिर निस्के पछी घर भित्र न छिरे सम्म घरका सदस्यहरुमा त्रास रहिरहन्छ यो कैले सम्म? जथाभाबी रुपमा गरिने आन्दोलन, चक्का जाम र बन्दले दिनहु सर्बसाधारण लाई सास्ती मात्रै थोपरेको छ। यो ब्लग मा एकपटक चक्कजाम को कुरा आएको थीयो यस सम्बन्धमा म सँग एउटा लाजमर्दो उदाहरण छ त्यो के भने म ए क पटक बुटवल जादै थीए बाटोमा कुनै एउटा गाडीले सानो बाख्रा लाई ठक्कर दिएछ बाख्रो मर्यो अनी सुरु भयो चक्का जाम अर्काको भनेर हेला गरेको होइन त्यस बाख्रा को मूल्य १०००-१२०० भन्दा बढी पर्दैनथ्यो होला तर ३००० मागियो बस मालिकले दिन मन्जुर नभएपछी बाटो मा डुंगा राखियो र बाटो अबरुद्द पारीयो अब यहाँ एस्तो गर्नु हुँदैन भयो भने आफ्नो ज्यान नै जाल भन्ने डर नभनौ त सरकार ले राजमार्ग गाडी हरु कुद्न लाई बनाएको हो कसैको बाख्रा ,कुखुरा अनी चौपाया छडा छोड्न बनाएको होइन एस्तो सानो कुरा बुझ्ने कस्ले ? फेरी यस्ता चक्का जाम हुने धेरै ठाउँ हरुमा वर्खरै का केटा हरु हुन्छन यो देखेर मलाई अचम्म लाग्छ जबकी तिनिहरुलाई केही पनि थाहा हुँदैन तेस्ता जाम ले हजारौ लाई पुर्याएको मर्का,कसको ज्यान जाने कुरा कसको जहाज छुटेको कुरा के सिकाउछन तिनी हरुका अभिभाबखरुले घरमा ? कि तिनिहरुले गरेको काम बाट भित्र भित्रै खुशी हुन्छन? तसर्था तसर्थ अब हुने संबिधानसभा पछी बन्ने संबिधानमा सबै कुरा लाई समेटी कडा नियम कानुन बनाउनुपर्दछ तर यस को मतलब यो हैन कि मान्छे को बिरोध गर्ने अधिकार लाई नै हनन गरियोस। बिरोध गर्न पाउनु पर्दछ र ति आवाज लाई सरकार ले पनि ध्यान दिनुपर्दछ र गरिने बिरोध शभ्य हुनै पर्दछ। खाली स्कुल हरु बन्द गरेर अरु को पढ्न पाउने नैसर्गिक अधिकार लाई कुन्ठित गर्ने अधिकार कसैलाई पनि दिनुहुदैन। नेपाल हामी सबै को हो यसमा दुई मत छैन तर यहाँ हरेक दिन च्याउ झै उम्रने सस्था को कुनै काम छैन बिभिन्न बाहाना मा खोलिएका राष्ट्र नै बिखन्डन पार्ने यस्ता तत्व हामीलाई मन्जुर छैन तर राष्ट्रले भने हरेक भाषा सस्कृतिलाई उचसम्मान गर्नु पर्दछ नेपाल मा बसोबास गर्ने जोकोही पनि बिना भेदभाब का साथ भने बस्न पाउनै पर्दछ अन्त्यमा केही बर्ष पैले डा तारानाथ शर्माको एउटा लेख लाई जोड्न चाहन्छु ” एकपल्ट मित्रदेश हरुका पिरामिड हरु हेर्नुहोस्,एकपल्ट चिनको बिशाल पर्खालको अदितिय बिस्त्रिती तर्फ दृष्‍टि दिनुहोस्, एकपल्ट कम्बोडियाको अङ्कोर बाट भारतको ताज महल र न्यू योर्कका भब्य भवनका ताँती तर्फ नेत्र घुमाउनुस् अनी छातीमा हात राखेर भन्नुस् स्नेह र सहभागीता बिना ,शान्ती र मित्रता बिना, सुरक्षा र सम्झौता बिना मानब सभ्यताको यात्रा कसरी सम्बब हुन्थ्यो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun dahal ct usa

      Gara banda gara, khaoo napal aamako masu.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandes

      afu lai kaam garna maan chaina bhane ,,
      afnuu bachha buchhi lai educated banauna maan chaina bhane
      athwa desh bikas garna maan chaina desh ko lagi kei garna maan chaina bhane chuppa lagera jaad khayera ghar ma basnu ni afu ,,,
      kina aru lai banda garera dukhha dinu sarkar nai kamjor bhako ho jhai lagyo aba ta :(

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandes

      khai ke ho yo limbuwan ke ho madesi jana morcha khai maile ta kei thha pako chaina aaile samma akhir khojeko ke hoo akhir chaiyeko ke hoo kei bujhya chaina :(
      iniharulai pakistan jastai nepal ko pani nepalistan chaiyeko ho ki :) kaam na pako manche haru ko time pass na bhayera kholya sansta ho ki
      nepal sarkar kamjor bhako ho ki
      khai ke khai ke :(

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Luitel

      Mr. Kumar Lingden!

      Go and close your home’s door first and tell your children, “you are not allowed to be aducated”. Also tell your wife not go to Market for daily purpose.

      Congratulations and stay happy with your ******-** Job.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam bhandari

      sansarma bahadur murkha ka namele parichit napali ko buddhi kahile nasaprane bho haina?duniya kaha pugi sakyo hami nepali bhane banda ra hadhatal bhanda mathi pugna sakenou.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepjap

      sahasra hunuparne ho kyare hiana ?? saharsa banda po garaechan hai?? hahahahha funny!!!!!!but this is nasty. afno lagi arulai tension dine kaam chai baru sahasra banda hunuparne ho ke ke garne !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoj Khanal

      Dear My Sansar

      why not write a prefix the Bandha in word Nepal. I think this is going to be write in Guiness of World record, where 200 days Bandha in 365 days.
      New York, USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JB, Aus

      नेपालमा भएको एक मात्र यातायात को साधन बन्द गरेर समस्या समाधान होला त? आन्दोलनले सर्ब साधारण जनता लाई उनिहरुको इछा बिपरित सास्ती दिन्छ भने त्यो जन आन्दोलन कसरी भयो?

      कंचन जि ले यो तरिका को आन्दोलन को औचित्य को बारेमा बताइ दिनुहुन्छ भन्ने आशा छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bobby

      dherai dukha lagyo yo bandako rajniti dekhera.

      Limbuwan ra khambuwanle ke dekhaucha heraula hami pani.

      kahile buddhi aucha aba nepali jantako.

      Pashupatinathle sabaiko kalyan garun!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sharma, Ramesh

      binash kale biparit buddhie! well practice of democracy. is it appropriate and necessary to shut down the schools for any kind of democratic protests? Really we have no other means or way to make government understand about the demand or let the people know what’s going on? Are you guys going to establish some form of RANASASAN? If not, why we shutting down the schools for certain peoples benifit. In democracy everybody have the right to protests and speak against what you don’t like but there is limit, you can’t hurt other peoples right while exercising yours? Actually this is shameless behavior.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker