मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    चुनाव हुन्छ र हुनै पर्छ

    संविधान सभाको निर्वाचन अन्तर्गत प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन थियो आज र त्यसमा मधेसी दलहरुलाई पनि सामेल गर्ने हिसाबले भएको थियो रातभरको म्याराथन वार्ता। तराईलाई स्वायत्त प्रदेश पनि बनाउने सहमति भइसकेको थियो, ५० प्रतिशत उम्मेदवारी दिने दलले समावेशी सिद्धान्त नअपनाउनु पर्ने सहमति भइसकेको थियो। सबै कुरा मिलिसकेको थियो, उनीहरुका सबै माग पूरा भइसकेका थिए। तर अन्तिम समयमा मधेसी जनअधिकार फोरमका उपेन्द्र यादवले अकस्मात् निर्वाचन सार्नुपर्ने माग राखेपछि वार्ता निश्कर्षमा पुग्न सकेन। सरकारले स्पष्ट शब्दमा निर्वाचन सार्ने माग पूरा गर्न नसक्ने बतायो। निर्वाचन कार्यक्रम कस्तो होला जस्तो लागिरहेको थियो मलाई। तर आजको चुनावी माहौल र रौनक देख्‍दा लाग्यो- अब चाहिँ पक्कै चुनाव हुन्छ हुन्छ। यद्यपि अझै पनि चुनाव हुन नदिनका लागि खेलहरु हुन र देखिन बाँकी नै होलान्। तर पनि आजको चुनावी माहौल यस्तो रह्यो कि ती आन्दोलनरत मधेसी मोर्चासितको बिहान भंग भएको वार्ता आज भयो कि भएन वा अब कहिले हुन्छ भनेर कसैले वास्तासम्म गरेनन्।

    अपराह्न गृहमन्त्रीले पत्रकार सम्मेलन गरेर फेरि निर्वाचन सार्ने प्रस्ताव आएकै कारण सबै मागमा सहमति भइसकेर पनि वार्ता टुंगोमा नपुगेको जानकारी दिए। समय धेरै नभएकोले छिट्टै वार्तामा आउन पनि उनले आन्दोलनरत दललाई आह्वान गरे।

    हुन पनि अब सरकारले निर्वाचन सार्दिन, अरु माग पूरा गर्ने भनेर सहमतिसमेत गरिसकेपछि वार्ता गर्ने कि नगर्ने बल अब उनीहरु कै कोर्टमा छ।

    आन्दोलनरत मोर्चामा फुट ?

    आन्दोलनरत मोर्चामा आवद्ध तीन समूह तराई मधेस लोकतान्त्रिक पार्टी र राजेन्द्र महतोको सदभावना पार्टी सरकारले गरेको सहमतिमा हस्ताक्षर गर्न तयार भइसकेको थियो हिजो। तर मधेसी जनअधिकार फोरमका उपेन्द्र यादवले भने अकस्मात् चुनाव एक महिनाका लागि सार्नुपर्ने जिद्दी गरेका थिए। यसरी हेर्दा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा नै फुट आएको देखिन्छ।

    यो फुटको संकेत अस्ति पनि देखिएको थियो। फोरम कै जयप्रकाश गुप्ता रिपोर्टर्स क्लबमा मच्चीमच्ची वार्ता भंग भइसक्यो भन्दै थिए भने यता मोर्चाका नेताहरु बालुवाटारमा वार्ता गर्न गइरहेका थिए। यो फेब्रुअरी २२ को कुरा थियो। यसबाट पनि देखिन्छ फोरम वार्ता जसरी होस् भाँड्न चाहन्छ र उनीहरुको भित्री नियत संविधान सभाको निर्वाचन सार्नु वा हुन नदिनु रहेको छ।

    फोरम एक्कासी यो हैसियतमा कसरी आयो भनेर उसको इतिहास खोतल्दा पनि थाहा हुन्छ कि यो देशीविदेशी स्वार्थबाट सञ्चालित छ। फोरम कुनै राजनीतिक दल छँदै थिएन। यो त एउटा एनजीअ‍ोका रुपमा दर्ता भएको संस्था थियो। यसलाई मलजल गर्ने काम कसले गर्‍यो त्यसलाई बेलाबेलामा उनी सुटुक्क भारतीय दूतावासमा गोप्य रुपमा पस्नुले प्रष्ट गर्छ। हेर्नुस् यहाँ क्लिक गरेर।

    अनि भारतीय हिन्दू अतिवादीहरुसित सीमापारी बैठक गर्नुले पनि प्रष्ट हुन्छ। यहाँ हेर्नुस्

    संगठनको संरचना खोक्रो भएको फोरम बिना कसैको सहयोग कसरी तराईव्यापी सञ्जाल बनाउन सफल भयो, कसले यसमा पैसाको खोलो बगायो र यो हैसियतमा आयो, त्यो सहजै अनुमान गर्न सकिने विषय हो। गत वर्ष भएको एउटा घटनालाई फोरमले ठूलै रुप दियो। वर्षौँदेखि उपेक्षित मधेसीहरुको विद्रोह यही निहुँमा भयो। यसैबाट फोरम एउटा शक्तिका रुपमा स्थापित हुन पुगेको हो। उपेन्द्र यादवलाई भारतीय गोटी भनेर अरुले मात्र हैनन्, उनकै समूहबाट छुट्टिएका किशोरकुमार विश्वासले समेत आरोप लगाउने गर्छन्।

    उपेन्द्र यादव मात्रै हैनन्, प्रधानमन्त्री कोइरालाले मधेस समस्या समाधानका लागि भारतमा दूत बनाएर पठाएका काँग्रेसमा लामो इतिहास बोकेका महन्थ ठाकुर दिल्लीबाट फर्किएपछि पार्टी त्यागेर तराईमधेस लोकतान्त्रिक पार्टी गठन गर्न कसले उक्सायो, त्यसको रहस्य पनि खुल्न बाँकी नै छ।

    मोर्चा फुट्ला त ?
    २०४६ सालको आन्दोलनपछि भारतीय राष्ट्रिय झण्डा कै रंग मिल्ने गरेर पार्टीको झण्डा राखेर गजेन्द्रनारायण सिंहले नेपाल सदभावना पार्टी गठन गरेदेखिको इतिहास हेर्नुभयो भने तपाईँलाई थाहा हुन्छ कति पटक यो पार्टी फुट्यो। मधेसीहरुको हकका लागि भनेर खोलिएका सशस्त्र हुन् कि शान्तिपूर्ण पार्टी- सबै फुटेका छन्। त्यसमा पनि सबैभन्दा बढी फुटेको छ सदभावना नामको पार्टी। सरकारमा गयो कि यो पार्टी फुट्छ। सत्तालिप्सा यसको कारण हुनसक्छ। मोर्चाको कुरा गर्दा यसभित्र मतभिन्नता रहेको त स्पष्ट भइसकेको छ तर उनीहरुको मोर्चाको भविष्य अहिले नै केही बताउन सकिने स्थिति छैन। यद्यपि स-सानो कुरामा फुट्ने इतिहास मधेसी दलहरुमा छ। हुनसक्छ महन्थ ठाकुरको दल र राजेन्द्र महतोको दल सम्झौतामा आउन् र उपेन्द्र यादवले त्यसको अवज्ञा गरुन्। वा. सरकारले जसरी भए पनि निर्वाचन गराउने नै देखेर सेफ ल्यान्डिङ गर्न आउन्। मोर्चाले निर्वाचनमा भाग लियो भने त्यसैको पछिपछि लागेर पक्कै पनि कमल थापाको राजावादी पार्टी राप्रपा नेपाल र सूबथाको जनशक्ति पार्टी पनि लुरुलुरु आउने छन्।

    वार्तामा आएनन् भने नि ?
    अब वार्तामा आएनन् भने उनीहरुले आन्दोलन चर्काउने कोशिश गर्नेछन्। योजनावद्ध रुपमा आर्थिक नाकाबन्दीलाई चर्काउने कोशिश गर्नेछन्। यसलाई तोड्न सक्नुमा नै सरकारको कौशल देखिनेछ र त्यसका लागि अहिले नै रणनीति बनाउनु पर्ने देखिन्छ। निरन्तरको आन्दोलनबाट स्वयं त्यहाँका बासिन्दा पनि दिक्दार भएर बन्दको अवज्ञामा उत्रने छन्। तर त्यसका लागि त्यहाँ तैनाथ प्रहरीले अति जरुरी अवस्थामा बाहेक अत्यधिक बल प्रयोग गर्नु हुन्न। सकेसम्म गोली चलाउनै हुन्न। चलाए पनि मर्ने गरी चलाउनै हुन्न। राष्ट्रियताको पक्षमा सकेसम्म प्रोपोगाण्डा गर्न सक्नुपर्छ। उनीहरुले मुख्य अशान्ति मच्चाउने भनेका तराईका आठ जिल्ला हुन्- बारा, पर्सा, रौतहत, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी। ती जिल्लामा निर्वाचन केही समयका लागि स्थगित गरेर बाँकी नेपाल भर संविधान सभाको निर्वाचन गर्न सकिन्छ। सेना परिचालन पनि अर्को विकल्प हुनसक्छ। देशको सेना भनेको विदेशीसँग युद्ध गर्नलाई मात्र नभएर राष्ट्रिय अखण्डताको रक्षाका लागि पनि हो। शान्तिसुरक्षाका लागि पनि हो। तर सेना परिचालन अघि सबै विकल्प प्रयोग गर्नुपर्छ। आजै सरकारले अत्यावश्यक सेवा ऐन पनि लागू गरेछ, जुन राम्रो कदम हो। यो ऐन अन्तर्गत अत्यावश्यक सेवामा अवरोध गर्न पाइन्न।

    सावधान यो कुरामा
    संविधान सभाको निर्वाचन गराउन नचाहने वा नेपाललाई अस्थिर बनाउन चाहनेहरुले गर्नसक्ने अन्तिम संभावित प्रहारहरु यस्ता हुनसक्छन्-
    -मधेसमा भएका घटनाको प्रतिशोधका रुपमा काठमाडौँ वा अन्य पहाडी क्षेत्रमा मधेसी दाजुभाइमाथि आक्रमण गर्ने अनि त्यही निहुँमा साम्प्रदायिक दंगा भड्काउने
    -कुनै शीर्ष नेतामाथि आक्रमण, हत्याको प्रयास

    तर, चुनाव चाहिँ हुनैपर्छ
    नेपाली जनताको आफ्नो संविधान आफै बनाउन पाउने वर्षौँदेखि खोसिएको अधिकारलाई सुनिश्चित गराउने यो निर्वाचन जसरी पनि सरकारले गराउनै पर्छ। यस पटक पनि निर्वाचन गराउन नसके यो सरकारको वैधता रहँदैन। समस्या त आइ नै रहन्छन्। शान्ति कुरेर बस्ने हो भने धेरै वर्ष अझै निर्वाचन हुन सक्दैन। निर्वाचनको जुन माहौल देखिएको छ, त्यो कायम हुनुपर्छ।

    No related posts.

    44 comments to चुनाव हुन्छ र हुनै पर्छ

    • Sanjay Kumar Karna

      ek dum bakwas ho sabai. sabai le madheshi lai negative explain gareko chha, yasle garda yo stithiti aayek chha.
      thanks
      Sanjay Kumar Karna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      उमेश जि ,
      तपाईंको सपना ( सम्पूर्ण नेपालीको सपना)
      पुरा होस
      ,हामी सबै नेपाली ले चुनाव प्रती साकारत्मक धारणा राखेर चुनाव लाई सफल बनाउनु पर्छ

      चुनाव को माध्यम बाट नेपाल सरकार लाई बलियो बनाऔनु पर्छ ।
      उमेश जि लाई धेरै धन्यवाद , यती राम्रो आर्तिकल लेख्नु भयको मा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sunil

      Dear Umesh ji,
      Thanks for your info and nice article presentation, But just few words on the article. Let say that Upendra yadav is an agent of India! but who of our leaders are not the agent of India? Girija? Madhav Nepal? Prachand? Do u think they are not “Chamcha” of India? The history of Nepal Politic tell that all Nepalese leaders have been in India when they have had political trouble and India has helped them too (e.g. Maoist inclusion in the Government etc. So its unnecessary to blame any one here. If our leaders are really Patriot, they should not go to India when they have problem. They should try to solve their problem on their own? What do u think? am I not right. So instead of pointing the finger on any leader, try to see own character!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • zhalakachan khadka

      well done umesh ji you did good job. i like your artical and view it’s 100 percent right. i agree with you.
      we should have to be care ful other wise they will try to make enmity between madesi daju bahi and pahade daju bhai.
      that’s why we should take care of this and we should do any thing. no need to make feeling.
      just we all are nepali…………
      there is no bhahunchhetri
      there is no dalit
      trere is no madehsi
      there is no limbu
      there is no rai
      there is no tamng or many more
      JUST WE ARE NEPALI……………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dr. BP Chapagain

      Good point pointed out and we all think like this writer.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Drabin

      o Madan ji
      क्या हिट गीत |मुतु छोयो यार |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Padma Kamal

      Dear all,
      I agree with all those who think that the election should take place on the said date. I also feel that the agetating groups in Terai do not want CA election. They are guided by a remote control. This is completely against our national interest.

      All the political parties who really want election should work together to write a good and practical constitution. Therefore, they have to mobilize their party caders especially the youth of Terai to raise awareness of the people of Terai on constituent assembly,restructuring of the nation, and the importance of CA. At the same time, those people should expose the attitude of JTMM, especially the group of Upendra Yadav and Mr JP Gupta. Unless the political parties mobilize their caders and expose those pro-indian Yadav and Guptam those people will continue misguide innociant people of Terai.

      Padma Kamal, Nepalgunj

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dr.saila

      I agree with this article.

      Election should be held,anyhow….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • B Luintel London

      What is NRN doing? If they want dual citizenship and love their mother land then they must make sure Nepal exists! One suggested option would be for Nepali living abroad to protest in front of Indian embassies all over the world. May be it is time to tell them “mind your own business”. What do you say friends?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • किट्टे मगर

      एकदम सही हो यार ! जसरी पनि संविधानसभाको चुनाव गराएरै छाड्नुपर्छ । मेरो विचारमा चुनावको अवरोध गर्ने यो सिङ नभएको काले गोरुलाई यो देशबाटै लखेट्नुपर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumarbabu(sp)

      REALLY GOOD JOB,MR.UMESH JI,
      ELECTION HUNCHHA 2,4 DISTRICT MA HUNANASKE ARKO CHARAN MA K BHO TA?KURA MILERA BARTA SIGN NAGARNE MADESI NETA HEREKO HERAI HUNE BAHYE.SURYA BAHADUR THAPA,KAMAL THAPA LAINI BADHAI CHHA ABA TIMIHARUKO KAAM CHHINA KINA KI KING IS NOT IN NEPAL.HA HA HA………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amit

      having situation like this i don’t think there will be election; i think it’s a dream coz politician want this. and nepal will be always like this untill unless new generation will take over the government

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yes,election should be held in any cost.And now it has become clear that madhesi morcha don’t need election.They are just trying to play a game.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhaktapure

      मधेसीहरु को नियत त प्रस्ट भयो नै, अनी उमेशजी को बिश्लेशण सोर्है आना तथ्यपरक छ, विषेश गरेर सुझावहरु । सावधानी सहीत यती गर्न सके चुनाव पनि हुन्छ, शान्ती पनि आउला ।

      अनी यो चुनाव नसार्ने अडान लिएकोमा गृह मन्त्रीलाई पनि धन्यवाद दिनै पर्ला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karki D.

      लेखाई तपाईंको बुझाई हाम्रो शतप्रतिसत मिल्न गयो । अहिले को जटिल परिस्थितीलाई चिर्ने एक माध्यम यही हो । चुनाव नभए के होला भन्ने बिषय भन्दा पनि गर्नै पर्छ भन्ने मनसिकता सबैमा रहेको प्रष्ट छ । संबिधानसभाको जय होस । सहमतिका सम्वाभना रहदा रहदै पनि टेडिएर चुनावको बिरुद्द खनिनु भनेको उनिहरु समस्या समाधानको वाटोमा उन्मुख रहनु भन्दा पनि चर्काएर रमिता हेर्ने र आए अंप गए झटारो को नीतिमा रहेको बुझिन्छ । फुट्ने र जुट्ने गर्नु भन्दा अहिले जुटेर प्राप्त गरेको उपलब्धिलाई हात पारी संबिधान सभाको दिशा तर्फ आ-आफ्न एजेन्डा,नारा हरु लिएर जनतासामु गए सबैको भलो हुने थियो ।

      धन्यवाद । । । । ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sus

      Right analysis..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dilli

      सर्सर्ति हेर्दा यस्ले के सन्देश दिएको छ भने मधेस आन्दोलनको पकड संसदबादि र नेपालीहरुकै हातमा छैन भन्ने पुष्टी मिल्दै गैरहेकोछ छ । अस्थिरता र हिन्दू अतिबादिहरुको दलदलमा मधेस आन्दोलन रुपान्तरित भैरहेको छ जसको प्रत्यक्ष वा परोक्ष अभिष्ट हिन्दूराजा बचाउ रहेको छ । जातिय धार्मिक फुट ल्याइ गृहयुद्ध शुरु गराउनु यस आन्दोलनमा नवनागरिक पुजारीहरुको भूमिका देशलाई बिदेशमा बिलय गराउनु हो । आगे नेपाली नेताभनाउदाहरुले कस्तो भूमिका निभाउँछन् त्यसले देखाउने छ देशको भविश्य । मज्दुर, भूमिहीन र गरिवको प्राण हर्ने सिवाय अबको मधेस आन्दोलनले त्राण दिदैन । त्यसैले देशको स्थिरताकोलागि अब चुनाब गर्नै पर्छ । सकेसम्म सबैलाई समेटेर । अब कोही गन्हाउने पोखरीको दुर्गन्धलाई प्रिय ठान्छ त्यही पोखरीको फोहरी माछा खान बल्छि थापेर सुघेरै बस्न चाहन्छ भने पनि दुर्गन्द मन नपराउनेले फोहर पोखरी सफा त गर्नै पर्यो नि । त्यसैले यो राजतन्त्र रुपी फोहर फाल्न, र देश सफा पार्न संबिधान सभा जसरी पनि गराउनु पर्छ । कति दिन नागरिकले ख्वामितको पाउलागि गरेर बस्ने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himalaya

      चुनाव कुनै हालतमा पनि हुनै पर्छ हुननसक्ने ठाउमा पोस्त्पोन्द गरेमा केहीपनी फरक नपर्ला रास्टघाती हरुलाई सजाय गर्नु पर्छ नेपाल भनेको हामी सम्पूर्ण नेपाली हरुको हो यदी दलाल हरुले अबरोध गर्न खोज्छन भने त्यस्ता दलाल हरुलाई सार्वजनिक स्थानमा लेराएर झुन्डाएमा कुनैपनी दलाले भबिस्यमा एस्ता रास्टघात गर्ने छैनन जस्तो मलाई लाग छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anurodh/kathmandu

      Umesh JI
      Very good and analytical writing.Many people of Terai need election except some pepole who belongs to India.Many Indian has got citizenship last year.It should be investigsted and canceeled.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      गीत (छंद माँ गौनुस,मजा लिनूस)
      ————————————
      (१)
      हुन्छ हुन्छ हुन्छ हुनुपनी पर्छ
      न भएमा ,धेरै, फरक पर्छ |
      हुनई आट्या थियो ,मदिसेले बीयो ,निकालेर दियो |
      सब्लाई थप्पड़ !!
      सात पार्टी पान्ग्रे ,माओबादी ग्वान्ग्रे !
      मुखर्जी को च्याई च्याई
      लुमरे पुछर|
      ऊठ भने,उठ्यो ,बस भने बस्यो
      दुखिसक्यो धाड़ |
      भाचियो कम्मर !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Babu

      पहिले नै थाहा थियो, सरकारले जतिसुकै लचकत अपनये पनि यो बार्ता निश्कर्शमा पुग्दैन भन्ने। किनकी UDMF भनेको मधेशी जनाटकओ हीत को नाम दिएर देशमा दङा फैलाउने, अझ खास भन्नुपर्दा संबिधानसभा को चुनाव हुन नदिनु नै यो संगठनको मुख्य उद्देश्य हो। यो कुर प्रस्ट हुने त धेरै कुर छन, अझ प्रस्ट हुनुपरे भर्खरै bikashit घटनाक्रम लाई नियले पुग्छ। सरकार हदै सम्म लचक बनेर उनिहरुको एक एक माग, एतिसम्मकी स्वयत्त प्रदेश्को माग सम्म पुर गर्ने भनेपछी, फेरी चुनाव नै सार्ने माग अगाडि ल्याउने?
      उपेन्द्र यदव भनेको को हो, अब सबैले बुझिसके होलान। UDMF को प्रमुख अजेन्डा पनि अब सबैले थाहा पाए। मधेशिको अधिकारको लागि भनेर उनिहरुले क् खोजिरहेक छन भन्ने पनि झन clearly बुझियो।
      अब पनि तराइ का जनताले यो UDMF भनौदो पार्टी लाई , अथवा यादव लाई साथ दिन्छन भने, ऊनिहरु कती मुर्ख रहेछन प्रस्टै हुन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dude

      Good article

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna, UK

      Umeshji, I could not agree any more. Now time has to come to be sensible to the national integrity and in no means should the election to consitituent assmebly elections be deferred. Over the past several months we have not been responsible and have seriously let down the improtance of national integriry. Without being responsible citizens, we tended to embarace the fragmentation policy and have been too selfish by eroding the harmony and national unity. It is getting to let to come to the terms and any efforts to harbour fragmentation in the name of autonomy and federalism should be condemned and rubbished. We should not attempt to sow another problem in the name of solving one, and similary, in the name of resloving one kind of hegemony and oppression we should not create another kind of hegemony and oppression. The idea of demanding federal set up based on or in the name of one ethnic group has proved to be very dangerous. We have to create a broad based multicultural society where power is fully devolved but without jeopardizing the national interest and integrity. Hence, we must hold the CA elections and name and shame those who intentionally or unintentionally are acting like a traitors.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod vienna

      good annlysis. i perfectly agree with it. Government also need to consider these things. No way out without election in country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aman

      It is clear like daylight that India is playing a game of course in the bastard’s favor. Ask who’s bastard? – India.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Babu Ram Aryal

      चुनाव कुनै हालत मा पनि हुनु पर्छ, जो चुनाव मा आउँदैनन उनी हरु पाखा लागेर जान्छन । सरकार ले सबै माग पुरा गरे पछी पनि चुनाव सार्ने बहना खोज्नु जन द्रोही ,देश द्रोही नै हुन । अब मधेसी मुल का जनता ले कुरो बुझेर त्यस्ता मान्छे लाई तह लगाउनु पर्छ , हिमाल,पहाड , तराइ (पहाडए र मधेसी ) एक जुत हुनु पर्छ , जातियता को आड मा मच्चाउने लाई लखेट्नु पर्छ ।

      बाबु राम

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dipak, sydney

      …better send that Upendra back in India because all madhesi wants election, peace, security and development in Nepal. He is the only culprit with indian spirit. There are several groups in terai as they don’t want one madhes as saying by indian agents (Upendra and others). So, go ahead and make a successful election in the history of Nepal. Throw them away from madhes coz they are not real madhesi, they want money and power with the help of india and want to control whole nepal by controlling our food basket and life-line, TERAI.
      dipak,
      sydney

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santosh

      Still loads… better forget it. LOL

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santosh

      Umesh Jee,
      I completely agree with your point of view. There should be CA election at any cost and it is the only legitimate way of addressing various issues. I had expected a lot from the talk that head at PM residence yesterday, but despite the government’s committment to solve all the porblems, as Madeshi leader created new demands, it came back to the square one. Madeshi leaders should understand that they can play with all the sentiments of people like this. India ko paisa le tiniharulai polne6 and they are not the leaders of people coz what thet want is mobey but – money kaalo money. Where they got this right, they are animals who do not know that they are being sold for certain cheap in this case.
      Santosh

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • There is no other issue for the government to delve into but to use its entire machinery for the election.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bijesh

      In my Personal Opinion and the whole Nepal voice’s says the same that the Upendra Mahato is the concerned person who is trying to avoid the Constituent Assemly Election, so he is the main obstacles behind the solution and the reason behind dead lock Terai. so the people of Terai should decide which directions they want to move ahead?He has been paid by the External Forces including, India to create violence throught out the county.So he should be thrown out of the the country and banned from entering it .And Goverment should be the centre of Forces..Defense Ministry should apply extreme forces against such parties to create peace if required.
      This message is from all Nepalse students in US, Who are concerned about their Native Country, NEPAL
      bijesh Houston TX, US

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishore

      हो उमेश जी अब जसररी भए पनि चुनाव रोकिन्नु हुन्न। चुनाव रोक्न चाहने यो मुला भारतीय गुलाम लाई देशद्रोही साबित गरेर नेपाली मधेसे जनता को बीच मा नग्न्याउनु पर्छ र सबै देश भक्त madhese पहाडे नेपाली हरु मिलेर देश को नयाँ संबिधान बनाउनु पर्छ ।जय नेपाल किशोर यादव भारत बाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      हो चुनाव हुनु पर्छ। पाकिस्तानमा नै हेरौ चुनाव भाई हाल्यो त नेपाल मा किन हुन सक्दैन। तेसैले चुनाव हुनु पर्छ र तेस्मा जो अबरोध गर्न आउछ तेस्को हुमर्त लिनु पर्छ चाहे त्यो ज्ञानेन्द्र होस् वा उपेन्द्र ।
      उपेन्द्र यादब जस्तो मान्छेको पछी लागेर यि तराई का सक्षम र सवल नेत्रित्वो गर्ने बेक्तित्वो हरु अन्धो र दिग्भ्रमित रहेको प्रमाण दियको छ ।
      महान्त ठाकुर, राजेन्द्र महतो , राम बारण यादब हरु उपेन्द्र महतो जस्ता राष्ट्र घाती संग आफु साबधान रहदै तराई र मधेस बासी हरुलाई पनि सचेत गराउदै साबधानी गराउनु पर्नेमा आँफै जन्जाल्मा फस्न पुग्दा तेस्ता हरुको औचित्य र नेत्रित्वो पट्टी मधेश् मा बस्ने जन साधारण ले बेलाइमा बुझ्नु जरुरी छ ।
      उपेन्द्र यादब देशद्रोही हो भन्ने कुरामा संका नगरदा हुन्छ ।
      यही स्तिथी लाई तेर्सायर राष्ट्रघात गर्न अघाडी बडाउदै लगेमा नेपाली कङ्रेस ले महानत ठाकुर लाई गद्दार घोषणा गर्नु पर्दछ अनी तेस्ताइ धेरै बिखन्डनकारी राष्ट्र घाती र देशद्रोही हरुलाई सर्बकालिन करबाही गरेर देश बच्चाउनुको बिकल्प छैन।
      यिनिहरु तराई र मधेश को लागि होइन तराई र मधेश माथि राजनीति (वास्तवमा घातनिती) गर्दैछ । तेस्को नायक उपेन्द्र यादव हो ।
      उपेन्द्र यादव लाई झुन्ड्याउनु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सोर्है आना ठीक कुरा गर्नु भयो। अब जस जस ले चुनाव मा भाग लिय पनि न लिय पनि चुनाव को बिकल्प छैन। यि भारतीय दलाल हरु लाई दिनु सम्म अबसर सरकारले दियकै हो क्यारे अब यती लचकता अपनाउदा पनि सहमति गर्न नसक्ने लाई चुनाव मा संलग्न गराउने होइन सबै जनता मिलेर नङ्ग्याउनु पर्छ। मधेसी नेता यदी मधेसी जनता का लागि लडेका थिय भने त उनिहरु ले राखेको प्राय सबै माग पुरा भैसक्दा पनि सहमति नगरनु,बार्ता गर्न भारतीय दुताबास रोजेर भारतीयको छत्रछाया मा नेपाल को आन्तरिक मामिला मा बार्गेनिङ गर्नु,आन्दोलनरत दल हरु मै मतभिन्नता हुनु र आन्दोलन को लक्छ नै फरक हुनु(मधेसी जनाधिकार फोरम भाग्यनाथ लगायतका समुह सँग)यी यस्तै कारण हरु ले गर्दा यो कुरा त प्रस्ट छ कि यिनिहारु देसमा अराजक स्थिती को श्रीजना गरेर संबिधानसभा को चुनाव हुन नदिने र सकेसम्म देसलाई टुक्रायर भारतमा मिसाउने सड्यन्त्र गरिरहेका छन। नत्र भने आत्मानिर्णयको अधिकार सहित सम्पूर्ण मधेस एक प्रदेश को माग उठायर किन हलो अड्काउने काम गर्दै छन>.?
      aasish
      swiss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mysansar ma lekhiyako lekh haru madhya atinai utkristha leth, yeshko kalam le pramsa garna sakinna. Dherai ramro sujhab ani satarka rahana sarkar lai gariyako aagraha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • K Kadel

      उमेश जि टिप्पनी र बिबेचना राम्रो लाग्यो। उपेन्द्र यादव भनेको नेपाली राजनीतिमा नमुना अवसरबादी पात्र हो। उस्को ईतिहास खोतलेर हेर्ने हो भने ने क पा एमालेबाट माओवादी हुँदै अहिले भारत को न. १ पिठु भएर निस्केको छ। मलाई लाग्छ उस्को एक मात्र अभिस्ट भनेको संबिधान सभा को चुनाव जुन कुनै मुल्य मा पनि हुन नदिनु हो र नेपाल लाई भारत को खेलमैदान बनाउनु हो। अब सबै मधेसी दाजु भाई लगायत सबै देशभक्त नेपाली हरुले त्यो उपेन्द यादव भन्ने लाई सधैं को लागि बहिस्कार गर्नु पर्छ र यस्तै हो भने देशद्रोह को मुद्दा चलाएर कारबाही अगाडि बढाउनु पर्छ। आसा गरोउँ महन्थ ठाकुर जस्ता खरिएका राजनीतिग्य हरु त्यस्तो अवसरबादी को पछी नलागी संबिधान सभा को चुनाव सम्पन्न गराइ नयाँं नेपाल को निर्माणको महान अभियान मा लग्नेछन किनकी मधेसी दाजुभाइहरुको हित को रक्षा गर्ने उत्तम उपाय पनि यही हो।
      Kamal
      Ohio
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • NANDA FROM NORWAY

      yes, i am 100 percent agreed with the writer’s view. There should be the election at any cost. it should not be postphoned to fulfill the vested interst of meaningless persons like jayapraksah gupta and upendra yadav.

      nanda

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • CA should be held in any rate and any cost…it is a right time to use all the source and power of Government in constituation assembly.All the political leaders must urged the government to begin a process of peaceful,democratic changes,respecting human rights and creating clear pathway towards free and fair Constituational Assembly.The historic revolutionary leaders must know that all nepalese really want is peace and tranquility.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DiplomaT

      Finally, Mysterious Nepalese politics is being slammed with the Blogger’s Positive Attitude towards CA Election….We should follow the same spirit to make the CA Election possible. There is no way we can postpone it.and These So called Madhesi leaders are not working for Madhesis but for their own so don’t get confuseddddd…Thanks for building the Election Sensation…..at this worst time of political turmoil.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar

      उमेश जि तमामा नेपालीलाई अब त तपाईंको यो न्युज रिपोर्टइङ्ले छर्लङ्न गर्छ होला र मदेशीका साथीहरुले पनि मनन गर्छन् अब त मदेश को जायग माघमा यो उपेन्द्र ईण्डियन को गोती ले ब्लक्क मेलिङ गरेर ca election हुनदिनेर फेरी तै कोमामा राहेयको राजासस्थालाई बुत्यौदै भोलिका दिन्मा मदेश र नेपाल लाई अन्धकारमा ढकेल्नमा सकृया रहेको के अब नेपालका अरु जो अफुलाई संचारको ४ अङ भने कती पय न्युज पेपरहरुले हैले नेपाल आमालाई यो संकट राहेयको बलामा पनि तै ईन्डिया र मदेशीको न्युज मात्र दिन्चन । के अब तपाईंले जस्ती गरी यस्ता मदेशी बिकन्दन्करीलाई नङगे ghhar पारेर यस्तालाई आफ्नु न्युजमा कतै जग्गा नदिनु आम संचार माधमको पैलो भूमिका हुदेनर । आशा छ उमेश जि ले भोलिका दिनमा यो भन्दा पनि बदी खोजमुलक यस्ता बिकन्दन्करीको समाचार हामी सामु लौन ठुलो भन्दा ठुलो भूमिकामा हुनुहुन्छ भन्ने आशा गर्दछु । and i hope one day mysansar will be daily newspaper in our nepal and still give fair and good quality news .
      thank u

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajesh Dhungana

      Hi
      Lets hope nodody can stop the election.
      Upendra yadab wants to stop election just to show the people if Prachanda can stop the election why I can not. Not more than that.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabhat

      निर्बाचन हुनाई पर्छ तर दोंद, अभाब, असुरक्षा र अस्थिरता माँ हुने निर्बाचन कतिको निस्पछ्य, र डिगो हुन्छ, हेर्नुनै छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      Dear Umesh JI:

      Great article with factual scenarios….
      Mr. Girija MUST read this assessment.

      Mr. Upendra Yadav is an INDIAN AGENT…
      All patriotic Nepalese must be united and fight against such a puppet.

      Your third last paragraph is really a guideline to Girija Government.

      Please KEEP on POSTING THIS KIND OF ARTICLE….

      Krishna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karan

      Umesh Bhai,
      Namaskar timi lai.I am the one who brouse my sansar at least 10 times in a day living abroad and always discuss the news updates on this blog.I think you doing a great job for the country and people who love our country.
      Keep it on mr umesh and thanks for ever…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker