मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    आज पनि कुरो मिलेन

    अपडेट (राति ८:४५) आज प्रम निवासमा भएको वार्ता पनि कुनै निश्कर्षमा पुग्न सकेन। मधेसी नेताहरु आन्दोलन जारी राख्‍ने बताउँदैछन्। सरकार गम्भीर भएन भन्दै क्रुद्ध भएका मधेसी नेताहरुले अब काठमाडौँमा पनि बस्दैनौँ, तराईतिरै गएर आन्दोलन चर्काउँछौँ भन्दै चेतावनी दिएका रहेछन्। उनीहरुले आफ्ना मागहरुका बारेमा कुनै पनि बूँदामा छलफल समेत नभएको भन्ने समेत आरोप लगाएका छन्। यो चाहिँ नचाहिने कुरा हो उनीहरुको। रातरातभर ४ बजेसम्म चाहिँ के गरेर बसेका थिए रे उनीहरु ? वार्ता गरेर निर्वाचन सार्नुपर्ने मागका कारण वार्ता भंग भएको भनेर सरकारले सार्वजनिक गरेपछि मोर्चा जनताका सामु नांगिएको थियो। यसकै कारण उनीहरु क्रुद्ध भएर उनीहरुले आफ्नो लाज बचाउन विभिन्न आरोप लगाउने काम गर्न थालेका छन्। अब उनीहरु वाकयुद्धमा समेत उत्रिन थालेका छन्। उता, तराईमा आम हड्तालको १४ अ‍ौँ दिन फेरि अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। हिजो एक प्रहरी र एक प्रदर्शनकारी गरी दुई जना र आज एक जना गरी दिनदिनै मान्छे मरेको खबर आउनु चिन्ताजनक छ।

    आज दिउँसो आन्दोलनको आह्वान गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच नवलपरासीको सीमा प्रहरी चौकी महेशपुर अगाडि भएको झडपमा प्रहरीको गोली लागि नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर चार निवासी जगदीस पासीको मृत्यु भएको हो। आन्दोलनकारीहरुले रामपुरुवामा रहेको भूतपूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कडेलको घर समेत जलाएका थिए।

    उता, आन्दोलनकारीतर्फबाट चलाइएको गोली लागेर सोमबार मृत्यु भएका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार शुक्रलाल माझीको मंगलबार उनकै घर मोरङ्ग कटारीमा दाहसंस्कार गरिएको छ। प्रहरीले माझी हत्याको विषयमा अनुसन्धान थालेको सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कमल बस्नेतले जानकारी दिएका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले आन्दोलनकारीको तर्फबाट गोली चलेकोले आन्दोलनको नेतृत्व गर्नेहरुलाई ज्यान मुद्दा लगाइने जानकारी दिएका छन्।

    यस्तो घटनाले झनै तनाव बढाउँछ। ज्यानै जाने काम हुनु कुनै पनि हालतमा ठीक हैन। एकदमै जरुरी अवस्थामा मात्र गोली चलाउनु पर्छ। नभए भीड हटाउन टियर ग्यास प्रहार, पानीको फोहोरा प्रहार जस्ता वैकल्पिक उपायहरु पनि छन्। स्थिति अत्यन्तै अनियन्त्रित भएमा पो हवाई फायर अनि ज्यान नजाने किसिमले गोली हान्नु पर्छ। युद्ध भए पो आमनेसामने गोली हान्ने। निहत्था प्रदर्शनकारीलाई त त्यही अनुसार पो व्यवहार हुनुपर्छ। गत वर्षको मधेस विद्रोहका क्रममा पनि प्रहरी दमन कै कारण त्यति धेरै मानिसको मृत्यु हुन पुगेको थियो। अब पनि त्यही हुनुहुँदैन। यसले झन् आन्दोलन भड्काउँछ।

    काँग्रेस महामन्त्रीको घरमा ढुंगा प्रहार
    उता, जनकपुरमा प्रदर्शनकारीलाई उपचार गर्दा चिकित्सकले म्याद सकिएको स्लाइन चढाएको भन्ने निहुँमा अस्पताल क्षेत्र अगाडि तनाव भयो। जनकपुरमा नेपाली काँग्रेसका महामन्त्री विमलेन्द्र निधिको मिल्स एरियास्थित घरमा प्रदर्शनकारीहरुले ढुंगा प्रहार गरेका छन्। ढुंगा प्रहार गर्ने क्रममा भएको झडपमा दुई जना सशस्त्र प्रहरी र एक जना प्रदर्शनकारी घाइते भए।

    कर्फ्यु तोडी प्रदर्शन
    नेपालीहरुलाई कर्फ्यु लगाउनु भनेको घर बाहिर निस्की भने झैँ हुन्छ भनेर एक जनाले भनेका थिए। हुन पनि कमल थापाको कर्फ्युदेखि यस्तो देखिएको छ। सप्तरीको राजविराजमा पनि आज विहानै देखि कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन भए। राजविराजको मलेड गाउँ विकास समितिमा रहेका मुशहर टोलमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विन्देश्वर मुसहरसहित पाँचजना सर्वसाधारण घाइते भए। प्रशासनले राजविराजमा आज विहान आठदेखि बेलुकी छ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। सुनसरीको दुहवीमा आज विहान आठ वजेदखि अनिश्चितकालसम्मको लागि कर्फ्यु लागेको थियो। सुनसरीको सदरमुकाम इनरुवा र झुम्कामा मंगलबार भएका झडपको घटनामा छ जनाभन्दा बढी घाइते भएका छन्।

    उता जिल्ला अस्पताल इनरुवाका विरामी कुरुवालाई समेत प्रहरीले अस्पताल भित्रै प्रवेश गरी कुटपीट गरेको स्थानीयबासीले आरोप लगाएका छन्।

    यसैबीच सुनसरीको झुम्का बजारमा मंगलबार बिहान बन्दकर्ता मोर्चा कार्यकर्ता र स्थानीय व्यापारीहरुबीच झडप हुँदा पाँच जना मोर्चाका कार्यकर्ता घाइते भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ। मोर्चाका कार्यकर्ताले पसल बन्द गराउन भनेपछि झडप भएको र झुम्का बजार क्षेत्र तनावग्रस्त बनेको थियो।

    निर्वाचन प्रक्रियामा सघाउने कर्मचारीलाई चेतावनी
    सिराहामा संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाका कार्यकर्ताद्वारा संविधानसभा निर्वाचन प्रक्रियामा सघाउने कर्मचारीलाई ४८ घण्टाभित्र क्वार्टर छाड्न अल्टिमेटम दिएका छन्। त्यस्तै बाराको कलैयामा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। यसैगरी बीरगन्ज उपनगरपालिका क्षेत्रभित्र पनि कर्फ्यु लगाइएको छ।

    बन्द फिर्ता
    उता, संयुक्त थारु राष्ट्रिय मोर्चाले पश्चिम तराईका ५ जिल्लामा गरेको बन्द फिर्ता लिएको छ। मोर्चाले सोमवार राति अबेर विज्ञप्ति जारी गर्दै दाङ, बाँके, वर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा बन्द फिर्ता लिइएको जनाएको छ।विज्ञप्तिमा मोर्चाले सरकारसँग वार्ता भइरहेको र वार्तालाई सफलतामा पुर्‍याउनको लागि बन्द फिर्ता लिइएको बताइएको छ।

    ************
    यसअघिको मूल ब्लगःअपडेट (राति ७:३०)
    बालुवाटारमा वार्ता हुँदै
    अस्ति अकस्मात् निर्वाचन सार्ने कुरा आएपछि निश्कर्षविहीन भएको संयुक्त मधेशी लोकतान्त्रिक मोर्चासितको वार्ता अहिले सहमति निकाल्न प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छ । वार्ता सकारात्मक रुपमा अगाडि बढेको भनिएको छ। निर्वाचन सार्नुपर्ने मागका कारण वार्ता भंग भएको भनेर सरकारले सार्वजनिक गरेपछि मोर्चा जनताका सामु नांगिएको थियो। यसै सन्दर्भमा आज फेरि वार्ता भएको हो। सहमतिको मस्यौदा समेत अहिले तयार भइरहेको बताइएको छ ।

    वार्तामा मोर्चाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादव सहभागी छन्।

    No related posts.

    39 comments to आज पनि कुरो मिलेन

    • Dinesh Rai

      अब तिमिहरुले कहिले चै कुरा मिलौछोउ त हँ ,
      नेपाली जनताले पर्खीसकेका छैनन् है भाते हो. गरिब निमुखा जनताले दुख गरेर कमाएर तिरेको कर मा मोज गरेर तिमीहरुले धेरै नाटक नगर |
      खबरदार , सावधान नेपाली जनताहो.
      .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nir bahadur thapa

      नेपाली दिदी बहिनी तथा दाजु भाई हरु ,
      अहिले सम्मा त नेपाली हरु ईण्डिया मा गएर चौकिदर गर्न वाध्य थिए अब यो मधेस आन्दोलन ले नेपाली हरु लाई नेपालमै नोकर को रुपमा बस्न वाध्य बनाउने भयो ।।।।।।।।।।।।।।खबरदार नेपाली हरु यदी तिमी हरु बीर नेपालीका सन्तान हौ भने मधेसी दलाल हरु को भन्दाफोर गर्दै अब स्वतन्त्रता को लागि लदने बेला आयो , अब ढिलो नगरौ तराइ का आदी बासी हरु लाई साथ लिएर अब स्वतन्त्रता को लडाईं लद्दन तयार हौउ ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।निर बहादुर थापा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भास्कर

      दोश हामि लै नै छ, भारत को कुनै गल्ति छैन

      भारत ले त्यहि गरि रहेको छ जुन कुनै पनि देश ले भारतको ठाउ मा भयेको भये गर्थ्यो; अझ भारतको ठाउ मा तिन तिर बाट नेपाल लाइ पाकिस्तान ले घेरेको भये नेपाल को के हालत हुन्थ्यो होला

      हामि नालायक हो; आफ़्नो घर आफ़ै भत्काउने, आफ़ु आफ़ु बिच नै दुनिया भरका छेत्रियता, जातियता का आधार मा देश बाड्नु पर्छ भनेर आन्दोलन गर्ने, सरकार, पुलिस आर्मि लाइ अत्यन्त निरिह र कमजोर पार्ने, डाका लठैत हारु लाइ नेता को रुप मा चुन्ने सन्स्कार लाइ पुरस्क्रित गर्दै आयेका हामि लाइ त्यत्रो शक्ति सम्पन्न र जनघन्त्व भयेको भारत ले यति मात्रै दमन गर्न खोज्नु भनेको कुनै नौलो बात होइन, यसको लागि निम्ता दिने हामि आफ़ै हो

      आफ़्ना चेलि बेटि, दिदि बहिनि लगेर बम्बै मा बेच्ने अनि बम्बै लाइ नै उल्टै गालि गर्ने?

      यो खोला, नाला, सिमाना, जन्गल सारा का सारा बेच्न लालायित भारतका दलाल पार्टि हरु हाम्रै नेपालि हरु बाट सन्चालित होइनन? किन यिनिहरु भारतको गुलामि गर्न दौड धुप गर्छन? आफ़्नो घर राम्रो सग मिलायेर राख्न, सरकार लाइ दरो राख्न, कानुन लाइ सम्मानित र प्रशाशन लाइ प्रभावकारि बनाइ राख्न हामि लाइ कसले छेकेको थियो?

      आफ़ै जाड खायेर आफ़्नो घर भत्काउदै हिड्ने, आफ़्नै छोराछोरि, भाडा कुडा बेच्दै हिड्ने अनि छिमेकि लाइ दोश दिने?

      नेपाल मा दिन दहाडे जन हत्या, आतन्क, लुट मार गर्ने र जातिय र छेत्रिय हिन्शा भडकायेर देश लाइ टुक्र्याउने शुरुवात गर्ने प्रचण्ड हरु भरतिय दलाल होइन रहेछन त? तिनिहरु ले शान्त नेपाल लाइ तहस नहस गर्ने हतियार कहा बाट ल्याये? उनिहरु लाइ आतन्क गर्न कसले शरण दियेर राखेको थियो? किन ति नेपालि का छोरा भारत को स्वार्थ मा बिके? के यो सबै गल्ति हामि आफ़ै बाट भयेको हैन?

      अहिले आयेर तिनै देश द्रोहि हरु देश बेच्न आफ़ुलाइ रास्ट्रपति घोशित गर्दै हिडेका छन; बिडम्बना को पराकास्ठा यो भन्दा बढि के हुन सक्छ?

      आज यो तराइ हिन्शा को माध्यम भयेर नेपाल भारत को भुमि हुन गयेको मा म अरु कोहि हैन यि माओबादी लाइ नै कारक को रुप मा देखि रहेको छु

      ग्यानेन्द्र को ब्यक्तिगत महत्वाकान्छा ले माओबादी को जन्म भयो र फ़ेरि ग्यानेन्द्र भन्दा पनि महत्वाकान्छि प्रचण्ड को महत्वकान्छाले नेपाल आज भारत को भुगोल भित्र को यौटा शक्तिहिन प्रान्त हुन पुग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अब अरु केही होइन,सेना नै चलाउनुपर्ला जस्तो छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhai

      के सिटौला ले ब्यक्त गरे जस्तै ६ ओटा बुदा मा हार्दिक शहमति भएको होला? हार्दिक शहमति हुन सकने माग हुन त ती २ बुदा हरु??
      मेरो बिचार मा सरकार ले यो यो बुदा मा शहमति भयो भनेको छ ती सरकारी प्रस्ताब का कुरा हरु नै होलान!शहमति हुन सकने अबस्था थिएन !मधिसे नेता हरु आफ्नो माग ऊपर लचकदार नाभएको हो भने हो भने ती माग हरु मा सरकार लचक हुनु पर्छ भन्ने छैन! सरकार जनमत कै आधार मा पनी २ तिहाई जनता को पक्ष्य मा अडिग हुनु पर्छ!
      जनता संग मधिसे समूह को २ ओटा माग को बिषय मा कुनै पनी शक्ति को दबाब आए पनी शहमत नहुने भनेर घोषणा गरिसकेका गिरिजा बाबु माथी कुन अदृश्य शक्ति को दबाब आयो होला र शहमति भए होला? त्यसै पनी अनुमान लगाउन सकिंछ की यहाँ नेर सरकार ले पनी झुटो बोल्यो!मधिसे नेताहरू ले आज जे भने भंनुभएको छ उमेश जी यो पनी झुट्टा नै हुनु पर्छ!तेत्रो रातभरि “म्यारिज” खेलेर बसे रे त तेसो भए?
      सर्कारले ढाटेको हुनुपर्छ ६ ओटा बुदा मा शहमति भएको भनेर! ढाटेको हैंन भने र शहमति भएकै हो रेछ भने पनी आत्म निर्णए को अधिकार को समान अर्थ हुने गरी कुनै पनी शब्द को प्रयोग गरी शहमति हुनु खुसी को कुरा हुन सक्दैन! शब्द को प्रतिस्थापन गरी आत्म निर्णए को अधिकार कै समान हुने; एक मधेस एक परदेस को भाबना अनुसार हुने गरी शहमति भएको हो भने गिरिजा बाबु लाइ हाई हाई गर्ने हामी बेब्कुफ़ भइयो!
      अब यहा हेर्दा चुनाब को बिकल्प छैन; र चुनाब बाट केही हुने वाला पनी छैन! यदि दोस लगाए अनुसार मधेस आन्दोलन मा भारतकै हात छ भने नेपाल सरकार ले यो चुनाब को कारण ठुलो मूल्य चुकाउनु पर्ने पक्का छ! हामी त्यासको लागी तैयार हुनु पर्छ! यदि भारत को हात छैन भने मधिसे नेता हरु ले आफ्नो भाबिस्य बिचार गरेर नै अगाडी बढ़नु श्रेयस्कर हुन्छ!

      भाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jonkey kahcha

      tara sandip kun force bhane ko .. lal force ki sripech wala force..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binodparajuli

      उमेश्जी अब पनि बार्ता सफल भएन भने यि भारतीये बिस्तारबदका भाडाका टट्टु हरु लाई नै देस निकाला गर्नु पर्छ । एही नै हरेक स्वाभिमानी नेपाली जनता बाट नेपाली आमा लि आसा लिएकी हुन।अन्एथा ईतिहास ले हामी लाई कहिले पनि मफ गर्ने छैन। मदेशे जनता होस् या पहाडे आफ्ना अधिकार लिने निहुमा नेपाली आमा को छातीमा लात हन्ने अधिकार कसैलाई पनि छैन र तेस्ता अपराधी लाई तपाईं हामी स्वाभिमानी जनता ले मिलेर धुलो चटाउनु पर्छ। चाहे तेस्को लागि अफु बलिदान हुनु किन नपरोस। मलाई यो कमेन्ट लेखी रहदा कबी भुपी सेर्चन को कबिता याद आयो। ( बन्दैन देस दुई चार सपुत मरेर नगहे – नेपाली हामी रहुला कहाँ नेपाल नरहे ) तेसैले साथीहरुहो नेपाली आमा को छाती माथि होली खेल्ने अधिकार कसैलाई छैन र त्यो सैहे पनि हुने छैन। चाहे त्यो उपिन्द्रे होस् या राजिन्द्रे या महन्ते या हनुमन्ते। तराइ आन्दोलन का नाममा आतंक मचौने हनुमान हरुको पृष्‍ठभूमी हेर्ने हो भने पनि यिनी हरुको कर्तुत र हर्कत नेपाली जनता ले बुझिसकेकाछन। मधेसी जनता को नाममा मधेसी जनताको रगत चुसेर मोटाएका यि भारतीये बिस्तारबाद का ब्वासा हरुलाई अब के मदेश,के पहाडे कसैले पनि छोड्नु हुन्न। तेसैले यि दानब हरुको प्रतिकार मदेशी या पहाडी या हिमाली भएर हैन नेपाली भएर गर्नुपर्छ। यो नै तपाईं हामी सबैको कर्तब्ये हुन जान्छ तेसैले आसन्न संबिधानअको चुनावअलाई सफल बनाइ एसै मार्फत आफ्ना अधिकार लाई सुनिस्चित गर्नुनै प्रतेक नेपाली को कर्तब्ये हुन जान्छ। र सरकारले पनि अब अन्तिम समयमा आएर खुट्टा कमौने कामा गर्नु हुँदैन सम्भब भएसम्म बार्ता को माध्यम बाट निकास निकाल्नु पर्छ र असम्भब कुरा हरुलाई प्रस्त रुपमा जनता को माझ्मा राख्नु पर्छ। र अगाडि बदनु पर्छ। मधेस समस्या बर्ता बाट समाधान नहुने सन्केत त देखिसकेको छ जस्को प्रमाण को रुपमा उपेन्द्र को अभिबेक्ती र भारतीये हस्तछेप लाई लिन सकिन्छ। तेस्कारण सरकार ले धुलमुले निती छोडेर प्रस्ट सोचकासाथ संबिधान सभाको महानएग्ये मा होमिन लाई अब ढिलाई गर्नुहुन्न र सरकारले क् पनि बुझ्न आबस्एक छ भने मधेस आन्दोलनमा मधेसिजनता को हैन दरबार, भारत र मधेस बिरोधी दलाल,तस्कार,डकैत समुहको हात छ जस्को कारण पनि यो समस्या बार्ता बाट समाधान कुनै हालतमा सम्भब छैन। बिनोद कुमार पराजुली झापा (दामुना) हाल कतार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash bhattrai

      Umesh Jee thanks a lot off.nepal vanda bihera basera pane hujur ko blog bata nepal ko sabi hot news harna payko ma darrei happy chau . ahila ko nepal ko halsalko new problem create garna madesh ko nam badnam gerara afno mondala ra vasterichari mancha haru la des lie tas nas parna kosses gardichan but tasko pardafas garnu tapi hamei justo youg genration ko kam hoo . yo madesh ko nam ma chawee justo janma vayko party haru ko k prestaa vummei cha , k ko lagi yasto gerakoo . sabi demand pura garda pane k ko lagi new new damend create gardi sambiden savva stop garna khogakoo thats way madesh ko andolan only sambidan savva ko badak banna mattra ayko ho yeslie goverment la kulchera vaya pane election garnu parcha.Mantha Thakur, jay prakash Gupta , upendra yadav , sarbendra nath sukkla , anil jhaa sambiden savva ko lagi virous hun yasko lagi vires cleanup software use garnu parcha justo lagcha.

      thank u.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandip

      i think should use force now.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashraya

      Aba ta jhan Ti tin dal lai madheshmai pashna nadinu parne. yetai pakrera deshdrohi bhanera jail chalan garnu parne ani chunaab pachhi India lai tera citizen lai tai taha laga bhanera supurdagi garidinu parne ani thaha pauthye. Bihar tukrauthe holan marna nashakeka haru…

      Uta Bihar ko Lalu sudhriyera k k gari sakyo e hamra Laluharu ustai chhan. Aba ta yiniharulai bihari bhanna pani laaz lagne bela bhayisakyo. Kamtima Lalule deshai ta tukryauchhu bhaneko chainani

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kishore

      साले चोर हरू । देश द्रोही हरु यिन लाई देश द्रोही बनएर देश निकाल गर्नु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Goodday Shrestha

      In my opinion, only Upendra Yadav of Madheshi Forum is operated by some foreign country (specially India). Otherwise he must understand the importance of CA election for Madheshi people & for all nepalese people. All the rest leader are agreed in 6 points, but only yadav was against that. If that is true then he must be punnished by madheshi people.

      Goodday!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • In present Nepali politics without level of monarchy every agitation groups could fulfil their demand. It will not be big things for founder of New Nepal (government or seven political parties) Any way any kind of agitation groups could fulfill their demand except “Rajabadi Bhaner Chinineko Matra”. Such kind of whim is surrounding the periphery of seven parties or government.Such kind of strategy started from Maoists parties. and most of agitation groups have been following the same line. The six demands are already commited to fulfil by government but that demand is not so big to them to accept.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luv Sharma

      That looks cool, but if the Jyadab Upendra is also in the meeting, I am not sure that the meeting will be fruitful. Anyway, we should be optimistic for the future. The election must happen in the pre-specified time.

      Thanks for update.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • veem grg

      फेरी गृहमन्त्री को रजिनामा त मग्ने होल नी उही उपेन्द्र यादबले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yea of course conversation should be end in right way otherwise it is very hard to get fair election. All the political parties, regional parties and other different group should unite for the successful CA. But we the government don’t have to forget his boundary, whatever the different group says if they full fill their desire according to their desire then another group will be created and struggle for their own. This process ultimately goes the country in the state of division. So be aware Government and Seven political party leader ball is in your coat whether to move the country heaven or hell.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ujjwal

      This is the great time for Nepal’s futuer so we should have to think positive and do positive.

      Ujjwal babu
      S.korea

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himal

      yo nirbachan sarny kura ho ani nepal sikim modal gnatantra ko digain ko ak tayari ho bany huncha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I hope it goes well……we Nepalese deserve peace and stability…too much of uncertainities and bloodshed already

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishnu

      pray for good result

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Rashik

      Umesh jee
      Madhese haru aaphain taha lagisake. kasko ishara ma chaleka raichhan kunni.
      ab pani chunab sare bhane madhese haru lai madhese haru le nai taha lagaune chhan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjay kumar karna

      Pashupati Nath sabai lai sadbuddhi dewos ki barta safal hos ra CA safalta purbak sampanna hos. Hami yahi apeksha garau.
      thanks
      Sanjay Kumar Karna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raju shrestha

      yo sabai natak ho just nautanki …..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      i think upendra mahato is the only person who is obstracting the BARTA. he is a DALAL of INDIN. he never come on compromise. anyway lets hope BARTA safal hos ra time mai election hos. des ma santi ho.
      hari

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • d.c binod Taipei

      जिउदो रहदा सम्म गिरिजा,खबरदार!!! देशको अखण्डतामाथि सम्झौता नगरेस !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxman ghimire macau

      barta purna rupma safal hos yehi kamana gardachu madhes ka jayej mag haru lai sambodhan gardai aja ko barta safalata purna hunecha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shishir

      खैर,
      चुनाव होस्, सरकारमा बस्ने हरुले कसम खाएका छन देशमा सँघीय ब्यबस्था को शासन प्रणाली लागु हुन्छ भनेर। मेरो मन्मा भएको जस्तो संघइय ब्यबस्था आओस नेपालमा। कम्तिमा चार पाच दसक सम्मा एउटै ब्यक्ती घरी घरी प्रधानमन्त्री हुने ( सु ब थापा) (गिरिजा पनी तेस्ताइ खोज्छ) राजनीती हटोस नेपाल बाट। हामी ( सतरी प्रतिसत भन्दा बढी जनता ) नजन्मीदेखी सु ब थापा प्रधान मन्त्री हुन थालएको, अझै पनी हुन खोज्छ भन्ने सुन्छु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yamlal

      why those traitors feel to come for talks. why not they assassinated by some groups. they are not nepali and they wan to make our terai as part of india. they must not allowed to participate in CA election.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Devendra( Devraj) GIRI

      Barta safal bhai sambidhan savhako chunab tokiyeko samayema nai chunaab hos yehi chha mero bhagaban saga parthana. Good luck and god bless Nepal and Nepali!!
      Devendra Giri
      Brusselsstraat-57/2b
      3000 Leuven Belgium

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SUBASH

      Hope today will be work out. Best of luck all of us .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DIPENDRA

      मधेशी नेता हरुले साँचै अफुहरु हरु संबिधान सभा को निर्वाचन बिरोधी होइन भने सहमति पुग्नु पर्छ । कामना गरौ आजको बार्ता बाट निकाश निस्कियोस ।होइन भने उनी हरु मधेशी जनता को समुने नाङिने निस्चित प्राय हुन्छ ।जुन नेपाली जनता र राष्ट्र कै लागि ठुलो घतक पनि हुन्छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxman neupane

      its very good efforts from nepalese government to solve the recent political crises and open the way of free and fair election in nepal. Madesh leaders should respect it.
      i believe that both party will agree to end the disputes senario each other and respect nepalese peoples. the agitation is not peoples demands but peace and harmony is essential to all. lets creat an appropriate environment for development prospects on over all the country.

      Laxman
      wembley, UK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dharam

      For any reason, the historic constitutional assembly election should not be postponed. Mr Upendra Yadab is an ambassador of king Gynendra nothing more.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shishir

      गिरिजाको चेला चपेटा मधेशीहरुले एस्पटक चाँही नराम्रो सँग नै घुर्की लाए। अन्ततोगत्वा यी सँगइ हुन्छन पछी हेर्नुहोला है त। उपेन्द्रलाई पोहोर हत्त न पत्त अमेरिका घुमाउन सुजाताले (She wanted him to have international exposure) यात्रा बन्दोबस्त मिलाएको थाहा छ की छैन तपाईंहरुलाई?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Umesh ji yo nepal ma natak matra hunchha yo barta pani safal hudaina hamra neta haru jaad khayara barta garchhan aani pachhi maan milena bhanera aauchhan saab chor hun ki jasto lagiraheko chha yaar ma pani daily paperma kaam garchhu rat bhari nasuti bartama k bhayo bhanera kuryo tara netaharu safal bhayana bhanera niskinchhan aani bore hunchha paperma update garna bhanera basyo kaam nai hudaina

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • abata budhi palauchaki madeshi netako kuni budi palau na lage jasto 6

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jhkash bro

      hoina you netaharu lai bhututu parera bhutne manchheko janma kahile hola nepla ma?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुबर्ण

      श्री पशुपति नाथ ले मधेशी नेता हरुलाई सध बुद्धि देओस

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajan

      Hope this will be really a decisive talk. If they are ready to participate in the election, there should be some kind of short and easy provision made for them to nominate for the election. Wish all the best for Nepal and Nepalese.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker