नेपाल सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको सम्झौताको पूर्ण विवरण यस्तो छ
नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सम्पन्न सम्झौता
नेपालमा मधेसी जनताले आफ्नो समान अधिकारका लागि समय समयमा गर्दै आएको संघर्ष र आन्दोलनको क्रममा व्यक्त जनभावना एवं आकांक्षालाई सम्मान गर्दै मुलुकका सम्पूर्ण जनतालाई समानता स्वतन्त्रता र न्यायको प्रत्याभूति गराउनका साथै सबै प्रकारका विभेदलाई अन्त्य गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुनिश्चित गर्नका लागि नेपाल सरकार तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तत्काल लागू हुने गरी यो सम्झौता गरिएको छ। सम्झौताका विषयहरु देहाय बमोजिम छन्।
१ मधेस आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने र हालसम्म राहत नपाएका, अङ्गभङ्ग भएकाहरुलाई उचित राहत राज्यले उपलब्ध गराउने छ । यसैक्रममा आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्चको व्यवस्था र शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गरी आश्रित परिवारलाई रु. १० लाखका दरले राहत उपलब्ध गराउने तथा गिरफ्तार व्यक्तिहरुलाई यथाशीघ्र रिहा गरिनेछ ।
२. मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहना लगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ । संघीय संरचनामा केन्द्र र प्रदेशका वीच स्पष्ट रुपमा शक्तिको बाँडफाँड सूचिको आधारमा गरिने छ । प्रदेशहरु पूर्णरुपले स्वायत्त र अधिकारसम्पन्न हुनेछन् । नेपालको सार्वभौमिकता, एकता र अखण्डतालाई अखण्डतालाई अक्षुण्ण राख्दै स्वायत्त प्रदेशहरुको संरचना केन्द्र र प्रदेशका सूचीहरुको पूर्ण विवरण र अधिकारको बाँडफाँड संविधानसभाबाट निर्धारण गरिनेछ ।
३.संविधानसभा सदस्य निर्वाचन ऐन २०६४ को दफा ७ को उपदफा १४ मा रहेको २0 प्रतिशतको वर्तमान कानुनी व्यवस्थाको सट्टा ३0 प्रतिशत गरिनेछ ।
४ सरकारले सुरक्षा अंगलगायत राज्यका सबै निकायहरुमा मधेसी, आदिवासी जनजाति, महिला, दलित, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायको समावेशी समानुपातिक सहभागिता हुने गरी सरकारले नियुक्ति बढुवा र मनोनयन अनिवार्य रुपले गर्नेछ ।
५. नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेसी बनाउन मधेसी लगायत अन्य समुदायको समानुपातिक समावेशी र समूहगत प्रवेशलाई सुनिश्चित गरिनेछ ।
६. नेपाल सरकार तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तराईमा संघर्षरत सबै सशस्त्र समूहहरुलाई शान्तिपूर्ण राजनीतिक प्रक्रियाका लागि वार्तामा आउन आग्रह गर्दै वार्ताबाट सबै समस्या समाधान गर्न आग्रह गर्दछ । यसको लागि नेपाल सरकारले तत्कालै अनुकूल वातावरण बनाउन आवश्यक कदम चाल्नेछ। आगामी चैत्र २८ गतेको संविधानसभा निर्वाचन शान्तिपूर्ण, हिंसामुक्त, निष्पक्ष स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबैलाई अपिल गर्दछौं ।
७. सरकार र मधेसी जनअधिकार फोरमवीच भएको २०६४ भाद्र १३ गते भएको २२ बुँदे सम्झौता अनुरुप बन्दी राखिएकाहरुको यथाशिघ्र रिहाई , फोरम लगायत अन्य मधेसी नेता कार्यकर्ताहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता गर्ने तथा बाँकी सम्झौताका बूँदाहरु अविलम्ब कार्यान्वयन गर्नेछ ।
८. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी रहेका आन्दोलनका सबै कार्यक्रमहरु तत्काल फिर्ता लिइएको छ ।
यस सम्झौतामा उल्लेख गरिएका विषयहरूको संवैधानिक, कानुनी, राजनीतिक एवं प्रशासनिक आदि जिम्मेवारी नेपाल सरकारको रहने छ। सम्झौताको कार्यान्वयन अनुगमन गर्नका लागि सरकारले मोर्चासमेत सम्मिलित एक उच्चस्तरीय अनुगमन समिति गठन गरिनेछ।
गिरिजाप्रसाद कोइराला
प्रधानमन्त्री
नेपाल सरकार
राजेन्द्र महतो
राष्ट्रिय अध्यक्ष, सदभावना पार्टी
उपेन्द्र यादव
केन्द्रीय संयोजक मधेसी जनअधिकार फोरम नेपाल
महन्थ ठाकुर
अध्यक्ष, तराई मधेस लोकतान्त्रिक पार्टी
२०६४ फाल्गुण १६ गते
No related posts.









Good agreement but we canot believe fully to Nepal Government leaded by Gp koirala and others enemies of nepali because they cheated us many times.lets hope action will be taken.
मन परे हरियो, नपरे रातो
0
0
Dhanyabad madeshimorcha sarkarsanga barta gare shahamati bhayakoa ma ab sabhidhansabhako chunab
ramro sanga chunab gare desko development garnuhola.
मन परे हरियो, नपरे रातो
0
0
Lekkum bhane feri bahun bato bhayo bhannu hola, tara sahana nai na sake pacchi lekheko ho , malai maaf garnu hola.
yo ladai nepali ra bhihari bich ko ladai ho. aile rastriya ekta khalbaliyeko mauka chopi bharatiya harule sampurna adhikar hath pareka chan. hami nepali nepali ma mel chaina. rai ekatira, limbu ekatira, bahun chettri ani tamang sherpa ekatira.
Rastriyata mathi samjhauta garera bhaye pani limbu, tamang, tharu adhi sathi haru le pani madeshi ko naam ma nepali haru mathi hune gareka hinsa ma koi pani na bolnu bhako ma dukha lageko chha.
Bujnu parne kura ke ho bhane madeshi haru le pahade bhanera sabai nepali mathi akraman garya chan. rai hos ya limbu, tamang hos ya chettri bahun. hamra chelibeti haru dinau balatkar bhai raka chan yasma ko bolne.
ani sarkar le madesh ko naam ullek garera sanka thapeko chha. sarkar le terai ma basne nepali (pahade) haru ko upekcha garya cha. tara euta kura chai pakkai ho nepali haru le jaba bhujchan, teti khera afnai bhumi ma afno adikar ko lagi ladchan jasto lagcha.
herdai jau
jay desh pyaro desh
मन परे हरियो, नपरे रातो
0
0
desh tukryaune gambhir sadyantra ho
aba nepal vanne astitwa kata rahayo ra
मन परे हरियो, नपरे रातो
0
0
यो सबै वाह्यात । आदिबासी जनजाति सबैलाई राखेर संयुक्तमा समस्याको समाधान निकाल्नु पर्ने थियो । यो त केवल मधेसिको पाटो मात्र भयो । थारुहरुको वा अरुजनजातिको माग यस्ले समेटेको छैन । त्यसैले यो अर्को जटिलता थप्छ आन्दोलन अरु बहानामा फेरि शुरू हुन्छन् । नेपाललाई अस्थिरताको भड्खालोमा लैजान किन दलहरु लागिपरेका छन् बुझ्न गाह्रो भयो ।
मन परे हरियो, नपरे रातो
0
0
Kanchan Limbu ji,
You have been putting storey on Limbuwan and supporting Pahadiya separation in Pahad and now you were blaming Madhesi people.It is double std that’s why we are fighting? We are not seperating state,we want our rule with Hindi language like you did your language thing in Dharan.
We don’t Pahadiya rule us like you don’t want Pahadiya (even us) to rule your area.
Any comments?
Rameshwoe Shah
मन परे हरियो, नपरे रातो
0
0
padhnu sadhnu chhaina adhikar matra khojera hunchha???????????
army ma basera kaam garna pani ta saknu paryo ni madhesi le
training garnai nasaki kulelaam thokchhan ani uniharu adhikar khojchhan??????????
sab tarai ka netaharu bhaneko pahile ka jamindaar hun aba tiniharuko sampati jagga garib harulai badhnu parchha balla thik hunchha.
e madhesi neta ho buddhi chha bhane timra santan harulai ali kati personnel development huna lagaau literacy rate badhaauna laagau timiharusanga bhaeko badhi paisa garibi madhesi lai baanda balla timiharu kehi ho bhanne thaha hunchha
aba budha neta haruko kaam chhaina young netaharu aaunu parchha
cheers
ick
मन परे हरियो, नपरे रातो
0
0
I dont see anything wrong on this agreement – I just wonder why there such bandha and killing just for these demands? I guess, these all points were already guarranteed under existing law (except 20% is changed to 30%).. right? anyway.. good news finally… saved couple of innocent lives.
congrats all.
मन परे हरियो, नपरे रातो
0
0
its really good news,
well done ethnically deprived leaders, all the best
hope these new madhesi netas will not sell the country like the existing old netas did after panchayat
मन परे हरियो, नपरे रातो
0
0
Now NC alliance might secure more seats. These Madhes help empower Nepal Government. There is nothing new on which thesse parties have termed as agreement. Now I realised that politicians do not understand the the demand they have put forward and the demands they are fulfilled. It is good these people came to negotiation table.
मन परे हरियो, नपरे रातो
0
0
Nice to hear that leaders have come to the table of compromise. Now can the leaders be able to categorize
– who are Madeshi and who are Pahade?
– People living in Madesh for more then five generation will be categorized under Madeshe or not?
– Or is it that people who have been there in Terai all their generation is called Madeshi such as Tharu and Maithili?
– I am just willing to know will Girija be classified as Madeshe or not? If not then why?
There should be clear defination of madeshe people so that people like me whose more then five generation has spent in Terai can know if we are included in it or not? If by defination we are not included then we also have right to demand for our land and fight for it.
मन परे हरियो, नपरे रातो
0
0
ये पहेला मकै हरु
”’के यो समाधान हो???तराइको न सीमा निश्चित छ न जनसंख्या ,भारत ले किलो सारेको सारेई छ,आफ्ना तल्लो स्तर को जनता लाइ नेपाल हुलेको हुलाई छ ,यसरी समझौता गर्दैजादा भोली कहा सम्म पुग्ने????
नेपाली जनता हो !!!
या त भाबिस्य माँ अल्प संख्यक भएर नेपाल बाट लाखातिनु या अहिले नै मोर्चा बनाएर बस्नु ???
मन परे हरियो, नपरे रातो
0
0
Not bad..
Let’s be optimistic for election. Some thing may happen!!!!
मन परे हरियो, नपरे रातो
0
0
Lets forget about madhesi, pahade and focus on election. Lets hate so called leaders who favor divisive politics based on region and race.
Barun Das
मन परे हरियो, नपरे रातो
0
0
सबै न्युज हरुको लागि एकदम धन्यवाद छ उमेश जी लाई अब यो तराई र काठमाडौं मा गाडी चलेको अनी सबै हासी खुशी बसेको भिडियो हरु पनि अपलोड गरिदिनु भयो भने मन एकदम शान्त हुने थियो।
धन्यवाद
मनोज पौडेल
मन परे हरियो, नपरे रातो
0
0
Thanks Nepali people and government, they made compromise with Tarai agitation groups. Every one needs good life. We are brothers and sisters whether Madhes or Pahad. first of all our leaders are very good, We should give thanks to our PM Girija Prasad Koirala.
मन परे हरियो, नपरे रातो
0
0
हाम्रा कतीपए साथी हरु ले हतोत्शाही भएर यिनिहरू संग जातिए, र छाला को युद्द लड़ने खाका तयार गर्नु भएको थियो, केही ले इंडियन दलाल हुन धपाउनु पर्छ भन्दै हुनुहुन्थ्यो! ऐ समझौता भएछ अब के भन्ने हुन?!!!!!!प्रधान मंत्री ले हिन्दी मा भासन पनी गर्नु भएछ, त्यों त ठीक छ! प्रधान मंत्री बुढा लाइ नेवारी आउछ की आउदैन? भोली चाहिन सक्छ!
मुलुक मा ब्याप्त बिभिद समस्या हरु नियम बन्ने पालना नहुने, कानून बन्ने पालना नहुने, समझौता हुने त्यसको कर्यान्वोयन नहुने,कारबाही को लागी आयोग बन्ने आयोग ले सिफारिस गरेको कुरा हरु लाइ लत्याउने, जनता को सामु बाचा गर्ने र काम कारबाही को बाटो अर्को हुने, यती सम्म की सम्बिधान मा लेखने अनी लागू नगर्ने,प्रजान्त्र को कुरा गर्ने प्रजातांत्रिक नहुने, रास्ट्रीयता का कुरा गर्ने बिदेशी राज्दुताबस मा बार्ता गर्ने! यी यस्ता याबत समस्या हरु माथी उठेको धेरै समस्या हरु मध्य मधेसी समस्या एक हो! यो समस्या पुन समझौता मा पुगेको छ!समझौता गर्नु समस्या समाधान को एउटा खुट्किलो हो, एउटा बाटो हो स्वीकार गर्नै पर्छ!तर कार्यान्वोयन भएँन र धोकादारी भयो भने यस्ता पापुलर लेखोट हरु दीर्घकालीन समाधान हुन सक्दैन! बिपरीत झन ठुलो समस्या को रूप मा उठने पक्का हुन्छ!
त्यसैले बिगत लाइ पुनर्मूल्यांकन गर्यो भने बिभिद समस्या को कारण उठेको नया समस्या मधेसी आन्दोलन नाम को समस्या समझौता रूप मा नया समस्या नै हुने छ!
तर यसले सम्बिधान सभा को बाटो को मूल समस्या समाधान भएको बुझ्न सकिंछ! यो नै उपलब्धि हो! के यो साचिकै उपलब्धि हो त? यो कुरा कर्यान्वोयन पछि नै भन्न सकिंछ! मधेसी जनता ले आशा गर्ने ठाऊ छ!
हामी कस्तो भएको छौ भने कोही आएर घर मा भताभुंग स्थिती गर्छ, झै झगडा हुन्छ, क्षेती हुन्छ, अब्याबस्था बढेर जान्छ, अंत मा त्यों उद्दंड र परिबार बिच मा सहमति हुन्छ पहिला भत्केको कुरा बनाउने, काटेको खुट्टा मा उपचार गर्ने, फुटेको आखा लाइ यती पैसा दिने, अब आइन्दा घर को बाकि झ्याल नभत्क्याउने,पुनर्संरचना को कुरा हुन्छ त्यही पुरानो ढोका ठुलो गर्ने झ्याल को बुट्टा फरक राख्ने भनेर, हो ठीक यस्तई खेल मा हामी मैन बत्ती जलाउदै हर्सोल्लास गर्न बाध्य छौ! अहिले सम्म त्यों बाहेक के भयो? तर हामी फुस्रो खुसियाली मा रामाउदै छौ!
खैर यो समझौता को स्वागत गर्नै पर्छ किन की यसले सम्बिधान सभाको चुनाब लाइ सहज बनाईदिएको छ!
भाई
मन परे हरियो, नपरे रातो
0
0
with in 20yrs population will be double in madhesi area then demand for more parliment seats….short term it’s a khusi ko kura….for future today is a black day,
मन परे हरियो, नपरे रातो
0
0
hey shiba vagawan,
Nepal ko rakchya gara hai
Royal family foolish ta thiye thiye aba ta sat party ko buddhi ma pani vaisi ko gobar varie6.
Jata pani arakchyan ani indian madhesi ko bolwala huna lageko ma testo huna nadinu hai pasupati nath. Timi bahek nepal ko rakchya garne manchee maile ta dekhina hai.
Bhagawan!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
ramro khabarharu ta sunidai aayeko cha.kura mildai jaos ra kaam pani hundai jaos.feri arko sankat naaaos.
मन परे हरियो, नपरे रातो
0
0
This agreement makes nepali people sad why? Two reasons have easily been imaging. First, if all the acts and rules are implemented, many indian people may be hired in military, then what will be happened, everybody knows. Second, such agreed preservation process brings country backward by 50 years at least. I am a really a nepali and i am proud of my nepal. So i don’t like this agreement
मन परे हरियो, नपरे रातो
0
0
i feel very nice to read this.n now i m sure that nepal will be a fuderal republic soon. but i m sad that some of my friends r saying that prachanda can never be a president of new nepal.but in my opinion prachanda must be the president of new nepal.because he n his party has sacrifice 99% to make a new developed n peaceful nepal.he has taught people to fight fore rights.maoists also have foughgt for the rights of madhesis n other groups n ethincs.
मन परे हरियो, नपरे रातो
0
0
rajniti bhaneko phohori khel ho khai aba kun pati aaune ho aandolan garna
मन परे हरियो, नपरे रातो
0
0
Desma Baser kati vadvailo garne ho Murkha Netahau, Desko vabisyabarema socha, aba kahilei nepali bich maramar nahos, Desma santi chhaos, sambidhan savako chunab safal hos, hami bidesma raheka nepaliko chahana yehe chha, Doha, Qatar
मन परे हरियो, नपरे रातो
0
0
yo maobadi harru madhise ko kura aauda chai kaha jaanchan…….yo madhise harru ley antya ma nepal tukryayera nai chhadey hai……
मन परे हरियो, नपरे रातो
0
0
good news forshort term peace but pleas all leaders an nepali janta terai should not be handed over to INdia as our great leaders are thinking they are UPANIBESH Of india
Be care fulllllllll
मन परे हरियो, नपरे रातो
0
0
So Girija announced this agreement in Hindi.Hmm..is Hindi language spoken by majority of people in Terai? or just to please big brother India? Why can’t he simply announce in Nepali language? Although this agreement will not resolve many issues either Madhesi specific or Pahadi specific or any general issue, we must be optimistic to reach up to CA election at least. I will not be surprised if another minority group brings agitation with their own agendas, because our leaders don’t think out of box – they just don’t know how to empower people. Frankly, they don’t care plight of people- what they know is holding on to chair is democracy and empowering people. I feel very sad when I realize our powerless poor people don’t have any alternative other than litening to no-brainer leaders.
मन परे हरियो, नपरे रातो
0
0
I am really happy about this great news. I was keep on reading news since long time to hear this news finally my dream has came truee. Now, i hope there won’t be any more fight and strike in Nepal. We are tired of these kind of fight, strike and everything. Now we want to see peace in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
It’s a good news. However, be careful from Madhesi leaders, any time they will go for handing over the Madhes (Tarai) to India.
मन परे हरियो, नपरे रातो
0
0
Now the polticial party has finally done it they have now started a chain reaction which will destroy the country.
dividing the country separating one individual group from other given the impression that not every one is equal if you belong to certain group such as madhesi you have more change of getting the job and getting involved in state mechanism as they have separate quota of 30%.
It is only time when there is demand that they now be called Indian not Nepali will be part of INDIA and more loyal to INDIA.
If this was not the case then why was PM of Nepal addressing in Hindi, if it is because Madhisi were present then their languare Maithani and bhojpuri not hindi.
Also add one more point in your agreement Mr. PM and hand over whole Nepal to India after all that is what all the movement has been about.
Thnaks for dividing my country you stupid polticians.
Your birth has been a waste.
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो भयो। अब सबै मधेशी हरु चुनावमा होमिनुपर्यो।
राम दयाल मन्डल, बेलायत
मन परे हरियो, नपरे रातो
0
0
we don’t want to see no more madeshi andolon thank u very much
मन परे हरियो, नपरे रातो
0
0
We all Nepali in Qatar.Welcome this agreement for victories of madhesis brother and sister. But they have try to understant what would be happen, if another conspriracy is between 41 days. Frist welcoming this agreement india. Because they need there influsion in Nepal polities.
मन परे हरियो, नपरे रातो
0
0
नेपाल महान छ . नेपाल नेपलिहरूको हो सबैलाई चेतना भया . अरुको निर्देशनमा काम नगरुं आफ्नो बिबेक प्रयोग गरु . अब बन्द हड़ताल केही नगरेर नेपाली सबैले शान्ति संग बच्न पाउने अधिकार प्रयोग गर्न पाउन . कुनै पनी नेपलिले शिक्षाबाट बंचित हनु नापरोस . शिक्षा रोकियो भने उन्नति रोकिन्छ, प्रगति रोकिन्छ र सभ्यता रोकिन्छ . सबैमा सदबुद्धि पलाओस .
धन्यबाद
अग्नि
मन परे हरियो, नपरे रातो
0
0
नेपाल महान छ . नेपाल नेपलिहरूको हो सबैलाई चेतावनी भया . अरुको निर्देशनमा काम नगरुं आफ्नो बिबेक प्रयोग गरु . अब बन्द हड़ताल केही नगरेर नेपाली सबैले शान्ति संग बच्न पाउने अधिकार प्रयोग गर्न पाउन . कुनै पनी नेपलिले शिक्षा बाट बंचित हनु नापरोस . शिक्षा रोकियो भने उन्नति रोकिन्छ, प्रगति रोकिन्छ र सभ्यता रोकिन्छ . सबैमा सदबुद्धि पलाओस .
धन्यबाद
अग्नि
मन परे हरियो, नपरे रातो
0
0
साचि, अब लोक तान्त्रिक, गणतान्त्रिक, समावेशि, सन्घिय, बहुभाषिक, बहु-धार्मिक, बहु-सान्स्क्रितिक, बहु-लैन्गिक (३, ४, ५, ६ कति हो कति खाल का लैन्गिक पहिचान भयेको) नया नेपाल को रास्ट्रपति उपेन्दर जादव हुने होला
मन परे हरियो, नपरे रातो
0
0
यो सबै हामि नेपालि हरु कै बुद्धि बिग्रियेर भयेको हो
यो जाति बादी सन्घात्मक सन्रचना को कुरै उठाउनु हुने थियेन
अब यसको नतिजा हेर्दै जानु होला, नेपाल कि त औपचारिक रुपले नै टुक्रियेर भारत मा गाभिने छ, एउटा उत्तर पट्टि को बन्जर लगौटि मात्र बाकि रहला
या नभये मधेश मा आयेका नव-नेपालि नागरिकता को मुकुण्डो ओढेका भारतिय हरु ले सदा सदा बन्द, हडताल, पहाडिया धपाउ आन्दोलन, लुट पिट गरेर त्यहा बसोबास गर्ने पहाडि मुलका हरु को उठिबास लगाउने निश्चित छ
माओबादी, वाइ सि एल, रास्ट्रपति प्रचण्ड, अब खाओ बडा बडा भाग! कुबन्शि हरु हो! नेपाल लाइ टुक्र्याइ छाड्यौ, हैन त?
मन परे हरियो, नपरे रातो
0
0
जे हुनुथियो ढिलाई भएपनी तेही भएको छ। एस्मा नै सबैको हित र नेपाली जनाटकओ जित छ।यो सम्झौताले राजाबादी र दरबार लाई गतिलो झापड दिएको छ। भने रा.प्र.पा जस्तो धमिलो पनिमा माछा मार्न चाहने धन्दुकारी पार्टिलाई त झन दरो झापड दिएको छ। अब पनि १०-२० साधु लिएर आन्दोलन गरेत होनी? अब सबै मिलेर सानोतिनो कुरामा नाल्मलिकन चुनाव गर्नु नै एक मात्र बिकल्प छ। अन्तमा हामी परदेसी पाठक लाई ताजा समाचार पुर्याउनु हुने मित्र उमेश्जी लाई पनि मुरी मुरी धन्यवाद
मन परे हरियो, नपरे रातो
0
0
जे हुनुथियो ढिलाई भएपनी तेही भएको छ। एस्मा नै सबैको हित र नेपाली जनाटकओ जित छ।यो सम्झौताले राजाबादी र दरबार लाई गतिलो झापड दिएको छ। भने रा.प्र.पा जस्तो धमिलो पनिमा माछा मार्न चाहने धन्दुकारी पार्टिलाई त झन दरो झापड दिएको छ। अब पनि १०-२० साधु लिएर आन्दोलन गरेत होनी? अब सबै मिलेर सानोतिनो कुरामा नाल्मलिकन चुनाव गर्नु नै एक मात्र बिकल्प छ। अन्तमा हामी परदेसी पाठक लाई ताजा समाचार पुर्याउनु हुने मित्र उमेश्जी लाई पनि मुरी मुरी धन्यवाद
मन परे हरियो, नपरे रातो
0
0
anyway thanks for your decision but you must know other c0nspiracy what king is trying to do for unsettle in the country
मन परे हरियो, नपरे रातो
0
0
हुनि केही होइना खाली जनता लाई मुर्ख बनाउनी काम मात्र हो, हेर्नुस साथी हो भोली अर्को ग्रुपले फेरी केको माग
राखेर अर्को बंद भन६ दुई चार दिन त पर्खानुस, आज खुशी हुन पर्दैना है.
( खरेल कृष्ण मोस्को)
मन परे हरियो, नपरे रातो
0
0
Anyway, thanks to all who made this agreement possible!
But, we should be very careful about ongoing conspiracy from Indian Imperialism. We cannot trust India and their ill motives.
India shouldnot uplift Jawalasingh and Goit too. They are also Nepalese and need to be respected if they come to peaceful agreement.
मन परे हरियो, नपरे रातो
0
0
good news….hamro nepal ma yesarinai harek samsya ko samadhan hudaijawos. sundar nepal lai santa ra pragatiko bato ma daudaun ..hami harek nepaliko chahana bhanekai yehi ho..aba sada ramro kura matra sunna pau …..jhagada, banda bata sadai tada rahun hamro nepal …..sagarmathako uchai jhai hamro nepal chiniyos buswoma..
मन परे हरियो, नपरे रातो
0
0
It looks like an immediate problem solving agreement between Nepal Government and United Democratic Madhesi Front (UDMF). I am skeptical regarding implementation of this agreement. I think, we Nepalis are beeing fooled by so called political players in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
मलाइ लाग्छ अव चै संविधानसभा चुनावको एकखाले बातावरण बनेको छ । मधेसका नेताहरूलाइ त्यतिसाह्रो अविश्वास र उत्तिकै साह्रो विश्वास गरिहाल्नुपर्ने चै मलाइ लाग्दैन । तर पनि संविधानसभाको चुनावलाइ चारैतिरबाट खतरा भएको अहिलेको संकटपूण समयमा यो सम्झोता हुनु महत्वपूर्ण हो । यसमा भारतको यो भूमिका र अमेरिकाको उ भूमिका भन्नुभन्दा पनि उनीहरूलाइ कसरी हस्तक्षेप गर्नबाट रोक्न सकिन्छ त्यसको बारेमा राष्ट्रभक्त नेपाली नेता र जनताले सोच्नुपर्ने हुन्छ । प्रमले हिन्दीमा सम्बोधन गर्दैमा मधेसीहरू खुसी हुन्छन भन्ने छैन । न त अान्दोलन रोकिन्छ भन्ने नै छ । तर प्रमको यो मधेसीहरूलाइ फकाउने शैली चै काइदाको लाग्यो । एक मधेस एक प्रदेश भनेर कुर्लिने यादव र ठाकुर बल्ल ठेगानमा अाएजस्तो लाग्यो ।
मन परे हरियो, नपरे रातो
0
0
yo kusi ko news bhaya ko le yesko samrthan ma aajai 2 din banda garne ki
मन परे हरियो, नपरे रातो
0
0
good news.
we welcome this agreement. hope election goes peacefull.
hari from london
मन परे हरियो, नपरे रातो
0
0
Aba kehi santi ko sas ferne hunki janata le ???????
मन परे हरियो, नपरे रातो
0
0
What happen to Maoist? What happen to YCL?
What about Maoist Army?
They should also have a separate battalion with in Nepal Army.
Hey, Prachanda, what are you doing guy? Looks your daydream for the president of Nepal is vanished….
Krishna
मन परे हरियो, नपरे रातो
0
0
Sarkar Le Ghunda Tekyo.
I don’t think Madhesis will restore peace in Terai.
Why didn’t Madhesi so-called leaders announce that they will participate in the CA Election?
Why India is the first country to welcome the deal?
Let us see how India will hatch another conspiracy.
Krishna
मन परे हरियो, नपरे रातो
0
0
La Badhai Chha Ab chai Shanti aauchha ki …hami nepali le nepal mai shanti sanga paune din aauchha hola… pakkai
मन परे हरियो, नपरे रातो
0
0
lets hope we wont have another group who will be against the peace…
मन परे हरियो, नपरे रातो
0
0
हे भगवान ! अब फेरी यो कान्ले अर्को बन्दको समाचार सुन्न नपरोस
मन परे हरियो, नपरे रातो
0
0
well done sarkar.
keep it up for good news always and think for the best possible solution for restoring peace n prosperity for beautiful nepal.
for god sake
many thanks
मन परे हरियो, नपरे रातो
0
0