सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सहमति भएपछि आधा महिना लामो अस्तव्यस्तको स्थिति हराउने भयो भनी अधिकांश नेपाली खुसी भए। तराईमा मिठाइ बाँड्दै, बारापटाखा पड्काउँदै खुसियाली पनि मनाइयो। संविधान सभाको निर्वाचन एक हदसम्म सुनिश्चित पनि भएको छ यो सम्झौताबाट। तर, यो सम्झौता एक समूहलाई भने पटक्कै चित्त बुझेको थिएन। उनीहरुको अनुहार अँध्यारो थियो हिजो।
आन्दोलन चर्कँदै गएपछि मधेसी दलहरुले बहिस्कार गरेको अवस्थामा संविधान सभाको निर्वाचन हुनै नसक्ने उनीहरुको ठहर थियो। आन्दोलनको निहुँमा फेरि एक पटक संविधान सभाको निर्वाचनको मिति सार्न लगाएर सरकारलाई फेल गराउने विचार उनीहरुको थियो। आन्दोलनको तीव्रता र यसले लिएको हिंसात्मक रुप अर्थात् दिनदिनै मान्छे मरेको खबर आउने गरेको हेर्दा ‘सार्थक संविधान सभाको निर्वाचन’ हुन नसक्ने भन्ने उनीहरुको तर्कलाई पनि बलै दिन्थ्यो। सार्थकको नारा लगाउँदै निर्वाचनलाई निरर्थक साबित गराउन एक गुट लागिसकेका थिए। सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टी पहिलो त्यस्तो पार्टी थियो जसले पहिलो पटक निर्वाचन बहिस्कार गर्ने ‘क्रान्तिकारी’ घोषणा गरेका थिए। त्यसको पछि पछि लागेका थिए शाही मन्त्रीहरुको राजावादी पार्टी राप्रपा नेपाल। त्यति मात्र हैन, पशुपतिशमशेर राणाको राप्रपाले पनि निर्वाचन बहिस्कारको घोषणा अस्ति गर्नै लागेको बेला बालुवाटारमा वार्ता टुंगोमा पुग्दैछ भन्ने खबर आएपछि अन्तिम समयमा हठात् रोकिएको थियो। अझ पछि हुँदै जाँदा काँग्रेस कै राजावादी खेमाका टिकट पाएका उम्मेदवारहरुले पनि उम्मेदवारी फिर्ताको घोषणा गरेर सरकारलाई नैतिक संकटमा पार्नेसम्मको ग्रायण्ड डिजाइन बुनिसकिएको थियो। काँग्रेसका शरतसिंह भण्डारी र विजयकुमार गच्छदारले उम्मेदवार बन्दिनँ भनेर गरेको घोषणा त्यसैको कडी थियो। तर अकस्मात् हिजो सहमति भइसकेपछि उनीहरुको सम्पूर्ण योजनाले लोप्पा खाएको छ। शाही मन्त्री कमल थापा र काँग्रेसका शरतसिंह भण्डारी र विजयकुमार गच्छदारले एकै दिन निर्वाचन बहिस्कारको घोषणा गरेका थिए।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनैतिक दलले पेस गर्नुपर्ने उम्मेदवारको बन्दसूची पेस गर्न फागुन १९ गते र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ यही फागुन २३ गतेसम्म उम्मेदवारी दर्ता गराउने दिन तोकिएपछि तीन हात उफ्रिएर उही सूबथाले निर्वाचनमा भाग लिन्छु भनेर हिजै भनिसकेका छन्। समानुपातिकमा नाम बुझाएर पनि प्रत्यक्षमा नदिएको कमल थापाको पार्टी पनि अब लुरुलुरु मधेसी दलहरुको पछिपछि लागेर उम्मेदवारी दर्ता गराउने निश्चित छ।’बलिको बोको’ बने त सिर्फ भण्डारी र गच्छदार।
खतरा कायमै छ
त्यसो भए पनि हामीले बुझ्नु पर्ने कुरा के हो भने आज र चैत २८ गतेबीचको दूरी बाँकी नै छ। यसका लागि अँध्यारा कोठाहरुमा हैन, ‘कहिल्यै लोडसेडिङ नहुने उज्याला कोठाहरु’मा षड्यन्त्रका तानाबुना बुन्न थालिसकेका होलान्। चैत २८ आउन जति दिन बाँकी छ, त्यो समयको अन्तरालमा जेसुकै हुन सक्नेतर्फ हामी मानसिक रुपमा तयार हुनुपर्छ। किनभने अन्तिम लडाइँ अब छेडिन सक्छ।
No related posts.









हो यो नेपालीहरुको राजतन्त्र सँग अन्तिम लडाईं हो । राजतन्त्र नेपालबाट सञ्चै फाल्ने हो भने संबिधान सभाको चुनाव मा बामपन्थीहरुले जित्न आबसेक छ । कांग्रेस जस्तो मनमा राजाबादी मुखमा गणतन्त्र बादी पार्टीले जित्न हुन्न । तेस पछीको सम्सदिये चुनावमा त जस्ले जिते पनि हुन्छ, गनतन्र संस्थागत भये पछी ।
मन परे हरियो, नपरे रातो
0
0
हैन साथी हो ज्ञान दाई को ज्ञान गुनको कुरा होकी आग्यांको कुराहो जापानिएस भाषाको सुब्तैतल मारीजम केहीपनी भुतोभांग बुझेभापो !आझ तेस्माथी ज्ञान दाइको इंग्लिश को त के भानम फुस्फुस गरेरय हुन्की करायेरा म मरेनी यो कुर्सी छोद्दै छोदैना भानेका हुन् ! केही भुझी येना लौना कोही साथीहरु हुनुहुन्छा भने की त्यों जापानिएस सुब्तैतल को रूपांतरण वा ज्ञान दाइको बोली आली सुनिने गारी राखी दीनू पर्यो बा ?
मन परे हरियो, नपरे रातो
0
0
षडयन्त्र र खतरा हर क्षण मा रहन्छ ,जनताका दुस्मन को को हुन भन्ने कुरा शायद अब धेरै नेपालीले थाहा पाए होला \हिजोका सुर्य बहादुर थापा ,खुम बहादुर ,बिजय गक्ष्यदार ,कमल थापा ,राधा कृष्ण मैनाली ,आजका सुजाता कोइराला देखी जनता सचेत हुनै पर्छ यि बिदेसिका ईशारा र निरुङ्कुसताका पक्षमा नाङो भएर लागेका पापी हरु हुन \गगन थापा जस्ता लडाकु र निरुङ्कुस्ताका बिरोधी,जनताका हितैसी ले टिकट नपाउनु र तिनै भस्ट्रका हिमायती हरुले फेरी टिकट पाउनु भनेको भोलिको दिन फेरी निरुङ्स्ता र बिदेसी का पाउमा सत्ता र नेपाली को बलिदान चडाउनु हो त्यसैले हरेक सचेत बर्गले यिनी हरुको बिरुध आवाज उठाउनु पर्छ \एउता कुरा नेपाली राजनीति का असल खेलाडी र नेपाली जनताले के बुज्नु पर्छ भने भारत नेपाल र नेपाली को हित चाहदैन उस्लाई त नेपाल लाई कमजोर बनाएर दास बनाउन चाहन्छ \हरेक सामान भारत भएर आउने जुन कुरा छ त्यो अब चाइना भएर पनि ल्याउने तिर काम थालनु पर्छ हर अपराध भारत भएर नेपाल पसेको छ \अब यो रोक्नु पर्छ \बिकल्प त रोज्नै पर्छ र दुबै तर्फ बाट ब्यापारिक र यातायात को ब्यबस्था मिलाउनु पर्छ \
मन परे हरियो, नपरे रातो
0
0
One who is not satisfy with this agreement is bullshit writers like ZZ.
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि सम्झौता त भयो तर काठमाडौको हाल खबर अब कस्तो छ येसो सुन्न पाये राम्रो हुनेथियो ।
सुरज
मन परे हरियो, नपरे रातो
0
0
ठिक छ नि त दुबै हातमा कसरी लड्डु हुन्छ त अब आन्दोलन भए खाना खान नपाइने भन्ने डर आन्दोलन नभए देश अरुले खाने डर
मन परे हरियो, नपरे रातो
0
0
‘कहिल्यै लोडसेडिङ नहुने उज्याला कोठाहरु’ GAJAB CHHA BAA.
मन परे हरियो, नपरे रातो
0
0
pado lato bhayo bhayara dudh khanchha kag batho bhayara …. khanchha bhane jasto bhayachha ni Bhandari ra Gachhedarlai ta bichara..
मन परे हरियो, नपरे रातो
0
0
The end war is near…… sabi jana bhot halna janu parchha.
मन परे हरियो, नपरे रातो
0
0
हा हा …………. खुच्चिङ चुच्चिङ
गच्छे र सरते मात्रै परे, चिरिन्जिबी, गोविन्दे, खुमे… पनि पर्या भे क्या मज्जा हुन्थ्यो । तैपनी सावधान !!! काङ्रेस ले नै फेरी टिकट दिन बेर छैन । कि कुनै मधेशी पर्टी ले दिन्छन कि हेरौं ।
बिचरा यिन्लाई जती देशको माया कसैलाई रहेछ त? चुनाव नहोला जस्तो देखिया भएर यि ब्वाँसाहरु ले चुनाव बहिस्कार गरेका । उता ज्ञानेको recent interview हेर्नु भा छ? नभये यहाँ cर्नुस् खुब गफ दिएकोछ जापानीहरुलाई ।
मन परे हरियो, नपरे रातो
0
0
देशको सार्वभौमसत्ताविरुद्घ
मधेसवादी दलहरुको विजयले तराईमा जर्बजस्त खुशी ल्याएको कारण खुल्दै छ । त्यो प्रत्यक्ष् भारतको इसारामा भएकोक थियो त्यसको कारण खातल्न क्रिपया यसपछि पनि हेर्नूहोला ।
मन परे हरियो, नपरे रातो
0
0