सात दलसम्मिलित सरकारी वार्ता समिति र सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, नेपालबीच आज भएको सहमतिको पूर्ण विवरण यस्तो छ-
सात दलसम्मिलित सरकारी वार्ता समिति र सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, नेपालबीच भएको सहमति
देशमा चलिरहेको लिम्बुवान, खम्बुवान, तामाङसालीङ, थरूहट, दलित, महिलालगायतका जनताहरूको आन्दोलनको भावनालाई हृदयङ्गम गर्दै मुलुकमा २३९ वर्षदेखि आदिवासी जनजाति, मधेसी, दलित, महिला, पिछडावर्ग, अल्पसङ्ख्यक, मुस्लिम समुदायसमेतका जनताका भावनाविपरीत सामन्तवादी केन्द्रीकृत राज्यको कारण उत्पन्न विभेदका सबै रूपहरूलाई अन्त्य गर्दै समानुपातिक, समावेशी लोकतन्त्र तथा स्वशासित स्वायत्त गणराज्यसहितको सङ्घीय शासनप्रणालीअनुसार राज्यलाई नयाँ संरचना गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापना गरी आदिवासी जनजाति, मधेसी, दलित, महिलालगायत सम्पूर्ण नेपाली जनतालाई राष्ट्रिय मूलप्रवाहमा समाहित गरी शान्त, समृद्ध, आधुनिक नयाँ नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै हामी तपसिलमा रहेका पक्षहरू निम्नलिखित सहमतिमा पुगेका छौँ ।
१. लिम्बुवान, खम्बुवान, तामाङसालिङ, थरूहट, दलित आदि जनताको आन्दोलनमा सहादतप्राप्त सहिदहरूलाई सम्मानका साथ सहिद घोषणा गरी आश्रित परिवारलाई रु.१०,००,०००।- (दश लाख)का दरले राहत प्रदान गर्ने । सहिद परिवारका एक सदस्यलाई रोजगारी र निःशुल्क शिक्षाको व्यवस्था गर्ने, घाइते आन्दोलनकारीहरूलाई उपचार गर्ने र नेता तथा कार्यकर्ताहरूमाथि लगाइएका मुद्दाहरू खारेज गरी बन्दीहरूलाई तत्काल रिहाई गर्ने । आन्दोलनमा सहादतप्राप्त सहिद र घाइतेहरूको पहिचान गर्न सरकार र आन्दोलनरत दुवै पक्षको सहभागितामा तत्काल एक कार्यदल निर्माण गरी कार्य गर्ने ।
२. संविधानसभाको माध्यमले राजतन्त्रको समूल अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गर्ने र यसको कार्यान्वयनका लागि सात दल प्रतिबद्ध रहनेछन् ।
३. २३९ वर्षदेखिको केन्द्रीकृत तथा एकात्मक शासनप्रणाली वा राज्य व्यवस्थालाई अन्त्य गरी राज्यको नयाँ संरचना गर्दा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अ खण्डतालाई अक्षुण्ण राख्दै लिम्बुवान, खम्बुवान, तामाङसालीङ, थरूहटलगायतका आदिवासी जनजाति, दलित, पिछडिएका वर्ग र जातिहरूको ऐतिहासिक पृष्ठभूमि, भाषा, भौगोलिक क्षेत्र र आर्थिक स्रोत तथा सम्भाव्यताका आधारमा वैज्ञानिक स्वशासनयुक्त स्वायत्त गणराज्यसहितको सङ्घीय शासनप्रणालीको संविधानसभाबाट संवैधानिक व्यवस्था गरिनेछ । यसलाई सुनिश्चितता प्रदान गर्न मन्त्रिपरिषदमा प्रस्तुत गरी अनुमोदन गरी सम्बद्ध पक्षलाई जानकारी गराउने । राज्यको नयाँ संरचना गर्दा सबै वर्ग र जातिका जनताको आत्मसम्मानको रक्षा गरिने छ । स्वायत्त गणराज्यहरूको संरचना, केन्द्र र प्रदेशको सूचीहरूको पूर्ण विवरण एवम् अधिकारको बाँडफाँड संविधानसभाबाट निर्धारण गरेबमोजिम हुनेछ । राज्यको नयाँ संरचनाको सम्बन्धमा गठन हुन गइरहेको पुनःसंरचना आयोगमा यो सम्झौता कार्यान्वयनको लागि पठाइनेछ ।
४. आदिवासी जनजाति, तराईका मूलवासी, दलित, पिछडावर्ग, अल्पसङ्ख्यक मुसलमान र महिला आदिलाई राज्यका सम्पूर्ण अङ्गमा समावेशी समानुपातिक सहभागी गराउने व्यवस्था गरिने छ ।
५. २०६४ चैत २८ गतेको संविधानसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चा नेपालद्वारा आह्वान गरिएको आमहडताललगायतका बन्दका सबै कार्यक्रमहरू फिर्ता लिई यस मोर्चामा सहभागी सबै राजनीतिक घटकले संविधानसभाको निर्वाचन सहज वातावरणमा गराउन सहयोग गर्नेछन् ।
सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, नेपालको तर्फबाट
श्री डि.के.बुद्धिष्ट अध्यक्ष म.स.,सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
श्री कुमार लिङदेन ‘मिराक’ अध्यक्ष, सङ्घीय लिम्बुवान राज्य परिषद्
श्री लक्ष्मण थारू अध्यक्ष, संयुक्त थारू राष्ट्रिय मोर्चा-नेपाल
श्री विसेन्द्र पासवान अध्यक्ष, दलित जनजाति पार्टी
श्री सिङमान तामाङ्ग उपाध्यक्ष, तामाङसालीङ स्वायत्त राज्य परिषद्
सातदलसम्मिलित सरकारी वार्ता समितिको तर्फबाट
श्री रामचन्द्र पौडेल संयोजक
श्री शङ्कर पोखरेल सदस्य
श्री देवप्रसाद गुरुङ सदस्य
घनश्याम शर्मा पौडेल सदस्य
श्री सुनिल प्रजापति सदस्य
श्री केशव नेपाल सदस्य
No related posts.









“भोलि को कहालि लाग्दो नेपाल को पुर्व सन्ध्या हो कि?”
माथि को ४ नम्बर बुदा मा मुसलमान भनेर बिशेश गरि भन्नु (अब त झण्डै ५ प्रतिशत मा टेकि सके मुसलमान ले) को अर्थ के होला?
खाडि को पैसा मा टेकेर नेपाल मा जुन मुसलमान को बिउ अनावश्यक रुप ले जसरि रोपिदै छ त्यसले देश लाइ कता डोर्याउदैछ भन्ने भनि रहनु पर्दैन
म “मुसलमान” प्रति पुर्वाग्रहि भयेको हैन; नेपाल को अस्तित्व लाइ माया गरेको मात्र हु
सन्सार को कुनै पनि देश को इतिहास हेर्दा म नेपाल मद्रासा मा र नेपालि हरु जिहादी मा परिणत हुने सम्भावना देखि रहेको छु
यो कसैको पनि ध्यान मा नगयेको तर भोलि को एक अत्यन्त डर्लादो कहालि लाग्दो नेपाल को पुर्व सन्ध्या हुन सक्छ
मन परे हरियो, नपरे रातो
0
0
बिद्रोही, आन्दोलनकारी, धोंसकारी, आतंककारी, सरकारी आदि-इत्यादी सबैसंग बार्ताहुनु र समस्याको समाधान हुनु बेहद खुशीकोकुराहो र गगने असाध्यै खुशीछ हिजो आज धमाधम बार्ता सफल हुँदै गयको देखिन्छ। यो एकदमै खुशीको कुरा हो हामी सबै खुशी होयोउ र यस्तै सफलअता हरुले निरंन्तरता पाओस भन्ने अन्तर-कामना छ र यि खुशी तथा सफलअताहरु र स्थाई रहोस् देशमा शान्तिहरु ।
तर कताकता अलिकती संका उप-संका उब्जिन्छ कि कतै अर्को समुह फेरी उठ्ने त होइन अनी फेरी हात्ती र हाती छाप चप्पल जस्ताइ सम्झौता गर्नु परोस फेरी। यहाँ सबैलाई मपाइत्वो देखाउनुछ , सबैलाई आफ्नो घमंड र फुर्ती अनी के न गरे भन्ने कुरा देखौनुछ देश अनी जनाटकओ नाम दुहाई दियर भलाई देश घन चक्कर मा फसोस भलाई जनजनले जतिनै दु:ख र सास्ती भोगोस। हाम्रो देश र समाज हाक्ने नेत्रित्वो बर्ग संग अभाब र कमी धेरै कुराको छ गिन्ती गर्ने हो भने तर टड्कारो रुपमा भने अभाब त्यागको छ देशर जनता को लागि राजनीति गर्ने हो भने त्याग हुनु अतिनै जरुरी छ तर हाम्रो नेताहरु संग त्यो नै सबै भन्दा अभाब छ त देश किन बेहाल नहोस् ।
गगनेको आग्रह (कोस्लाई चाँही थाहा छैन तेसैले जस्लाई आबस्याक छ )
: अब कसैले एक टुक्रा देश आफ्नो समुह जाती पाती को नाममा गर्नको लागि आन्दोलन फ्यानदोलन नगरि देश को निकाश र बिकास को लागि त्यागको राजनिती गर्न सिकौ र गरौ ।
: देशमा उंच निंच , जाती पाती , धनी गरीब, हिमाल-पहाडी-तराइ, यो धर्म त्यो धर्म भन्दै घ्रिण1, अबहेलना, बित्रिस्ण, को भावना होइन मात्रित्वो र भात्रित्वो अनी अपनत्वो, मानबिय र सम्मन को व्यबहार गर्न सिकौ र गरौ ।
: गरीब, दुखी, श्रमिक, अपांग, अनी देश र माटोको लागि त्याग गरेका हरु लाई सम्मान अनी सहयोग गरौ ।
: समस्या हरुको सामुहिक निंचोड् निकालौ र तेस्मा धैंर्यता को साथ समाधान खोजौ ।
: सबैकुरालाईइ साकारआत्मक सोचका साथ साकार1त्मक समाधान खोजौ ।
: अबसर हरु बाडौ र फैलायोउ .
आदी आदी ,
या अर्को उपाय
देशको सम्पूर्ण ब्यक्ती, समुह, पार्टी एउटा संबैधानिक सम्झौता गरौकी ,
अब देखी जो मर्नेछ तिनिहरुलाई म्रितक हैन शाहीद घोषणा गरौ ।
मृत्युको मुल्य दश लाख तोकौ ।
सबै गाबिस वा नगरपालिक हरुलाई क्षेत्र या प्रान्त तोकौ । घर घर लाई स्वोयत्त राज्य सरहको मान्यता दिदै महा-संघिय महा गणराज्या नेपाल बनाउ।
एस्तै एस्तै
थापा जानकारी चाहियमा संपर्क राख्नुहोला वा किताब किनेर पढ्नुहोला “नया नेपालको लागि नयाँ सम्झौता”
मन परे हरियो, नपरे रातो
0
0
लामो समय पछि बल्ल आशाका किरणहरु पलाएका छान/ यसरी नै सधै बुद्धिमानी पुर्बक हम्रा नेताहरूले काम कारबाही अगाडी बढाए हम्रो देस पनी अवस्य उन्नतिको पथतीर लम्कने छ / तरपनी खै किन हो किन यात्रो ठुलो सम्झौता हुदा पनी मलाई खुशी भने लागेको छैन किनकी सम्झौता हुन्छ तर कार्यान्वयन नहुने परम्परा देखाईसकेका छन हाम्रो सत्तामा हुनेहरूले/
यो सम्झौता पनी सम्बिधान सभाको चुनाव शांतिपूर्वक हुनदिनको निम्ती मात्रै हो की भन्ने शंका लगेको छ/ चुनाव संपन्न भएपछि सारा सम्झौताहरुलाई भुल्ने पो हुनकी भन्ने शंका पनी लागिरहेको छ मलाई /
चाहे त्यों गिरिजा होस या माधव नेपाल वा प्रचंड जब सम्म नाता बाद को अन्त्य हुन्न तब सम्म सुजाता कोइराला जस्ता UNQUALIFIED ब्यक्तिहरु राज्यको उच्च पदमा नाताको आधारमा नियुक्त हुदा तत्कालीन RNAC को हालत कस्तो भएको थियो भन्ने कुरा भुल्नु हुन्न /
राज्यको जस्तो सुकै स्थानमा पदोन्नति वा नियुक्ति हुदा भेदभाव वा नाताबाद लागु भएको छ भने त्यस्तो कुराको पर्दाफास गरिदिनु पर्छ / यस्मा सबै भन्दा महत्वपूर्ण भूमिका मीडियाले खेल्न सक्छ/
अनुशासित र सभ्य नेपाली समाजको स्थापना भएको दिन हेर्न चाहने म मणि राज थेबे (साइप्रस)
मन परे हरियो, नपरे रातो
0
0
It’s been a while haven’t seen such a good news like this one. Most of the time I read news of Nepal were about either “bandh” or about “dead”. Finally there is something that I can read to give myself smile on my face. Well done… bravo!!!
Keep it up Nepal. All the best for coming election…
Long Live Nepal
Akash
मन परे हरियो, नपरे रातो
0
0
सुखद कुरा हो । अर्को उथलपुथल सिर्जना कसैले गरेन भने चुनाव पनि हुने सम्भावना प्रबल बनेको छ । केही हतिरारधारिलाई समेत अव शान्त पार्न सके देशले एउटा निकास पाउने थियो । आशा छ बुध्दको देशमा शान्ति छाउने छ । तर घाइते दरबारले कतिको शान्तिको स्वास फेर्न दिन्छ नेपाली जनतालाई पर्खन अझै वाँकि नै छ । सजग, सतर्तता र संयमता अति आवस्यक बनेको छ । कतै अवको दरबारी शिकार नेताहरु नबनुन ।
मन परे हरियो, नपरे रातो
0
0
umesh ji,
mathi 3 no bundama ‘akhandata’ hunuparne ma ‘khandata’ bhayeko ho ki? ‘khandata’ ma sahamati bhayo bhane ta pheri bityash parne bho ni?
मन परे हरियो, नपरे रातो
0
0