-ओजश्वी शर्मा-
अब कुनै पनि हालतमा संविधान सभाको निर्वाचन हुन्छ । उता निर्वाचन नभइदिए हुने थियो भन्दै पुकार गर्नेहरु मुलुकभित्र मात्र हैन मुलुकबाहिर पनि कम छैनन् ।
आफू मुलुक बाहिर बसेको छ । प्रजातान्त्रिक संस्कार र सम्मुन्नत प्रजातन्त्रको पूर्ण उपभोग गरेर बसेको त्यही एउटा पढेलेखेको र आफूलाई समाजको बुज्रुक भनाउने अमेरिकी नेपालीको चाहना मुलुकमा चुनाव नभइदिएर मुलुकलाई सेनाले शासन गरे हुन्थ्यो भन्ने सोच्ने तथाकथित नेपालीलाई के भनेर उपमा दिने त्यो जिम्मा पाठकहरुलाई नै ।
आज सम्पूर्ण नेपाल र नेपाली नै उपेक्षित छन् खाली तराई, पहाडबासीमात्र राज्यबाट उपेक्षित भएका होइनन्। मधेशी जनसमुदाय उपेक्षित भयो भनेर निर्वाचनको मुखमा आएर ठूला ठूला आन्दोलन घोषणा गरेर आफूलाई तराईबासीका नेता भनाउनेहरुले तराई केही दिन भाँडे। आखिर यो आन्दोलनले के पायो-कागजी बक्यौता ।
आज कागजी बक्यौताकै रुपमा हिजोदेखि आजसम्म पनि मुलुक चलिरहेको छ । राजतन्त्रलाई जरैदेखि उखेल्ने उच्च मनोबल लिएर दोस्रो जनआन्दोलनमा उत्रिका लाखौं लाख नेपालीले कागजी बक्यौताकै भरमा चुप लागे भने अहिलेका यी आफ्नो भाग खोजी हिँड्ने आन्दोलनकारीहरुले कागजी बक्यौताबाहेक के पाउने कुरा थियो र ?
यो सरकार के सरकार। सरकारको काम कर्तव्य र अधिकार के हो त्यो सरकार स्वयंलाई ज्ञान छैन । के निर्णय गर्न हुने के गर्न नहुने सरकारलाई थाहा छैन। त्यही पनि सरकार चलिरहेको छ र जेजस्ता कागजी सम्झौता गरेर भए पनि चलाउनुपर्ने सरकारको बाध्यता छ ।
वास्तवमा अहिलेको सरकारको काम भनेको संविधान सभाको निर्वाचन गराउनु नै ठूलो जिम्मेवारीको काम हो। यस सरकारले कुनै दलसित सम्झौता वा कागती बक्यौता गरेको कुनै अर्थ र वैधता हुन्न ।
वास्तवमा आआफ्नो भाग चाहिएको हो भने सबैले आउने संविधान सभामा आआफ्नो अत्यधिक मत लिएर आएर आफूले भनेजस्तो संविधान निर्माण गरे भइहाल्यो नि। किन यो क्रान्तिबाट आएको सरकारलाई ढाल्ने र आम जनतालाई सास्ती दिइराख्नुपर्ने थियो ।
क्रान्ति एक पटक हुन्छ, दुई पटक हुन्छ। तर क्रान्ति भन्दैमा सबैले एउटै क्रान्तिको स्वरुप देख्ने र मनको लड्डु घिउसँग खानु त्यति सान्दर्भिक हुँदैन ।
दोस्रो जनआन्दोलनबाट राजाका हक अधिकार खोसिएर दारा नंग्रा भाँचिए झैँ राजालाई दरबार वरिपरि राखिनु नै ठूलो कुरा भएको अवस्थामा राजा राख्ने, राजा फ्याँक्ने जनताको चाहना अनुरुपको संविधान निर्माण गर्ने काम त अबको संविधान सभाद्वारा निर्वाचित दलहरुको महत्वपूर्ण भूमिका हुन जान्छ ।
यति हुँदाहुँदै पनि पटक पटक संविधान सभाको निर्वाचन विथोल्ने जुन प्रयास नेपालमा मधेश या अन्य कुनै आन्दोलनका नामले अगाडि सार्यो, त्यो विवादास्पद र औचित्यहीन आन्दोलन थियो भन्ने कुराको पुष्टि भारतीय दूतावासको संलग्नताले प्रष्टाइदिएको छ ।
उपेन्द्र यादव हुन् या महन्थ ठाकुरहरु हुन्, यिनीहरु मधेशी जनताको पक्षमा होइन, भारतीयहरुको दुनो सोझ्याउनेतर्फ बढी अग्रसर भएर आन्दोलनलाई उग्र रुप दिए जसको फलस्वरुप अब आउने संविधान सभाको निर्वाचनबाट उनीहरु बढारिने पक्का छ ।
यस्ता राष्ट्रघाती तत्वहरुलाई मधेशका न्यायप्रेमी नागरिकहरुले पनि समयमै चिन्नु पर्छ र राज्यको संविधान बनाउने निकायमा यिनीहरुलाई पठाउनु मधेशी जनताको समेत अपमान हुन जान्छ भन्ने कुरालाई समयमै मधेशी जनताले सायद अहिलेसम्म आइपुग्दा बुझिसकेका पनि हुनुपर्ने हो ।
नेपालमा जातीय विभेद र कलह देखा परेको थिएन । धनी र गरिब हुनु अलग कुरा हो । जुनसुकै जातजातिको किन नहोस्, पहाडिया गरीब बाहुनलाई पहाडिया धनी बाहुन या क्षेत्रीहरुले थिचोमिचो गरेको वा तमसुक गराएर घरबारी हत्याएका घटनाहरु प्रत्येक गाउँ-गाउँमा छन् ।
त्यस्तै गरिब मधेशीलाई धनी मधेशीले आफ्नो घरबारीको रेखदेख गर्ने र पुस्तौं पुस्ता गोठालो हली राख्ने मधेशी ठालुहरु कति छन् तिनका विरुद्दमा लड्ने र तिनका अधिकार खोज्ने काम महन्थ ठाकुर या उपेन्द्र यादवले किन गर्दैनन् ? सत्ताको स्वादमा भारतीय कठपुतली बनेर सिधासाधा मधेशी जनसमुदायलाई भड्काएर आफ्नो स्वार्थ पुरा गर्ने यस्ता मधेशी तथाकथित नेताहरुमात्र हैन सुर्यबहादुर थापा जस्ता मधेश र तर्राईको समस्या समाधान नभएकाले चुनावमा भाग लिन्न भन्ने भारतीय एजेन्टहरुलाई आम लोकतन्त्रवादी समुदायले एक भएर यिनीहरुको पत्ता साफ नगर्ने हो भने यि भारतीय दलालहरुको पंजाले पुनः नेपालमा दाह्र नंग्रा फिजाउने छ र मुलुकमा भारतीय दवदवा बढ्ने पक्का छ ।
अर्का तिर नेपाली कांग्रेसले तिनै हिजोका भ्रष्ट र पदीय दायित्वमा रहँदा मुलुक मारेका राजावादी समुहलाई टिकट दिएर अर्को गल्ती गरेको छ । लोकतन्त्रवादी कांग्रेसलाई त्यो समुहले पुनः विश्वासघातको राजनीति गरेको छ । आम नेपालीले जान्दा जान्दै पनि टिकट नै दिन नहुने कतिपय भ्रष्टचारीहरुलाई नेकाले टिकट दिनुले कांग्रेसको छवि पुनः धमिलिएर गएको छ ।
यसका लागि पनि जबसम्म सामदण्डभेद र पैसाको खोलो बगाएर सोझा नेपाली मतदाताहरुलाई किनबेचका माध्यमबाट समेत यी राजावादीहरु पुनः संविधान सभाको निर्वाचनमा नआउलान् भन्न सकिने स्थिति छैन । यसैले यस्ता कांग्रेसभित्रका व्यभिचारी भ्रष्टहरुका विरुद्दमा लोकतन्त्रका पक्षपाती कांग्रेस वा अन्य समुहहरु एक भएर यिनीहरुको पत्ता साफ गरन् त्यतिकै जरुरी भएको छ ।
आउने संविधान सभाको निर्वाचनले नेपालमा शान्ति, विकास र आर्थिक क्रान्ति गरी सम्वृद्ध नेपालको कल्पना मात्र गर्ने होइन सिंगो राष्ट्रलाई विश्व सामु हिजो पनि हामी स्वतन्त्र राष्ट्र थियौं आज पनि छौं र भोली पनि हामी सम्वृद्ध र विश्वका अगाडि नमुना राष्ट्रका रुपमा अगाडि बढाउने छौं भनी प्राण आहुती दिन तयार नेताहरुका लागि मतदान गर्दै नेपालमा पूर्ण लोकतन्त्रको स्थापना गरौं ।
नेपालको एकीकरणको इतिहासदेखि आजसम्म हामीमाथि दवदवा गर्ने राजपरिवारको मात्र होइन आफूलाई अर्को राजा बन्न चाहनेहरुको समेत नाम निमिट्यान्न पार्दै नयाँ नेपाल निर्माणका लागि लोकतान्त्रिक पद्दतीलाई अंगाल्नेहरुलाई नेता चुनौं । तर हामी नेपालीले अब मुलुकमा संवैधानिक राजतन्त्रात्मक गणतन्त्र स्थापना गर्नेखाले नेताहरुको धज्ज्जी उडाऔं नयाँ युगको थालनी गरौं यही कामना।
No related posts.









sharma Ji tapaiko analysis ati nai ramro cha.
tara ke garne Nepal ma khali analysis garne ra rajniti garne bahek aru kasai ko kehi kam chaina.
Jatiya analysis le jatiya danga khada gariyo. Jindagi ma nasuneka ra kati kura ta aru desma bhayka kura Nepal ma ghateko bhani prachar prasar garera afu afu ma fut lera aiyo.
aba tetile napugera tarai ra pahad, Kathmandu ra gau, lek ra besi bhani bibhajan aisakyo.
Yeuta kura hami sabaile bujnu parcha ki hami nata bahun hou nata chetri, hami nata newar hau na ta bhote, hami nata sirf pahadiya hou nata sirf madesi hami hau Nepali tesai le yespali vote dida tyo byekti lai vote dinu parcha jasle afulai maukhik rupma matra nabhayer baibharik rupma pani afulai sirf Nepali bhani chinayeko hos.
Nepali huna kunai thar ko awashekta chaina nata kunai bidesi slok ko.
Nepal lai chaiyeko cha Nepal suhaudo tantra. amerika ko jasto dekhawati democracy, bharat ko jasto chutiya democracy, chin ko jasto dekhawati communisum Nepal lai chahidaina.
Nepal ma chahincha gas bas kapas ra surakshya ani biswas ko swosta Nepali tantra jasma sada sarbada Nepali ko othma muskan and hridaya ma maya.
bas yeti nai ho Nepal ma chahiyeko. Baki Nepal amale nai purai diyeki chan hamilai.
Jay hos janani, Jay hos!
मन परे हरियो, नपरे रातो
1
0
Comment made by Anujbabu is nice and clear. Although, the author’s, Ojaswi Sharma jee, subject is “Not to vote those who want to be King”, he/she never wrote a single word against Maoist or so called day dreaming “Mr. Prachanda”. This indicates either the article is in favour of Maoist or the author is afraid from YCL. The second reason has less potential, since the author is residing in US (Wow)…
मन परे हरियो, नपरे रातो
2
0
नेपाल को अर्को राजा मै हु भनेर हुकार गर्ने त प्रचण्ण्ड मात्र भये जस्तो लाग्छ
“हामिले जिते मात्रै चुनाव हुन्च, हामिले हार्ने चुनाव को नतिजा हामिलाइ कालत्र मान्य हुनेछैन” भनेर प्रस्ट रुपमा भन्दै आयेको माओबादी ले मात्रै छ
त्य्स्तो आतताइ निरन्कुश हरु लाइ किन जिताउने त, हैन शर्मा जि?
त्यसैले यो लेख का लेखक का अनुसार
“माओबादी लाइ कुनै हालत ले पनि हराऔ,
लोकतन्त्र लाइ जोगाऔ!”
मन परे हरियो, नपरे रातो
3
0
अब त मैले यो साईट मा गरीने छलफल र तर्क को पनि कुनै उपादेयता देखिन किन कि यो ब्लगमा लेख्ने र ब्लग् पढ्ने भने को धेरै जसो बिदेश् मा बस्ने हरु नै भेटिन्छन्। के यो पेज मा लेखिए का कुरा हरु नेपाली नेताहरु ले पढ्लान्? के महन्त ठाकुर्, उपेन्द्र् यादब र मुखर्जी हरुले यसमा तपाई हामीले उठाए का सवाल का जवाफ दिन्छन्? तेसैले तपाई हामि किन एक अर्को बीच वाक युद्ध गर्ने? याहं सर्मा जि ले भन्न खोजे को कुरा एक्दमै सहि छ तर हामि हरु को मानसिकता नै कस्तो छभने हामि कुनै पार्टि लै समर्थन् गर्छौ भने अन्द् भक्त भएर समर्थन गर्छौ। नेपालका राजनिति पार्टि र यसका नेता हरु ले नेपाल लाइ यो हालत मा पुर्यौउनु मा पनि तपाई हाम्रै दोश पनि कम छैन।ाफुले सम्र्ठन् गरे को पर्टि र येस्का नेता ले जे गरे पनि हामि चुप् लागेर समर्थन् गर्छौ। जास्तो कि गिरिज ले अफ्नो चोरि लै मन्त्रि बनाउदा कोइ कङ्रेस समर्थक हरुले यो ठिक् काम् भयन भनेन,हालै भय को मधेसि आन्दोलन् कै कुरा गर्दा पनि तेस्तै हो, के तराइ मा बस्ने जो आफुलै मधेसि भन्न मन पराउने हरु सबै नेपाल लाइ भारत को उपनिबेश होस भन्ने हरु मात्रै होलान् त मधिसे समुह हरु मा? अबस्य पनि तेस्तो छैन होला तर पनि किन मधिसे नेताहरु ले अफुलाइ जे मन लाग्यो त्यो गरे त नेपाल को सार्बभौमिकता लै नै खतरा मा पार्ने काम हुन्दा पनि त्यो समुह भित्र को कसैले बिरोध नगरे को कारण पनि यहि हो कि आफ्नो समुह र समुह को नेता ले जे गरे पनि ठिक् अरु सबै बेठिक् भन्ने मानसिकता हो। यो हालै को दरबारिय+ भारत प्रायोजित आन्दोलन को सिलसिला मा भारतिय राजदूत ले ब्यक्त गरे का बिचार हरु र मधेसि नेता हरुले खेले को भुमिका कै कुरा गर्ने हो भने पनि यो किसिम को नांगो भारतिय हस्तछेप को निमन्त्रणा ले मधेसी लाइ नै पनि फाइदा गर्दैन।तर यहा आफ्नो पार्टि वा समुह ले गरेको हुनाले जे गरे पनि ठिक् नि तेसैले नेपाल माथि को भारत को हस्तछेप को बिरोध गर्ने हरु लाइ मधेस बिरोधि भन्ने नया बिसेशण थपिए को छ। यो पनि यो पनि हाम्रा नेता ले गरे को सोरै आना ठिक् भन्ने भरौटे मानसिकता र स्वार्थ को कारण ले गर्दा हो। जस्ले गर्दा स्वोच्छ् आलोचना र तार्किक् कुरा हरु हामिलाइ पच्न छाडि सके को छ। येसको सबै भन्दा राम्रो उदाहरण त माओबादी ले बिगत मा नै देखाई सके को छ। तेसैले म मधेसी विद्वान मित्रहरु लाई के अनुरोध गर्छु भने तपाईं का नेताहरु ले कुन स्वार्थ को लागि गरे को यो नाट्को खलपात्र बन्नु भन्दा पहिले एक पटक प्यालेस्टाइनिहरु को पिडा पढ्ने गर्नुहोस् । आफ्नो भुमी भित्र देश र राष्ट्रियता गुमाएे पछी के हुन्छ भन्ने कुरा? तपाईं का तपाईंहरु का महान नेताहरुले तपाईं हरु को हक अधिकार को लागि होइन आफ्नो स्वार्थ को लागि गरे को यो आन्दोलन ले र यस को लागि रणनिती बनाउने हाम्रो असल छिमेकी को खराब नियत को पारीणाम को अहिले नै कम्तिमा कल्पना गर्नु होस् छाती मा हात राखेर।
मन परे हरियो, नपरे रातो
2
0
“desle ragat mage malie bali chadaunu rudi nan meri ama ma nepali ko choro” NOw it is just for economic revolution. we’ve been sacrifing many lifes for political stability, now we have to stop that and should concentrate upon the economic sector not only moaist cadre , me myself is ready to die for the economic revoultion but it should carry on however.
मन परे हरियो, नपरे रातो
1
0
Good article Ojaswi. We should appreciate such critical thinking.
मन परे हरियो, नपरे रातो
1
0
KURA SAHI HO… DESKO LAGI KAAM LAGNE PARTY UML MATRA CHHA… BHOT TESAI LAI DIU HAI SATHI HO…..
मन परे हरियो, नपरे रातो
1
0
Dear Sharmaji, I agree with u. I would like to write same thing which u already wrote. Many many thanks for u.
Ram Adhikari Wembley London
मन परे हरियो, नपरे रातो
1
0
Hi !
Absar badi haro jahile ra jun bela pani mota ghata hunchha nai. Hi jO samma Rja ko pachhi lagne pani kam thiyanan, Ani sarkar badalnasath aphno anuhar badalne haru pane kam thiyanan. Mar ma ta tyo nepali jo anpad thiyo, jo aru gharma kam gare ra pet palthyo tehi nai thiyo ra ahile pani tyo nai chha.
Shrma ji ! tahahile lekha ramro leknu bhayo ani teyo samaya sapechhya pani chha. Tara taphi le aphno ra family ko history hern bhaya chha kahile. Nabya hernos. Kati Nepal ra Nepali lahi haru lahi sohan garnu bhayaeko ta thiyana. mero matlab, tapahile tesko upayog ta garnu bhaya ko thiyana.
Sabi gadanatra badhi lahi badahi chha ra subhakamana pani. Des banune bhayo aphno bani pahile sudharyo, ani aru ko kura garyo.
मन परे हरियो, नपरे रातो
1
0
अनुजबाबु जी
राजा र अर्को राजा बन्न चाहने अथबा रास्तपती बन्न चाहने सबैलाई पछारौ को मतलब माओवादी लाई भोट दिउ भन्न खोजेएको होइन त्यो तपाईंको सोच हो, हो तपाईं हामी प्रचन्ड बाबुराम लाई भोट् हाल्न चाहदैनौ यस्को मत्लब के तपाईं खुमबहादुर,गोबिन्द्र राज जोसी,उपेन्द्र महतो,लाई भोट हाल्न सक्नुहुन्छ
तेसैले ओजस्बी जी ले आजको आबस्यकता सबै राम्रा संबिधान बनाउन सामर्थ्य लाई भोट दिउ भन्न खोज्नुभएको हो /
उत्तम शर्मा
अमेरिका
मन परे हरियो, नपरे रातो
1
0
अनुजबाबु जी
राजा र अर्को राजा बन्न चाहने अथबा रास्तपती बन्न चाहने सबैलाई पछारौ को मतलब माओवादी लाई भोट दिउ भन्न खोजेएको होइन त्यो तपाईंको सोच हो, हो तपाईं हामी प्रचन्ड बाबुराम लाई भोट् हाल्न चाहदैनौ यस्को मत्लब के तपाईं खुमबहादुर,गोबिन्द्र राज जोसी,उपेन्द्र महतो,लाई भोट हाल्न सक्नुहुन्छ
तेसैले ओजस्बी जी ले आजको आबस्यकता सबै राम्रा संबिधान बनाउन सामर्थ्य लाई भोट दिउ भन्न खोज्नुभएको हो /
उत्तम शर्मा
अमेरिका
मन परे हरियो, नपरे रातो
1
0
jasle j bhanepani desh bikhandanma naparos. dherai barsha aghidekhi bharatle yo deshlai aakha gadeko chha tyasaile sabai nepali ak bhaera aphno rastiryata ra swabhiman jogaunuparchha.
मन परे हरियो, नपरे रातो
1
0
I agree with ur analysis.Yo samaya hami nepali le afno sunaulo future ko lagi k garnu best ta sohera matra decision linu parne bela ho. Aba kohi neta ko andhobhakta nabhai sahi person select garau.
मन परे हरियो, नपरे रातो
1
0
sharma ji good we all nepali student in india support to u by kishore nepal india.
मन परे हरियो, नपरे रातो
0
0
हैन ओजश्वी शर्माजी,
मधिशे र कांग्रेसलाइ भोट नदेऊ, नव तानाशाह माओवादीलाई भोट हाल भनेर दुई लाइन लेख्द्या भए भैहाल्थ्यो नि किन यस्तो घुमाउरो प्रवचन छाँटेको ?
पूँजिवादी अमेरिकामा बसेर माओवादको प्रचारमा जुटन भन्दा, यतै आएर तिनका लठैतमा समावेश भएर लाग्दा रहर पुग्दो हो नि !
यस्तै हो चुनाब भए पछि सबै उठ्छन, बस्छन, पछारिन्छन वा थचारिन्छन । तर राजतन्त्रको शेषपछि कसैले नव तानाशाह बन्न खोज्छ भने त्यो चाहना राख्ने माओवादी नै हुन जस्ले चुनाब जित्ने कुरा हैन बरू ‘सत्ता कब्जा’ गर्ने राग अलापेका छन् । यो कब्जा गर्ने मादकतामा रमाउने हरूको रहरको आँकलन मात्र गर्न सकिन्छ ।
जे होस् आफ्नो राजनैतिक बफादारिताको डंका पिट्न खोज्नु नेपाली राजनैतिक चेतनाको विशेषता नै हो । तर मोही माग्दा , ढुंग्रो नलुकाइ माग्दा सबैले थाहा पाउँछन, त्यसै गर्न जाती हुन्छ ।
बाँकि कुरा त जनताको मर्जी । किनभने जनतालाई जनयुद्द र जनपीडाको राम्रो अनुभव छ , त्यो दल , राजा र अझ चर्को रूपमा माओवादीले दिएकै हुन ।
त्यसो भए अब यी जात , भेक र क्षेत्रको राजनीति गर्न च्याउ सरी उम्रेका दल, दल र दलदल लाई जितेर नया नेपाल बनाउने पो हो कि ! यी त भर्खरैका हुन, गल्ति गर्न पनि भ्याइसकेका छैनन् । नयालाई विश्वास गर्ने हो भने त यिनलाई नै गर्न पर्छ कि कसो ?
मन परे हरियो, नपरे रातो
0
0
great article sharma ji tara nepalko chalan jailepani ulto disama chalchha pheripani tinai bharsta neta kai barchaswa hunechha pakka ho tesaile bekar chha.
मन परे हरियो, नपरे रातो
0
0
while within nepal, you are trying to be poppet of the maoists. I don’t think you understand the gravity of the matter. You thieves are handing over every thing to India. We are becoming the nest bhutan.
मन परे हरियो, नपरे रातो
0
0
संसारमा सबै कुरा आफ्नो स्वार्थ अनुरुप हुन्छ \कुन ब्यबस्था रहदा आफ्नो स्वार्थ कायम रहन्छ त्यही अनुरुप समर्थन र बिरोध को मापडण्ड कायम रहन्छ \के कुनै पनि सक्तिमान अनी हाम्रा चिमेकी राष्ट्र हरुले जनताको हितको लागि भनेर राज्यको समर्थन गरेका थिएकी आफ्नो स्वार्थ रक्षा को लागि समर्थन गरेका थिए यो कुरा ब्यक्ती र राष्ट्र दुइ पक्षमा नै कायम हुन्छ र हुँदै आएको छ \जब जनता सचेत हुँदै जान्छन पुराना जन बैरिका किल्ला भत्काउन अगी सर्छन स्वार्थी ब्यक्ती र राष्ट्र हरु आफ्नो स्वार्थ कायम राखी राख्न आफ्ना समर्थक फेर्न थालछन \यो अहिले नेपालमा हुँदै गरेको तथ्य हामी सामु छर्लङ छ \पहिले पन्च्यायती ब्यब्स्था र राजत्रन्त्र बाट आफ्नो स्वार्थ कायम गर्न भिन्न सिदान्त मा आधारित राष्ट्र हरुले राजा र उन्को ब्यबस्था लाई सहयोग र समर्थन गरेकै थिए \आज राजा बाट आफ्नो स्वार्थ नटिक्ने भये पछी समर्थक फेरिएका होइनन र ? सके पुरानै समर्थक बच्चाउने नसके नयाँ लाई आफ्नो गुलाम बनाउने के यो खेल अहिले नेपालमा खेलिदै छैन ?असान्ती रोपेर निरुन्कुस बचाइ राख्ने खेल खेलिदै छैन र ? त्यसैले नेपाल र नेपाल बाहिर निरुङ्कुस सक्तिका पूजारी हरु धेरै छन धेरै टाढा किन जाने हाम्रै नयाँ नेपाल बनाउने जिम्मा लिने मन्त्री मन्डल का सदस्य सुजाता लाई हेरे हुन्छ अमेरिकामा बस्ने अमेरिकअन नेपाली सम्म आउनु पर्दैन \
मन परे हरियो, नपरे रातो
0
0
i liked the messege that u wrote,, but i also wanna to state is “lets allow the nation to be governed by the communist,which are really the jantaka 6ora hun,,……
मन परे हरियो, नपरे रातो
1
0
Adarniya Smasta Nepali djau bhai tatha didi Bahini haru,
Hami bidesh ko bhayeka haru le bhot halna paudainaoun. Tesaile yahaharu sabailai euta sano anurodha ,
ahile ko stithima Party naherera, jun neta ramro, asal, desh ko lagi kehi garna skane, deshbhakta, adi sbai bichar garera matra bhot halnu bhayo bhane sachikai naya ramro santi bikasit Nepal bancha ki.
मन परे हरियो, नपरे रातो
1
0
ओजश्र्वी जी,
यो कुरा अमेरिकामा बसेर, ब्लगमा लेखेर मात्र केहि हुँदैन| यो साईटका कति जना ब्लगरले आउँदो चुनावमा भोट हाल्छन होला?
के छ बिचार? जाने होईन त नेपाल ! अनि जनता बिच यो कुरा उठाएर राम्रो ब्यक्तिलाई मात्र चुनावमा जिताऔ भन्ने अभियानको थालनी गर्न?
ल ल टिकट सिकट मिलाउदै गर्नु होला, म पनि गुण्टा रोल गर्दै गर्छु|
मन परे हरियो, नपरे रातो
1
0
Nothing new, people read and hear the above mentioned issues so many times, so if you can make discourse on realistic scenario of the rural Nepal and their livelihood problem that is to be worth. But it doesn’t mean that the analysis is not good, I appreciate this analysis because the writer I believe to spend lots of time on it.
मन परे हरियो, नपरे रातो
1
0
Nice Writing Sharma Ji,
Currently in Nepal, all political parties and politicians are parasites, who have sucked our country and peoples blood but still thirsty for more blood.
Now its time to figure out those blood suckers through this election. Everyone should think 10 times before giving their votes to any candidates, I would like to request all Nepali people to think of each candidate before they gave their precious vote, don’t just go for party, party doesnot matter, the only think that matters is who that is representing from that party.
Jai Nepal.
मन परे हरियो, नपरे रातो
1
0
Very true and realistic interpretation of people of Nepal exploited by those so-called opportunist leaders who has been ruling us.
मन परे हरियो, नपरे रातो
1
0
Hi Aakash,
Why u r so upset and why you are thinking she is blaming Madeshi. In Nepal, all people have hard time even PAHADIYA hos ya MADISHE. Some of the people were ruling Nepal own their hand among them both MADISHE and PAHADIYA are there.
See Mahanta Thakur, Mahato, Tripati, Jai Prakash Gupta, Badri Mandal, etc were also the leaders who made us fool and now trying to make us more fool. Be aware from them.
Our King is also Madishe ho, he is MUSLIM. then why taking personnelly. She is saying to our leader.
Onething i will say that our leaders are completely depends upon India. We are not Indian and our leader makes us Indian.
Dinesh Yadav
मन परे हरियो, नपरे रातो
1
0
good article. thanks!
मन परे हरियो, नपरे रातो
1
0
राजबादिहरू मात्र होइनन अमेरिकी नेपाली मात्र पनी होइन देशमा सधै अशांति होश , सम्बिधान सभाको चुनाव नहोस र सधै हड़ताल होस आन्दोलन होस देस गृह युद्धको चपेटामा परोस भनेर सधै प्रार्थना गर्ने हाम्रै नेपाली दाजू भाई र दीदी बहिनिहरू हुन जो बिकषित मुलुकमा गएर रिफ्यूजी भएर बसेका छन/ किनकी जती जती देसमा अशांति फैलिन्छ त्यती नै उनीहरूले रिफ्यूजीको मान्यता पाउने संभावना हुन्छ /
त्यसैले हम्रा रिफ्यूजी नेपलिहरू सधै यही कामना गर्ने गर्छन/
मन परे हरियो, नपरे रातो
2
0
timi lai ke lagchha, je hudaichha tyo madeshi ko karan le hudaichha? jehile her matrai madhesi le ke ke aandolan garer election saryo kuro garchha, gajjab chha ba. timi ko hau? sab bhanda pahile kasle election sarna lagayo? madhesi le election sarne kaam kahile garen (except upendra yadav). aru jo sukkai madeshi neta bhaye pani pahadi neta jasto ghus,desh bechne kaam kahile garen, kin bhane tiniharu kahile pani tyati power diyekai chhaina. desh bechne, desh lai khattam garne timi haru hau, hami madeshi haina. tyasaile je pyo tyahi lekhne kaam na gar, specially madhesi lai gali na gar, timi aafno bare me soche pugchha, karayer kehi hudaina.
malai pani nepal ko maya chha,ma pani chahanchhu nepal bikash garos, tar timro tyo girija,mkn,prachanda le kagji nirnay garer desh khattam gardai chha, himmat chha bhane timi tya lai gayer kehi bhane hunchha.
मन परे हरियो, नपरे रातो
1
0
sharma ji ur great tapai ko kura right ho all of weNRN group support to u
thanks
मन परे हरियो, नपरे रातो
1
0
oh very good i like it keep it up we all nepali friend should give one call to home and say don’t any vote to these currupt people, those sold all river to india and who did rule government just for own party member and send abroad us and other european country that why those peopler are supporting doner party’s and party member. that why all my friend just give attention to your all family member even people give 10 lakh don’t go behind to that much money just go for good party and good party member who can give country’s right way to became nice and news nepal so that we feel and we gona return back country after few years later.
मन परे हरियो, नपरे रातो
1
0
First of all, I don’t think America is interested in curtailing democracy in Nepal by bypassing army to power but they will never want Maoist to be in power. If they have to choose between Democracy and Autocracy they will choose democracy wihtout a second thought but if the choice is between communism and Autocracy they will support Autocracy as there is not much choice left. I can’t agree more on this American theory. I am still surprised that educated Nepalse like you and me give some benefit of doubt to Prachanda who has been saying time and again that their motive is to come to power and conduct Cultural and Economical revolution like in China 40 years ago creating mass grave of millions of people. Some of you, citing the example of Shanghai and Beizing may argue that what is wrong in that, my answer will be just do a thorough study of whole China and then reply back. Autocracy or Military rule is no answer to democracy but it is definitely an answer to communism. I will prefer to be ruled by moderate thinker military like Musarraf than a fundamentalist like Prachanda.
मन परे हरियो, नपरे रातो
1
0
Wow Sharma jee !
I gave you hat off !!
Such an excellent analysis. That is real fact of our country. You have great knowledge and I agree with you.
मन परे हरियो, नपरे रातो
1
0
very realistic topic. we all nepalese people wherever we live we have to identify those traitors who just sucking innocent peoples blood. they must not come into power again like how the writer is saying here. those r just the clown and they will do nothing for us where as they divide us like madhesi or pahade. those who just want to divide us and do politics most not be allowed to come again for this CA election and i urge all respected nepalese voters not to vote them to come again in our parliament.
मन परे हरियो, नपरे रातो
1
0