हामी सानो देश, हामी अविकसित देश। यसै भनेर नै होला विकसित देशका मानिसहरुले हामी नेपालीलाई हेप्ने गरेका। भारतले हामीलाई कति हेप्ने गरेको छ र हाम्रो आन्तरिक मामिलामा कतिसम्म हस्तक्षेप गर्ने गरेको छ भनेर त भनिरहनु नै पर्दैन। विकसित देशहरुले पनि पाएसम्म हामीलाई हेप्छन्। विकसित देशले त हेप्यो-हेप्यो, हुँदाहुँदा संयुक्त राष्ट्र संघ जस्तो विश्वका सबै देशहरुको प्रतिनिधित्त्व गर्ने संस्थाले समेत हामीलाई बाँकी राखेन हेप्नका लागि।
अस्ति भर्खर भएको हेलिकप्टर दुर्घटना कै कुरा लिनुस् न। युएनको त्यो हेलिकप्टरले नेपाल उड्डयन प्राधिकरणसँग अनुमति नै लिएको रहेनछ उडानको लागि। हेलिकप्टर ल्यायो, उडायो-गरेको रहेको छ। त्यसैले दुर्घटनामा कति जना मारिए भन्ने कुरामा पनि अन्यौल भएको थियो। गृह मन्त्रालय १२ जना भन्थ्यो भने अन्मिन चाहिँ १० जना भन्थ्यो।
अझ अचम्म त अन्मिनका कर्मचारीले सञ्चारकर्मीहरुलाई गरेको दुर्व्यवहारको बारेमा समाचार पढेर लाग्यो। कुनै अप्ठ्यारो पर्ने भए राम्रोसँग सम्झाउन सकिन्छ, त्यसरी दुर्व्यवहार नै गर्नुपर्छ र भन्या ? हेर्नुस् त कान्तिपुरमा छापिएको यो समाचार-
अनमिन कर्मचारी प्रेसविरुद्ध
कास
बेथान -रामेछाप, फागुन २१ – नागरिक स्वतन्त्रताको वकालतको दायित्व बोकेका राष्ट्रसंघीय कर्मचारीले हेलिकप्टर दुर्घटनाको समाचार संकलनका निम्ति गएका संवाददातामाथि दुर्व्यवहार गरेका छन् । हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक खबर सुन्नासाथ सोमबार बेथान गएका कान्तिपुर दैनिक, कान्तिपुर टेलिभिजन र नेपाल टेलिभिजनका पत्रकारलाई अनमिनका कर्मच्ाारीले यातायातका साधन र दुर्घटनास्थलमा समेत दुर्व्यवहार गर्दै समाचार संकलनमा अवरोध गरे । सोमबार मध्यरात रामेछापको लुभुघाट पुगेका पत्रकारले मंगलबार बिहान बेथान जाने सवारी खोजेका थिए ।राति आफूले तय गरेको सवारीमा चढेका पत्रकारलाई अनमिन कर्मचारीले जबर्जस्ती झारेर आफू दुर्घटनास्थलतर्फगएका थिए । पत्रकारहरूलाई फोटो खिच्ने अनुमति नभएको भन्दै अनमिनका कर्मचारीले घटनास्थलमा आफ्नो उद्धार टोली पुगेर घेरा हालेपछि मात्र आउन भन्दै पत्रकारलाई सवारीबाट झारेका थिए ।
विदेशी कर्मचारीले पत्रकारलाई दुर्व्यवहार गर्दा अनमिनका नेपाली कर्मचारी कसमस विश्वकर्माले समेत औंला ठड्याउ“दै बिनाअनुमति फोटो नखिच्न चेतावनी दिए । पत्रकारहरूले उक्त र्सत स्विकार्दा पनि उनीहरूले पत्रकारलाई सँगै जाने अनुमति दिएनन् र पत्रकारले व्यवस्था गरेको सवारी लिएर घटनास्थलतर्फलागे ।
दुर्घटनाको खबर छिटो दिन रातभर कठिन यात्रा गरेर पुगेका पत्रकारहरू उक्त व्यवहारबाट स्तब्ध भएका थिए । घटनास्थलको समाचार संकलन गरेरै छोड्ने अठोटले अर्को सवारीको जोहो गरेर अनमिनको टोलीभन्दा झन्डै एक घन्टापछि पत्रकारहरू दुर्घटनास्थलमा पुगेका थिए । अनमिनका कर्मचारीले दुर्घटनास्थलमा पनि पत्रकारलाई छोडेनन् । जलेर खरानी भएको हेलिकप्टरको तस्बिर लिन लागेका कान्तिपुर संवाददाता टीका भट्ट, कान्तिपुर टेलिभिजनका क्यामराम्यान दीप रायमाझी र नेपाल टेलिभिजनका भोला थापाको क्यामरा खोस्ने प्रयत्न गरेका थिए । कान्तिपुर संवाददाता भट्टको क्यामरा खोसेर खिचिएको तस्बिर मेट्न खोजे पनि सकेनन् भने नेपाल टेलिभिजनका क्यामराम्यान भोला थापाबाट क्यामराको टेप खोसेका थिए । त्यो फिर्ता गरेनन् । उनीहरूबाट बच्दै लुकेर घटनास्थलको केही तस्बिरमात्र खिच्न सकेका थिए । पत्रकारहरूले तस्बिर खिच्न खोज्दा ‘अनुमति छैन’ भन्दै लखेटेका थिए ।
No related posts.









के को अनमिन , अनमिन वन्दैमा जे पनि गर्न पाईन्छ र ?समाचार सन्कलन गर्न पाउनु पत्रकार को मौलिक अधिकार हो।।। यो कसैले हनन गर्न पाउदैन झन तेस् माथि पनि हेलिकोप्टर् जस्तो सम्बेदनशील दुर्घताना मा समाचार सन्कलन गर्दआ कमरा खोस्ने धम्कौने ,हेर्नोस जस्तालाई तेस्ताइ गर्नुपर्छ,त्एस्तो रबआफ अनमिन का कर्मचारीको ,मा वये त २ थप्पद लगौथ्ये गाला
मन परे हरियो, नपरे रातो
1
0
Dear Mr. NP Giri,
Don’t curse yourself for being a citizen of a poor country. Our country is great n feel proud to be a Nepali.
I know why u feel underestimated, all those whites around u are racists and u are alone in the mass. It is actually their problem, soon they will pave their way to their own fate. Such things doesn’t last longer.
मन परे हरियो, नपरे रातो
1
0
नेपालीलाई हेप्ने कारण हामी आफै हौं भन्दा कुनै अतियुक्ति नहोला । हामी गोरा छालालाई बढी नै महत्व दिन्छौं यो सब त्यसैको कमाल हो । विकासे संस्थाहरुमा हेरौं न नेपालीको के हालत छ र बिदेशीहरुले कसरी थिचोमिचो गर्छन् । बिचरा नेपाली के गरुन् पैसाको लागी ।
मन परे हरियो, नपरे रातो
1
1
I agree with Prateek jee and we need to raise the voice agaist UNMIN’s bahaviour.
मन परे हरियो, नपरे रातो
1
0
मैले बुझ्न नसक्या कुरा चाँही के भने हाम्रा पत्रकारपनि कम्तीमा तीन जना त रहेछन नि । अन्मिनका कर्मचारीले त्यत्रो गरुन्जेल चुपो लागेर बस्ने? क्यामरा खोसुन्जेल पनि लौ ला भनेर दिने । लेखापढा मानिस त्यो पनि पत्रकार त्यती निरिह पनि त हुनु भएन नि । लाजैमर्दो भयो है । हाम्रा पत्रकारका हातमा पनि दही नै जम्या जस्तो देखियो ।
अन्मिनका मानिसले पनि हातहतियार सहीत ज्यानै लिने सम्मको धम्की दिएको पनि होइन अनी आर्मी पुलिसले धम्की देको पनि होइन, त्यस्तेरी डराएर मागे जती सबै सुम्पिनु पर्ने त्यस्तो के आईपर्यो त्यो बुझ्न सकियन । कम् से कम् दिन्न लौ त के गर्दो रहेछस सम्म भन्या भये के बिग्रिन्थ्यो ? अन्त त निकै मुख चलाऊँछन यि पत्रकार । अरुलाई मात्र दोष लगाउन भएन है!!
कसमस, जो पहिले कान्तिपुर मै काम गर्थे, उनी पनि सामेल रहेछन, कान्तिपुरलाई के चाहियो अब । जुंगा चल्यो कुरो बुझ्यो । कसो?
मन परे हरियो, नपरे रातो
1
0
So why on earth they want to breach the rule if they are not allowed to take photos, Why they took photos??
That is against UN rules, Are Journalists are above the rules??
मन परे हरियो, नपरे रातो
1
0
UN ta Nepal ma paisa khannee bhado ta ho .. jya garepani bhai halyo nee .. balai bhayena. ki kaso
मन परे हरियो, नपरे रातो
1
0
गिरिजा कस्तो छ त देख्नु भाको छैन? एउटा राज्दुतले उस्लाई जतिसुकैबेला जहापनी भेट्न सक्छ। सन्सदमा भईरहेको महत्वपूर्ण छलफल छोडेर मोरीआर्टी को अफिस खोल्न गएको थियो एक दिन गिरिजा। सरकारको, सन्सद्को बैठक छ भने गिरिजा सधैं बिरामी, बिदेशी नियोगका कुइरे भने पछी सधैं तन्दुरुस्त। राष्ट्र प्रमुख भाई खानेले यसरी बिदेशीको चाकरी गरे पछी, अरुलाई किन टेर्ने इयान मार्टिन एन्ड कम्पनीले? थुक्क हाम्रो जिन्दगी।
मन परे हरियो, नपरे रातो
1
0
yo ta sano namuna mattrai ho, hami aafnai khutta ma bancharo handai chau, masu khana gako dudi jhol ma dubayra mori vanay justai ho, Khoi hammlay kura bhujhay ko….. aajhai jhan dhukaka din auudai chan.
Sublay aaffno karma ko fal vogdai chaan.
kuro saacho cha…
bhujnay lai shreekhanda nabhujnay lai khurpa ko bied.
मन परे हरियो, नपरे रातो
1
0
यो हाम्रो कम्जोर सरकार को पारीणाम हो ।
घर को परिवार को बिच कलह भयर घर कमजोर भयो भने कसरी बाहिर रका ले हेप्दा रहेछन !
देश , जनता र सरकार पनि एउटा घर जस्ताइ हो ।
हामी जती फुट्छौ तेती दुनियाँले हामीलाई हेप्छन!
हुँदा हुँदा हेलिकप्टर पनि नसोधिकन उडाउन थालयो !
अनी राष्ट्र कै चौथो अग्ङ मानियको पत्रकार लाई जनतालाई खबर दिन फोटो खिच्न पनि मनाही गर्यो बिदेशी ले हाम्रो देश मा !
यो त अती भयो !
मन परे हरियो, नपरे रातो
1
0
UNO euta fail bhaisakeko sangathan ho. samrajyawadikai esharama chalcha. yasko shakti chaina.
मन परे हरियो, नपरे रातो
1
0
To be a citizen of poorest nation is bad .In several places we have to face same things.
मन परे हरियो, नपरे रातो
1
0
This is strange and ridiculous. As far as I know, if the vehicle was of UN, it is not obliged for UN to share its vehicle with any other, or it was private vehicle, UN should not have treated that way with the journalists, I am bit not clear, whether the vehicle belonged to UN or was private vehicle for hire or what ever. In the meantime, this is shocking to hear that Kosmos Bishwakarma pointed out his fingers to media personnels, how could he forget the norms and values of journalism whereas he was (or is) himself a journalist, he was Chief of Bureau of The Himalayan Times. If the news is true in itself, UN officially has to apologize to media and take action against those UN Officials, it is now time to see, the organization like UN that advocates for impunity is how far clear in the concept itself.
Again, it indeed proves that even UN is treating Nepal differently as UN even had no permission from Civil Aviation. The title of the article is wonderfully selected, why we Nepalese are always treated as third class aliens…..it must be matter of discourse within us.
मन परे हरियो, नपरे रातो
1
0