मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ह्यापी नारी दिवस


    सम्पूर्ण नारी पाठकलाई आज मार्च ८ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना। फोटो सौजन्यः अभिशेष

    नारी दिवस कै दिन आएका दुई वटा विचारणीय खबरलाई यहाँ राखेको छु।

    पहिलो खबरहो राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले गराएको ध्यानाकर्षणको। कुरा के भने नि, फ्रान्समा वा अमेरिकाका केही राज्यमा कुनै महिला बलात्कृत भयो भने जुनै बेला पनि उजुरी गर्न सक्छ। जुनसुकै बेला मुद्दा दायर गर्न सकिन्छ। नेपालमा महिला बलात्कृत भयो भने चाहिँ ३५ दिनभित्रै कानुनी कारबाही सुरु गरिहाल्नु पर्छ। नभए मुद्दा लाग्दैन।

    मुलुकी ऐनअन्तर्गत बलात्कारको अभियोगमा उजुरी (अभियोगपत्र) दायर गर्न पाउने बन्देजकारी ३५ दिने हदम्यादसम्बन्धी कानुनले कसरी महिलाको जीवनमा नकारात्मक प्रभाव पारेको उच्चायुक्तको कार्यालयले जनाएको छ।

    उच्चायुक्तको कार्यालयद्वारा गरिएका जाँचबुझबाट धेरैवटा घटनामा बलात्कारको अपराध भएको ३५ दिनभित्र त्यसका विरुद्ध उजुरी दायर नगरेको देखिन्छ । यसको पछाडि, केही समय नबितेसम्म आफूमाथि भएको अपराधबारे कुरा गर्न धेरै महिलाहरू तयार नहुनेलगायतका कतिपय कारण छन् । सामान्यतया विशेषगरी गम्भीररूपमा कम रिपोर्ट भएको कुनै अपराधका लागि उजुरी दायर गर्ने कुरामा यसले गम्भीररूपमा थप
    अवरोध पुर्‍याउँछ । त्यसबाहेक, बलात्कारको मुद्दामा प्रहरीद्वारा प्रायः कानुनी हदम्यादलाई उजुरी दायर नगर्ने बहानाका रूपमा प्रयोग गर्ने गरिएको उच्चायुक्तको कार्यालयले पाएको छ । उजुरी दायर गरिए तापनि बन्देजकारी कानुनी व्यवस्थाले (प्रहरीलाई) अनुसन्धानका लागि एवं अदालतमा अभियोगपत्र दायर गर्न अत्यन्त कम समय दिन्छ र यसरी सफल अभियोजनका लागि मौकाको अवमूल्यन हुन जान्छ ।

    नेपालमा भन्दा फरक, धेरै राष्ट्रमा बलात्कारका लागि कसुर भएको समयदेखि १०-१५ वर्षको हदम्याद हुन्छ; यिनमा स्वीडेन र न्युजिल्यान्डसमेत पर्दछन् । तर फ्रान्स तथा अमेरिकाका केही राज्यमा बलात्कारका लागि कुनै पनि प्रकारको हदम्याद छैन । भारतमा बलात्कारको घटनामा मुद्दा दायर गर्न कुनै कानुनी हदम्याद छैन तर अदालतको व्याख्याले मुद्दाहरू “तर्कपूर्ण अवधिभित्र” दायर भइसक्नुपर्ने देखाउँछ र त्यसकारण समयसीमा न्यायिक व्याख्यामा छोडिएको छ । बङ्गलादेशमा फौजदारी कसुरका लागि कुनै कानुनी हदम्याद छैन ।

    नेपालमा बन्देजकारी कानुनी हदम्यादमा संशोधन गर्ने अथवा त्यसलाई हटाउने सम्बन्धी वकालत धेरै वर्षेखि जारी छ । महान्यायाधिवक्ताको कार्यालयको हालैको प्रतिवेदनले समेत त्यसो नगर्नुपर्ने आवश्यकता औँल्याएको छ । तर सन् २००५ मा महिला कानुन तथा विकास मञ्चद्वारा उक्त कानुनमा संशोधन गर्न आदेशको माग गर्दै दायर गरिएको सार्वजनिक सरोकारोको विवाद (पीआईएल)माथिको सुनुवाईलाई सर्वोच्च अदालतले केही पटक स्थगित गरिसकेको छ। पीआईएलको अर्को सुनुवाई चैत २७ गते हुने तय गरिएको छ ।

    तय गरिएको त्यो सुनुवाईको एक दिनमात्र पछि नेपालीहरूले सबैले समान अवसर, प्रतिनिधित्व, सम्मान तथा अधिकारको उपभोग गर्न पाउने देशको आधार खडा गर्ने अपेक्षा गरिएको संविधानसभाका लागि मतदान गर्नेछन् । तर ३५ दिन मात्रले बलात्कारलाई गैरअपराधमा रूपान्तरण गर्ने हो भने महिलाका लागि कस्ता प्रकारका अवसर, कस्ता प्रकारका अधिकार विद्यमान हुने हुन् ? बलात्कार कुनै पनि समयमा अपराध होः ३५ दिन, महिनौँ वा वषौपछि । बलात्कारको अपराधका लागि न्यायिक उपचार पाउने आफ्नो अधिकारबाट महिलाहरूलाई वञ्चित गरिएसम्म सबैका लागि मानवअधिकारमा आधारित प्रजातन्त्रतर्फो सङ्क्रमणको प्रक्रिया पूर्ण हुन सक्दैन । (उच्चायुक्तको कार्यालयको प्रेस विज्ञप्ति)


    काठमाडौँकी युवती। फोटो सौजन्यः अभिशेष

    अब आजै आएको एउटा अर्को समाचारतिर पनि ध्यान दिऊँ

    स्थानः दिपायलको सिलगढी नगरपालिका वडा नं.७
    समयः बिहीबारको शिवरात्री मेला

    एक १६ वर्षीया किशोरी मेला हेर्न आएकी थिइन्। दिउँसो मेला हेरिरहेका अवस्थामा एक्कासी पछाडिबाट आई एउटा केटाले उनको शिरमा सिन्दुर हाल्छन्। यस क्षेत्रमा कसैले सिन्दुर हालेमा उसैको श्रीमती हुने रुढीबादी परम्परा रहेको छ।

    उनले आफूलाई जबर्जस्ती विवाह गर्न लागेको बताइन्। उनले यस भन्दा अगाडि केटासँग कुनै सम्बन्ध नरहेको पनि बताइन्।

    गाउँकी एक महिला। फोटो सौजन्यः Bastet

    No related posts.

    15 comments to ह्यापी नारी दिवस

    • Sanjeev

      महिला साथीहरु,

      अरु मुलुकमा जे भये पनि हाम्रो मुलुक मा rape भएको महिला ले 35 दिन भित्र उजुर गर्न पाउने नियम छ, त्यो ठीक छ किनकी यदी कुनै महिला साँच्ची नै पीडित हो भने त्यो पुरुष लाई कार्वाही गर्न 1 घण्टा पनि धेरै समय हुन जान्छ। यदी जहिले सुकै पनि केस फाइल गर्न पाउने कनुन आउने हो भने तेस्को misuse भएर ब्यग्तिगत फेर्ने माध्यम पनि हुन स्वेछ्याले भएको संपर्कलाई पनि पछी rape केस हाल्न सक्छन। तेसैले नेपालको कनुनी बेवस्था ठीक छ।

      सन्जीव

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • antare

      यो महिला दिवस्मा सबै महिला ले आफु जस्तए अरु महिलालाई थिचो मिचो नगरुन , अरुको कुरा कातेर , दिन् हरु नबितुन , अधिकार चिनुहोस् ।सबेलाई उतिकै अधिकार हुन्छ । अधिकारको सदुपयोग गर्नु होस् तर अरुको अधिकार खोस्ने काम कहिलै नगरु। महिलाको बिरोधी महिला नै छन किन? पुरुष प्रधान समाज होइेन महिला प्रधान समाज को आबस्यक छ। हरेक महिला बर्षमहिlaa दिवस एक दिन लाई सम्झेर अब्ब बस्ने दिन गये । प्रतेक दिन लाई महिला दिवस को रुपमा मनाउ कसै को कुरा काटेर होइन, श्रीजना का हात् बदाउ। फुतेर होइेन जुटेर अघी बदौ। अब को दिन हरु तपाईं हाम्रा उज्वल दिन हरु हुन । हिजोका आन्दोलनमा आमा दिदी बहिनी ले चुलो बाट ,घर बाट , परिवार बाट , माथि उठेर पुर्‍याउनु भएको महिलाको आन्दोलन अब महिलाको हक अधिकार लेखने र महिलाको वास्तविक पारीचय दिने स्थान मा पुर्याउने महान काम आउदो सम्भिधान सभाले गर्ने छ । हुन लगेको सम्भिधान सभाको चुनाव पछी बन्ने सम्भिधानमा महिलाको सम्मान अधिकार कस्तो हुनुपर्छ । महिलाले नै तय गरु । पुरुस्ले लेख्ने अनी महिलाले ताली पितेर समर्थन गर्ने होइन महिलले लेखेने अनी पुरुसले ताली पिटने निर्णय हरु गरुओ । ति महान आन्दोलनka शहभागी आमाहरु दिदी बहिनी हरु लाई हार्दिक अभिबादन । हयब अ हप्पी वोमन्स डे .Antare scot

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rubina

      jahile pani naridiwas vanne kura matrai cha nari vanera karako karai cha tehi pani percentage mageko magei chan jati percentage dida ni nahune naridiwas manauna bida dida ni nahune khoi ta purush diwas.yestai chal ho vane nari nari vanda vandai yahan ko purush haru geru bastra lagayera hide hune ta hoina?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aryan

      महिला मात्र हेाइन पुरूष बलत्कारकेा पनि कानुन बन्नु पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gopal KC

      Nari diwasko upalachyama samasta desh bideshma raheka nepali nariharuma good luck.Aba tapaiharu jagruk hunu paryo ani hami purushharulai purush diwash dinu hai ta.I am really serious reading the situation of nepalese nari in the community………So utha nari jag sansar timrai ho.

      By Gopal,Pidit

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gopal KC

      If this web site run by kangrsi purbagrahi gang nothing to say,if the readers all are purbagrahi. I think there are large number of people they want to see the fact news and lekh from you.Maobadi piditko natak rachera saccha pidiko nam bechera Paraiko deshma ayera desh, janata ani pidit bargalai chattakka vuli desh ra janata uper thuk chhepne kaputharulai dhikar chha.Paraiko dollar vanda swadeshko sacho danak vabi pustakolagi better hunechh vanne gyan ti kalangar purbagrahiharulai vai diye Nepal aamale santoshko sas ferna pauthin ki?Natra aafno ghar jalayera khariniko thupro theki danga parne mahasayaharulai vannu kehi chhaina,jannma vumiko mato sugera.
      By Gopal,Pidit

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shristee

      Happy Nari Diwas but is there a Purush Diwas ever?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahile pani nepal gaye ko bela ma yek jana dulahi lai sindur hale,hale

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kmr

      The snaps of Abhishesh is really professional.

      Nice snaps and would like to see more. Better if he gives some instruction about shutter speeds and exposure he used for snaps along with name of the brand of camera he is using.

      Kumar, Norway

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      नेपालमौ पनि बलात्कार पीडित महिलाले जुनासुकै समय मा उजुर गर्न पाउने नियम बलाउनु पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • महिला दिवसको अवसरमा विश्वभरका महिलाहरुलाई हार्दिक बधाई एवं शुभकामना ।

      समयको परिवर्तन र शिक्षाको विकास सँगै नारी प्रतिको समाजको धारणामा परिवर्तन आउँदै गरेको छ । त्यसमा पनि हाम्रो धार्मिक परम्परामा नारीको स्थान सँधै उच्च रहेको छ । शिक्षा देखी शक्ति अनि माया ममताको श्रोत नै नारी हो । हाम्रा माता देखी श्रीमती सम्मको भूमिकामा स्नेय र प्रेमका साथ हामीलाई जीन्दगीभर साथ, हौसला अनि मार्गदर्शन गर्ने नारीलाई हामी मध्येकै कतिपय पुरुषले उचित सम्मान गर्न सकेका छैनौं । नारी माथि हुने कुनै पनि नराम्रा व्यवहारको प्रतिकार गर्नु सबैको कर्तव्य हो । नेपाली समाजमा नारीलाई सम्माननिय स्थानमा राख्ने जिम्मा हाम्रै हो ।

      नारी दिवसको सर्न्दर्भमा म कामना गर्दछु कि महिलामाथि हिंस्रक बन्ने सबैको मनमा सद्बुद्धि पलाओस् । आज उप्रान्त महिला हिंसा अनि बलात्कारका समाचार पढ्नु नपरोस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      मित्रहरू
      पाहिले त बलात्कार भनेको के?जबरजस्ती योनी भीत्र लिंग प्रबेस गराउनु नै बलात्कार हो की नारी बा कुनै पानी तरुनी लाइ यौन जन्य क्रिया कलाप जबरजस्ती देखाउनु पनी बलात्कार हो |मुसलमान देस माँ दोस्रो किसिम को बलात्कार गर्ने लाइ पनी मृत्यु दंडा दीन्छ |फेरी गोरख समशेर को आमाले छोरी को योनी जाच गराएको मुद्दा पनी छ ,पश्चिमी देसमा नारी को स्वीकृति बिना जबरजस्ती योनी छेदन गर्नु पनी बलात्कार मानिन्छ |चाहे त्यों पति नै किन न होस |तेसैले नेपाल माँ पाहिले बलात्कार के हो भन्ने कुरा को निर्णय हुनुपर्छ ,आसा गरु सम्बिधान सभा पछि बन्ने सरकार ले बलात्कार को परिभासा राम्रारी गर्ने छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • happy nari diwas…………but it should be stopped… they should have get equal rights….. so not to say women’s day….. and condition is not same as above photo speaks lot..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikram(USA,Tx)

      happy nari diwas……………..
      Dabeko manasikta baata ali uchahi ma jane paryatna garnu paryo………sadai pidit bhawana le grasit nepali nari ho……….the door is opened for everyone,,,,,,,,,,,sadhai % ko pa6adi nalagyuooooo……….
      sabai buda mahila lai rog le nasamtos,,,,
      sabai married mahila lai budo le nakutos………
      sabai unmarried mahila le ma jasto handsom keta paoos.
      sabai schhole mahila haruko ramro result hos…….
      sabai bachha mahila haru ko pet bau aama le bharidiun.
      YEHI HO MERO NEPALI MAHILA LAI NARI DIWAS KO UPALAK6A MA SUBHAKAMANA…………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu

      Dear All Didi Bhahini
      On the auspicious occasion of International Women Day 2008 may encourage to all of you to use your right and responsibilities to acquire the your success for the betterment of you yourselves and the other people of nation.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker