सगरमाथा कसको ?
हामीहरु गौरवका साथ भन्ने गर्छौँ- नेपालको !
तर हैन, सगरमाथा नेपालको मात्र हैन, सगरमाथाको टुप्पो चाहिँ पक्कै नेपालको हो। तर सगरमाथाको उत्तरी मोहोडा चीनको हो। अनि नेपालले भन्दा बढी चीनले सगरमाथाबाट फाइदा उठाएको छ। सगरमाथाको उत्तरी मोहोडा कसरी चीनको भागमा पुग्यो ? के तत्कालीन राजा महेन्द्रका कारण यसो भएको हो भन्ने विषयमा धेरै अघि यस ब्लगमा बहस भइसकेको छ। यहाँ क्लिक गरी हेर्नुस्।
पछिल्लो खबर के छ भने चीनको दबाबमा नेपाल सरकारले नेपाल तर्फको दक्षिणी मोहोडाबाट पनि सगरमाथा आरोहण गर्न प्रतिबन्ध लगाएको छ।
यसअघि चीनले पनि उत्तरी मोहोदाबाट आरोहणमा प्रतिबन्ध लगाइसकेको छ। फोटो साभारः एभरेस्टन्युज

यो प्रतिबन्ध मे १ देखि मे १० सम्म लागू हुने भनिएको छ। नेपालका सञ्चारमाध्यमहरु कुनैले पनि यस विषयमा खुलेर लेखेका छैनन्। तर विदेशी सञ्चारमाध्यमहरुमा भने हिजैदेखि यो खबर चर्चामा आइसकेको थियो।
रोयटर्सले पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङलाई उदधृत गर्दै चीनले बेइजिङ अोलम्पिकका लागि अोलम्पिक मसाल सगरमाथाको टुप्पोमा पुर्याउने क्रममा तिब्बतीहरुले अवरोध खडा नगरुन् भनी यस्तो आग्रह गरेकोले रोक लगाइएको बताएको छ।
खबर अनुसार मे १० तारिखसम्म सगरमाथा आधारशिविरसम्म मात्र आरोहण टोलीलाई जान दिइनेछ। त्यस क्रममा पनि विशेष सजगता अपनाउन भनिएको बताइएको छ। आधारशिविरबाट माथि भने मे १० पछि मात्रै जान दिइनेछ। तर खबरहरुमा चीनले मसाल मे १० सम्ममा टुप्पोमा नपुर्याए प्रतिबन्धको अवधि अझै बढ्ने पनि उल्लेख छ।
आफ्नो उत्तरी मोहोडातर्फबाट आरोहणमा प्रतिबन्ध लगाइसकेको चिनियाँ टोलीले यस्तो प्रतिबन्धका लागि नेपाल सरकारलाई ठूलै दबाब दिएको बुझिएको छ। नेपालीटाइम्सले शुक्रबारको अङ्कमा यस बारेमा कभर स्टोरी नै छापेको थियो। यसरी रोक लगाउँदा नेपाल सरकारले लाखौँ डलर बराबरको रोयल्टी त गुमाउने नै छ, यसैमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित सयौँ नेपालीको रोजगारी यस्तो सिजनका बेला संकटमा पर्नेछ।
अहिले तिब्बतमा चीनविरोधी प्रदर्शन हिंसात्मक हुँदै गइरहेको छ। झण्डै दुई दशकपछि यसरी तिब्बतमा अशान्ति फैलिएको छ। एक जमानामा गोर्खाली सैनिकहरुले आक्रमण गरेर कर तिराउने हैसियत राखे पनि अहिले तिब्बतलाई हामीले चीनको स्वशासित क्षेत्रका रुपमा मान्दै आएका छौँ। मित्रराष्ट्र भएकाले चीनलाई सहयोग गर्नु नेपालको कर्तव्य हो। तर, त्यसो भन्दैमा आफ्नो आर्थिक हानी हुने गरेर सबै सहनु त हाम्रो सार्वभौमिकतामाथि कै हस्तक्षेप हो। आशा गरौँ त्यसो भएको छैन होला। नेपालले पनि बार्गेनिङ गरेरै चीनको प्रस्तावमा सहमति जनाएको होला। त्यो बार्गेनिङ राष्ट्रको हितमा भएको होस्, कुनै नेताको खल्तीका लागि हैन !
No related posts.









मदन जि ,
बेला बेला मा तपाईं उट्पट्याङ कमेन्ट त लेख्नु हुन्छ , तेसको साथ्साथइ कुनै बेला यती गम्भिर र तत्थ्य कमेन्ट लेख्नु हुन्छ कि, यदी इमान्दार साथ तपाईंको कमेन्ट अध्ययन गर्यो भने के भोक , के निन्द्रा !भने जस्तो हुन पुग्छ !
तेस्ताइ भयको छ यहाँ लुना लाई ।
निन्द्रा लागेन आज ! यती बेला सम्मा ! तपाईंको कमेन्ट मा घोत्लियर !
झ्बास हेर्दा अझै पनि उट्पत्याङ जस्तो छ तर गहिरियर हेर्दा यतिखेर म कमेन्ट लेख्न वाध्य छु , कारण निन्द्रा लागेन ।
°°°°°
मेरो ( हाम्रो ) सगरमाथा को बारेमा !
चाइना ले बलात्कार गर्यो !
हो! मदन जि ! हाम्रो सगरमाथा लाई चाइना ले बलात्कार गर्यो !
२००८ को ओलम्पिक गेम मा चाइना ले सगरमाथा मा मसाल बाल्नु भनेको ,सोझो जि ले भने जस्ताइ संसारमा चाइना ले आफ्नो प्रभुत्ब सगरमाथा माथि देखाउनु हो ।
हे नेपाली ! अब भन ! सगरमाथा कस्को ?
नेपाल को कि चाइना को ?
हामी मन को लड्दु घिउ सँग खाँदै गरु , चाइना बिस्तारइ हाम्रो सगरमाथा मा बलात्कार गर्दै जाओस!
चाइना को सम्बन्ध तिब्बत सम्म थियो अब , सगरमाथा सम्मा पुग्यो ? !!!
मेरो आर्द्श को कृष्ण पहाडी जि , मेरो आर्दश को कर्ण शाक्य जि , मेरो आर्द्श को केश्ब स्थापित जि , जेद जेद जि , फ्री दम लभर जि , उमेश जि , आदी ( पार्टी सँग मलाई कुनै सम्बन्ध छैन , किन कि मैले राजनीति जानेको छैन , मात्रा देश को माया छ à)
बोल्नुस! केही बोल्नुस् !
कती सम्म तराजु भयर बस्ने ? !!!
एउटा सिमा हुन्छ नि !
हुँदा हुँदा देश को असाद्यैइ महत्बपूर्ण मुटु हाम्रो सगरमाथा मा चाइना ले जे धाबा बोल्यो तेही हुने भयो ?
सोच्नुस् त अलिकती !
हामी यती लाच र भयौ!
मन परे हरियो, नपरे रातो
2
0
बिगतको ईतिहास हेर्नेहो भने हामी नेपालीले चाइनालाई हामी नेपालीको छोरी (भ्रीकुटी) लाई सुम्पेर पनि सहयोग गरेका थियौ भने केही दिन को लागे यदी राम्रो सँग राम्रो काम्को लागि आग्रह गर्छ भने किन सहयोग नग्रने? चाइना मा अहिले हुन लागेको ओलम्पिक बिथोल्न को लागि निकै रास्टहरु लागेका छन ति मद्धे ओुटा हाम्रो छिमेकी रास्ट भारत पनि हो तर ईण्डियन दलालहरुले जस्तो शायद चाइनाले हामीलाई कुनै दबाब र देशनै खाने जस्तो बिचारधारा त चाइनालाई छैन, किन छोटो समयको लागि हामी सहयोग गर्नलाई बिबाद गर्ने ?
मन परे हरियो, नपरे रातो
0
0
सोझो जि ,
तपाईंको कमेन्ट सोचनिय छ ।
यस्तो कुरामा हाम्रा देश का बुद्दिजिबी बर्ग किन कुरा उठाउदैनन ?
मन परे हरियो, नपरे रातो
0
0
sachi hai nepal kasko vannay pani pachi kura pani aaooula ani k garnay ko soch nai parcha hai aba ta
मन परे हरियो, नपरे रातो
0
0
ho you are 100%right byas. ahile ayar tibeet kochhalo khelne bhaneko olympic game bigarnako lagi ho.100%. ko ho la bhaskar ji bujnos thanda dimag le.
gautam
मन परे हरियो, नपरे रातो
0
0
पुष्प राज bhaattaraai ले भनेको कुरो १०० % ठीक. तिबेत फ्री हनु भनेको नेपाल भारत मा बिलिन हनु भनेको हो.
अहिले चिनिया भाई ले न बोलेको भये नेपाल उहिले भारत मा बिलिन भाई सक्यो होला. चिनिया भाई ले अहिले पानी भारत ले हस्ताचेप गरेको खंड माँ तुरंत सैनिक मद्दत वा आफ्नै सैनिक नेपाल को लागी पठाउना तैयार छ. भरे तिबेत फ्री भएको खंड माँ हमी लाइ कहा बाट मद्दत aaucha नि ? जानी रखोऊ हामी नेपाली ले र रोकू येस्तो चिनिया बिरोधी गतिबिधि हाम्रो देश माँ. हामी ले टी तिबेती हरु लाइ गाश बाश र कपाश दियोऊ र तिनी हरु ले हाम्रो र छिमेको देश संग संबंध बिग्राने काम गर्यो भने त्यों राम्रो हैन. तिबेती नेपाली हरु ले बुझ्नु पर्ने कुरा हो त्यों.
मन परे हरियो, नपरे रातो
0
0
China ko Sagarmatha ho bhane liyaera jaa hamro Desh ma narakh bhannu na.
मन परे हरियो, नपरे रातो
0
0
मेरो विचारमा छिमेकीको समर्थन र छिमेकीलाई सहयोग गर्नु हाम्रो धर्म हो । तिब्बत कस्को हो वा सिक्कीम कस्को हो भन्ने विवाद अब आएर गर्नु ठीक छैन । बेजिंग ओलम्पीक सफल होस् भन्ने हामीले पनि कामना गर्नु पर्दछ । भारतले पनि यसको समर्थन गरेकोछ । जहिले पनि पश्चिमी मुलुकको पछिलाग्नु मनाशिव होइन ।
मन परे हरियो, नपरे रातो
0
0
साथि हो चिनले सगरमाथा चढ्न नदिन गरेको आग्रहलाई सबै पक्षबाट हेर्नु पर्दछ । तिब्बतीयनहरुले सगरमाथामा ओलम्पिक ज्योती ल्याउँदा गडबड गर्ने सम्भावना पनि धेरै छ । अहिले अमेरिकी सहयोगमा फ्रि तिब्बतको आन्दोलन चलिरहेको छ । कुनै पनि गोराले नेपालमा सगरमाथा चढ्ने अनुमती पाउन सक्छ र त्यसले टुप्पामा पुगेर गडबड गर्ने सम्भावना पनि छ नि । रहृयो कुरा सगरमाथा नेपालको हो कि होइन भन्ने मा विदेशमा चलेको चर्चाको कुरा । सबैले याद गर्नुहोस् विदेशीहरु सगरमाथालाई माउण्ट एभरेष्टको नामबाट चिन्छन् नक्सामा पनि माउण्ट एभरेष्ट नै लेखिरहेको हुन्छ नेपालकै अरु हिमाल जस्तै अन्नपूर्णको नाम विदेशीले पनि अन्नपूर्णर नेपालीले पनि अन्नपूर्ण नै भनिरहेका हुन्छन् । तर सगरमाथा भारतलाई २००वर्षपैतालामुनी राखेको देश ब्रिटेनको नागरिक जर्ज एभरेष्टको नाममा छ । हाम्रो हिमाल भनेर हामी कुरा गछौर्ं नाम विदेशी (ब्रिटिश)को प्रचलनमा छ अनि दाबी चिनले गरेको छ त्यसो त भारतले पनि माउण्ट एभरेष्ट लाइज नर्थ अफ इण्डिया भनिरहेको छ । नेपाल सरकारले त झन अग्रगामी काम गरेको छ मुद्रामा तस्वीर राखेर । अब तिन तिन वटा देशले सगरमाथामा दाबी गरेका छन् । सगरमाथा नेपालकै हो भनेर देखाउन तत्काल सरकारले सगरमाथाको नाम नै परिवर्तन गर्नुपर्यो सगरमाथाको अफिसियल नाम माउण्ट एभरेष्ट होइन माउण्ट सगरमाथा भन्नु पर्यो । भकाभक राजाका नाममा भएका संस्थाको नाम परिवर्तन गर्न सक्ने सरकारले त्यो जाबो एउटा विदेशी र्सर्भेयरको नामबाट हाम्रो मुलुकको शानलाई मुक्त गर्न सक्दैन । ब्रिटिशले २०० वर्षपैतालामुनि राखेको भारतले सबै ब्रिटिशकालिन नाम फेरेर बर्म्बई लाई मुम्बइ बनायो भने हाम्रो यत्रो शक्तिशाली सरकारले गर्न सक्दैन । कि नजिकको जोगी भातमारा टाढाको साधु भनेर राजाको हटाएको र ब्रिटिश नागरिकको राखेको हो ?
तिब्बतको स्वतन्त्रता बारे चाहिँ कडा नबोलौं तिब्बत स्वतन्त्र भएको पर्सिपल्ट भारतले नेपाललाई सिक्किम झैं बनाउँछ अहिले नेताहरुले भुटान जस्तो बनाइसकेका छन् । उत्तरमा चिनको छायँा भएन भने त भारतीय धोतीले बाँकि राख्दैन है राख्दैन । रेडियो प्रिm एशियाको समाचार सुन्नु भएको छैन । फ्रि तिब्बतको कुरा गर्दा साथि हो कुवेतको अमिर सँग पैसा लिएर अमेरिकी पब्लिक रिलेसन कम्पनी हिल एण्ड नोल्टनले कसरी सिटिजन्स फर प्रिm कुवेतको पक्षमा अमेरिकी आक्रमण गरायो १९९० मा त्यसको अध्ययन गर्नुहोला । -हाउ पीआर सोल्ड इन गल्फवार) भन्ने । तिब्बतको स्वतन्त्रताको कुरा गर्दा भारतले कब्जा गरेको कस्मिर र सिक्कीमको कुरा नभुलौं है ।।।।
अनि भास्कर जी, तिब्बतको पोताला दरबार त्यसै बनेको छैन । चिनले लिएपछि तिब्बतमा कति धेरै परिवर्तन भएका छन् । तिब्बती नागरिकहरुको सहभागिता प्रदर्शनमा निक्कै कम छ र त्यहाँबाट आएको समाचार सबै अमेरिकी र युरोपेली मिडियाबाट मात्र आएको छ । अब रेडियो लिबर्टी, रेडियो फ्रि एशिया अनि भ्वाइस अफ अमेरिका जस्ता प्रपोगाण्डा गर्ने अफिसियल मिडियाको कुरा पत्याउने हो भने त केही लाग्दैन ।
मन परे हरियो, नपरे रातो
0
0
साथी अनी देशबासीहरु,
ईतिहासको त्यस्तो ज्ञाता त होइन म अनी सत्यातथ्य पत्तलगाउन खासै के हाइ गर्न सकियला जस्तो पनि तेती लाग्दइन मलाईइ तर ,
केही समय अगाडि कताहो सुनेको र पढेको पनि थिय कि सगरमाथा पछाडि पनि नेपाल संग सम्बन्थ भयको कुनै बेलाको नेपालअकै भुभाग दुई गाउ हरु छ रे यदी त्यो सत्य हो भने सगरमाथा नेपालअको मात्रा हो भन्ने कुरा पुरा पुरा पक्क हुनेछ अनी कुनै माहासक्तिले तेस माथि अतिक्रमण गर्ने या अंस माग्ने जमर्को गर्न सक्दैन तेस बारेमा सरकार ले सुझाबउझ पूर्ण अध्ययन खोज छनबिन गाह्रोस अनी सत्य तथ्य पत्तालगायर कस्लाई करबाही गर्नु पर्ने हो या आग्रह गर्न पर्ने हो त्यो गह्रोस भन्ने चाहना छ । कतै त्यो नेपाली गाउ तिब्बत संगसंगै चाइना ले खाएको त होइन ?।
अब जहाँ सम्म सगरमथा माथिको प्रतिबन्ध तथा के हो को कुरा छ त्यो चाइना को आग्रह हो कि जबर्दस्तिहो तेही अनुसार कुरा अगाडि बढाउनु पर्छ जस्तो लाग्छ मलाई अब तपाईंइ हरुलाई के लाग्छ ।
मन परे हरियो, नपरे रातो
0
0
Alok! nice one, i see the frustration behind of true nepali in your words. Poor we
मन परे हरियो, नपरे रातो
0
0
yo bhasker bhanne manchhe. gau ko mukhiya athawa a pancha ko santan atha ba afai hunu parchha. Ani mero bichar ti jhutha tamsuk haru jalaidiyeko hunu parchha. bhagera america gako chha. saranarthi visa hola. yeslai jati desh ma donda hunchha uti visa lambaune daau chha. buddi na suddi kahli ke ke lekhchha lekhchha.
मन परे हरियो, नपरे रातो
0
0
मेरो विचारमा नेपाल सरकारको यो निर्णय एकदुम जायज छ । एउटा छिमेकिलाई सहयोग गरे न उसले पनि परेको बेला सहयोग गर्छ । तिब्बतलाई स्वतन्त्र राष्ट्र हुनुपर्छ भन्नेले तराइको आन्दोलनको पछाडि भारतको हात छ भनेर भन्नु के हो नि ? कुनै पनि देश टुक्र्याउन खोज्नेको समर्थन नेपालले कहिले पनि लिनु हुँदैन । पुरै चाइनामा प्रजातन्त्र चाहिन्छ, त्यस कुरामा नेपालको समर्थन रहन सक्छ ।
मन परे हरियो, नपरे रातो
0
0
भास्कर्जी
तपाई को तर्क सही छन तर ,तर हाम्रो अस्तित्त्वा संतुलन माँ तिकेको हुनाले फ्री तिब्बत लाइ समर्थन गर्नु आत्म हत्या गर्नु हो|माथी कुनै मित्र ले भन्नु भो तिब्बत फ्री भये नेपाल को अस्त्तिवा खतरा माँ हुन्थियो जून मेरो बिचार माँ पानी १०० प्रतिसत सही हो |
भारत र चिन दुइटा साड़े हुन |नेपाल गाई हो |कहिले कुन साड़े घोडा चद्छ ,कहेले कुन ठेगान हुदैना |अब गाई ले हा ब्बा गर्नु सिबय के नै गर्न सक्छ र |तेसैले ने पाल सरकार भंछ हा ब्बा ,हब्बा ,हब्बा ,मलाइ रिंग रोड बनाई दे हब्बा ,म लाइ ट्राली बस दे हब्बा ,म लाइ पैसा दे हा ब्बा |गिरिजा को अनुहार राम्रारी हेर्नुस त कार्यकर्ता लाइ दूध चुसायेर था के को गाई जस्तो छैना त ????
मन परे हरियो, नपरे रातो
0
0
मेरो बिचार मा अब ओलम्पिक टर्च सगरमाथाको टुप्पामा पुरयौदा नै बिश्व भरीका मिडियाहरुले यस्को प्रचार प्रसार गर्दा कतिले सगरमाथा चिनकै भनेर प्रचार गर्ने छन भने चाइनाको भनेर प्रचार नगरे पनि कतिपयले चाइनामा हुन लागेको ओलम्पिक टर्च त्यही देशको सगरमाथामा लगेको भन्ने बुझ्नेछन यो कुरा चाइनाले राम्ररी बुझेको हुनुपर्छ
मन परे हरियो, नपरे रातो
0
0
Kunai desh ko freedom lai liyera yati halkaa tippani na garaun.
Lets think how we would feel if we were in place of Tibet. Would you be saying same thing?
We want to enjoy right of doing revolution again and again if we are not happy but why dont we support tibetan’s wish to have their freedom.
This shows the double standard of many people. India shouls also support freeing tibet as they have helped Nepal now and then.
मन परे हरियो, नपरे रातो
0
0
indian haruko dabab ma j pni garna hune chinese haru ko teti sano kura mannu nahune? hera yi hamra nepali daju bhai haru? india le chunab naga bhanyo bhane luru luru bhijeko biralo jasto bhayara rokne thiya hola? china le 8/10 din mt everest ma jan partibanda lagaunda 12/27 ka kura garnu parne? feri sagarmatha ta 50% jati hamra maila daika hajur bau le pahile nai china lai di sakeka chhan ni. ab yo kura lai chadera china lai kasari hunchha nepal ma train lyaide bhane hunchha? feri china le nepal lai karodau $ sahayog garisake chha bichara nepal le pni chin lai kehi ta garnu paryo ni ki kaso?
मन परे हरियो, नपरे रातो
0
0
बाघको छालामा स्यालको रझाइ
मन परे हरियो, नपरे रातो
0
0
भास्कर जी लाई चीन, तिब्बत र दलाइ लामाको इतिहास राम्रोसँग थाहा रहेछ । अनि तब्बत भन्ने स्वतन्त्र देश रहेछ भन्ने कुरा पनि ठोकेर नै भनिदिनुभएछ । शान्तिप्रिय देश तिब्बत र उग्रपन्थी माओवादी देश चीनको बारेमा अरु धेरै कुराहरु हामी अनपढ पाठकहरुलाई पढाउने हो कि भस्कर जी । तपाईँ त इतिहासको ज्ञाता हुनुहुँदो रहेछ ।
द. कोरिया
मन परे हरियो, नपरे रातो
0
0
Bhaskare jasto purbagrahi and dimagma gobur bhariyeko manche aru kohi nahola. Gorkhe
मन परे हरियो, नपरे रातो
0
1
Plain part is India and Mountain is China,where is Nepal? So we have to support “Free Tibet”
मन परे हरियो, नपरे रातो
0
0
BHASKAR JI DALAI LAMA JASTA BUDDHIST LAI SANKAUNE KO HOLA./ SAKKALI BUDDHIST HO bhane buddhist phliosophy ma hinnu parchha.tapai pani dalai lama jasty tibetin buddhist ho ki ? thanda dimag le sochnos
gautam
मन परे हरियो, नपरे रातो
0
0
ye bhaskar ji 50, 60 barsa ko kura chodnos, kasle kati saf banayo. halsal 8/10 barasa bichma eastern europe ,yougoslavia, iraq, afganstanma,middleeast ma kasle saf banayako chha bujnu va chha ,thanda dimag le sochnos ani comment lekhnos.ajhy continue chliraheko chha.
gautam
मन परे हरियो, नपरे रातो
0
0
luna ji china lai china jaso banayako ex ussr[RUSSIA] le ho ni nabirsanos history padnos.
thanks
gautam
मन परे हरियो, नपरे रातो
0
0
if Chinese are saying everest is belongs to them lets come to that fact point. yah everest located on both country and where as this mountain has more value from Nepal side. Because it needs more technical and skilled climbers to climb and where as from china its far much easier to climb and you don have to walk or trek until basecamp as there you can take a car or jeep.So these are some basic points. but Iam totally sadden by the declaration of Mahendra handing over the half of evreat to china for his own banefit (not to the people of Nepal)
मन परे हरियो, नपरे रातो
0
0
तिब्बत स्वतन्त्र हुनु भनेको नेपाल भारत मा बिलय हुनु हो। तेसैले हामी सम्पूर्ण नेपाली हरुले एक चीनको निती लिनै पर्छ। भारत सरकार ले ८०० वटा गाडी घोडा देको कुरा हेडलाईन मा लेक्ने तर हाम्रो हजारौं हेक्टर खेतियोग्य जमिन चेप्दा समेत चुइक्क नबोल्ने हाम्रा नेता र मिडिया हरुलाई राष्ट्रिय मुद्धामा चनाको हुन म अनुरोध गर्दछु। तर बिदम्बना को कुरा के हो भनेनी हाम्रा नेताहरुले भारत बहेक केही देखेनन जिन्दगी मा।
ऐले पुरै देश नै भारतमय भएको छ। हाम्रो भुमीहरु अतिक्रमित हुँदैचन भने हाम्रा भाषा साहित्य अनी सन्स्क्रिती हरु लोप हुँदै छन। देश मा भारतमुखी सक्ती मदेशी को नाम मा चम्केको छ। भारत को जे चाहाना हुन्छ त्यो उस्लाई सर्बोपरी हुन्छ। भारतको छत्रछाया मा बस्न पाउदा उस्लाई एक किसिमको मौलिक सितलता पाउने गर्छ। उनिहरु भारतीय भएको कारण नेपाल को भुमी अतिक्रमन गाह्रोस कि जे सुकै होस् उनिहरुलाई तेस्को के वास्ता र?
के हामी नेपाली हरु अैले एकजुट हुने बेला आएनर?
मन परे हरियो, नपरे रातो
0
0
We must support Tibet to her road to freedom. Nepal govt supporting the despotic ambitions of China is a shame. Free Tibet!
मन परे हरियो, नपरे रातो
0
0
I don understand why Nepali media love to talk in the language of India and America. Ya every one agrees Tibet was an independent country in the past and it would be better if it remains so in the future but the present scenerio is different. Tibet is a part of China.
Whatever those white dogs of Bush administration bark around, being a neighbouring country gov cant act out as officially China Gov has shown the reason behind is Olompic Tourch. So, it is our duty, its our responsibility to care of their desire and request. As far as concer raised on losing revenue and Everest-based income by ppl, why u are forgetting how much we are getting as an aid from China. How many highways u r enjoing in nepal are being made ba China. As u even can see all major parties expecting Train from Lhasa to KTM in the future too. So, STOP UR RHYTHMIC SCREAM WITH WHITE DOGS OUT THERE.
You might know in every election time, Indian Gov and Nepalesse Gov mutually sealed the border. HOW YOU FEEL IF INDIAN GOV SAYS WE CANT COZ OUR SO MANY BIHARI AND UP PPL ARE RELYING ON BORDERS BUSINESS.
SO ALL NEPALI MEDIA STOP BE A TAIL OF BUSH ADMIN DOG. WHEN YOU CANT FIGHT FOR UR OWN SIKKIM, STOP THINKING ABOUT TIBET AND CHINA, INDIA AND KASHMIR. DO THE JOB WAT A NEIGHBOURING SUPPOSED TO DO AND HELP TIGHTENING THE NODE OF GOOD FRENSHIP WITH SURROUNDING THAT IS BETTER FOR ALL OF US.
Lakshya (Currently in Bangalore)
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी
सारै राम्रो बिचार राख्नु भो |अहिले लाइ धोती हाबी भएको बेला चिन को दबाब आउनु राम्रो हो ,हाम्रो अस्त्तित्त्वा नै संतुलन माँ टिकेको छ,अहिले लाइ धोतो लाइ दीनुपर्ने नसीहत नै येस्तई हो,यो देखाउनु पर्यो की यहाँ दक्षिण को मात्र हैन उत्तर को पानी चल्छ |
उत्तर ले अली चासो देखैदिये धोती हरु ”बहादुरी पुर्बक बिहार सम्म आफुलाई धकेल्छान”’
नेपाल माँ धोती को दादागिरी अब अति भो यार???
मन परे हरियो, नपरे रातो
0
0
बास्तवमा यो अति गंभीर र सोचनीय बिषय हो/ सगरमाथालाई चाइनिजहरू “चोमोलोंगमा” भन्दछन / धेरै पल्ट चाइनिजहरूसित सगरमाथा कसको भन्ने बिषयमा बहस गरेको छू यहाँ साईप्रसमा / बिस्वले सगरमाथा नेपालको हो भनेर चिन्दछ भने चाइनिजहरू उनीहरुको हो भन्दछन / भौगोलिक बनावट को आधारमा भन्ने हो भने ५०-५० % भने पनी हुन्छ र धेरै जसो सगरमाथा आरोहण चाइनाको तिब्बत क्षेत्रबाट गरिन्छ /
समयमा नै यो कुराको बैज्ञानिक लेखा जोखा नाराखे एकदिन चाइनाले सगरमाथा चाइनाको हो भनेर दावा गर्ने दिन नआउला भनेर भन्न सकिन्न / त्यसै त हजारौ किलोमीटर टाडाको भारतले सगरमाथा भारतको हो भनेर पुस्तकहरुमा छापेको पनी पाईएको छ भने चाइनासित त सगरमाथा जोडिएको छ /
चाइनामा दोश्रो पीढ़ीहरुको नेतृत्व उदाए यो सवाल चर्किने प्रवल संभावना छ किनकी नया पीढ़ीका चाइनिजहरू नै सगरमाथा उनीहरुको हो भन्ने छन र उनीहरुको हो भन्ने कुरामा चसो लीने गरेको पएको छू/
मन परे हरियो, नपरे रातो
0
0
Sovereignty of Nepal is tuckked between these two juggernauts – Elephant and Dragon. They are poised to streamroll everything in the way. This incident also signifies the pivotal posture of Nepal. There is no doubt the Elephant is watching the development with high palpitation. This is the right time to put at bay the growing mallicious intent of South.
While looking at the fellow Chinies students, I found them very hardworking and intelligent in general. But thier lack of the command of english language always frustates them. If you look at the above OFFICIAL letter, I spotted many G-errors such as “We are not *ability* to…..” , “please *ponsponed* your expedition…” and in the last two sentences there is no *verb* at all.
I can imply with it that ESL program would be very marketable in China!
मन परे हरियो, नपरे रातो
0
0
Aaba Nepali haru ko Naya Nara:
Yo des Kasko?
India ko.
sagarmatha kasko?
china ko.
banki rayo ra kayhi?
मन परे हरियो, नपरे रातो
0
0
हुन्छ त र हामीकहा रेल् मार्ग बनाइदे रेल र ट्रेन ल्याईदेनत भनुम्न सर
मन परे हरियो, नपरे रातो
0
0
india ko dabab ma des bechna hune, china le ta jhan friendly request garko , kina dherai tauko dukhaune? india le bhaye uihle nai tyesko army lyaui sakthyo..j hos nepal dui dhunga ko tarul nai ho..
मन परे हरियो, नपरे रातो
0
0
Olympics ko kaaran le gardaa laageko pratibandha laai anyathaa linu hudaina.
मन परे हरियो, नपरे रातो
0
0
माथि छुट भयेछ,……
तिब्बत एउटा स्वतन्त्र स्वशाशित बुद्धिस्ट देश हो, अधिनायकबादी बामपन्थि चीन को भुभाग होइन
र त्यस्तै सगरमाथा नेपालको हो, चिनको यो सम्बन्धमा निर्णय गर्ने कुनै अधिकार छैन
मन परे हरियो, नपरे रातो
0
0
सोच्नु पर्छ/ एक छिमेकी को आग्रह लाइ रिजेक्ट गर्न पनी गर्हो कुरा हो/ छिमेकी का समस्या हरु लाइ न्यूनीकरण गर्न सहयोग गर्न तयार हनु पर्छ/ हरेक बिषय लाइ रास्ट्रीएता सम्बन्धी इगो को बिषय बनाउनु हुदैन/
यस्तो बिषय मा डलर को हिसाब मात्र गरेर पनी हुन्न होला उमेश जी/
हामी ले अमेरिका र भारत लाइ खुलेआम हेक छेत्र मा ठाऊ दीदा चाइना लाइ असर पर्न सक्छ, चिन लाइ अनाबस्यक स्थान दियो भने भारत को सुरक्षा मा असर पर्ला/ हामिले आफ्नो सामरिक स्थिति लाइ हेरेर छिमेकी को समस्या लाइ बुझ्नु पर्छ, सोही अनुसार को भूमिका हुनु पर्छ/ यसलाई हेपाहा प्रब्रिती को रूप मा बुझ्नु हुन्न भन्ने मेरो आग्रह छ/
भर्खर भारत ले नांगो भएर हाम्रो इज्जत गर्यो तराई को सन्दर्भ मा/ चाइना ले आग्रह गरेको हो वा निर्देश त्यों हेर्नु पर्छ/ आग्रह हो भने त्यस्लाई सकारात्मक रूप मा लिनु पर्छ र सहयोग गर्नु पर्छ/ दबाब भनेको सुरुमा नो भने पछि आउने कुरा हो, शुरू मा किन नो भन्ने? बिसेष परिस्थिति मा केही पनी गर्न तैयार हुनु पछ असल छिमेकी को मुल्यमा/
भित्री रूप मा चिन को आग्रह कुन रूप मा आको छ यो बिषय मा त्यों त हामिलाई थाहा हुने कुरो पनी भएन/अब कूटनीतिक रूप को समाधान कस्तो हुनु पर्छ त्यों राज्य ले सोही अनुसार गरोस त की एक असल छिमेकी को मन पनी नदुखोस/सायद कूटनीति पनी त्याही हो की साप पनी मरोस लाठी पनी नभाचियोसम सोही अनुसार होस/
भाई
मन परे हरियो, नपरे रातो
0
0
माओबाद कि बुद्धबाद, कुन लाइ समर्थन गर्ने???????
“तिब्बत एउटा स्वतन्त्र शान्तिप्रिय बुद्धिस्ट देश हो”
आज को चिन उग्रबामपन्थि माओत्सेतुन्ग को बिगत बाट आयेको अर्ध-बामपन्थि देश हो;
माओको पाला देखिनै नेपाल का राजाहरु, अझ बिशेश त महेन्द्र र ग्यानेन्द्र को निति चीन पक्ष्यिय हुदै आयेको छ र त्यो भारत लाइ मान्य भयेको छैन; भारत मुखि नहुनु ग्यानेन्द्र को एउटा पतनको कारण पनि हो
माओत्सेतुन्ग ले आफ़्नो सान्स्क्रितिक क्रान्ति को समयमा डेढ करोड निहत्था जनता लाइ मार्दा मुख्य तया बुद्धिस्ट हरु लाइ सफ़ाया गरेका थिये;
उग्र कम्युनिस्ट मार्ग मा आध्यात्म चिन्तन बाधा को रुपमा लिइने भयेकाले बिशेशगरि तिब्बत मा बुद्धिस्ट हरुको नरसन्हार गरियेको थियो, जुन आजपनि यथावतै छ
तिब्बत मा बुद्धिस्ट हरुका धर्म गुरु दलाइ लामाको आध्यात्मिक राज्य थियो, जहा राजा का छोरा राजा नभइ आध्यात्मिक परम्परागत चयन बाट धर्म गुरु छानिने चलन रहि आयेको थियो रआज पनि त्यहि छ
तर उघ्र-बामपन्थि माओत्सेतुन्ग ले शान्तिप्रिय बुद्धिस्ट भिक्ष्यु हरु को स्वतन्त्र राज्य लाइ आक्रमण गरेर दशौ हज्जारौ भिक्ष्यु हरु को बिभत्स हत्या गरेका थिये र त्यसैकारण त्यसबेला का दलाइ लामा आफ़्नो ज्यान जोगाउन बिदेश पलायन हुन बाध्य भयेका थिये
नेपाल बुद्ध जन्मियेको बुद्धकै देश भयेपनि तिब्बत माथि चीन ले गरेको अत्याचार को किन समर्थन गरि रहेको छ मैले कहिले बुझ्न सकिरहेको छैन
चीन अतिबादी देश हो, त्यसले लाखौ बुद्धिस्ट हरु को आम हत्या गरेको छ र अझै पनि बुद्धिस्ट माथि क्रुर शाशन गरि रहेको छ
सगरमाथा त के तिब्बत माथि नै तेस्को अधिकार छैन किनकि तिब्बत दलाइ लामा गुरु को स्वतन्त्र बुद्धिस्ट राज्य हो
र हामि नेपालि ले बुद्ध लाइ समर्थन गर्नु पर्छ, उघ्र-बामपन्थि माओबादी कम्युनिस्ट चीन लाइ होइन, कसो?
तिब्बत एउटा स्वतन्त्र बुद्धिस्ट देश हो, चीन को
मन परे हरियो, नपरे रातो
0
0
कस्ता कस्ता कहाँ गय मुसाको छौरा दरबार !
चाइना ले कस्तो कस्तो शक्तिशाली राष्ट्र लाई त निहुरिमुन्टी न बनाय को छ भने , हाम्रो जस्तो भाई फुटे गोबर लुटे देश लाई हेप्दैन त !
यती मात्रै !?
हाम्रो देशको चाला यस्तै भाईरहने हो भने :::::::::::::::
मन परे हरियो, नपरे रातो
0
0
ठूला राष्ट्र ले सँधै यसै गर्छन् हाम्लाई ! अर्को कुरा तिब्बत स्वतन्त्र हुनुपर्छ भन्ने मेरो मान्यता छ,बिबिसि नेपाली मा पनि यो खबर प्रमुखताका साथ उठाइएको थियो । सिजन को बेला भएको/हुने घाटा को क्षतिपुर्ति कस्ले व्यहोर्छ ?
मन परे हरियो, नपरे रातो
0
0