संजीवजी ,
काठमाडौँबाट कुनै दयालु मित्रले पठाइदिएको घनचक्कर केही दिनका लागि मेरो राम्रो साथी बन्यो । घनचक्कर हातमा पर्नुअघि म एकजना स्पेनीस चिन्तक जोसे ओर्टेगाको एउटा चर्चित पुस्तक ‘ह्वाट इज फिलोसोफी’ पढिरहेको थिएँ । सत्य, तथ्य र ज्ञानका पाटाहरुलाइ ओल्टाइपल्टाइ केलाइएका उनका विचारहरुले तपाँइकै शब्द सापट लिएर भन्दा मलाई घनचक्करमा पारिरहेका थिए । आफ्ना लागि संसार हो कि संसारका लागि म हो भन्ने ओर्टेगाको प्रश्न र उनकै जवाफहरुले मेरा कान तताइरहेका थिए । हुनपनि , सोच्ने र घोत्लिनेहरुका लागि जीवन यति जटिल, यति रहस्यमयी र यति अन्यौलग्रस्त छ कि , त्यसको कुनै सीमा नै छैन । कोही नसोचेरै दिन बिताउनेहरुका लागी जीवन स्याउ जस्तो नरम पनि हुनसक्छ तर तपाँइ घनचक्करका लेखक वा त्यस्तै अरु कोही संवेदनशीलहरुका लागी जीवन ओखर जस्तै हो । ओखरमा जस्तै मान्छेका जीवनका गुदीहरु भित्र कतै खुम्चिएर , चाउरिएर बसेका छन् । तिनै खुम्चिएर वा चाउरिएर बसेका गुदीहरुलाइ भेटन तपाँइले ओखर फुटाउन खोजिरहनु भएको छ घनचक्करभरी ।
तपाँइले भेटेका गुदीहरु वा निष्कर्षरुका बारेमा बहसहरु हुन सक्छन , व्याख्याहरु हुन सक्छन , तर्कहरु गरिन सक्छन तर होइन नै भन्न सकिन्न । जीवन रहस्यमयी छ भन्ने आम भनाइबाट अलीकती अगाडी बढेर तपाँइले ‘होइन जीवन घनचक्कर हो’ भन्नुभएको छ । यती भन्नका लागी तपाँइले बुनेका कतीपय कथानक तानाबानाहरु अलीक असहज जस्ता पनि लाग्छन , भलै तीनले नेपालको पछिल्लो राजनैतीक अवस्थाका बारेमा चित्रण गरेका होऊन ।
नेपालको राजनैतीक अवस्था , त्यसले सृर्जेको अन्यौल र नेताहरुप्रती गरिएका व्यंग्यहरुप्रती मलाइ खासै केही भन्नु छैन । कतीपय समिक्षकहरुले यसैका वरीपरी रहेर तपाँइको पुस्तकप्रती गरेका टिप्पणीहरु पढदा ती समिक्षकको ज्ञानप्रती नै दया जागेर आउँछ । हुनत, नेपालमा पुस्तकको बिषयवस्तु र गहिराइले भन्दा लेखकको व्यक्तित्व र उसको र्’र्सकल’ले पुस्तकको उचाइ निर्धारण गर्छ । खासमा, नेपालमा पुस्तक के हो भन्ने नै बहस चलाउन पर्नेछ । तपाँइजस्ता बौद्धिक लेखकहरुले यस्तो बहस चलाउन सक्नुहुन्छ । लेखिएका र छापीएका सबै, पुस्तक हुन्छन – यो प्रश्न सधैंभरी मेरो मनमा आइरहन्छ । कर्ण शाक्यको सोच भन्ने पुस्तकको हल्ला बढी हुनु र राधा भन्ने उपन्यासको चर्चा कम हुनुले नेपालमा पुस्तक प्रतीको सोचको चित्रण गर्छ । होस् , म अहिले त्यतातीर जान चाहान्न । तपाँइको उपन्यासको गहिरो दार्शनीक पक्षले नै यतीबेला मलाइ बढी सोच्न र लेख्न बाध्य तुल्याएको छ ।
घनचक्कर भन्ने शब्द नै यस्तो छ कि जस्को बिश्लेषण र व्याख्यामा अनेकौ बहस र तर्कहरु हनसक्छन । मेरो बिचारमा तपाँइले ६ वटा पानामा जीवन घनचक्कर हो भनेर लेखेको भएपनि दुइसय सतचालीस पृष्ठ बराबरको उपन्यासले दिने वजनमा कुनै कमी आउने थिएन । चित्त नदुखाउनहोला , मेरो लागी घनचक्कर उपशिर्षक अर्न्तर्गतको पृष्ठ १ सय ४२ देखि १ सय अठचालीस पृष्ठ सम्मको लेखाइ नै सम्पूर्ण पुस्तक हो । तपाँइले पुस्तकमा जीवन घनचक्कर हो भन्नका लागी तयार गर्नुभएको पृष्ठभमि त्यही मात्रामा त्यती ओजीलो भएन कि भन्ने लागेको हुनसक्छ मलाइ । जब जीबन घनचक्कर हो भन्न तपाँइले शुरु गर्नु भयो, त्यसलाइ टुंग्याउन नै बढी हतार पनि गर्नु भयो । तर कुनै शंका छैन , तपाँइले उपन्यासमा गहिरो दार्शनिक चिन्तनको बिऊ रोप्नु भएको छ ।
फरक के मात्रै हो भने घनचक्करमा, जीवनमा जस्तै वा ओखरमा जस्तै गुदी भित्र कतै खुम्चीएर बसेको छ । फूक्न पाएको छैन फुक्नपर्ने जति ।
तपाँइले पनि जानेकै ठाउँ हो अमेरिका , जहाँ भ्रम र यथार्थताहरु बिच घम्साघम्सी चलीरहन्छ हरपल । म केही महिना देखि यही घम्साघम्सीको संसारमा छु । अझ बढी घनचक्कर छ यहाँ । यहाँ कहिले भ्रमले जित्छ , कहिले यथार्थ हावी हुन्छ । भौतीक चकाचौधले दिन नसक्को मानसकि शान्ती भ्रमले दिन्छ । भ्रममा उपलब्ध नहुने साधन स्रोत त्यही भौतीक चकाचौधमा छ । अनी हामी – ती दुवैको तानातानमा छौं ।
ज्ञानले , बिचारले , मनले, भावनाले अर्कै कुरा खोजीरहेको छ । शरीरले अर्के कुरा खोजीरहेको छ । शरीरलाइ आराम हँुदा मनलाइ आराम नभइरहेको हुनसक्छ । मन शान्त हँुदा शरीर गलीरहेको हुनसक्छ । तपाँइले लेखेजस्तो मानीसका जीवनमा त्यती धेरै चक्रहरु कहाँ छन र – अनी तपाँइले लेखेजस्तो घनचक्करका चारवटा कारकहरु पनि छैनन । दुइ मात्र मूल कारक छन । तपाइकै शब्दमा भन्ने हो भने पनि मनोवैज्ञानीक र पदार्थवादी । बाँकी दुइ कारकहरु तीनै अघिल्ला दइ कारक मनोबैज्ञानीक र पदार्थवादीका पूच्छरहरु न हुन ।
मानीलीउँ , दुइवटा बाटाहरु छन । चोकमा मान्छे छ । एउटा बाटो हिंडेको मान्छेले अर्को बाटोका मान्छेलाइ कहिले सुखी देख्छ , कहिले दुखी देख्छ । अनी कहिले त्यता गए ठिक हुन्थ्यो कि भन्ने ठान्छ , कहिले यतै ठिक छ कि भन्ने ठान्छ । बस यत्ती हो । मान्नुस ती दुइबाटाहरु भनेका पूर्वीय र पश्चिमी दर्शनहरु हुन । जुन दिन ती दुइ दर्शनहरु एकाकार हुन्छन , त्यही दिन तपाँइले मानेको घनचक्कर र मैंले मानेको अलमल समाप्त हुनेछ । भौतीकतासँग जोडिएको मानसकि छटपटी र मानसिक भोक कहिल्यै पुरा हुँदैन । न कुनै राजनीतीले , न कुनै नेताले, न कुनै प्राध्यापकले त्यो भोक पुरा गराउन सक्छ ।
घनचक्करलाइ मैंले आजको यूगको मान्छेको छटपटीको रुपमा बुझेको छ । त्यस्तो छटपटी जो कहिल्यै शान्त हुँदैन । नेपाल संसारको अती गरिब राष्ट मध्येको एक -भौतीक रुपमा । अमेरिका संसारको अती धनी राष्टमध्येको एक -भौतीक रुपमा । मानसिक रुपमा कहाँका मानीस बढी धनी होलान् । अमेरिकीहरुमा बढदै गएको नैराश्यता (एक खालको पागलपन) देख्दा नेपाली नै भावनात्मक रुपमा धनी छन कि जस्तो लाग्छ । आत्मिक सन्तोषका दृष्टिले नेपाली धनी छन , भौतीक सन्तोषका दृष्टिले अमेरिकीहरु धनी होलान् । तर छटपटीको अन्त्य कहीं पनि भएको छैन । न नेपालमा अन्त्य हुन्छ , न अमेरिकामा , न घनचक्करमा ।
समयसँगै मान्छे जव परिवर्तन हुन्छ , तव हिजोको सत्य, आजको शंकाको घेरामा पर्छ । यही शंकाको घेरा सधैंको छटपटी हो । सधैंको घनचक्कर हो । नाम त बिर्सेँ कुनै एकजना चिनीया चिन्तकले बर्षौ पहिले लेखेको एउटा कथाको सार अहिले म सम्झिरहेको छु । केही कुराको खोजमा हिंडेको घनचक्करको म पात्र सत्य हो कि बाँकी परिवेश सत्य हो भन्ने सन्दर्भमा त्यही कथा उल्लेख गर्दै यो पत्र अन्त्य गर्न चाहान्छु । कथामा -एउटा मान्छे रातभर सपनाहरु देख्छ । सपनामा उ खान्छ , हिंडछ, काम गर्छ , साथीभाइहरुसँग गफगाफ गर्छ , मनोरन्जन लिन्छ अर्थात् ती सबै गर्छ , जो दिउँसोमा गर्छ । अनि उ आँफैमा प्रश्न गर्छ मैंले राति सपनामा देखेको सत्य हो कि विपना भनिएको समयमा मैले गरेका क्रियाकलाप सत्य हुन ? गर्न त मैंले दुबै समयमा उस्तै क्रियाकलाप गरिरहेको छु । …
सन्जय घिमिरे/अमेरिका
sghimire2003@yahoo.com
No related posts.









well, due to response of all,i’m drowning with in ghanchakkar.
मन परे हरियो, नपरे रातो
0
0
सन्जय जी,
तपाइको लेख सारै चित्त बुझ्दो लाग्यो। “घनचक्कर” भन्दा पनि यो लेख नै बढी रुचिकर होला जस्तो लाग्यो। मलाइ पनि “घनचक्कर्” पढ्ने इक्ष्या छ तर नेपालबाट मगाउन समय लाग्छ होला। अर्को मन परेको कुरा “राधा” उपन्यासको केहि समालोचना मैले पनि पढेको हुँ। त्यो किताबको तेति चर्चा नेपालमा भएन। के कारणले हो म भन्न सक्दिन? राधा पनि पढ्न पाएको छैन। आजकाल नेपालमा मिडिया र साहित्यकारहरुसङको अन्तरजालोको कारण धेरै कुरा चर्चामा आँउछ। जस्तै “पल्पसा क्याफे”। मैले त्यो उपन्यासबाट अपेक्षा गरे अनुसारको सन्तुस्टी पाइन। तर लेखक स्वयं कान्तिपुरका सम्बाददाता भएकाले जहाँतहीँ त्यसको प्रचारबाजी भयो। “घनचक्कर” पनि कतै त्यस्तै त होइन भन्ने शंका लाग्छ। सन्जीब स्वयं english बिशयका प्राध्यापक भन्ने कुरा सुनेको छु। त्यसैले अब प्रचारबाजीको कुराले पनि त्यति कौतुहुलता आँउदैन।
अन्त्यमा, सन्जय जीको दर्शन सम्बन्धी लेख “मेरो सन्सार” मा नियमित रुपमा पढ्ने मौका पाइरहु भन्ने आशा गर्दछु।
धन्यबाद।
मन परे हरियो, नपरे रातो
0
0
तिहारपछि कान्तिपथमा लागेको पुस्तक मेलाबाट मैले त्रिसट्टिवटा पुस्तकहरु किनेर फर्कँदा ध्रुवचन्द्र गौतमको ‘तथाकथित’देखि महेशबिक्रम शाहको ‘छापामारको छोरो’ सहित सँजिव उप्रेतिको ‘घनचक्कर’ पनि परेको थियो ! झोलामा हालेर सबै पुस्तक लियर आयपछि ब्यस्ततापुर्ण दिनचर्यामा मलाइ पढ्ने समय मिलाउन धौ-धौ परिरहेको बेलामा अरु पुस्तकहरुजस्तै बाथरुममा घनचक्कर पढेर सिध्याँय तर अचम्म मलाइ त्यतिबेला लाग्यो ! जब मैले ‘घनचक्कर’ सिध्याँय ! मैलेपनि त्यो पुस्तक मिडियामा छायको वाहवाहि सुनेर नै किनेको थियँ के रहेछ भन्ठानेर ! तर पढेर सिध्याँउदा मलाइ ब्यर्थैमा समयको दुरुपयोगभन्दा केहि लागेन ! कथालाइ असान्दर्भिकरुपले लम्ब्याइयको मात्र नभै ठाँउठाँउमा पाठकलाइ निकै दिक्कलाग्दो अनुभव गराउन संजिवजि सफल हुनुभयको छ !
मैले ब्यर्थैमा पुस्तकको आलोचना गरेको हैन तर पुस्तकप्रेमि भयको नाताले म प्राय मार्केट मा आयका सबै पुस्तकहरु किनेर पढ्ने कोशिसमा हुन्छु !तर यथार्थमा भन्दा मलाइ घनचक्करले यति चर्चा पाउन लायक पुस्तक लागेन एउटा स्वतन्त्र पाठकको हैसियतले भन्नुपर्दा !
मिडियामा आयका चर्चाहरु देख्दा मलाइ नेपालका चर्चाकारहरुसँग अचम्म लाग्छ ! के आधारमा उनिहरु चर्चाब गर्छन कुन्नि ! छापामारको छोराले मदन पुरस्कार पायको देखेर त्यो पनि किनेर पढियो तर कथाहरु प्राय दैनिक पत्रिकामा पढ्न पाइने साधारण भन्दा बिशिष्ट लागेन ! जबकि ध्रुवचन्द्र गौतम,खगेन्द्र संग्रौलाका केहि कृतिहरु संग्रहणिय लागे मलाइ !
संजिवजि ले क्लिष्ट भाषा प्रयोग गरेर मात्रै उपन्यासकार बन्ने प्रयास गर्नुभन्दापनि त्यहि कथालाइ पाठकले बुझ्नेकिसिमले घुमाइ न-फिराइ प्रश्तुत नगर्नुभयको अलि उचित हुन्थ्यो होला नत्र नेपालय जस्तो प्रतिष्ठित प्रकाशन संश्थाबाट प्रकासित हुनुको अर्थ घनचक्करहरुले गुमाउनेछन !
धन्यवाद !!!
मन परे हरियो, नपरे रातो
0
0
निरन्तर चिन्तनमा लागिरहने ब्यक्तिका मनमा बिविध कुराहरु आइराखेका हुन्छन । समय_समयमा म आफैलाइ पनि अनैकौ पात्रहरुका बिचमा लगेर उभ्याईराखेको हुन्छु । मनमा यावत निराशा,कौतुहलता हुन्छन तर कहिल्यै नसुल्झिने खालका समस्याहरु निरन्तर धुमिराख्छन,मानस्पटलमा । जिवनमा अभावको ठुलो खाडल रहिराखेको हुन्छ त्यो खाडल कहिल्यै पुरिदैन भन्नै सन्देश धनचक्करमा पाउन सकिन्छ । दशै_तिहार विदामा गाँउमा बसेका बेला मैले धनचक्कर पढेको थिए । वास्तवमा यो किताब पढेबाट कुनै कुरालाई धेरै कोणबाट हेर्न सिके ।सोचाईमा धेरै परिवर्तन र एउटा मिठो गहिराई पाएको छु ।
मन परे हरियो, नपरे रातो
0
0
yesto literature padhna pauda dherai khusi lagyoo .Ma khas english writer ko sadhai wah wah gar thiye tara kunai sathi lye 3 din ko lagi diye ko yo kitab lye mero engineering sakye ko days haru lai kasari positive linye ani kasarii kura haru laii samatnye bhanyera sikayooo.Writer lai ma ajhai yestoo kura haru lyekhnu bhanchu
मन परे हरियो, नपरे रातो
0
0
How can we purchase that book in the USA? It is driving me crazy: I can not wait any more to read it.
मन परे हरियो, नपरे रातो
0
0
thank u very much for ur arcticle. I am so happy for when i read ur article.
is it true. ok
मन परे हरियो, नपरे रातो
0
0
…maile ni bhogeko jiban yastai chakkar ko jasto lag6
..bhogeko jiban sahi ki sapana…? aakhir dubai bhogekai ho.. bharam ra yatharth bich ko jiban sangharsa bich ko sambandha nai jiban ho…syau ra okhar jasto. bujnele k buje kunni nabujnele ni jiban bache kai ta hola ni…
japan bata
मन परे हरियो, नपरे रातो
0
0
snajay ji tapai le ghan chakkar ko bare ma critical analysis gardinu bho dhanya bad
maile ta ghan chakkar ko bare ma bharkhar matra suneko
sanjib ji bhanne kapal nakorne sahityekar ho kya re
j hos yek patak ghanchakkar padne kosis garnu parla
aba kitab nepal batai magaounu parla. ajkal j hos neplai sahitye wide hudai cha
pahila dherai jaso econmic frustation ko bare ma matra hune gartheyo. ajkal human behaviour ko bare ma ppani aoudai cha.
dil basnet
gloucester uk
मन परे हरियो, नपरे रातो
0
0
सुरु मा पढ्दा त मेरो दिमाखमा केहि छिरेन पात्रहरु, परिस्थिती बुझ्नै गाहो भो एक्छिनको लागि त बेकार किनेर ल्याएछु जस्तो पनि लाग्यो । २ दिन सम्मै किताब तेत्तिकै राखी रहे पछि लोड्सेडिङको बेला मैनबत्तीको उज्यालोमा
घनच्क्कर बुझ्न कोशीस गरे | पढ्दै जादा रमाइलो कौतुहल्ता बढ्दै गयो
जोगिको भेषमा पात्र रहेको बिषेश मन पर्यो।
मन परे हरियो, नपरे रातो
0
0