मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    हात र लातमात्रै हैन अब त गोली समेत चल्न थाल्यो

    अपडेट: चितवनको वीरेन्द्रनगरमा एमालेको सभामा आज वाईसीएलले हस्तक्षेप गरी कुटपिट गर्दा तीन जना एमाले कार्यकर्ता घाइते भएको एमालेले जनाएको छ।
    संविधान सभाको निर्वाचन नजिकिँदै गर्दा नेताहरुले एकअर्कालाई शब्दवाण प्रहार गर्ने क्रम जारी नै छ। गएको साता त्यसमा अलि प्रगति भएर हात र लातको प्रयोग हुन थालेको थियो। आज भने अझ प्रगति भएर गोली समेत चलेको छ। नेपाली काँग्रेस ओखलढुंगा क्षेत्र नम्बर एकका उम्मेदवार बालकृष्ण दाहाललाई लक्षित गरी माओवादीका कार्यकर्ताले ओखलढुंगाको पातले गाउँ विकास समितिमा आयोजित चुनावी सभाबाट फर्कने क्रममा गोली प्रहार गरेको काँग्रेसले जनाएको छ । सो घटनामा नेपाली काँग्रेसकी कार्यकर्ता लीला दाहाल सख्त घाइते भएको नेपाली काँग्रेसले जनाएको छ । घटनाका बारे माअ‍ोवादीको प्रतिक्रिया आउन बाँकी छ।

    काँग्रेसले आज एक विज्ञप्ति जारी गरी जनताको अभिमतबाट हार खाने भएपछि माओवादीले हिंस्रक क्रियाकलाप अपनाएको बताएको छ । काँग्रेसले सो घटनाको भर्त्सना गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।

    विज्ञप्तिको पूर्ण विवरण

    चैत्र ३, २०६४
    प्रेस विज्ञप्ति

    नेपाली काँग्रेस ओखलढुंगाद्वारा क्षेत्र नं. १ को पातले गा.वि.स. मा आयोजित सभामा सहभागी भई फर्कने क्रममा ने.क.पा.-माओवादी) का अराजक, उत्तेजक र हिंश्रक जत्थाहरुद्वारा नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण दाहालमाथि ज्यान मार्ने उद्देश्यले ढुंगामुढा प्रहार गर्नुका साथै गोली प्रहार समेत छन् । उक्त घट्नामा नेपाली काँग्रेसकी सुश्री लीला दाहाल सख्त घाइते भएकी छन् । जनताको अभिमतबाट हार खाने भएपछि माओवादीले हिंश्रक क्रियाकलाप अपनाएका छन् । जनता र कार्यकर्ताको अत्यधिक समर्थन र साहसको प्रदर्शनका कारण आक्रमण पछि माओवादी कार्यकर्ताहरु भागेका थिए । नेपाली काँग्रेस उक्त घट्नाप्रति कडा आपत्ति प्रकट गर्दै घोर निन्दा र भर्त्सना गर्दछ । यस किसिमका हिंश्रक, अराजक र गैर जिम्मेवार गतिविधिहरु तुरुन्त बन्द गरी राजनीतिक दलका कार्यक्रमहरु निर्वाध रुपमा सम्पन्न गर्नका लागि आफ्नो प्रतिवद्धता अनुसारका व्यवहारहरु प्रदर्शन गर्न पनि नेपाली काँग्रेस सचेत गराउँदछ ।

    साथै शान्ति सुरक्षाको स्थितिलाई सुदृढ बनाई यस किसिमका हिंश्रक, अराजक र गैर कानूनी आपराधिक गतिविधिहरुमाथि कडा नियन्त्रण राख्न र घट्नामा संलग्न व्यक्तिहरुलाई कडा कार्वाही गर्न नेपाल सरकारसँग नेपाली काँग्रेस मांग गर्दछ ।

    शोभाकर पराजुली
    मुख्य सचिव

    No related posts.

    35 comments to हात र लातमात्रै हैन अब त गोली समेत चल्न थाल्यो

    • Jaya Deep

      Dear all the Readers,
      It is interesting to know that all the parties are competing for the upcoming poll and the parties are using their strategy to impress the people. It will be our mistake to anticipate the election process in underdeveloped country like Nepal will be peaceful. So the incident of fighting between parties is very natural. See India, Bangladesh, Pakistan, and there are so many examples here in Nepal too. We have seen Nepali congress and NCP(UML) were heavily engaged in fighting in the previous elections, we have hundreds of records of fighting including shooting in the election process. This time, NCP Maoist is participating with its new agendas among others. The involvement of Maoist in election has brought peaceful environment that enabled to bring this situation, we should not forget the fact. The Maoist would be very violent in the past and they are really trying to settle in peace. Their commitment in peace process is one of the evident. A big thanks goes to the Maoist for being very accommodate with the changing political scenario. So the incidents related to election campaign are very minor in quantity and in the nature. But it is also time to learn for Maoist on how to impress the people in peaceful manner, there are various art to impress people. They can search the techniques but I wish they should not learn from NC,UML and RPP because they have already used their craft and that proved a deception/ for the people. They don’t have even new agendas now because they have used up their false slogans. Maoist should know that the existing parties are not good teachers to learn with. We people are watching you every second, we are also watching other parties too ….

      Please be accommodated and go for election ! We, the people are judging you on the basis of your bio-data, we are really looking for not long bio-data with your bad experience of bribery, selling our rivers and land and making our prestige low in the international arena but very effective one who could (not promise) really guide us, we want change in Nepal, we want a prosperous Nepal. Parties ! are you able to fulfil the demand of the Nepali people ? If so come on we will vote you otherwise we must punish you, now we have a very powerful weapon with us. What ability and capacity you got to impress us, the common people ? We are not first looking for your magical power but very easy steps of improvement, we have many dreams to share with one who is able and trustworthy, but at the moment we give you just a few things to complete : They are normally :

      1. Peace ( durable)/ make a good constitution to fit all the Nepalese with ease.
      2. Economic growth( do not make us beggar with only foreign aids, please)
      3. Protection of our land and rivers( you must regain the encroached land and stop the aggressor from doing so.

      4. Keep Nepal unified, A Sherpa should be proud of Terai and a Madhesi should be proud of Himalayas.

      5. Do not negotiate with foreign powers for the sake of nationality, national interest and national images( we have been suffering, please stop it completely)
      6. Prepare the concrete set of development, not just sharing the false dread as in the past.

      Hello NC/UML ! what different agendas have you got this time ? Can you address our demand ? What did you learn from the past and are you thinking(if you have learnt) to implement them ? I wish… but you have not learnt yet ? Have you ?

      Here is again emerging power, Maoist comparatively of short bio-data and action oriented, still to be testified in the in the open air. Hello Maoist !You may impress us if you are acting really for us. We want more peace from you and be very good to us.
      We want you to better (improve?) but do not improve yourself to the level of reactionary values and social absurdities, do not improve yourself to continue the bad aspect of society and do not improve yourself to defame the country, sell rivers and land of Nepal.

      My best wishes to all the parties !

      Thank you
      Hari Timalsina

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • तरुण

      भित्ते राष्ट्रपतिको भित्ता प्वाल पार्ने बोली !
      उनकै कार्यकर्ता चलाउँछन गोली !!
      कुटिदैछन लुटिदैछन अर पार्टिका टोली !!!
      यो चुनाव हो कि या हो रगतको होली!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jiwen

      khoi prachanda ko rajniti k ho k ho bujhnei garo? kahile kahin bhabisya bandi pni garne garchhan. ab yo rajniti chadera Trisul baba ko jasto bhabisya bandi gardei hide hune thiyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himalaya

      साथी हो यो त एउटा कास्टिङ मात्र को पुरै नाटक त हेर्ननै बाँकी छ यस्कारन धैर्य गरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta

      Security force le goli chalayeko kura lai bujdai nabuji maobadi lai dos lagaunu kati ko uchit hola Umesh ji.Yesto propoganda NC/UML ka mukhpatra ko laagi upayukta hunccha.Aafno blog ko goodwill lai yesta news le pakkai pani asar garchha..God bless you .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यस्तो समाचार आउनु नै दु:ख लाग्ने कुरा हो । एकातिर चुनाव नजिकिदै छ । अर्को तिर संबिधान सभा को चुनाव मा शाहभागी हुने दलहरु बीच असमज्दारी बदी रहेको धेरै प्रमाण हरु मधेको यो पनि एउटा हो । यि दल हरुका कार्यकरता देखी नेता सम्म कसैले पनि आपसमा मेलमिलाबको समाजदारिको बातावरण बनाएका छैनन । सिंह दरबार र काठमाडौं मा मात्रै बसेर राजनीति गर्ने हरु र १० बर्ष जङल्माबसेर बन्दुकको भाषाको ज्ञान लिएका मावोबदिहरुले ऐले पनि तियो पुरानो बानिमा परिवर्तन ल्याएका छैनन । मावोले सत्ता बन्दुक को गोलिबाट मात्र प्राप्त गर्ना सकिन्छ भनेर एक समयमा भनेका थिए । तर बन्दुक को सत्ता भन्दा बिचार को सत्ता मात्र दिगो हुने कुरा को आभास प्राप्त गरेर नै माअवोबादिले जनयुध को बिसराम दिल्लीमा गएर १२ बुदे सम्झौतामा गरेको थियो । एस्को जे अर्थ लाए पनि बन्दुक बाट सत्ता प्राप्त हुँदैन भन्ने कुरा चै पक्का हो । ऐले को अवस्था मा सबी दलहरुको एउटै उद्रेस्य भनेको सम्म्भिधान सभा नै हो । तेस कारण यो सभिधान सभा लाई कुनै तत्वले भाडन खोज्छ भने तियो सबिधान सभा बिरोधी काम गर्ने जो सुकै होस् सरकार ले कडा भन्दा कडा कारबाही गर्नु पर्छ। एस्तो हिसा हत्या अपहरन, डर धम्क्की कसै बाट हुनु हुँदैन । देशको बिकास चाहने कुनै पनि दल समुह ले चुनाव प्रचार प्रसार मा खल्बल पार्ने काम गर्नु भनेको बैमानी र १३ बर्से जन्युधका शाहीद हरुलाई धोक्का दिनु हो । गणतन्त्रको लागि बाधक हो । तेस्ता तत्व चाहे कङ्रेस एमाले ,मावोबादी का कार्यकर्ता हुन भने उनिहरुलाई सम्भन्दित दल्ले कन्ट्रोल गह्रोस। सक्दैन भने हामी जनताले कानुन हात्मा लिन्छो । तेतिबेल्ला तरुन वैसिएल भन्दै कुनै दल अगाडी नाओस। होइन भने हामी जनताले आफुखुसी भोट् हाल्न र सान्ती पूर्वक बस्न पाउनु पर्छ ।। sharmajee Jhaapli

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      Everyone know we have never had seen fair election. So I am sure this time also it will apply. Therefore, I am very much surprised since those so called democratic parties for example NC, UML used to do the same. Now even if someone who is not maoist if attacks someone else then they can simply blame maoist party. I do not think its fair. Our Reuters have not been practicing to publicize true story. They enjoy making hypothetical (90%) of any events. I think this will give ultimately counter productive results. It is our responsibility to contribute to make this CA successful in any respects. Please our brothers, sisters and parents, we need patience do not follow or listen what these ill mentality carrying news collector news. Reality could be very different what we read.

      I wish good luck to maoist to win the election if other parties win then nothing will happen.

      Maoists who have fought for ten years, how can you guys think that their all followers will change their behaviour in one year or so since we have seen and have been seeing those so called democratic parties followers have not shown democratic behavior in the case of maoist I put my hat off to them since they have worked hard to change their way and attitude which is good so far. Some incidents they should be taken as minor and should not if we want peace in our country make a big issue.

      Jai corruption free Nepal and Nepali mentality.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      २०४६ साल अघी को चुनाव मा जनता र कार्यकर्ता प्रहरी र सेना देखी डराउन पर्थ्यो ।
      २०४६ साल यता को चुनाव मा जनता माओवादी देखी डराउनु परेको छ ।
      जो सँग हतियार हुन्छ त्यो सँग त डराउन पर्‍यो नि !
      जे होस अझै सम्म काङ्रेस यमाले सँग भने डराउन परेको छैन ।
      कुनै पनि पार्टी यदी लोकतन्त्र मा बिस्बास राख्छ भने उसले हतियार पर्‍योग नगरोस!
      शान्तिप्रेमी नेपाली जनतालाई हतियार को आबाज मन पर्दैन ।
      नेपाली सरकारले हतियार सम्बन्धी कडा कानुन किन बनाउदैन ? त्यो बमोजिम किन कारबाही गर्दैन ?
      यसरी हतियार खेलाउन था ले पछी जनताले कसरी सुरक्षा को महशुस गर्न सक्छ!
      °°°
      चुनाव जस्तो जनता को मत माग्ने कुरामा किन माओवादी पार्टी अरु पार्टी का कार्यकर्तालाई भोट् माग्न जान बाट रोक लगाउछ ?
      यो कस्तो यकाधिकार गर्न खोजेको हो ?
      किन यसरी आँखामा आगोको धुबा बाल्छन माओवादी ?
      किन आफ्नो बिचार का बाहेक अरुलाई जिउदै पोल्न खोज्छन ?
      कसरी बहाहरुबाट लोकतन्त्र को आश गर्न सकिन्छ ?
      कि यस्तै हो लोकतन्त्र बहाहरुको लागि ?
      कम्सेकम सबैले सबैलाई अबसर त दिनुपर्छ नि !
      को जित्छ ? को हार्छ ? त्यो त चुनाव ले देखाउथियो नि ।
      यदी जनता माओवादीको पक्ष मा छन भने बहाहरुले जित्नु होला , राम्रै होला ।
      कम्सेकम चुनाव सम्म त धैर्य गर्नुस् ।
      लोकतन्त्र को धज्जी न उडाउनुस !
      °°°°
      निस्पक्ष होस चुनाव !
      धाद्ली रहित होस चुनाव !
      सफल होस चुनाव !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanjay Kumar Karna

      Maoist Nepal ko lagi Abhisap hun, jeete pani atank ra hare pani Nepal yudha ma homine chha. Yee maoist lai democracy apnaun uniharu ko niti birudhha chha.
      Sanjay Kumar Karna, Noray

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sansar

      Dear Vikasji,
      Reading your comment I came to know that people like you are responsible for such incidences. You are saying without any hesitation that Bal Krishna and friends in the VDC were to be killed!! If you are suggesting like this, you are not a real Nepali people. You want not to have the election of the CA. If you are in the favour of killing NC and UML leaders, why do you only suggest the people of Maoist? Why cannot you go and show your HIMMAT?
      I pray with lord Pashupatinath to be kind enough to excuse you in time.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चुनाव त आइसक्यो,देशै चुनावमय भएको छ तर अब मलाई चुनाव प्रति रूची छैन,मलाई चुनाव को कुनै मतलब छैन भन्न मन लागेको छ । तर आफ्नो अधिकार को प्रयोग त सबैले गर्नैपर्छ अर्थात चुनाव मा भोट हाल्नै पर्छ । अन्यथा साँच्चै हो मलाई चुनाव चाहिएन,मलाई किन चाहियो र ? पहिले के भएको थियो अनि अब के नै हुन्छ र ? “जति जोगी आएपनि कानै चिरेका” जो आएपनि केही हुनेवाला छैन । जो आएपनि,जो गएपनि के मतलब ? रेडियो र टिभि ले चुनाव आयो,भोट हाल्नुपर्छ भनेर फुकेको फुकेकै छ अनि आचारसंहिता सबैलाई पालन गर्न पनि आग्रह गरिरहेको छ । तर अफसोच देशमा लोकतन्त्र न’भै मनपरितन्त्र छ,जसले जे गर्दा पनि हुन्छ अनि जे भने पनि हुन्छ,यहाँ कानुन नाम को केही चिज पनि छैन जस्तो छ । लगातार घटिरहेका घटना ले यीनै कुराहरुको संकेत गर्छ साथमा भविष्यमा यसले ठूलै दुर्घटना ल्याउने पक्का छ ।
      “भित्ते राष्ट्रपति” भन्दा त चित्त दुखाउने प्रचण्डले किन अरुको बारेमा सोच्न नसकेकाहोलान् ? किन यहाँ अरु पनि छन् भन्ने कुरा पचाउन नसकेका होलान् ? कुरा प्रष्ट छ,चुनाव धाँधलिरहित हुने छैन । विडम्बना अब चाँहि,यदी धाँधलि भएन भने माओवादिले चुनाव जित्ने पनि छैन ।
      “गर्ने भन्दा हेर्नेलाई लाज” भनेजस्तै भा’छ ! स्वघोषित राष्ट्रपति को पार्टि नै यहाँ नियम-कानुन तोड्न माहिर छ,अहिले नै यहाँ यस्तो दुर्दशा छ भने भोलि यिनिहरुबाट के आशा राख्ने ? अनि के राम्रो हुन्छ भन्ने ? आफ्नो बाहेक अरुको भलो नहेर्ने प्रवृति भएका उनीहरुबाट खै के आश गर्ने ? अनि नेपाली जनता को अधिकार र रक्षाको लागि क्रान्ति गरेको पार्टि भनेर कसरी पत्याउने ? भाषणमा यो गर्छु र त्यो गर्छु भन्दैमा र सबैकुरा को अगाडि “जन” भन्ने शब्द जोड्दैमा के जनप्रिय बन्न सकिन्छ र ? जसरी एउटा कुवाको भ्यगुतो ले त्यो कुवा भन्दा बाहेक अरु संसार छैन भन्छ त्यसरी नै माओवादी पनि बाहिर के कस्तो छ भन्ने सोच्दैनन् मात्र लिंडेढिपि गर्छन,चुनाव जितिन्छ अनि बुथ-बुथ मा युथ राखिन्छ भनेर फलाक्छन्,अनि गफमा सबैलाई समान व्यबहार गर्छन् तर काम भने त्यही त हो लुट्ने र कुट्ने ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan जी गोली त सुरक्षाकर्मीले पो चलाएका रहेछन त । सुरक्षाकर्मीहरूलाइ पनि पाजी नै भनिदिने ? एउटा कुरा चै के बुझ्नुपर्छ भने ती बालकृष्णजीलाइ माअोवादीले त्यसै बाटो ढुकेनन होला पक्कै पनि एउटा कारण त होला नी । त्यो कारण पनि जान्न पाए राम्रो हुन्थ्यो उमेशजी । अहिलेको समाचार चै एकपक्षीयजस्तो भएन र । माअोवादीले केही गरिहाले भने हामी खाली उनीहरूको खोइरो खन्छाै त्यसभित्रको वास्तविकता के हो भन्ने पनि सवैलाइ दर्शाइदिए राम्रो हुन्थ्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SateLite

      कामरेड प्रचण्डको लगभग सुनिश्चित र अवश्वयांभि बक्तब्य यहाँ जस्ताको तस्तै:
      प्रेस बिज्ञप्ति
      ने क पा मावोवादि

      ” मने म के भन्छु भने बालकृष्णजिलाइ मावोवादिका कार्यकर्ताले नभै जनताले कार्वाहि गरेका हुन, यदि कसैले यसमा हाम्रो महान दल मावोवादिका कार्यकर्ताको संलग्नता पुष्टि गर्न सक्छ भने म चुनौति दिन चाहन्छु ( मनमनै: मने यो कुरा बेग्लै हो कि कोहि निस्के तिनको पनि छाला काडिनेछ अहेम अहेम खाक्क खुक्क) उनि त्यो जिल्ल्लाका सामन्त भयकोले मावोवादिले त खालि जनताले गर्ने कार्वाहिमा सानो जिल्लस्तरिय सहयोग मात्र गरेको हो ( मनमनै : मने अझै करायमा अञ्चलस्तरिय कार्वाहि पनि हुनसक्छ अहेम अहेम खाक्क खुक्क ) ! मने म हाम्रो महान गौरवशालि पार्टिको बढ्दो लोकप्रियता ( मनमनै: मने म आफैलाइ डाउट लाग्न थालिसक्यो हाम्रो पनि केहि लोकप्रियता छ भन्ने कुरामा अहेम अहेम ) बाट त्रसित दरवारिया,अमेरिकि षडयन्त्र हो यो सबै ! मने म अन्त्यमा यो घटनाप्रति घोर निन्दा र कडा शब्दमा दुख ब्यक्त गर्दछु र संलग्न जोसुकैलाइ पनि कडाभन्दा नरम कार्वाहि गर्न सरकारसँग अनुरोध गर्दछु ( मनमनै: मने हाम्रो कार्यकर्तालाइ छोय त म पनि जान्याछु अहेम अहेम) र घाइते लिला दाहालको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ( मनमनै: मने छोरि मान्छे भयर फेरि किन यि प्रतिक्रियाबादिका जुलुसमा जान पर्या होला नि…खुरुक्क घर बसेर वाइसियलका जुम्रा नहेरर अहेम अहेम केहि काइदा छैन यो देशमा )

      अन्त्यमा नेपालि जनसमुदायमा हाम्रो गौरवशालि महान पार्टिको तर्फबाट क्रान्तिकारि तातो सलाम !! आइ मिन मने लालसलाम ! सख्त घाइते लिला बहिनिमा पनि ! बालकृष्णलाइ त मेरा कार्यकर्ताले जानेका छन (मनमनै; कसैले त सुनेन मने खाक्क खुक्क)

      धन्यवाद
      क़ा.प्रचण्ड
      अध्यक्ष ने क पा मावोवादि
      बुद्दनगर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anup(USA)

      maowadile congress ra emalelai kamzor thannu bhaena.tiniharulai pani chunab jitne rananiti thaha cha.yasari dar ra dhamkile chunab jitina. ganatantrawadilai kina hat halne.baru rajawadihjarule apaharan gardai aryaghatma pugeko rajalai oxyqen diraheka chan.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod khatiwada

      हैन यो बंदूक गोलिगाठा बमबारूद सबै थन्कायको भनेको हैन फेरी कंहाबट आयो आय पनी मलाई लाग्छ यो माओबदिले जित्नेभ्योभ्नेर जाल खेलेकोजस्तो छ नेपालीकांग्रेस र नेकपा एमालेले होसियारबस्नु होला माओबादी कमरेडहरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gautam

      yo saby natak ho,satya tathya bujer comment lekhnu parchha sathi ho.ahileko tathya bhaneko RAJABADI, UML, NC SABAYLE MAOBADIKO KHEDO KHANEKA CHHAN.KINA HO KUNNI,AKHIRMA CA POLL PACHHI RAJALAI NY RASTRAPATI,RAJA BANAUNE SADAYANTRA HOLA JASTO CHHA.
      GAUTAM

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan

      मेरो बिचार मा बिना कुनै सबुत प्रमाण नभैकिन कुनै दल वा कुनै पार्टी लाई यस्तो आरोप लगाउन्नु तेति उचीत हो जस्तो लाग्दैन्न ! तर यो चुनाव को मुख मा आयर यस्तो चुनाव लाई नै असर् पर्ने किसीम को कुनै पनी कु कार्य नगरी दिनु हुन म सम्पूर्ण नेपाली देस्भक्त जनता हरुलाई आग्रह्ह गर्द छु !

      NARAYAN ADHIKARI !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • A. Sharma

      Yes, if we remove the head from their party(very few intellectual leaders) the body is “devon animal”.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shishir

      अब माओवादी ज्यु हरुबाट कस्तो प्रतिकृया आउने हो। बालकिष्न जि लाई पहिले देखी नै “भाटे कारबाही गर्ने हाम्रो निर्णय थियो, उनी काठमाडौं भागेर गएकाले रोकिएको थियो, तेही कार्यन्बयन गरेको हो” भन्ने हुन कि, वा “बाल किस्नले सेना र प्रहरी लगेर जनतालाई आतन्कित पार्ने दुस्प्रयास गरेकाले उन्लाई जनताले लखेटेका हुन, वास्तवमा माओवादीले उन्लाई बच्चाएर पठाएका हुन, सेना र प्रहरिको गोली बाट माओवादी घाइते भएका छन, उनिहरुलाई छेती पुर्ती दिनुपर्‍यो, काग्रेस्ले माफ माग्नु पर्‍यो”।
      बिचरा बाल कृष्ण जि।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yadav

      It’s not a new thing so I am not surprised.

      Maoists don’t believe in democracy, they want their autocratic rule in the country.

      So if their is election in the country then please think twice before casting your vote.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raidr

      patrakar sathiharule khali mawo badiharu ko hingsako baremamatra lekhanu hunchha bastabik k ho tapaiharu le bujhanu parne aak horo mawo badilaimatra naramro banaunu khoje jasto bujhinchha mero byakti gat bicharma yetikher baduk YCL ko matra hatmahaina aru dherai sanga hunuparchha ki mathi krisna G LEbhane jhai mawobadi haruko badhado janasamudaya dekherahoki bujna garo bhayo rdra_hk

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi BK

      माओवादीको दर्शन धर्म भनेकै कुटपिट,लुट्पिट,हत्या, डर धम्की हो भन्ने थप प्रमाण हो यो!!

      They cannot stand opposing views or parties. In other words, they cannot stand democracy. Maoists and Democracy seem to be opposite poles. Both cannot exist together.

      Noticed, what Baburam Bhattarai has recently said!?
      He said that they will start the agitation(killing)again, if they do not get a majority in the election. It means they will not respect the people’s voice or verdict. If you are not to accept the outcome of the election, why participate then?
      A double-edged sword!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shishir

      च्
      चुनाव भन्दा अगाडिनै गृह युद्धको सुरुवात होला जस्तो छ। जता ततै (पुर्ब पश्चिम सबै तिर) माओवादीले काग्रेस, एमाले, आदिलाई कुट्दै, भुट्दै खेदेको सुन्दा चाँही साचचै नै माओवादीले ८० प्रतिसत नेपाल कब्जा गरेकै छन कि जस्तो लाग्न थालयो। जे होस्, यस्तो घटनाले अरुलाई हतोत्साहित पारे पनि, देश बिदेशका माओवादी समर्थक साथीहरुमा चाँही हौसला र खुशी भाव संचारीत भएको हुनु पर्छ। यो अन्तिम बिजयको सुरुवात हो; साथीहरु, आज यो बेलुकी रमझम गरम, खुशी र उमङको यो साँझ एक ग्लास फेरी थपम। क माओले यनानको किसानहरुलाई यसै भन्नु भएको थियो। क प्रचन्डले पनी तेसै भन्नु भएको छ, जसो जसो भन्नु भा छ तेसै तेसै गरम कम्रेडहरु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar

      Moaist will come with same EXECUSE, thats not their party poilicy and don’t make such big issue for such 2-3 simple incidents. Then they will put word “JANA” on their silly behavior. Do they change the meaning of “Jana” in their so called Naya Nepal.
      Naya Nepal should be for all people. Is the matter of “FREEDOM” that each people should cast their vote on their own decision with out any pressure and force.
      Such above mention incident makes us to rethink and doubt abt fair and Peaceful election.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      ये गोली हान्ने नराधम हरु
      मानब जाती का कलंक,प्रिथिबी का भार ,थुइक्का पाजी हरु !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pasang kaji yadav

      साह्रै लाज लाग्दो समाचार।

      यस्तो तालले कसरी निस्पक्ष तथा भयरहित चुनाव होला? जनआन्दोलन २ पछि मुलधार राजनीतिमा छिरेको माओवादीको चरित्र लाइसेन्स प्राप्त गुण्डा भन्दा केही थिएन अहिले आएर गुण्डाबाट ‘चंमबलघाटी’को डाकामा पद्दोन्ति भएकोमा प्रचण्ड तिनका दललाई बधाई छ। अशान्ति, अराजक, काटमारले भरिपूर्ण नयाँ नेपाल बोकेर हिडेका माओवादीलाई शुभकामाना!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna Kharel (Moscow)

      खै के खै के नेपालको राजनीती बुज्न धेरै गारो ६ , कतई नेपालको माओबादीले सबै जितनी भयो भनेर कंग्रेशले जाल हन्ना त थालेन, खाली माओबाधिलाई मात्र दोस दिन थाले, गल्ती त होला तर गोली नै चलायो भंनी त संखानै लाग६

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BISHNU THAPA FROM US

      K HO YESTO MAOBADI KO RAJNITI? DESH AJAI SANKRAMANKAL MA 6, YO BELA SABAI JUTERA YO SAMBIDAN SABHA KO CHUNAB SAFAL PARNU PARNE PO HOINA RA? K YESTO RAJNITI NAI MAOBADI LE GARI RAKHEMA UNI HARU LE JANAMT PAULAN TA? K JANATA LE UNI HARU BATA AAPEKSHA GARNA SAKNE BHANEKO YEHI AATANKA MATRA HO? PLEASE, YO RAJNITI KO AANTYA GARI JANATAKO MAN JITNU NAI UTTAM HO!!!

      BISHNU THAPA, KY(US)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      Recall KP Oli and Mariyarty about Maoists…what they thought about Maoists – its always true..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prabhu Mahato

      If fact Maobadi do not want election. If so happen, they will be nowhere. So MAOBADI want to disturb election at any cost. So they are doing so.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anup Niroula

      This type of activity is really going to hamper the C.A polls as well as the entire peace process and moists are 100% responsible for that.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हैन हो, माअोवादीहरूले के गर्न खोजेको । तिनका जनमुक्ति सेना क्यान्टोन्मेन्टबाट निस्के कि क्याहो एके ४७ बोकेर । प्रचण्ड त हाम्रा कार्यकर्ताले बन्दूकको भाषामात्र बुझ्छन भन्थे साँच्चै हो कि क्या हो । निशस्त्र राजनीतिक कार्यकर्तालाइ बाटोमा ढुकेर गोली ठोक्नु चै लोकतान्त्रिक भएन है ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Very bad. But rather wait and see to find what exactly happened and why or how. So no comment at the moment. If it is tru then very bad and Maoist shouldn’t do this anymore and take apology ASAP.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikas

      goli matra haina marna nai parnya thiyo yao pugi pati barga ko mancha lai kina bhanya yo dash a dash bigrnya ra 12 barsa saba gau najnya aile chunab ma gau janya teipani paisa badna janya vot kina janya ani maoist la haina janta la marnya ho aba asto sale chor nata lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • S.Bedi

      congress used to be leading GUN holder in previous election,Uml used to be KHUKURI holder.Maoist may take their position now.Meaning is clear Maoist are winning.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker