मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अञ्चललाई नै संघीय राज्य बनाउँ रे

    आजै घोषणापत्र जारी गरेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भूगोलका आधारमा बनेको अञ्चललाई नै आधार बनाएर सङ्घीय राज्य बनाउनुपर्ने प्रस्ताव गरेको छ । यो पार्टीले संघीय राज्यका कारण देश टुक्रेन खतरातर्फ सचेत गराउँदै आएको छ। यद्यपि, यही पार्टीको घोषणापत्रमा भने दोहोरो नागरिकताको प्रस्ताव गरिएको छ। कस्तो दोहोरो नागरिकता भन्नुभएको ? अहँ, प्रवासी नेपाली (एनआरएन) का लागि दोहोरो नागरिकताको प्रस्ताव गरिएको हैन। त्यसो भए कस्तो त ? भित्र पढ्नुस्, बुझ्नु हुनेछ।

    घोषणापत्रका मुख्य विशेषता यस्तो छ-

    -प्रत्यक्ष निर्वाचनबाट राष्ट्रपतिको छनोट गरिनुपर्ने,

    -राष्ट्रपतिले प्रान्तीय सरकार र प्रान्तीय विधानसभा भङ्ग गरी राष्ट्रपतीय शासन लागू गर्नसक्ने

    -दुवै सदनका सदस्य मन्त्री बन्न नपाउने

    -दुई सदनात्मक व्यवस्थापिकामध्ये प्रान्तबाट चुनिएर गएका सदस्यबाट माथिल्लो स्थायी सदन गठन गर्ने,

    -तल्लो सदनका सदस्यको निर्वाचन मिश्रित समानुपातिक प्रतिनिधित्वका आधारमा गरिनुपर्ने

    -दुवै सदनका सदस्यलाई प्रत्याह्वान गर्ने (चाहेमा फिर्ता बोलाउन सक्ने) व्यवस्था

    -प्रान्तीय विधानसभाका सदस्यहरू भूगोल र जनसङ्ख्याका आधारमा मतदाताहरूबाट निर्वाचित हुने,

    -सो सभाले आ-आफ्ना प्रान्तको मुख्यमन्त्री चुन्ने,

    -प्रमुख मन्त्रीले मन्त्रीहरूको चयन गर्ने,

    -केन्द्रीय सरकारले नियुक्त गरेको प्रान्तीय प्रमुख अधिकारीले केन्द्र र प्रान्तीय सरकारका बीचमा पुलको काम गर्ने

    -प्रान्तीय सदस्यलाई जनताबाटै प्रत्याह्वानको व्यवस्था हुने

    -केन्द्रमा सर्वोच्च अदालत र हरेक प्रान्तमा प्रधान अदालत हुने, सर्वोच्च अदालतले आवश्यकतानुसार श्रम अदालत, महिला अदालत, उपभोक्ता अदालतलगायतका अदालत गठन गर्नसक्ने

    -केन्द्र र प्रान्तीय सरकारले पुरातात्विक तथा ऐतिहासिक स्मारकको संरक्षण गर्न र त्यहाँका कला-संस्कृति, भाषा जाती एवम् परिचयलाई जोगाउन साँस्कृतिक क्षेत्र नगर वा गाउँ घोषणा गर्नसक्ने, साँस्कृतिक क्षेत्रमा अन्य क्षेत्रका नागरिकले अचल सम्पत्ति किन्न नपाउने,

    -राष्ट्रिय र प्रान्तीय गरी दोहोरो नागरिकताको व्यवस्था गरिनुपर्ने,

    -प्राकृतिक स्रोत-साधनबारे विदेशसँगसम्बन्धित सन्धि, सम्झौता संयुक्त सदनको दुई तिहाई बहुमतमा केन्द्र सरकारले मात्र गर्नसक्ने

    -नागरिकको मौलिक हक, कर्तव्य र महिलाका हितमा विशेष व्यवस्था गर्नुका साथै देशको अर्थनीति बलियो बनाउन क्रान्तिकारी भूमिसुधार लागू गरेर जमिन जोत्नेका स्वामित्वमा दिने नीति बनाउने र उत्पादनका साधन, सेवा तथा व्यापारलाई निजी क्षेत्रबाट राष्ट्रियकरण वा सामाजिकीकरण गर्न जोड दिने

    -विदेशी नागरिकलाई नेपाली नागरिकता दिनेमाथि कडा कारबाही गरिने,

    -महत्वपूर्ण निर्णय गर्नुअघि जनमतसङ्ग्रहद्वारा जनताको अभिमत लिने

    -राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको भूमिकालाई पारदर्शी बनाई कानुनको दायराभित्र ल्याइने, सेना, प्रहरी, निजामती कर्मचारी तथा शिक्षकलाई जनताको सेवामा समर्पित गराइने

    No related posts.

    20 comments to अञ्चललाई नै संघीय राज्य बनाउँ रे

    • mensun

      aru kuraharuma
      >desh ko kul bajet ko 50 % sthaniye nikaya bata nishkashan garinu parne.

      >saktishali rastrapati ko byawastha jasle garda rajya sthir hunechha….

      >sarwochha adalat, nepali sena ,prahari ka mahanyayadhis, pradhan senapati ra mahanirichhyak sambandit adhikrit haru bata nirwachit garaune

      >nagarikko sampati sima tokine ra bideshma sampati rakna napaune

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mensun

      aru kuraharuma
      >desh ko kul bajet ko 50 % sthaniye nikaya bata nishkashan garinu parne.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mensun

      “राष्ट्रिय र प्रान्तीय गरी दोहोरो नागरिकताको व्यवस्था गरिनुपर्न”
      yesla garda nagarik kun pranta ko ho chinna sajilo hunchha.
      harek pranta ka janta sanga pranta ko nagarikta hunccha bhane rajya ko nagarikta nagarik le aawasyakta ani rojai anusar line byawastha hunechha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Bhaktapure

      I fully agree with Mr. Pushpa Raj… not because i’m a Bhaktaure, but it’s performance so far. I should also admit that I’m not a cadre of this party and neither I’ve voted for this paty so far. But, it has made me so due to it’s peformance.

      It seems that all big parties have been duty-perfomer of India. I’ve found only this party who dare to raise voice against such deal with India. However, unfortunately, the big parties do not listen to this party’s voice.

      I should say that for Bhaktapur this party has contributed a lot. At least, one can hardly find smell of corruption which programme/project is run by this party (for e.g. Bkt. G B Sa, Na Paa, Wards or Khwopa college).

      Without considering one’s contribution and effort it is not healthy to tease (or humiliate) only.

      Though it’s a small party relatively, effort of these kind of parties should be commended, applauded and encoraged. Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ravi

      सभ्य भाषामा लेखन अनुरोध गरियको छ तर अशभ्य भाषामा लेखियको पनी प्रकाशित गरियको छ . के सानो पार्टी भंदैमा नराम्रो हुन्चा ?आख़िर ठुला पार्तीहरूले मात्र के पो गरेको छ ? नेमकिपा मोरो रोहितको भय के एमाले फताहा माधवको?के कांग्रेस भ्रस्ताचारी गिरिजा को?के माओबादी ज्यान्मारा प्रचंड को? सबैको आदर गर्न सिकौं

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      One thing I agree with Bijukkchhe prty’scommittment and proposal that 14 zones as a decentralized provinces with autonomous stattus if Nepal wants to survival as a single nation state.
      Thanks for such practical and nationalist proposal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      yo party ko ek haina 2 seats confirm cha ni bhaktapur bata

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • barun mishra

      Sujit thakur,
      This id the Bihari attitude who enters in other places as servent and want to be master there. Look at their attitude even in their own country maharastra, so Batthakery and raj thakery throwing from their. If you are not Bihari just look and mind it, otherwise you beter think to save your relatives from Bal thakery and rajthakery in Maharastra.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • borte

      एउटा कुरा साथीहरु म नेपकिपाको धेरै कुरामा बिरोध गर्छु तर राष्ट्र र राष्ट्रियताको कुरामा नारायण मान बिजुक्छे ज्यु लाई भित्री हृदय देखी सम्मान गर्छु , सानो पार्टी भएपनी यो एक देश भक्त पार्टी हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chintit

      Dear Sujit,
      Akar has blamed on Bihari’s. If you are not the Bihari, I don’t think you get upset on that comment. But your comment makes me to think twice.
      You accept it or not,but it is reality, the most of the terai problems are related to the migrant people’s from india, but not because of Nepali Madhesi. All the Nepali, eithr Madhesi or Pahadi, they have equal right to think and participate in every topics of discussions or development, but never the Indians.

      Be a Nepali and think of prosperous Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • who the hell is this Akar? Stupid fella, don’t you undersatand what your status is ?? you pahade people will die because of starvation if madhesis will stop sending grains and food materials. Whom are you calling BIHARI?? This is the time change your mindset else the bigger problems are awaiting for you people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      Zone or region whatever we adopt but should not be base on cast.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • SMK

      tehi ek seat mai danga parnee bhayo moro bijuk

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Puspa Raj Bhattarai

      साथीहरु नेपाल मज्दुर पार्टी को बारेमा म केही भन्न चाहन्न। तर नारायण मान बिजुक्छेजिउ ले जुन निर्धक्क साथ बेला बेला मा राष्ट्रिय र राष्ट्रियता को बारेमा गर्ने टिप्पणी हरु वास्तवमै एकदम दुर्दर्शी हुन्छन। नेपालको राजनीति मा भारतीय प्रभाब यस्तो हाबी छ मानौ भारत नै नेपाल को जन्मदाता हो। तर यस्तो अवस्ता मा पनि बिजुक्छे जिउ ले भारत ले सिक्किमिकरन गर्न लगेको लगायत नागरिकता को बिरोध गर्नु भा छ।

      एउटा कुरा चै हामी नेपाली हरुले बुज्नै पर्छ। सत्रु खोज्न तपाईंले टाढा जानु पर्दैन। उ तपाईंको छेउ मै हुन सक्छ। तपाईंले खानु भओ कि भएन भनेर तपाईंलाई सोधी रहेको हुन सक्छ। भोको हुनुहुन्छ भने तपाईंलाई अगाउजि खान पनि दिन सक्छ। तपाईलाई थाहा नै न दि तपाईंको खेत बारी लुटेर तपाईंलाई नै भोली पल्ट दया गर्दै घरको भकारी भरी अन्न भर्दिन सक्छ। तेसैले होसियार हुनुस्। मैले भनेको कुरा बुज्नु भओ होला यहाँ हरुले। हो मैले भारत तिर इङित गरेको हुँ। अहिले को अवस्ता मा हाम्रो सबै भन्दा ठुलो सत्रु भारत हो।

      भारत नेपाल को हरेक क्षेत्र मा आफ्नो एकादिकर चाहन्छ। नेपाल को जल्स्रोत र अन्य प्रक्रितीक स्रोत र साधन हरुमा। उस्ले हालै मात्र मदेश आन्दोलन को नाम मा आफ्ना लाखौं बिहारी, बेङाली र उत्तर प्रदेशी नागरिक हरुलाई नेपाली नागरिकता दिलाएको छ। यो उस्को बम्पर जुम्बो जीत हो। हजारौं नेपाली हरुलाई पहाडे भन्दै तराइ बाट लखेटी सकिएको छ। यस्को बारेमा कोइ बोल्ने वला छैन। नेपाली हरु आफ्नै देश मा बिदेशी जस्ता भएका छन। बिडम्बना को कुरा त के हो भने नि हिजो राम्रो लाउन र राम्रो खाने आस ले नेपाल पसेका हरु चै अैले पक्का नेपाली नागरिक भएका छन्। तर आफ्नै देशका अन्य भुगोल बाट आएर तराइ मा बसोबस गर्दै आएका नेपालीहरु चै बाहिर का भए। कस्तो अचम्म हैन त?

      के हामी सबै मिलेर नेपाली को एकता देखाउने बेला आएन र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gopal kandel (BOSTON0

      मलाई ने म की पा को भौगोलिक आधारमा बनेका १४ अञ्चल लाइनै राज्य बनाउने प्रस्ताब चाँही राम्रो लाग्यो । तेसमा म नै सबै जात र जाती अनी भाषा र भाशी को राम्रो मेलमिलाप हुन्छ । यो कूरा चाँही अहिले सम्मको घोषणा पत्रहरु मध्ये बेस्ट लाग्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • EK seat ta conform chha ni yo party ko .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      ठीक छ ठीक छ सर, जित्यो भने तपाईंइ ले भनेको जस्तै गर्नुस् शुभ-कामना छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Shishir

      भित्र जानै पर्दैन, शिर्सक नै काफी छ। अहिले बिद्यामान अञ्चलहरुलाई नै नयाँ संघहरुमा परिबर्तन गर्ने रे? त्यो कसरी हुन्छ? संघीय ब्यबस्था त भाषिक, जातिय, जनजातीय, आदीबासिय, छेत्रीय बिबिधता, आर्थिक स्थिती, स्रोत साधनहरुको उपलब्धता, ऐतिहासिकता, सान्स्कृतिक एकरुपता आदी जस्ता मानकहरुको आधारमा गर्ने हो। महेन्द्र को पालामा गरेको १४ अञ्चल ७५ जिल्लाको अवधारणाबाट अघी बढ्न सकेको छैन जस्तो छ यो घोषणा पत्र।
      संघीयताको सवालमा अबको हाम्रो प्रमुख काम भनेको, साबिकको १४ अञ्चल ७५ जिल्लाको सिमान्कन्लाई मेटेर, गा बि स सम्मका सिमालाई मात्र राखेर, माथि मैले उल्लेख गरेको कुराहरुको आधारमा नयाँ खाले सिमान्कन गर्नु पर्छ। धेरै तथ्यान्कहरु तयार नै छन, अब संघीय क्षेत्रहरु बिभाजन गर्ने त हो नि। अञ्चल न सन्चल अब, अब त संघीय प्रदेश वा राज्य भन्नु पर्‍यो।

      संघीयताको बिरोध गर्ने हो भने, खुल्ला नै बिरोध गर्नु, बहस गर्नु, तर यो घोषणा पत्रमा चाँही राखनै पर्ने भयो भनेर, महेन्द्रपन्थीय भएर, तेतिबेलाकै अञ्चललाई मेची संघीय राज्य, कोशी संघीय प्रदेश, बागमती संघीय राज्य , बनाएर झुक्क्याउन खोज्या जस्तो छ भक्तपुरका राजा ले। आफुलाई भक्तपुर भये पुगिहाल्छ अनीखेरी अरुको दु:ख किन हेर्ने र?
      हुँदैन है रोहित जि, त्यस्तो हुँदैन, अहिले भुल सुधार गर्नु होला, पछी तपाईं सँग हाम्रो क:च नपरोस।

      आज किन निद्रा लाग्दैन भन्या त एस्तो नराम्रो घोषणापत्र पढ्न पर्ने रहेछ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • suman pathak

      यो नारायण मान को पार्टी को के हैसियत रा ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिजुक्छे को पार्टिले पनि के-के प्रस्ताव गर्छ भन्या । एकोहोरो नागरिकता दिँदा त बिहारी ले नेपाल सिद्ध्याइसके,झन् दोहोरो नागरिकता दियो भने त बिहरीहरुले नेपाल को सिमाना माथि सगरमाथा सम्मै पुर्याउन बेर छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    eXTReMe Tracker