मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    चितवनमा फेरि वाम लातमेल

    वाम तालमेलको कुरा भइरहेको बेला फेरि वाम पार्टीहरु बीच लातमेल भएको खबर आएको छ। यो पटक चाहिँ चितवनमा लातमेलको घटना भएको छ। यसमा संलग्न भएका छन् वाईसीएल र एमालेका कार्यकर्ताहरु। चितवनको वीरेन्द्रनगरमा एमालेको चुनावी सभामा माओवादी निकट वाइसिएलका कार्यकर्ताले हस्तक्षेप गरि तीन जना एमाले कार्यकर्तालाई घाइते बनाएको एमालेले बताएको छ। चुनावीसभा भइरहेको वेला वाइसिएलका कार्यकर्ताले एक्कासी सभास्थलमा प्रवेश गरि एमाले कार्यकर्ताहरुलाई कुटपिट गरेको एमालेको दावी छ । दुवै पार्टीले कोभन्दा को कम भन्दै वक्तव्य निकालेका छन्। आउनुस् हेरौँ दुई थरि कै वक्तव्य।

    नेकपा एमालेको वक्तव्य

    मितिः २०६४/१२/४

    प्रेस विज्ञप्ति

    जति-जति निर्वाचनको दिन नजिकिंदै छ, त्यति-त्यति नेकपा (माओवादी)का कार्यकर्ताहरु हताश र निराश भएर हिंसात्मक गतिविधिमा उत्रिन थालेका छन् । उनीहरुले देशका विभिन्न भागमा नेकपा (एमाले) लगायत विभिन्न राजनीतिक दलका निर्वाचन प्रचार-प्रसार कार्यक्रम तथा कार्यकर्ताहरुमाथि हमला गरिरहेका छन् । रामेछाप क्षेत्र नं. १ का एमाले उम्मेदवार देवशंकर पौडेल लगायतका कार्यकर्तामाथि सांघातिक हमला भए लगत्तै चैत्र २ गते दिउँसो ३ बजे धादिङ्गको तसर्फू गाविसमा एमालेका स्थानीय कार्यकर्ताहरुको बैठकमाथि माओवादी कार्यकर्ताहरुले सांघातिक हमला गरी राजेन्द्र अर्याल, कृष्णप्रसाद अर्याल, घलान स्यांतान र पुरुषोत्तम पाण्डेलाई घाइते बनाएका छन् । त्यसैगरी सोही जिल्लाको भूमेस्थान गाविसमा करीब ४० जनाको लाठीधारी जत्थाले एमाले कार्यकर्ता इन्द्रबहादुर कार्कीमाथि हमला गरी घाइते बनाएका छन् । माओवादीहरुले ओखलढुङ्गा क्षेत्र नं. १ का काग्रेस उम्मेदवारमाथि गोली प्रहार समेत गरेका छन् ।

    चैत्र ३ गतेका दिन गोरखा क्षेत्र नं. ३ का एमाले उम्मेदवार विकल श्रेष्ठ सहितका कार्यकर्ताहरु चुनावी प्रचार-प्रसार गर्दै मान्बु भन्ने स्थानमा पुग्दा माओवादी कार्यकर्ताहरुले “हाम्रो आधार क्षेत्रमा प्रवेश गर्ने अनुमति छैन” भन्दै चुनाव प्रचारमा जान रोक लगाएका छन् । माओवादीका अन्य दलहरुलाई चुनाव प्रचार गर्न नदिने, कुटपिट गर्ने र उम्मेदवारहरुमाथि गोली समेत प्रहार गर्ने कृयाकलाप घोर अलोकतान्त्रिक मात्रै होइन, हिंसात्मक प्रकृतिका समेत छन् । नेकपा (एमाले) यस्ता कृयाकलापको घोर भर््रर्त्सना एवम् निन्दा गर्दछ र नेकपा (माओवादी) लाई फेरि यस्ता घटना नदोहोर्‍याउन तथा लोकतान्त्रिक शैलीकासाथ जनताबीच गएर स्वस्थ प्रतिस्पर्धा गर्नका निम्ति आग्रह गर्दछ ।

    चुनाव नजिकिंदै जाँदा हिंसा र आतंक फैलाउने प्रकृतिका अन्य घटनाहरु पनि घटन थालेका छन् । चैत्र ३ गते राति करीब ९ बजेतिर मोरङ्ग क्षेत्र नं. २ अर्न्तर्गत अमरदहमा रहेको नेकपा (एमाले) को पार्टी सर्म्पर्क कार्यालयमा बम विष्फोट गर्राई क्षति पुर्‍याइएको छ । त्यसैगरी सोही राती १२ बजेतिर रसुवा जिल्लाको भोर्ले गाविसका एमाले कार्यकर्ता रामकुमार न्यौपानेमाथि केही व्यक्तिहरुको मखुण्डोधारी जत्थाले अपहरण गरी नजिकको जंगलमा लगेर सख्त घाइते बनाएका छन् ।

    यी हिंसात्मक र रहस्यमय प्रकृतिका घटनाहरु चुनाव विथोल्नका निम्ति गरिएका हुन सक्दछन् । यस्ता घटनाहरुप्रति गम्भीर बन्न, दोहोरिन नदिन र घटनामा संलग्न व्यक्तिहरुलाई यथाशीघ्र नियन्त्रणमा लिई कार्वाही गर्न सरकारसँग नेकपा -एमाले) जोडदार माग गर्दछ ।

    अमृतकुमार बोहरा
    सचिव
    केन्द्रीय सचिवालय

    माअ‍ोवादीको वक्तव्य

    नेकपा (माओवादी)
    वीरेन्द्रनगर गाउ“ कमिटी
    निर्वाचन क्षेत्र-१ चितवनको
    प्रेस वक्तव्य
    मिति – २०६४ चैत्र ४ गते

    हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा (माओवादी) पार्टर्ीीले साढे १० वर्षको जनयुद्ध र दुइ वर्षको शान्तिकालमा निरन्तर संर्घष गरेर आफ्नो कानुन आफैंले बनाउने संविधानसभाको निर्वाचन सुनिश्चित गरेको र्सवविद्वितै छ । हाल संविधानसभाको मुखमा आएर कम्युनिष्ट भनाउन रुचाउने एमाले पार्टी क्षेत्रीय सदस्य एवम् निर्वाचन क्षेत्र नम्बर १ का प्रचार संयोजक गोविन्द कँडेलले जनताको बीचमा लैजाने कुनै विषयवस्तु नपाएपछि हाम्रो पार्टीमाथि आक्षेप लगाउन थाले । यसैक्रममा ०६४ फाल्गुण ३० गते हाम्रो जिल्ला संगठन समितिका सदस्य क.रामचन्द्र पाठकको व्यक्तिगत चरित्रहत्या गर्ने काम सुरु गरे ।

    आफ्नो लालकिल्ला भनेर दाबी गर्ने ठाउँमा समेत माओवादीको संगठन विस्तार व्यापक भएपछि आत्तिएर आफ्नो कमजोरीलाई मनन् गर्नेभन्दा पनि समस्यालाई चर्काउँदै पुलिस प्रशासनको मद्दतमा उनीहरुले आफ्नो गतिविधिलाई बढाउँदै लगे । यसैक्रममा ०६४ चैत्र ४ गते वीरेन्द्रनगरको खुर्खुरेमा हाम्रो पार्टीको सहायक संगठन वाईसीएलका कमरेडहरुमाथि हातपात गरेर कयौंलाई गम्भीर घाइते बनाए । हाम्रा साथीहरुमाथि आक्रमण भएपछि प्रतिरक्षाका लागि प्रतिकार गर्न हाम्रा साथीहरु बाध्य भए ।

    तर घटनालाई चर्काउँदै एमाले नेतृत्वका छोरा, भतिजाहरुलाई जाँड रक्सी खुवाएर उल्टै हाम्रा साथीहरुलाई फोनबाट धम्की दिने काम एमालेले गरिरहेको छ । यसप्रकारका हर्कतको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ । यदि एमाले नेतृत्वले हाम्रा साथीहरुमाथि भएको आक्रमण गरी गरेको गल्ती नस्वीकार्ने र धम्की दिने काम बन्द नगरेमा हाम्रो पार्टी प्रतिकारमा उत्रन बाध्य हुनेछ । हामी यस्तो परिस्थिति नआओस् भन्ने चाहन्छौं ।

    ………………………..

    निशा न्यौपाने
    इञ्चार्ज
    वीरेन्द्रनगर गाविस
    नेकपा माओवादी
    चितवन
    *******************************
    फोरम र काँग्रेस पनि कम छैनन्
    उता सुनसरी क्षेत्र नम्बर पाँच स्थित नरसिंहमा मधेशी जनअधिकार फोरमका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एघार जना घाइते भएका छन् । नेपाली काँग्रेसको तर्फबाट विनाविभागीय मन्त्री सुजाता कोइराला र मधेशी जनअधिकार फोरम नेपालका तर्फाट संयोजक उपेन्द्र यादव चुनावी प्रतिस्पर्धामा रहेको सो क्षेत्रमा कोइरालालाई पटक पटक कालोझण्डा प्रदर्शन भइरहेको छ । आज भएको झडपमा नेपाली काँग्रेसका कार्यकर्ताहरु घाइते भएका र घाइते मध्ये सम्मीर आलम र अख्तर मियाको विराट नर्सिंङ होम र अन्य सबैको इनरुवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    No related posts.

    37 comments to चितवनमा फेरि वाम लातमेल

    • shishir

      hope ji,
      who do you think should win the CA election? Or do you think that it should happen in the first place? Do you see any rational of this election anyway? What would you think there would be after the CA election in Nepal? Do you believe that the ‘jana aandolan II’ was the political blunder committed by the political parties? Right? I appreciate if you elaborate the last sentence “the CA election should and would be the beginning of the end of these so called mainstream parties which people are so desperate to get rid of”. I look forward to your answer.
      I would also appreciate if you could relate your answer around the notion of ‘hope’ as you did it before (if I was reading you correctly. I wanted to know more about ‘hope’ as you looked to have used the Japanese idea of hope to corroborate your points. OK, how do we keep hope alive? Only those who wish to live completely apolitical life would have the thoughts and notion of hope? What does this hope belong to? Does it belong only to the infrastructural development? or the material progress? So does it have nothing to do with the politics, liberty, autonomy and sovereignty?
      I am not yet sure if you were influenced by the notion of ‘hope’ that perceived and practiced by the Japanese and other south-east Asian societies to explain the plan presented by Miyahara. If so was the case, do you think Japanese people, on the whole, are happy and satisfied with whatever material progress they have achieved so far? Hope jii, how do you compare the sense of happiness and satisfaction of Nepalese people with the Japanese people in relation to ‘hope’? Would you believe that ‘prosperous’ Japanese are way happier than ‘poor’ Nepalese?
      Finally, your writing is enviable and I appreciate your response.
      shishir.limbu@gmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      Government Should do something for controll this kind of activities whoever they shoud get the punishment by legally. According to constituion nobody can interfair the paries programme or adverting. Nowadys the cards of maoiest getting smart day by day so government shoud open eyes properly and go for punishment legally otherwise the election of constitution of Assambly not gonna fairly. Maoiest are very very stupid.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Surendra Rai

      पक्षपाती, धाधली, दादागिरी, धाक र धम्की बाट भोट् सन्कलन गर्ने केवल छोटो समयएको लागि मात्र हो।

      बुद्धी पुराये फोटो र भिडिओ क्लिप हरु खिची राखे भबिश्यमा जनताका सामु प्रमाणित गर्न सजिलो हुने थियो ………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hope

      correction:

      It’s surprising that there are people still thinking maoists would participate the election(which they never believe in) peacefully.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hope

      Why so much hue and cry, that is very much expected, isn’t it?? Has anybody thought of otherwise?? Maoists will take part in the election and concede humiliating defeat?? Maoists,who were cruel enough to kill thousands of innocent civillians to achieve their vicious goal, would accept the the people’s verdict if that is not in favour of them, how naive people can be. Listen to their statements: ‘If the election outcome would be against us, the new revolt will take place’; ‘Election results maynot represent the people’s verdict’(god knows what will??);’Elections which maoists bound to loose are not in people’s interest’. If this is not intimidation, I wonder what is??

      It’s surprising that there are people still thinking maoists would participate election(which they never believe in). And even more surprising is all election related atrocities (committed against their own fellow government mate) are unadhere to, almost encouraging them to continue. No strong enough condemnation for what they did, no any direction to sought legal action against the guilty, they really are making mockery of election.

      Despite all this, I still strongly belive people must come out in large numbers on election date and cast their vote. It’s the only opportunity we got to voice our anguish towards these criminals and let them know that it is not acceptable to kill thousands of innocent people for your own political goal, it is wrong to think people are stupid all the time, it’s wrong to deceive people all the time,and the most importantly, you will be held accountable for what you did to nation and it’s people!! The sufferring of people from these thugs must end once and for all, and elections are the only means to start this campaign. The CA election should and would be the begining of the end of these socalled mainstream parties which people are so desperate to get rid of!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mark P.

      माओवादी को जस्तो बिरोधी लाई मसल पावर को प्रोयोग गर्ने परम्पारा , नयाँ होइन प्रतेक चोटि चुनाव मा सक्ने ले बल को उपयोग गरेकै हो ।। नेपाली चुनाब मा सबैले सकेजती बल को प्र्योग गरेको नजिकै बाट देखिकै हो ।।

      तेसैले यो हतास मनस्थिती होइन माओवादी को अत्मबिश्वास हो जस्तो लाग्छ ।।

      मार्क,
      मियामी
      यू एस्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • well done ycl
      keep it up
      aasish

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      “कुन पार्टी म-हान ?”
      माओबादी पार्टी गौरबशाली त हो की होइन, तर म-हान पार्टी चाई पक्कै हो..!
      जब देखि यो पार्टी आयो तब देखि अरूलाई हान्ने मौकै दिएको छैना ! पहिला पहिला मंडले हरु म-हान थिए, अरू ले तिनको कुटाई खानथे, तर अहिलेको नेपालमा एक मात्त्रै म-हान पार्टी माओबादी हो, जसले के ऐमाले, के कांग्रेस, के मंडले सबैलाई हान्छ !
      के पत्रकार (बीरेन्द्र शाह, प्रकाश ठकुरी), के डाक्टर, के मास्टर के सिकर्मी, के डकर्मी सबैलाई हान्छ ! यसरी हान्ने पार्टी, तेसका कार्यकर्ता र नेता म-हान नभए अरू को त ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      माओबादी चुटकिला
      पूर्णिमाको रातमा एकोहोरो आकाशतीर ताकेर बंदूक पड्काई रहेको लड़ाकू-कामरेडलाई गाउले बूढी आमाले सोधिछन, “बाबु तिमिले किन हावामा गोली हानेको ?”
      लड़ाकू-कामरेड, “यो चन्द्रमा लाई गोलिले ध्वस्त बनाउन लागेको…”
      गाउले बूढी, ” बाबु यहाबाट बंदूक पड्कायेर चन्द्रमा ध्वस्त हुदैना, फेरी चन्द्रमा लाई किन ध्वस्त बनौना पर्यो त ?”
      लड़ाकू-कामरेड, “हाम्रा म-हान कामरेड प्रचण्डले भनेको यो महान युध्य मा म-हान बंदूक ले गौराबशाली काम गर्छा, त्यों चंद्रमा नाथे त के हो र, फेरी यो चन्द्रमाले सामंतीलाई उज्ज्यालो दिएको छ तेसैले यो पनी सामंती हो येस्लाई ध्वस्त नपारी हाम्रो म-हान युध्य सफल हुदैना…”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gaurav

      बिनाश काले विपरित बुद्दी!!!

      यिनै कारणहरुले गर्दा नेपाल जस्तो देशमा कम्युनिस्ट फाप्दै फाप्दैन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • johnofconcord

      पृथ्वी नारायण शाह को भन्दा पहिले को नेपाल हुने भो अब , उही २२ से २४ से राज्य : सबै राजा सबै हकिम गरीब जनता को, हे प्रभु।
      प्रचन्ड को जङ बहादुर अब तलवार निकाल्दै छ बुद्ध को देश मा। सपना हरु बेच्दै छन उडुश नेता हरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biran

      HEE Bhagavan Yo sambidhan Kasle Banaune Hola, ani Yo Desh kasle chalaune Hola.
      Hari Saranam

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • alok

      I got confused a bit with the headline..but it appears to be “Laatmel” not “Taalmel”. It is a high time that parties, especially Maoists be responsible. They are not going to win a seat in Chitawan..that is why the propaganda of booth-capturing have been floating around. ..People need to be safe and should be able to vote whoever they choose to. God bless people of Nepal!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • introvert

      its all about information war, who goes and sees the truth about the incident?

      see the information in the world is controlled by capitalists. missinformation is everywhere.if u r studious, capatilists rules being outdated, u might say communism is outdated. even in the business, FULL COSTING system is introduced. the overall objective is everyone is entitled to live in this world and the earth should be left as it was for the coming generation. pristine capalists view is in verge of collapse.

      lets appraise in total not in piece by piece.

      beware of that protest of tibetens. it might be CIA policy to hit our election which is going to happen soon. people might still ask wot USA got interest in nepal, my answer is, ur blind!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sane

      हिजो बागबज़ारको भित्ता मा माओबादिले लेखेको नारा मेटेरा मेरो भित्तामा अरुले लेखन पाउदैन भन्ने एमालेलाइ आज माओबादिले आधार इलाका भन्दै पस्न नदिने र पसे रूपनारायण स्टाइलमा खेदेको देखेर यती चादै येस्तो दीन पनी देखन पाइयो भन्दै म अचम्ममा परे ! साचै प्रिथिबि गोलों ने छ की के हो ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh gautam

      HEY , YEE MOA HARU KO BUDDHI KAHILE AAULA , HEY BHAGAWAN , CHUNAB MA TA ENI HARU KO PRANCHAND JEE PANI JIDAINNA TYHI BHA YE HOLA BARRMBAR BANDKE BHASHA
      BOLCHAN.SHREE PASHUPATI NATHLE MOABADI KO KALYAN GARUN

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sangharsha

      feri pani yo news sunda mero mann khinna bhayo tara aba je bhaye pani uml ko nikkai galti haru sunna ma aaye ko chha je gardai chha maoist le thikai garyo yas ma mero 100% support chha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shishir

      तेही त भनेको binodparajulii जी,
      रुप र सार को कुरा गर्छन्, आफ्नै रुप र सार कहिले नफेर्ने भये जस्तो छ। यिनिहरुलाई रुप भनेको के हो सार भनेको के हो भन्ने त थाहा होला है? अनी त्यो fusion र diffusion को प्रयोग पनी बुझेरै गरेको होला है?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • S.Bedi

      UML caders want their old style.But it is new nepal and there is YCL.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binodparajuli

      यो भनेको माओवादी हरुको हारेको मानसिकताको पराकास्टा सिबाये केही होइन साथीहरुहो। माओवादी हरु जङल बाट हतियार बिसाएर सान्ती पूर्ण मुल्धर्मा समाहित भयता पनि उनिहरुको सोच मा अझैपरिवर्तन को सन्केत सम्म देखिदैन संसार बदल्ने नारा छ तर आफु बदलिने नियत छैन। जनता लाई डर त्रास देखाएर कस्को लागि राजनीति गर्न खोजेकाहुन माओवादीहरुले? अरु पार्टिका नेता कार्एकर्ता हरुलाई हात पात गर्नु भनेको माओवादी को हारेको मानसिकता सिबाये अरु केही होइन। एस्ता गतिबिधी हरुले माओवादी हरुलाई ईतिहास मा कालो दाग सिबाये अरु केही हात लाग्दइन साथीहरुहो। आफ्नै मात्र निरन्कुस लाद्न खोज्ने र अरुको अस्तित्व स्विकार गर्न न सिक्ने हो भने नेपालमा गणतन्त्र त औंला तर नेपाली जनताले संबिधान सभाको चुनाव मार्फत राजा र माओवादी एक्साथ गुमौने निस्चित प्राये छ। सदा सदाको लागि। माओवादीले समयएमानै नसुधर्ने हो भने माओवादी ईतिहासमा सिमित हुने छ। एदी एमाले काङ्रेस लगायताका पार्तिहरुको धैर्यताको बाध टुटौन खोजेको हो भने भन्नु केही छैन अन्एथा समयएमानै सदबुढी पलाओस यो पप स्टाएल ले मुलुक चल्दैन प्रचन्ड महोदये बेलइमा चेतना भया ।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shishir

      Rocky, ए तेसो पो हो?

      सुन्सरी को नर्सिङ गाउँ,

      यो गाउँ (नर्सिङ)मा चाँही पहिले देखी नै काग्रेसले भाला हान्ने र लट्ठी घुमाउने भलैत र लठैतहरु ल्याएर बुथ capture गरेर (गिरिजा तेसै गर्थे यो नर्सिङ मा चाँही, पत्याउनुस, नपत्याउनुस्) चुनाव जित्ने चलन थियो, अहिले उपेन्द्र र सुजाताको चाँही एउटै प्रब्रित्ती भएर हो की, यस् मामिलामा दुबैको उत्तिकै भलैत, लठैत भएर हो की, दुबै एउटै gaang को जस्तो पनी लाग्छ। कसरी यस्तो लात्मेल भयो त?

      नर्सिङ गाउ जादै हुनुहुन्छ आफ्नो नेतालाई सघाउन? उहिले Alexander को पालाको फलामको भेस्ट र फलामको फुल साइज मुखुन्डो लाएर जानुहोला।
      नर्सिङबाट चाँही एमाले र माओवादीले केही आशा नगरनु नै बेश हुने छ।
      अब मलाई boomrang दिने होला साथीहरुले, काग्रेसले तेसो गर्(थ्यो)छ भने अहिले माओवादीको किन बिरोध नी?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • badaba

      ए ! चितवनमा वाम लातमेल भएछ? गज्जब राम्रो भएछ । वामहरु बीच मुलाकात (मुक्कालात) भए पछि लातमेल पनि हुनै पर्यो नि ! कि कसो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      It makes sense as UML & NC are still trying to betray people by making CA Poll as Parliametary Election.

      At least, these gangs of Servant parties of Palace need first to apologize prior to requesting for votes in front of Nepalese people who have been fighting with these gangs for 10+ years.

      All what NC & UML have been doing to date is as per Palace’s instructions.

      A final war with Palace & its gun forces is yet to go which might have started now.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anup(USA)

      maowadiharule kailepani loktantrik mulya manyatalai maneko paiena.prajantrantik ku garne bhanera jantalai bhanchan. tyo prajantrik ku ko artha k ho? aafno harlai pani swikarnu nai loktantra ho. kinaki democracyma kasaiko har hudaina.jantako jit huncha.jantale jitnu nai mahatwapurna ho maowadile jitnu mahatwapurna haina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suzan

      Malai ta baktabya baji bhanda ajkal mahila haru pani latmel garna khappis bhaisakeko rahechhan bhanne thaha bho, nabhaye hernus ta maobadi ko baktabya nikalne incharge “NISHA” hunuhunchhin.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      पार्टी कुर्सी को लागि हो कि जनता को लागि ? !!!
      किन यस्तो हान था प् !
      यो कस्तो मार काट !
      कस्तो जनाबर को जस्तो बेबहार !
      यक अर्का लाई पिटेर जितेको चुनाव को के महत्ब ? !!!
      यसरी नेपाली नेपाली बिच आपस मा लड्नु नै जरुरी छ् ?
      ” जस्तो गुरु , उस्तै चेला “भन्छन ।बरु हरेक पार्टी का नेताहरुले आफ्नो कार्यकर्तालाई राम्रो शिक्षा दिय हुन्थियो ।
      सबैले जङ्गली पना लाई छोड्ने बेला भयन र!
      “त्यो पार्टी ले यस्तो गर्छ, हामी पनि तेसै गर्छौ “भन्दै गल्ती नगरने ले गल्ती गर्नु भयन ।
      गल्तिको सिको गर्नु भयन ।
      धैर्य को फल मिठो हुन्छ ।
      न्याएे जनताले दिन्छन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Diwas

      priminister already told that so called YCL is one of the group of criminal.it is obiously clear of its full form Young criminal league .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ishwari

      जंगलको आदमखोर जनावर शहर पसेपछि पनि उसले नरभक्षी हुने आदतबाट छुट्कारा नपाए जस्तो हो , माओवादको प्रवृत्ति । ह्त्या र हिंसा, बाहुबलको भरमा जनताको हूर्मत लिन बानी परेका तर जनमतमा विश्वास नगर्ने जनावरहरूबाट यो भन्दा अरू अपेक्षा केही हुन सक्दैन । यिनीहरू सोच्छन गुण्डागर्दीको भरमा जनतालाई त्रासमा राखेर गाऊँघर हाम्रो आधारइलाका हो । तर यिनको बन्दूके त्रासबाट मुक्त जनताले यी नरभक्षी जमातलाई यिनको शून्यप्राय प्रभाव जतिबेला देखाउने स्थिति पैदा भयो, यिनले अरूलाई टोक्ने ,डस्ने आफ्नो जन्मजात व्यवहार देखाउन थाले । यिनीहरूको बौखलाहट त्यही वास्तविकताको उपज हो । कसैले माथि भन्दैछ, कांग्रेस र एमाले गाउँघरमा पस्न सक्दैन । हो त्यो कुरा गाह्रो भएको छ किनभने बौलाएका कुकुरहरू मान्छेलाई टोक्न र डस्न गाउँभरि छाडा बनेका छन् तिनले गाउँघरका जनतालाई त आहत पारेका छन् , बाहिरी संसारबाट सभ्य मान्छे भित्र पस्न सक्ने स्थिति पनि बन्न सकेको छैन । यो जनावरको झुण्ड सोच्छ, सबैले यसको पक्षमा गित गाउन पर्छ हैन भने ऊ कारवाही योग्य बन्छ । यो संसारलाई नदेखेको र चिन्न नचाहने जनावरले नेपाललाई बन्धक बनाइरह्यो भने , देशले लोकतन्त्रको सुनौलो स्वतन्त्रताको उज्यालो देख्न पाउने छैन , अन्धकरमा हामीलाई धकेल्ने छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रोशन वैद्य

      स्याबास कामरेड ! सत्ता चाहीँ कब्जा गर्न पर्छ है ।

      मतले जित्न सकिन्न त्यसैले बाहुबल प्रमाणित गरौँ । मल्लयुद्द मात्र हैन मुलुकलाई स्वीट्जरल्याण्ड र सिंगापुर बनाउन भाला, बारूद र बमयुद्द गरौँ किनभने हतियारमा दिक्षित अनि प्रशिक्षित शक्तिलाई चुनाब लडेर देखा भन्न हुँदैनथ्यो, गल्ति त्यहीँ भा हो ।

      त्यसरी दलहरू माओवादीको आधार इलाकामा जान हुँदैनथ्यो किनभने तिनले १५,००० नेपालीको रगतको बली चढाएर जनतालाई त्यत्रो डरको वातावरणमा राखेको स्थितिमा यसरी बाहिरबाट मान्छेहरू समूहका समूहमा गाउँघरमा पस्न थाले पछि जनता अन्यत्र पनि मान्छे त झन बढि रहेछन् भन्ने ठानेर अन्तै लागे भने , यी त्रासले आर्जित आधारइलाका तासका घर झैँ ढल्न थाल्दैनन् ?

      मलाई लाग्छ , यो देशमा माओवादी बाहेक कोही सही बोलिरा’ छैनन् ।

      लौ कामरेडहरू चुनाब जित्ने तरिका राम्रो प्रयोग गरौँ है !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shishir

      महान, गौरव्शाली; १० जोड २ = फ्युजन हुने कहिले? बस्तुमा फ्युजन भये पनी सार मा त डिज्युजड नै रहने होला नी। कस्तो झेलीहरु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem

      local level leaders they always involve in such an uneasy incidents however the central level leaders they never induce discord in between. To hear such an incidents during election time is inherited in our society therefore I am not surprised by it. Our voters they do not know who they are going to cast vote for. It depends on if they find someone who can feed them one evening then they will be happy to cast vote even for the worst party candidates. This clearly illustrates how fair we are and it is nonsense to claim victory claiming peoples mandate. You bastard leaders if our beloved brothers, sisters, and parents once starts casting vote in their own judgment then you all corrupted leaders will be swiped away like sunami.

      Jai corruption free Nepali society.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan sharma ,germany

      होइन यो त अती नै वयो नि माओवादी हरु हर्ने निस्चित छ तेसैले उनी हरु हतस भएर एस्तो काम गरेक हुन एदी १५ दिन सम्मा यस्तै गरे भने १५ मत पनि आउने छैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हामी नेपालमा जन्मेर ठूलो गल्ति गरेछौँ कि जस्तो पनि लाग्छ,कहिलेकाँही । सँधै को समस्या,एउटा ठिक हुनखोज्छ तर अर्को समस्या बढिसकेको हुन्छ । बल्लतल्ल चुनाव हुने भएको थियो,तर यीनीहरुकै कारण फेरी चुनाव असम्भव हुनसक्ने सम्भावना पनि प्रबल छ । मज्जा छ है,हाम्रो नेपालमा नाटक हेर्नुपरे यीनै दल तथा नेताहरु को गतिबिधिलाई हेरे पुग्छ । अब भन्नु पनि केही छैन किनकी भन्नेजति भनिसकियो,तर केहि लाग्ने रहेनछ,केही छोएकै पो रहेनछ । जेहोस् “बाम लातमेल” गरेको मा बधाई छ,म अब सम्मानित गर्न नै तयार छु यहाँहरुलाई,साथमा सर्टिफिकेट पनि दिउँला ! यस्तो स्थितिमा साँच्चै संविधान सभाको चुनाव,भयरहित होला ???

      आकार,सर्लाही ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Luitel

      के ………….. जस्तो यार। सबै उस्तै उस्ता। त्यो सुजताको र उपेन्द्र दुइटैलाई आ-आफ्नै घर जाओ भन्न मिल्दैन भनेको?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Luitel

      ल ठीक छ जे जे भयो भयो अब त दुवै पार्टी मिलेर काम गर!!! कम्युनिजमको त व्हाट नै लगाउन लागेउ यार तिमीहरुले।।।

      भबिस्यमा राम्रो मेलमिलाप अनी शान्तिपूर्ण बातावरण बनोस भन्ने मेरो शुभकामना सबैलाई ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gautam

      saby loktantrik ganatantrik yak bhayar afno sambidhan banaunko lagi yo election hola naki sarkar banaunako lagi.ata say le understanig garnu paryo. yesto vidanta
      garaunuko pachhi ko lukeko hola?
      gautam

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Leftist haru ko negative pakshya bhaneko nai aapasi bemel nai ho. uniharu kahilyai ekjut huna sakenan. History sakshi chha. Hey Bhagawan yi Bampanthi party leader haru lai sadbuddi deu ani Nepal lai Peace Zone banau…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker