Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

हिमाली भन्छन्- हाम्लाई चैँ स्वायत्त प्रदेश ख्वै ?


दलहरुले हिमाली प्रदेशलाई बेवास्ता गरी राज्य पुनर्संरचना गर्ने प्रस्ताव अगाडि ल्याएको हुनाले हिमाली लोकतान्त्रिक गणतान्त्रिक मञ्चले यस्तो हिमाली स्वायत्त प्रदेशको मागसहित यो नक्सा सार्वजनिक गरेको हो। यसमा हिमाली स्वायत्त प्रदेशसहितको राज्य प्रस्ताव गरिएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मलाई स्वायत्त मधेस प्रदेश बनाउनु पर्ने माग गरे जस्तै यो मञ्चले नेपालको पूर्व ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका १९ वटा जिल्लाहरूमा हिमाली आदिवासीहरू बसोवास गरेका क्षेत्रहरू हिमाली स्वायत्त प्रदेश हुनुपर्ने माग गरेको छ। यो मागलाई कसैले वास्ता गरेनन् भने आउँदो जेठ १८ देखि २० गतेसम्म हिमाली आदिवासीको राष्ट्रिय राजनीतिक सम्मेलन गर्दै आफै “हिमाली स्वायत्त प्रदेश विधायिका” तथा “हिमाली स्वायत्त प्रदेश सरकार” गठन गरी स्वायत्तताको उपभोग शुरु गर्ने चेतावनी पनि मञ्चले दिएको छ।

मञ्चले आज एक पत्रकार सम्मेलन गरी आफ्नो घोषणापत्र पनि सार्वजनिक गरेको छ। छिरिङ तेन्जिङ शेर्पाबाट प्राप्त घोषणापत्रको पूर्ण विवरण यस्तो छ-

नेपालको हिन्दु एकात्मक र राजतन्त्रात्मक केन्द्रीकृत सामन्ती राज्यसत्ता समाप्त गर्न र देशमा विद्यमान जाति, भाषा, धर्म, वर्ग, लिङ्ग• र क्षेत्रमा व्याप्त सबैखाले भेदभाव अन्त्य गर्न ने.क.पा. माओवादीको र ७ राजनैतिक दलहरूको नेतृत्वमा भएको २०६२/६३ ऐतिहासिक जन-आन्दोलनमा हिमाली आदिवासीहरूले पनि बलिदानीपूर्ण संघर्ष गरेकोले,

नेपालको अन्तरिम संविधान २०६३ ले नेपाल धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गर्न संवैधानिक व्यवस्था भइसकेता पनि राजनैतिक दलहरूको संविधानसभाको चुनावी घोषणा-पत्रमा संघीयताको सैद्धान्तिक परिभाषा मात्रै प्रस्तुत गरी राज्य पुनःसंरचनाको स्पष्ट खाका प्रस्ताव नगरेको तथा ने.क.पा. माओवादीले हिमाली स्वायत्त प्रदेशबिनाको ११ राज्यको मात्र अवधारणा प्रस्तुत गरेकोले,

विश्व मानव अधिकार घोषणा-पत्र, आर्थिक, सामाजिक-सांस्कृतिक अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघको घोषणा-पत्र र आदिवासीहरुको अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघको घोषणा-पत्रमा निहित आत्मनिर्णयको अधिकारको नेपाल सरकारद्वारा अनुमोदन गरिएको एवं जल, जमिन र जल लगायतका प्राकृतिक श्रोतहरूमाथिको आदिवासीहरूको अग्राधिकार तथा उनीहरूको भाषा, संस्कृति, धर्म, परम्परा आदिको संरक्षण र सर्म्बर्द्धन तथा प्रयोगको अधिकारलाई मान्यता प्रदान गरिएको अन्तराष्ट्रिय श्रम संगठनको अभिसन्धी १६९ लाई अन्तरिम व्यवस्थापिका संसदद्वारा सर्वसम्मत अनुमोदन गरिसकेकोले,

हिमाली आदिवासीहरूको सवल र स्वतन्त्र राजनीतिक प्रतिनिधित्वका साथै सामाजिक, आर्थिक समृद्धि र विकासको लागि नेपालको पुर्व ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मको उत्तरी भूभागमा बुद्ध धर्म मान्ने भोटे भाषामा आधारित हिमाली भाषा बोल्ने, समान संस्कृति र आर्थिक जीवन भएका हिमाली आदिवासीहरूको मुक्तिको लागि आत्मनिर्णयको अधिकार प्रयोग गर्दै हिमाली स्वायत्त प्रदेश स्थापना गर्न वाञ्छनीय भएकोले हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्चद्वारा यो २१ बुँदे घोषणा-पत्र जारी गरिएको छ-

१. नेपालको पूर्व ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका १९ वटा जिल्लाहरूमा हिमाली आदिवासीहरू बसोवास गरेका क्षेत्रहरू हिमाली स्वायत्त प्रदेश हुनेछ र धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको एक अविभाज्य स्वायत्त प्रदेश हुनेछ ।

२. राष्ट्रिय सुरक्षा, वैदेशिक नीति र मौद्रिक मामिला बाहेकका सबै अधिकारहरू हिमाली स्वायत्त प्रदेशद्वारा प्रयोग गरिनेछ ।

३. हिमाली स्वायत्त प्रदेशको आफ्नै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुनेछ ।

४. हिमाली स्वायत्त प्रदेशको राजनैतिक प्रणाली बहुदलीय प्रतिस्पर्धात्मक, पूर्ण रुपमा जातीय समानुपातिक र अल्पमतको समेत कदर गर्ने सहयोगात्मक रूपको हुनेछ । राज्यले विश्व मानव अधिकार घोषणा पत्रमा उल्लेखित तथा सबैखाले संयुक्त राष्ट्रसंघीय घोषणाहरु र अन्तराष्ट्रिय सन्धि सम्झौताहरुमा आधारित मानव अधिकार, महिला अधिकार, बाल अधिकार, अपाङ्ग अधिकार, जातीय भेदभावविरूद्धको अधिकार (दलित) तथा अन्य मौलिक हक र समलिङ्गी अधिकारहरूको सम्मान गर्नेछ ।

५. हिमाली स्वायत्त प्रदेशको कूल जनसंख्या करिव २० लाखमध्ये ताप्लेजुङका वालुङ र तोक्पेगोला (ढोक्प्या), संखुवासभाका सिङ्सा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङका योल्मो, रसुवाको केरोङ्ग, गोरखाका लार्के र सियार, मनाङका ङेस्याङसहित सम्पुर्ण मनाङवासी, मुस्ताङका थकाली, मार्फाली, तीनगाउँले र बाह्रगाउँले, ल्होबा र ताङ्वे, मुगुका मुगाल र कर्मारोङ्पा, हुम्लाका लामा (निम्बा, टुकच्युलुङ, युलछोध्युन, लिमी), डोल्पाका तिच्युरोङ्पा (कैकेरूङ) र डोल्पो (धोल्पो), डोल्पो, मुगु, जुम्ला र हुम्लाका खम्पा, दार्चुलाका ब्यासी/शौका, बाजुराका भोटे र ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा र नुवाकोटका शेर्पा आदि समेत हिमाली आदिवासीको कूल जनसंख्या १५ लाख र अन्य जातजातिहरूको करिव ५ लाख हुनेछ ।

६. हिमाली स्वायत्त प्रदेशको दक्षिणतर्फको सिमाङ्कन अन्य जातीय स्वयात्त प्रदेशहरूसँग समन्वय गरी ऐतिहासिक एवं भूवैज्ञानिक आधारमा निर्धारण गरिनेछ ।

७. हिमाली स्वायत्त प्रदेशको सरकारको नेतृत्व महिला र पुरूषद्वारा पालैपालो हुनेछ र पाँच वर्षको सरकारको नेतृत्व एक पटकभन्दा बढी दोहोर्‍याएर गर्न नपाइने व्यवस्था हुनेछ ।

८. हिमाली स्वायत्त प्रदेश स्थापना भएको दश वर्षभित्र सबै तहमा ५० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।

९. हिमाली स्वायत्त प्रदेशमा अधिकारसम्पन्न स्थानीय सरकारहरू गठन हुनेछ । स्थानीय सरकारहरू स्थानीय विकास निर्माण, जनताका दैनिक आवश्यकता र सेवाहरू प्रवाह गर्न तथा सबै स्थानीय श्रोतको परिचालन गर्न स्वतन्त्र हुनेछ ।

१०. हिमाली स्वायत्त प्रदेशको आफ्नै विधि-विधान हुनेछ जसको निर्माण हिमाली स्वायत्त प्रदेशको विधायिकाद्वारा दुई तिहाई बहुमतले पारित गरी लागू गरिनेछ ।

११. हिमाली स्वायत्त प्रदेशको विधायिकाद्वारा निर्माण गरी पारित गरिएको कुनै पनि ऐन तथा कानुनहरु जनमत संग्रहद्वारा आवश्यक संशोधन वा निष्कृय बनाउने व्यवस्था गरिनेछ ।

१२. हिमाली स्वायत्त प्रदेशका सबै नागरिकहरूलाई राज्यबाट पाउने सबैखाले आर्थिक, सामाजिक, राजनैतिक सेवा, सुविधा र अवसरहरुमा समानताको हक हुनेछ ।

१३. अन्तराष्ट्रिय सीमा व्यापारको राजश्वको बाँडफाँड संघीय सरकार र हिमाली स्वायत्त प्रदेश सरकार दुवैले आपसी समझदारीमार्फत् उपयोग गर्नेछ ।

१४. हिमाली स्वायत्त प्रदेशको कामकाजको भाषा सम्वोटा लिपीमा लेखिने भोटे भाषामा आधारित हिमाली भाषा हुनेछ र हिमाली स्वायत्त प्रदेशमा बोलिने अन्य मातृभाषालाई स्वायत्त प्रदेशको भाषाको मान्यता प्रदान गरिनेछ ।

१५. हिमाली स्वायत्त प्रदेशमा हिमाली आदिवासीको धार्मिक तथा सांस्कृतिक चाडवाड तथा पर्वहरुमा सार्वजनिक विदा दिइनेछ ।

१६. हिमाली स्वायत्त प्रदेशका अन्य जातजाति तथा भाषिक समुदायलाई आ-आफ्नै क्षेत्रमा स्वायत्तता तथा स्वशासन दिइनेछ ।

१७. नेपालको राष्ट्रिय गानलाई हिमाली स्वायत्त प्रदेशभित्रका मातृभाषाहरूमा अनुवाद गरी गाइनेछ र प्रदेशको आफ्नो छुट्टै प्रादेशिक गान हुनेछ ।

१८. हिमाली स्वायत्त प्रदेशको विधायिकादेखि स्थानीय तहसम्म सबै धार्मिक सम्प्रदायका प्रतिनिधित्व रहनेछ र स्वायत्त प्रदेश सरकारमा धार्मिक मामिलासम्बन्धी धार्मिक मन्त्रालयको व्यवस्था हुनेछ ।

१९. हिमाली स्वायत्त प्रदेशमा गुम्बा शिक्षालाई सरकारी कामकाजको लागि शैक्षिक मान्यता दिइनेछ र गुम्बा शिक्षा प्रणालीलाई समयसापेक्ष आधुनिकीकरण गर्दै लगिनेछ ।

२०. हिमाली स्वायत्त प्रदेशका अन्य जनसमुदायको सबै धर्म, भाषा, संस्कृति र परम्पराको विकास र समृद्धिको दायित्व स्वायत्त प्रदेश सरकारले लिनेछ । प्रदेशको सबै निकायमा ती समुदायको पहिचान र जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था हुनेछ ।

२१. प्रदेशको श्रोत र साधनको बाँडफाँड जनसंख्या र भूगोल समानुपातिक हुनेगरी प्रदेशको स्थानीय सरकारमार्फत् जनतामा प्रवाह गरिनेछ । प्रदेशको सरकारले उपलब्ध श्रोत र साधनको आधारमा कम श्रोत र साधन भएको स्थानीय सरकारलाई विशेष सहयोग उपलब्ध गराउनेछ ।

हिमाली स्वायत्त प्रदेश प्राप्त गर्न हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्चद्वारा संचालन गरिने कार्यक्रमहरू-

१. हिमाली स्वायत्त प्रदेश प्राप्तिको लागि हिमाली स्वायत्त प्रदेशको स्थापनाको आवश्यकता र आधारबारे व्यापक प्रचार-प्रसार गर्ने ।

२. हिमाली स्वायत्त प्रदेश प्राप्तिको लागि हिमाली स्वायत्त प्रदेशको स्थापनाको आवश्यकता र आधारबारे सबै राजनीतिक दलहरुको ऐक्यवद्धता हासिल गर्ने तथा ती दलहरु र सरकारमार्फत् संविधान सभामा उठाउने एवं भावी संविधानको संरचनामा स्पष्ट रूपले हिमाली स्वायत्त प्रदेशको व्यवस्था गर्न लगाउन सशक्त दवाव दिने ।

३. संविधानसभा निर्वाचनको क्रममा विभिन्न राजनीतिक दलहरुद्वारा जारी गरिएको घोषणा तथा प्रतिवद्धता-पत्रमा “हिमाली स्वायत्त प्रदेश” स्थापनाको प्रस्ताव नआएको परिप्रेक्ष्यमा हिमाली स्वायत्त प्रदेशको स्थापनार्थ हिमाली आदिवासीको राष्ट्रिय राजनीतिक सम्मेलनको माध्यम हुँदै “हिमाली स्वायत्त प्रदेश विधायिका” तथा “हिमाली स्वायत्त प्रदेश सरकार” गठन गरी स्वायत्तताको उपभोग शुरु गर्ने ।

४. हिमाली आदिवासीहरूको राष्ट्रिय राजनीतिक सम्मेलन आगामी २०६५ जेठ १८, १९ र २० गते काठमाडौंमा आयोजना हुनेछ ।

अन्तमा, हिमाली स्वायत्त प्रदेशलाई मान्यता प्रदान गर्नको लागि नेपालका सम्पुर्ण राजनैतिक पार्टी स्वदेश तथा विदेशमा रहनुभएका हिमाली आदिवासीहरू, अन्य जातीय स्वायत्त प्रदेशका जनसमुदायहरू, संचारकर्मीहरू लगायत अन्तराष्ट्रिय समुदायहरूलाई ऐक्यवद्धता जाहेर गर्न र आवश्यक सहयोग र परामर्शको लागि समेत हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्च हार्दिक अपिल गर्दछ । थुची छे !!

सम्पुर्ण हिमाली आदिवासीको चाहना, हिमाली स्वायत्त प्रदेशको स्थापना !

हिमाली आदिवासीको आत्मनिर्णयको अधिकार, हिमाली स्वायत्त प्रदेशको मूल आधार !

हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्च, पोष्ट बक्स नं. २६९५, काठमाडौं, नेपाल,
इमेलः himaliautonomy@gmail.com
वेब साइट:- www.himaliautonomousstate.org

Related posts:

  1. १४ स्वायत्त राज्य र ८ सय जिल्लाको नयाँ नेपाल
  2. तमलोपाको घोषणापत्रः एक मधेश एक प्रदेश
  3. नयाँ प्रदेश र राजधानी थाहा पाइराखौँ है
  4. स्वायत्त राज्य माग्दै उपत्यका ठप्प
  5. प्रदेश विभाजनमा कांग्रेसको प्रस्ताव

55 comments to हिमाली भन्छन्- हाम्लाई चैँ स्वायत्त प्रदेश ख्वै ?

  • Anonymous

    I like the way you set up that your info is the homepage, nicely done. Thanks!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Balkumar KC

    Fellows,

    We have right to demand our own state if the Leaders of the country are useless and running after money. They have their children all over the world in good Schools/Colleges. The money donated by other countries first goes to their pocket prior to invest in the development of the country.

    There have been several cases of corruptions in the country and those dealing with such cases have also sucked the money in other hand.

    I can assure you all that if we still have these monkies then the country will remain as it is and people can not expect of the changes/development.

    Therefore, if we have our own states then the focuses on development will be much more positive. People should not take it in negetive sense and we do not really have to fight for this and sacrifice our lives in order to get separate states. It can be solved by sensible talk and debate at national level. The individual who lead this issue must be very talented and capable of convincing people or the top brass of each states.

    Regards,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Himali

    Hello,Aanaand Sharma ji,
    Ahiley Samma kunai pani swabhimaani Nepali neta Janmeko dhekhnu bhayeko chha tapainle Nepal ma,
    chha bhane tyasko naam bataunuhos,sab Chor,Daanka,
    Gunda ra Dalaal haru matra le desh ko Police force,Army force ma uni haru ko afnai maanchhe haru rahkera,Rajnitik chhetra,Prasaasanik chetra sabai Pewa
    banayaka chhan ra eklauti gareka chhan,
    Aba tapain bhannuhos euta deh ko nagarikle afno adhikaar ko bisayama aawaz nikalda Tainle Desh tukraune bhanne AArop lagaune ho,Aba bhannuhos,Ahile Samma Nepalma Baahun Ra Chhetry baahek aru kun Jaat ko Maanchhe Tyo desh ko Priminister bhayeko dheknu bhayako chha,Priminister ko kura chhodi diun Mantralaya ko Sacheeb ko kura garauna kun chai mantralayama anneya jaati haruko sankheya kati chha,
    Yadi Tapariya harule desh bigareko hoki aru jaati harule,nispakchha bhayera bhitri man dhekhi Tupi chhoyara bhannuhos ta Sharma Ji,lau aaja lai Namaskaar
    arko pata bhetaula,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • पुष्प

    kanchan jee,

    bahas ta pragati, unnati, bikas aadi ko kura lai liera po hunchha. desh tukraune bahas chalaune kura ali pachena. tapai ko kura ‘dal ma kalo’ jasto lagyo.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • saagarsingh

    खै त यस्पाली को यस्तो लेख मा इंडियन को लागी कसैको मुखमा गाली अएना नि त हौ न त कुनै कमेंट ……. अब गाली पनी कटी गर्ने ……………. ई इंडियन हरु हिमाल सम्म पुगी सके ….. नेपाल मा त जहिले पनी मधेशी नै सबै कुरा को शिकार हुने हो क्यारे ……………. मंगोलियन भारतीय पहाडिया , तिब्बती हरुलाई गाली गर्ने कोही छैनन ……………….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • purnaz

    वा वा लुनाजी,
    गजब लाग्यो है।
    म त कहाँबाट ज्ञानु वाकरलाई झन्डै सम्झेको नि।
    के गर्नु यस्तै छ, म तपाईंसँग सहमत छु।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • abhinash gautam

    लूनाजी को कबिता पढे कबिता कोरौ कोरौ लाग्यो…
    गहिरिएर फेरी पढे आखाबाट आसू तेसै भाग्यो.
    सोचे बीलना पोखौ कसैलाई भित्री मन बाट .
    मुटू थिचेर कोसिस गरे आएन मलाई आट

    आफंत आफंत नै पराई हुदैछन कसले सुन्ने बेथा .
    आज सम्म त नेपाली छौ भोली के हुने कस्लाई केथा???
    हात जोड़ी सधै यही भन्छु नेपाली हामी जुटौ..
    देस बनाउने बेला हो यो कोही काही बाट न फुटौ…
    आनंद पौडेल
    WAY2_ANAND@YAHOO.COM

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sanje pathak

    Daju-bhai ko jhagada ma jasari ghar tukrinchha ani chhimeki le phaaida linchha, tyasari nai fataha, bhrasta, doordristi nabhayeka, naalayak neta harule desh tukrauna khojeka hun..
    Tara dukha paaune ta haami janatale nai ho..

    Yasto sano tatha garib desh lai sanghiyata ko naam ma tukra tukra paarera, kendra sarkaar, rajya sarkaar aadi banaayera janatako pasina ma dhalimali garne ra janata lai rin maathi rin bokaaune, dhurta syaal haruko chaal ho……

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • abhinash gautam

    hey anand…..

    your poem is really great…. sandarbhik ra bastabik poem.. keep it up…
    abhinash from usa

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • laxmi

    hosh garau hai sabaile yo sab himal ra madesh dohori khelda ,bichma gyanendra hero banla.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sources “The Himalayan Times” 12th March 08,

    Stan Stevens

    The ink is now dry on the landmark agreement pledging implementation of a federal system with recognition of autonomous states that take into account geography, language, history, and the viability of indigenous nationalities. This may mark a turning point in a history marked by marginalization and discrimination against indigenous peoples. It may also begin to meet the commitments made by Nepal last year as the first Asian country to ratify the 1989 Indigenous and Tribal Peoples Convention of the International Labor Organization.
    ILO 169 established international standards for recognition of human rights of indigenous peoples which include respect for “the integrity of their values, practices, and institutions of these peoples,” “ownership and possession” of their lands, and their right to participate in the “use, management, and conservation “of natural resources. These and other rights to equality, self-governance, and self-determination based on culture and customary territory have been strengthened by the 2007 UN Declaration of the Rights of Indigenous Peoples. A federal map which includes not only a Madesh state but gerional political administration that takes into account the aspirations of the Limbuwan ,Khambuwan, Tamsaling, Magarat,Thaaruhat and Tamuwan would be a significant step towards meeting these goals and standards. What will the map of federal Nepal look like? Many of the maps that have been produced thus far by proponents of federalism include autonomous region of states for indigenous peoples. Sadly, all fail to take into account the indigenous peoples of the Himalyas.
    Where are the maps of a federal Nepal that show a great northern Himalayan Autonomous Region as well as a Madesh one? Why do none of these maps show an autonomous region for the Himali people of the high Himalayas? Why do the indigenous peoples of the north continue to be politically and geographically invisibles? Of the 59 indigenous peoples recognized by the government, 17 inhabit the high Himalayas while others are yet to be recognized. The most well-known are the Sherpas. The area they inhabit stretches the length of Nepal along the Tibetan border- from Humla to the high valleys below Kanchanjunga. It comprises over 17 per cent of the total land area of the country. Himali’s inhabit the high mountain and plateau above 2,000m. They all cope with challenges of high-altitude and share a common geography, economy, development challenges and opportunities; They share a common history of migration from Tibet; and a history of two countries of discrimination and marginalization. Recently, they have shared a common experience of assimilation pressures in a society which attempted to create a new national identity defined in terms of the values and beliefs of the Hindu society.
    The Buddhist people of the high Himalayan are well aware of these geographic, historical, cultural, and economic commonalities. And they are awakening to the logic of sharing a political future. Is a Himali Autonomous Region a legitimate aspiration under the federal system of “historical background, language, geography, region and economic resources and viability of the ………..indigenous nationalities”? A strong case can be made on all counts. In some ways a stronger case fro a Himali Autonomous Region can be made than for some other proposed ethnically-based federal states. This is not the ethnically “infused and indivisible social mosaic” that may characterized some other parts. Himali people constitute around 95 percent of the population of the areas being envisioned as Himali Autonomous Region.
    Is a Himali Autonomous Region viable? The short answer is yes. The natural resources to power economic development are enormous. Here is one of the planet’s greatest tourist magnets, with future development potential limited only by the concerns of its residents to protect their cultural and environmental heritage. High-altitude herbs, fungi (Yar-cha-Gun-bu) and animal products (musk,”Yak”cheese-now imported to the US) have tremendous international market potentials. There is possible economic opportunity from cross-border trade and transit with Tibet. And there is revenue from hydroelectricity if agreements were reached that some revenue from the Himalayan Rivers should returns to Himalayan people.
    There will be challenges to link the region in terms of communication and transport. But in the 21st century these linkages no linger simply move up and down valleys-not in the age of aircraft, mobile phone, and the internet. The Buddhism people of the northern high Himalaya have been nearly invisible to Nepal’s Hindu society. It would be an injustice of Himalayan proportions if they remain so while the map of a federal Nepal is drawn.

    Stevens, Associate professor of Geography, University of Massachusetts, Amherst, conducted his PhD research in Khumbu Nepal.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Luna

    ” कृष्ण जि “!
    कबिता लेख्ने मुड थियन ।
    उमेश जि को यो ब्ल्ग मा नेपालको नक्सा देखे । नक्सा माथि लस्करै हाम्रा हिमालएे हिमाल का
    आमा , बा , दिदी बहिनी , दाजु भाई , लस्करै उभिनु भयको थियो ।
    बहाहरु पनि स्बायत्त्त प्रदेश को माग गर्दै हुनुहिन्थियो ।
    हेरिरहे केही बेर नेपाल को नक्सा लाई । रङिबिरङी रङ हरुले क्षेत्र छुट्टाइयको थियो ।
    मेरो मानसपटल मा धेरै चित्रहरु सल्बलाएे ।
    (माफ गर्नु होला ) साकारआत्मक सोच्न सकिन मैले !
    यकै छि न मा मेरो आँखा आशुले भरियो ।
    तप्!तप! आसु चुहिरह्यो !
    सो चे , किन यि मायाले झरेको आशुलाई अ छ र मा न उतारु ?
    अनी अक्षर अक्षर जोडदै शब्द मा पारीणत गरे ।
    शब्द त कबिता पो भाईदियछ !
    यती नै हो कृष्ण जि ! अब यस् लाई मैले लेखेको सोच्नुस या मेरो आशुले !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Luna

    “मदन जि “!
    आफ्नै देश का मान्छे हरु जो देशको हित को लागि पराइ जस्ताइ भएे उनिहरुलाई मैले पराइ भनेको !
    अब त राम्रै सँग बुझ्नु भयो कि !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Abhishek

    I agree with Himali
    Tapai le aaja mero aankha kholidinu bhayo, in fact mero aankhai च्यातीयो bhanauna. :)

    Abhishek

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • shishir

    Kanchan jii,
    I thought I had started that discussion by questioning the reliability of the population figure.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मैले जानेसम्म चै के हो भने यो माग र यो घोषणापत्र संयुक्त मधेसी मोर्चाको भन्दा परको लागेन । यहाँ अहिलेसम्म उठेको अान्दोलन र उठेको प्रसँग भनेको जातीय र क्षेत्रीय अस्तित्वको कुरा हो ।
    -*-
    हिमाली अादिवासीहरू पनि जागरूक हुनु भनेको राम्रो कुरा हो । उनीहरू पनि मधेसजस्तै अस्तित्वको कुरा लिएर अाउनु भनेको क्षेत्रीयताको पहिचान हो ।
    -*-
    यसमा फेरी पनि एकपटक बहस गर्ने हो कि ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Himali

    अभिषेक जस्ता हरु को दिमाग माँ अज्जा पनी “Racism” को गंध गा को छैन. भोटे भन्ने सब्दा कस्लाई र कुन ठौ को लागी प्रयोग हुंछ भन्ने सामान्य ज्ञान को कमी अभिषेक मा मात्र होइन अरु धेरै सभ्य र पढे लेखेका नेपाली मा पनी प्रसस्त भेटिनछ. सबै नेवार लाई ज्यापू अनी खर्पने भन्नु, सबै ब्राम्हण लाई टपरे अनी लोभी भन्नु, सबै तराई बासी लाई बर्ण हेरेर धोती भन्नु आदि इँताय्दी.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • anand sharma

    एउटाले तराई लग्यो अरे,, अर्कोले पहाड़ लान्छु भन्छ …
    देस प्रेमी जनताको भाग मा अब के बाकी रन्छ ??
    आफ्नै देसलाई टूक्रा पार्ने कस्ता नर पसु…. आए..
    कसै ले देस खाए त कसै ले देसबासीको रगत खाए..

    न त फूटाउनेछौ हामी न त फुटन दिने छौ
    हिमाल पहाड़ तराई एकै हामी नेपाली हौ

    anand from dubai

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Gyalzen Lama

    यो वेबसाईट Himali Autonomous State को नाम बाट नभै ‘हिमाली लोकतान्त्रीक गणतान्त्रिक नागरीक मन्च’ को नामबाट सन्चालन गर्नु बडी उपयुक्त होलाकि?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • suman690

    jimmu bechnata pahadmanai aaune holani? himalma ta pakkai bikdaina.je bhayepani basera bidesi dalar timiharulenai khayeka chhau kina chahiyo yo bhari khireko bhari bhanda gaharaungo hunchha purai pradesta.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • madan

    लुनाजी
    ”पराई ——भन्ने सायारी ले त मेरो मुटू नै छोयो,कतई प्यार माँ धोका जस्तो खालको कुरा त हैन होला नि ???
    यदि हो भने म त यत्ती भंछु
    ”कोई जब तुम्हारा ऋदय तोडा दे ”
    तड़पता हवा जब कोई छोदडे
    तब तुम मेरे पास आना प्रिये ”
    मेरा दर खुला हे खुला ही रहेगा
    तुम्हारे लिए ??

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • tenzing sherpa

    hello luna
    it really made me wept, becoz of your poem

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • लुनाजी तपाईंको कबिता पढेर म एक्छिन सोच्न वाध्य भए । जे तपाईं को कबिता को गहीराइ धेरै नै छ जस्तो लाग्यो है । आँफैले लेकेको भए बधाई छ कबिताको लागि । मैले पनि एउटा कबिता लेखौ भनेर कनी कनी एउटा कबिता लेखौ भनेको सकिएन । :)
    -क्रिश्न पौडेल, सामाखुसी

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आदर्णीय दाज्यु भाई तथा दिदी बहिनी हरुमा !
    अग्रिम शुभकामना २०६५ सालको —–
    अ~ खै हाम्रो देश नेपाल मा चो र् भन्दा चण्डाल , चण्डाल भन्दा डाँकाहरु——-धेरै छन खै यिन्को ( जाल्-झेल को ब्यापार ) कसरी बुझ्नु र कस्लाई विश्वाश गर्नु ????? जस्तै कहिले ( राजा बिरोध गरे भए——) कहिले फेरी राजा जोगाउनु पर्छ, तिन्कै चाकारी मा लाग्नु के हो एस्तो ???? यि भाडाका गुण्डाहरु को मती कहिले औने होला ? जेहोश प्रया ( इन्टरनेटमा ) दोहोरी गाउँ नेहरु प्राय ( प्राबाशी ) नेपाली बढी नहोला भन्दा दुइ-मत नहोला ??? त्यसकारण नेपाल को ( तानसाह सामन्ती खलाक्को ) ईतिहास हेर्न भर्खरै नेपाल मा निस्केका (१) रक्तकुण्ड (२) पर्दाफास (३) सेतो बाघ जस्ता उंपन्यासको आधार मा लेखियको किताब खोजी खोजी पर्ढ्नु भए——? किन आज नेपाल एस्तो बेतालमा गुर्जिरहेको छ भन्ने बारे धेरै थोरै मगजमा पस्न पाउला , जस्तो मलाई लागि रहेछ ——- अनी आर्को तरिकाले भन्दा एुटा पेय पदार्थ ( रक्सी ) रङ्गिन बोत्तल भित्र राखे जस्ताइ हो——भन्न को मतलब ( त्यो भित्र स्ट्रिङ्ग चलाऊने त बाहुन बा द् ) अनी भोका-नेताहरु——किन जाल-झेल नगरोस ??? तर अहिले जनत उती लाटा छैनन्—– चुनाव अगाडि भनेका तिन्क मन्त्र हरु , चुनाव पछाडि , तिन्ले भनेका , फुकेका मन्त्रहरु ( बिर्सें ) भने , खाली कुर्ची मात्र ताक्ने उही पुराणो नेत हो भने जनताले छेमा कसैलाई दिने छैनन —— भन्नको अर्थ छिट्टै स्वर्गयको ( भिसा ) न अौदैन भन्न सक्किन —–? आफु पनि जोगी , अरुलाई पनि जोगी बनाउने नेतालाई बेलामैइ सुधा रे सबैलाई फाईदा होला (( धन्यवाद ))

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • saagarsingh

    ओहो कस्तो गजब छ बा ….. इंडियन हरुले अब हिमाली प्रदेश मा पनी राज गर्ने भो …. यो इंडियन हरु पनी के के गर्ने हो नेपाल लाई थाहा छैन …………. खाई त साथी हरु हो अब पनी भन्नु पर्यो नि यो सब इंडिया र इंडियन को डिजाईन हो ………. ला साथी हरु हो अब एक साथ मिलेर भनौ यो सब गर्ने इंडिया हो ………….. सब इंडियन हरु कै देश बिखंदन गर्ने लक्ष्य हो ……….. भनौ …………. फेरी पनी भनौ …….. यो हिमाली हरुलाई पनी इंडियन हरु ले फकयेको रहेछ नात्र भन्ने यस्ता कुरा गर्ने ने थियें होलान …….. के गर्ने इंडियन को कुरा न सुनने नेपाल मा कोही छदै छैन ……………… सुनने बेला मा सुनने ……गर्ने बेला मा गर्ने र पछि फेरी त्याही इंडिया लाई ने दोष लागौने र गाली गर्ने …………………. हे हिमाली जनताहरु हो तिमि हरु किन इंडिया को कुरा मा लाग्यौ ……….. अब त तिमिहरू पनी देश द्रोही भयौ …………. बिखंदन बादी भयौ ………….अब खाई कटी हो देशप्रेमी नेपाल मा सही तथ्यांक निकाल्नु पर्यो हौ ….. छन होला अझै पनी कही ……… त्यों हो थारू…….अब केही दिन मै थारू पनी देशद्रोही….. बिखंदन कारी हुन बेर छैन ………….. हे भगवान यदि तिमीलाई नेपाल माथी अलिकती पनी दया लाग्छ भन्ने यो देश को कल्याण गर ……………….. अब तिमिले गरे मात्र केही हुनेवाला छ जनता यहा कोही पनी भयेन देशप्रेमी ………. सब देशद्रोही र बिखंदन बादी मात्र छन …….. कल्याण गर कल्याण गर…………कल्याण गर………

    जय मधेश जय
    जय हिमाल जय नेपाल
    जय जय मातृभूमि…………..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • binod khatiwada

    लुना जी ले लेखेको देखेर मलाईपनी लेखोऊ लेखोऊ लागेर आयो तर मैले लेख्नु भन्दा पहिले लुना जी को लेख लाई पर्संसा गर्न मन्लागो लुना जी तपाईको लेख्ले हाम्र्रा नेता हरुको दिमाग्मा केही परिबर्तन लियौना सक्लाकी जस्तो छ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • पुष्प

    हरे ! कहाँबाट आए यी अर्का भँडुवाहरू ?! लुनाजी किन बिलौना गर्नुहुन्छ, यिनीहरू आफ्नो मान्छे हैनन् ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ramesh

    Bichara haru, kati himal matra bharia bhaera chaddhne ta…..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • A. karki

    वाउ लुना जी,
    कति मिठोगीत रचना गर्नुभयको। मेरो मनमात खैके खैके भयो। नेपालको राजनितिक घटना क्रमहरुलाइ सहि तरिकाले विष्लेषण गर्नु भयकोमा धन्यवाद! तर तेती धेरैनिरास भइहाल्न चै पर्दैन है। यि समस्या हरु सम्विधान सभाकोचुनाव पछि आफै समाधान भैहाल्छन्। धन्दानमान्नुस।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • अनिल

    मैले यहा कमेन्ट गर्नेहरुले त सबै स्वायत्त प्रदेशको विपक्षमा लेखेको जस्तो लाग्छ अनि भनेपछि को रहेछ त देश टुक्राउन खोज्ने? अनि को हो जसले आफ्नो भुमि भारतसंग बाट माग्न कहा हो कहा उल्टै आ-आफु बाझाबाझ गर्ने???

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • tenzing sherpa

    ke garnu Abishek desh nai baahun le khaaye pachhi bhote harulai pani ta chahiyo ni hoina

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • रातो भाले

    I appreciate Luna’s feeling and creation. Keep it up!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • pasang

    He Abhishek aafhu chaahin kahanko paryo ni?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • anish

    vastab mai hamro desh ma jat jati haru bich ko sambadha ramro bhai rakhayko thaio choua chout prachalan tadi dai thaio aba desh ma pheri purano rudi badi parampra te rai po janay ho jasto lakchha aafnu parampara ta bersinu hunna nai tera pheri dhala uhai ,bhattari haru kai chala ma chalnnu parnai ho ke ?

    ma nepali
    from nepal.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • adhikari

    Luna’s poem is really really nice.heart touching piece

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pushpa Raj Bhattarai

    खुशी लाग्यो। अवस्य पनि तपाईंहरुले माङ राख्न पाउनु हुन्छ। बिहरी हरुले त छुटै प्रदेश को माङ राख्न पाउछन भने तपाईंहरुले किन पाउनु हुन्न?तपाइहरुको सन्स्क्रिती, भाषा हरु नेपाल को एउटा गहना हो। ठीक छ गर्नुस् मेरो शुभकामना सधैं तपाईंहरु सँग छ। तर बिडम्बना तपाईंहरुले आन्दोलन गर्दा काठमाडौं म पेट्रोल, डिजल हरु को कमी हुँदैन। त्यो चै तपाईंहरुको दुर्भाग्य नै हो।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • himalaya

    ल ल मैले दिये मदेस मदिसेको भोट भोटेहरुको, अबखुरुक्क आ आफ्नो प्रदेशमा गये भाईहाल्छनी किन हामी काठमाडौं बासी लाई मात्र सताउने किन काठमाडौंमलाई प्रदुसन बनाउने गएर आफ्नै प्रदेश्मा उन्नती प्रगती गरेर बसे हुँदैन

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Hem

    Luna jee ! your poem is really nice, keep it up.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • shishir

    Abhishek,
    That was not nice.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • हीमाली पर्देश जीन्दाबाद
    लुना जी का सायरी भी बहुत अचछा है

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sasang

    What is happening in our country? We should’nt go towards this wrong trend dividing ourselves racially,ethnicallyas
    LIMBUWAN,
    KHUMBUWAN,
    ,TAMSALING,
    THARUWAN,
    NEWA,
    HIMALI.
    You can not restablish historical facts in its original form since demografic situation of our country has changed a lot.How can you name Taplejung and its surroundings as Limbuwan. Are we not discriminating other ethnic minority who are not limbus. You should start the SAMABESHI right from your home town and end in national level.Nobody should undermine one’s identity.We must fight for our identity rationally and we should be very careful because negative elements always provoke you.Instead of these controversial names, why should’nt we put such names like: MANGOLPRADESH,KANCHANJUNGA,ANNAPURNA,SAPTAKOSHI EASTERN MADHES,SOUTHERN MADHES,SAGARMATHA etc

    sasang lama
    New York

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Abhishek

    Aba bhote haru lai pani ek pradesh chahiyo haina ta????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Dinesh

    Luna’s sayari is really good one. Great

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • shishir

    ओ हो लुना जी,
    नेपालको राजनैतीक ताना-तानको स्थितीले तपाईंलाई चाही वरीश्ट गीतकार बनाउने रहेछ, प्रेरणा चाँही नेपालको आन्दोलन नै हुने भयो है।

    यती धेरै sentimental हुनुभा छ- अझ हुनुहोस्, किन भने यस्तो राम्रो गीत रचना गर्नुहुने रहेछ। गीत भने नी कबिता भने नी। समाधान हुनै पर्ने नेपालका कुराहरु भईनै हाल्छन। NO Worries.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • deepak

    K ho Madhesi haru le yehi demand rakhda, Indian conspiracy bhane sathi haru le, yo chahi chinese paryo ki kya ho????

    Alexander

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • अर्को उछ्छिट्यो फेरी।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ramesh Luitel

    Great…. They also deserve to demand… its upto the situation and condition, to fulfill or not.

    Keep it up but peacfully…… Not as the Jungali way like other……. people do.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • shishir

    स्वशासन र आत्म निर्णयको अधिकारबारे छलफल गरी टुङोमा नपुगी धरै छैन। तर जनसंख्या १५ लाख चाँही कसरी भयो नी? फेरी जोडेर हेर्नुहोस्, सम्बन्धितहरुले। उल्लेख गरिएका धेरै समुहहरु census मा गणना गरिएका समुहहरु नै परे जस्तो लाग्छ केही छोडेर। मत्लब धेरै जसोको जनसंख्या कती हो भनेर census report मा छ। नभएको सन्ख्या थप्यो भने बीश्वासनियता घट्छ, एउटा ढाट्नु पर्‍यो भन्दा अरु सत्य कुराको पनी reliability घट्छ। तमाङ लाई पक्कै पनी हिमाली मा राख्नु भएको छैन होला, तमाङ छुट्टै (ताम्सालिङ) राखे पछी त १५ लाख त पुग्दै पुग्दैन नी।

    यो कुरा अली हाल साल नयाँ ढंगमा आयो जस्तो लाग्यो। सारा जनजाती, आदिबासीहरुको महासंघ (जनजाती महासंघ ) को अध्य्छ्य पासाङ सेर्पा जी आँफै नै ताप्लेजुङ् को ‘वलुङ’(वलुङ को कुल सन्ख्या १७,१८ सय) हुनुहुन्छ जस्तो लाग्छ। अहिले समानुपातिक तर्फबाट list ma पनी हो क्यारे। काठमाडौं को बिभिन्न रेडियो बाट उन्को कुरा सुनिरहेकै हो, उन्ले यो कुरा निकालेको चाँही हेक्का छैन मलाई।
    खैर,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sabai lai Dine ho bhane surely Himali Nepalijan lai pani dinai parchha.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • gautam

    Ho tarai swayatta pradesh huncha bhane himal swayatta pradesh kina na hu ne?
    gautam

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Luna

    पराइ त पराइ नै थियो
    पराइ सँग गुनासो के भयो र !
    जब आफ्नै ले भात्कायो मन
    अब भन्न् बाँकी के रह्यो र!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Luna

    “यौटा झिजा भाँच्न जती सजिलो हुन्छ ,तेती झिजा को मुठा भाँच्न गार्हो हुन्छ ” !
    हामी सम्म्पूर्ण नेपाली “बिभिन्न फुल का थुङा को एउटाइ माला ” भयर बसेका थिऔ ।
    जात भात को कुरा बिस्तारइ शिक्षा सग्गै हटेर जादै थियो ।
    °°°°°°°°°°
    कहाँ बाट आयो प्रचन्ड हुरी !
    कहाँ बाट आयो प्रचन्ड बतास !
    माला चुडिदै छ !
    मन हरु भाचिदै छन !
    °°°°°°°°°°°
    धुक्धुकी त अझै बाँकी नै छ
    मलामी जान ठीक्क नपर !
    मेरो त मृत्‍यु हुने नै भयो !
    तिम्रो मृत्‍यु मा रोइदिने को छ र !
    °°°°°°°°°°°°°°°°°°°

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • bikash sena gurung

    Hotani K Himali chai Népali jannta hoina ? K Himali jannta lai chai swayethata chahidaina ?
    Bikas gurung

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • madan

    भंनाले बुडापाकाले काठमांडू जाने भन्दा नेपाल जाने भनेको कुरा यहाँ नेर आएर क्लियर भो |नेपाल भंनाले काठमांडू र नेपाली भान्नाले काठमांडू बासी मात्र ?????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Gopal Bhattarai

    hoin होइन मलाई कस्तो लाग्छ भने हामी सबै नेपालीहरु नेपालको कुनाकुना बाट बिदेशमा आएर काम गरिरहेका छौ तर कतीपए नेपाली साथी भाई दिदी बहिनीहरुले हामी नेपालीहरुलाई नै झुट बोल्ने गर्छन् तर किन? तपाईंको घर कहाँ भन्दा काठमाडौं भनेर हामी नेपालीलाई झुट बोल्न कसरी सकेको? हामीलाई सबै थाहा छ हामी धेरै जसो गरीब परिवारका छोरा छोरी नै हो हामी सबै खेती पाती गरेकै हो हामी सबै काठमाडौंका मात्र होइनौ हामी काठमाडौं भन्दा बाहिरका पनि छौ त्यसैले हामी सबैले घर कहाँ भन्दा नेपाल भने हुन्छ हुनत काठमाडौं पनि नेपालनै हो तर अरु नेपालको ठाउँ पनित भन्नु पर्छनी होइनर? हामी सबैको नयाँ नेपाल नयाँ बिचार हामी सबैले गर्नु पर्छ यसो गरेमा नेपालको बिकास हुन्छ हामी सबैले घर मेरो नेपाल हो भन्नु पर्छ|
    गोपाल भट्टराई हाल अबु धबी यू ए ई बाट
    मेरो मोबाईल नम्बर +९७१ ५५ ९२७२१७०

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes