मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    उम्मेदवारको गोली हानी हत्या

    संविधानसभा निर्वाचनको प्रचारप्रसार जोडतोडका साथ चलिरहेको बेला एक उम्मेदवारको हत्या गरिएको नराम्रो खबर आएको छ। बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय जनमोर्चा नेपालका उम्मेदवार बनेका कमल प्रसाद अधिकारीलाई गएराति गोली हानी हत्या गरिएको छ। आफ्नै घरमा सुतिरहेको अवस्थामा तीन जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरी हत्या गरेको रहेछ । नेपालगञ्जवाट नौ किलोमिटर दक्षिण पूर्वमा अवस्थित वेतानी गाविस वडा नम्बर नौ उछुवा भन्ने ठाउँमा रहेको निवासमा सुतिरहेका अवस्थामा ती व्यक्तिले उनलाई उठाएर आँगनमा लगेर गोली हानेका थिए ।

    चारवटा गोली लागेपछि उनलाई राती एक बजे नै भेरी अञ्चल अस्पताल नेपालगञ्जमा ल्याइएको थियो । आज बिहान उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

    यसैबीच सर्वदलीय बैठकले स्वर्गीय अधिकारीलाई संविधानसभाको पहिलो सहिद घोषणा गर्दै परिवारको उचित हेरचाह गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।

    संविधान सभा निर्वाचन ऐन अनुसार पार्टीले उम्मेदवारको मृत्युको जानकारी दिएपछि निर्वाचन अधिकृतले त्यस क्षेत्रको निर्वाचन स्थगित गर्नुपर्ने प्रावधान छ।

    अपडेटः निर्वाचन आयोगले चैत १० गते अर्को उम्मेदवार तोक्नका लागि जनमोर्चालाई समय दिएको छ। त्यहाँको निर्वाचन स्थगित नहुने भएको छ।

    रोल्पामा माअ‍ोवादीको हत्या

    यसैबीच नेपाल कम्युनिष्ट पार्टी माओवादीका रोल्पा जिल्ला कमिटी सदस्य हर्कबहादुर बुढा र इलाका कमिटी सदस्य भक्तबहादुर बिकलाई पनि अज्ञात समूहले हत्या गरेको छ । प्रचण्डको प्रशिक्षण लिएर हिजो फर्कने क्रममा तीन चार जनाको समूहमा आएका नकावधारीहरुले गोली हानी उनीहरुले हत्या गरेका थिए।

    विकलाई सहकारी पसलमा रातको १२ बजेतिर जैमाकसला-५ खाडबाङमा र बुढालाई साँझ सात बजेतिर गोली हानी हत्या गरेको बताइएको छ ।

    गाम घटनामा तीनजना आक्रमणकारी रहेको र दुवै घटनामा अत्याधुनिक हतियार प्रयोग गरिएको जानकारी आएको पनि जिल्ला प्रहरी कार्यालय, रोल्पाले बताएको छ ।

    No related posts.

    30 comments to उम्मेदवारको गोली हानी हत्या

    • Indra

      कुरो यसो हो-

      नियोक प्रतिवेदन

      काठमाडौँ, ७ चैत । राष्ट्रिय जनमोर्चाका हत्या गरिएका बाँके-२ का उम्मेदवार कमलप्रसाद अधिकारीको हत्याको गहन अनुसन्धान गर्न र ब्रि्रदो शान्तिसुरक्षाको स्थिति सुदृढ पार्न राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति -नियोक)ले सरकारलाई सुझाव दिएको छ ।

      घटनाको अनुगमन र अध्ययन गरी फर्किएको नियोकको तीन सदस्यीय टोलीले तयार गरेको प्रतिवेदन आज पत्रकार सम्मेलन गरी र्सार्वजनिक गर्दै अधिकारीमाथि पहिले पनि पटकपटक आक्रमणको प्रयास भएको र उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी फर्किएको १० मिनेटमै हत्या हुनाले निकै दिनदेखिनै अपराधीले सुक्ष्मरुपले योजना बनाएको हुनसक्ने टोलीको ठहर छ ।

      सो घटनाको तर्राई जनतान्त्रिक मुक्ति मोर्चा -ज्वाला) लगायत अन्य समूहले पनि जिम्मा लिएकाले थप रहस्यमय बनाएको र हत्या निर्वाचनलाई लक्ष्य गरेर, राजनीतिक उद्देश्य हासिल गर्ने र चुनाव भाँड्ने षड्यन्त्रसहित भएको नियोकले जनाएको छ ।

      मृत्यु हुनु अगाडि अधिकारीले प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकृतसमक्ष दिएको किटानी जाहेरीमा होली केवट, भुलन केवट, सिकन्दर खान र सुरेन्द्र रहेको जसमध्ये सिकन्दर त्यस क्षेत्र र भारतको पनि कुख्यात अपराधी भएको र होली र भुलन केहिदिन अघिसम्म नेकपा -माओवादी) को चुनाव प्रचारमा हिँडेको स्थानीय माओवादी कार्यकर्ताले स्वीकारेको पनि जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

      उम्मेदवार अधिकारीको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र सुरक्षाकर्मीको खाने बस्ने व्यवस्था मिलाउनुपर्ने बाध्यता रहेकाले सुरक्षाकर्मी फर्काइएको हुनाले सो बाध्यता हर्टाई सबै राजनीतिक दलहरुलाई समान सुरक्षा दिन टोलीले आग्रह गरेको छ ।

      स्थलगत अनुसन्धान टोलीमा नियोक अध्यक्ष र्सर्ूयप्रसाद श्रेष्ठ, सहअध्यक्ष प्रा. कपिल श्रेष्ठ र डा.अर्जुन कार्की रहनुभएको थियो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipendra

      कान्तिपुरले पूर्वाग्रही समाचार दिएको हो सही समाचार यस्तो छ-
      निर्वाचन पर्यवेक्षण गर्ने एउटा संस्थाले मंगलबार नेपालगञ्जमा राष्ट्रिय जनमोर्चा नेपालका उम्मेदवार कमलप्रसाद अधिकारीको हत्यालाई संविधानसभा निर्वाचन भाड्ने षड्यन्त्र भएको ठहर गरेको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले नेपालगञ्जको स्थलगत अध्ययन पछि आज राजधानीमा पत्रकार सम्मेलन गर्दै मतदाता र उम्मेदवारलाई त्रशीत बनाउने मनसायले घटना भएको बताएको छ । उम्मेदवार हत्यापछि ज्वालासिंह लगाएत अन्य समुहले पनि जिम्मा लिंदा घटना रहस्यमय बनेको नियोकको ठहर छ । नियोकका अध्यक्ष र्सर्ूयप्रसाद श्रेष्ठले राजनीतिक दल र उम्मेदवारको मनोबल गिराउने उद्देश्यले घटना भएको बताउँदै यहि स्थिती कायम रहेका निर्वाचनमा व्यवधान खडा हुने बताउनुभयो । नियोकको अध्ययन प्रतिवेदनमा अधिकारीले मर्नुअघि आफुलाई गोली हान्ने चारजनाको नाम बताएको र त्यसमध्ये दर्ुइ जना पक्राउ परिसकेको पनि जनाइएको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pramod

      Guys,
      Its been updated in Kantipuronline that MR. Adhikari was shot dead by Maoist aligned people. It was confirmed by National Election Monitoring Committee (NEMC) in its inspection report today.
      Lets see how Maoist leaders will take it. So far Dr. BAburam was saying, its nothing but just the propoganda from other parties and royalists.
      Its very sad news.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yuvraj rijal hong kong

      काठमांडू। नेपाल में चुनावी माहौल जोर पकड़ रहा है। हर दल तैयारियों में मशगूल है। लेकिन इसी बीच नेपाली कांग्रेस ने समय पर चुनाव होने के प्रति शक जता दिया है। चुनाव पूर्व हिंसा में एक उम्मीदवार सहित तीन लोगों की जान चली गई है। कई जगहों से रोज हिंसक वारदात की खबर आ रही है। ऐसे में नेपाली कांग्रेस को नहीं लगता कि 10 अप्रैल को संविधान सभा के लिए चुनाव हो सकेगा।

      चुनाव पूर्व हिंसा में मंगलवार को तीन लोगों की मौत की सर्वत्र निंदा हुई है। यूरोपीय संघ के मुख्य पर्यवेक्षक ने भी इस पर अफसोस जताया है। सरकार ने भी इन घटनाओं के मद्देनजर सुरक्षा के इंतजाम कड़े कर दिए हैं। इसके बावजूद नेपाली कांग्रेस को निष्पक्ष और शांतिपूर्ण चुनाव संपन्न होने में संदेह लग रहा है।

      प्रधानमंत्री गिरिजा प्रसाद कोइराला की पार्टी नेपाली कांग्रेस हिंसा के लिए माओवादियों को जिम्मेदार ठहरा रही है। पार्टी का कहना है कि कुछ माओवादी चुनाव में बाधा उत्पन्न कर सकते हैं। पार्टी ने अपने प्रत्याशियों को माओवादियों की ओर से धमकी मिलने और उन्हें निशाना बनाए जाने के आरोप भी लगाए हैं। पार्टी ने इस पर गंभीर आपत्ति की है।

      नेपाली कांग्रेस के सचिव प्रकाश महत ने कहा कि इस प्रकार की कार्रवाई कर माओवादी जनता और राजनीतिक दलों को असमंजस की स्थिति में डाल रहे हैं। यह असमंजस समय पर चुनाव संपन्न होने को लेकर है। प्रकाश महत ने कहा कि ऐसी खबर है कि माओवादी अपने कार्यकर्ताओं को मतदान केंद्र पर हमले के लिए तैयार करा रहे हैं। वे इस तरह चुनाव के नतीजे अपने पक्ष में करना चाह रहे हैं।

      उधर, नेपाल में भारत के राजदूत शिव शंकर मुखर्जी ने कहा कि उनका देश नेपाल में निष्पक्ष और स्वतंत्र चुनाव के लिए हरसंभव मदद करेगा। मुखर्जी ने कहा कि चुनावों के मद्देनजर तराई क्षेत्र में अपराध पर नियंत्रण पाने के लिए भारत और नेपाल के बीच उच्च स्तर पर बातचीत चल रही है। उन्होंने कहा कि चुनाव के दौरान हिंसा की आशंका के मद्देनजर भारत सुरक्षा के कड़े उपाय कर सकता है। उन्होंने कहा कि नेपाल सरकार की तरफ से सहायता संबंधी कोई मांग होने पर भारत उसे पूरा करने के लिए तैयार है।

      AABA PHERI BHARAT KO NIRDESHAN MA CHUNAAB ROKINE BHAYO BHANE AASCHARYA HUNU PARNE KARAN CHHAINA. NEPALI CONGRESS LE BIDESHI NIYOG HARU MA YESTO SUCHANA PATHAYEKO CHHA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • adhikari

      NEMC confirms Maoist hand in Adhikari’s murder

      Kantipur Report

      KATHMANDU, March 20 – The National Election Monitoring Committee (NEMC) Thursday confirmed that the murder of National People’s Front (NPF) candidate for the Constituent Assembly (CA) election Kamal Prasad Adhikari was carried out by Maoist aligned people.
      Publicising its inspection report, NEMC also drew the parties’ attention towards not using persons with criminal backgrounds during the CA polls.

      The deceased Adhikari, minutes before succumbing to his bullet injuries, had mentioned the names of four persons who assaulted him, and had said that they were campaigning for the CA polls on behalf of the Maoists, NEMC claimed.

      Organising a press conference in the capital today, NEMC also demanded the government take strong action against those involved in criminal activities.

      On Tuesday night, four unidentified masked gunmen shot Adhikari, NPF candidate of constituency 2 Banke district, at his residence at Betahani-8.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • banke hunu parnay ma auta nepal ko news agency lay bara bhanera diya ko 6 image channel ko image news ma

      http://www.imagechannels.com/newsviews.php?newsid=5963&newstyp=0

      Candidate killed by unidentified group in Bara
      20 – March – 2008 11:22:5
      An unidentified gang shot dead a candidate of constituent assembly election in Bara. The unidentified group barged into the residence of Kamal Prasad Adhikari, candidate of Rastriya Janamorcha of Bara -2, and shot him at around 11 pm tuesday night.He was immediately rushed into the Bheri Zonal Hospital, where he succumbed to injuries at 6 am Wednesday.
      According to the police, he received four bullets in his chest and abdomen. police have arrested two suspects and have launched a search operation for the absconding members of the gang.meanwhile, Rastriya Janamorcha has claimed that indian criminal gang was involved in the murder of Adhikari.The party also urged the government to be serious about providing security to the candidates.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Bdr.Sunar

      This news is very sad to every nepali. He was good man and good leader also. Its happen only for weak security system of our country due to open border. Such type of insident may happen in future. If we are not focus in our border system. Few days before maoist menifesto mention that,when they come in govt. They change the open broder system to India. If its happen,we have mainly two benifit(1)economy is increase and (ii) to contral the crimes.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar

      ….aba ta chunab nachahane chatpataunu sibaya k kam 6 ra…………………marne kamila ko pakheta aaya jasto….gyane buddi.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I’ve been traumatized to hear about this incident.We shouldn’t forget that there is no end of this violence and it could turn to anyone.The perpetrator must bear in mind that someday it wouldn’t be their day.

      Condemn this brutality and joint the hand for the peace.Such kind of immoral groups should be eliminated in coming elections.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nava Raj Panta, Korea

      It is very need to call UN army to close the Nepal -India border.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sane

      प्रचंडले यस पटक भने अफ्नो भनाई मिलाये जस्तो लाग्यो उमेदबारहरुको हत्या प्रयास हुदैछ भन्दै थिए त बूढा
      भए र नै छोड्यो त !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • YU

      Comred Adhikari was old energetic leader of communist from that area. I am shocked.

      Lal Salam Comred lai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram narayan

      bad news

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      sad news!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anup(USA)

      yo sab mandaleharuko pran bhanda pyara byaktiko kam ho.ramro kam garna jandaina. naramro kamkolagi usko dimag khub chalcha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SateLite

      मदनजिको भनाइमा स्याटेलाइटको सहमति छ !
      उमेदवारको हत्या ज्वाला भैया ग्रुपले गरेको समाचार आयको थियो ! सार्है निन्दनिय कायर कार्य गरेका छन !
      यिनिहरुको पनि अन्त्य यस्तै हुनेछ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yuvraj rijal hong kong

      ek damai naramro samachar ho yo.
      nepalgunj mero janma thalo ho bhanda pani hunchha
      maobadi danda kaal ma pani nadekhiyeko himsa aahile dekhinu tyehaa pakkai k hi bhako hunu parchha kina bhane tyehaa musalmaan ra rana jee haru ko pakad chha sayad sayad raja badi rana haru le garaayeko hunu parchha kina bhane sanaa dal ka lai marera thula lai tarsaaune uddesya huna sakchha. ani paschim ma udara pur bhanne thauchha jahaa bata ISI go gatibidhi chalchha. tara yesai ta k hi anumaan garna gaharo chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • संबिधान सभा निर्वाचन लाई हुन नदिने यो गम्बिर सड्यन्त्र दरबारीया सक्ती र बिभिन्न देसि बिदेसी सक्तिको हात छ जो नेपाल मा गणतन्त्र आएको र जनता ले शासन गरेको हेर्न चाहदैनन। धिक्कर छ त्यो समुह जो दरबार र बिदेसी को ईशारामा निर्दोस जनता लाई आतङ्कित बनाउदै छन र निर्दोस उमेद्वारकार्यकर्ता को हत्या गरिरहेका छन।
      अन्त्य मा रोल्पा मा मारिने नेकपा माओवादी का कार्यकर्ताहरु र बाके मा मारिनु भयका कम्रेड हरु प्रती हार्दिक स्रदान्जली तथा सोक सन्तप्त परिवार प्रती हार्दिक समबेदना ब्यक्त गर्दछु। र सम्पूर्ण म्रितक हरुलाई सम्बिधान सभा निर्वाचन का शाहीद घोषणा गर्न र तत्काल म्रितकको परिवार लाई उचित छेती पुर्ती उपलब्ध गराउन सरकार सँग माग गर्दछु।
      aasish
      swiss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kabi

      रामेछापमा माओवादी कार्यकर्ताहरुले फरक परक ठाउँमा भएका दलहरुका सभा बिथोलेका छन् । चैत ६ गते रामेछाप क्षेत्र नम्बर १ को धोवी बजारमा नेपाली कांग्रेसको आमसभामा माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । कार्यक्रममा त्यस क्षेत्रका कांग्रेस उमेदवार आङकावा शेर्पा पनि उपस्थित थिए । माओवादी आक्रमणलाई प्रहरीले हस्तक्षेप गरी असफल तुल्याएको छ । झडपमा कोही गम्भीर घाइते नभएको समाचार छ ।

      आजै क्षेत्र नम्बर २ को दोरम्बामा एमाले सभामा माओवादी कार्यकर्ताले आक्रमण गरे । त्यस क्षेत्रका एमाले उमेदवार कैलाश ढुङ्गेल उपस्थित रहेको सभामा माओवादीले आक्रमण गरेपछि सभा बिथोलिएको थियो । त्यहाँको झडपमा पनि कोही गम्भीर घाइते नभएको श्रोतले बताएको छ ।

      क्षेत्र नम्बर २ कै माकुदुममा भएको जनमोर्चाको सभालाई पनि माओवादी कार्यकर्ताले आज बिथोलेका छन् । माओवादी आक्रमणबाट जनमोर्चाका एक कार्यकर्ता घाइते भएका छन् । (nepali himal)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dinesh

      अज्ञात समूहले गएराति रोल्पामा माओवादी कार्यकर्ता भक्तबहादुर विकको गोली हानी हत्या गरेको छ। रोल्पा उवा-७ तेलखोला घर भई जैमाकसेलाको गाडवाङमा माओवादीद्वारा संचालित जनकम्युन पसल तथा होटलमा कार्यरत विकलाई गएराति १२ बजेतिर गोली हानी हत्या गरिएको माओवादीले जनाएको छ।

      माओवादीका स्थानीय नेता आशबहादुर पुनकाअनुसार होटलमा सुतिरहेको अवस्थामा बाहिर बोलाएर नजिकैको खोल्सामा लगी विकलाई गोली प्रहार गरिएको थियो ।

      हत्याको जिम्मेवारी यो समाचार तयार पार्दासम्म कसैले लिएको छैन ।(Nepali Press)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himalaya

      मैले पहिला पनि भनेको थिए अहिले पनि भन्छु हाम्रो देशको राजनीति भनेको हिन्दी फिल्मको जस्तो छ| `तुम एक मारोगी तो मे दश मारुङा ` भने जस्तो किनकी कुनै पनि नेताहरुमा देश र जनाताको भन्दा आफ्नो र पार्टिको मात्र बडी सोच र कसरी पैसा कुम्ल्याउने भन्ने भाबना मात्र छ |अज खास भन्ने हो भने कुनै पनि पार्टीले यो चुनाव नै दिल बाट चाहेका छैनन चुनाव होस् भन्ने र देशको ब्यबस्था सुद्रिड र प्रगती कोहिपनी चाहदैनन किनकी त्यतिकै लुटन पाएका छन चुनाब नै नगरे पनि दोस चाँही अमेरिका ईन्डिया र दरबारको हुन्छ | अब त क्या सजिलो मान्छे मार्यो लास माथि राजनैती गर्‍यो तोड फोड गर्‍यो अनी छ्यती पुर्ती माग्यो वा क्या छ हगी हाम्रा दुर दर्सी नेताहरुको मनस्थिती |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      उमेशजी
      हत्या ,र हत्या को समर्थन गर्नेहरू मानब जातिका कलंक हुन|यिन लाइ जस्तो सब्द प्रयोग गरेर गाली गरेपनी कम हुन्छ???तेस्माथी पानी सुतिराहेको बेला ??हे राम
      आज देस माँ रक्त बिज ,सुम्भ निसुम्भ (बाबूराम ,प्रचंड)हरु जनता का प्रतिनिधि रे ??हेरौ कती को रगत बग्छ ??यिन को अंत पानी दर्द नाक हुने अबस्यम्भाबी छ !!!
      ”do by sword,die by sword”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kadam

      राष्ट्रिय जनमोर्चा मात्र हो। राष्ट्रिय जनमोर्चा नेपाल होइन। जसको नेत्रित्व चित्र बहादुर के सि ले गरेका छन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshav goutam

      रोल्पाको माओबादी कमांडर चाई आफैले बोकेको बंदूक पड़कीएर मर्यों को हो रे !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो त खस हतस मनसिकता को उपज हो जस्ले गरेको भये पनि एस्तो निदनिय अपराध रोक्नु पर्छ। संबिधान सभा को निर्वाचन नेपाली को भाग्ये कोर्ने सुनौलो अबसर हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samjhana

      रोल्पाको माओबादिको इन्चार्ज पनि मार्यो रे नि! कसैलाई थाहा छ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samjhana

      खै म पनि तेस्ताइ सुन्दै छु। नेपाल १ टि भि मा दियको हो रे!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jayanta

      रोल्पामा माओवादीको इन्चार्ज पनि मारेको छ रे!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Tara

      हत्याको निन्दा

      ललितपुर, ६ चैत । मानवअधिकारवादी संस्था हिमराइट्सले तर्राई जनतान्त्रिक मुक्ति मोर्चा -ज्वालसिंह) समूहद्वारा बाँके क्षेत्र नं. २ का राष्ट्रिय जनमोर्चा नेपालका तर्फाट संविधानसभा सदस्य उम्मेदवार कमलप्रसाद अधिकारीलाई गोली हानी हत्या गरिएको घटनाको निन्दा एवम् भर्त्सना गरेको छ ।

      संविधानसभा निर्वाचनको सङ्घारमा उम्मेदवारलाई गोली हानी हत्या गर्ने कार्य प्रजातान्त्रिक मूल्यमान्यताविपरीत भएको उल्लेख गर्दै हिमराइट्सले प्रत्येक व्यक्तिको राजनीतिक अधिकार सुनिश्चित गर्न एवम् अन्तरराष्ट्रिय मानवीय कानुन र मानवअधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गरेको छ ।

      मुलुक संविधानसभामा होमिसकेको अवस्थामा आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब दिने नाममा गरिने यसप्रकारका आपराधिक क्रियाकलाप तत्काल बन्द हुनैपर्ने माग पनि सो संस्थाले गरेको छ ।

      सशस्त्र व्रि्रोह गरिरहेका समूहलाई हत्या, हिंसा त्यागी संविधानसभाको निर्वाचनलाई शान्तिपर्ूण्ा ढङ्गबाट सम्पन्न गर्नका लागि वातावरण बनाउन पनि हिमराइट्सले आग्रह गरेको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • oh, it is very sad news.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker