आइतबारको कान्तिपुर दैनिकमा ‘सम्भवतः कान्छी उम्मेदवार’ शीर्षकमा रासस सम्प्रेषित एउटा समाचार छापिएको छ जसमा भनिएको छ, नवलपरासीमा १२ कक्षा पास गरेकी २३ वर्षकी रुपा फौजदार नेपाली काँग्रेसबाट समानुपातिक उम्मेदवार बनेकी छिन् अनि जोडतोडका साथ प्रचार गर्दैछिन्। अरु देशमा जस्तो अध्ययनको हदबन्दी नभए पनि निर्वाचन ऐनले २५ वर्ष नपुगी समानुपातिक वा प्रत्यक्ष कतैको पनि उम्मेदवार बन्न नपाउने नियम तोकको छ भन्ने कुरालाई ध्यानै नदिई सो समाचारमा गौरवका साथ लेखिएको छ- उनी संभवतः देश कै कम उमेरकी उम्मेदवार हुन्।
तर उनको यो ‘गौरव’ धेरै दिनका लागि रहने छैन। किनभने निर्वाचन आयोगले कम उमेरका उम्मेदवारहरुको साटो बन्दसूचिमा अर्कै नाम राख्न दलहरुलाई निर्देशन दिइसकेको छ।
रुपा मात्रै हैनन्, निर्वाचन आयोगले आइतबार गरेको पत्रकार सम्मलेनमा दिइएको जानकारी अनुसार २२ जनाको उमेर पुगेको छैन रे। आयोगले कुन कुन उम्मेदवारको उमेर पुगेको छैन भनेर नाम र पार्टीको विवरण त दिएन, तर यसले नयाँ नेपाल बनाउँछु भन्दै हिँड्ने दलहरुको हैसियत भने प्रष्टै देखाएको छ।
वास्तवमा यी त्यही दलहरु हुन्, जसले संसदमा टेबल ठटाएर निर्वाचन ऐन संसदबाट पास गरेका थिए। ऐन भनेको बनायो, फाल्यो गर्नलाई त पक्कै हैन होला, त्यो अनुसार चल्न पनि पर्यो। किन दलहरुलाई, उनीहरुको नेतृत्वलाई वास्ता नभएको होला हगि यो ऐन पालना गर्न ? यस्ताले बनाउने संविधान कस्तो होला त ?
आयोगका अनुसार एउटै मान्छेलाई दुई दलले समानुपातिकमा उम्मेदवार बनाएको पनि रहेछ। अनि कसैले त नागरिकता पनि बुझाएका छैनन् रे।
No related posts.









Great site guys, please let me know if you are interested in exchanging links with us.
मन परे हरियो, नपरे रातो
0
0
हामीले राजनीतिक पार्टी र तिनका नेताको हद बुध्दी र हद हैसियत हामीले नपाएको होईंन तर पत्रकारको कुरा पनि नेताको भन्दा राम्रो छैन . पत्रकारले पनि देशका नियम कानून जान्नु नपर्ने हो भने एउटा कुरा नत्र त २३ बर्षको उमेदवारको चर्चा गर्दा उमेरको हदको सम्बंधमा उमेदवार, संबंधित राजनीतिक पार्टी र निर्वाचन आयोगलाई पनि सोध्नु पर्ने होईंन र ? रा स स ले यती बुझ्न एक दिन पर्खेको भए हुने अनि कान्तिपुरले रा स स को समाचार साभार गर्नु सट्टा टेस्को फलोअप गर्नु पर्ने होईन र ?
अंधेर नगरी
चौपट राजा
टका सेर खाजा
टका सेर भाजी
अहिले हाम्रो अबस्था यस्ते छ .पत्रकारको कमजोरी पनि ठुलो समस्या हो नेपालको . उमेश जी यो कुरा कस्तो लागो तपईलाई ?
हामी सबैको सद्बुध्दी पलायोस .
क्षितिज बराल
मन परे हरियो, नपरे रातो
0
0
ऐन भनेको बनायो , फाल्यो गर्न लाई होइन ।
ऐन कानुन को पालना जब यिनै समाज का मोडल मा नि ने पार्टी का नेताहरुले गर्दैन्न भने तेस्को अ स र् सर्ब साधार्न जनतामा सजिलै पर्ने भयो नि ।
मन परे हरियो, नपरे रातो
0
0
sayad ramro sanga law hereko bayata yasto hudaina thiyo hola. kasai lai matlap pani chaina natra baya election huna just 11 days matra baki huda election board le k heri raheko thiyota? ra maile pareko citizen pani bujayako chaina re. malai ta election board ko manche dikhera hehhehehee banna mann lagyo so bad k garne astai nai huncha nepal ma.
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि,
मैले पनि पढेको थिए यो समाचार। मलाईत ध्यान नै भएको थिएन उमेर हद बन्दी को बारेमा अनी लागेको थियो कि देश ले निक्कै फड्को मारेछ। युवा नेता भन्थे direct बाल नेता आउन थालए छन भनेर। तर बिडम्बना, अती नै लाज मर्दो कुरो अनी अयोग्यपन झल्किरहेको रहेछ यी पार्टी अनी नेता हरुको। धन्न निर्वाचन आयोगले पत्तो चै लगाएछ।
मन परे हरियो, नपरे रातो
0
0
People those who were always behind in study, slow in learning, lazy, thugs, who could not get jobs and dishonest, evenuseless for own family ( not used to working for family) con artist, corrupt and criminals make majority of Nepal’s politicians. To find an honest, sincere, hardworking, devoted for nations and society are almost non existence in the circle of Nepalese politicians. That is the region, they do not obey code of conduct, do not follow rules, no respect for laws and still think they can make legislation, constitution and can rule the country. If these people had any brain or skills they would not have fight like mad dogs for rotten bone (chair). We have seen enough these hoodlums. Still deparately waiting to find if there one leader exception or contrary to the our experience.
मन परे हरियो, नपरे रातो
0
0
कुरो पहिलो स्थानिय चुनावको हो, हाम्रो गा बि स को म एउटा पार्टीको कार्यकर्ता बनेर लागेको थिए । चुनाव हुँदा हुँदै दिउसो एउटा वडाकी म लागेकै पार्टीकी वडा अध्यछ कि उम्मेद्वार म कहाँ आएर “हेर्नुस् न बाबु मेरो त नाम नै छैन वोटर लिस्ट्मा ” भनिन , अनी मैले खै तपाईंको नागरिकता पाउ भन्दा त्यो पनि बनाएकै रहेनछ, नजिक आउँदा रक्सी गन्हाइ रहेको थ्यो, अनी क्या हो आमै उम्मेद्वार्ले नि पिउने हो भन्दा “गाउले ले दिये कसरी नखानु पो भन्छिन बा” अनी मलाई पो फसाद पर्यो बा, अब हल्ला गर्यो भने त आफ्नो पार्टी को उम्मेद्वार सोझै आउट हुने । अनी ल आमै तपाईं ले भोट् हाल्नु पर्दैन चुप लागेर बस्नु भनेर कुनामा लगेर राखे,रक्सिको रन्काले दुई तीन पल्ट जोसिदै फेरी खै मेरो नाम भन्दै भोट् हाल्ने ठाउमा झोक्किदै गएर तानेर ल्याउदा को हैरान। पछी उन्ले चुनाव जितिन र चलाइन पनि। मलाई त्यस्पछी राजनीति हैन आफु teacher बन्नु पर्ने जस्तो लाग्यो र केही बर्ष पढाये पनि गाउमा। त्यस्तै स्थिती अहिले नहोला तर नि राम्रै सुधार भएको छ भन्न चै मिल्दैन। अब त भन्नोस कस्तो देस, कस्तो गाउ, कस्ता पार्टी अनी हामी यहाँ वेबसाईटमा पार्टीका कुरा आएन भनेर पिर गर्छौ , उमेर नपुगेका उम्मेद्वार भनेर पिर गर्छौ । एउटा कुरा मात्रै भएपो भन्नु, सबै सन्स्कार नै परिवर्तन गर्नु परेको छ।
मन परे हरियो, नपरे रातो
0
0
कानुनै नमान्ने ले के कानुन बानायेर यो देस लाइ उघो लगाउलान खै शङकै लाग्छ।
मन परे हरियो, नपरे रातो
0
0
त्यो समाचार पढ्दा मलाई अचम्म लागेको थियो । समाचार पनि यति गर्वका साथ लेखिएको थियो कि मलाई लाग्यो यसपटक शायद उमेरको हदबन्दी हटाइएको रहेछ । र, शनिवारमात्र पनि एमालेको सभामा १२ वर्षीया बालिकाले ‘जोड्दार भाषणा’ गरिन् रे, माओवादी अनि कांग्रेसले देश बनाउन नसक्ने कुरा गरिन् रे । के साँच्चिकै उनी त्यति विद्वान रहिछन् ? ल ठीकै छ उनको विद्वतालाई सलाम छ, तर एमालेलाई कति लाज नलागेको, हुँदाहूँदा एउटा अबोध बालिकाको सहयोग चाहिएको ! उनीहरूले के देखाउन चाहेका हुन् ! विद्यार्थीलाई शान्ति क्षेत्र घोषणा गर्ने अनि उनीहरूलाई नै ‘राजनीतिक हतियार’ बनाउने ? कस्तो लाजमर्दो कुरा ! अनि हाम्रा राष्ट्रिय पत्रिका भनाउँदाहरू पनि यस्ता कुराको मूल्यांकन नै नगरी बडो गर्वका साथ समाचार बनाउँछन् । के उनीहरूमा कुशल जनशक्तिको अभाव छ, कि सबै कुशलहरूले बाटो तताए ? पहिले कमाएको नामको भरमा चलिरहेको भान हुन्छ आजका राष्ट्रिय पत्रिकाहरू । होशियार है, हैन भने जनताले थाङ्नामा सुताउलान् ! बालबालिकाहरूलाई दुर्गन्धित राजनीतिबाट टाढै राखौं ।
मन परे हरियो, नपरे रातो
1
0
party ani neta haru ko behosi pana ma ascharya mannu pardcha…kasta hamra bato dekhauney manyajan chan.
मन परे हरियो, नपरे रातो
0
0
rules are made to break hai na ta?
मन परे हरियो, नपरे रातो
0
0
दलहरुले ,त्योपनी ऐनकानून पढ़ने ?? ऐन कानून नै मानने हो भने अहिलेका धेरै जसों उम्मेदवार त जेल मा हुनुपर्ने होइना र?? Including Mr ‘wall’ president??
At least the title itself is Joke of the Week!!
मन परे हरियो, नपरे रातो
0
0
समावेशी लोकतन्त्रमा बालिका सांसद पठाएको होला नि !
निर्वाचन कानूनको कैँची चलाइदिए भेहल्यो नि । रित नपुगेको दरखास्त र योग्यता नपुगेको कुरालाई सदर गर्न मिल्ने एउटै कुरा हाम्रो नेपालमा घूसको महाऔषधी हो क्यारे, निर्वाचनमा यो चल्छ चल्दैन त्यति थाहा भएन ।
तर केही छैन कुनै दलले समानुपातिक तिरका १००% सिट जित्नलाई बन्द सूचि पेस गरेका हैनन् क्यारे , त्यसैले १ , २ वटा मात्र अयोग्य हैन ५०,१०० अयोग्य भए पो के फरक पर्छ र ?
मन परे हरियो, नपरे रातो
0
0
is that a joke????????????????????????????????????
मन परे हरियो, नपरे रातो
0
0
कही न्भायाको जात्रा हाडी गाउमाँ
DUBAI
UAE
मन परे हरियो, नपरे रातो
0
0
जस्लाई जे गरे पनि हुन्छ भाको छ। Taking things for Granted!!
We need to change our attitude!!
मन परे हरियो, नपरे रातो
0
0
such a rubbish… what to expect from this nonsense politicians… naya nepal bullshit
मन परे हरियो, नपरे रातो
0
0
buddhi bhayeka ko gayeka chhan ra partyma sabai gunda ra lafanga haruko jattha ho party bhaneko nepalma
hahahhahaha
मन परे हरियो, नपरे रातो
0
0
ha ha sarhai comedy yaar.kahi nbhayeko hamrai nepal ma huncha.
मन परे हरियो, नपरे रातो
0
0