तपाईँ हामी सबैलाई थाहा छ मान्छेको जिब्रोमा हाड हुँदैन। त्यसैले बेलाबेलामा त्यो चिप्लिने गर्छ। तर त्यो चिप्लाइ कुठाउँमा पर्यो भने चाहिँ ठूलै समस्या आइपर्छ। यस्तै अवस्था भोग्नुपर्यो संविधान सभाका एक उम्मेदवारले।
कुरा बाग्लुङको हो। संविधान सभाको प्रचारका लागि नेपाली काँग्रेसले क्षेत्रीय जनसभाको आयोजना गरेको रहेछ केही दिनअगाडि। सो सभालाई सम्बोधन गर्न पुगेकी थिइन् समानुपातिक उम्मेदवार रत्नाकुमारी श्रेष्ठ। नेतृ हुन्, भाषण गर्न के गार्हो भो र। दिइन् भाषण मज्जाले। भाषण टुङ्ग्याउँदै उनले अन्त्यमा भनिछिन्- जय देश, नरेश !
बिचरीको खासै दोष थिएन। पहिले पहिले भाषण गर्दा त्यस्तै भन्ने गरेकी, त्यही बानीमा बोलेकी मात्र थिइन्। तर त्यतिबेला र यतिबेलाको स्थिति निकै परिवर्तन भइसक्यो भन्ने कुरा उनले हेक्का राख्न सकिनन्। अहिले काँग्रेसले गणतन्त्रमा जाने निर्णय गरिसकेको छ। अन्तरिम संविधानमा नरेशका सम्पूर्ण अधिकार खोसिसकिएको छ। अनि देशमा गणतन्त्र घोषणा भइसकेको छ, मात्र कार्यान्वयनका लागि संविधान सभाको पहिलो बैठक बस्न बाँकी छ।
उनलाई त्यो थाहा नभएको पक्कै हैन होला, तर मानिसहरुले अनि सञ्चारमाध्यमहरुले समेत अझै अधिराज्य भन्ने बानी जस्तै उनको मुखबाट जय देश जय नरेश फुत्किएको मात्र होला।
तर काँग्रेसको उम्मेदवार भएर राप्रपा नेपालको भाषा बोलेको भन्दै काङ्ग्रेस क्षेत्रीय समितिले उनीमाथि कारबाहीको माग गरेको छ ।
नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति शिवलाल सापकोटाको अध्यक्षतामा आइतबार बसेको बैठकले सामानुपातिक उम्मेदवार श्रेष्ठले पार्टी सिद्धान्त र नीतिविपरीत अभिव्यक्ति दिएकोमा खेद प्रकट गर्दै पार्टी सभापति गिरिजाप्रसाद कोइरालासमक्ष कारबाहीको माग गरेको विज्ञप्तिमार्फत् जनाएको छ ।
बाग्लुङ जिल्लाको क्षेत्र नं. २ अन्तर्गत कुश्मीशेरा गाविसमा आयोजना गरेको क्षेत्रीय चुनावी सभामा तआफूले त्यस्तो अभिव्यक्ति ‘टङस्लिप’ भएर बोलेको र आफ्नो गलत मनसाय नरहेको बताएकी छिन् रे। तर मान्छेले त जे बोल्यो, त्यही सुन्ने हो- सुन्नेको मनसाय र बोल्नेको मनसाय एउटै नभएपछि यस्तो हुने नै भयो नि।
No related posts.









सबैको बिचार र बुद्धी एउटै भए त नेपालको यो दशा र हाम्रो प्रवासी जीवन हुनेनै थिएन नि- साथी ho!
मन परे हरियो, नपरे रातो
0
0
yasta neta haru lai raja sangai desh nikala garnu parchha hola ki kaso ?
मन परे हरियो, नपरे रातो
1
0
सबैको बिचार र बुद्धी एउटै भए त नेपालको यो दशा र हाम्रो प्रवासी जीवन हुनेनै थिएन नि- साथी ho!
मन परे हरियो, नपरे रातो
0
0
pahilo kura ta sundar ji ko comment ekdum laj mardo chha kinki manchhe ko personal life ko barema tesari aaunla thadaunu euta educated person lai sova dindaina. arko kura neta haru jo pni testei hun kahan k boldei chhu bhanera tini haru aafulai nai thaha hundaina,yadi thaha hune bhaya hamra Bhitte rastapati Prachanda ji le “ko ho tyo Rukmagat katwal” bhanera bhanne thiyanan hola. k tini le ahile samma rukmagat katwal ko ho bhanera chineka thiyanan ra? tehi bhayara aajkal malai ta k lagchha bhane yo nepali neta haru bhaneko sab jana eutei dyangka mula haru bhanda farak naparla.
मन परे हरियो, नपरे रातो
0
0
NO VOTE FOR HER. THAT’S THE PUNISHMENT FOR SOME IDIOTS.
मन परे हरियो, नपरे रातो
0
0
रत्न श्रेष्ठ भन्या राजसभा स्थायी समितिका कुलराज शर्माकी रखौटी हुन भन्ने त सवैलाई थाहा नहोला ।काग्रेसले यस्तालाई टिकट दिएर राम्रो ग-या छ। उनको गरको कोठामा कोही गा छ भने राजाले पटक पटक दिएका पदक छ राम्रो काम गरेर काहा होर ? राजावादीभएर ।
मन परे हरियो, नपरे रातो
0
0
Dhikkar Hosh, Hami Nepali sadhai boli ma janchau. Manche ko Hridaya janna saknu parcha. Lagiraheko bani chodana time ta lagcha ni..
मन परे हरियो, नपरे रातो
0
0
malai po kasto laj laj lagiyo ba hagne lai vanda dekhne lai laj. marriage gardinu parne belama candidate banayapachhi yastai ho
मन परे हरियो, नपरे रातो
0
0
काजु कान्छाले त अस्ति कान्तिपुरको बहस कार्यक्रममा नेपाल अधिराज्यको संविधान २०६४ भनेका थिए। त्यस्तै हो। अझ उनले ड्राफ्ट गरेको रे १२ बुँदे……..
मन परे हरियो, नपरे रातो
0
0
कुरो सानो भए पनि अहिलेको अवस्थामा अफ्ठयारो पर्ने हो । तर उनले जिब्रो चिप्लिएकै हो भनेपछि त यसलाई गम्भीरतापूर्वक लिनुपर्छजस्तो लाग्दैन । बरु जनताको अघि गल्ती स्वीकार गरी माफी माग्नुपर्छ । हैन भने ‘महानायक’पुत्रीहरूले त सोझै राजतन्त्र चाहिने कुरा गर्छन् भने तिनी विचरी विद्यालयका छात्रछात्रहरूलाई ‘श्री ५’ को कहानी सुनाउँदा सुनाउँदा यति मुखबाट निस्कनु कुनै अपराध हो जस्तो लाग्दैन । यस्ता कुरालाई लिएर कारवाहीको सिफारिश गर्ने मानिसहरूलाई मूर्ख भन्नु सिवाय अरु शब्द छैन । कारवाहीको सिफारिस गर्ने नै भए आफ्नो दलका ती भ्रष्टहरूलाई गर्नु नि । अँ साँच्चि कसकहाँ पो सिफरिस गर्नु ? कारवाहीको सिफारिश बुझ्नलायक कोही व्यक्ति छ ? होश गर्नु होला है ।
मन परे हरियो, नपरे रातो
2
0
ho,ho ratna manche testai hun.bani pareko cha tong slip bhanna.
मन परे हरियो, नपरे रातो
0
0
स्कुलको हेडमिस्ट्रेसलाइ नेता बनाउन खोजे पछि एस्तै गति हुन्छ! नेपालि कांग्रेसको राजनीति गर्दा गर्दै जिवन र सम्पत्ति सकेका इमान्दार नेताहरुलाइ बाइ पास गरेर सदरमुकाम र केन्द्रमा बस्ने अनि नेताहरुको चाकरिबाजिगरेर राजनैतिक स्वार्थ सिद्दि गर्न लाग्नेहरुको धोति यसैगरि फुस्किन्छ, सर्वाङग् हुने गरि !
यसपटकको चुनावमा यस्ता उम्मेदवारहरु तन्नै छन जस्तो लाग्छ मलाइ। रत्न मैया त एक प्रतिनिधि मात्र हुन। यस्ता प्रतिनिधिले कस्तो सम्विधान बनाउलान?
मन परे हरियो, नपरे रातो
0
0
नेपालको संबिधान सभाको लागि समानुपातिक उमेद्वारहरु नामको लागि मात्र पनि कती उमेद्वारको नाम राखेको देखिन्छ। ति उमेद्वार लाई देख्ता वास्तवब्मै नेपालमा पार्टी प्रती बफादार कार्यकर्ता भएको जस्तो देखिदैन । युनिभर्सिटी बाट राम्रो योग्यता हासिल गरेका युवा युवतीहरु पनि विद्यार्थी राजनीतिमा राम्रो दखल राखेका देखिन्छन । संबिधान सभा पछी देसले तयार गर्ने संबिधान कस्तो बनाउने हुन । सम्भिधान मा पनि जय देश जय नरेश लेखन के बेर । आखिर उमेद्वार भए पछी दल भए पछी कुनै दलको अनुशासन , देशको कानुन ले समेत उनिहरुलाई नछोएको देखिनछ । हरेक दलले योग्य ब्यक्ती सन्सद मा पठाउने हो भने नयाँ नेपाल बन्न सहयोग पुग्ने छ । तिन्नै पुराना भर्स्टचारी र र पुरान्नै सन्यन्त्रले नयाँ नेपाल बन्ला जस्तो लागेन / sharmaajee jhaapali
मन परे हरियो, नपरे रातो
0
0
I am sure within Congress there will a significant numbers who like to see Gyanedra’s survival. Why only see look at the top those criminals, corrupt some of the Girija’s accomplice (Kujata, Gachhe, Khume, Joshi, Wagle and few others do not remember their name not worth remering, the above name just remember out of hate when we talk about the meanestd, corrupt and criminal gang of Congress). So people must save themselves from all those blood suckers during the election otherwise you will give opportunity to exploit you by these criminals again.
मन परे हरियो, नपरे रातो
0
0
नेपाली कांग्रेसको घोषणापत्रमा नै नेपाल आधिराज्य लेखेकोछ त किन एत्रो टाउको दुखाइ, यो त्यस्तो अचम्म होइन
मन परे हरियो, नपरे रातो
0
0
नेपाली कांगे्रसका कतिपय नेताहरु भदौमा आ“खा फुटेको गोरुले सधै“ हरियो देख्छ भने जस्तै छन् । उनीहरुलाई राजतनत्रको धङ्धङेले छाडेको छैन । कति नेपालीलाइर्लाई अधिराज्य, नरेश जस्ता शब्दको अर्थ नै थाहा छैन ।
मन परे हरियो, नपरे रातो
0
0
kura gareo kuraiko dukha
मन परे हरियो, नपरे रातो
0
0
I think this is purely tongue slip. As I know, Nepali Congress leaders do not say Jay Desh Jay Naresh even in the period of constitutional monarchy, rather they used to say JAY NEPAL. Maybe that leader(Ratna) is PANCHAGRESS. I mean she may be CHAITE CONGRESS, came from Pancha background.So she has still old hangover.
मन परे हरियो, नपरे रातो
0
0
हे भगवान यस्ता कथित लोकतन्त्रबादी हरु को जीब्रो मा हाड हलिदीनु होला।
जय देश जय नरेश
ज्या आफ्नै जीब्रो चिप्लीयछ
मन परे हरियो, नपरे रातो
0
0
yesto nepal neta yto pani nari mukti ka laji ladne haru. afnu gibro samalna nasakne le ke nepali janata ko furture samalna saklan. je hos hamro raja hamro des paran bhanda payaro cha. god bless you ratna ji
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji
Tapain le lastai hasaunu bho!!!!
मन परे हरियो, नपरे रातो
0
0
Dhikaar cha tapai jasto netri ko………………
मन परे हरियो, नपरे रातो
0
0
उफ! समाचार शब्द साधारण जस्तो लागे पनि अर्थ घ त लाग्दो छ !
मन परे हरियो, नपरे रातो
0
0
tyo sanchchai nai jibro matra chipleko ho maf gari deu bichari lai.
मन परे हरियो, नपरे रातो
0
0
yesta npani candidate ha ha ha ha………
मन परे हरियो, नपरे रातो
0
0