मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    आज पनि तर्साउनलाई बम पडकाइयो

    अपडेट (अप्रिल ६): हिजो जस्तै आज पनि त्रिपुरेश्वरस्थित खानेपानीको कार्यालय नजिकै दुई वटा सामान्य सकेट बम विस्फोट गराइएको छ। नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेको भन्नुपर्ला यसलाई !
    अपडेट (राति ८४०):आज पनि संविधान सभा नचाहने तत्वहरुले तर्साउनका लागि बम पडकाएका छन्। आज केही समयअघि काठमाडौँ र ललितपुरमा बम पडकिएको छ। बम सामान्य खालको रहेको छ। काठमाडौँमा त्रिपुरेश्वरस्थित माअ‍ोवादीको नेवाः राज्य समितिको सम्पर्क कार्यालय र ललितपुरमा पनि बम पडकिएको रहेछ। तर विस्फोट त्यति ठूलो खालको भने हैन। कतिले त यसलाई पटाका भन्ठानेका थिए। आज दिनभर काठमाडौँमा बेस्कन असिना पानी र मेघ गर्जन भइरहेका कारण पनि विस्फोटको आवाजले खासै कुनै आतंक, हल्ला मच्चिने काम भएको छैन। तर्साउन कै लागि विस्फोट गराइएको स्पष्ट नै छ।

    त्रिपुरेश्वरमा विस्फोट भएको स्थानमा अनुसन्धान गरिरहेका प्रहरीहरु।

    त्रिपुरेश्वरमा नै अघि राति खाजा खाइरहेका बेला एउटा ठूलो पटाका जस्तो पडकिएको आवाज हामीले पनि सुनेका थियौँ। जिस्केर हामीले बम पडकियो कि क्या हो मात्र भनेका थियौँ। त्यहाँ त्यस्तो आतंक केही छाएको थिएन। सबै कुरा सामान्य नै थियो। पछि मात्र थाहा भयो, साँच्चै बम पडकिएको रहेछ। त्रिपुरेश्वरको नेवाः राज्य समितिको कार्यालयमा आठ बजेतिर विस्फोट भएको थियो।


    त्रिपुरेश्वरको यही माअ‍ोवादीको नेवाः राज्य समितिको सम्पर्क कार्यालयबाहिर विस्फोट गराइएको थियो।

    ललितपुरको विस्फोटका बारेमा भने खासै थाहा भएन मलाई। यस बारे जानकारी आउने क्रम जारी छ।

    अपडेट (८:५५) ललितपुरमा साझा पेट्रोल पम्प नजिक र राजस्व अनुसन्धान विभागको कार्यालयनजिकै सामान्य खालको विस्फोट गराइएको रहेछ। यसबाट क्षति पनि खासै भएको छैन रहेछ।


    No related posts.

    10 comments to आज पनि तर्साउनलाई बम पडकाइयो

    • prabhat

      आजभोली को यो तंत्र बुझिनसक्नु छ, बम पद्कौने र ग्यांग हरुको लागी यो गन (बंदूक) तंत्र हो, नेता हरुको लागी गणतंत्र हो, जनता हरुको लागी गनगन तंत्र हो, अनी ब्यापारी हरु को लागी ‘गनSSSS गनSSSS तंत्र’ (राम्रो तंत्र कता कता ???) हो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rupak/ Start

      we all should be cautious at this time. even a single set of incidents can turnover the direction of the constitutional election and even the country.
      lets be cautious at every level and be united for the sake of the COUNTRY, for the sake of NEPAL, for the sake of the future of PEOPLE.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हरेक नेपालीको जीवन खतरामा छ । तेसमा पनि बर्तमान संबिधान सभामा भाग लिने दलका नेताहरुको जीवन को रकछा गर्नु अेले को महत्व पूर्ण काम हो । अब दुई दिन पछी त संबिधान सभा हुँदै छ । यो सारा नेपाली हरु को चाहना हो । यो बेला राजतन्त्रको पक्छमा बकालत गर्ने हरु ले बम गोली को प्रयोग गर्ने सम्भावना छ । यो बेल्ला जनतालाई तर्साउने र चुनाव बिथोल्ने यिनिहरुको काम हो । जनताको लागि हुन गई रहेको यो चुनावको सुरक्छा गर्नु सरकारको मुख्य काम हो । एस्तो अब्स्थामा नेपाल सरकारको अधिनमा रहेको नेपाली सेनालाई सावधानी पूर्वक चुनावमा प्रयोग गर्नु आएिलेको आबस्यक्त्ता हो .
      झापाली शर्माजी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Strange

      If the government does not response to criminal activities of hudlooms of Gyanendra, they will continue such meanest extremist terrorism. If that forces to pospond the CA they will continue such activities all the time. Now it is utmost important for parties candidate to look after their safety and in the meantime use police and other intelligence to capture these criminals. I still do not understand the government must have enough evidence of invovolvement of Gyane or his accomplice in many crimes. So he should have been kept in jail instead of Narayanhiti for the sake of security during the election. What happend to the all those bakbash of seven party’s bill which was passed to nationalise palace, and all illegal properties of gyan bahahur shah and his family. This animal must be extreme spychopath ever born in Nepalease history even in the world history. Hence this mad dog should have in extreme under the extreme security. We have seen he has not any remorse for anything so far. Because he is a cold blooded murderer who is up to his conspiracy, dirty game plan and use his dirty money to accomplice his murderous agenda. Can Nepalese people breath a day without the fear of this monsterous devil.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh gyawali

      yes, samarthyji is right, ganatantrabadi political leaders life is in khatara, people and security personals ….let save their lives

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Security postition should be tight, it is only the way to protect people and so on.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      मुढे बल ले त जनता को मन जित्न हम्मे परेको बेला यि झिजे बलले के नै आकाश को तारा झार्ने हुन ! बेकार को उपर्द्रो मात्रा !
      यि सास्ती दियर रमाउने जात हरु !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      तिनिहरुले तर्साउनलाई गेरे पनि हामी नतर्सिदिउनहै । अनी त तिनिहरु आँफै फिस्स फै हाल्छनी ।
      अझै साथीहरु सकिन्छ भनेत तर्साउन खोज्नेलाई नै उल्तै तर्साइदिउन । अनी खुच्चिङ भन्न मोजा हुन्छ हो।
      ति तर्साउन आउने हरुलाई समातेर तिनिहरुको मुकुन्डो उतारेर मुख भरी अंची दल्दिउन अनी तिनिहरु कहिले पनि त्यस्तो जमर्को गर्नेछैन या हाम्रो अगाडि पनि पर्ने छैन।
      तेसपछि त के
      गणतन्त्रिक नेपाल जिन्दाबद …. होइनत ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samarthya

      सात दलको नेताहरुको जीवन अहिले वास्तवमा खतरा छ । कथंकदाचित उनीहरुलाई केहि भयो भने उनीहरुको जीवन मात्रै होइन संविधान सभाको चुनाव नै नहुन सक्ने अवस्था आउन सक्छ अन्तिम अवस्थामा । राजावादीहरुले केहि सिप नलागेपछि आफ्नो अन्तिम हतियार स्वरुप त्यसो गर्न सक्छन् र वाकि रहेको करीव १० दिनको आयु लम्व्याउन गर्ने उपाय भनेको त्यहि नै हो । त्यसकारण अव दलका नेताहरुको सुरक्षा गर्नु भनेको संविधान सभाको निर्वाचनलाई सुनिश्चित गर्नु हो । त्यसैले माओवादी लगायतका अन्य दलका नेताहरुको जीवनको सुरक्षा गर्न अत्यावश्यक छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • H. Ghimire

      jan dhan ko noksani nagari 2/4 wota pataka padkayera uniharulai santos hunchha bhane thikai chha chitta bujhaun. tara nepali CID prahari haru kina yati niskriya hola.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker