मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    फर्किए मतदाता गाउँतिर

    केही दिनयता राजधानीका सडकमा गाडी कम भएका छन्। व्यस्त बजारहरुमा मान्छेको चहलपहल घटेको छ। काठमाडौंका सडक गल्लीहरु दशैँको समयमा मात्र यसरी खाली हुने गर्थे। चुनावको ज्वरोले मोफसलका जनतालाई तताएपछि उनीहरु भटाभट गाउँतर्फ हिँडेका हुन्। चुनावमा भाग लिन पाउनुलाई राजनीति सचेत जनता एक युगमा एक पटक पाएको अधिकार ठान्दैछन्। चुनाव आउन ३ दिन बाँकी हुँदा समेत पढाइ र जागिरका लागि राजधानी आएका मोफसलका जनता जनआन्दोलनको उपलब्धि संस्थागत गर्न हुन गइरहेको संविधानसभाको चुनावमा सहभागी हुन घर फर्किने चटारोमै भेटिए।

    कलंकीस्थित मकालु यातायातको गाडीबाट घर जाने तर्खर गरिरहेकाहरुको घुइँचो।


    मतदातामात्रै हैन, मतदाताको मोटरसाइकल पनि गाउँतिर जाने भए। आठ दिन लामो विदा भएपछि संविधान सभा पर्वभन्दा कम भएको छैन नेपालीका लागि।


    राजधानी बाहिरिने गाडीको चाप बढेपछि ट्राफिक जामको समस्या झन् थपिएको छ। तर निर्वाचनको ४८ घण्टा अघिदेखि लामो दूरीका यातायात बन्द हुने भएकोले यहाँको चाप मंगलबारदेखि कम हुनेछ।


    नयाँ बसपार्कको काउन्टरमा टिकट काट्नेहरुको घुइँचो।


    दैनिक हजारौँको आवतजावत हुने नयाँ बसपार्कको प्रवेश द्वारनजिकै विज्ञापन राख्‍ने बोर्ड पूरै माअ‍ोवादीको नाराले रंगिएको छ। निर्वाचन आयोगको आचार संहिताले यस्तो किसिमको प्रचारमा रोक लगाएको भए पनि त्यसको पालना भएको देखिँदैन।


    भोटै हाल्नका लागि बर्दियास्थित घरतिर जान लागेका हरि श्रेष्ठ र कृष्ण थापा। पछिल्लो पटक गएको दसैँमा घर गएका उनीहरु भन्दै थिए, यसपालि त ठूलो दसैँमा भन्दा सानो दसैँमा पो बढी विदा पाइयो त- आठ-आठ दिन।

    बर्दियाका हरि श्रेष्ठ भोट हाल्नका लागि जिल्ला हिँडेका छन्। साँझ ६ बजेको नाइटबस पर्खिरहेका बेला उनलाई गोंगबु नयाँ बसपार्कमा भेटियो। “दशैँमा गएका थियौं अनि अहिल्यै हो”, श्रेष्ठले भने। यस पटक चाहिँ भोट दिन कै लागि हिँडेको। श्रेष्ठसँगै थिए बर्दियाकै कृष्ण थापा। काठमाडौँमा कर्मथलो बनाएका यी दुई मतदाता बर्दियामा कुन पार्टीले जित्ला भनेर बसपार्क मै हिसाब किताब लाउँदै थिए। “बर्दिया मात्र यस्तो जिल्ला हो जहाँ ५१ सालमा तीनवटै क्षेत्र एमालेले जितेको थियो अनि ०५६ मा तीनवटै कांग्रेसले जित्यो,” हरिले सुनाए।

    पार्टीहरुले पनि बस रिजर्भ गरेर मतदाताहरुलाई निःशुल्क गाउँतिर लगेका थिए। ‘त्यतिबेला छुटियो, अनि अहिले पैसा तिरेर नै जान लागेको’, कृष्णले सुनाए।


    भद्रपुर हिँडेकी मञ्जु थपलिया (बायाँ) सुरुमा त कुराकानी गर्न अन्काउँदै थिइन्, के के सोध्ने हो भन्दै। बिस्तारै केही अनौपचारिक कुरा भएपछि ‘फोटो खिचौँ है’ भन्दा लौ खिच्नुस् भन्दै आफ्ना सहयात्रीसित फोटो खिचाउन राजी भइन्।

    हातमा बसको टिकट बोकेकी झापाकी मञ्जु थपलिया गाडी पर्खिरहेकी थिइन्। ८ दिने विदामा घरायासी कामले घर हिँडेकी थपलियाले चुनावमा भोट हाल्ने अवसरलाई ‘बोनस’ भएको बताइन्। ‘घर जाँदा भोट हाल्ने अवसर पाइन्छ भने किन उपयोग नगर्ने’, उनले भनिन्। चुनावको गफमा विस्तारै उनका अन्य आफन्त पनि सहभागी भए।

    ‘बसको टिकट पाउन गार्‍हो छ,’ उनले सुनाइन्, ‘दसैँमा जस्तो टिकटका लागि महँगो तिर्नुपर्ने चाहिँ भएको छैन’।


    ‘इन्टरनेटमा फोटो राख्‍ने रे’ भन्ने थाहा पाएपछि रमाउँदै फोटो खिच्नका लागि पोज दिइरहेका बसपार्कमा भेटिएका झापाका यी मतदातासित कुराकानी त गरियो, तर नाम सोध्नै बिर्सिएछ। बायाँ पट्टीकी यी दिदी भन्दैथिइन्, ‘वेबसाइटको नाम लेखिदिनुस् न, ह्वाँ गएर छोरीलाई हेर्न लाउँला’। हामीले उहाँलाई आफ्नो नोटबुकको एक छेउ च्यातेर mysansar.com लेखेर के दिएका थियौँ, दायाँ पट्टीकी दिदीले पनि भन्न थालिन्, ‘मलाई पनि लेखिदिनुस् न !’

    म्याग्दीको पात्लेखेतका मोहन खत्री पनि चुनावमा भाग लिन घरतर्फ जाँदै गरेको अवस्थामा भेटिए। ‘दशैँमा पनि विदा नमिलेका कारण गएको थिइनँ, अहिले चाहिँ जान लागेको,’ उनले सुनाए। लामो विदाका कारण सबै बन्द हुने भएका कारण काठमाडौँमा बसेर केही काम नहुने भएकोले घर जान लागेको उनको भनाई थियो।

    भिडियो हेर्नुस्। भिडियोमा के के देखिन्छ त ? कलंकीमा काठमाडौँबाट बाहिरिन लागेका बसहरुको भीड, यात्रुहरुको तयारी, पूर्वी तराई क्षेत्रबाट आएको बसमा मधेस सरकारको नारा, बसको छतमा समेत यात्रु, सशस्त्र प्रहरीको गस्ती, चुनावी प्रचार, सपिङ मलसहितको नयाँ बसपार्कको नौलो रुप र कसरीसम्म भइरहेको छ नयाँ नेपालको नाराको व्यवसायिक प्रयोग ?

    No related posts.

    19 comments to फर्किए मतदाता गाउँतिर

    • सबै नेपाली को एउटा सान्ती को चाहना पुरा होस् । देश मा सान्ती आवोस ।पार्टी हरु ले मिलेर राष्ट्र बिकास मा जुटुन ।
      त्यही मेरो नयाँ बर्ष को शुभ कामना छ सबै नेपाली हरु मा धन्यवाद ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • umesh ji ,
      khusi lagyo,buspark herda ta.ani fohor chahi alik badheko jasto lagy6a ni?ani chunab ko lahar jhan bajhera ayajasto 6 ni.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपालीहरुको अनुहारमा १० -१२ बर्ष पछी अर्ध मुस्कान देखियो ।चुनाव एक पर्बको रुप मा देख्ता साह्रै खुशी लाग्यो । आफ्नु परिवारलाई पनि अमुल्य भोट हाल्न अनुरोध गर्दै आफु सरिक हुन नस्क्ने हुँदा यो द्रिस्यहरु सगै नेपाल को बिगत , बर्तमान र भबिस्य सम्झे ।सन्चारको बिकासले गर्दा आफुलाई नेपालमै भएको अनुभुती दिलायो माथिका तस्विर्हरुले । वास्तवमा यो चुनाव भनेको नेपाली हरुको भबिस्य सग गासिएको छ । सबै नेपालीहरु ले भोट् खसाउने यो मौका नगुमाउनु होस् । म आफेइलाई आफ्नु गाउ गएको आभास दियो यो माइ सनसार को फोटोहरुले, मुटु नै गाठो पर्‍यो, आफ्नु देशको एक झलक खुशीयाली देख्ता पनि । संबिधान सभा सफल होस् । नेपालमा भएका सबै नेपालीले भोट् हाल्न बाट बन्चित हुन नपरोस। हामी प्रदेश मा हुने नेपाली हरु ले भोट् हाल्ने मौका नपाए पनि पर्सी हुने संबिधान सभाको चुनाव ले नयाँ नेपालको लागि जग राख्न सकोस। संबिधान सभाको लागि हुने सम्पूर्ण नेपालीहरुको यो यात्रा सुख मय होस् शूभयात्रा । चुनावको सफलताको लागि शुभकामना
      उमेश जि लाई धन्यवाद ।
      अन्तरे ,
      लखनपुर झापा हाल बेलायत

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • happy voting.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pokarel udhab prasad

      umash ji tapai le garda mali ghar ko yad aayo,tapai lai dhanbad.mali pani ghar jana man lago,tar k garnu
      dhari tada chhu.
      pokharel udhab prasad
      kajaani finland

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गाउ फर्क अभियान मा लागेछन गाउले साथीहरु । संबिधान सभाको चुनाव गर्न मात्रा नभयर अब गाउ बनाउन नै गाउ फर्कन र देश बनाउन देश फर्कन जरुरी भयको छ तेस्को लागि देशको लागि संघर्स र युद्द गरेकाहरुलाई संबिधान र यस् संबन्धी ब्यबस्था बनाउन दिनु पर्ने जरुरी छ ।
      तेसैले
      देश बनाउन देश फर्कौ,
      गाउ बनाउन गाउ ।
      जनताले जनताको लागि संबिधान बनाउने चुनाव हो यो,
      सक्षम बेक्तित्वो जिताउ ।
      देशको बिकास र समाजअको ब्यबस्थाको लागि,
      भ्रस्टहरुलाई दबाउ,
      फेरी फेरी भ्रस्टहरु देख नपर्ने गरी हराऔ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kalina

      Ahileko chunabko paristhiti herdata kohi surachita bhayejasto lagdaina.YEsari bhot dina bhanera desko sambidhan banaune netaharulai jitauna janu ta hudaicha ,ke tapaiharuko life ko garantee cha,jatatatai bum padkine lutpatkasle kati khera kaslai akraman garera life siddune ho tiyo kasailai thachaina,chunab bhaneko ta bhayerahit batabaran ma huna payepo janata le jati tadha bat bhayepani bhot halna janthe.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bijay

      निकै खुशी लाग्यो, नेपालीहरूले यसपली चैते दशै खुब धुमधमले मनाउन आफ्नो गाउँ फर्केको देखेर,सबैको मुहरमा चमकता छ।

      विजय

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      Umeshji,

      You have done a very good job….very nice to read …

      japan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujan

      kati ramailo lagyo malie ta bhanyae, kya garnu hami lae bhot halna namilnayae bhai halyo , hamro paisa remitance lae desh chalyako cha hami lai chai bhot halnaye adhikar bata banchit gariyo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • It is good to hear about the peoples spontaneous participation in CA election.

      We are really thankful to those who contributed in making CA election a grand success in festive mood.

      Let’s hope this election will bring long lasting peace and prosperity in Nepal and Nepalese faces.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramakanta T

      People are taking interest in the polls and the turn out is going to be high. That is good.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar/JApan

      हामीले k गर्ने होला ।। नेपाली नेपाल मा बसमा जाल तर हामी बिदेसी नेपली k गर्ने ??? ।।।।।।।।। न बस छाडेर जान सक्नु? न त प्लैन को महँगो तिकेत लिना सक्नु? न त यहाँ भोट् हल्ने बेबस्त मिल्नु? a भगवान k गर्ने होला,,, अरु को हात् बाट हाम्रो भाग्य कसरी फैसला गर्ने होला ।।। भाग्य भरोसा ।।।।।।।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rabin

      Sayad..

      Nepali janata jun udaysaya liyera aaja ghar farke ka chhan ra volli ko sahii parinamm le sayad nepal dherai dherai chaddo bikas ko vanne kamana garna chahanchuu….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gud …..

      I wish i could be dere 2 cast my vote…….

      Till date i have not participated in any voting event in Nepal……When Last electtion took place, I was under age…… nnnnnn now when times come by,I am not dere…….oops I missed it again…….

      But anyway …..best of luck 4 all voters out dere…

      cheers,
      binaya

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      यक छि न् भय पनि उमेश जि ले काठमाडौं नै पुर्याइदिनु भो भन्या !
      (म पनि बस भित्रै थिय नि ! झ्याल को छेउमा । झ्याल को छेउ मा बसेर सुन्दर द्री श्य हेर्दाको आनन्द यहाँ के बयान गरु !)
      °
      मो ट र बाइक त बस को छ त माथि !!!
      हैन ,मो ट र बाइक त स ड क मा गूड्न लाई हो नि !
      फेरी यो बस को छ त माथि किन गूड्नु पर्या !
      कि बाटो बिग्रेर हो ?
      कि आज कल हुने बाटोमा हुन सक्ने आक्रमण या अपहर ण् को डर ले हो ? !
      °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
      दसैं आयको जस्ताइ त्यो चुना बि माहोल ले मलाई पनि यहाँ रमाइलो बनाइदियको छ ।
      कहिले भोट् को नतिजा आउँला जस्तो भाईराख्या छ !
      चुनाव सफल होस् ! देश र देस बासी ले यू द्द को त्रास बाट आराम पाउन !
      शान्ती को शख्न धोज फैलियोस !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxman macau

      matdata haru ko aanuhar ma khusi raunak dehkiyeko cha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो सबै हेर्दा त मलाई पनि पो घर जाउ जाउ जस्तो लाग्यो तर के गर्ने,……..,any way
      संबिधानसभा निर्वाचन गतिबिधी को बारेमा बारम्बार जानकारी गरायर बिदेस मा बस्ने हामी सम्पूर्ण नेपाली लाई सुसुचित गराउनु भयको मा धन्यवाद छ उमेस जि को यो काम साचिकै सर्हानिय छ। यसको लागि फेरी पनि धन्यवाद।
      aasish
      swiss

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yasari janata ko sahabhagita ma chunab hunu ramro kura ho.tara janatale kasta neta lai bhot dinchhan bhanne kura parmukh ho.herau ke hunchha aba ko ak hapta ma!
      kashi gauli

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker