मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नेपालीलाई राष्ट्रसंघ महासचिवको सन्देश

    नेपालमा संविधानसभाको निर्वाचनका लागि राष्ट्रसंघका महासचिव बान की मुनको भिडियो सन्देश आज देशका सबै टिभी स्टेसनहरुमा अहिले राति बजाइँदैछ। त्यसैगरी देशका विभिन्न एफएम स्टेसनहरुमा विभिन्न छ वटा भाषामा अनुवाद गरी यो सन्देश प्रसारण हुन लागेको छ। आजै राति ९ बजे प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले देशवासीका नाममा सन्देश जारी गर्दैछन्।

    महासचिव बान की मुनको सन्देश

    नेपाली जनताका लागि यो संविधानसभाको निर्वाचन ऐतिहासिक कोसेढुङ्गा हो । तपाईँहरूले निकै लामो समयदेखि र ठूलो धैर्य गरेर यस दिनको प्रतीक्षा गर्नुभएको छ । मतदानको काम स्वतन्त्र र निष्पक्ष वातावरणमा हुन्छ भन्ने मलाई ठूलो आशा छ ।

    नेपालका राजनीतिक नेताहरूले यस विन्दुसम्म आउनका लागि कठिन मेहनत गर्नुका साथै शान्ति प्रक्रियामा देखा परेका कयौं समस्याहरूको सफलतापूर्वक व्यवस्थापन गर्नुभएको छ । अब उहाँहरूका काँधमा हिंसा, धम्की वा छलकपटको त्रासबाट मुक्त भएर मतदाताले गोप्य मतदानको लोकतान्त्रिक अधिकारको स्वतन्त्रतापूर्वक अभ्यास गर्न सक्ने कुरालाई सुनिश्चित गर्ने गम्भीर दायित्व छ । निर्वाचनको सफलता र जनइच्छाको सम्मानमा धेरै कुराहरू निर्भर हुन्छन् ।

    यो निर्वाचन लोकतन्त्रलाई सशक्तिकरण गर्ने र मानवअधिकारका मूल्य र मान्यतालाई आत्मसात गर्ने अवसर मात्र नभई नेपालमा शान्ति प्रक्रियालाई अझै दरिलो बनाउँदै लाने मौका पनि हो । शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय जगतको निरन्तर सहयोग रहँदै आएको छ । हामी पनि चुनावी प्रक्रियालाई सयौं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू मार्फत् नजिकबाट नियाली रहेका छौं ।

    तर निर्वाचन नै यस प्रकृयाको अन्तिम गन्तव्य होइन, विशेषतः नयाँ नेपालका लागि नयाँ संविधान तयार नभएसम्म शान्ति प्रक्रिया निरन्तर चलि नै रहने छ ।

    दिगो शान्ति तथा विकास पाउनु नेपाली जनताको अधिकार हो । संयुक्त राष्ट्रसंघ सदैव तपाइँहरूको पक्षमा रहने छ र व्यक्तिगत रूपमा मेरो पनि हार्दिक संलग्नता रहने छ । तपाइँहरूको मुलुकमा आउनका लागि नेपाल सरकारले दिएको निमन्त्रणाबाट म सम्मानित भएको छु र नेपाली जनताको उत्साह, साहस र तागतका बलमा निर्मित यस लोकतान्त्रिक प्रक्रियाका उपलब्धिको म स्वयम् उपस्थित भएर साक्षी हुने दिनको प्रतीक्षामा छु ।

    धेरै धेरै धन्यवाद ।


    No related posts.

    17 comments to नेपालीलाई राष्ट्रसंघ महासचिवको सन्देश

    • Luna

      महा सचिब बान कि मुन जि को सन्देश ले मन शितल बनाइ दियो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipesh k.c.(acharya) qater

      नया साल, र नया नेपाल को हार्दिक
      मंगल मय सुब्कमाना & धरै धरै धनबाद
      बान के मून सर , लाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • janaki ghimire

      Thanks a lot for the boosting up of morale!! Thank you for the concern and thank you for the love of peace and prosperity of neplese people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Narayan/Seattle

      We really appreciate your great words on the behalf of Nepal’s peace process and democracy. World is watching us for the April 10′s election outcome. Thank you GS Moon.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • newroseji

      Thank you General Secretary! We all Nepalese really appreciate your words!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BR Shrestha

      महासचिव मुनको यो सन्देशले नेपालको संबिधानसभाको चुनाव निर्बाध सम्पन्न हुने तर्फ सबै विश्व्वस्त भएको हुनुपर्छ। यो संबिधानसभाको चुनावलाई भाड्ने, बम पड्काउने, उम्मेद्वारको हत्या गर्ने कुतत्वहरुले पनि मुनको सन्देश एकचोटी सुनून! कतै मती सप्रन्छ कि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramraja

      I am very happy to know his massage through mysansar.com. It is a great news for Nepalese peoples and political party. We need long term peace, stable government, developed, educate people with in 10 years. We know parties did serious mistake last many time basically Nepali Congress and CPM-UML.

      Parties and political leader should be responsible for Nepalese people and parties should be providing their expenses and income to the peoples.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sattya

      MA mare pani mero desh bachi ra hos…….desh ma santi hos ….desh ko lagi kehai garna pou…tehai goou ma ra ma woo na pa woo…bedesh jana naparos aafno lagi ,pari war ko lagi ,desh ko lagi……..i need peace and love and want to do somthing meaningful thing in my country and i hope this election bring joy ,new hope ,chance and energy to every one i love you nepa and nepelese ….select best one who will live for nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • roopie

      नयाँ साल तथा नयाँ नेपालको शुभकामना !
      roopie

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sushil

      Dear Mr Moon,
      Thank you for the help and support that you have shown to Nepalese People. We, Nepalese people really appreciate the support from UN and hope it will continue.
      Thank You

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Akash

      Hope things happens as what he’s said. Good luck to everyone, Good luck to Nepal.

      It’s time for all the Nepalese to wake up and think twice before they make any decision about who they’d vote to.

      I am far away in overseas, wish if I were there. If I were there, I’d vote Maoist.

      By the way, Happy New Year to you all….

      Regards,
      Akash (Melbourne)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajendra

      dherai ramro lagyo bidesile ta chaso diyako chunau haharu sabai miler saphal parnu paryo ni hoinata

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • तपाईं को यस् सुझाब ले थ प हौसला प्रदान गर्ने छ नेपालको सान्ती प्रकृया मा ।
      धन्यवाद वान्किमुन जि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh gyawali

      mero pani deshbashi ma sandesh- historical day ma vote halau tara kaslai halne b4 garera halau hai…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tek Narayan Kunwar

      Bishwa le nai abhiruchi ka saath herirhaeko yo nirbachan lai swantra ra nispachha rupama sampanna garnu Nepali ko dayitwa ho. UN mahasachib ko yo sandesh le Nepalko sundar bhabisya saga gahiro sambandha rakhchaha. Khas garikana political parties harule yo sandashlai aatmasaath garna aawasyak chha.Yas bata UNO ko biswash jitna skine cha ra Nepalko chautarphi pragatima lobbing garna bholika dinharuma mahasachibko yo bhanai gatilo madhyam hune chha.
      Tek N.Kunwar(LLM.HR, student, University of Hongkong,HK)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lakeside

      thank you general secretary for your sandesh!!!hope everything goes as you have said in our country

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suraj

      Best wishes in holding safe, free and impartial Contituent Assembly election in Nepal for brighter future.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker