मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    तपाईँ पनि मतदान गर्ने कि ?

    अपडेटः साइटमा प्राविधिक समस्या आएका कारण तपाईँको मत राम्रोसित दर्ता हुन सकेन। हामीले फेरि नयाँ ढंगले तपाईँको मत संकलन गर्न खोजेका छौँ। कृपया पहिले मतदान गरिसकेकाहरुले पनि पुनः मतदान गर्नुहोला। एउटै आईपीबाट आफ्नो परिवारको पनि मतदान गर्न चाहनुहुन्छ भने तपाईँले साइटमा दर्ता गर्नुपर्नेछ

    नेपालमा यहाँको समय अनुसार बिहान सात बजेदेखि अपराह्न ५ बजेसम्म संविधान सभाको निर्वाचनका लागि मतदान भइरहेको छ। प्रवासी नेपालीहरुलाई मतदानको अधिकारबाट सरकारले वञ्चित गरायो। सरकारले भोट खसाउन नेपालमा आउ है भनेर आह्वान त गर्‍यो, तर कतिपय आफ्नै कारणले अधिकांश प्रवासी नेपालीहरु फर्किएका छैनन्। नेपालको राजनीतिलाई अनि यहाँको निर्वाचन प्रक्रियालाई नजिकबाट नियाल्ने केही सचेत मतदाताहरुलाई पक्कै पनि यो निर्वाचनमा मतदान गर्न पाएको भए यो दललाई मत दिन्थेँ होला भन्ने लागेको हुँदो हो। यसैलाई ध्यानमा राखी माइसंसारले मतदानको व्यवस्था मिलाएको छ। तर यसलाई निर्वाचन आयोगले मान्यता भने दिएको छैन है। मतदानका लागि भित्र आउनुस्।

    तपाईँहरुलाई थाहै छ, यस पटक निर्वाचन दुई फरक प्रणालीबाट हुँदैछ, एउटा पहिलो हुने जित्ने प्रणाली अनि अर्को समानुपातिक प्रणाली। पहिलो हुने जित्‍ने प्रणालीमा तपाईँको नाम जुन क्षेत्रको मतदाता सूचिमा रहेको छ, त्यहाँका उम्मेदवारलाई मत दिने हो। अनि दोस्रो समानुपातिक प्रणाली। यसमा तपाईँलाई मन पर्ने दललाई मत दिने हो। निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीहरुले पनि समानुपातिकमा मात्र मत खसाउन पाउँछन्। हामीले पनि यहाँ समानुपातिकको लागि मात्रै मतदानको व्यवस्था मिलाएका छौँ।

    मतदान गोप्य रहनेछ र २४ घण्टासम्म जारी रहनेछ। २४ घण्टापछि यसको परिणाम सार्वजनिक गरिनेछ। मतदान गर्नका लागि निर्वाचन चिह्नको अगाडि रहेको बटनमा क्लिक गरी सबैभन्दा मुनि रहेको Click Here To Cast Your Vote मा क्लिक गर्नुस्। यसो गरेपछि तपाईँको मत दर्ता हुनेछ।

    मतदान केन्द्रमा जानका लागि यहाँ क्लिक गर्नुस्-

    माइसंसार भर्चुअल मतदान केन्द्र

    No related posts.

    32 comments to तपाईँ पनि मतदान गर्ने कि ?

    • introvert

      lets try maoists this time!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mukund,Italy

      यत्रो ठुलो चुनावमा भोट हाल्न पाईेन,आब चाहि हामिले बिदेशमा दु:ख गर्नु नपरोस, नेताहरुको बुद्धि आओस।।। देशलाई कङगाल नबनाउन।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar Limbu

      उमेश्जी,

      काठमाडौंमा भएर पनि बिहान करिब तीन घण्टा खर्चिन्दा पनि मतदान गर्न सकिएन । अफिस मार्फत अस्थायी मतदाताको रुपमा नाम दर्ता गराएको थिएँ । दुई दिन अघि मात्र अफिसमा शहरी बिकास तथा भवन निर्माण केन्द्रको ‘ग’ बुथ बाट मतदान गर्ने ब्यवस्था गरिएको पत्र आए पछी मक्ख भएको त आज हिस्स भइयो । त्यस केन्द्रमा भएका चार वटै बुथमा चक्कर लगाएँ अहँ नामावलीमा नाम भेटिन । यस्तो हाल अरु कर्मचारी साथीहरुको पनि देखेँ । कर्मचारीको लागि लैनचौर नजिक समाज कल्याण केन्द्रमा पनि ब्यवस्था गरिएको जानकारी पाएपछी त्यतैतिर लागेँ । त्यहाँ त अफिसको नाम समेत सामेल थिएन । म त्यहाँ पुग्दा एक हुल नगरपालिकाका मित्रहरु मतदान गर्न नपाई फर्किरहेका थिए । यी सबै घट्नाहरुले के देखाउँछ भने अस्थायी मतदाता दर्ता प्रक्रियामा त्रुटी रहेको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • The great Idea!

      I just casted my vote. I felt really fulfilling the thrist for voting.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nimesh Bhattarai From London

      आज मेरा ऐ हातहरु धन्य भये ! बिदेश बसेरा भये पानी येसरी भोटा हलना पाए को माँ, जे भये पानी येसरी भोटा हलना नापये को भये मन निकी खालू हुने थी यो आबा त्यों नाराहने भा यो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dhruba

      संबिधानसभा को निर्वाचन भनेको जनताको हकहित को लागि संबिधान बनाउन योग्ये बेक्ती निर्बाचित गराउने प्रकृया हो। निर्वाचनमा परस्पर सद्भाव र एकता कायम राख्दै स्वच्छ, निष्पक्ष, धाँधलीरहित एवम् भयमुक्त वातावरणमा आफनो प्रजातान्त्रिक हकको प्रयोग गरी आफुले मनले खाएको योग्ये उम्मेद्वारलाई बिजयी बनाउन सम्पूर्ण मतदाताहरुलाई हार्दिक आब्हान गर्दछु। र यो नै एक राष्ट्रको लागि एक सचेत नागरिक को कर्तब्ये पनि हुन जानेछ।
      कुनै पनि परिस्थितिमा राष्ट्रको अस्तित्व, स्वतन्त्रता र अखण्डतामा आँच नआओस् एवम् र्सार्वभौम जनताको निर्णय अनुसार प्रजातान्त्रिक पद्धतिको माध्यमबाट राष्ट्रको समुन्नति होस् अनी सम्पूर्ण नेपालीहरुले शान्तिपूर्ण जिबन यापन गर्नपाउन भन्ने कामना पनि गर्दछु।

      ध्रुब प्रसाद दाहाल
      गोर्खा जिल्ला,फुजेल गा बि स-४
      पौवा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sansar, Germany

      Nepali Congress will certainly win and must lead NEW NEPAL.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Don

      अब नया नेपाल बनौनाकलागी हाम्रा दाजू भाई दीदी बहिनी बाबा आमा सबैले गरेको आन्दोलन पस्चात आयाको यो सम्बिधान्सभाको चुनाब पानी फेरी त्याही बुढो रुख , पुराने सूर्य र अनौ फुस्काना लागेको हलोलाई किन नया नेपाल नया पार्टी नया चुनाब चिह्न.
      अब मिले भोत के म हालेछु भन्ने बुझनेलाई खुर्पाको बिड नाबुझ्नेलाई त्याही त हो नि ………………
      तर पानी धन्यबाद जीवन म पहिलो पटक भोत हाल्न पाइयो.
      फेरी एक पटक भकारिका भकारी धन्यबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bIRENDRA SRESTHA

      PLEASE READ CAREFULLY TO MY THOUNGHTS— MY OPINION IS UNBIASED
      ********************************************************
      PAHILA PAHILA MALAI PANI TESTAI LAGTHYO CONGRESS, COMMUNISTS HARU LEY DESH CHALAYEKO DHERAI DEKHEYO ABA MAOIST LAI CHANCE DEU. TARA JUN PARTY KO MAIN MANCHHE KO BOLNE SOMAT NAI CHHIANA, TESHKO SASHAN BATA RAMRO RASTA NIRMAN KO KALPANA KASARI GARNI. EUTA RESPECTED PARTY KO RESPECTED NETA LE CHIEF OF ARMY STAFF LAI KE BHANEKO TESTO KHULLAMANCH. JUSKO PARTY KO CADRE LAI ARU PARTY KO CADRE LAI THREATEN GARCHHA , RA MANCHHE KO VOTE HALNA PAUNEY ADHIKAAR LAI KUNTHIT PARNEY DUS-PRAYASH GARCHHA , TESTO PARTY BATA SUDAR DESH KO KALPANA KASARI HUNCHHA. JUSKO PARTY KO NETA LE KARYA KARTA LAI “EK HAPTAA KO LAGI GANDHI” VAIDEU VANERA NIRDESH GARNU PARCHHA, TESTO PARTY BATA KASARI SUDARI FUTURE KO KALPANA GARNA SAKINCHHA.JUN PARTY LE JANAMAT KO KADAR NAGARI YADI ELECTION LOST VAYO VANEY TESKO RESULTS UNACCEPTABLE HUNCHHA VANERA BHASAN GARCHHA TESTO PARTY BATA SUDAR DESH KO KALPANA GARNU BEKAAR CHHA. MALAI TA PRACHANDA “NEPALI SADDAM HUSSEIN, BIN LADEN RA HUGO CHAVEZ KO PRATIBIMBA LAGCHHA”. JUN PARTY MA ANUSAASHANKO KAMI CHHA, TYO PARTY LE DESH LAI KASSARI DISCIPLINED BANAUNA SAKCHHA RA?

      YO MERO AAFNO BICHAAR HO***********
      RAMRO MANCCHE CHOOSE GARYOU DESH KO FUTURE BUILD GAROU

      THANK YOU
      BIR BAHADUR

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • atmika

      Vote for CPN-UML, the ultimate hope for NEW NEPAL :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sandip

      उमेस जी,

      भर्च्युल नै भए पनि मतदानको मौकाको लागि धन्यवाद !

      मतदान गोप्य भए पनि छलफलको प्रयोजनका लागि गोप्यता भंग गर्दैछु, मेरो मत यस पटकको लागि माओवादी लाई !

      किन माओवादी लाई?

      के म माओवादी समर्थक हुँ? हैन। म राजनितिमा चासो राख्ने सामान्य नागरिक हुँ; राजनिति गर्ने र पार्टि राजनिती गतिविधिमा संलग्न हुने व्यक्ति हैन। विगतको
      संसदीय र स्थानिय निर्वाचनमा मैले एमालेलाई मत हालेको थिएँ।

      त्यसो हो भने मेरो स्वार्थ माओवादी संग मेल खाने भएर हो त? विल्कुल हैन ! मेरो व्याक्तिगत स्वार्थको कुरा हेर्ने हो भने त मैले यथास्थितीको पक्षधर नेपाली कांग्रेसलाई मत दिनु पर्छ। अहिलेको नेपालमा मेरो वर्गिय स्वार्थ र मुलुकको वृहतर स्वार्थ टकरावमा छ। त्यसो त दिर्धकालिन रुपमा मेरो स्वार्थ र मुलुकको वृहतर स्वार्थ एउटै हो नि ! तर दिर्धकालको सोचाई राख्न सजिलो नहुने रहेछ।

      त्यसैले मुलुकको वृहतर हितको लागि यस पटक मेरो मत माओवादीको भागमा पर्यो। के गर्ने, राष्टनिर्माणको वृहतर सोच भएका सिङ्गापुरका ली क्वान यू, मलेशियाका डा. महाथिर जस्ता राजनेता त नेपालीका भाग्यमा परेनन् नै। राजनेताको तालिम दिने कुरो पनि भएन। तर खुम बहादुर, गोविन्दराज जोशि जस्ता जुकाहरुलाई तहलगाउने काममा हामी सहयोगि हुन त सक्छौं नि। मारकाटको खवर त कसलाई पो राम्रो लाग्छ र, तर विविसी मा खुम बहादुरको बिलौना सुन्दा त्यसै त्यसै मनै चङ्गा भएर पो आयो हौ !

      संक्षेपमा भन्दा नयाँ नेपाल निर्माणको नेतृत्व मण्डलीमा माओवादीको सम्मानजनक उपस्थिति न्यायोचित र अनिवार्य समेत भएकोले आफ्नो वर्गिय स्वार्थको प्रतिकुल हुँदाहुँदै पनि मेरो मत माओवादि लाई !

      Sandip Sharma
      Tokyo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माओवादी मै मतदान किन ?

      पुरनो सबै एकैड्याङ्का हुन………………हेरेउ; हाम्ले धेरैपटक |
      मिलिजुली पनि हेरिहालेउ……”भ्यागुताको धार्नी कहिलेइनपुग्ने…………” भने झै !!! येहिताललेत फेरि यो देश् उकुस मुकुस र लुछातानिमै कतिसम्म पिल्सिरहनेहो………….?????? कसैलाइ थाहा छैन।

      तेसैले देसले स्पस्ट दिसा निस्चित हुनकोलागि १ मात्र बिसोसनिय र प्रस्ट भनेको माओवादी को चुनाव चिन्ह गोलाकार भित्रको हसिँया हथौडामा मतदान गरौं !!!!!!!!!

      सहिदको सपना सकार पारौ……… देसको उज्यालो भबिस्से कोलागि कोसेढुङगा थपौ !!! >>>मत=हसिँया हथौडामा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tilak Karki

      I’m so happy by getting the chance to cast the vote……………….sun will be raise forever in NEPAL……………………………………………………………………………………………………..TILAK KARKI U.S.A.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sagar

      I casted my vote but it looks like it doesn’t accept or message “socket couldn’t be open” displays on the page. But great job friends!
      Sagar, USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jiwen

      ल मेरो भोट त हाम्रा हट्टाकट्टा बलिया हजुरबा गिरिजाप्रसाद कोइरालालाई। यो संबिधानसभाको चुनाव गराउनमा हाम्रा हजुरबाले ठुलो मेहनेत गर्नुभको छ एस्तो मेहनेती नेतालाई एउटा भोट त दिनुपर्‍यो नि हैन र? कसलाई के थाहा अब अर्को चुनाव सम्म हाम्राहजुरबा रहने हुन कि हैनन। जय नेपाल ल मिस्टेक भएछ जय नयाँ नेपाल ।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • [b]**King’s Message: Last Breath to Justify the Monarchy **[/b]

      This may be the last but the magnificence opportunity the king pulled out to justify indirectly the existence of the monarchy system in the country. I believe, the king has not indicated his wish to relinquish his royal status by abdicating his throne. He has plucked this last opportunity and took to his best advantage to justify indirectly the necessity of having monarchy system in Nepal.

      His majesty’s time has been slipping out but he must have instructed his lieutenants when to strike back. He might have plotted a drastic action to save his throne at the last moment. If he plot fails, the history will charge the Shah dynasty as the dark period of Nepal.

      A rich king in the poor country, the corrupt monarchy institution has no place in 21 century Nepal.

      We have to look beyond the election of the Constituent Assembly as well. The Historic Agreement or the Peace Talks did not decide what to do with the Maoist’s army after the election of the constituent assembly. The Maoist party should never be allowed to keep arms wing any more. We can keep our peace and freedom (Democracy) only when Maoists respect “Ballots” and stop worshiping “Guns”.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • we have seen other parties so many time but its the time to see new party, so i am giving vote for CPN (Maoist). :) Thanks for giving opportunity by creating this facility for virtual election.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajendra timilsina

      आदरणीय दाजुभाई तथा दिदिबहिनिहरुमा सर्बपर्थम निर्धक्क भई सम्बिधान सभाको चुनाबमा भोट दिन अनुरोध गर्दछु. आफू त अमेरिकमा भएकाले सुबर्ण अबसर गुमाईहालियो तरपनी सोच्छ उमेद्बार लाइ भोट दिएर जिताउन अनुरोध गर्दछु . सम्पूर्ण नेपलिहरुलाई सम्बिधान सभाको सफलता को शुभकामना छ.

      राजेंद्र तिमिल्सिना (मिसिसिपी, अमेरिका)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gole

      मतदान गरियो । रमाईलो लाग्यो । अब हेरौं भोलीको नेपाल हामीले सोचे झैं हुन्छ कि हुंदैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      i vote to congress, but i dont like our country’s any leader b’coz they all are thief. they wanna to fullfil their pocket, thats it. me only voter for congress forever. thanx

      suman
      Newyork city
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Harke

      साथी हो,
      एउटा राम्रो समाचार छ, कुख्यात भ्रस्ताचारी खूमे खड़काले उमेदबारी फिर्ता लियो रे !
      कांग्रेस का सज्जन सथिहरुलाई बधाई छ, पार्टीको नाउमा अपराधीलाई भोट हाल्नु नपरेको मा..!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Miyazaki

      Thanks for giving pseudo voting chances. My bote goes for CPN Maoist who is the only right ful party to be voted who brought all these changes, making the country republic, stripping out the monarchy with less blood, giving freedom to the people based on their ethnicity, and all combined effect may make a New Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • That’s a good try!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipendra dangal

      sabai nepalile aafno contry ko bare ma thinding garera matra lagaunu parcha la so that u ko 1 vote le aafno future nepalko future ko rekha korna madata garchha sabai nepali 1 hunu par6 yo vot vaneko fere fere aaudaena

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • वेब क्यामरा र नेपाली नागरिकत को नम्बर बाट वोते हल्न मिल्ने वेबसाईट बनएको भये हामीले पनि वोते हल्न पाउने थियौ। नेपाली संचार मन्त्रालयमा लोइ वेब डिजाईनएर न भये नेपाली बाट कम्प्युटर साईन्स पढ्न USA अथवा अरु कुनै देस गएको ले वेबसाईट बनाउन सक्थ्यो।। य बोरु नेपाली नेता हरु को बनी UN लाई भनेको भए पनि बनैदिन्थियो बुद्धी नै छैन के को देश बिकास गर्ने?? हावा मात्रै हो।

      तर मेरो भोट माओवादी लाई जन्थियो। चितवन क्षेत्र नम्बर २ — बादल लाई ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prayas

      Umesh Jee,

      You are simply great. At least we could have virtual expereince of voting in this CA election. Please make the result of this free and fair election as soon as possible!.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu

      It’s only the fun who are living abord. But all the alert neplease please select the right person of the right party
      Bishnu
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उमेश जि धन्यवाद । वास्तवमा यो अवस्थामा नेपालमा हुन पाएको भए राम्रो हुने थियो । आफ्नु अमुल्य भोट खेर जादैन थियो। नेपालको ईतिहासमा यो चुनाव बास्तब मा राजतन्त्रको अन्त र गनातात्न्त्रिक ब्यबस्थाको सुरुवात हो । नेपालीको चाहना पनि यही हो । यो संबिधान सभाको चुनाव सान्ती पूर्वक होस् । यो संबिधान सभाको लागि म जस्ता लाखो नेपालीहरु भोट् दिन बाट बन्चित हुन परेकोमा दु:ख लागे पनि संबिधान सभा सान्तिपुर्बक होस् । सबै नेपालीहरुलाईसंबिधान सभा को सफलताको लागि शुभ कामना ।

      अन्तरे
      लखन्पुर झापा (हाल बेलायत)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Indra Chapagain

      La la surya ma chaap jhap jhap sathi ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाली जनताको शदियौदेखिको आफ्नै हातले संबिधान लेख्ने सपना अब केही घण्टामै पुरा हुँदैछ । हामी बिदेशमा बस्ने नेपालीहरुको लागि यस्तो ऐतिहासिक अवसरमा मताधिकार प्रयोग गर्ने सुअबसर मिल्न सकेन । तर हाम्रा दाजु भाई, इस्ट मित्र, बन्धु बान्धवहरुले भोट हालेर हाम्रो पनि प्रतिनिधित्व गर्दै छन । हामीले हाम्रो तर्फ बाट देशको नाममा भगवानसँग प्रार्थना गरेकै छौ । कुनै पार्टी बिशेसको चुनाव नभयको र संबिधान बनाउने ब्यक्ती हरुको चुनाव भयकोले हामी सबै मिलेर राम्रो संबिधान बनाउन सक्ने असल उम्मेद्बार लाई भोट हाल्न हामी आग्रह गर्दछौ । पार्टीबाद र समुहबाद्ले हामीलाई बिपत्तै पारेको छ तर एसबेलामा हाम्रो मत पहिले भन्दा धेरै महत्वोपूर्ण भयकोले आफ्नो पुरानो मान्यता छोडेर राष्ट्र र जनताबादमा सबै समाहित बनौ । हामीले यस्ता ब्यक्तिलाई भोट् हालौ जस्ले देश लाई सदियौ देखिको अन्याय,अत्याचार र पछौडेपनबाट मुक्ती दिलाउने संबिधान लेख्न सकोस । हाम्रो उमेद्बार कुनै पार्टीको रबर स्टयाम्प नबनोस । आम नेपाली जनताको भावनाको प्रतिनिधि बन्न सक्ने ब्यक्ती हाम्रो भोटले बिजयी होस् । संबिधानसभा निर्वाचनको शुभ बिहानिमा सबै लाई आफ्नो बुद्दी र बिबेक नगुमाइकन मतदान गर्न बिनम्र अनुरोध गर्दछु । नेपालको जय होस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बोधार्थ

      It’s a very nice idea.Umesh jee we all are thankful to you

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      भोट् दिने रहर पुरा गरिदिनु भो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker